नेता नि नक्कली, अभिनेता नि नक्कली

हिजो खबर छापिएको थियो, एसएलसीको नक्कली मार्कसिट बनाउन माओवादीका नेता, कार्यकर्ता संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ। पढ्ने बेलामा जनयुद्ध भन्दै बुर्जुर्वा शिक्षा बहिस्कार गर्दै हिँडे, अब खुला प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा पढाइ त चाहियो। बुढेसकालमा कहाँ पढ्ने जाँगर हुनु, अब बाँकी काम रह्यो- नक्कली। यही सजिलो!

माओवादीका सभासद नै एसएसलीमा आफ्नो सट्टा अर्कैलाई एसएलसीको एक्जाम दिन लगाएको पनि हामीले देख्यौँ। उनी त अहिले धरौटीमा छुटिसकेका पनि छन्।

नेताहरु मात्र हैन, समाजका लागि रोल मोडल बन्नुपर्ने हिरो अर्थात् अभिनेताहरु पनि उस्तै छन्। अझ उनीहरु हाकाहाकी आफू नक्कली सर्टिफिकेटधारी रहेको ‘गर्वका साथ’ बताउँछन्।

केही दिन अघि कान्तिपुरमा छापिएको अन्तर्वार्तामा अहिलेको चर्चित फिल्म ‘लुट’का प्रमुख अभिनेता हाकु काले उर्फ सौगात मल्लले आफू नक्कली प्रमाणपत्रधारी रहेको बताएका थिए।

त्यसमा उनले भनेका छन्- बुबाआमा चिन्तित भएर राम्रा स्कुल पठाउनुहुन्थ्यो। परासीका सबै स्कुल चाहारे पनि अन्ततः एसएलसी फेल गरें। तर अभिनयका लागि भने काठमाडौ छिर्न चाहन्थें। मेरो त्यही भावना बुझेर बुबाले भारतबाट नक्कली प्रमाणपत्र ल्याइदिनुभयो। त्यही बोकेर आरआर कलेजमा भर्ना भएँ।

त्यसो त उनले कुनै कुरा नलुकाई जस्ताको तस्तै भनेकोमा प्रशंसा गर्नेहरु पनि भेटिए। तर वास्तवमा नक्कली प्रमाणपत्र प्रयोग गरी उनले विश्वविद्यालयलाई झुक्याएकै हुन्। नक्कली प्रमाणपत्र कसरी सजिलै नेपालमा चल्दो रहेछ भन्ने पनि उनको अनुभवले देखाएको छ।

बिहे गर्न, जागिर खोज्न नक्कली प्रमाणपत्र लिनेहरुको कमी छैन। अख्तियारले दर्जनौँ सरकारी कर्मचारीहरुमाथि नक्कली प्रमाणपत्र प्रयोग गरेको अभियोगमा मुद्दा दायर गरेको छ। नेतादेखि अभिनेतासम्म नक्कली प्रमाणपत्रधारी रहेको यो देशमा सक्कली खोज्नु नै पो बरु मूर्खता हो कि ?

34 Comments

  1. सौगात मल्लको बारेमा पढदा “तारे जमीन पर” फिल्मको संझना
    आयो बालबालिकालाई उसको रुची अनुसारको शिक्षा दिनु पर्छ |
    यदि त्यो व्यवस्था नेपालमा भैदिएको भए आज यो कमेन्ट लेख्न
    पर्दैनथ्यो |यस.एल.सी. बाट माथि चाही ललितकला क्याम्पसले पढाउने गरेको छ |
    हाम्रा प्रा. बि.स्कुल बाट नै कला सम्बन्धि पाठ्य क्रम राख्ने हो भने केहि हद
    सम्म बालबालिकालाई खाते हुन बाट बचाऊथ्यो कि ? मलाई शिक्षा सम्बन्धि
    ज्ञान तथा कुनै अनुभव छैन म मानविकी शास्त्र तिरको परे|

