दुबईमा नेपालको नाम बदनाम


दुबईमा नेपालको नाम बद्नाम गर्ने एउटा केस चलिरहेको छ। यो साता एक नेपाली नागरिकलाई अश्लील फिल्म देखाउँदै बलात्कार गरेको आरोप लाग्यो। एमबी नाममात्र सार्वजनिक गरिएका ती नेपालीले बलात्कार कुनै महिलालाई गरेको नभई स्कूले बालकलाई गरेको भनिएको छ। गल्फन्युजले यो विषयमा एउटा लामै समाचार छापेको छ। क्लिनरका रुपमा काम गर्ने ती ३३ वर्षका नेपालीले भूमिगत कार पार्कमा ११ वर्षका स्कूले बालकलाई दुई पटक बलात्कार गरेको भनिएको छ समाचारमा। देशभित्र समलिङ्गी बलात्कारका खबर यदाकदा आइरहने भए पनि विदेशमा नेपालीले यस्तो कर्तुत गरेको खबर शायद् पहिलो पटक आएको हो। यसअघि बेलायती सेनामा कार्यरत एक नेपाली सैनिकलाई उसको कम्प्युटरमा बच्चाहरुको यौन क्रियाकलापमा स‌ंलग्न फोटो र भिडियो राखेको अभियोगमा आन्तरिक कारबाही गरेको खबर आएको थियो।

गल्फ न्युज लेख्छ- एम.बी. नामका ती नेपाली युवकले पार्किङ क्षेत्रमा बल प्रयोग गरेर त्यो स्कूले केटोको लुगा फुकाली बलात्कार गरेको आरोप लगाइएको छ। तर अदालतमा उसले आफू दोषी नभएको बताएका छन्। बालकको आमाबुबाले पनि आफूलाई राम्रैसँग चिनेको र बालकको बयान आफूले सुन्न चाहेको उनले बताएका थिए। दुबई कोर्ट अफ फर्स्ट इन्स्टेन्समा यो साता उनको मुद्दाको सुनुवाई भएको थियो।

एअर कन्डिसन युनिटमा काम गर्ने एम.बी. लाई मुख्य सरकारी वकिल युनुस हुस्सैन अल बेलाउसीले मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए।

एम.बी.लाई नाबालकमाथि बलात्कार गरेको आरोप लगाइएको छ। आरोप प्रमाणित भयो भने उनले सरकारी वकीलले माग गरे सहर मृत्युदण्डको सजाय पाउन सक्छन्। केटोको बाउले छोराकी आमाले उसको मोबाइल फोनमा अश्लील सामाग्री भेट्टाएको पनि बयान दिएका छन्। ती अश्लील सामाग्री ती नेपालीले नै उसको मोबाइलमा फरवा्ड गरेको र ऊसँगै बसेर त्यस्तो भिडियो र फोटो हेरेको पनि बयानमा छ। तर उनले मोबाइलबाट आमाले त्यस्ता सामाग्री डिलिट गरिसकेको पनि बयान दिएका छन्।

दुबई प्रहरीको फरेन्सिक ल्याबले यौन सम्पर्क भएको पुष्टि गरिसकेको छ।

११ वर्षका स्कूले बालकले भने आफ्नी आमाको कार सफा गर्न आउँदा पहिलो पटक नेपाली क्लिनरलाई भेटेको बताएका छन्। बालकको बयानमा अश्लील सामाग्री मोबाइलमा फरवार्ड गरेको तीन दिनपछि पहिलो पटक उनीमाथि बलात्कार भएको थियो। उसका अनुसार पार्किङ एरियामा एमबीले लगेर बलात्कार गरेका थिए। दोस्रो पटक एमबीले सडकमा साथीहरुसँग हिँडिरहेको बेला देखेर बलात्कार गरेको बयान उनले दिएका छन्।

यो मुद्दाको अर्को सुनुवाई अप्रिल २९ आइतबार हुँदैछ। अदालतले नै एमबीका लागि एक वकीलको पनि व्यवस्था गर्ने समाचारमा जनाइएको छ।

ती नेपालीको परिचय खुल्न सकेको छैन। दुबईमा बस्ने माइस‌ंसारका पाठकहरु, के तपाईँहरुलाई यो घटनाबारे विस्तृत जानकारी थाहा छ ? उनी दोषी हुन् कि फँसाइएको हो ? कृपया आफूलाई थाहा भएको जानकारी तल कमेन्टमा लेख्‍नुहोला।

38 Comments

  1. ” दुबईमा नेपालको नाम बदनाम ” यो नियोजित या अनियोजित घटनाको फैसला हर्न बाकी छ / सत्यको बिजय र असत्यको हार हुनुपर्छ /

  2. दुवै मा रोजगार को लागि नेपाल बाट थुप्रै चेलीबेटी हरु गएको हुन्छ धेरै लाई बलात्कार गरि मारी दिन्छ , कति लाई अपाङ्ग बनाएर नेपाल फर्काएको हुन्छ / खोइ त उनि हरु को देश मा कडा कानुन ? नेपाली ले गरेको गलत कम को लागि मात्रै हो? उनि हरु ले नेपाली लाई जे गरे पनि हुने ?

