कस्तो छ नेताहरुले रात बिताएको रिसोर्ट?

अपडेटः दुई दिन र एक रात भएको वार्ता अर्को वार्ता बुधबार गर्ने गरी टुङ्गिएछ। नेताहरुले हामीहरु सहमति नजिक पुग्यौँ भने पनि एक वर्षअघि पनि त्यही कुरा सुनेका जनताले पत्याउने कुरा भएन।
hattiban7

बन्छ त अब संविधान?

प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरु अहिले यहाँ छन्- हात्तीवन रिसोर्ट। राजधानीबाट झन्डै २० किलोमिटर दक्षिणीभेगको सेतीदेवी गाविस–१ स्थित हात्तीवनमा रहेको हात्तीवन रिसोर्टमा २५ वटा कोठा रिजर्भ गरेर आइतबार  दिउँसो आएका उनीहरुले रात पनि यहीँ बिताउने छन्। यहाँ सुरक्षाकर्मीलाई त बस्न दिइएको छैन भने अरु पस्ने कुरै भएन। यो गोप्य बैठकले नेपालको भावी संविधानको रुपरेखा तय गर्ने बताइएको छ। जे जे ‘लेनदेन’ हुनुछ, यहीँ हुँदैछ। नेताहरुसित अब धेरै समय पनि छैन। भोलि दिनभरको समय मात्रै हो कुरा मिलाउन। अब अरु बहाना पनि छैन। यसअघिको शान्ति प्रक्रिया नटुङ्गिएको भन्ने बहाना अब उठाउन मिल्दैन। तर के यो बैठकपछि संविधान बन्ने ग्यारेन्टी हुन्छ त? के के छ विवाद ? कस्तो छ नेताहरुले संविधान बनाउने वार्ताका लागि रोजेको रिसोर्ट, केही फोटोहरुसहित हेर्नलाई भित्र आउनुस्।


hattiban11
नेपालको भविष्यका लागि यो साता निकै महत्त्वपूर्ण हुँदैछ। अहिले भइरहेको वार्ताले नेपालको भावी दिशा कोर्दैछ। शान्ति प्रक्रियाको सबैभन्दा ठूलो र महत्त्वपूर्ण मानिएको सेना समायोजनका सबै काम सकिसकेकोले अब संविधान निर्माणमा रहेका विवादमात्रै सुल्झाउन बाँकी छ। यो बैठकले लेनदेन गरी एउटा सहमतिको, एउटा सम्झौताको संविधान बनाउने सहमति हुने आशा गरिएको छ। त्यसको लागि पनि धेरै समय चाहिँ छैन। भोलि ४ गते भयो। ५ गतेसम्म सहमति गरिसक्नुपर्नेछ। यदि सहमति भएन भने भोटिङ गरी बहुमतबाट विवादका विषयमा टुङ्गो लगाइनेछ। त्यसो भएमा बहुमतले बनाएको संविधान भन्दै विरोधका आवाजहरु उठाउने काम हुनेछन्। लेनदेनका कुरा हुने भएकोले सबैलाई चित्त बुझ्ने संविधान त बन्दैन भन्ने निश्चित नै छ। फेरि एकथरि बुद्धिजीवी भनाउँदाहरुलाई कुनै व्यक्ति विशेष शक्तिशाली राष्ट्रपति बन्ने हो कि, शक्तिशाली प्रधानमन्त्री बन्ने हो कि भन्ने औडाहा भइरहेकै छ। उनीहरुले लेख लेखेर भड्काउने काम पनि पक्कै गर्नेछन्।

hattiban10

रिसोर्टका यस्तै कोठामा सुत्‍ने छन् नेताहरु।
एक थान संविधान बन्यो भने देशै कायापलट होला जस्तो गरेर आशा गरेर बस्नेहरुले पाउने चाहिँ निराशा बाहेक केही हैन। संविधानले देशको विकास गर्ने हैन। एउटा स्थिरता देशमा आउने आशा गर्न सकिन्छ। त्यो भएर स्थिर सरकार बन्यो र त्यसले विकासका काम अगाडि बढायो भने पनि हामीलाई धेरै नै राहत हुनेछ। तर संविधान निर्माणकै क्रममा कुरा मिल्ला कि नमिल्ला त ? त्यो यही वार्ताले र यही साता देखिन्छ।

