माओवादी फुट्न जरूरी छ


माओवादीका शुभेच्छुक, हिजो युद्ध लडेका केही योद्धा र युद्धमा मारिएका परिवारका सदस्यलाई माओवादीको फुटले चिन्ता थप्नेछ तर समग्रमा हेर्ने हो भने माओवादीकै नेता-कार्यकर्ता तथा माओवादी शिविरमै रहेका लडाकुहरूलाई पार्टीको फुटले त्यति ठूलो असर पार्ने छैन। अन्य पार्टी, आम नागरिक र शान्ति प्रक्रियाका कामहरूलाई पनि माओवादी फुटले चिन्ता थप्दैन। वैद्य समूहले शान्तिप्रक्रिया विथोल्ने केही काम गर्ला कि भन्ने त्रास कतै छ भने त्यो त्रास बोक्न वेकार छ किनभने हुती नभएकाले राजनीति गर्दैनन् र वैद्य समूह त्यस्तै हुती नभएको तर फूर्ति भएकाहरूको समूह मात्र हो। उनीहरूले न त पार्टी फुटाल्न सक्छन् न त पार्टी फुटाली हाले पनि भविष्यमा केही गर्न सक्छन्।

अध्यक्षको समूह निर्लिप्त रूपमा शक्ति र सत्ताको पछाडि दौडिरहेको छ। तल्लो तहका जनतासँग वेइमानी गरिरहेको छ र युद्धमा मारिने परिवारप्रति गद्दारी गरिहेको छ। पार्टीमा छिरेका चैतेहरूले हिजो एमाले र कांग्रेसलाई विगारे जस्तै पार्टीलाई विगारीसकेका छन् र पार्टीमा उनीहरूकै हालिमुहाली छ। जति क्रान्ति र परिवर्तनका कुरा गरे पनि माओवादी पूर्णत: खोक्रो भइसकेको छ। यसका लागि माओवादी शिविरमा देखिएका अराजकतालाई हेरे पुग्छ। त्यहाँ भएका अनियमिततलाई हेरे पुग्छ। अध्यक्ष तथा अन्य नेताहरूको विलासीतापूर्ण जीवनशैली हेरे पुग्छ। अब उनीहरूको कुनै उद्देश्य छैन, कुनै आदर्श छैन र कुनै जिम्मेवारी छैन।

माओवादीले नेपाली सेना वा प्रहरीसँग युद्ध त लड्न सक्यो तर आफ्नै कार्यकर्ता र नेताहरूसँग भने कहिल्यै लड्न सकेन। उसले आफ्ना कार्यकर्तालाई आदर्शको राजनीति गर्न सिएकान। अझ शान्तिप्रक्रियामा आएपछि त माओवादी समग्र नेतृत्व पंक्ति तथा कार्यकर्ताहरूले हिजो गरेको युद्धका कारणहरू सबै बिर्सियो। हिजोका वाचा र प्रतिबद्धताहरू बिर्सियो। कार्यकर्ताहरूलाई के का विरूद्धमा के का पक्षमा लड्न सिकाइएको थियो त्यो पनि बिर्सियो। हिजो जे-का विरूद्धमा लड्न भनिएको थियो त्यही नै अहिले माओवादीका आदर्श बनेका छन् अनि जे-का पक्षमा लड्ने भनिएको थियो त्यसलाई कुनै दोबाटोमा मिल्काएर हिडिएको छ।

आदर्शका निम्ति लडेका केही लडाकुहरू शिविरमा थन्किए अनि जिल्ला-जिल्लामा चैतेहरूको राज भयो। आज लगभग सबै जिल्लामा जग्गा-किनवेचको दलाली गर्ने अग्रपङ्तिमा माओवादी नेताहरू छन्। ठेक्कापट्टामा हात हालेर भ्रष्टाचार गर्नेहरूको सूचीमा कांग्रेस र एमालेका दादाहरूको हुलमा माओवादी मिसिएको छ र उनीहरू भन्दा तीन कदम अगाडि देखिएको छ (एक-दुई वर्षमा बस्नेतहरूको समूहले त्यो ठाउँ लिएन भने)। लगभग प्रत्येक जिल्लामा यो ५ वर्षको अवधीमा माओवादी नेताहरूले कमाएको वा जोडेको सम्पत्ती देखेर अन्य पार्टीका नेताहरू जिव्रो टोक्छन्। आफ्नै कार्यकर्ता र समर्थकहरू खिन्न हुन्छन्। व्यक्तिले सम्पत्ती नराख्ने भन्दै केन्द्रमा नाटक गर्ने नेताहरूका जिल्लास्तरीय कार्यकर्ता अहिले सबैभन्दा धनी र सबैभन्दा धेरै सम्पत्ती हुनेहरूमा पर्छन्।

माओवादी नेतृत्वले कथंकदाचित् व्यक्तिगत सम्पत्ती राख्न नपाउने घोषणा गर्यो भने कांग्रेस एमालेका कार्यकर्ताले होइन माओवादीकै कार्यकर्ताले उनीहरूको पुत्ला जलाउँछन् अझ मिल्ने भए त प्रतिगामी भनेर गोली नै हान्छन्।

माओवादी नेतृत्वले कहिले, कहाँ कुन अवस्थामा कार्यकर्तालाई आदर्श राजनीतिको पाठ सिकायो? कहिले उनीहरूलाई समाज र देशका लागि राजनीति गर्ने हो भनेर भन्यो?  कहिले उनीहरूलाई व्यक्तिगत भन्दा सामूहिक हितका लागि काम गर्न सिकायो? रूकुम वा रोल्पामा दुनियाँको आँखा छल्न एक-दुईवटा ‘कम्युन’ बनाएर वा चलाएर कार्यकर्ता र नेताहरूलाई आदर्शको मार्गमा हिडालेको छु भन्ने भ्रममा न त प्रचण्ड परेका छन् न त वैद्य नै।

यी दुवैलाई माओवादी कुन बाटोमा हिडिरहेको छ राम्रोसँग थाहा छ। तर, यी दुवै अब पार्टीलाई आफूले चाहे अनुसार चलाउन नसक्ने स्थितिमा पुगिसकेका छन्। अथवा उनीहरूले नै कार्यकर्ता र आफ्ना नेताहरूलाई लुट्नका लागि खुला गरिदिएका छन्। प्रचण्ड पुत्रको सगरमाथा आरोहण होस् वा प्रचण्डको दैनिक जीवन- यसले समग्र माओवादीको प्रतिनिधित्व गरिरहेको छ। यसभित्र केही अपवादहरू छन् भने पनि ती नगण्य नै छन् र तिनको पार्टीमा अस्तित्व छैन। जस्तो कि कांग्रेसमा भीमबहादुर तामाङ्‍को। समग्र पार्टी र यसको प्रवृत्ति नै गलत बाटोमा हिडिरहेको सन्दर्भमा लडाकुले शिविरमा आगो लगाउनु, गाडी तोडफोड गर्नु वा आफ्नै कमाण्डरलाई थुन्नु कुनै अनौठो कुरा होइन।

समग्र देशको आर्थिक सामाजिक परिवर्तनको ठेक्का लिएर युद्ध गरेकाहरू आज शिविरका ढोका फुटालेर, शिविरका सामान लुटेर हिडेका छन्। अर्थात् कार्यकर्ता र नेतासँग अब कुनै विचार बाँकी छैन, कुनै आदर्श बाँकी छैन। अनुशासित भनिएका लडाकुहरूको हालत त त्यस्तो छ भने अन्य कार्यकर्ताबाट के अपेक्षा गर्न सकिन्छ? अन्य नेताहरूबाट के अपेक्षा गर्न सकिन्छ? जे रोपिन्छ त्यही फल्ने हो। त्यसैले माओवादी कार्यकर्ताले देखाएको विध्वंश स्वाभाविक छ।

एउटै पार्टीमा बसेर एउटाले हिजोका यौन काण्डका चर्चा गर्ने अनि अर्कोले अख्तियारमा आफ्नै पार्टीका अध्यक्षले भ्रष्टाचार गरेको कुरा जानकारी गराउनुले पार्टी कता जाँदैछ भन्ने कुराको अनुमान सजिलै गर्न सकिन्छ। यसरी पूर्णत: खिया लागेको पार्टी कसरी एकै ठाउँ रहन सक्छ? कसरी टिक्न सक्छ? वा कुन स्वार्थका लागि टिकिरहेको छ?

पार्टीका लागि पनि र समग्र देशका लागि पनि माओवादी पार्टी फुट्न जरूरी छ तर त्यस्तो हुन सक्दैन। किनभने पार्टी फुटाल्न वा पार्टीको निर्माण गर्न र त्यसको नेतृत्व गर्न पनि हुती चाहिन्छ त्यो हुती न त वैद्यमा छ न त उनीसँग भएको जमातमा छ। पार्टीभित्र बसेर नेतृत्वलाई गाली गर्न जति सजिलो छ बाहिर गएर कार्यकर्ता बनाउन, वा कार्यकर्ता जोगाउन त्यति गाह्रो छ। अझ उनीहरूले भने जस्तो खोक्रो क्रान्तिका कुरा कसले पत्याउला? किनभने माओवादी लडाकु वा कार्यकर्ताको व्यवहारले अब उनीहरू क्रान्तिकारी बन्न सक्दैनन्। अझ जिल्लामा गोरख-धन्दा गर्ने कार्यकर्ताहरू प्रचण्ड पक्षका मात्र छैनन् वरू ती त वैद्य पक्षका पनि छन्।

मानौं, यदि वैद्यले क्रान्तिका आफ्ना आदर्श र अडान जोगाइरहेका छन् भने, कार्यकर्तालाई आर्थिक वा नैतिक विचलन हुन दिएका छैनन् भने उनले जतिसक्दो छिटो पार्टी फोड्नुपर्छ र ती कार्यकर्ता तथा नेतृत्वलाई भ्रष्ट हुनबाट जोगाउनु पर्छ।

कुहिएको आलुसँग जति धेरै बस्यो अन्य आलु पनि कुहिने सम्भावना त्यति नै रहन्छ। होइन कुरा जे गरे पनि आदर्श र बाटो त दुवै पक्षका कार्यकर्ता तथा नेतृत्वको एउटै हो भने फुट्न जरूरी छैन। झगडा गरेजस्तै पद र पैसाका लागि वार्गेनिङ गर्दा नै बढी पाउने सम्भावना रहन्छ भने किन पार्टी फुटाल्ने। आखिर क्रान्तिकारीताका नाममा बामदेवले पनि पार्टी फुटालेकै हुन्।

[email protected]

135 Comments

  1. बास्तव मै यो लेख मा मदन जी को कम्मेन्ट हरु उत्कृस्ट रहे |उहा ले धेरै को नकाब लाइ
    उतार्न सफल हुनु भयो , हामीले अहिलेसम्म न देखेको गुप्त रुप देख्न मिल्यो |
    लुनाजी धन्यबाद को पात्र हुनुहुन्छ ,जसले बिषय उठान लाइ कलात्मक तबर ले प्रस्तुत गर्नु भयो |
    सबै साथीहरु आफ्नो देश ,मातृभूमि प्रति सजग रहनु ,बाटो र सोचाइ फरक भएपनि स्वतन्त्र जिबन यापन ,सुरक्ष्या ,भबिस्यको ग्यारेन्टी आदि सबैको साझा लक्ष्य हुनु ले यो बादबिबाद एउटा बिन्दु मा गएर मिल्नु नै थियो |
    कम्मेन्ट का बिर योद्दा सबैमा हार्दिक धन्यबाद |

  2. बिदेश त देखेको छैन। नेपालमा भने एउटा त्यस्तो झुन्ड छ त्यो जुन पार्टिको सरकार आयो तेतै तिर टासिन पूग्छ। उठाउन सम्म फाईदा उठाउछन्, यस्तो लाग्छ पार्टी इनिहरुकै कारणले क्रान्तिकारी भएको हो। जस्को रापले स्वार्थ रहित झोलेहेरु वोझेल पर्छन/पारीन्छन। अन्तमा पार्टी पतन्को दलदलमा भासिन्छ। राजसंस्थाले यही बेहोर्यो, कङ्ग्रेस पछि एमाले त्यही दलदलमा पर्‍यो। माओबादीको कुरै नगरौ, यी खाटी भक्तहरुले कस्तो रछान्मा फाल्नेहुन।

  3. सबै एक से एक नेता जस्तै मुल्यांकन गर्न सक्ने भाका छन् तर मा बबुरो छक्का पन्जा नजान्ने जहाँ लाय्प्चे लगाऊ भन्यो तेही औठी छाप लगाउने लाई यो जाल झेल केहि बुज्न सकिन तर एउटा कुरा मावोबादी फुट्यो भने अझ मेरा गाउमा चन्दा, दादागिरी ,हत्या बढ्ने निश्चित छ किन कि कोहि खराब बेक्ती को जो काम रोकिएको छ ,उनीहरु नै यो होस् भन्ने चाही रहेकोछ /अचम्म त पल्ला घरे हर्के ७ पास थियो मोरो ले पार्टी मा लगेर ३ पुस्ते लाई पुग्ने कमायो अनि दिदि भिना लाई बंगला बने दियो तेही देखेर ओला घरे लागेको त सोजो मान्छे लप्पन छपन नजानेको रगत तातेको तेस माथि रक्सि खुवाएर तताएर बिरता को कुरा गरे पछि गोर्खे मोरो किन पछाडी बस्थियो अगाडी नै परि लड्न गयो खायो नि गोलीईईईई
    न सहिद को नाम लिस्ट मा पर्यो बरु बेपत्ता को लिस्ट मा पर्यो क्या फसाद
    अब धमाधम हतियार भेटाए को देखियो तेही बबुरो ले लुकाकोत हो नि ….
    पछि लाई पो क्या गर्ने हो ??/

  4. लुनाको लोकतान्त्रिक राजतन्त्र लुनाको आफ्नै बिचार होईन त्यो बिचार जनयुद्ध सुरु गर्नु अघि प्रचंद्र्को मावोबादीको हो/ प्रचंद्रले राजा सिट अधिकार मागेको थियो गद्दी मागेको थियन/ त् लोकतान्त्रिक राजतन्त्र कसको बिचार हो लुनाको कि प्रचंद्र्को?

    हुनत तेतिबेलानै राजा संबैधानिक भयको कारण उ सिट मात्र संकट कालिन अधिकार थियो देस चलाउने अधिकार त् ईने नेताहरुको सरकार सिट थियो/ तेतिबेला कुनै जातिको नेपालीको अधिकार लुतियको थियो त् संबैधानिक राजाले लुटेको थियन ईने नेताहरुको सरकारले लुटेको थियो/

    आफ्नै कार्यकर्तालाई मात्रै नेपाली ठान्ने, पोस्ने, अनेकौं भ्रस्टाचारहरु र रास्त्र्घाती सन्धिहरु गर्दै जाने ई नेताहरुको मनपरीतन्त्रको प्रचंद्रको मावोबादिले बिरोध गरे; संबैधानिक राजाको बिरोध गरेको थियन/ आफ्नो नेत्रित्वोको सरकार र व्यबस्थाको बिरोध गरेकोमा ईने नेताहरुको सरकारले मावोबादिको टाउकोको मोल तोकेर तिनीहरुलाई सैनिक लगायर सिध्याउन खोजेकोमा राजा बिरेंद्र्लेनै रोकेको थियो/

    भ्रस्ट नेताहरुको सरकारले प्रचंद्र्को मावोबादिलाई आतंककारी भनेको थियो, राजाले भनेको थियन/ राजा बिरेन्द्रले त् मावोबादिलाई एउटा राजनैतिक शक्ति हो भनेको थियो र मावोबादी समस्या राजनैतिक तवरले गर्नु भनेको थियो तर ईने नेताहरुको सरकारले मानेन/

    तेतिबेलाको राजा र मावोबादी यक आपसको सत्रु थियनन/ मावोबादिले तेतिबेला ई भ्रस्ट नेताहरुको सरकार सिट बार्ता समेत गर्न चाहेको थियनन; सिधै राजा सिट बार्ता गर्न चाहेको थियो/ ज्ञानेन्द्रको पालामा प्रचंद्र्को मावोबादी र ज्ञानेन्द्रको बीच बार्ता हुन् हुन् लागेको बेला गिरिजाले कुर्लेर राजा-मावोबादिले गरेको सहमति नमान्ने घोसना नै गरेको थियो/ त् मावोबादी राजाको बिरोधि नभयको र राजा पनि मावोबादीको बिरोधि नभयको पुस्टि हुन्छनै/

    राजा बिरेन्द्रले तत्कालिन सरकारलाई मावोबादी राजनैतिक शक्ति भयकोले मावोबादी समस्या राजनैतिक तरिकाले समाधान गर भनेर सलाह दियको थियो/ बिरेन्द्र संबैधानिक राजा भयकोले सरकारलाई हुकुम दिन सक्दैन थियो सलाह मात्रै दिन सक्थ्यो/ तर राजाको सलाह नमान्नेको सरकारले दिल्लीको हुकुम मान्यो!!!
    मावोबादी सिट दिल्लीमा गयर सम्झौता गर्यो त् सबै कुरा दिल्लीले चाहे बमोजिम भयो/ दिल्ली बात फर्के पछी मावोबादी पनि मावोबादी रहेनन्/

    • मदन जी को प्रतिक्रियामा गगने – पुष्प – शसांक – तेजप्रसाद – महेश – शिला जी
      र साथीहरुले के सोच्नु भो ? जबाफ लेख्नु भए अझै केही जानकारी प्राप्त हुन्थ्यो
      कि !