  3. अरबी मुलुकमा गयर नेपाली बता यस्तो घटिया काम गर्नै सक्दैना ,पाकिस्तानी पठानी हरु बाट यस्ता घटना धेरै सुनिन्थियो तर नेपाली हरु होइना

  4. यो सरासर झूट आरोप लगायको हो ,यसलाई त्यहा भयको संग सस्ताहरूले मद्दत गर्नु पर
    छ!

  5. माया जी लामो बहस गर्ने पक्षमा म छैन/बेलायत संग प्रतिसपर्धा गर्ने जिम्मा वर्तमानका यी भाडाका तत्वहरुको हो कि प्रीथ्वी नारायण शाहका पालाका सेनाहरुको हो?त्यति बेलाका सेनाले नेपाल निर्माण गरेर देश जोगाए/आज त्यो देशनै भताभंग हुने अबस्थामा छ/यो जिम्मा कसले लिने ?

  6. बलात्कार गर्नु त के सोच्न समेत न सकिने खाडी मुलुक मा मलाई त यो सब कसै ले आफु फस्ने डर ले बिचार त्यो केटो लाई बलि को बोको बनाए जस्तो लाग्दै छ /अब नेपाल देस नै कम्जोर छ बिचरो लाई कसरि बचाउने?

    • बलात्कार भएको बच्चा पहिलो पटक हुदा किन चूप लग्यो होला ? साएद बालक को बाबु आमा पैसा कमाउने दाउ मा त छैन ?

  7. राम न्यौपाने र बुद्ध जस्ता मानब भनाउदाहरु आफुलाई खै के सम्झिन्छन र हो कुन्नि ? सायद तिमिहरुको पालन पोसन नै तेस्तो ठाउमा भयो जहाँ मान्छे ले मान्छे लाइ इज्ज़त गर्न जान्दैन …. गल्ति भनेको कुनै पनि देशको नागरिक कुनै पनि जाति देखि हुन सक्छ किन कि गल्ति मानब देखि नै हुन्छ … नेपाली देखि गल्ति हुनु कुनै ठुलो कुरा होइन बरु आजकल हामीलाई येस्ता घटना दिनहु पढेर सुनेर साधारण भएको हुन सक्छ … कुनै पनि देशले निर्दोष लाई सजाए दिदैन र प्राथना गरौ कि एदी हाम्रा नेपाली दाजु निर्दोष हुनु हुन्छ भने उनलाई कुनै सजाए नहोश

  8. यी कमेन्ट लेख्ने हरु ले चेली बेटी बेच बिखन पनि नेपाली ले गर्ने सक्दैन भने हुन्थ्यो नि: बलात्कार नेपाली ले गर्ने सक्दैन भने हुन्थ्यो. अपराध पुस्टि भै सके पछी तेही देश को कानुन मुताबिक सजाय पाउनै पर्छ/ तेस्लाई बचाउन भनेर कुनै एन आर एन ए होस् या दुताबास होस् या सुताबास ले पहल गर्नु हुदैन

  9. मेरो भाई ले अपराध कदापि गर्दैन. यी अभियुक्त पनि नेपाली हुन् त्यस कारण यिनले यस्तो कुकर्म गर्ने सक्दैनन् आहा कति राम्रो हामीहरुको अभिव्यक्ति? यस्तो सोचैले चाहीं नेपालीहरु लाइ फाइदा भन्दा बेफाइदा नै हुन्छ, अन्त्यत: दुबई ( U A E ) भनेको हाम्रो देश भन्दा धेरै नै बिकसीत मुलुक हो र मुस्लिम देश भए पनि न्याय को बारेमा त्यति नराम्रो मुलुक चाहिं होइन, त्यस कारण अदालतको फैसला पर्खनु पर्ला कि?

    जय देश!

  10. यो सबै कमेन्ट पढदा त नेपाली मा धेरै जोश भएको थाहा हुन्छ र यहाँ धेरै नेपाली दाई भाईहरु विदेश बाटै कमेन्ट लेखेको प्रस्ट हुन्छा तर यो घटना मा को दोसी हो त्यो थाहा भएन तर एस्तो घटना मैले साउदी अरब मा देखेको छु तर त्यो कुनै समाचार मा आएन तेस्त घटना धेरै घटिरहेको हुन्छ तर यो घटनामा सत्य यहि हो कि नेपाली नै दोसी हो किन कि अरब देश को कानुन कडा र न्याय पुर्बक नै छ

  11. यो समाचारमा आफ्नो प्रतिक्रिया दिने नाममा एक जनाले यस्तो घटिया ,तल्नो स्तरको र नेपाली हो भन्न पनि नसुहाउने गरि प्रतिक्रिया दिएको रहेछ कि मैले प्रतिकार नगरी रहन सकिन/ त्यत्रो भारतलाई कब्जामा लिने अंग्रेज सेनाले नेपाललाई कब्जामा लिन सकेन भन्ने कुरा यत्रै पत्यान्न रे/यो नेपाली होइन/पक्कै पनि भुटान बाट भोटे राजाले लखेटेर अमेरिकामा सरनार्थी भएर आएको सरनार्थी हुनु पर्छ/होइन भने नेपाली भएको भए अंग्रेजलाई युद्धको मैदानमा हराएकोमा गर्ब गर्थ्यो/यो नेपालीको नाममा कलंक हो र यस्तालाई नेपालको विरताले भरिएको नेपालीले गर्ब गर्ने इतिहास पढ्न भन्छु/