hattiban9

शान्त छ रिसोर्टको वातावरण, देशलाई यस्तै शान्ति दिने हो त वार्ताले ?
खासमा संविधान निर्माणका के के विवाद बाँकी छन् त दलहरु बीच ? मुख्य विवाद हुन् राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली। अहिले जसले जतिसुकै संघीयताको विरोध गरे पनि अन्तरिम संविधानमा नै लेखिसकेको संघीयताबाट पछि फर्कने कुरा संभव छैन। प्रदेशको नामाकरण र सिमाङ्कन र संख्याबारे विवाद छ। माओवादीले राज्य पुनर्संरचना समितिले दिएको प्रतिवेदनमा जस्तै १४ प्रदेश हुनुपर्ने भनेको छ। काङ्ग्रेस र एमालेको निश्चित धारणा छैन। केही मुख्य नेताहरुले छ प्रदेशको कुरा उठाएका छन्। काङ्ग्रेस कै जनजाति सभासदहरुले १४ प्रदेशै ठीक पनि भनेका छन्। एमालेको पनि उस्तै हालत छ। एमालेका जनजाति सभासदहरु १४ प्रदेशै हुनुपर्ने बताउँछन्। स‍ंविधान सभामा जनजाति सभासदहरुको कूल स‍ंख्या २१७ छ। मधेसवादी दलहरुको एक मधेस एक प्रदेशको अडान पनि छ।

hattiban8

यही रिसोर्टमा गत वर्ष पनि तिहारताका दलहरुबीच गोप्य वार्ता भएको थियो। 
त्यसैगरी अर्को विवाद शासकीय स्वरुपमा हो। यसमा मिश्रित अपनाउने भनेर पहिले सहमति भइसकेको भनिए पनि बीचमा फेरि विवाद आयो। माओवादी शक्तिशाली जनताबाट निर्वाचित राष्ट्रपति चाहन्छ, एमाले शक्तिशाली र जनताबाट निर्वाचित प्रधानमन्त्री चाहन्छ। काङ्ग्रेस भने स‍ंसदले चुनेको प्रधानमन्त्री चाहन्छ- सुधारिएको संसदीय व्यवस्था। यसमा ले जनताले प्रत्यक्ष चुनेको कार्यकारी राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीमा कार्यकारी अधिकार रहने मिश्रित प्रणालीमा सहमति हुनसक्छ।

hattiban5

यो रिसोर्टमा मोबाइल पनि राम्रोसँग लाग्दैन। त्यसैले ढुक्क भएर वार्ता गर्न प्रशस्त समय छ नेताहरुसँग


अर्को सहमति खोज्नुपर्ने विषय निर्वाचन प्रणालीको हो। विवाद समाधान उपसमितिमा संविधानको सभाको निर्वाचनमा जस्तै मिश्रित प्रणालीको व्यवस्था अपनाउने सहमति भएको छ। तर कति प्रतिशत समानुपातिक कति प्रत्यक्ष अनि कति संख्या भएको संघीय व्यवस्थापिका बनाउने र त्यसमा समानुपातिक र प्रत्यक्षबाट कति/कति सिट हुने निर्णय यही बैठकले लिनुपर्नेछ।

hattiban2

गत वर्ष नेताहरुका लागि १८ वटा कोठा एक रातका लागि बुक गर्दा ५६ हजार खर्च भएको थियो। 


न्याय प्रणालीमा माओवादी संसदले न्यायपालिका नियन्त्रण गर्ने व्यवस्था राख्न चाहन्छ। काङ्ग्रेस अहिले कै जस्तो स्वतन्त्र न्यायपालिका चाहन्छ। विवाद समाधान गर्न राजनीतिक मुद्दा हेर्ने संवैधानिक अदालत सर्वोच्च अदालतभन्दा माथि राख्ने सहमति भएको थियो तर यसलाई न्यायाधीशहरुले विरोध गरेका छन्। यसमा कस्तो सहमति हुन्छ दलहरुबीच, त्यो पनि हेर्न बाँकी छ।

hattiban4

यी लगायतका विवाद समाधान भएपछि संविधान निर्माण प्रक्रिया छोट्याउन संविधान संशोधन गर्नुपर्नेछ। अर्थात् लामो बाटोबाट स‌ंविधान बनाउन अब भ्याइँदैन। अब संविधान स‌ंशोधन गरी छोटो बाटोबाट संविधान बनाउने हो। अन्तरिम संविधानको धारा ७० मा भएको प्रावधानअनुसार संविधान निर्माण प्रक्रिया अघि बढाउँदा कुनै एक सभासदले कुनै धारामा असहमति राखे कम्तीमा २२ दिनसम्म समय दिनुपर्छ। अब समय नै छैन। त्यसैले त्यस्ता धाराहरु स‌ंशोधन गर्नुपर्छ।

hattiban3

गत वर्ष दुई दिनको खाना खर्च कूल २७ हजार रुपैयाँ र खाजा खर्च १५ हजार भएको थियो। यदि यस पटकको वार्ताले उपलब्धि दिने हो भने गत वर्षको खर्च पनि उठेको मानौँला। किनभने गत वर्षको वार्ताले कुनै उपलब्धि दिएन। 