  2. आफ्नो कुरा खुलस्त भन्ने हाकु काले को फोटो सहित उसलाई नै मुख्य नक्कली सर्टिफिकेट धारी भन्नु भन्दा तपाई हरु को लिडर जस्तै रिपोर्टर्स कलब का प्रमुख को बारे मा पनि भन्ने हो कि? ऋषि धमला को आठ कलास को पास भन्दा माथि को प्रमाणपत्र सक्कली रैछा भने कान काट्नु..यी कुरा हरु खोतल्दै जादा अक्तियार ले त आफ्नो पाइला आफ्नै अफिस मा रोक्यो.अरु को त के तागत हाहाहा .एउटा कुरा ऋषि धमला किन क्यामेरा मा देखिन तेस्तो तछाड मछाड गर्छा होला? त्यो हिरो बन्न सहर पसेको हो रे.हिरो भाको भए त मा त्यो खेलेको फिलिम त के पोस्टर पनि हेर्ने थिएन होला .माफ गर्नु होला प्रसंग अन्तै पुर्याए.

    • ऋषि धमलाले काठमाडौँ कालिमाटीको जनप्रभात माविबाट २०४७ सालमा टेस्ट पास गरेका हुन्। म त्यही स्कूलमा पढ्थेँ। तपाईँले आफ्नो वाचा अनुसार कान काट्नुअघि प्रमाण हेर्न जानु भए हुन्छ। वा मन मिस, जो अहिले प्रधानअध्यापिका छिन्, सित सोध्न जानु भए हुन्छ। अब तपाईँ फटाहा हो कि हैन भन्ने प्रमाणित हुन्छ। लौ लौ कान काटेर फोटो पोस्ट गरिहाल्नुस् त।

      • भन्नाले एसएलसी चाहि पास गरेको छैन भन्ने बुझ्नु पर्यो होइन !!?
        हुनत मैले अफिसको काम गर्ने सिलसिलामा आइए पास भनेर लेखेको देखेको थिए.. जे भएपनि यस्तैको पत्रकारिता बिकेको छ नेपालमा; बिडम्बना !!

    • ॠषि धमला र मेरो दिदी सरिताले आर आर कलेजबाट सँगै आई ए पास गरेका मैले देखेकी हु त्यहाभन्दा धेरै पढेको कुरा चाहि मलाई थाहा भएन। क्यामेरा अगाडि उभिने जून प्रसंग छ त्यो चाहि सबै पत्रकारहरुको रोग हो ॠषि धमला अलि धेरै मात्र हुन्।

  3. This is normal because some of the people who work in hospital, clinic their qualifications are fake as reported by some news paper earlier. People working in such sensitive places have brought their certificates from our neighbour countries. This poor guy has got his certificate from India or somewhere should not be given as such value.

    On the other hand, our most of the leaders especially from major political parties have bought their qualifications from our close neighbour India.

    I will salute this guy because he disclosed the truth.

    Jai hawos Nepal and Neplai ko.

  4. आफुलाई, समाजलाई र देशलाई समेत ढाटेर पनि योग्यताको अबिर दल्न कुन नैतिकताले दिएको होला !!
    माओबादीको कर्तुत त के उल्लेख गरिसाद्दे छ र… बरु हाम्रो नेपाली चलचित्रका अभिनेताहरूको बौद्धिक स्तरले पो त बेला-बेलामा झस्काउछ !!

  5. हाकु काले वास्तविक हिरो हुन् / सत्य बोले , उनले कुनै पदीय लाभ लिएर जनतालाई दुखः त दिएका छैनन् / यहाँ लाखौ ले भारत बाट नक्कली सर्टिफिकेट ल्याएर सिनियर अधिकृत को दर्जा लिएर ब्राम्ह लूट गरेका छन् बिसेस गरेर पुलिस र सेनामा / छानबिन आयोग को नाममा केहीलाई बलिको बोको बनेर धेरैले उन्मुक्क्ति पाएका छन /

  6. यो साले नेता अभिनेता सबै चोर, अझै गर्भ को साथ भन्छन के गर्ने चाकरी गरेर खानु पर्ने देश मा येही ठिक हो, एस एल सी मा राम्रो मेहेनत गरेर पढेका पैसा खर्चेर महगो स्चूल पढने त नेपाल मा कहाँ बस्न दिन्छन र साला हरु ले,
    हुन त देश को परधानमन्त्री टप मान्छे छन् तर उनकै पार्टी क ए नकली सथिफिकट बनाउने लाई पुनिश्मेंट गर्न सके क छैन …….. सबै मिलेर गरिब र इमान्दार नेपाली लै निचोरेर खानु पर्छ भन्ने नीति हो यो सबै …