      • लुनाजी ! मदनजी इतिहास कोट्याएर त्यसको विश्लेषण गर्न खप्पिस हुनुहुन्छ | उहाँका विश्लेषणहरुमा धेरै यथार्थ नै पाएको छु | तर सोह्रै आना सहि छ भन्न पनि सक्दिन | कारण राजनीतिक घटनाक्रममा राजनीतिक पार्टीहरुले तात्कालिन र क्षणिक कार्यनीतिहरु अप्नाउन्छन् | तिनै क्षणिक कार्यनीतिलाई हरहमेसा औंल्याएर आक्षेप लगाई रहनु ठिक हो र ? राजनीतिमा शक्तिहुनेसंग वार्ता गरिन्छ| त्यतिबेला राजासितको वार्तालाई शक्तिसितको वार्ताको रुपमा लिइनु पर्छ | अहिले भूतपूर्व राजालाई कसैले वार्तामा बोलाएको देख्नुभयो? लुनाजी ! किनभने उनि अहिले शक्तिविहीन छन्| नेपाली राजनीतिलाई दिल्लीको धापको जरुरत उहिले देखि थियो | भारत रिझाएर नै होला, सुर्य बहादुर र गिरिजा बाबु पटक पटक लामो समयसम्म प्रधानमन्त्री बने| बाह्रबुंदे सम्झौता हुँदा पनि नेपाली राजनीतिका माहिर खेलाडीहरुले फेरी एकचोटी भारतकै धाप खोजे| हाम्रो भौगोलिक अवस्थाले गर्दा भारत र चीन हाम्रा लागि खाए खा नखाए घिच सरह हो | नेपाली राजनीतिमा शुरु शुरुमा प्रवेश गर्दाताका माधव नेपाल, खड्ग ओली र बामदेवहरुले भारत विरुद्व हुनसम्म मुडकी उज्याएका थिए र कालान्तरमा स्खलित भै लम्पसार परे| माओवादीको पारा पनि त्यही देखिंदैछ | पंचायतकालमा राजाको नाममा सुर्य बहादुरहरुले भारतनीति अपारदर्शी रुपले अख्तियार गर्थे | धेरैलाई थाहै छैन ! पंचायतकालमा नेपालको उत्तरी सीमामा नेपाली भूमिमै भारतीय चेकपोष्ट राखिएको थियो| किर्तिनिधिको पालामा हटाइएको हो क्या र ! भारत हाम्रो लागि भालुको कन्पट भएको छ |

        • शसांक ज्यु
          मैले जे पढे जे देखे तेसैको आधारमा आफ्नो बिचार लेख्दछु/ लेखियको गलत हुन् सक्ला किन भने ईतिहास कुर्सि पुछुवाहरुले लेख्छ/ तर देखेको कुरा झुठो कसरि हुन् सक्छ?

          टनकपुर महाकाली भारतलाई सुम्पिन्दा पनि टुलु टुलु हेरेर बस्नु पर्ने संबैधानिक राजा बीरेन्द्रलाई “अगाधि बढेर तेस्तो ब्यबस्था बदल्न” सिधै राजा सिट बार्ता गर्ने माग सहित प्रचंद्र्को मावोबादीले बिरोध गरेको मेरो आँखाले पनि देखेको हो तपाईं को आखाले पनि देखेकै हो/ यदि तेती बेला राजा बिरेन्द्रले प्रचंद्र्को कुरा बुझेको मानेको भय अहिले पनि नेपालमा राजतन्त्र रही रहेको हुन्थ्यो तर त्यो राजतन्त्र लोकतान्त्रिक राजतन्त्र हुने थियो/

          • मलाइ यो लोकतान्त्रिक राजतन्त्र भन्ने परिभाषा नै अस्पष्ट लाग्छ मदनजी! अंग्रेजीमा उल्था गर्दा Democratic Monarchy हुन्छ| मैले यस्तो नाम भएको राजनीतिक संरचना अहिले सम्म सुनेको छैन| नेपालमा भएको परिवर्तनले ल्याएको जटिलताप्रति आक्रोश हो वा साँच्चिकै राजतन्त्रप्रति लगाव हो वा त्यतिकै लहडबाजी ओठेभक्ति हो, पुश्पजी धरिले राजतन्त्रप्रति “तबैतरा” दर्शाउनु भएको छ| अढाई शताब्दीसम्म पिढीदर पिढी राजतन्त्रको ??ममतामयी?? छहारीमा हुर्केका नेपालीको मन गणतन्त्र आउँदैमा रातारात खर्ल्याप खुर्लुप्प फेरिन कहाँ सक्छ र ?राजतन्त्रले बसाएको परिपाटी, मूल्य मान्यता, सामाजिक जालो, आर्थिक सम्बन्धहरु र सरकारी निकायमा राजतन्त्रले राखेका मानिसहरु रातारात ख्वात खुततै हट्न पनि सक्दैन| राजतन्त्रको धंगधंगती अझै केहि बर्षसम्म रहिरहनेछ| अहिलेको हाम्रो स्थिति भनेको पुरानो खाट भाँचीएर नयाँ समयमा नआइपुगेकोले भुइंमा सुत्न बाध्य भएको अवस्था छ | माइसंसारको भित्तो हेर्दा त नेपालमा ७५% राजतन्त्रमै आस्थावान भएको देखियो| राजावादीहरुको यत्रो जनमत हुँदा हुँदै प्रचण्डले यो गर्यो र उ गर्यो भनेर रुनुको साटो संबिधान निर्माणमा सहयोग पुर्याएर आगामी आम निर्वाचनमा ज्ञानेन्द्रको नेतृत्वमा राष्ट्रवादी पार्टीको झण्डा बोकेर माओवादी, कांग्रस र एमालेलाई निमिट्यान्न किन नपार्ने! संबिधान तुहिएर राजतन्त्र झर्ला र खाउँला भनेर कुरेर होइन कि अबको जमानामा प्रतिस्पर्धामा उत्रिनु पर्छ | बिदेशमा बस्ने राजावादीहरुले पनि खाली मुख बजाएर मात्र होइन कि स्वदेशमा भएका राजावादीहरुलाई आर्थिक सहयोग गरेर आफ्नो आस्था प्रकट गर्नुपर्यो| राजतन्त्रको बस्तुगत अपरिहार्यतालाई पुस्टि गर्न सक्नुपर्यो| उनीहरुको राजसी ठाँट, सुकुमार बदन, तामझाम, घामपानी नपरेको घिउ जस्तै मुहार, लवाइ, खवाई, बसाइ, चढाई र अलौकिकतालाई हेरी लघुताभासले पिडित भै लात्र्याक लुत्रुक्क परि आफुलाई अकिन्चन ठानी लम्पसार परि “लौ ख्वामित ! यो मौसुफकै पाउंदर हो, हजुर नै राज होस् भनेर प्रत्येक पिढीले भन्दै गयो भने, they will just f***k you!!! Thats it !!

            • शसांकज्यु,
              बिद्वानहरुले केहि सब्दहरु मात्रै बोल्छ/ लुनाज्युले पनि यहि विद्वता देखाउनु भयो हामी मुर्खहरुले लुनाज्युलाई बुझ्न सकेन/ कुरा तेतिनै हो/

              लुनाज्यु अरु किसिमको राजतन्त्रको कुरा गरिरहेको छैन लोकतान्त्रिक राजतन्त्रको कुरा गर्दै हुनु हुन्छ/ लोकले चाहेको अबस्था सम्म लोकले भनेको मान्ने कार्यकारिणी रास्ट्र प्रमुखलाई लुनाले राजा भन्नु भयो तपाईंले रास्ट्रपति भन्न सक्नु हुन्छ/

              अहिले प्रचान्द्र्ले भन्दै आएको कारकारिणी रास्ट्रपति लुनाज्युले भनेको लोकतान्त्रिक राजा र प्रचान्द्र्ले भनेको कार्यकारिणी रास्ट्रपतिको बिचमा मात्र सब्द्को फरक छ अर्थको फरक छैन मित्र शसांक ज्यु/

              • मदनजीले नचाहिँदो तरिकाले लुनाजीलाई सर्काएको मलाइ अलि चित्त बुझेन| देशप्रति चासो राख्ने लुनाजीलाई मा प्रशंसा गर्छु, जश दिन्छु र माया गर्छु| तर सामन्तवादको पृष्ठपोषक राजतन्त्रमै लोकतन्त्रको अभ्यास हुनुपर्छ भन्ने लुनाजीको भनाइ तर्कसंगत र व्यवहारिक छैन| आफ्ना मूल्य मान्यताले गर्दा नै लोकतन्त्र र राजतन्त्र दुइ बिपरित ध्रुवहरु हुन| हामीलाई सदन प्रमुख हुने व्यवस्था चाहिएको छ, न कि राष्ट्राध्यक्ष! सदनले निरंकुस राष्ट्रपतिलाइ Impeachment गर्न सक्छ, तर राजालाई निकालेको त सुनेको छैन | क्रान्तिद्वारा उखेलिनु अलग्गै कुरो हो| संबैधानिक राजतन्त्रलाई केहि बर्षसम्म नेपालमा निरन्तरता दिन सकिन्थ्यो| तर काग बाठो भएर गुहु खान्छ भने झैं भयो| राजनीतिमा चुकी सकेपछी झुक्नु सिवाय अरु उपाय छैन| संबैधानिक राजतन्त्र लीस्योस भनेर अब कसैले टक्र्याउने कुरो पनि आएन| नमरी बाँचे दैवले सांचे के के देख्न पाइन्छ भनेर उहिलेका बुढापाका भन्थे – कतै नेपालमा राजतन्त्र ब्युंतेको यहि आँखाले हेर्न पर्ने पो होकी ! राजावादीहरुले ओठेभक्ति मात्र नदेखाएर सांचैनै मैदानमा उत्रेर भूतपूर्व राजालाई काँध थापे भने असम्भव भन्न सकिन्न, तर असम्भवको प्रतिशत अत्यधिक छ|

      • लुनाजी/मदनजी

        मैले धेरैचोटी, तल पनि भनिसकेको छु कि राजा पीएन, वीरेन्द्र आदि राजाहरूको मुख हेरेरै राजतन्त्रले धेरैजसो समान्ती चरित्र प्रदर्शन गरेको भएपनि एकताको सूत्रका रूपमा राजतन्त्रसँग नेपाली जनताको खासै वैरभाव थिएन र छैन अझै पनि धेरै नेपाली् जनताको लगाव राजतन्त्रसँग छ; मुटुमा हात राखेर भन्न लगाउनुहुन्छ भने मेरै पनि छ । तर जुन पृष्ठभूमि बोकेर ज्ञानेन्द्र राजा भए र उनले जुनरूपले ‘राज’ गरे, जुनरूपले थापा, गिरीहरूको पदार्पण र प्रस्तुति भो, त्यसपछि ज्ञानेन्द्रको मात्र होइन राजतन्त्रकै औचित्य समाप्त भएको कुरा कसैबाट छिपेको छैन । म ठोकुवाका साथ भन्न सक्छु कि राजतन्त्र समाप्त भएको कुनै पनि आमनेपाली जनताको चित्त बुझेको छैन । वास्तवमा यो निर्णय मुटुमाथि ढुंगामा राखेर गर्नुपरेको हो, जसको प्रमुख कारक स्वयम् ज्ञानेन्द्र एण्ड कम्पनी नै हुन् ।

        त्यसैले राजा वीरेन्द्रसँगै अब राजतन्त्रको औचित्य समाप्त भइसकेको छ । हामी लोतान्त्रिक पद्धतिलाई आत्मसात्‌मात्र होइन, यसको बाटो हुँदै प्रगतिउन्मुख हुने क्रममा छौं । ती बचेखुचेका सामन्ती व्यवस्थाका अवशेष, यथास्थितिवादी आदिहरूको बाधा अड्चन अनि स्वयम् लोकतन्त्रको मुखुण्डो लगाएकाहरूले लोकतन्त्रको बाटो अवरोध गरेबाटै केही ढिला भएको हो । ती बाधाअड्चनहरूलाई हटाउँदै विस्तारै अघि बढ्नु नै बुद्धिमानी हुनेछ, नकि फर्किएर जानु ।

        • पुष्पजीको यो तर्क त् मान्नै पर्छ बा….
          आफुलाई लाग्या पनि यही हो र भन्दै आएको पनि यही हो| यो सोच्नु ठिक हुनेछैन कि अकस्मात राजतन्त्र मासियो र यस संहारका मुख्य पात्र ज्ञाने मात्र यसका जिम्मेवारी छन| माओवादीको झटारोले झरेको होइन राजतन्त्र, न त् गिरिजाको गलअठयांईले गलेको हो| माकुने त् मोहोर राखी ढोग दिने भईहाले, किसुनजी र सुजाता बेबीकिंग रागमा झुल्केका थिए| प्रकाश कोइराला पुरै किंगमा थिए| तीन दशकदेखि ऐश्वर्यको आकाश छुने चर्तिकला अनि आफु श्री ५ राजेन्द्र लक्ष्मी बन्ने महत्वाकाक्षा, दरबारियाहरुको हद नाघेको खेलचक्र, हिन्दु महाराज अभियानको सहनशील हिन्दुलाई नै नपच्ने अतिवाद, ज्ञानेन्द्र र आसेपासे खासेहरुलो अति प्रलोभन र चार्ल्स डार्विनले भने जस्तो समय अनुसार परिवर्तन हुन् नसके आफै ह्रास र नाश भएर जानेछ भन्ने बाणीलाई नबुझ्नु र अन्तमा जनतालाई नजरअन्दाज गर्नु (ज्ञानेले राज्यको ढुकुटीबाट रु ६८ करोड आफ्नो तलब बढाएर) जस्ता कुकृत्यले राजतन्त्र खरानी भएको हो| जनजातिले त् राजालाई साँचै बिष्णु अवतार मानेका थिए| तर राजतन्त्रले त्यही जनजातिलाई बेस्कन लत्याएको स्थिति इतिहास र वर्तमानले प्रष्ट देखाउछ|
          यसैले राजतन्त्र अब इतिहास भयो| यो ब्युँताउने चर्चामा समय खेर फाल्न भन्दा गणतन्त्र कसरि सफल बनाउने भन्ने तिर लागम| यसमा सबैको कल्याण हुनेछ|
          यसबाट ठुलो पाठ नसिकेर माओवादीले पनि नेका र एमालेको संस्कार फलो गरे चांडै देहवसानको पथ लिनेछ| पहिले स स को चुनावमा जितेका नेताहरु यसपाला हार्नेछन यही ताल हो भने| बरु बाबुराम राजधानीबाट पनि माकुनेको बिरोधमा उम्मेदवार भए जित्ने सम्भावना बढी छ|
          जे होस्, सरकारमा बाबुरामको नेतृत्व अहिलेको आवश्यकता हो भन्ठान्छु|
          आफुलाई लाग्या कुरा यही हो, सबै सही हुन् पर्छ भन्ने छैन| आआफ्नो बिचार, गणतन्त्रमा सबैलाई सादर आफ्नो मत प्रकट गर्ने पूर्ण अधिकार छँदैछ|

        • पुस्पज्यु
          म सम्झन्छु तपाईंले कुनै प्रतिक्रियामा तपाईंलाई मधिसे भन्न बन्न सहयोग गर्नुस भन्नु भयको थियो, तर मैले मानिन किन कि म त्यो कुरा मान्नै सक्दिन/ यसकारण यो कुरामा बिना बहस तपाई सिट मात्र मैले तपाईंलाई मधिसे पुष्प नभनेकोमा चित्त नदुखाउन आग्रह गर्दै यो बिषयमा यहि कुरा तुन्ग्याउछु/

          अब लुनाज्युको कुरामा/ लुनाज्यु लोकतान्त्रिक हुनु हुन्छ यहिनै लुनाज्यु तपाईंहरुको सहविचारक र सह यात्रु भयको प्रमाण हो/ टनकपुर महाकाली बेचिन्दा पनि टुलु टुलु हेर्ने राजतन्त्रको बिरोध प्रचंद्रले गर्यो/ यसको अर्थ राजा भनुन बा रास्ट्र प्रमुख भनुन लोकतान्त्रिक कार्यकारिणी हुनु पर्छ भनेकै हो, खोपाको दियो जस्तो बले बाल्ने निभाय बुझ्ने हुनु हुँदैन/

          अहिले पनि प्रचान्द्र्ले रास्त्रप्रमुख जनता बात चुनिएको कार्यकारिणी अधिकार भयको हुनु पर्छ भन्दै आएको छ/ जनयुद्ध भन्दा पहिला प्रचान्द्र्ले लोकतान्त्रिक कार्यकारिणी राजतन्त्र खोजेको थियो त् अहिले लोकतान्त्रिक कार्यकारिणी रास्ट्रपतिय ब्यबस्था हुनु पर्छ भन्दै छ/ कुरा लगभग एउतै हो/ यति भने पछी बाकि कुरा पुस्पज्यु आफै बुझ्नु हुनेछ/

          • मदनजी,

            मेरो पहिचान अरुसँग नभएपनि मसँग अवश्य छ, कुनैदिन स्थापित फेरि होला नहोला त्यो बेग्लै कुरा । तपाईंलाई इतिहासको राम्रो ज्ञान छ, तर मैले आजसम्म कसैलाई पनि आफूलाई मधेशी भन्न गुहार मागेको छैन; कृपया मैले ‘सहयोग गर्नुस् भन्नुभएको’ सपनालाई बिर्सनुस् ।

            जनताबाट प्रत्यक्ष कार्यकारी चुनिनुपर्छ भन्ने कुरामा मेरो कहिल्यै दुइमत हुनेछैन । कार्यकारी राष्ट्रप्रमुख दर्शन मलाई होइन लुनाजीलाई सुनाउँदा बेस होला; राजतन्त्रको भूत लागेका उहाँलाई धेरै राहत मिल्नेथियो ।

            • पुस्पज्यु
              कार्यकारी रास्ट्रप्रमुख दर्शन लुनाज्युलाई होईन तपाईंलाई नै सम्झौउनु पर्ने देखिन्छ/ लुनाज्युले अरु किसिमको राजतन्त्र भनेको छैन लोकतान्त्रिक राजतन्त्र भन्दै आएको छ/ लोकले मानेको चाहेको अबस्था सम्म रास्ट्र प्रमुख हुने व्यक्तिलाई राजा भन्नुमा र रास्ट्रपति भन्नुमा फरक कसले नबुझेको हो लुनाज्युले कि तपाईं ले?