अहिले भइरहेको नेताहरुको बैठकले विवादमा सहमति नगरे वैशाख ६ र ७ गते संविधान सभाको बैठक बसेर मतदान गरी बहुमतबाट विवादको टुङ्गो लगाइनेछ। संविधान निर्माणका लागि यो पनि एउटा महत्त्वपूर्ण चरण हुनेछ। त्यसपछि वैशाख १५ गते संविधानको पहिलो र पूर्ण मस्यौदा (ड्राफ्ट) तयार हुनेछ। त्यसलाई संवैधानिक समितिमा प्रस्तुत गरिनेछ। त्यसपछि जेठ १५ मा संविधान जारी गर्नका लागि एक महिना बाँकी हुनेछ।

hattiban6

संविधान निर्माणका कुराहरुमा सहमति खोज्ने प्रयाससँगै सरकार परिवर्तनको कुरा पनि दलहरुबीच उठ्नेछ। माओवादी अध्यक्ष प्रचण्डले पहिला बाबुराम भट्टराईकै सरकारलाई राष्ट्रिय स्वरुप दिने र त्यसपछि काङ्ग्रेस नेतृत्वको सरकार बन्ने बताइसकेका छन्। काङ्ग्रेस र एमालेका केही नेताले भने हामी बाबुरामको सरकारमा जाँदैनौँ भनिरहेका छन्। काङ्ग्रेसको सरकार बन्ने भए पनि कसको नेतृत्वमा बन्ने निश्चित छैन। रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच त्यहाँ लफडा छ। नयाँ सरकार बन्ने भएपछि मन्त्रालयको किचलोले कहीँ संविधान निर्माण प्रक्रिया नै ओझेलमा पर्ने त हैन भन्ने डर पनि हुनेछ। संविधान जारी भइसकेपछि नयाँ चुनाव पनि हुन बाँकी छ। नयाँ चुनाव नभएसम्म ६०१ को संविधान सभा व्यवस्थापिका संसद्का रुपमा कायमै रहनेछ।

000_2193
वार्तामा सहभागी नेताहरु।

000_2186
फोटोमा याद गर्नुभो, वैद्य पक्षका बादल पनि छन् रिसोर्टमा भइरहेको वार्तामा।

को को छन् रिसोर्ट बैठकमा ?

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराई, उपाध्यक्षद्वय मोहन वैद्य र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, नेता देव गुरुङ, हितमान शाक्य र खिमलाल देवकोटा

नेपाली काँग्रेसबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता देउवा, महामन्त्री प्रकाशमान सिंह, नेताहरू डा रामशरण महत, विमलेन्द्र निधि, अर्जुननरसिंह केसी र डा मिनेन्द्र रिजाल

नेकपा(एमाले)बाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल तथा नेताहरू भीम रावल र सुरेन्द्र पाण्डे

मधेसी मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, फोरम(गणतान्त्रिक)का कार्यवाहक अध्यक्ष राजकिशोर यादव, तराई –मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी, तराई–मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो

hattiban1
हात्तीवन रिसोर्टबाट देखिने काठमाडौँ। राजधानी लगायत सिङ्गो नेपालले यहाँ भइरहेको वार्तामा चासो दिइरहेको छ।

हात्तीवन रिसोर्टका सबै फाइल फोटोका लागि विक्रम श्रेष्ठलाई धन्यवाद। नेताहरुको बैठक भइरहेको आजको फोटो भने दिनेश श्रेष्ठको हो।

35 Comments

  1. बैठक हात्ती बन रिसोर्टमा होइन रुकुमको गाउमा वा कर्णालीको भोको पेट भएका जनताको आगनमा गर्नु पर्छ अनि मात्र वास्तविक नेपालीको लागि वास्तविक संबिधान बन्छ, नत्र सुख र सुबिधामा उन्मत्त भएका नेता र तेस्तै ठाउमा लेखेको संबिधान ५ प्रतिसत नेपालीको लागि मात्र हुने निश्चित छ .