  7. नक्कली प्रमाणपत्र लिनु गलत कुरा हो / तर हाम्रो एस एल सी मा राम्रो अंक ल्याएर उतिर्ण भएको कुरामा गर्ब गर्ने कुनै कारण पनि देख्दिन म / किनभने यो परिक्ष्याको बिषयबस्तु अब्यबहरिक छ / लालु र काल, अनि लाटोकोसेरोको कथाको सप्रसङ्ग ब्याख्या जसले राम्रो गर्न सक्यो, अंग्रेजीमा जसले बढी पान्ना लेख्न सक्यो , अनि गणितमा जसले पुरानो प्रश्नपत्र उत्तर समेत घोक्न सक्यो उसैले बढी अंक ल्याउन सक्ने खालको छ यो परिक्ष्या / अहिले आएर उछा प्राबिधिक शिक्च्या हासिल गरिसकेपछि येसो सोच्दा लाग्छ, दस बर्षमा ८० % त खेर नै गएछ / ति सबै कुराको ठाउंमा computer र अरु ब्यबहारिक कुरा पढाईदिएको भए अहिले एस्तो लाग्दैन थियो होला /

    • सारै चित्त दुख्ने कुरा के हो भने, नेपालमा एम ए प्रथम श्रेणीमा पास गरेको मान्छेले सामान्य निबेदन समेत लेख्न जानेका हुदैनन् . प्रस्ट संग नेपाली समेत पढ्न जानेका हुदैनन् . सामान्य अंग्रेजी बोल्न त के कुरा पढ्न (reading ) समेत जानेको हुदैनन् ….. तपाई कसलाई के भन्ने ?

  8. नक्कलीको बिगबिगी त् नेपालको राजनैतिक, निजमात्ति र जंगी सबै छेत्रमा हिजो देखी नै व्याप्त थियो! आज बबुरो एउटाले पक्राउ पर्दैमा किन यती हल्ला!

    नेपाली सेनाको व्याक्ती यु एन मिसनमा! यता नेपालमा बि ए पास भएकै हो!

    कुनै कार्यालयका हाकिम साब रोल्पा काजमा! यता काठमांडूमा उनको पी एच डीको थेसिस पनि बुझाएकै हो!

    ठुला ठुला भाषण छाटने नेताहरुको विदेशमा बह्हएको नक्कली प्रमाण पत्र भेटिएकी हो!

    जता गए पनी नक्कलीको बिगबिगी! के छनेपालमा सक्कली???

  9. हाकु कालेको दिमाग होइन डिमाग चै रहेछ ! राम्रो पढ्न नसके पनि अभिनय गर्न जानेका रहेछन, अभिनय गर्न सक्नु पनि एउटा ठुलो कला हो, आ-आफ्नो चोइस् हो, बधाई छ उहालाई !
    नेपालको बजारमा हजारौ नक्कली सामानहरु किन्न पाईनछ, बेला बखतमा पैसा पनि नक्कली भेटिन्छ ! पैसाले के मात्र किन्न सक्दैन नेपालमा ? सभासद त किन्न सकिन्छ, नक्कली सर्टिफिकेटको के कुरा गर्ने , कति छन् कति, खोतल्ने हो भने मन्त्रालयनै बिध्घतन गर्नु पर्ने हुन्छ !

    डिमाग भएको साचो बोल्ने हाकु काले हाम्रो दिमाग भएको झुट बोल्ने नेताहरु भन्दा ठिक लाग्यो.. बरु डिमाग भएकोले देश चलाउला यी दिमाग नभएका नेताहरुले भन्दा ….