              • मदनजी,

                राजा भनेको जनताले छानेको हुँदैन र उसको जनताप्रतिको उत्तरदायित्त्व पनि खासै हुँदैन । जनताले प्रत्यक्ष चुनेको राष्ट्रपति होस् वा जनताले चुनेका प्रतिनिधिले चुनेका राष्ट्रपति, उसको जनताप्रतिको जिम्मेवारी रहन्छ र जनताले चाहेमा उसलाई सजिलै हटाउनसक्छ; राजालाई जस्तो १९ दिन लगाएर आफ्नो बली चढाइरहनुपर्दैन । जे होस्, जनताले प्रत्यक्ष चुनेको राष्ट्रपति र मै हुँ भन्ने राजाबीचको तुलना मदनजीजस्तो मान्छेले गरेको सुहाउँदैन । लुनाजीजस्तो ‘राजनीति नबुझ्ने’को कुरा बेग्लै ।

                अनि यो लोकतान्त्रिक राजतन्त्र भनेकै चित्त बुझ्ने कुरो होइन । आफैं राजा भन्ने र आफ्ना आसेपासे पोस्ने राजतन्त्र पनि कहीँ लोकतान्त्रिक हुन्छ ? केही देशमा शोकेशमा सजाएर राखिएको जस्तो राजाको अर्थ कुनै अर्थ छैन ।

                राजतन्त्रप्रति मेरो ‘लगाव’ एकताको सूत्रको रूपमा मात्र रहेको थियो । जुन वीरेन्द्रको वंशनाश र ज्ञानेन्द्र एण्ड कम्पनीको आगमनसँगै चुँडिसकेको छ । अब एकताको सूत्रको कसी हामी स्वयम्‌ले बनाउने हो । पीएन शाहको नाम भजाएर र उसको गुणगान गाएर राजतन्त्रको वकालत गर्नु, माफ गर्नुहोला अहिलेको समयमा मूर्खताबाहेक अरु केही होइन ।

                • पुस्पज्यु/
                  “लुनाज्यु जस्तो राजनीति नबुझ्ने…” यो कुरा तपाईंले भन्न पनि कसरि सक्नु भयो? लुनाले लोकतान्त्रिक राजा पनि उहिलेको जस्तै टिके बंशे नै राजा हुन्छ त् भनेको छैन/

                  राजतन्त्रको प्रमुख अबगुण भनेको “टिके र बंशे” व्यक्ति राजा हुनु हो/ तर अहिले ई नेताहरुको लोकतन्त्रमा पनि तेस्तै व्यक्ति त् नेता मन्त्रि मात्रै होईन पक्राउ पुर्जी कातियको व्यक्ति समेत समेटेर सरकार गठन गरियको छ नि/

                  लुनाले लोकतान्त्रिक राजा भनेको छ बंशानुगत रुपमा चल्ने परम्परागत राजा भनेको छैन/ बंशानुगत चल्ने परम्परागत राजतन्त्र र लोकतान्त्रिक राजतन्त्रको बिचमा के कति कुरामा फरक छ त्यो बुझेरै मात्र लुनाले राजनीति बुझेको छैन भन्नुस/

                  पुष्पज्यु, तितै कुरा गर्ने हो भने ज्ञानेन्द्र निकम्मा राजा मात्रै हुन्/ ई लुटाह फताह नेताहरु र ज्ञानेन्द्रको बिच तुलना समेत गर्न सकिंदैन/ज्ञानेन्द्र सिट अबैध भन्न सकिने के कस्तो सम्पति छ? छ भने सरकार सिट अख्तियार छ सम्पति सुद्धिकरण आयोग छ खोजि गर्न लगाउनुस जाच्नुस तर यक्लै ज्ञानेन्द्रको होईन अहिलेका नेतार दलहरुको सम्पति पनि जाच्नुस/

                  महिने बर्से मन्त्रि बनेका नेताहरु र दलहरु सिट २४० बर्ष पुरानो राजतन्त्रको अन्तिम राजा ज्ञानेन्द्रको भन्दा बढी सम्पति छन्/ कहा बात आयो तेत्रो सम्पति दल र नेताहरु सिट?

                  राजाहरु र दलहरुले स्विस बैंकमा रकम जम्मा गर्ने कुरा सुन्दै आएको छु/ विवरण अहिले पनि इन्टरनेटमा छ/ पढ्न सक्नु हुन्छ/

                  म राजतन्त्र फर्काईनु पर्ने अबस्था चिताउन पनि सक्दिन/ तर तेस्तै अबस्था परे अहिले ई नेताहरुले गलत व्यक्तिलाई मन्त्रि बनाउनु परेको, गलत पार्टी सिट सम्झौता र सहमति गर्नु परेको “बाध्याकारी” अबस्थाले गर्दा हो भने झैँ हामीले पनि बाध्याकारी अबस्थाले गर्दा राजा फर्काउन नपर्ला भन्न सकिंदैन/

                  अहले पनि परम्परागत राजतन्त्र भयको बिकसित मुलुकहरु बिस्वमा कयौं छन्/ हतायको राजा फर्कायको पनि छ/ नेपालमा के हुन्छ त्यो कुरा नेताहरुको चर्तिकला सुध्रिन्छ बा सुध्रिन्दैन भन्ने कुरामा भर पर्छ/

                  • राजनीति बुझेको छैन भनेर लुनाजी आफैंले भन्नुभएकोले उक्त प्रसंग कोट्याएको हुँ ।

                    लोकतन्त्रिक व्यवस्थाका पनि केही कमजोरी अवश्य छन्, तर यसको अर्थ पूर्ण लोकतन्त्रको विकल्प लोकतान्त्रिक राजतन्त्र कुनै पनि हालतमा हुनसक्दैन । लोकतान्त्रिक राजतन्त्रको नाउँ जप्नु भनेको त घरमा मुसा पनि पाल्ने अनि बिरालो पनि पाल्ने चाला भो । यसो कदापि हुनसक्दैन । नेपालका सन्दर्भमा राजतन्त्रको हल्का स्थान थियो तर त्यो स्थान अब सदाका लागि हटिसक्यो । यसबारे धेरै कुरा नगरेकै बेस । नेता गलत छन् भने हामीले उनीहरूको विकल्प खोजौंला ।

                    अँ ज्ञानेन्द्रलाई नै राजा बनाउने कुरो वंशे नभई के हो त मदनजी ? यो त पीएन शाहको नाउँ भजाएको भइहाल्यो । भो अब उनको नाउँ भजाएर काम छैन ।

                    • पुस्पज्यु
                      तपाईंले ज्ञानेन्द्रलाई राजा बंशानुगत हुने भन्ने भनाईमा म राज परिषदले राज्याभिषेक गरेर ज्ञानेन्द्रलाई फर्कायो भने ज्ञानेन्द्र बंशानुगत राजा हुनेछ तर आम जनताको बहुमतले ज्ञानेन्द्रलाई फर्कायो भने ज्ञानेन्द्र लोकतान्त्रिक राजा बन्नेछ भनि जवाफ दिंदै छु; होईन भन्न सक्नु हुन्छ?

                    • हो मदनजी, तर यो कुरा मेरो सपनामा आएरमात्र सुटुक्क भन्नुहोला । विपनामा यो सम्भव छैन ।

                  • मदनजी! अहिलेको चोरहरुलाई देखेर हिजोको डाका ठिक थियो भन्नु हास्यस्पद हुनजान्छ| बरु यी चोरहरुलाई नै बिस्तारै तह लगाउंदै जानुपर्छ | लोकतन्त्रले राजतन्त्रलाई अंगाल्नु भन्दा राजतंत्रनै लोकतन्त्रमा समाविष्ट भए कसो होला| देश बिकास गर्न र संगठन खोल्न ज्ञानेन्द्रलाई कसले छेकेको छ र ? उनीसंग धन जन प्रयाप्तै छ , मन चाहिं छ कि छैन त्यो त उनले अब देखाउने व्यबहारबाट प्रष्ट हुन्छ| शक्ति नभएको अलंकारिक राजा हुने भए ज्ञानेन्द्रले संबिधान सभामा अझै निवेदन हालेहुन्छ, तर अरु जस्तोसुकै flavor हालेपनि राजतन्त्रको स्वाद त्यहि हो, झन् लोकतान्त्रिक flavor त match गर्दैन | लु लुनाजी ! हाम्रा कुराहरु मदन जी मार्फत तपाइंले मनग्गे सुन्नुभयो| अब तपाइंको बोल्ने पालो! बिचार बाझिनु पर्छ, फिटिनु पर्छ, निफन्नु पर्छ | तब न एउटा अकाट्य बिचार प्रकट हुन्छ| अन्त्यमा पुश्पजी र मदनजीलाई म के भन्न चाहान्छु भने तपाइंहरुको बहसले पाठकमाझ गलत संदेश नजाओस !!!!

                • पुस्पज्यु/
                  हुनत तपाईंलाई जवाफ दिईसकेको छु तर तपाईंले राजा जनता बात चुनिन्दैन बंशानुगत मात्रै हुन्छ, अन्याई हुन्छ भनेको कुरा गलत भयको नेपालकै ईतिहासको कुरा कोत्यायर दिन केहि थप्दैछु/

                  न्याय नपाय गोर्खा जानु यो भनाई त् तपाईंले सुन्दै आएको होला नै/ राजा न्यायको मुर्ति पनि बन्न सक्ने यो भनाई पनि एउटा प्रमाण हो/

                  लिग लिगमा राजा बन्न जनताको माझ दौडने चुनावमा भाग लिनु पर्थ्यो/ नेपालमा जनताले राजा चुन्ने प्रथा पहिला देखि भयको यो एउटा सत्य प्रमाण हो/

                  हटाईएको भगाईयको राजाहरु नेपालमा पटक पटक फर्काईएको छ/ जय प्रकाश मल्ल, रणबहादुर शाह र त्रिभुवन यो कुराको प्रमाण हो/

                  नेता भाई भारदार मिलेर भयको राजा हटायर अर्को राजा ल्याउन सक्ने कुराको उदाहरण पृथ्बी नारायण शाहलाई उपत्यका विजय भन्दा पहिलानै पाटनको राजा बनायको कुरालाई लिन सकिन्छ/ पाटनको बलिया ६ प्रधान भारदार नेताहरुले पृथ्बी नारायणशाहलाई पाटनको राजा बनायको थियो/ पछी शंख मूलमा नुहाउन गयको पृथ्बी नारायणशाहलाई नांगै लखेटेको थियो/

                  नेताहरुको यस्तै चाला रहे नेपालको पुरानो ईतिहास नेपालमै फेरी दोहरिन सक्छ/

                  • इतिहास दोहोरिन सक्छ । तर जसको इतिहासै छैन, जसको इतिहास नै खराब छ, त्यस्ताको इतिहास जनताले पक्कै दोहोर्याउँदैनन् ।

                    • पुस्प्ज्यु
                      जनता भनेको वाई सी यल, तरुण दल युथ फोर्ष मात्रै हुने भय तपाईं ठिक नभय बेठिक/ सात दलको सरकार माथि र संबिधान सभाको चुनावमा पायको मत पायको थियो भन्ने कुरामा अब दम्भ नगरे हुन्छ/ त्यो बेला बढी मत पायका दलहरुले जनताको माझ जे बोलेका थियो जस्तो रुप देखायको थियो त्यो बोलि र रुप उनीहरुले फेरी सकेको छ/ अब अर्को चुनावत हुन्छनै तेती बेला कसरि कसले जित्ने छ तो तपाईंले पनि देख्नु हुनेछ मैले पनि देख्नेनै छुँ/

                    • चुनाव भनेकै राम्रो छान्ने नराम्रो फाल्ने हो, त्यो पनि नेता, कुनै राजा होइन ।

                  • मदन दाजु,
                    निदाएको स्वांग गर्नेलाइ पनि जगाउने कोसिस गर्नुभएको रहेछ…..हजुरको कोसिस को सराहना गर्छु !

                    • हर्केज्यु
                      लुनालाई खेद्नु खेदेको देखेर झोंकै चल्यो/ लोकतन्त्र हो भने सबैको आफ्नो विचार व्यक्त गर्ने अधिकार छ, होईन भने हामि सिट उनीहरुलाई दिने जवाफ धेरै छ/

                    • निदाएको स्वाङ कसले गरिराखेको छ भन्ने कुरो त भूत जगाउन खोज्नेहरूका कुरा सुनेर थाहा लाग्छ ।

    • मदन बज्राचार्य जी,
      हुनत यो ब्लग को शिर्षक “माओबादी फुट्नु जरुरि छ” भन्ने हो! तर हामि बहस गर्दै तन्किदै जादा कताकता आइ पुग्यौ, तेसैले होला कुरो र कुलो जता लागेपनि जान्छ भन्ने गरेको!
      माओबादी जनयुद्दको उदेश्य त धेरै थिया होला तेस्मा संगलगन हुनेहरुको व्यक्तिगत वा समुहगत इक्छ्यामा हेर्ने बुझ्ने हो भने! तर हामीले कुनै समुह वा व्यक्तिको भन्दा पनि देशको लागि बुझ्नुपर्छ जुन तपाहिको चिन्ताहरुमा पनि नासमतियाको होइन तर मेरो बिचारमा,
      माओबादी जनयुद्द देशमा माओबाद स्थापना गर्न भन्दापनि देशमा बिध्यमान शामन्तीप्रथा र शामंताबाद अनि एकात्मकबादी रात्यसत्ता प्रक्रियाको अन्तगरी देशलाई लोकतान्त्रिक र शंघात्मक पद्दतिमा लैजाने मुख्य उदेश्य हो भन्ने म ठान्दछु र तेही मानेको छु! भलाई यो क्रिया र प्रक्रिया सम्झौताजन्य छ तर यसमा एक हदसम्म माओबादी सफल भयको छ! माओबादी जनयुद्द सम्झौतामा स्थगन गरियको त हो तर तेस्को निश्चित उदेश्य त्यो भनेको राजतन्त्रको अन्त्य पुरा भयको कारण वा हुने निश्चित भयकै ले त्यो स्थगित वा अन्त्य भयको हो! तर तेही केहि पक्ष वा समुह देशमा माओबाद ल्याउन कम्युनिस्ट ब्याबस्था ल्याउन भनेर पनि माओबादी युद्दमा सामेल भयका थिया र अहिलेको माओबादीको युद्द बिसर्जन र शान्तिमा अवतरण बात ति पक्ष असन्तुस्ट छन् भनेर देख्न बुझ्न सक्निन्छ भने तेही केहि पक्ष आफ्नो निहित स्वार्थ वा आफ्नो र आफ्नो पक्षको लागि कुनै स्पस्ट र भौतिक प्राप्तिको अभाबमा पनि असन्तुस्ट रहेको नदेखियको होइन!
      यहा हामीले बुझ्नुपर्ने मुख्यकुरा के हो भन्छु म भने,
      समाजबाद ल्याउन होस् या साम्यवाद ल्याउन होस् या लोकतन्त्रको लागि होस् यी सबै कुराको लागि हुनुपर्ने मुख्य र पहिलो सर्त भनेको सामन्तबादको अन्त्य हो र सामन्तबादको अन्त्यको सुरुवात नै राजतन्त्रको अन्त्यहो! राजतन्त्रको अन्त्य बिना तेहा सामन्तबादको अन्त्य सोच्नपनी मिल्दैन तेसैले तेस्को लागि पहिलो सर्त राजतन्त्रको अन्त्य हो र त्यो भयको छ! अब बाकि शामन्ती प्रथा शामंताबाद को अन्त्य भनेको क्रमिक प्रक्रिया हो र लोकतन्त्रको स्थापना संसथागत र समाज अनि देश बिकास भनेको निरन्तर प्रक्रिया हो यो तत्काल एक दशक मा हुने र भै हाल्नुपर्छ भन्नेकुरा होइन! किनकि यो एउटा देशको कुरा हो र देश एक दशक को वा एउटा दुइटा पुस्ताको लागि मात्र होइन यो कालान्तर सम्म को निरन्तरता हो!
      जहासम्म तपाहिले प्रचण्डले राजासंग कुरागर्ने भनेको कुरा छ,
      त्यो युद्द कालमा तत्कालिन रणनीति र कार्यनीतिमा धेरै कुरा बोल्नुपर्ने गर्नुपर्ने हुन्छ तेसैले त भन्छन प्रेम र युद्दमा जे पनि जायज हुन्छ!
      हुनत कसैको मन भित्र पसी उसको गुह्य कुरा थाहा पाउन सक्निन्न तेसैले प्रचण्डको भित्रि इक्छ्या जे जसरि हुन्छ प्रम बन्ने थियो या देशको रास्ट्रपति बन्ने छ! राजतन्त्र राख्नेगरी राजासंग संझौता गरि उसकै माताहतमा आफु काम गर्ने थियो यो ठोकेर भन्न सकिने कुरा त होइन तर समुहगत र सस्थागत एउटा युद्दको कुरा भने भन्न सकिन्छ र त्यो चाहि के हो भने यो देशको माओबादी युद्दको मुख्य उदेस्य राजतन्त्रको अन्तनै थियो जुन भयो!
      तत्कालिन परिस्थितिलाई लियर प्रचण्डले राजा संग सिधै बार्ता गर्छु भनेर भनेको कुरा लाइ तपाहिले जुन अर्थमा बुझ्नुभयो या अर्थ्यौनुभयो त्यो अलिक मनोगत छ! प्रचण्डले तेतिबेला अन्य पार्टीको नेता हरु लाइ घुर्क्यौना फकाउन धम्क्याउन भनेको कुराहरुलाई तपाहिले जोडेर एउटा मनोगत माला बनायर माओबादी युद्दलाई पहिर्याउने कोशिस गर्नुभयको छ यो मलाइ चाहि बिडम्बना पूर्ण लाग्छ!
      अब तपाहिनै भन्नुस तपाहिको खिचलो जग्गाधनी संग छ त तपाही अध्येमा जग्गा कमाउनेसंग बर्तागर्ना जानुहुन्छ? तपाही खेताला संग बार्ता गर्न चाहनु हुन्छ? र तेस्को के अर्थ? निर्णायक बार्ता हुन्छ त जग्गाधनी वा घर धनि संगनै हुन्छ होइन र? तर बिद्रोह र युद्दनै गर्न पर्ने स्थितिमा, जग्गाधनी संग जग्गा खोस्नुपर्ने वा घरधनीलाई खेद्नुपरने अबस्था र आबस्यकतामा चाहि खेताला मोही अध्यवाला संग मिलोमतो हुनसक्छ! यहा तेही भयको छ!
      प्रचण्डले पटक पटक आबस्यकता र परिस्थिति हेरी बुझी अन्य पार्टी र नेताहरुलाई झाट्ना कहिले सिधै मालिक संग बार्ता गरिन्छ भन्यो कहिले अब बार्ता इन्दियासंग गर्छु भने यी कुरा तत्कालिन परिस्थिति र रणनीति हो भन्ने लाग्छ मलाइ र यहि यस्ता परिस्थितिजन्य रणनीतिक कुरालाई लियर एउटा आमुल परिवर्तनको लागि छेडियाको युद्दलाई नजरान्दाज गर्न या तेसबारेमा मोनोगत धारणा बनाउन मिल्छ भन्ने लाग्दैन मलाइ तर तेसो गर्न पाउन्नस त भन्न सकिन्न क्यारे!
      कुनैपनि तान्त्रिक राजतन्त्रको बारेमा बहस गर्नुनै बेकार छ तेसैले हामीले अब लोकतन्त्र को मात्र कुरागरौ तेसलाई कसरि सबल र उच्चा बनाउने कुरामा बहस गरौ नाकी देशमा कुनैपनि सिंग र पुच्छर झुण्डययको राजतन्त्र को बारेमा बहस गरि समय फाल्ने!
      लोकतन्त्र को कुरागर्दा,
      पहिले नेता चिनौ, नेता र तिनीहरुको सोच अनि कार्यलाई नोट गरौ!
      जनता सुसुचित गराउ!
      नेतालाई खबरदारी गराउ!
      खराब र गलतको बिरुद्द जनजागरण चलाउ!
      आउदो चुनाबमा ति तामाग गु खाने नेतालाई गलहत्याउ!
      तर, अहिले नेताहरु वा पार्टी कार्यकर्ता देखि बित्रिष्णा लियर राजतन्त्र को चरण धुने कुरा नगर्दा नै राम्रो!
      त्यो त चोर खेद्न नसकी डाकाको सरणमा जानुबराबर भो!