  2. देशको ढुकुटी यी नेताहरुले स्वाहा गर्न लागे धिक्कार छ । सभाभवन हुँदा हुँदै बाहुनहरु झोल खान महँगा महँगा होटलमा चाख्न पुगेका छन् । तर होशियार षडयन्त्र गर्दै पुन: एकात्मक शासन हुने गरी पहिचान सहितको संघियतामा यताउता गरेमा नेताहरुको हबिगत के होला भविष्यमै थाहा हुन्छ । अब गैरबाहुनवादीहरु सडकमा छन् देशलाई कता लाने हो तिमीहरुको हातमा छ ।

  3. संबिधान बने पनि नबने पनि ६०१ जनाले ठुलो खर्च गरेर बनाउन लागेको संबिधान बनि हाले राम्रै भो, नबने हत्तिबन को रिसोर्ट को भोजले हैजा पखाला लगेर मरोस सबै डाका सभासद……..

  4. यी नेताहरुले निस्पक्ष्य र निस्वार्थ भएर देश र जनताको भविष्यलाई ख्याल गरेर हातीबनामा कुनै सम्झौता गरेमा स्वागतयोग्य हुनेछ यदि कुनै स्वार्थ, जाल, झेल गरेर षडयन्त्र गरेमा त्यसको परिणामका लागि यो हातीबाना रिसोर्टमा बैठक बस्ने सबैजना दोषी हुनेछन र तिनीहरुलाई ठीक पार्न सम्पूर्ण नेपाली जनता सचेत हुनु जरुरी छ !

  5. ६०१ पल्टनका सभासदहरु नपुगेको कुनै मुलुक छैन भनेर सभा मुखले अभिव्यक्त गरेर थिए| के भयो त्यसरी बटुलेका अनुभव र पर्यवेक्षणले? केवल रातो पासपोर्ट हल्लाउन, भत्ता खान र घुमघाम मै बित्यो कि? त्यो कसरि परिमार्जन भएको छ संबिधान निर्माण कार्यमा त्यसको सही हिसाबले लेखाजोखा गर्ने कोही मा का लाल होला? दुई बर्षमा सक्न पर्ने कामलाई चारबर्ष लाउनेलाई नसिहत सहित अयोग्यको विल्ला दिन परने हो|

    आउँदो संबिधानमा सांसदहरुको निम्ति कडा आचार संहिता बनाईनु पर्छ|
    त्यस्तै मन्त्रि हुन् पनि कडा आचार संहिताको पालना गरिनपर्छ साथै मन्त्रीको संख्यामा सीमित गरिन पर्छ| सलाहकार भन्दै आफ्नो मान्छेलाई नियुक्ति दिएर मन्त्रि सरह सुबिधा दिनु पनि भ्रस्टचार हो| नारायणहिटी र पंचायती कालरात्रिको परम्परा हो| बाबुराम, प्रचण्ड, माकुने, झल्लु, गिरिजा सबैले त्यसै गरे|
    दुई चार त्यही नेताहरुले नंया संबिधान लेख्ने हो भने यो चार बर्षे नौटंकी केलाई चाहियो?
    बहुसंख्यक नेपाली जनता जातीय पहिचान सहितको संघियात्मक संविधानको प्रतिक्षामा छन्|

  6. हात्ती आयो हात्ती आयो फुस्सा ! हात्ती बन मा के के न हुन्छ भनेको जिल्ला राम !!
    उराश

  7. येस्तो ठाउँ मा बसेर त निर्णय नै हुदैन नि !! गरिब जनता को भावना को कदर हुने सक्दैन… संबिधान लेख्दा पानि नखाई लेख्यो भने धाराको समस्या अवगत हुन्छा, भोकै बस्यो भने गरिब को मर्म थाहा हुन्छ, अनिदै बस्यो भने सुकुम्बासी को आभास हुन्छ…. अनि पो बंछा त समाबेशी संबिधान !! येस्तो होटेल मा ता सबै सुबिधा हुन्छ, जेठा बा हरू ले सबै कुरा भुल्छन होला गाँठे !! 😛

  8. संबिधान बनाउन ४०-५० जना भन्दा बढी लाग्दैन | बेकार मा हामीले ६०१ जना लाई पैसा दिएर पालेको |

  9. आधा आकाश ढाकेका महिला नेत्री हरु नहुनु मा अलिकति दुख लागिरहेछ, कहिले हुने हो ३३% पर्तिनिधित्वो?

    • एमालेका उपाद्यक्ष अशोक राईजी कसरी बार्तामा टोलीमा पर्नु भएनछ??