    • सुप्रभात जी , छाडी दिनुस . जसको जति बुद्धि हुन्छा तेस्ले तेसै अनुसार को कुरा गर्छा. अब ज्ञान र सोचाई नै कम इस्तार्को छ भने उसको प्रतिक्रिया पनि तेस्तै औन्छा .कुण्ड कुण्ड पानि मुण्ड मुण्ड बुद्धि …. राष्ट्र को बारेमा सोच्न र लेखना त पहिला आफुलाई जातिबाद , दल , राजनीति अनि समुदाय बाट माथि उठाएर सोच्न सक्नु पर्छा. आफु आनुकुल को र आफुलाई फाइदा हुने कुरो त जसले पनि गर्छा. आसा गरौ त्यो नेपालीले एदी अपराध नै गरेको छ भने पनि सजाय कम भन्दा कम पवोस अनि सुध्रिने मौका पवोस .
      धेरै तातो रगत र जोस मा जे पनि नलेखौ मित्र हरु , सोचेर, बुद्धि बिबेक को प्रयोग गरेर लेखौ . आफ्नो energy lai सकारात्मक सोचाई मा बदलौं …
      नेपाली हरु खाली चौकीदार, साब्जी , अनि अरब को कुल्ली मात्रै हो भनेर सधै भरि परिचय येही दि राख्ने कि आफु पनि परिबर्तन हुन सिक ने .. राम्रो कुरा छ वने सत्रु मित्र्हू , परे जो सुकै को ग्रहण गर्नु पर्छ. आज को युग मा घमण्ड पाना ले तेही जाति व्यक्ति वा समुदाय लै खान्छा .
      रह्यो कुरा प्प्रित्वी नारायण को.तेही बिरताको देन ले वहा मित्र हरु जस्तै जनजाती महो दया हरुले गोर्खा भन्ने नाम र खस हरुको त्यो पुरानो बहादुरी लै भजाएर खै रहनु वयेको छ.. प्रितीबी नारायण शाह को देश को नागरिक को चिनारी गोर्खा भन्ने सब्द चै प्यारो रे. अनि जोसले त्यो गोर्खा सब्दलाई येत्रो सम्मानित बनायो त्यो चै हरुवा अनि सामन्ती होइन? मैले माने तपाई मित्र लै. तपाई को जय होस्. अनि आशा छ तपाई जस्तै जनजाती हरुले आफ्नो आफ्नो नाम को जातीय पहिचान को राज्य र आफ्नो पहिचान पनि चांडो प्राप्त गर्नुहोस अनि यो प्रितिभी नारायण शाह को गोर्खा अनि गोर्खालो भन्ने सब्द हरु चै वास्तविक ( खस) गोर्खाली हरु लै छाडिदिनुहोस . तपाई हरु आफ्नै जातीय पहिचान मा रामौनुहोस .बरु त्यो विचरा नेपालीले न्याय पवोस भनेर कामना गर्नुहोस.

    • Suprabhat Shrestha जी तपाईलाई 1 जनाको कमेन्टले साह्रै कन्सिरी तातेर आएछ, म तपाईलाई घोडालाई आखाको side मा पट्टि बाधेर खालि अगाडी मात्र हेर्न सक्ने स्तिथिबाट पट्टि हटाइ अगाडी पछाडी दाया बाया माथि तल सबैतिर हेर्नुहुन सम्पूर्ण नेपालीलाई अनुरोध गर्छु त्यो कमेन्ट वालाको कमेन्ट इतिहास थाहा नपाएर होइन बर्तमानको तिक्तताको अभिव्यक्ति हो “के तपाईलाई बाजे बराजुले सुका मानो घिउ खाएको कुरा गरेर तपाईलाई आफु नखाइकन सक्ति आउला?” इतिहासको ब्रिटिस र गोर्खालीको तुलना र बर्तमानको ब्रिटिस र नेपालीको तुलना आकास पातालको फरक छ, हिम्मत छ अहिले ब्रिटिस संग लडेर बिजय हासिल गर्न? इतिहास इतिहास भै सक्यो बरु बर्तमानको सबैतिरबाटको अपहेलित् अवस्थालाई मनन गरेर कसरि नेपाल लाइ उच्चा बनाउन सकिन्छ सोच्दा फाइदा होला कि? त्यो गर्ब लाइ संग्रहालयमा राख्नुहोस र आफुलाई निरिह सम्झनुहोस र अघि बढ्नुहोस नेपालको उन्नतिको लागि तपाईलाई सुभकामना, सत्य तितो हुन्छ हामि नेपालीमा बास्ताबिक्तालाई स्वीकार्न सकिन्न अनि खोया बिर्के हाल्यो काल्पनिक दुनियामा मस्त