  10. सबै जना बिद्वान हुदैनन् यो धुर्बसत्य कुरा हो… उनि ले पढ्न सकेनन् कसैको टाउको दुखाइ को बिसय थिएन( उनि आफै बाहेक) .. ….. फिल्मी छेत्र मा लागेर राम्रै गरिराका छन् .. तर … तर कुरा के भने अहिले को नेपाली युवा बर्ग का सच्चा नायक( मैले त हेरेको छुइना लूट ) ले खुलम खुल्ला यसरी मैले गैरकानुनी काम गरेको छु भनेर हिड्दा यो समाज को युवा वर्ग ले के पाठ सिक्ने यो नव प्रतिष्ठित कलाकार बाट ??…

  11. म नाम नै किटेर कसै को बदनाम गर्दिन र मेरो धर्म ले पनि उस को बदनाम गर्न उक्सौदैन /कुरा मेरो आफ्नो गाउले साथी कै हो/हामी सगै एस.एल.सि.पास गरेउ २०४७ साल मा अनि सगै कलेज मा pcl पनि, हामी ३५ जना मा म समेत जम्मा १४ जना पास भयेउ /तर मेरा मित्र फेल भए ,मित्र लाई हुनु सम्म को चोट परेछ अनि उनि ले बिहार सरकार लाई भने छन् /बिहार सरकार को निगाहा मा उपहार बिए पास को सर्टिफिकेट पाए छन् ,कस्तो अचम्म?हेर्दा,हेर्दै हामी चाही कलेज जाने हाम्रा साथी त नेपाल सरकार को कुनै अधिकृत पो भए /जसले जे गरे पनि मेरा मित्र लाई सरकार ले दाना पानी दिएकै छ /जे होस् नेपाल मा गर्न सक्ने ले जे पनि गर्छन.जय नेपाल /

  12. आमुल परिबर्तन कहा बाट शुरु गर्ने मैले त भेउ नै पाउन सकिन ? जहा हेरे पनि जुन क्षेत्र को कुरा गरे पनि लथालिंग भताभुंग ! के भन्ने हामि प्रबाशी त रास्त्रियता नभएका र कर्तब्य भुलेकाहरु पर्यौ \

  13. नेपाल मा नक्कली सर्टीफिकेटधारीहरु सप्पै लाई कारबाही गर्ने हो र खाई पाई आएको जागिर बाट बर्खास्त गर्ने हो भने सक्कली सर्टीफिकेट भएका हरु एक जना पनि बेरोजगार हुने थिएनन् र शिक्षा को महत्तो के छ भन्ने कुरा सबैले बुज्दथे

  14. के भानु र खै धोका दिनेलाई…. तिमि हस भो मै बसुला रोइ !! सरकारी शिक्षा बुर्जुवा भएको ले होला सभासद लाइ पनि SLC पास गर्न मन लागेको !

  15. हामीकहाँ दक्षता, अनुभव, सिप खोज्ने भन्दा पनि कागजी खोस्टोलाई बढी मान्यता दिइने हुदाँ यस्तो समस्या व्यापक भैरहेको छ/ Acountant लाई रिक्त पद खुलेको हुन्छ मास्टर्स गरेकोले apply गर्छ तर उसमा उक्त पदको लागि चाहिने अति आबश्यक सीप, कार्य, अनुभव केहि हुदैन/ आइएस्सी. को सर्टिफिकेट किनेर हेल्थ साईन्स पढ्ने व्यक्तिको बारेमा पनि सुनिएकै हो तर तिनीहरुले पछी कस्तो गुणस्तरको सेबा देलान? सर्टिफिकेट महत्वपुर्ण कुरा हो तर त्यो मात्र पर्याप्त हुदैन/ तसर्थ, जबसम्म सानैभए पनि कामलाई, अनुभवलाई महत्व दिइदैन तबसम्म फोस्रो आडम्बरका लागि अरुलाई देखाउनको लागि भए पनि नक्कली सर्टिफिकेट बनाउने अनि किन्नेको धन्दा चलिरहन्छ/

  16. नक्कली को लाई प्रोथ्श्यान गरको को होइन, किन यौटा सोजो बक्ति लाई मात्रै किन टार्गेट गरको हो ?लेखक पाषा ले मैला चै बुजिना यार सक्कली -नक्कली पत्ता लगाउने काम विश्वविद्यालयको हो नी तेता तिर पने सोचा को भय हुने ,रिस होइन पासा डीमाख लगाउ डीमाख!!!!!