  10. बिचरा हाम्रो देश को जनता एउटा बिहान बेलुका छाक तर्न मुस्किल छ तर देश चलाउने मान्छे हरु तेती महँगो रिसोर्ट मा गएर संबिधान बन्छ भन्दै देश को ढुकुटी सक्दै छन् होइन यो नेपाल मा नेता को दिमाग न भा कै हो र? देश को संबिधान बनाउन देश को कुना कुना मा गएर ति गरिब अनि मुस्किल ले बचे का जनता संग भलाकुसारी गर कि त एउटा सामान्य नागरिक संग भलाकुसारी गर्दै सहर को गल्लि गल्लि मा जौ अनि बल्ल बन्छ संबिधान नत्र नेता जी को छोरा छोरि को बेहे को लगन हेर्न लाग्य त होइन नि तेती महँगो रिसोर्ट मा हुः रिसोर्ट मा बन्ने संबिधान ले एउटा गरिब सामान्य नागरिक को अर्थ मा संबिधान बन्दैन त्यो कुरा कसले बुज्ने ? बि पी कोइराला को चिन्तन लै बिर्सने नेता नेपाल मा किन बच्नु र?

  11. संबिधान को पोको लिए र आउने हुन् कि , २ ४ कडोर खान खर्च को बिलको पोको लिए र आउने हुन् , हेर्न बाकी छ ,

  12. जन संविधान बनाउन कुनै पार्टी ले कन्जुस्याई गर्नु हुदैन, यदि कन्जुस्याई कोइ बाट हुनथालेमा जनतालाई जान कारी गरौ , जनता सडकमा निस्कन तयार छ .

  13. जति सुकै बैठक बसे पनि उस्तै हो रात भरि खायो रिसोर्ट मा बसो अनि सिद्दियो बैठक . नेता हरु को काम नै एती नै त हो नि.

  14. संबिधान बनाउने बार्ताको लागि नेताहरुले स्बिजर्ल्यांड रोजेका कुरा मिडियामा
    आएको थियो , देशको ढुकुटी रित्याउने नेताहरुको चाला देखेर चर्को बिरोध भएसी
    नेताहरुको स्बिजर्ल्यांड जाने प्लान रद्द भएको थियो .
    आफ्नै देशको रिसोर्टमा पनि यसरी छलफल गर्न सकिदो रैछ त !!! हाम्रा नेताहरुले स्बिजर्ल्यांड नै किन रोज्नु पर्या थ्यो त्यो बेला ???
    रह्यो यो संबिधान बनाउने कुरामा छलफल हुन गईरहेको अबको बार्ता ? जेठ १४
    यति नजिक आईपुगे पछी यिनले अब कुन बाँकी कुरामा छलफल गर्ने हुन् ? यतिबेला सम्म त संबिधान तयार भईसकेको हुनु पर्ने हो ! अनि तयार भईसकेको
    महत्वपूर्ण बूँदा बारे जनताले ‘ थाहा ‘ पाईसक्नु पर्ने हो ! अनि यदि कुनै बूँदा प्रति
    जनता सहमत नभए ब्यापक छलफल भईसक्नु पर्ने हो !
    ढिलै भए पनि आफ्नै भूमिमा बसेर छलफल गर्दै छन् — मुलुक र नेपाली जनताको
    हितमा हुने काम गरुन !

  15. संबिधानसभा निर्दलीय जनप्रतिनिधिको थलो होइन, येसभित्र अहिले बार्तामा संलग्न रहेकै पार्टीहरुको नेत्रित्योमा बसेका नेता हरुको नै सहभागिता भइरहेको छ / संबिधानसभाले एकैपल्ट सबैको सहमति मा कुनै पनि कुरा पास गर्न सहज हुदैन, विवाद र बिचारलाई हुलमा निस्कर्षमा पुर्याउन गार्हो हुन्छ / त्यसैले पहिले नेताहरु बिचमा एउटा सहमति बनाएर संबिधानसभामा त्यसलाई राखेर पास गर्नु स्वाभाविक हुन्छ /
    कि भने संबिधानसभा बनाउदै निर्दलीय प्रतिनिधि चयन गर्ने ब्यबस्ता मिलाउनु पर्ने हुन्थ्यो, अन्यथा दलीय पद्दतिमा यो कार्य पद्दति लाई गलत भन्न मिल्दैन जस्तो लाग्छ / हो अबस्य पनि संबिधानसभामा पास हुनु पहिला संबिधान को मस्यौदा जनतामा छलफलको लागि लान आबस्यक हुन्छ, त्यो चाही समय अभाबको कारण ले हुन अब सम्भब छैन/ यो सबै को दोष सबै पार्टीका नेता खासगरी प्रमुख तिन दल माओबादी, कांग्रेस र एमाले हरुले लिनु पर्छ, /

  16. मैले यहा नौलो कुरा देखेको छु. अनन्य देशको छलफल कार्यक्रममा गिलासमा पानी भारी राखी कार्यक्रम सुरु गर्छन तर यहा गिलास खाली र घोप्टो पारि राखिएको छ बार्ता सुरु गरीएको छ, यसले के पुष्टी गर्छ भने आज बार्ता सफल हुदैन……. बुढापाका भन्थे खालि गाग्रो यात्रा गर्न लाग्दा देखिनु हुदैन सहित बिग्रिन्छ तर यहा त बार्ता टोली कै अगाडी खालि गिलास ? अब सोच्नुस त साथिहरु

    • Hahaha…. I think, lot of fly and insects in our country.
      May be it dropped in someone’s glass. Precaution is better than cure….
      Let us not relate this with “Luck Wish” … but bottles are full…..