    • जे सम्झनुहोस, मलाई चाहि तपाईको प्रति कमेन्ट र सोच घटिया लाग्यो| कुसंस्कारमा पालित कारणले होला| साँचो इतिहास र तथ्यलाई केलाएर आत्मसात गर्ने असमर्थ्य्ता, चाप्लुसी र स्तुतिगानमा ताली बजाउन लागेकोले हामी नेपालीको अहिले सम्म यो हालत भएको हो| सु
      आस मा जी जस्ता पहिले अरुलाई भन्दा जे पायो त्यही लेख्ने अनि सही जवाफ आए पछी तर्कले खण्डन गर्न सट्टा बखडा र बहानामा ब्याक सरने बानी भएको हामीले धेरैको देखेका छौ| तपाइको लेखाईमा बरु एकलवाद, अतिवाद र विभेदको दुर्गन्ध आउँछ| जब सम्म जय होस् र जदौ, दर्शन संस्कारको परिमार्जन लोकतन्त्रीय सद्भावना अन्तर्गत हुनसक्दैन हामी पुराना नेपालमा नै अड्किरहनेछौ र हरदर नेपालीले चाहना गरेको नेपाल पाउन अझ कठिन भएर जानेछ|

  12. बिचरो नेपाली लाई मुसुल्टे ले फसौने दाउ हो यो । रोजी र रोटी को खोजिमा भौतरिएर दुबइ को तातो गर्मी पनि फापेन बिचरो नेपाली लाई । आफु समलिङी भएर ओस्लाई फसौने कटुवा लाई हरियो बास मा हालेर टुउउ पार्दै मक्का मदिना ।

  13. नेपाली हरु को मुख्य गल्ति भनेको आफ्नो लै ढाक्नु र उनि हरु को गल्ति नस्विकार्नु हो. तेसैले नेपाल भ्रस्ट भएको हो. के नेपाली ले अझै सम्म विदेश मा कुनै यौन दुर्ब्यबहार गरेकै छैन?? तेही नाताबादी विचार ले नेपाली हरु पिछडिएका हुन् यदि यो समाचार मा कुनै अरु देश को मान्छे ले गलती देखिएको भए यी कमेन्ट लेख्ने हरु ले मृत्यु दण्ड को माग गर्थे. इन्साफ मा आफ्नै बाउ आमा को बिरुद्ध पनि उत्रन सिख नेपाली हरु हो

  14. अरबदेशमा घरेलु काम गर्ने धेरैलाई थाहा भएको ज्ञानहोकी अरबी मालिक हिजड़ा हुन्छl हाम्रा सोझासाझा दाई भाईहरुलाई धम्की देखाई जबरजस्ती यौन गर्न लगाउने हला सुनी सकेकोले छानबीन गरेर मात्र दोषी ठराउनु ठीक होलानl

  15. ति नेपालीले तेस्तो गरे भनेर बिस्वसै लाग्दैन यहाँ अरबी हरु लाई सोझै हेर्न त् डर लाग्छ | लुना जी ले भनेको १००% सहि हो |

  16. यो सब नेपाली लाई फसाउन खोजियाको मात्र हो. नेपाली ले विदेश तेही माथि मुसलमान को देश मा आएर एस्तो काम कुनै हालत मा, चाहेर पनि गर्न सक्दैन . त्येसैले मलाई पूर्ण विश्वास का साथ लाग्छ यो काम अरु कसैले गरेर नेपाली लाई डर र धम्कि दियर phasuna खोजियाको हो. त्यसैले नेपाली राजदुताबास ले सक्दो पहल गर्ने पर्छ …..

  17. यी मोरा मुसल्टे हरु को त मलाई पनि तेती भर लाग्देना ,विचरा कुन चाही गोर्खे फस्ने भयो नराम्रो संग

  18. Mysansarko यस बिसयमा आएका निम्न व्यक्तिका कमेन्ट प्रति मेरो ध्यान आकर्षण भएको छ Luna , Ram Bahadur lama ; Roshan Basnet तपाइहरुले अन्दाजको भरमा थाहा नपाइकन खालि एउटा नेपालि फसेको आधारमा “यस्तो हुने सक्दैन र यो निरिह नेपालीलाई फसाइएको हो” भन्नु भएको छ, तपाईहरु सबैको जानकारीको लागि भनिदिउ यु. ए. इ. विस्वका सुरक्षित ठाउ हरु मध्ये १ हो र नेपाल वा इन्डिया मा जस्तो जबर्जस्ति आरोप लगाइएको कुरा प्रति म ९९.९% असहमत, दुबई muslim देस भएता पनि कानुनले नदिएता पनि प्रसस्त escort छन दुखको कुरा थोरै भएपनि नेपाली पनि छन अर्को कुरा “दुबई प्रहरीको फरेन्सिक ल्याबले यौन सम्पर्क भएको पुष्टि गरिसकेको छ।” भनिएको छ म त्यो नेपालि लाइ दोषी वा निर्दोषी प्रमाणित गर्ने होइन र दोषी ठहरिएमा खुशी हुनेवाला पनि होइन तर नेपालीहरुको निर्दोष सोच र भावाना नभएकोमा अत्यन्त चित्त दुखेको छ
    Ashma Chhetri को बाकि कमेन्ट समाचार बिषय संग मेल नखाएपनि र सहमत नभएपनि यी हरफहरु सार्थक छन
    (यो नेपाली हरु को बिस्तारै नैतिक पतन हुँदै गएको यौटा उदाहण मात्र हो यो. खाली विदेश मा कडा कानुन भएको ठाउमा गतेको हुनाले मात्र तेत्ति ठुलो लागेको हो. देश वितर यी र एस्तो कुराहरु सधै जसो भै सकेको छ. यो सबै देश को नेता अनि पार्टी हरु को लामो देन हो.)