  17. हाकु कालेको बुवाले नै सिकाएको रहेछ नि त्यो डायलग “डिमाग लगा पासा डिमाग “|

  18. मेहनेत गरेर पढ्नु पनि बेकार जस्तो लग्यो मलाई |

  19. TC गएर ल्याएका हरेक प्रमाण-पत्रहरु नेपालमा चल्छन!
    कसलाई के थाहा कुन सक्कली कुन नक्कली?
    सब्बै सक्कली सब्बै नक्कली!

    पुनश्च: TC = Train Chadhera!

  20. मा कलेज मा हुदा pcl पास गर्ने हामी जम्मा १२ जना थियौ कोहि काठमाडौँ गए कोहि कता चितवन को तेही कलेज मा BBS भर्ना गर्ने 4-5 जना मात्र थियौ तर हामी संगै pcl पढी फेल हुने एकजना लेडिज पनि BBS पढ्न पो थालिन बुझ्दा उनको बिहेहुने कुरो रेछ अनि ‘मित्र राष्ट्र सहयोग’ मा हाकाहाकी तेही कलेज पढिन…एक जना काठमाडौँ का उच्च परिवार का दाई रसिया पढ्न गए उहा दारु-तरुनी(उनकै भनाइ अनुसार) मा मस्त भै ५बर्स बिताएर फर्के अनि इन्स्योरेन्स मा कम गर्न थाले सर्टिफिकेट???उही ‘मित्र राष्ट्र सहयोग’ उनि अहिले राम्रो पोस्ट मा छन….जन-आन्दोलन हुनु अगाडी सम्म बाटो घाटो मा रात- बिरात येस्सो एक्लै दुक्लई मान्छे पाए लुट-लाट पार्ने दारु खाने हल्ला खल्ला गर्ने मानिस हरु ‘वाई-स्याल’… के.. के …भएर अहिले ‘युवा ब्यापारी’ २-४ वोटा स;मिल गाडी जिल्ला मा राम्रो धाक ईज्जत ‘सम्मानित व्यक्ति’ रे बिहानै पत्रिका पढेर!!!येस्ता कति उदाहरहण छन् मित्र हरु….”कसरि भयो ???”कसै लाई वास्ता छैन/पैसा कमाऊनुस बस तपाई को ईज्जत कति कति/घर- परिवार,नातागोता,समाज.. सब लाई मात्र पैसा भए पुग्ने भैसक्यो/श्रीमती र छोरा छोरि ले समेत बाल दिदैनन यार ‘गाठ’ कमाउन नसके
    ……..अटुट बन्धन मा अल्झिरहू ‘सम्बन्ध’ नक्कली भएपनि, ‘गाठ’ दरो छापि राखौ सर्टिफिकेट नक्कली भएपनि….कि कसो हाकु??डिमाग लगा डिमाग……

  21. देश हाक्ने नेता भानौदाहरुको त्यो ताल छ भने , नौटंकी को त् कुरै के गर्नु र ?
    बुढा पाका ठिकै भनेका रहेछन ” पढे गुने छैन काम… हलो जोति खायो माम”

  22. नेपालको कर्मचारी प्रशासनमा अधिकांस पारितिरको सर्टिफिकेटधारीहरुकै बाहुल्यता छ। नेता अभिनेताको त के कुरा गर्नु एस एल सी फेल केपी ओलीको त त्यत्रो फुई छ।

  23. नक्कलीको बिगबिगी त जतासुकै छ । समाजमा सीधा प्रभाव पार्ने ‘सेलिब्रिटी’हरू नै नक्कली, डाक्टर-इञ्जिनियर नै नक्कली, अझ भनुँ नेपालका पहुँचवालाहरू नै नक्कली प्रमाणपत्र धारी भएपछि विचरा बन्दुक बिसाएर सामान्य जीवन बिताउन आएकाहरूले नक्कली प्रमाणपत्र भिरे भन्नुको तुक देखिँदैन । त्यसैले, कमसेकम नेपालको पुनर्संचना नहुञ्जेल र अहिलेलाई यस्तै हो भन्नुको विकल्प देखिँदैन । आशा गरौं परिवर्तनको अपेक्षा लिएर बन्दुक उठाएकाहरूको सपना एकदिन पूरा हुनेछ ।