      • * “राजतन्त्रको अन्त्य बिना सामन्तबादको अन्त्य सोच्नपनि मिल्दैन….”
        * “यो देशको माओबादी युद्दको मुख्य उदेस्य राजतन्त्रको अन्तनै थियो जुन भयो! …”

        गगनको बिचार अत्त्युत्तम छ| तार्किक कमेन्ट गर्ने सबैले दोहोर्याएर पढन म अनुरोध गर्दछु |

      • गगनज्यु
        अहिले कसैले मावोबादी फुटोस भनि लेखेकोमा मेरो के धारणा छ त्यो तपाईंहरुले पढी हाल्नु भयो होला/ लुनाज्यु पनि मावोबादी नफुटोस भन्ने अबधारणा राख्नु हुने कुरामा म बिस्वस्त छुँ/

        हेर्नुस गगनज्यु, म मात्रै होईन लुनाज्यु मात्रै होईन राजानै राम्रो भन्ने सबै मित्रहरुलाई पनि थाह छ कि ढिलो चांडो राजतन्त्र उन्मुलन हुन्छ नै/ कुरो यति मात्रै हो कि कसले कुन अबस्थामा नेपालको राजतन्त्र बिस्थापित गर्छ भन्ने कुरामा धेरैको चासो त् हुन्छ नै/

        गगनज्यु ” २०४८को संबिधानले राजाको कार्यकारिणी अधिकार छिनिनै सकेको थियो/ राजाले सदन र नेतालाई “हे यो नगर” भन्न सक्दैनथ्यो/ रास्ट्रको प्रमुख यस्तो निरह बन्दा अरु ईमान्दार भयको भय सायद मावोबादिले क्रान्ति गर्नु पनि पनि पर्दैनथ्यो होला/ तर कुरो तेसो भयन/ रास्ट्र प्रमुख निरह बन्ने बहुदलीय संबिधान व्यबस्थाको संविधानले बलियो नेता र दललाई राजा भन्दा निरंकुस बन्न सघायो/ प्रचंद्र्को बिद्रोह यसै कारण भयको थियो न कि राजतन्त्र बिरुद्ध/

        सदन र लोकको निर्णय मान्नै पर्ने रास्ट्र प्रमुखलाई राजा भने पनि रास्ट्रपति भने पनि के नै फरक हुन्छ गगनज्यु? यसै कारण तपाईंहरुले लुनाज्युको लोकले मानेमा राजा हुने लोकतान्त्रिक राजतन्त्रको खेदो खन्नुको कुनै आधार म देख्दिन है/

        • “सदन र लोकको निर्णय मान्नै पर्ने रास्ट्र प्रमुखलाई राजा भने पनि रास्ट्रपति भने पनि के नै फरक हुन्छ गगनज्यु?”
          madan bajracharya ज्यु, तपाही बाट यस्तो प्रतिक्रिया र प्रश्नको आपेक्षा थियन किनकि माइसंसारमा समसामयिक र देश अनि समाजका जल्दाबल्दा समस्या र कुराहरुको बहसमा व्यक्त प्रतिक्रिया र जवाफ हरुमा मेरो आखा जाने मध्यमा तपाहिको पनि अग्र पंक्तिमा पर्ने गर्छ! तर आजकाल तपाहिको प्रतिक्रिया र जवाफ हरु अलिक ओज बिहिन,हलुका, गहनता हराउदै गयको, फिक्का पाना बढ्दै गयको पाउन थालेको छु र चाहन्छु तेस्तो नहोस र तपाही लगायत सबैमा निखार आओस भन्ने चाहना राख्दछु (यसो भन्दा फेरी मलाइ अन्यथा नसोच्नुहोला)!
          तेसैले छोटो प्रतिक्रिया जवाफ लेखना करै गर्यो!
          मदन जी तपाहिले सोधेको प्रश्नको जवाफ दिन मलाइ निकै गाहारो परिराखेको छ किनकि यो तपाहिको स्तारवालाले सोच्ने र गर्ने प्रश्नै होइन भन्ने ठान्दछु म! तर तेही छोटो के लेख्दछु भने,
          भलाई यी दुइको गर्ने कार्य बराबर र समरूप होला तर,
          राजा (जे विशेषण भिरायापानी) शामंताबादको सस्थागत बिरासतमा जन्मशिद्द अधिकार हो! जुन जनताबाट चुनिने कुरा सपना र कल्पना दुवै गर्न मिल्दैन (बरु हात्ती बाट या अन्य जनावर बाट छानिन सक्छ!)
          : रास्ट्रपति कसैको बिरासत लिन कुनै कुल बंशमा जन्मिनु पर्दैन न त माला लियर आयको हात्ती कुरी बस्नु पर्छ किनकि यो नितान्त जनता बाट वा जनताको प्रतिनिधि बाट चुनिने हैसियत मात्र यसको एकमात्र सर्त हो!
          सायद यी दुइ बिचको फरक को लागि यत्तिनै काफी होला मदन ज्यु,
          धन्यबाद!

          • गगनज्यु/
            राजा मात्रै भनेको भय तपाईंको कुरा सयमा सय ठिक/ तर यहा लुनाज्यु लोकतान्त्रिक राजाको अबधारणा अघि सार्दै हुनु हुन्छ/ यो एउटा नौलो बिचार त् हो तर लोकतान्त्रिक राजा पहिलाकै जस्तो बंशानुगत हुने पंचायती हुने ठान्नु सहि होईन/

            हिजोको महाकाली बेचिन्दा पनि चुप बस्नु पर्ने राजतन्त्र बेठिक भय जस्तै रिसोर्टको कोठा क्याबिनमा बसेर गलत कुरामा गरेको सहमतिलाई धिकार्ण नसक्ने रास्ट्र प्रमुख हुने ब्यबस्थालाई लोकतान्त्रिक मान्न सकिंदैन, तर हामीलाई मनाउन खोज्दै छ त्यो पनि देस समेत टुक्राउने धम्कि दिंदै!!!! / यहि कुरामा लुनाज्युले हामीलाई सचेत गर्न खोज्दै हुनु हुन्छ/

            रास्ट्र प्रमुखको पदलाई के नाम दिने, तेस्को काम कर्तब्य र समय के हुने त्यो निर्णय गर्ने अधिकार लोकमा सिमित छ कोठा क्याबिन भित्र आआफ्नै ब्रायंडको व्हिस्किको चुस्की लगाउनेहरुलाई छैन/ लुनाज्युले आफ्नो बिचारले एउटा नाम सुझायको छ, के यो नेताहरुको लोकतन्त्रमा लुनाज्यु जस्तोलाई आफ्नो बिचार सुझाव प्रस्तुत गर्ने हक छैन? छैन भन्ने हरुले उहाहरुको अन्तरात्मालाई सोधुन उहाहरु कतिको लोकतान्त्रिक छ भनेर/

            म अझै दोहर्यायर भन्छु गगनज्यु कि लुनाज्यु तपाईहरुको सह्यात्रिनै हुनु हुन्छ उहाको सब्द मात्रै तपाईंहरुको भन्दा फरक छ तर बिचारमा भिन्नता नभयको म महसुस गर्छू/

            हामि सबैको खुट्टा दुईटा मात्रै हुन्छ/ तेसैको सहारामा हामि हिड्नु छ/ हिड्दा कहिले दाया खुट्टा अगाडी हुन्छ त् कहिले बाया/ गति र परिबर्तन यसैमा निर्भर हुन्छ/ ई दुई खुट्टाहरु नै यक अर्कालाई छर्के हान्न खोजे अरु लोतिन्दैन आफै लोतिन्छ/

            म मा आयको परिबर्तनको बारेमा सुझाउनु भयकोमा हार्दिक धन्यबाद/ “सहमत नभय बिरोध” यो लोकतन्त्रको निमित एउटा हटाउने पर्ने चुनौती हो/ यो मेरो कहिले न बदलिने बिचार पनि हो/ तपाईंले म मा देख्नु भयको परिबर्तनको कारक पनि हो/

            • madan bajracharya ज्यु,
              मैले माथि राजा (जे विशेषण भिरायपनि) भनेको पनि पढ्नु भय हुनेथियो!
              के लुनाको लोकतान्त्रिक राजतन्त्रमा राजा चार या पाच बर्ष वा भनौ दश दश बर्षमा जनताले चुन्ने हो? तेसो भय ल सायद म पनि सहमति हुन सक्छु!
              के त्यो लोकतान्त्रिक राजतन्त्रमा हाम्रा हिमालका शेर्पा दाजुभाई वा तराइ अनि मधेशका मधिसे बन्धु वा पहाडका मै गगने जस्ता ले उम्मेदबारी दिन पाइन्छ? वा हामीले भोट हाल्न पाइन्छ? के हाम्रा नेपालि दिदि बहिनि हरु त्यो राजा बन्ने हैसियतका हुन सक्छन?
              यो लुनाले भनेको लोकतान्त्रिक राजतन्त्रको अबधारणा र प्रारूप हरु के हुन्? यो नेपालि कांग्रेसको संबैधानिक राजतन्त्र अनि अरुले भन्नेगरेको प्रजातन्त्र मा कति र के कुराले फरक छ?
              मत भन्छु यो राजतन्त्र, प्रजातान्त्रिक राजतन्त्र, संबैधानिक राजतन्त्र,लोकतान्त्रिक राजतन्त्र भनेको,
              आइसक्रिम, भेनेल्ला आइसक्रिम, स्ट्रबेरी आइसक्रिम, चकोलेट आइसक्रिम भन्नु जस्तै हो!
              ब्यापार र ग्रहाकको स्वाद को लागि फ्लेभोर राखियको हुन्छ तर सबै आइसक्रिम नै हो आखिरमा तेस्तै राजतात्र र शामंताबादको पक्षपोषण गर्ने या भनौ राजतन्त्रको ब्यापार गर्ने ले जसरिपनि राजतन्त्र टिकाउन जनतालाई भरमा दिने गरि राजतन्त्रमा विभिन्न विशेषण पोतेर वा माला भिरायर हाम्रो माझमा पस्किने गर्छ त्यो बास्तबमै जनताको लागि बोझ र घातक कुराहो! तेसैले राजतन्त्र को बिरोध गर्नु भनेको सबै विशेषण भिरेको या नाभिरेको राजतन्त्र नचाहनु हो! आइसक्रिम नखानु भनेको आइसक्रिम चाहि नखाने तर भेनेल्ला आइसक्रिम चाहि खाने वा चकलेट आइसक्रिम पायचाही हुन्छ भन्ने जस्तो भयो!
              आइसक्रिम कत्तिपनि मन पर्दैन र स्वास्थको हिसाबले पनि खान हुदैन तर भेनेल्ला स्वादको भय चाहि हुन्छ भने जस्तै कुरा हो मदन जी?
              अब राजतन्त्रको बारेमा सोचेर हामीले हाम्रो अनि देशको समय बढी खेर नाफाल्दा राम्रो होला! जतिनै हवन र रुद्री लगायापानी यो मुजियम बाट उठेर फेरी आउनेवाला छैन किनकि समय धेरै अगाडी बढी सकेको छ!
              बरु तपाही हामीलाई नेता अनि तिनीहरुको कार्यसैली प्रस्तुति र बिचार आदि कुरा मन पर्दैन वा परेको छैन भने तेसलाई के गर्दा हुन्छ वा के गर्न सकिन्छ भन्ने तिर सोचौ लोकतन्त्रलाई कसरि सबल बलियो र दुरुस्त राख्न सकिन्छ सक्षम बनाउन सकिन्छ भन्नेमा बहस गरौ नाकी लोकतन्त्रको घाटीमा राजतन्त्रको पासो झुन्ड्याउने कुरा!
              पचास बर्ष अगाडी फाल्नु पर्ने कुरा यो देशको गालागाड आधा सेन्चुरी झुन्द्यायर बालात फ्याकियाको छ अब यो पिलो भन्दा त्यो गाँड नै जाति थियो भन्ने किसिमको कुराले आफैमाथिको बिश्वाश हराउदै गयको जनाउदछ!
              तेसैले हामीले लोकतन्त्र बाहेक अर्को नसोचौ!

  5. अब माओ बादी सकियो भनेर बुझदा हुन्छा सिद्दान्त को हिसाब ले नैतिकताको हिसाब ले अनि जनसमर्थन को हिसाब ले ……..

  6. एउटा कुरा मा चै प्रचण्ड लाई मान्नु पर्छ,
    उसले आफ्ना कार्यकर्ता लाई मज्जाले घोकाको छ , प्रचण्ड को खिलाप न उनीहरु बोल्न सकछन् न अरुको कुरामा सहमत हुन सक्छन , भेडा जस्तो .
    र यी प्रचण्डका भेडाहरु लैनचौर को महललाई कुटी र उसले चड्ने पजेरोलाई cycle देच्क्छन
    प्रचण्ड र प्रचण्डका भेडाहरुले जनयुद्द को अयुचित्य पुस्टि गर्नु पर्छ
    हज्जारौ जनता को बलिदानी के लैनचौर को महलका लागि हो ?

  7. बाझा बाझ नगरम, वाद विवाद गरम| तर्क साटासाट गरम| आफ्नु त् उही कुरोको अंश दोहोर्याउन पर्या छ|

    ……आउँदो चुनावमा माओवादीलाई अत्यधिक होइन खालि स्पष्ट वहुमतमा ल्याई एकचोटी एकल सरकार गठन गर्ने अवसर दिन पर्ने बिचारमा छु| यस्तो लाग्छ, अहिलेको बाबुराम सरकारले चाहेर पनि कतिपय आमुल परिवर्तनीय निर्णय लिन नसकेको एउटा मुख्य कारण बहु पार्टी सरकार गठन गर्न परने वाध्यताले हो|
    हाललाइ यही हो आफुलाई मनमा लागेको सिन्सियर बिचार जुन क्रियाकलाप र समय नियाल्दै जाँदा त्यही अनुसार पछी चेन्ज गर्ने अधिकार राख्दै व्यक्त गरेको छु|

  8. बैद्य जी ले माओबादी ले लुकाएर राखेका आधुनिक हतियार हरु को सुराकी दिएर देश लै अर्को लडाई बाट जोगाउनु पर्चा, कहाँ छन् ति लुकाएका , दर्ता नगराएका हथियार हरु ???