    हामि नेपालीहरुले जबसम्म आफ्नै परिवारको सदस्यले गरेको गल्ति समाज माझ खुलेर बिरोध, निन्दा गर्दैनोउ आफुलाई अति नै मन नपर्ने सत्रुले गरेको असल कामको खुलेर प्रसंसा गर्दैनोउ तबसम्म नेपालको भबिस्य अन्धकार रहनेछ म लेखेर दिन्छु

    हामि आम नेपालीहरुले गर्ने गल्ति सुधार्नुहुन अनुरोध छ!!!!!!!!!!!

  19. यहा धेरै बिद्द्वान हरुको कमेन्ट पढ्न पाइयो ‘बिचरा’ नेपालि ले यस्तो गर्न सक्दैन उस्तो गर्न सक्दैन भनेर तर वास्तविकता त्यो हैन गल्ति कसै बाट पनि हुन सक्छ चाहे त्यो गरिब नेपालि नै किन नहोस या चाहे त्यो धनि अमेरिकन नै किन नहोस तर साचो कुरा के हो सत्यतथ्य छर्लंग बनाउनु दुबई सरकारको पनि कर्तब्य हो र त्यहा दुबई स्थित ह्युमन राइट्सको पनि अनि नेपालि राजदुताबासको पनि…गल्ति मानिस बाट नै हुन्छ… !! आशा गर्दछु यो सत्य नहोस..यो आरोप झुठो होस् र एउटा नेपालीले बिदेशी भूमिमा तड्पी तड्पी मर्नु नपरोस..

  20. सबै भन्दा पहिला त नेपाली राजदुताबासले पिडितको लागि आबस्यक वकिलको व्यवस्था गरोस र कानुन बमोजिम बेकसुर साबित गर्ने (कसुरवार छैन भने) पुरा पुरा मौका दिन सहयोग गर्नु पर्छ, भन्ने मलाई लाग्छ /

  21. तितो र कहाली लाग्दो काम……. भबिस्य को मिठो सपना मिस्रित जिन्दगि … रात दिनको थकान र घर परिवार को सम्झना मा थाकेको एउटा पीडित नेपाली ले एस्तो घृणित कार्य गर्न सग्दैन , …… चाहेर पनि …..
    …… आफ्नो परिवार भित्र को घिनलाग्दो समलिंगी क्रियाकलाप लाई ढाकछोप गर्न यो पिडित नेपाली लाई हलाल गरिएको मात्र हो ……… (नेपाली बाहेक अरुलाई गर्न सग्दैनन) /
    हेर्न पर्ने कुरा : नेपाली राजदुताबाश ले केहि पहल गर्ला र ?

  22. बिदेशी त्यसमाथि गरिब देशका कामदारप्रति हेर्ने दृस्टीकोण नै खराब छ प्राय सबै देशमा/ शक्ति र पहुँचवालाको अगाडी नेपाल भित्रै न्याय पाउनन गरिब अनि निमुखाले, बिदेशी परिबन्दमा परेछ बिचरा, अब कसले न्याय दिने ? कुटनीतिक नियोगहरुले पहल गरे हुन्थ्यो, त्यो पनि प्रभाबकारी छैनन् नेपालका नियोगहरु/ त्यहास्थित नेपाली संघसंस्था अनि अरु मानवअधिकारबादी संस्था लाई गुहार्नुपर्यो /

  23. म चाहि यसमा सहमत छैन कुनै पनि हालतमा हुनै सक्दैन बिचरा गरिब नेपालीलाई फसाउन लागेको हो १ पेट पाल्न धौ धौ हुनेले कसरि उ बाट यस्तो कम हुन्छ

  24. अपराधीले सजाय भोग्नु पर्छ चाहे त्यो नेपाली होस् या बंगाली होस् ! अहिले नेपाल राष्ट्र नै गंजागोलमा फासी रहेको छ थाहा छैन भोलि के के कुराहरुले प्रताडित हुनुपर्छ ! बिगतलाई सरापेर बर्तमानलाई अँध्यारोमा राखेर आफ्नो कुस्तित सदुपयोग गर्न जान्नेहरुको यो नेपाल देशमा कमि छैन !