    तर एउटा कुरोचाहिँ साह्रै खड्किन्छ अचेल । पत्रकारहरूले ‘सेक्स’लाई किन यतिविधि प्रयोग गरेका ? खैरेहरूलाई समेत माथ दिएर प्रश्न तेर्स्याउँछन् कथित पत्रकारहरू अचेल, “सेक्सको अनुभव” देखि “आशन”सम्मका प्रश्नहरू गरिटोपल्छन् । अझ दु:खको यस्तो अवस्थाको पालनपोषण विशिष्ट पत्रकारहरूकै छत्रछायाँमा मौलाइरहेको छ भने यस्ता प्रश्नको ‘चारदिनकी चाँदनी’ भएका कथित सेलिब्रिटीहरू दुक्कैसँग मच्चीमच्ची उत्तर दिइरहेका छन् । धन्य हो प्रभु !

  24. राम कृष्ण ढकाल को बारेमा पनि केहि खोज तलाश बर्ने हो कि? मैले थय प्या सम्म अख्तियार को फण्ड मा परेपछि रेडियो नेपाल बाट राजिनामा गरेको हो.

  25. माओबादीधारी बन्धुहरु सबै नक्कली नै त हुन् नि हो, सक्कली काम कुरो र स्वार्थ तथा छलकपट बाहेक यिनीहरुले के नै जानेका छन्, त्यसैले नक्कली certificate के नौलो समाचार भयो र….

  26. हाम्रो नेपालको सरकारी जागिर, संस्थानहरु, प्रहरी, सेनामा जागिर र स्कुल कलेजमा पढाउनेहरुको शैक्षिक प्रमाण पत्र जाच्ने हो भने एकसा एक जाली निस्किन्छन| सरकारी जागिरमा हुनेहरु बढुवाको अंक प्राप्त गर्न बिहार, युपी र अन्य ठाउँहरु बाट सहजै पैसामा नकली शैक्षिक प्रमाणपत्र पेश गरेका हुन्छन| दान बहादुर शाही, पुर्ब गृह मन्त्रि जो पछी लोक सेवा आयोगमा पनि थिए, उनले सार्बजनिक गराएका थिए नेपालमा ५०,००० जागिरेहरु नक्कली शैक्षिक र व्यवसायिक प्रमाण पत्र पेश गरेकाहरु छन्| तर लहरो तान्दा पहरो गर्जने डरले अनि आफु र आफ्नो मान्छे पर्ने देखेर पावरमा भएकाहरुले अनुसन्धान र कारवाही अघि बढाउँन चाहेनन्| अहिले पनि चाहदैनन्| कति जना निजामति सेवा र न्याय सेवामा रहेका अहिले अवकाश ग्रहण गरेका छन् जसको खोजि गरेर पेन्सन रोक्का गरिदिन आवश्यक छ| अरु त् भए भए, डाक्टर र इन्जिनियरहरु पनि यो समुहमा पर्ने बताएका छन्|
    अभिनेताले जाली प्रमाणपत्र लिएर उस्तो फरक नपर्ला तर तेसै भएर होला डाक्टर, इन्जिनियर, न्यायधीशहरुले त् यो देशमा हङ्गामा मचाउदै आएका छन्|
    सबै नक्कली भए, अहिलेलाई जनता मात्र सक्कली, त्यो पनि अब दिन आउँला नक्काली बनने|

    • राम्रो कुरा गर्नु भयो मन जी! जनता पनि तराई तिर त अाधा नक्कली नै भयो र पो त!

    • To reduce the UNEMPLOYMENT in Nepal, start investigation the all academic mark sheet and replace with new candidate in that post, that person should be send to jail.

  27. पहिले पहिले हो भन्ने कलाकारहरुको चरित्र र आनी बानिसंग दर्शकहरुले कुनै चासो राख्दैन थियो | तर अहिले परिस्थिति अलि बदलेको छ | सौगात मल्ललाई येही एउटा अनुरूध छ तपाइको यो attitude लाइ सधै आफु संग भादेरा राख्नु होला | कलाकारितामा मात्र हैन बेक्तिगतमा पनि येस्तई इमान्दार, सच्चा र मेहेनती हुनुस |

  28. सक्कली डिग्री बोकेर नक्कली कुरागर्ने हरु भन्दा त नक्कली डिग्री बोकेर सक्कली कुरा गर्ने मल्ल जी विद्वान लाग्यो |

Comments are closed.