    कहाँ कहाँ छन् , हथियार बनाउने अड्डा हरु, कसरि ल्युठेय भारत , चीन बाट हथियार हरु………..को को हिजो क दिन मा आम मानिश बनेर तिनीहरु लै सहयोग गरेका थिए…….अनि १५००० नेपाली को ज्यान गयो………

  9. एकदम मनासिब कुरो परिवर्तन जी! दशौँ हजार मानिसहरुको हत्या र खरबौंको सम्पतिको विध्वंसको नतिजा स्वरूप हामीले अस्थिरता, बिखन्डन अनि अर्को एउटा एमाले पाएऊँ| विकास निर्माणका काम बर्षौं रोक्न बाध्य परेको, अबोध बाल-बालीका र सिर्जनसिल युवालाई निरर्थक युद्धमा होम्दा भएको आर्थिक र सामाजिक क्षतिको त झन् लेखा जोखा गर्न पनि गारो छ| हतियारको राजनीतिको पूर्ण समाप्ति पछी हुने निर्वाचनमा माओवादीले यसको मूल्य त चुकाउने पर्छ तर दुखको कुरो अक्षम्य अपराधको लागि न त इनिहरु जेल जाने भए न त अन्त्य “गद्दाफी” को जस्तो हुने भयो|

  10. राम्रा बेक्तिहरु सबै ओजेलमा परेका छन् , अनि टोक्ने र भुक्नेहरुको माझमा – कम र बढी कुन हो भन्ने मात्र हो, सबै एकै द्य्यंगकका मुला हुन् , ……….. येत्ति कुरा चाही पक्कै छ कि यो आहिले को पुस्ताले येस्ताई नौटंकीहरुको नाच हेर्ने भए. भोलिको नेपाल कहाँ हुने हो , यो नै ठुलो कुरा भयो ?……………एउटा राम्रो मेकनिस्म मात्रै बनाए पनि धेरै ठुलो काम हुने थियो, ……..जुधेरै बस्ने भए

  11. कम्युनिस्टहरुको सर्बनाश नभए देश नै सकिन बेर छैन.. जति सक्दो चाडो सबै कम्युनिस्टहरु नाश भएको देख्न पाउ!!!!

    • झिँगाको सरापले डिँगा मर्ने होइन महेशजी । यस्ता अर्थहीन प्रतिक्रिया जनाउनुको साटो के गर्दा राम्रो हुन्छ भन्ने ठोस कुरा आओस् ।

    • हैन हौ साथी हो यो महेश जी ले क लेख्नु भा हो ??????????? हजुर त पुरा कम्युनिस्टको बिरोदी पो हुनुहुदो रहेछा त मा पुस्पा जी को लेख संग १००% सहमत्छु.

    • महेश कुमारज्यु
      “कम्युनिस्ट” प्रति तपाईंको यो धारणा “गलत, नकली ढोंगी कम्युनिस्ट” हरुको कारणले बनेको हो भने म पनि तपाई संग संगै यस्ता “कम्युनिस्ट मुर्दावाद” भन्छु/ तर सहि कम्युनिस्टलाई त् जिन्दावाद भन्नै पर्छ महेशज्यु/

      कम्युनिस्टको सिद्धान्त मार्क्स लेनिन बा मावोको मात्रै हो भन्नेहरु कम्युनिस्ट हुँदै होईन/ साँचो कम्युनिस्टले फलाना मार्क्स बा मावोको हुकुम बमोजिम कहिले पनि भन्दैन उनीहरुको मुख बात निक्लेको सब्द सब्द कम्युन अर्थात समाज अर्थात तपाईं हाम्रो हुन्छ/ साँचो कम्युनिस्ट जहिले पनि हाम्रो बोलि बोल्छ हाम्रो निमित बोल्छ/ हाम्रो कुरामा सहमत हुन्छ उनीहरुको कुरामा सहमत हुनु पर्ने नभय….भनेर धम्क्याउन्दैनन्/

      साँचो कम्युनिस्टले सिद्धान्त माथि व्यक्तिबाद लाद्दैन/ समुदायलाई जात बर्गमा पृथकीकरण गर्दैनन्/ भोकाको बिचमा ८४ व्यंजन ज्युनार गर्दैनन्/ गरिब देसको गरिब रास्ट्रको सम्पतिमा लुट मच्चाउन्दैनन्/ यो अर्थमा हेर्ने भन्ने हो भने नेपालको कम्युनिस्टहरु कम्युनिस्टहरु होईन मरेको राना नवावको प्रेत्तात्मा हो भने हुन्छ/ महेशज्युले यस्तै कम्युनिस्टहरुको उन्मुलन हुनु पर्छ भनेको हो भने मेरो पनि समर्थन/

      तर साँचो कम्युनिस्टहरुको बारेमा हाम्रो धारणा कहिले पनि नकरात्मक हुन् सक्दैन/ किन भने हामि सबै कम्युन नै हो/ परिबार पनि कम्युन हो/ समाज पनि कम्युन हो देस पनि कम्युन हो/ हामि बाटै ई कम्युनहरु बनेको हो/ त् हाम्रो समुदाय र हामीमा कोहि असमान हुनु हुँदैन हामीमा कुनै बर्ग छुट्टिनु हुँदैन/ हामीमा कुनै काखा र कुनै पाखा हुनु हुँदैन भन्ने कम्युनिस्ट सिद्धान्तको बिरोध कसैले गर्नै सक्दैन/

  12. बल्ल आज चाही परिबर्तन जी ले एक दम सत्य लेख लेख्नु भयो ! हिजो सम्म सराधे गर्दै हिडेर छाक टार्ने बाहुन को छोरा प्रचंडे को आज जिबन सैली कत्रो हाई छ ! तेत्रो पैसा कहाँ बाट आयो ? हजो सम्म चप्पल किनेर लाउन नसक्ने नेता हरु अहिले करौड़ो पर्ने घर मा बस्छन र गाडी चडेर हिड्छन ! त्यो पैसा कहाँ बाट आयो ? हिजो सम्म हलो जोतेर र कुनै जमिन्दार को घर मा जाना (नोकर ) बसेर एक पसेरी धान मा दिनभरी मजदुरी गर्ने अनि Hero साइकल र Atlas साइकल दाइजो नपाए बुहारी जलाएर मार्न हरु नेता बने पछि करौड़ो को घर किनेर बसेका छन र गाडी पनि चडेर हिडेका छन ! त्यो पैसा सम्पति कहाँ बाट आयो ?

  13. मेरो पनि १, २ वटा विचार थपम है .
    क्रान्ति त्यो ठाउमा हुर्खिन्छ जहाँ आर्थिक विषमता हुन्छ , धनि र गरिब को बिचमा आर्थिक खाडल ठुलो हुन्छ . भोलि अमेरिकामै पनि आर्थिक स्थिति बिग्रिदै गयो भने क्रान्ति अबसंभावी छ .
    जो यथास्थिति मा खान पल्केको छ उसले त्यो धमिलो स्थिति लै राखिरहन्छ निकास निस्कन दिदैन . कुनै न कुनै निहु निकालेर देश लै बन्दि बनाईरहन्छ .
    हामी नेपाली ले बुझ्नु पर्ने कुरा के हो भने हामीलाई के चाहिएको हो ? हामीलाई चाहिएको आर्थिक बिकाश हो . सारा नेपाली आर्थिक रुपले सबल भए धनि गरिब , छुवाछुत , जति भेद सबै हराउछ . हामीलै चाहिएको स्वसासन हो . हामीलाई माओबादी , राजाबादी , काँग्रेस , कम्युनिष्ट केहि चाहिएको हैन . हेजोको स्थिति मा कर्णाली र काठमाडौँ , सप्तरी र काठमाडौँ को आर्थिक स्थितिमा समानता भएको भए , राजाकै सासन मा पनि जनता सुखी रहन्थे. तर त्यो स्थिति रहेन . भोलि लोकतन्त्र को सर्वोत्तम सासन मा पनि आर्थिक समानता आएन भने पनि जनता खुसि हुने छैनन्.
    तसर्थ अहिले को स्तिथि मा आर्थिक बिकाश कसरि हुन्छ त्यो हेरुम. सबै भन्दा पहिले औता स्वसन र आर्थिक मोडेल friendly सम्भिदन चाहिन्छ . त्यो चाहे रामे ले देवोस वा श्यामे ले देवोस , तेस्मा टाउको दुखाउनु जरुरि छैन . रामे र श्यामे को झगडा मा हामी पर्नु पनि आवस्यक छैन . अब कतिले यो सम्भिदन बनाउने momentum रोक्न खोजेका छन् . त्यो अल्झिना हुन्न . देशलाई यथास्थिति मा अड्काएर आफ्नो दुनो सोझौनेहरु धेरै छन् . अब सम्भिदन बन्न लै माओबादी फुट्नु परे फुटोस जुट्नु परे जुटोस .

  14. कुनै पार्टी वा संस्था फुट्न वा सकिन भन्दा पनि यो देशमा सम्पूर्ण नेता तथा जनताहरु आफैमा सुध्रन जरुरि छ । देश जोगिन जरुरि छ अनि विश्व मानचित्रमा नेपाल रहन जरुरि छ । यहाका पार्टी र राजसंस्थाले आफ्नो कर्म देखाइसके । मलाई त यस्ता पार्टी अनि राजसंस्था केहि चाहिएन । शान्त, सुशासित र सुन्दर नेपाल चाहिएको छ । तपाइहरुलाई पनि त त्यहि चाहिएको होला नि हैन र ? त्यसैले हामीले अब क गर्न सक्छौ र के गर्न जरुरि छ त्यतातिर लागौ यो व्यर्थको बहसभन्दा । कसरि देशलाई एउटा असल नेतृत्व दिने त्यसमा विचार गरौ अनि अहिलेको नेतृत्वले पैदा गराएको बैराग्य लाई समाप्त पार्ने अभियान सुरु गरौ……..

  15. नेपाली के चाहन्छ?
    यो कुरा आजको नेताहरुलाई, आफ्नो अभिस्ट स्वार्थ पुरा गर्नको निमित नेपाल र नेपाली तुक्रियुन भनेर चाहनेहरुलाई तर्साउने कुरा बनेको छ/ ठुलो फराकिलो कुर्सिको निमित “जात सिट नेपाल विनिमय गर्न खोज्ने” नेताहरु नेपाल फुटाउन चाहनेको दलले पिल्ले बनेकोछ/ तिनीहरु नेपालीले के चाहन्छन भनेर सोध्न चाहँदैन भन्नु भन्दा सोध्न हिम्मत गर्न सक्दैनन् भन्नु उपयुक्त हुनेछ/

    हो नेपालमा राजाहरुले के हि गल्ति गरे/ काखा पाखा गरे/ अलि सत्य पनि तर देस नै बिगारेको चाहिं थियनन/ नेपाल बनायको राजाहरुले नै हो/ नेपाल बचायाको पनि राजाहरुले नै हो/ राजाहरुको गल्ति मात्र यति नै थियो कि बदलिँदो नेपालमा नेपाली के चाहन्छ भनेर सिधै नेपालीहरुलाई सोधेनन; आफ्ना चाकरीमा लागेको हुक्के बैठकेहरुलाई सोधे त् गलत सल्लाह पायो/ अनि राजाहरु बात पनि गल्ति भयो/ त् गद्दिनै गुमाउनु पर्यो/

    २०१७ सालमा भाई नेताले लखेटेको दाई नेताको कुरा सुनेर महेन्द्रले पंचायत लादे/ बिरेन्द्रको भारत बिरोधि अडान मन्थर पार्न इन्दिरा गान्धीको फर्मुलामा पंचायत सिट मेल मिलाप गरेर पंचायत प्रवेश गर्न आएको नेताको संकेत अनुशार बिरेन्द्रले धाँधली गरेर पंचायत जितायो/ पदकै निमित मात्र शेरबहादुरको समर्थन गरेको माधवको सल्लाह मानेर ज्ञानेन्द्रले शेरबहादुरको सरकार भंग गर्यो/ नतिजा आज उनीहरुकै अगाडी छ/ उनीहरु त् आफ्नो गल्तिको सजाय भोगे तर तिनीहरुको गल्तिको सजाय हामि नेपाली समेत भोग्नु परेको छ/

    समस्त नेपालीहरुलाई नेपालमा राजाहरुको देन के छ र राजाहरु बात हुन् गयको गल्तीमा को को दोषी छ भनेर राम्रै सिट थाह छ/ हो राजाहरु बात गल्ति भयो तर राजाहरुले नै नेपाल बनायको र बचायाको थियो यो कुरा अहिले राजा बिरोधि बनेका उहिले राजाको हुक्के बैठके नेताहरुले जति राजाको बिरोध गरे पनि नेपालीले भुल्न सक्दैन/ यसै कारण ई नेताहरुले नेपालीले राजाको नाम लियको सहनै सक्दैन/

    राजा सच्चिन सक्थ्यो/ तर ई नेताहरु त् सच्चिन सक्ने प्राणि नै नभयको आजको अबस्थाले प्रमाणित गर्छ/ ई कुर्सि छोड्न नचाहने नेताहरु जत्तिकै “कुजात” राजाहरु भई दियको भय सायद नेपालको आधा जनसंख्या “लास” बन्थ्यो होला र ती लासहरुको बिचमा ई राजा बन्न राजा हटाउने नेताहरुको लास पनि कहीं कतै कुहि रहेको हुन्थ्यो होला/

    तल लुनाज्युले लोकतान्त्रिक राजतन्त्रको बिचार अघि सार्नु भयो/ नाम मात्रको मावोबादी कांग्रेसी एमाले मित्रहरुले लुनाको बिचारको आलोचना गरे/ सच्चा मावोबादी जातिवादी मधेश बादी हुनै सक्दैन/ सच्चा कांग्रेसी प्रजातान्त्रिक नै हुन्छ जनता सिट सोधेरै मात्र नीतिगत निर्णय गर्छ/ सच्चा यमाले ले ओली माधवको भजन गायर मारियको मदन भण्डारीको तस्वीरलाई जिस्काउन्दैनन्/

    मावोबादिले बिद्रोह सुरु गर्दा राजतन्त्रको बिरोध गरेको थियनन/ तेती बेला कांग्रेसले पनि संबैधानिक राजतन्त्र मान्दै आयकै थियो/ तर दिल्ली सम्झौता पछी कांग्रेस यमाले मावोबादीले राजतन्त्र उन्मुलन गर्ने कुरा माने/ ईनिहरुले मानेको हो बा मनायको हो; यो कुरा कोट्याउनु नपर्ने तितो सत्य भयको आज हाम्रो अगाडी नै छ/

    राजतन्त्र भारत बिरोधि भयको कारणले भारतको चाहना बमोजिम हताईयाको हो; मावोबादी हतायाको होईन कांग्रेसले त्यागेको होईन/ टनकपुरको बाँध बनाउन नदिने, १९५०को सन्धि मृत सन्धि हो भन्ने बिरेन्द्र मावोबादीको सत्रु हुनै सक्दैन/ लुनाज्युको लोकतान्त्रिक राजतन्त्र मावोबादीको चाहना थियो भन्ने कुरा मावोबादिले पहिला राजतन्त्रको बिरोध नगरे बाटै प्रमाणित हुन्छ/ तर दिल्ली सम्झौता भय पछी सबै को बिचार उल्टियो/

    संबैधानिक राजतन्त्र, अर्थात् संविधानले चाहेमा मात्रै राजा रहन सक्ने ब्यबस्था लोकतान्त्रिक ब्यबस्था हुन् सक्दैन? के जनताको प्रतिनिधिको सदनको बहुमत बात हटाउन सकिने राजतन्त्र लोकतान्त्रिक होईन?

    यदि संबिधान र सदनले हटाउन सकिने राजतन्त्र लोकतान्त्रिक होईन भने ‘संबिधान लत्यायर आफु पहुमा सहमति गरेर जनताले न चुनेको फालेको बटुलेर यसको पालो पछी उसको पालो भन्दै यो त्यो अंगालेर कुर्सि नछोड्नेहरु कसरि लोकतान्त्रिक हुन् सक्छ?

    लोकतान्त्रिक नेपालमा कोहि कांग्रेस बन्न सक्छ मावोबादी बन्न सक्छ मधेश बादी पनि बन्न सक्छ त् कोहि किन लोकतान्त्रिक राजा बादी बन्न सक्दैन? देसको ब्यबस्था जनताले रोजे अनुशार हुने “तन्त्र” मात्रै लोकतान्त्रिक हुन्छ/ नेताहरुको कोठे सहमतिको बिकल्प नहुने ब्यबस्था कसरि लोकतान्त्रिक हुन्छ? के आजको ई नेताहरु आफुलाई बिरेन्द्रको कुरा छाडू, ज्ञानेन्द्र भन्दा राम्रो छ बा छैन भनेर सोध्ने हिम्मत छ?

    • मदन जी. तपाइको लेख एकदमै यथार्थपरक लग्यो, जब सम प्रतेक नेपाली ले निस्पक्च्या देस को बारेमा सोचेर सत्य बोल्ने हिम्मत गर्दैन ,तब सम्म अहिले मात्र किन र २०४६ साल पछि २४ वर्ष बित्यो मा guarantee का साथ बहाना सक्छु आझै ५० वर्ष सम्म पनि येही तल हो वने नेपाल आझै पतन हुनु निश्चित छ .त्यो बेला देश मात्रै होइन , नेपालीपन मा पनि सबै लगाम लागिसकेको हुनेछा …..