  25. दुबई जस्तो ठाउँ जहा मुस्लिमहरुको कठोर नियम कानून शासन छ त्यस्तो ठाउँमा हाम्रा नेपाली दाजु भाईहरु जो मुस्लिम महिलालाई छड्के आँखाले हेर्न पनि
    डराउछन् , त्यहा हाम्रा नेपालीले नाबालकलाई बलात्कार गर्यो भनेर बिस्वास गर्न
    सकिदैन !!!
    बरु नेपालीलाई दोष लगाउने त्यै दुबईको मान्छे ( जसले दोष लगायो ) त्यो व्यक्ति
    नै समलिंगी हुन सक्छ — अनि त्यसैले बरु ति नेपालीलाई त्यस्तो व्यवहार गरेको हुन सक्छ या त्यो बालकलाई त्यस्तो व्यवहार गरेको हुनुपर्छ र सायद ति नेपाली मार्फत पोल खुलिने डरले त्यसरी सड्यन्त्र रची आरोप लगाएको हुनुपर्छ — या अन्य केही कारण जसबाट ति नेपालीको सफाया हुन पुगे तिनीहरुलाई फाईदा होस् —
    पक्कै कुनै कारण हुनु पर्छ , जसको लागी ति नेपालीलाई फसाईएको हुन सक्छ —
    कामना गरौ सत्य तथ्य खुल्न सकोस् !

  26. यो नेपाली हरु को बिस्तारै नैतिक पतन हुँदै गएको यौटा उदाहण मात्र हो यो. खाली विदेश मा कडा कानुन भएको ठाउमा गतेको हुनाले मात्र तेत्ति ठुलो लागेको हो. देश वितर यी र एस्तो कुराहरु सधै जसो भै सकेको छ. यो सबै देश को नेता अनि पार्टी हरु को लामो देन हो.
    संसार मा इमान्दार,स्वोभिमानी अनि आदर गर्न योग्य नेपाली को साख २०४६ साल पछि बिस्तारै गिर्दै गएको हो. देश मा जे पायो तेही गर्ने, लुट पात हत्या हिंसा , ठुलो मान्छे लै अनादर गर्न लगाउने, सानो लै हेप्ने, आफ्नो फाइदा को लागि नियम कानुन सबै लत्याउने , आफ्नो स्वार्थको को लागो देश को कुनै नियम कानुन पनि परिबर्तन गर्ने , आफ्नो र पार्टी को कार्यकर्ता लै जे जस्तो अपराध गरेपनि कुनै सजाय नदिने,बरु बचाऊ ने अनि यो दण्ड हिनता को परकस्था ले गर्दा हो. र नेपाललि समाज मा तेही कुरा reflect bhayeko ho. समाज मा आपराध गर्नु र सजाय नपाउने, पाए पनि discount मा पौने , बिस्तारै समाज तेती तिर अभ्यस्त हुँदै छ . लामो समय सम्म एस्तो भएको ले अब नेपाली समाज को जुन बिसिस्त सामाजिक बनोट थिओ, त्यो बिस्तार्रै परिबर्तन हुँदै छ. र आज एउटा नेपाली र आरु बिहारी को बीच मा कुनै आन्तर छैन. छाती मा हात राखेर सोच्नुस , अनि कुनै दल को मान्छे नभएर नेपाली भएर सोच्नुस …आज हामीलाई नेपाली भनेर गर्ब गर्न लायक , कुनै तेस्तो पहिचान केहि छैन .. जुन पहिला नेपाली मात्र हुनु पनि ठुलो गर्ब को बिसय हुने गर्थ्यो. आज नेपाली सन्ग कुनै unic पहिचान छैन .
    यो सबै आफ्नो पन भुल्दै गएको परिणाम हो. विचार गर्नुस एकछिन ०४६ साल भन्दा को नेपाल अनि नेपलली को बानि बेहोरा अनि उसले संसार मा पौने इज्जत , एक बखत पनि थिओ , एउटा मान्छे मरेको खबर पनि महिनौ सम्म चर्चा को बिसय हुन्थ्यो.
    मान्छे हरु रात बिरात हिड्दुल गर्थे, पूर्वको मान्छे पश्चिम जाँदा , कुनै होटेल मा नबसी एउटा ओपरीच मान्छे को मा बास बस्थे , सित्तै मा खान्थे , नेपाली नेपाली बीच मा भैचहरा थिओ. समाज मा केहि तेस्तआ परम्परागत नियम र नीति हरु थिए , जसले गर्दा , मान्छे हरु नैतिक वन थिए , अपराध गर्ने सम्म सोच्न पनि सक्दैन थिए . सोच्नुस , आज हाम्रो नेपाली समाज को तेती राम्रो सुन्दर पन कता हरायो अनि कोषले निमोथ्यो?
    यो अपरादी प्रवृति कहिलेदेखि भित्रियो? सबै लै थाहा छ . अब ०४६ साल पछि जन्मेको युवा पुस्ता, जसले त्यो सुन्दर सान्त नेपाल देख्न नै पाएन , उसको जिबन खाली ढुंगा मुडा, टायर बाल्ने , एकार्का लै दोष दिने , एकले आर्कालाई लडाउने , मरौने, सक्ने ले जति पनि लुट्ने , आफ्नो पहुच मा जे पनि आपराध गर्ने र मलजल गर्ने आनी आपराधि लै मलजल गर्ने , गुण्डा पाल्ने मा नै बित्यो त्यो पुस्ता बाट के नै आस गर्न सकिन्छा … एसले गर्दा समाज बिस्तारै खोक्रो हुँदै गइ राखेको छ .. मान्छे को आप राधि प्रवृति समाज कै reflection हो. स्कुल बाट नैतिक सिक्च्या हटाउने , नियम कानुन मिच्ने कहिले देखि सुरु भयो ? त्यो सबै लै थाहा छ. तर कोइ पनि यो कुरा मा बोल्न चाह्न्दैना . सबै बुझ पचौन्छां. पछिल्लो समय नेपाली को बीच मा अपराधी करण को भावना बढ्नु, अपराध गर्ने मनोबल बढ्नु , अनि दन्दहिन्न बढ्नु को मुख्य कारक मावो बादी नै हो. यो नेपाली समाजको बिसिस्त पहिचान लै क्रम भंग को नाम मा सबै संस्कृति सत्यiनाश गरेपछि , हामी नेप्लाली हरु बिस्तारै culture बिहिन प्राणी बन्दै गएका छौ. तेशाई ले समयमनै सोचौं आफ्नो बुद्दी लगाएर, कुनै s.d मुनि , कुनै भारतीय राजदूत अनि कुनै पर्चिमेली नेता को पछाडी लाग्ने कि ? हामी सबै नेपाली एकापसमा मिलेर आफ्नी पन को विकास गर्ने ?छाती मा हात राखेर सोच्ने हो भने ” i wish could live in the era of panchyat before 2046 BS . I just hate the political system in Nepal now. Democracy or republic whatever may be the political system , they are not absolute at all.The best political model is the one that is grown with in own land. For me , Mao and Gandhi is less important than king Prithivi Nayaran Shah, Great Gorkha warriors who fought against British to save our sovereignty. l do love and don’t hesitate to salute Late King Mahendra as well, who did a lot for the Nepal and Nepalis. i am saying this, because I know the true meaning of freedom and democracy, i know what is republic , what is nationalism .. which makes me convinced not to follow today’s’ Nepali bullshit politicians and political parties. But , be noted that i’m not in favor of Absolute monarchy in Nepal…
    I love Nepal and Nepali pan …