  17. All these agendas are based on Parties’ future outlines…..
    1. Maoists think their leaders are popular among publics, specially Mr. Prachanda, so they want direct elected person.
    2. NC leaders think, when there are together, they are stronger, and individual person is not so popular (but they forget that Dr. Ram Baran Yadab is strong contestant for future president).
    3. UML is lost in between, they think middle path is best, and made agendas according to situation.
    4. More dalid and janjati, strong leaders are in Maoist, so NC and UML are afraid of it, mainly division according to it.
    5. Government during next election will also effect the future politics.
    6. Also new government, their parties’ participations.

    Mainly the focus on their individual and their parties’ profit, financially and politically, currently and in the future as well…..
    No one focused on Public’s benefits…..

    They are thinking their way, but what public are thinking??
    No one knows, only next election will decide……

    One thing is that the Current system cannot allow the public to choose directly…….

  18. समावेशिताकै लागि सायद यो सबै हुदैछ | तर २८ जना बस्दा १ जना पनि महिला छैनन् (रात बस्नु पर्ने भएर हो कि !!) मधेसी पार्टी बाहेकका १ जना मात्रै मधेसी छन् (मधेसी नेता भित्रै कतिको समावेशिता छ त्यो थाहा भएन) | एमाले लालले भनेको जस्तो पुरेत पार्टी जस्तो देखियो | कांग्रेसबाट १ जना अर्ध जनजाति र माओबादी बाट ३ जना जनजाति बसेछन | सायद ५/६ प्रदेश नै ठीक हुन्छ होला तर जनजातिहरूको समुहलाई अहिलेदेखि नै कुनै रुपमा सहभागी बनाउनु पर्ने हो | आफु सहभागी नभई गरेको निर्णय यहाँ कसले मान्छ र ? ठुला पार्टीहरूले पहिले आफुलाई समावेशी बनाउनु पर्ने देखिन्छ |

  19. रिसोट मा बसेर मिठो २ खाना खयर मात्र निस्कने होइन नेपाली ले चएको र खोजेको जस्तो संबिधान पनि लियर बाहिर आओ नेता हो बल्ल ३ करोस नेपाली जनता ले स्वागत गर्नेछन तिमि हरु लाइ , नेपाल ले बल्ल राम्रो संग सास फेर्ने छ

  20. अरु त ठीकै हो तर यो माओवादीको असन्तुष्ट एवं कठोर भनिएको मोहन वैद्य र उहाँका *आ.पा हरुलाई के भा को हो । हिजोसम्म त्यहि प्रचण्ड र लालध्वज(बाबुराम) को पुतला जलाउँदै उछित्तो काढ्दैमा फूर्सद थिएन । आज फेरि ङिच्च दाँत देखाउँदै हात्तीवनको सयर गर्न पुगेछन । उनीहरुको आरिस चाहिं गरेको हैन है साथी हो । यिनीहरु हुनै लागेको कुरो र बन्ने लागेको काम बिच्काउन गएका हुन कि भन्ने शंका लाग्या मात्रै हो । तर हिजो जसलाई धारेहात लाउँदै *पाँ.गा. गर्दै थिए आज फेरि कुम ठोक्दै रिसोर्ट पुगेको देख्दा माओवादीभित्रको हिजोको घर झगडा साँच्चै थियो कि तँ कुटेजस्तो गर म रोएजस्तो गर्छु भन्या जस्तो हो भनेर मलाइ खुट्याउनै गार्हो भो भन्या । कि त संविधान जारी भएको दुई चार महिनापछि त्यसैपनि चुनाव भईनै हाल्छ भनेर आफ्ना भोटर र क्याडरलाई पार्टीलाइन भन्दा बाहिर जान नदिनका लागि यतिविधि रडाको मच्चाइएको हो कि शंकापनि हाम्लाई लाइ रा’ह । किनकी माओवादीका नेताहरु धनदौलत सुख सयल मोजमस्तीको आहालमा भासिंदै गएर *मा.चि खान पल्किएकाहरुलाई *आ.चि खाएर बसेका जनताको आशा निराशामा परिणत हुँदै थियो भने कार्यकर्ताको विश्वास आक्रोशमा । त्यसैले एउटाले पुरानै ढर्राको क्रान्तिको कुरो गरेर एकथरीलाई आफ्नो पछि लगाई राख्ने र अर्कोतिर अर्काले शान्तिका कुरा गरेर अर्काथरीलाई आफ्नो पछाडि लाईराख्ने गर्नाले सर्पपनि मर्ने लाठीपनि नभाँचिने । नत्र रातारात कुन चाहिं नेतालाई कस्तो दिब्यदृष्टि प्राप्त भयो मेलमिलापको जान्न पाए राम्रै हुने थियो होला ।
    *आ‌.पा‌= आसेपासे
    * पाँ.गा= पाँडे गाली
    *मा.चि = मासु चिउरा
    *आ.चि= आलु चिउरा