  16. माओबादी फुटेर होइन जुटेर अघि बढ्न आबस्यक छ, बैद्द ले भने जस्तो जबर्जस्त सत्ता कब्जा गर्ने नीति कहिलै पनि सम्भव हुदैन, तर यहाँ प्रचण्ड को नीति धेरै चलाखी पूर्ण तरिकाले आगाडी बढेको देखिन्छा जस्तो कि — कुनैपनि हालतमा आउने चुनाबमा दुइ तिहाई लाउने चाहे पैसा कति नै नलागोस (तेही भयर त होला नि अरबौ रुपया collection गरेको) चाहे YCL , जना परिचालन कति नै लगाउन नपरोस मतलब आउने चुनाब आफ्नै पोल्टा मा पार्ने ……… अनि त भाई संबिधान …… तर यो नीतिले ५०-५० को सम्भावना हुन्छ

  17. आदरनीये मित्र हरु, तपाईहरु मध्हे कोहि धेरै नै लुना जी को पछाडी परेको मा दुख; लाग्यो किनकि मा लुना जी को विचार मा पूर्ण सहमत छु./
    किन मित्रहरु लाइ राजनीतिक पार्टी मिलेर नेपाल लै सोमालिया बनाएको हेर्ने इच्छा छ?!!!!!!!!!!!!!!!!! बिन्ति छ मित्रहरु ,अब कसरि सोमालिया बन्छ भनेर प्रतिप्रशन चै नगर्नु होला. मलाई बिस्वास छ यतिधरै अभुझ त हुनुहुन्न होला…………/
    २०४६ साल भन्दा अघि दुइछाक खान नपुग्नेहरु अहिले खरबौं को मालिक कसरि भए?!!!!
    नेपाल लै रित्याएर बिदेसी ढुकुटी भर्नेहरू लाई के भनूहुन्छ?!! लुना जी जस्तै म पनि आम नागरिक को हैसियेतले माओबादी पार्टी संग आशाको नया किरण पलाएको थियो केहि वर्ष अगाडी/ तर त्यो ताश महल भन्दा पनि छिटो भत्कियो/ जहासम्म राजतन्त्र को कुरा छ महाराज ज्ञानेद्रले जे गरे तेस्लाई म गलत रुपमा लिदीन, किनकी उनले देखि सकेका थिए कि राजनीतिक पार्टी हरु ले राजनीति को नाममा कसरि बेदेसी को पछाडी पुछार हल्लुदैछ्न, दलाली गर्दैछन/ उनले जनमानस लाई केहि हदसम्म बुझ्ने कोसिस गरेका थिए त्यो बेला,बस भाग्येले साथ दिएन/,र उनले सचाराजा को धर्म निभए राजगद्दी छोडेर / त्यो त हाम्रो सामु नेइ छ हैनर मित्रहरु? मेरा अदारनिये साथीहरु माओबादी र पार्टी हरु ले केहि गर्न नसकेपछी हात मिलाएका हुन् नेपाल लाई बर्बाद बनाउन/ नेपाल को इतिहास ले कहिले पनि कोइरालालाई माफ नगरोस…….जी पी कोइराला त अहिले नर्क म होला कुकुर………!!!!!!!!!!!!/ र इतिहासले प्रचण्ड लाई पनि माफी दिने छैन/ तेत्रो नेपाली को रगत बगायो दाजुभाईलाई एकार्काको विरुधहमा लडायो किन त्यो कुकुर को छोरा लाई सगरमाथा चढ़ुना? या त तेस कुकुरको परिबार लाई महल म बसौन? हो मित्र हरु येस्ता धेरै कुरा हरुले नेपालीहरु चिढिएका छन, ति सचा नेपाली मधें म र लुना जी त उदाहरण मात्र हो

    • जहासम्म राजतन्त्र को कुरा छ महाराज ज्ञानेद्रले जे गरे तेस्लाई म गलत रुपमा लिदीन, किनकी उनले देखि सकेका थिए कि राजनीतिक पार्टी हरु ले राजनीति को नाममा कसरि बेदेसी को पछाडी पुछार हल्लुदैछ्न, दलाली गर्दैछन/ उनले जनमानस लाई केहि हदसम्म बुझ्ने कोसिस गरेका थिए त्यो बेला,बस भाग्येले साथ दिएन/,र उनले सचाराजा को धर्म निभए राजगद्दी छोडेर / त्यो त हाम्रो सामु नेइ छ हैनर मित्रहरु? मेरा अदारनिये साथीहरु माओबादी र पार्टी हरु ले केहि गर्न नसकेपछी हात मिलाएका हुन् नेपाल लाई बर्बाद बनाउन/ नेपाल को इतिहास ले कहिले पनि कोइरालालाई माफ नगरोस…….जी पी कोइराला त अहिले नर्क म होला कुकुर………!!!!!!!!!!!!/ र इतिहासले प्रचण्ड लाई पनि माफी दिने छैन/ तेत्रो नेपाली को रगत बगायो दाजुभाईलाई एकार्काको विरुधहमा लडायो किन त्यो कुकुर को छोरा लाई सगरमाथा चढ़ुना? या त तेस कुकुरको परिबार लाई महल म बसौन? हो मित्र हरु येस्ता धेरै कुरा हरुले नेपालीहरु चिढिएका छन, ति सचा नेपाली मधें म र लुना जी त उदाहरण मात्र हो

  18. त्यसैले त नेता हरु को पछि लग्न हुन्न, उनीहरु को चर्को भासन मा भर पर्नु हुन्न, के सहि हो के गलत हो तेस्को हामी ले बिस्लेशन गर्नु पर्छ अनि सहि को पछि लग्नु पर्छ. र सहि लै साथ् दिनु पर्छ. नेता हरु लै मात्र के दोष दिने हामी नै उस्तै छौ. उनीहरु लै नेता हामी ले बनाएका हौ, यदि हामी सहि नेता चुन्न सक्दैनौ भने दोष हाम्रो पनि छ.यसैले अरु लाई मात्र दोष दिनु भन्दा हामी ले आफ्नो कमजोरी पनि एकचोटी केलाउने हो कि? यदि येस्तई मानिस हरु लाई हामी ले नेता बनाई राख्ने हो भने हामी ले सधै येस्तई नियति भोग्नु पर्छ.

  19. माओवादी फुटे फुटुन, जति फ्याक भए पनि हुन्| अहिलेको यो गम्भीर घडी नौटंकी गरने हैन|
    आफुलाई सबै पार्टीले बितृष्णा जगाएको छ| माओवादी, राजावादी, कांग्रेस, एमाले झाले सबै दलहरुले देशलाई गंगामा बगाए|
    समान अधिकार र समय अनुसारको आर्थिक समुन्नती अंगाल्ने समाजवादी व्यवस्था ल्याउला भनेर भरोसा गरिएको ने. का. ले देश खत्तम पार्यो| यो गिरिजा पार्टी बन्यो| गिरिजाले आफु प्रथम राष्ट्रपतिमा प्रचन्डले अनुमोदन नगरेको झोंकमा रामबरणलाई अघि सारे अनि त्यही गीतमा ताली बजाउंदै एमालेले परमानन्दलाइ भोट हाले| कांग्रेसीहरुले भित्र भित्र के भने कुन्नी तर सबैले भोट हालेर त्यसमा सहमति जनाए| आफु माओवादी नभए पनि र माओवादी दर्शन र माओवादी नेताहरुका कतिपय कार्य र कार्य पद्धति प्रति बिमति राख्दा राख्दै पनि आउँदो चुनावमा माओवादीलाई बहुमतमा ल्याई एकचोटी हेर्ने अवसर दिन पर्ने बिचारमा छु| यस्तो लाग्छ, अहिलेको बाबुराम सरकारले चाहेर पनि कतिपय आमुल परिवर्तनीय निर्णय लिन नसकेको एउटा मुख्य कारण बहु पार्टी सरकार गठन गर्न परने वाध्यताले हो|
    हाललाइ यही हो आफुलाई मनमा लागेको सिन्सियर बिचार जुन क्रियाकलाप र समय नियाल्दै जाँदा त्यही अनुसार पछी चेन्ज गर्ने अधिकार राख्दै व्यक्त गरेको छु|

  20. साथीहरुको कमेन्टको neutralize गर्दा भनौ या १२ बुंदे को निचोड गर्दा भनौ, नेपालका होनहार भैया अमरेश सिंग नै दे-फ्याक्तो रास्ट्रपति हुन् ! प्रचण्ड-बबुराम,झुसिल-सिटौला, नेपाल-ओली, सुर्यबहादुर-गछेधर, महतो-गुप्ता यी सबैलाई यी होनहार बिहारी भैयाको आबस्यकता र निर्देशन को खडेरी परिरहन्छ !

  21. एकदम वास्तविक र एकदम सत्य लेख . राजाहरुले सयौ बर्ष राना हरुले पनि , काँग्रेस ले अनि एमाले ले लुट्नु लुटे अब यो माओबादी….यिनीहरुले त जनताको ज्यान पनि लुटे कति मारे कति यिनकै कारण ले मारीए . यी माओबादीहरुले परिवर्तनको नाममा देशलाई आलो घाउ दिए अब घाउ पाकेर इन्फेक्शन भैसकेको छ अब उपचार गर्नुको साटो यिनीहरु त्यो घाउमा नून छार्कैदै छन् ….कठै नेपाल आमा र जनता ….आमा तिमीलाई आफ्नै सन्तानले र हामीलाई हाम्रै मान्छेले बिल्लीबाठ बनाए ………..

  22. लोक तन्त्र को सौन्दर्य नै येही हो,जो पार्टी या नेता जनता प्रति जिम्मेवार हुदैन उ सकिन्छ समाप्त हुन्छ.राजतन्त्र सकियो,कांग्रेस,एमाले खियीये,माओबादी पनि जनता प्रति जिम्मेवार नहुने हो भने सकिन्छ,फेरी अर्को नया लोकतान्त्रिक शक्ति को उदय हुन्छ.

  23. जसले नेपाल लै जातीय को आधार मा टुक्रा पारेर एस्तो हालत बनायका हुन् ,तिनीहरु त १ चोटी मात्र हैन लाख चोटी टुक्रिएर टाउको एउटा पार्टी को अनि खुट्टा अर्को पार्टी को हुन परोस.
    | खै हाम्रो रास्त्रियता , आज एउटा ले मदेश लै कर्के आखा ले हेरय फासी दिन्छु भन्दा पनि चुप लगायर बसका छौ | who is responsible? who killed 14000 people for the shake of power and to hang photo in the singadurbar.
    संबिधान त बन्ला तर क सचे सान्ति औचा होला र ?

    तेइ भयर श्री पशुपतिनाथ को आशिर्बाद ले देश टुक्राउने पार्टी छिटो समाप्त होस् |

  24. परिबर्तनजीको जातिय संघियता सम्बन्धी लेखमा मैले सानो प्रतिक्रिया लेखेको थिए । उक्त लेख अत्यन्तै पक्षपाति थियो । तर यो लेख भने केही सन्तुलित लाग्यो । तर पनि समाधानको गाँठो भने खुल्नसकेको छैन । लेखनमा सुधार भने अबश्य भएको मान्नु पर्छ । धन्यबाद

  25. हामी नेपाली एक अर्काले अर्कोको अस्तित्व स्वेकर्दैनौ / माओबादी फुटे मस्ती लुतौला भन्ने सोचेका होलान अब फेरी आर्थिक विशेषगरी बेरोजगारी समस्या समाधान नभए १५००० मात्र हैन १५ लाख भन्दा बादी मर्नेछां ति मध्ये तपाई वा म पनि पर्न सक्छौ . एती चै सबैले हेक्का राखौ. नेपाल नै फर्कन नपर्ने लै चै कांग्रेस सत्तामा मा आए फाइदा हुनेछा. त्यो नि बिना कारण. नेपाल अस्तित्व मा रहुन्जेल लुट्न पिछा भन्ने होला यी बिदेसियेकहरुलाई .

  26. हुनु त राजा बादी हरुको सोचाई र अरु पार्टी को सोचाई कहा मिल्छ र अजै पनि लुना जी लाइ नेपाल पन्च्य अरु कै राज होस् भन्नि चाहना होला तर तपाई जस्तो बुद्दी जीवि ल्य योस्तो कुरा गर छ भनि अरु हरु को सोचाई कस्तो होला?
    देस बिगरनी भनेको तपाई हरु जस्तोले नै हो. अलिक दिमाग लगौनुस सदै एकै खाना खादा वोक्का लाग्नु पर्नी हो????? लुना जी

  27. हिजो संबिधान सभा चुनाब को बेला:
    “सबै लाई हेरियो पटक पटक, माओबादी लाई हेरौं एस पटक”

    आज सरकारमा रेहेको बेला:
    ” सबै ले लूत्यो देश लाई पटक पटक, maobadi ले लूट छ एस पटक”

    • बस्ताब मा देश लै लुटेको भन्दा पनि तपाई हामी जनता लै लुटेको हो … हाम्रो नै पसिना बगाएर बनाएको देस को ढुकुटी लुटे को हो .

  28. Mr Harihar, it seems very clear to me which background you are from from your comment.The geographical boundry does nothing to do for the common people like me to understand the ground reality of my birth place.It is non of your business to raise question about my birth place .As far as education is concerned, i am highly ducated and qualified not only in my nation but also in foreign land.Kathmandu is the place where i have taught many students from colleges and schools too but couldnot get opputunity to broden your knowledge about different aspects of life.

  29. वास्तवमा सबै जुट्नु जरुरि छ !!!! कसले अनि कहिले बुज्ने यो कुरा ????

  30. साथी हो,
    टाउको दुखाउनु बेकार छ | पार्टी फुटे पनि आफ्नो स्वार्थ पुरा गर्न चाहिँ नेता भनाउदाहरु एक हुन्छन् | खाली देश बनाउने कुरामा मात्र हो यिनीहरुको झगडा | देशको ढुकुटी एक आपसमा बाड्न जो जहाँ भए पनि सहमति हुन्छ |

  31. माओबादीमा मौलाएको अराजकता लाइ नकार्न सकिन्न र यो अराजकता मौलाउनुको कारण पनि लुकेको छैन । अहिलेको अवस्थामा कोहि पनि फुट्ने होइन जुट्ने हो । बहस, तर्क र सहमति को निम्ति शक्ति सन्तुलन आवश्यकता हुन्छ नै, तेसैले माओबादी मात्र होइन कुनै दल फुटेको राम्रो होइन । ” माओबादी धेरै उड्यो( शक्तिशाली भयो ), यसलाई साइजमा ल्याउनु पर्छ अनि बल्ल सहमति हरु हुन्छन ” भनेर नेपाल का बरिष्ठ नेताहरुको मुख बाट सुनेकै हो । साइजमा ल्याउनु भनेको के हो? उनीहरुको दल जस्तै जनता माझ अलोकप्रिय बनाउनु हो, सो भयो । अहिले बैध्य पक्ष्य को असन्तुष्टि र पार्टी फोर्ने धम्कि त उनीहरु लाइ बढार्नु पर्ने कसिंगर हावा आएर उडाईदिए हुन्थ्यो जस्तो भै रहेको छ । माओबादीका नेताहरु पनि सबै यौटै खाल्डोमा हालेर पुर्ने खालका जस्ता मात्र छन् । जनताले बिश्वास गरे अनुरुप जनपक्षीय काम त गर्न सकेनन सकेनन आफ्नो छबी त खराब गर्नु हुन्न नि…भाते हरु…

  32. परिबर्तन जी
    तपाईको लेखले जुन यथार्त बोलेको छ त्यसलाई मनन गरेर हेर्दा माबोबादी
    पार्टी फुट्नु मात्रै होईन ‘समाप्त’ हुन जरुरि छ !
    हिजोको नागरिक न्यजमा ‘ ‘शिविरमा पौने ३ अर्ब भ्रष्टाचार’, दाहालविरुद्ध अख्तियार गुहार्दै वैद्य पक्ष ‘ — —
    राजनीतिको मुखुण्डो भिरेर देश र जनतालाई धोका दिने काम माबोबादी पार्टी
    हुँदै कांग्रेस – एमाले तथा अन्य पार्टीले पनि गरिरहेका छन् — त्यसैको फल नेपाल एशिया कै धनि रास्ट्रमा गनिन सक्ने हुनुपर्नेमा आज एशियाको गरिब रास्ट्र बन्न पुगेको छ — देश गरिब बने पनि यो देशमा राजनीति गर्ने नेताहरु ( एकाध छोडेर )
    चै धनि बन्न पुग्या छन् — अब कुन कुन नेता धनि बन्न पुगे त्यसको नाम
    नालेखु यहाँ — साध्य चल्दैन —
    यस्तो स्थिति देख्दा कैले त के लाग्छ भने आर्मी शासन नै लागु भईदियोस ! तर
    त्यस्तो कामना गर्न सकिदैन हाम्रै छिमेकी बर्मा को हालत देख्दा देख्दै —

    शसांक जी हरु लेख्नु हुन्छ , धैर्य गर्नुस — तर कैले सम्म ??? हामीलाई हामी
    जिउदै हुँदा हाम्रो देशले प्रगति गरेको हेर्ने इछ्या छ — हिजो ( १५- २० बर्ष अघि )
    हाम्रा नेपाली बिस्वको बिभिन्न देशमा पुग्दा जुन शान थियो , जसरी तिनलाई ‘नेपाल’ देशको नागरिक भनेर मान मर्यादा ममताले हेरिन्थ्यो आज तपाई
    हरु छातीमा हात राखेर भन्नुस छ त्यो स्थिति ???
    मुलुकको स्थिति उँधो लागे पछी जनताको स्थिति पनि उँधो लाग्ने नै भयो —
    बेस्मारी बिस्वास थियो माबोबादी पार्टी चै देश र जनताको लागि हुन्छ भनेर तर
    आज त्यो बिस्वास टुटेको स्थिति छ —-
    यस्तो तालले भोलिको नेपाल के हुने हो ? हिजो राजसस्था हुँदा के हामीले यस्तरी
    चिन्तित भएर सोचेका थियौ ??? आज जे भई’राख्या छ यो हद सम्मको हालतमा
    पुग्ला नेपाली राजनीति भनेर हामीले सोचेकै थिएनौ !
    राजतन्त्रको छत्रछाँया मुनि धेरै सुरछित थियौ हामी आजको परिस्थिति भन्दा —

    बरु बैध पक्ष्य यदि साच्चै नै ईमान्दार हुन् र देश प्रति चिन्तित छन भने तिनले
    राजसस्था संग हात मिलाउनु जरुरि छ !!! बैध पक्ष्य जस्ता अरु पनि ईमान्दार
    नेताहरु छन् भने बेलैमा सोचून !
    हैन यस्तै तालले मुलुकको राजनीति अघि बढ्ने हो भने यिनै नेताहरुले गर्दा
    हाम्रो मुलुक भोलिका दिनमा पूर्ण रुपमा भारत या चीनको स्वशासित मुलुक बन्ने
    छ —- हिजो राजतन्त्र हुँदा कम्तिमा त्यो दुर्दिन को कल्पना गर्नु परेको थिएन —
    लोकतान्त्रिक राजतन्त्र मार्फत देश भक्त ईमान्दार नेताहरु सारथि बनेर राजनीति हाँके मुलुक उँभो लाग्ने छ !