    • कंहा आग्राको कुरा गर्दा गाग्राको कुरा गर्नु भएन| बरु तपाईको सिक्किम कै कुरा गर्नुस न| जे मा पनि सिक्किमीकरण भन्ने उल्लेख गरिन्छ, के हो त्यो, बुझाउनुस जनतालाई|

      पृथ्वीनारान र महेन्द्रलाई टाउकोमा राख्नु भनेको भारतमा अझ पनि त्यस्ता व्यक्तिहरु छन् जो ब्रिटिशले नै राज गरि राखेको भए राम्रो हुने थियो भनेर कहाली लाग्दो शोरमा विन्तिभाव दर्शाउछन| तपाईलाई ढाड भाच्ने निरङ्कुश शासनमा बस्न मन पर्छ कि जनताको बोलीको कदर गर्ने स्वतन्त्र वातावरणमा? सोच्नुस| घटनाको वास्तविक प्रकृति र परिस्थिति नबुझी कसरी एकल निर्णयमा आइपुग्नु भो र लम्बेताने शब्दहरुले सिंगार्न शुरु गर्नु पर्यो?
      अरब देशमा जे पनि हुन् सक्छ? बिगतमा कुवेतमा भएको घटना स्मरण हुन्छ| एउटी फिलिपिनो कामदार युवतीलाई जुन घरमा काम गरिरहेकी थिई उही घरको परिवारको विवाहित पुरुषले पेट बोकाएको समाचारमा आउँछ| त्यसपछि त्यँहाको अदालतले उक्त युवतीलाई अपराधी ठहराई ढुंगाले हिर्काएर मृत्यु दण्ड सुनाउने निश्चित हुन्छ| तर मुख्य अपराधी जसले कुन करकाप र प्रलोभनमा फायदा उठाएर पेट बोकाएको होला उसलाई केही सजाय नहुने रे| धन्य अनेक लाप बिलाप पछी उबेला फिलिपिन्सका राष्ट्रपतिको दया भिक्षामा ती अबला युवतीलाई स्वदेश फर्कन दिए| यो कस्तो उदारपन होला?
      न्याय दिंदा प्राकृतिक न्याय सम्पादन हुनपर्छ र दुवै पक्षलाई बराबर ध्यानमा राखेर न्याय दिनपर्छ| के यस्तो होला त् दुबईमा ?
      कि पृथ्वी नारानको क्रुरता जस्तो कान्तिपुर उपत्यका जितेपछि कीर्तिपुरेहरुको नाक काट्ने न्यायको समयको कुरा गर्नुभएको? राणा शासनमा कसैको छोरी बुहारी स्वास्नी राम्रो देख्यो कि ले मलाई भनेर जे गरे जस्तो मनपर्छ आसमाजी?
      नेपालीले सचेत भएर आफ्नो भाग्य आफै निर्माण गर्न पाउने परने समय हो|

    • Asham JI,

      तपाई ले ठिक कुरा गर्नु भयो तर यहाँ धेरै ले बुझ्न सकेनन. यो सब गएको १0-१५ वर्ष को नेपाली समाज को देन हो. हात हिंसा बलात्कार केहि पनि होनिया भन्ने मानसिकता हो यो, आज एसको रुप आउने बाकी छ .५-७ वर्ष पछि एसको झन् ठुलो रुप देखिन्छ किन भने एउटा WHOLE GENERATION नै हत्या हिंसा देखेर हुर्किना लागि सक्यो.