  21. नेताहरूको चटारो बल्ल मनपर्यो !
    मेरो बिचारमा सबै अलिकति खुम्चन जरूरी छ, खुम्चने नै छ /
    १, प्रजातान्त्रिक संबिधान नै बन्ने छ /
    २, मिश्रित शशाकीय स्वरूप रहने छ /
    ३, निर्बाचन प्रणाली पनि मिश्रित नै हुनेछ /
    ४, न्यायपालिका स्वतन्त्र नै रहने छ /

  22. ब्रम्हा ,बिष्णु ,महेश बुद्धि भ्रस्ट नभयेश/यहाँ हरु को बैठक सफल रहोश,संबिधान चाडै जारी होश /फेरी पनि यो बैठक ले अर्को बैठक गर्ने निर्णय न होस् /सुभकमन६/

  23. जनताहरु रिसोर्टको बाहिर कुरेर बस्नु पर्छ सहमतिबिना बाहिर निस्कन दिनु हुदैन,
    यदि निस्की हाले भने सबैले भाग भंडा गरेर त्यो दिनको खर्चको बिल तिर्नु पर्छ|

  24. देसको संबिधान “संबिधान सभा” ले बनाउने हो बा “रिसोर्ट सभा” ले?

    यसो हेर्दा ईनिहरुले संबिधान सभालाई मात्र “ठप्पा लगाउने सभा बनाउन खोजेको देखियो/ ईनिहरु लोकतान्त्रिक भयको भय आफ्नो कुरा जनताले समेत थाह पाउने गरि संबिधान सभामा राख्ने थियो बहस गर्ने थियो ठिक भय मान्ने थियो बेठिक भय नमान्ने थियो/ यसरि जनता सिट मुख र कुरा लुकायर रिसोर्टमा लुकेर कुरा गर्ने थियन/

  25. यो महत्वपुर्ण छलफल मा बैद्य पक्ष पनि सहभागी भएको देखेर खुसि लाग्यो,आशा गरौ यो बैठक ले केहि न केहि सहमति बन्ने छ र देस ले जेष्ठ १४ मा संबिधान पाउने छ,आशा गरौ बैद्य पक्ष ले अब केहि अड्को थाप्ने छैन र संबिधान निर्माण मा सक्रिय रुपले मान्ने छ……..
    आशिस
    स्विस

  26. माथिका अन्तिम दुइ फोटोमा किन नेताहरुको अनुहार हसिलो देखिन्छ ? यिनीहरुले साचिकै कुनै चमत्कार नै गरे भनेर दङ्ग परेका हुन् कि, फेरी एकचोटी नेपालीको ढुकुटीबाट यो रिसोर्टमा मोज गर्न पाइयो भनेर दङ्ग परेका हुन् ?

    जे होस् अरु काम केहि गर्न नसकेपनि जनताको आखामा धुलो चाही हाल्न जानेकै हुन् यिनीहरुले/

  27. माओवादीलाई गणतान्त्रिक संबिधान चाहिने, कांग्रेसलाई प्रजातान्त्रिक संबिधान चाहिने, एमालेलाई लोकतान्त्रिक संबिधान चाहिने र मधेशवादीलाई तराइली संबिधान चाहिने भए पछि ग प्र लो त अर्थात गप्रलोत संबिधान बनाए भैहाल्यो नि! संसारले यो के हो गप्रलोत भनेको भनेर सोधेर ल्याएमा यो हाम्रो मौलिकता हो, बिशेषता हो भनेर प्याच्चै भन्दा हुन्छ|

    ग- गणतन्त्र
    प्र- प्रजातन्त्र
    लो-लोकतन्त्र
    त-तराइली

  28. हे भगवान, के हुने हो भन्नु सिबाए के नै गर्नु सकिन्छ र
    तर हामि सबै धैरेधारण को साथ् आशा गरौ अन्तिम मा कतै घैटो मा घाम लाग्ला भन्ने हाम्लाई लाइराछा

  29. श्री ४ ले बनायको मस्यौदा संबिधान नेपाली जनतामा लगी बहस/ हस्ताछ्यर चलाउनु पर्छ र तुरुन्त चुनाब गरेर निर्बाचित प्रतिनिधि बात स्वीकृत गराउनु पर्छ ! हिम्मत छ श्री ४ ???????????????