    • कसैले वक्तव्यबाजी गरेको र सञ्चारमाध्यमले प्रचारबाजीमात्र गरेकै भरमा माओवादी सकिनुपर्छ भन्ने सोच पूर्वाग्रही हो । राजतन्त्रको वकालत गरेबाट लुनाजीको हकमा त पूर्वाग्रहमात्र होइन तपाईंलाई राजतन्त्रको भूत नै लागेजस्तो छ ।

      लुनाजीलाई थाहा रहनेछ कि नेपाली जनतामात्र होइन स्वयम् माओवादी नै राजतन्त्रको समाप्तिमै लागेको थिएन । राजतन्त्र किन समाप्त पारियो भन्ने कुरा घामझैं छर्लंग छ । तैपनि ल मानिलिउँ ‘लोकतन्त्रसहितको राजतन्त्र’ (जुन कुनै कोणबाट पनि सम्भव र स्वाभाविक छैन) फेरि ब्यूँताउँला रे ! तर राजा कसलाई बनाउने लुनाजी ? बस यही एउटा प्रश्नको चित्तबुझ्दो उत्तर दिनुस्, म पनि राजतन्त्रवादीमा दरिनेछु ।

      • पुष्प जी
        तपाईले तपाईको महान नेता प्रचण्ड जी लाई देखे झैँ म जस्ता सर्बसाधारण
        नेपाली पनि छन् जसले अझै नेपाललाई राजतन्त्रको खाँचो रहेको महशुस गर्न
        पुगेको र तपाईको प्रश्नको उत्तरमा हाम्रा भू पू राजा ज्ञानेन्द्र बिर बिक्रम शाहदेब
        नै राजा .
        अब तपाईले पक्कै भन्नु हुने छ तिम्रा भू पू राजाले यो गरे त्यो गरे — पुष्प
        जी ! हाम्ले पनि भन्ने छौ हाम्रा महान नेताहरुले के गरिरा’छन् ऐले ??? —

        हिजोको नेपाल सम्झिऔ !
        आजको नेपाल हेरौ !
        यदि यस्तै ताल हो भने भोलिको नेपाल ???
        पुष्प जी भगवान पशुपति नाथ लाई सम्झिएर भन्छु ( कसम खाएर )
        मेरो मन एकदम डराएको छ देशको स्थिति देख्दा — म त राजनीति गहिएर
        बुझ्न नसक्नेमा परे ( एकदम सत्य हो यो कुरा , मैले बुझ्नै सकिन ) तपाईहरु
        संग भएका भिजन हरु लेख्दै जानु होला . छलफल हुनु पर्छ .
        मेरो सोचाई फरक भए पनि म पनि तपाई हरु जस्तै नेपाललाई माया गर्ने नेपाली
        नागरिक हु .

        • राजनीति नबुझेको भन्ने मान्छेले सीधै ‘माओवादी सकिनुपर्छ’ भनेर भन्नु असुहाउँदो कुरोमात्र होइन बुद्धिमानी पनि होइन ।

          मुट्ठीभर आसेपासेलगायत राजनीति नबुझेका केही जनताले राजनीतिक खिचातानीको चरम अवस्थामा राजतन्त्र सम्झिनु अस्वभाविक होइन । तर बुझ्नुपर्ने कुरा के हो भने जनताले राजतन्त्र सम्झेका अवश्य छन्, तर ज्ञानेन्द्र होइन । त्यसैले राजतन्त्रवादीहरूले अहिले नै राजतन्त्र ब्यूँतिएको सपना देख्नु र त्‍यसको पक्षपोषण गर्नुको कुनै तुक छैन । बरु मैले पहिले पनि भन्या हो कुनै दिन राजतन्त्रको टड्कारो आवश्यकता खट्किएको अवस्थाका लागि ज्ञानेन्द्रका नातिलाई एउटा सच्चा नागरिककारूपमा तयार पारिराखे हुन्छ । तर अहिले देशको राजनीतिले राम्रो गती लिइराख्या बेला ‘यो फुट्नुपर्छ, त्यो सकिनुपर्छ’ भनेर कुर्लिनुको कुनै अर्थ छैन ।

          • पुष्प जी, तपाईं र लुनाजिको अरु वार्तालिप तिर जान्न म अहिले किनकि मलाई कुनै माओवादी पनि चाहिन्न र राजा पनि चाहिन्न| चाहेको मात्र आर्थिक सम्वृद्धि हो, जसले सुकै गरोस!

            अब कुरा रह्यो “राजनीति” बुझ्ने| कसरि गर्ने यसको मापन? बताइदिनु भए बेस हुन्थ्यो| अझ मतदाता को योग्यताको लागि परिक्षा नै पो लिने हो कि, पुष्प जी?

          • फगत ज्ञानेन्द्रसंग मात्र रिस थियो भने हृदयेन्द्रलाई राजा बनाएको भए भैहाल्थ्यो नि त पुष्प जी. आफुलाई कम्युनिष्ट नि भन्ने अनि राजतन्त्रको नि अप्रत्यक्ष्य वकालत गर्ने मान्छे कसरि माओबादी हुन सक्छ? जनतालाई के को लागि लड़ाको हो तेत्रो लडाई, सायद तपाई बहुसंख्यक त्यस्ता शिक्षित युवाहरुमा हुनुहुन्छ जसलाई जवानीको एक क्षणमा कम्युनिष्ट बन्ने लहड चल्छ. येत्रो साहस गरेर राजतन्त्रको स्तुतिगान गाउने मान्छे कम्युनिष्ट हुनै सक्तैन भलै हाललाई किन नहोस तर कालान्तरमा यो विचार बदलिने छ तपाइको. किनकि तपाई अझै राजाबादी हुनुहुन्छ पुष्प जी.

            • पृथ्वीजी,

              धेरै साथीहरूले भन्नेगरेजस्तो माओवादीको अन्धभक्त भन्ने कुरालाई गलत सिद्ध गर्नुभएकोमा धेरैधेरै धन्यवाद । हो, म कुनै खास दर्शनमा विश्वास राख्दिन । वास्तवमा अहिलेको युगमा कोही पनि कुनै खास दर्शनाई मात्र अँगालेर चल्न सक्दैन । साम्यवादी चीनलाई हेर्नुस्, पूँजीवादलाई कसरी अँगालेको छ ! अमेरिकालाई विचार्नुस्, समाजवाद कसरी हावी हुँदैछ त्यहाँ ।

              अन्त्यमा के भन्न चाहन्छु भने यो संसारमा कोही पनि पूर्ण छैन । नेपालको राजनीतिमा माओवादीले उठाएका मुद्दाहरू, त्यसका लागि उसको रणनीति अनि प्राप्त प्रगतिबाटै उसका पक्षमा मेरा कुरा आइरहेका हुन् । हुन त आवश्यकता परेका बेला विरोध नगरेको होइन, तर धेरैले समर्थनमात्र गरेको देख्छन् ।

            • हृदयेन्द्रलाई राजा बनाउने कुरा … । मैले ज्ञानेन्द्रमात्र होइन, ज्ञानेन्द्र एण्‍ड कम्पानी कुरा गर्या हुँ । हृदयेन्द्रलाई राजा बनाएपनि कम्पनी त उही नै हो । बरु केही दशकपछि कम्पनीमा फरकपना आउला । त्यसबेला पनि राजाको खाँचो भए हृदयेन्द्र राजा बन्लान् । तर त्यसका लागि उनलाई सच्चा नागरिक बन्न उनको परिवारले उक्त कम्पानीबाट टाढा राख्नुपर्ने भन्ने मेरो सुझाव रहँदै आएको छ ।

              • कम्पनि राजसंस्था थियो भन्ने जाँदा जान्दै पनि एकहोरो ज्ञानेन्द्र बिरोध फगत हात्तिको देखाउने दात लागेको हो मलाई पुष्प जी, होइन भने गणतन्त्र आइसकेपछि माओबादीमा छिरेर उग्र कम्युनिष्ट हुन पुगेका शक्ति बस्नेत भन्दा तपाइको अलग पहिचान के?

                • ज्ञानेन्द्र एण्ड कम्पानीका हर्ताकर्ता त ज्ञानेन्द्र नै हुन् नि आखिर । उनले चाहेको भए आफ्नो कम्पनीमा राम्रा मान्छे भर्ना गर्न सक्थे । तर अहँ थापा र गिरी जस्ता सडेगलेकाहरूलाई बुइ चढाए । जहाँसम्म मेरो कुरा छ, म एउटा सामान्य नागरिक हुँ, मैले त्यही व्यक्ति वा संस्था छान्छु, जसले मेरो व्यक्तिगत हीतमात्र होइन, समाज अनि देशकै पक्षमा केही गर्न सक्छ भन्ने लाग्छ ।

        • लुना जी
          ९ महिना को प्रचण्ड नेतृत्व को गठबन्धन लाइ र बाबुराम को बध्यताकारी गठबन्धन लाइ हेरेर माओबादी को बारे मा धारणा बनाउनु भन्दा बीच को १०४ बर्ष बाहेक को २४० बर्षे राजतन्त्र को सक्रिय शासन लाइ हेरेर राजतन्त्र ले के दियो र के दिएन भन्ने हो कि? जहाँ सम्म तपाइँ को राजतन्त्र भन्ने मन्त्र छ नि, “संबैधानिक राजतन्त्र को पक्ष मा” लाग्ने ले १% मत पाएको लाइ पनि हेर्ने हो कि? के तेस्ले जनाउदें र राजतन्त्र कति अलोकप्रिय छ भन्ने कुरा?

    • लुना जी,
      दया लाग्यो हजुर जस्ता ‘बुद्धिजिबी’ हरुको सोच देखेर…
      मेरो एउटा मात्र प्रश्नको जवाब दिनुहोला….
      ल मानिलिउ तपाइले चाहेको ‘लोकतान्तिक राजतन्त्र’ भयो रे नेपाल मा, उसो भए राजा को त ??

      • तेज प्रसाद अधिकारि जी !
        मलाई एकदम चित्त दुख्यो तपाईले ‘बुद्दीजीबी ‘ भन्दै मलाई छेड हान्नु भएकोमा ,
        अल्ली अस्तिनै सोनाम लामा कि के नाम गर्नु भएको साथीले पनि मलाई यस्तै
        गरि छेड हानेर ‘ बुद्दिजिबी ‘ लेख्नु भा’थ्यो !
        मैले कैले कहा कुन बेला आफूलाई ‘बुद्दिजिबी ‘ भने हँ ??? कैले भने मैले ???
        के मैले साधारण नेपाली नागरिकको हैसियतमा आफ्नो मनमा लागेको कुरा
        कमेन्ट मार्फत भन्न नपाउनु ?! 🙁
        म भगवान पशुपति नाथ लाई सम्झिएर भन्छु मेरो मनले जे सोच्यो त्यै लेख्छु
        म . म कुनै राजनीति पार्टी संग सम्बन्धित छैन , मलाई कुनै पार्टी प्रति मोह पनि
        छैन . त्यो कुनै बेला क्रुर रहेको राजतन्त्रलाई ऐले सम्झनु परेको पनि हाम्रै नेता
        हरुको ताल देखेर हो !!!
        अब चै लोकतन्त्र आईसकेको अबस्थामा , जनता चेतनशील हुँदै गई’राको अबस्थामा राजसस्था हुँदा त्यो पहिलाको जस्तो अबस्था पक्कै हुने छैन भन्ने
        सोच हो .
        मिडिया पनि धेरै नै अगाडी आईसकेको अबस्था छ .
        यो सब हुँदा हुँदै पनि देशको राजनीतिक – सामाजिक अबस्था डामाडोल भएको
        अबस्था छ — भ्रस्टचार – अपराध पहिला भन्दा बढी बढेर गएको अबस्था —-
        मुख्य कुरा हालको स्थितिमा नेपालको राजनीति भारतीय नेताको मुट्ठीमा कसिदै
        गएको अबस्था — यस्तो स्थितिमा मुलुक प्रति चिन्तित नागरिकको नाताले
        मैले मेरो मनले जे सोच्यो त्यै भन्न किन नपाउने ? मेरो कमेन्टलाई लिएर
        कमेन्टमा कमेन्ट गर्नुस तर यसरी ‘ बुद्दिजिब’ लेखेर मलाई मन नदुखाउनुस !
        के मैले तपाईलाई ‘ बुद्दिजिबी ‘ भनेर छेड हानेकी छु ?
        मलाई हाम्रा बुद्दिजिबी प्रति चित्त दुखाई छ — तिनको मौनताले पोल्छ मलाई —

        • माफ गर्नुहोला लुना जी,
          मेरो आशय तपाइको चित्त दुखाउनु कदापी होइन । तपाइलाई ‘बुद्धिजिबी’ भन्नुको तात्पर्य – तपाइको प्रतिक्रिया प्राय सबै जसो म पढ्ने गर्दछु । तपाइको सन्तुलित विचार र समयसापेक्ष तर्क शक्ति देखेर धेरै खुसि लाग्दथ्यो । तर आज भोलि एकोहोरो राजतन्त्र को वकालत गरेको देख्दा खिन्न लाग्दछ । राजतन्त्र को औचित्य नेपालमा समाप्त भैसक्यो । यो कुरा तपाइलाई पनि राम्रो संग थाहा छ । सबै नेता गान्धी पनि हुन सक्दैनन् । जस्ता छन् तिनीहरु लाइ खबरदारी गर्दै यहि लोकतान्त्रिक पद्धति लाइ अगाडी बढाउनु नै नेपालको हितमा छ र यो कुरा तपाइले पनि बुझ्नु भएकै छ । नेताहरु प्रतिको बितृष्णा ले सम्पूर्ण लोकतान्त्रिक पद्धति नै गलत भन्ने सोच्नु तपाई जस्तो समझदार व्यक्ति लाइ सुहाउने कुरो होइन । माओबादी सकिउन, कांग्रेस सकियोस चाहे मधेसबादी लाइ मधेस मै निषेध होस् यहि त लोकतान्त्रिक पद्धति हो । तपाइले आफ्नो विचार राख्नु भो, मैले आफ्नो विचार राखे, यसमा चित्त दुख्नु पर्ने कुरै छैन । फेरी पनि माफी माग्दै हजुरका शिर्जनशील तर्क हरुको निरन्तरता को अपेक्षा गर्दछु ।

        • लुनाजीको भावानात्मक राजनीतिक सम्बन्ध भने बिग्रेको रेकर्ड भन्दा अरु केही नभाको झैं मैले मानेकी छु भनेर एलेना भन्छिन भने अरु धेरै साथीहरु लुनाको औंसी-पुर्णे कमेन्ट देखेर ताज्जुब मानिरहेका छन| एउटा सशक्त नारी स्वरमा आएको उतार चढाव देखेर उदेक मानिरहेका छन्| लुनाजीलाई २००७ देखि २०१७ सालसम्मको संक्रम णीय कालको इतिहास पढन सल्लाह दिन्छु| पुरानो संविधानले काम नगरेको र नयाँ नबनेको अवस्थामा समाजमा आर्थिक, सामाजिक र राजनीतिक अव्यवस्था आउँछ| यो स्थिति पार भएपछी बल्ल देशले निश्चित दिशा पकडीन्छ| मैले रुसको १० बर्षे लामो संक्रमण अवधिलाई नजिकैबाट देखेको थिएँ| रुसको दाँजोमा त नेपालमा भएका घटना केहि होइन| तपाइंको आदर्श ज्ञानेन्द्र अदुरदर्शी भएरै पदच्युत भएको भनेर थाहा पाउँदा पाउँदै फेरी उनैको वकालत किन गर्ने? उनी आए पनि एक्लै आउने होइन क्यार! उही जनताबाट तिरस्कृत सुर्य-कमल हरुलाइ लिएर त आउने हो| अनि यसबाट तात्विक अन्तर चाहिं के हुन्छ ? आचिलाई अत्तर छर्किनु र ?!