      • रोशिजी ! पंचायतकालमा पुलिस र सरकारी कर्मचारीले गाउँ गाउँमा दुख दिएको कुरा त्यतिबेला बर्णन गरेको खण्डमा ज्यानै बेपत्ता बनाइन्थ्यो वा झुठो मुद्दा लगाएर जेलमा कुहाइन्थ्यो| अहिले समाज पारदर्शी भएकोले नराम्रो कुरो धेरै भएको जस्तो लागेको मात्र हो |

    • सर्वप्रथमत आश्माजी ले नेपालीमा टाइप गर्न अलि सिक्नुपर्छ जस्तो छ | अनि कमेन्ट लामो भयो| बरु धेरै कमेन्ट लेखुं , तर सारगर्भित र छोटो लेखुं | लामो कमेन्ट धेरैले पढ्दैन, अनि लेखेर किन हात दुखाउनु ?
      1 भूतपूर्व राजाहरु र पन्चेहरुले देशमा मुर्दाशान्ति चाहिं कायम राखेको थियो|
      2 त्यत्रो भारत कब्जा गर्न सक्ने अंग्रेजहरुलाई प्रिथिविनारायणका सेनाले लखेटे भन्ने कुरो त म यत्रो पनि पत्याउँदिन| अंग्रेजले नचाहेको हो|
      3 ०४६ सालभन्दा अगाडी मध्यमवर्गीय र निम्नमध्यम वर्गीय नेपालीहरु साइकल चढथे| अहिले त लाखौंको संख्याले मोटरसाइकल चढ़छ|
      ४ ०४६ साल अगाडी सर्वसाधारणलाइ विदेश जान हतोत्साह गरिन्थ्यो, कारण विदेश गएपछि बाठो हुन्छ भनेर अरे !
      ५ यस्ता धेरै कुराहरु छन ..लेखेर के साध्य ……….

      • शशांकजीको टु द पोइन्ट कमेन्ट को ३ नं. बुँदामा सहमति जनाउदै थप कमेन्ट:

        पंचायतकाल सम्म र त्यसपछि पनि छात्रवृत्ति, स्टडी र फलाना तेलाना जागिर, नेपाली सरकारको ढुकुटीबाट तलब भत्ता खाने नेपाली नियोगमा जागिर, इत्यादि इत्यादिमा खालि सीमित जातहरु मात्र राहदानी पाएर विदेश जान पाए| त्यसै नियम र नियतिले आज अमेरिका, युरोप अष्ट्रेलिया, जापान आदि बिकशित देशहरुमा कुन जातको वाहुल्य छ यँहा उल्लेख गरिरहन नपर्ला| ४६ साल पछी मात्र बिस्तारै अरुले पनि राहदानी अलि सजिलो संग पाउने भए र जनयुद्ध कालमा झन् धेरै सजिलो भयो जसको फलस्वरूप अहिले मिश्रित जातको जनसंख्या प्रवासमा देख्न पाईन्छ|
        ४५ साल सम्म राजधानीमा चिनाजाना र पहुँच पैसा छैन भने राहदानी पाउन नै चोमोलूंग्मा चडन बराबर थियो| कैले पुलिश रिपोर्ट चाहियो र के चाहियो भनेर बर्षौ टोल्हाई दिएर थकित बनाउँथे| मुखले भन्दा चै देश सबैको साझा रे अनि व्यवहारमा चै उल्टो| साँचो अर्थमा खालि चार जातको फुलबारी बनाएर राखे| पिर्थी नारान्को जति गुनगान गाए पनि नसक्ने?

    • अबुधाबीमा समलिंगी बलात्कारको प्रसंगमा दोषी वा निर्दोष को बिषयमा छलफल भैरहेको बेला कताबाट नेपालको राजनीतिको कुरा आयो? जे कुरामा पनि नेपालको राजनीतिलाई आरोप लगाउने?

  27. News पढ्दा फसैयेकोहोला जस्तो लाग्छा मेरो बिचारमा एदी त्यो बालक अरुबालकहरु संग थियो भने उसलाई देख्ने बालकनि साक्छी हुनुपर्छ अनिफेरी औतई मानिसले जबर्जती कसरी गर्यो तेती बेला त्यो बालक भाग्न सक्धथ्यो एदी त्यो मानिस बल्त्कारी हो भने उसले भने अनुसार अरुको बयान नि लिनुपर्छ ,एदी फेरी सचिनै उ बलात्कारी हो भने त त्यो देश अनुसारको सजाए दियिनु पर्छ |

  28. घटनाका आरोपी दोषी प्रमाणित नहुन्जेल परिचय नखुलाएकै राम्रो !

Comments are closed.