  30. भगवान पशुपति साचिकै छन् भने, यो पाला मा संबिधान न बने कै राम्रो , हाम्रा नेता हरु ले संबिधान लै जन्ती को भोज जस्तै बने सके ,भोकाएर आएको लै जे पस्केर दिए पनि हुन्छ जस्तो बने सके. यो संबिधान नेपाली को इच्छा ले हैन नेता र अरु को स्वार्थ ले प्रेरारित भएको संबिधान हुने छ. १० वर्ष पछि को पुस्तालै भरि यो पुरानो र कम नलाग्ने हुन्छ. अहिले पनि की बिग्रेको छैन फेरी चुनाब गरेर राम्रा लै छानेर २ वर्ष फेरी समय दिनु पर्चा, तर यो पाली चुनाब मा उठ्ने को मप दण्ड तोकेर मात्र दिने. पुरानो नेता र ठुलो पार्टी को फलाना फलाना नेता न भानिकाना .

  31. हिजोको बेला देशको महत्वपुर्ण बिषयमा फैसला राजाको खोपी हुदै दरबारमा छिर्यो,हुदै जादा आंशिक शक्ति प्राप्त सिहदरबार!बर्गीय,जातीय,लिंगीय लगायत सामाजिकको सम्पूर्ण खाले शोषणको एकमुष्ठ हल संबिधान सभाको बिश्वब्यापी मान्यता, कठैबरा हाम्रा सभासद,भत्ता खाने कर्मचारी भन्दा के अर्थमा उनीहरुको उपादेयता?बर्गीय क्रान्ति दूर दराजका कुरा,जातीय बैमनस्यताको खोप दिएर जनजातिलाई दीर्घरोगी बनाउने नेताहरुको सपना पानीको फोहोरा भन्दा अत्युक्ति नहोला,इतिहासका कुरा इतिहासलाई छाडी दिउँ,तपाईहरुको भबिष्य जनादलतले दिनेछ!

  32. संबिधान सभामा चुनाबबाट निर्णय गर्नु पर्छ ! श्री ४ लाई निर्णय गर्न दिने होइन / जुनसुकै निर्णय होस्, हाउसबाट निर्णय हुनु पर्छ /

    • महान्तज्यु
      यहाको बिचारमा असहमत हुन् सकियन/ संबिधान सभामा जनताले चुनेको सभासदहरु र संबिधान सभा समेत निरह बनाउने ई नेताहरुको “सहमतिको पोको” लोकतान्त्रिक होला भनेर हामीले आसै मात्र गर्न सक्छौं बिस्वास गर्न सकिंदैन/ बहुजातीय नेपालमा जात जातको राज्य बनाउने मुद्दा ई जाति बादी नेताहरु जिते यक जातिको राज्यमा अर्को जातिको नागरिकको अधिकार लुटिने छ/ हामीले त् ई नेताहरुलाई नेपालकै नेता होस् सबै नेपालीको नेता होस् भनि चाहेको थियो तर ईनिहरु आफ्नै जातीय समुहको मात्रै नेता बन्न खोजे/ खै के भन्ने ईनिहरुलाई?

      महन्तज्यु कुरामा मलाई एउटा कथा याद आयो/ स्वर्गको राजा इन्द्र पृथ्बी घुम्न आयो रे/ घुम्दै जाँदा उसले मानिसले हगेको गुहु खाई रहेको सुँगुर देख्यो रे/ अरे हगेको खानु पर्ने यो प्राणि त् सार्है दुखि रहेछ भनेर दया लागेर इन्द्रले त्यो सुँगुर लाई ” हे तँ स्वर्ग जान्छस?” भनेर सोध्यो रे/ सुँगुरले इन्द्रलाई पुल्लुक्क हेरेर “स्वर्गमा गुहु खान पाईन्छ?” भनेर सोध्यो रे/ अब स्वर्गमा कसरि कहाँ गुहु हुन्छ र/

      समस्त नेपालीको नेता बन भन्दा मेरै जातिको नेता मात्रै बन्छु मेरो भन्ने ई नेताहरु पनि त्यो सुँगुर जस्तै हो/

Comments are closed.