      • मित्र राजतन्त्र र राजा मा भिन्नता छ . अलि आध्याँ गर्नुस . राजतन्त्र भनेको संस्था हो. कुनै व्यक्ति होइन. त्यो संस्था को राजा राजपरिबर कै कुनै, देसभक्त पत्र बन्न सक्छा राम्रो पत्र .
        राजतन्त्र भनेर कुनै व्यक्ति को पछाडी आथावा कुनै व्यक्ति लै पावर मा ल्याउन होइन , बलियो Institution establish गर्न हो..

        • राजा ले नै राजतन्त्र बनाउछ भन्ने कुरा पनि नबिर्सौ . यहाँ भुटान , जापान, थाइलेडं, स्वीडेन र स्वज़िलैंड सबै मा राजतन्त्र छ.तर नेपाल को स्वज़िलैंड जस्तो राजतन्त्र भएर मात्र हो.

      • किन राजा हुन मैले ट्राई गर्न मिल्दैन… म मरेको छु र यो देश मा राजा को कमि हुन्छ !! अहिले का नेता पनि योग्य कहाँ हुन् र एकचोटी ट्राई मरु न त् भनेर न बसेका छन्…. !!

    • लुना जी हिजो राज तन्त्र हुदा तपाइले चिन्तित नभएको चाहि तपाइँ अलि सानै हुनुहुन्थियो सबै कुरा बाबा आमाले पुर्याइदिनुहुन्थियो अहिले आफैले टार्नुपर्ने भएर हो सोच्नुभएको आज पनि बाबा आमालाइ घुर्की लगाएर खानेहरुलाई आज पनि चिन्ता छैन तेस्का लागि बिद्यार्थी संगठन हरुलाई हेर्नुपर्छ अगाडिको नाइकेको इसारा पाएपछि सडकमा गुडिरहेका गाडी र सार्बजनिक सम्पति तोडफोड आगजनी गर्छन सोच्दैनन् कि भौतिक चिजले केहि बिगारेको छैन, मेरो नेपालमा एउटा सियो पनि बन्दैन यो गाडी बिदेसीलाई लाखोउ नेपालि रुपैया निकासा गरेर ल्याको हो यसलाई आगो लगाउदा यो गाडी मेरो नभयपनि अप्रतक्ष रुपमा मलाइ पनि घाटा पर्छ, विद्यार्थीको काम त पदने लेख्ने देसका लागि नया नया राम्रा काम गरेर देखाउने हो जबकी सुधार्दै जाने हो

      अब कुरा आयो राजतन्त्र राम्रो थियो भन्ने, यो एक परिवारको सासन चाहि दुनियाको कमै ठाउमा बाकि रहेकोहोला, यो राम्रो थियो उ राम्रो थियो भन्नु भन्दा “दालमे कुछ काला है” भने झैँ हामि A to Z नेपालीको स्वभावमा केहि कालोपन छ त्यो न फ्याकेसम्म उन्नति मुस्किल छ REALISE AND CHANGE then see difference ( conditions apply to see development in Nepal)

    • हो माओवादीले जातिवाद र घृणा र बिउ रोप्यो अनि युवा शक्ति को दुरुपयोग गरेर उनीहरुको आशु पिएर पैसा हसुर्यो . देशभक्त क आशा सबै बर्बाद भए त्यसैले माओवादी समाप्त हुनु जरुरि छ

    • नजानेको कुरामा प्वाक्क नबोल्नु भन्छन् नि बुढापाकाहरु, त्यही भएर राजनीतिको ज्ञान तथा यसमा रुचि नभाको म जस्ता मान्छेहरुको यो बहसमा रुचि नहोला। तर having said that, लुनाजीको भावानात्मक राजनीतिक सम्बन्ध भने बिग्रेको रेकर्ड भन्दा अरु केही नभाको झैं मैले मानेकी छु है।

      लोकतन्त्र जिन्दाबाद नि भन्नु हुन्छ बेला बेलामा, फेरी मनमा कता हो चसक्क लाग्छ अनि राजतन्त्र भाको लोकतन्त्रको पनि सपना देख्नुहुन्छ। सपना देख्ने मान्छेसँग धैर्यता हुनुपर्छ। लोकतन्त्रको विकल्प छैन। कुनै पार्टी फुट्ला अनि हामीले आफ्नो स्वार्थ साँधौला भनेर काखी पड्काउनेहरु पनि यही लोकतन्त्रका नै पात्र हुन्। मैले बुझेका कुरा यति मात्र हो। मलाई थाहा छ मेरो देश अहिले नाजुक परिस्थितीबाट गुज्रिरहेको छ, तर यति चाँडै मैले हिम्मत हारेर मेरो प्रजातन्त्र खोस्ने हिजोका शासकहरुलाई तिमी आउ देश बचाउ भनेर नारा जप्न थालेँ भने म जस्तो पत्तुर अरु कोही हुन सक्दैन जस्तो मलाई लाग्छ।

    • लुना जी,

      तपाईको कमेन्टको सार हेर्दा सर्बसाधारण गरिखाने नेपाली जनताको चिन्तासंग मेल खान्छ तर तपाईले उल्लेख गर्नुभएको बिगतको राजाको शासन भन्दा अहिले प्रमुख दलका शिर्ष नेताहरुको सिन्डिकेट शासन के कति फरक छ र? अहिले पनि नया राजाहरुले नै शासन गरिरहेका छन्, यत्ति हो पात्रहरु मात्र फरक छन्/ २०६२/२०६३ सालको आन्दोलन साथै अन्य आन्दोलनको मुख्य ध्येय लोकतन्त्र अनि सामेली शासनको सुरुवात हो र सारवभौम सत्ता जनतामा निश्रित हुन्छ भनिएको थियो, देश लोकतन्त्रका स्थापित मापदण्डका आधारमा चल्नेछ भन्ने आश थियो तर अहिले व्यवहार मा त्यस्तो देखिएन त्यसैले तपाई हामी जस्ता जनतामा निराशा बढेको छ तर यसो भन्दैमा पारिबारिक शासन व्यवस्था बिकल्प हुदैनकि जुन तपाई हामीले भोगिसकेको हो कदापी नयाँ होइन / अहिलेलाई संक्रमणकाल भनेर धैर्य गरौँ संबिधान पछिको नयाँ चुनाव पछी केहि थिति बस्छ कि आशा गरौँ/ तर तपाईं हामी सबैलाई थाहा छ, राजा महेन्द्र, बि. पी. अनि मदन भण्डारीको बेलामै पनि नेपालमा स्थायित्व अनि बिकाश हुन कसले दिएन, प्रायश: सत्तामा कोप्रति सद्भाव राख्ने हरुको बोलवाला छ र अहिलेको शान्ति अनि संबिधान निर्माण प्रक्रियामा पनि कसको मार्गनिर्देशन प्राप्त भैराखेको छ जवकी प्रक्रियागत छलफल बैधानिक निकायमा नभई बन्द कोठामा गर्न बाध्य छन् नेताहरु / आशा भरोसा चाही पक्कै गर्न पर्छ, हामीलाई अहिले अरु विकल्प पनि छैन/

    • लुना जी,अहिले हामी गरिब राष्ट्रवाशी हुनु को जुन अभिशाप भोगी रहेका छौं,तेस्मा राजतन्त्र को ठुलो योगदान छ,अब नेपालमा राजतन्त्रका लागि कुनै पनि स्थान छैन,यौ कुरामा ढुक्क भए हुन्छ.

    • लुना आनि ती तमाम यतिछिट्टै लोकतन्त्रसङ बित्रिश्णा हुनेहरू!
      दश बर्षको लागि मात्रै ल्यायको यो लोकतान्त्रिक गणतन्त्र जस्तो गरि गोडा छ बर्षमै सात्तो उड्यो जस्तो कुरा गर्दै छ हो तत्कालिन समयका लोकतन्त्रका हिमायती लुनाहरू की तेतिबेला अबुझियर हावैमा हुइया गरेको हो? तेस्ताहरूलाई बित्रिश्णा जाग्नुकुनै अनौठो होईन जस्तोकी बाबुराम प्रम हुनेबित्तिकै देश् युरोप या उत्तर अमेरिका पुर्याइदिन्छ भन्ने मिथ्या पालेकाहरू अहिले निरास भयका छन्! कुन शासन ब्यबस्था आउँदा छ सात बर्षमा जनताको चाहना पूरा हुन्छ्? कुन तन्त्र र बाद्ले एक दशक काट्नु अगाबै देशको समाज र अर्थतन्त्रको बिकासमा कायापलट गर्दछ यसो बताइ दिनुहुन्छ की लुना ज्यु!
      तपाहीहरू जस्तो बिश्वो बुझेका आनि माइसन्सारमा आफ्नो कुरा राख्न सक्ने र बिबाद गर्न सक्नेहरूले त देशको यो बाध्यात्मक अवस्था र परिस्थिती, सम्झौता मा अडेको लोकतन्त्र साथै सस्थागत हुन कठिनाइ भोगिरहेको परिवर्तन् र सन्क्रमणकाल अनि हालको आन्तारिमाबस्था आदि सबैलाई बुझेर अहिले नेताहरूले खेलेको भूमिका र तिनीहरूको बिचार कार्यलाई हेरी बिचारेर देशको लागि नेता सहि नेता क्खुट्याउन तीर लाग्नुपर्ने होईन र! सन्क्रमणकालमै वा आन्तरिमाबस्थामै देश् तुरुन्तै टुप्पामा पुग्ने गरि बिकाश भाई हाल्नु पन्रे हो र? के देश् एउटा सिमित समयको को प्रोजेक्ट हो? के लोकतन्त्र एक या दुई सताब्दीको लागि हो?
      देशले सकारात्मक गति लियको छा भलै यो सुस्त होस्! सन्क्रमण काल टुङिने छाटकाट देखि रहेको छ! यो टुङियपछी आन्तरीमा अवस्थाको पनि छिट्टै अन्त हुन्छ आनि देशले एउटा स्थिर शासन पद्दती अगाल्न थाल्दछ तत पस्चात हुन्छ देशको आनि समाज र अर्थतन्त्रको गतिशिल बिकाश टाइ पनि यति हुदाहुदै पनि यो सन्क्रमणकाल र आन्तरिमाबस्था बाट देश् छुटकारा पायपनी अझै म त भन्छु देशले यो परिवर्तन् र प्राप्ती हरू सहि रुपले स्थापित हुन र स्थाइत्वो लिना अझै केही बर्ष निश्चित लाग्ने छ!
      ल अहिलेको सन्क्रमण काल लाई बुझ्न नसकेर वा यो अबस्थाबाट आत्तियर बिचलित भै राजतन्त्र फ्यालेको र गणतन्त्र आनि लोकतन्त्र ल्यायकोमा गल्ति महसुस गरि ल फेरि राजतन्त्र ल्याइयोरे आनि छा बर्ष पछि फेरि ए यो पनि यस्तै रैछ भनेर अर्को कुनतन्त्र ल्याउने हं?
      यो लोकतन्त्र को सफलता असफलता आनि ठिक र बेठिक को लागि कम्तिमा १५ बर्ष र एभरेजमा पच्चिस बर्ष को समय दिनुपर्ने हुन्छ!
      लोकतन्त्रमा सबैभन्दा ठुलो भूमिका र निर्णय लोक जनताको हुन्छ त्यो भनेको हामि लोकले सहि नेत्रित्वो चयन् गर्नु हो त्यो गर्न नसक्नु भनेको लोकतन्त्रको होईन हाम्रो असफलता हो!
      तर साथिहरू तपाहीहरूले राजा चयन् गर्न पाउनु हुन्न! की पाच पाच बर्षको लागि राजा चयन् गर्ने लोकतान्त्रिक राजतन्त्रको कुरा गरेको हो?
      तेसो हो भने त मेरो पनि सहमती हुन सक्छ है!

      • हैन लोकतन्त्रलाई नराम्रो कोस्ले भन्यो गगने जी ? मैले ? कैले भने मैले लोकतन्त्र
        नराम्रो खराब भनेर ??? कुरा लोकतन्त्र प्रति बित्रिष्णा भाको भन्ने होईन कि कुरा
        लोकतन्त्रको आडमा आफू उँभो लाग्ने , मुलुक लाई चै उँधो लगाउने नेताहरुको
        चाल चलन तरिका प्रति बित्रिष्णा हो !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
        यो आर्टिकलमा लेखेको के कुरा गल्ति छ त्यो भन्नुस न पैला !!!!!!!!!! छ गल्ति
        यो आर्टिकलमा लेखिएको कुरा ????????????????????????????????
        हेर्नुस त कति भयानक गल्ति गरिरा’छन हाम्रा महान नेताहरुले !!!!!!!!!!!!!!
        हो त्यस्तो कुराले हाम्रा नेताहरुको ” नेतातन्त्र” प्रति बित्रिस्ना भा हो .
        बुझ्नु भएन गगने जी ?
        नेताहरुले गल्ति गरे — डर लाग्ने गरि गल्ति गरे —
        भोलि आजको भन्दा ठुलो गल्ति हुन सक्तैन भनेर कसरी ग्यारेन्टी सोच्ने ?
        कुरा देशको सबाल हो गगने जी र साथीहरु !
        देशको सबालमा ” जुवा ” खेल्न नहुने भन्ने हाम्लाई लाई’छ —
        त्यै भ र मैले लोकतान्त्रिक राजतन्त्र भन्नु परिरा’को स्थिति हो —

        • “हैन लोकतन्त्रलाई नराम्रो कोस्ले भन्यो गगने जी ? मैले ? कैले भने मैले लोकतन्त्र
          नराम्रो खराब भनेर ???”

          हुनत यहा प्रतिकमेंट र रिप्लाई गर्न तेती जरुरि त थियन तर पनि एउटा misunderstanding लाइ clear गर्नको लागि मात्र यो लेख्ने जमर्को गरेको हुं!

          माथि मैले लुनाले लोकतन्त्रलाई नराम्रो भन्यो भन्ने आरोप लगायको छैन न त तेस्तो कुनै आसय नै पोखेको छु! तर अधिकांस बखत कुराको गहनता बुझ्ने भन्दा हौवामा प्रतिक्रिया पोख्ने वा भ्रम छर्ने र भ्रम सिर्जना गर्ने कुरामा गगने खेद प्रकट गर्दछ!
          तेहा मैले गोढासातेक बर्षमा संक्रमणकालमा रुमल्लियाको देश जहा अधाइअसय बर्षको शामन्ती प्रथाको जरो बात उमारेको थुप्रै दुषित र विकृत मानाशिकता हाबी छ यी परिस्थिति र तेस्को बाध्यता हरुलाई अबलोकन गर्नु र बुझ्नु अनि उचित अनुचित खुत्यौनुको अलावा लोकतन्त्रमै बित्रिष्णा पोख्नु मा आश्चर्य पोखेको हुं त्यो पनि केहि बर्ष अघिको लोकतन्त्रको हिमायती भै देखियको व्यक्तिहरुमा!
          यो त चोर ले दुख दियो भनेर डाकाको सरन मा जानु हो!
          त्यो कत्ति जायज होला त?
          गोडा सातेक बर्षको सक्रमणकाल मा लोकतन्त्र बात यति छिटै बित्रिष्णा हुने व्यक्तिहरुले लोकतन्त्रको गहनता मूल्य र मान्यता बुझेको छ भनेर मलाइ चाहि लाग्दैन है!
          लोकतन्त्रमा हाम्रो काम भनेको समाज र देशको सरकारको नेत्रित्वो लिने व्यक्तिको अबलोकन गर्नु र उचित अनुचित छुत्यायर उचित लाइ समर्थन साथ् दिनु हो अनुचित लाइ हटाउनु हो या तेस्तो कुनै बाद र बिचार छ जसले देश समाज र जनताको हित गर्ने छ भन्ने लागेको छ भने त्यो लियर आफु जनतामा जानु वा अगाडी आउनु हो!
          मानौ,
          देश एउटा ठेकी हो!
          लोकतन्त्र मदानी!
          दहि र पानि ठेकी भित्रको जनता!
          मदानी मा बेरियाको डोरी एउटा (साधन) सरकार हो!
          र त्यो साधन समात्ने दुइ हात बाद चिचार या नेत्रित्वो हो, जसको संघर्षलेनै घश्रण पैदा गरि घिउ उत्पादन गर्ने छ!
          हामीले चुन्ने भनेको सहि नेत्रित्वो र सहि बिचार अनि सहि बाद हो जो जनता बाट जनताको लागि जनताले नै गर्ने गरि आउने छ!
          तेसैले ठेकिको मालिक खोज्ने तिर नासोच्दानै उचित होला!
          विरासतको बन्दि बनेर जिउने बिचार नै असक्षम वा भनौ आफ्नो दरिद्रता र आफुलाई बिश्वास नगर्नु हो!

      • गगने जी,
        लोकतन्त्र प्रति बित्रीश्णा कसिलाई पनि हुन सक्दैना….किन कि यो २१ सताब्दीको उत्तम साशन ब्यबस्था हो !

        यहाको लेखिएको बित्रीश्णाहरु लोकतन्त्रको खोल ओडेर गरिएको माओतंत्र, मालेतन्त्र, कांग्रेसतन्त्र, गुण्डा तन्त्र, घुस्याहातन्त्र, आदि प्रतिको बित्रीश्णा हो !…..चेतना भया !

        के नेपालमा अहिले लोक तन्त्र छ? २ बर्ष आगाडी नै म्याद पुरा भएका सभासदले संबिधान लेख्दैछन रे …..! जनताबाट २ बर्षको अनुमति लिएर….४ बर्षको भत्ता पचाइसके !

        लोकको मतको कदर नहुने पनि लोकतन्त्र हुन्छ? पहिले एउटा राजा थियो अहिले १००० भन्दा बढी राजा छन् !

        • हर्के जी,
          यदि सात बर्षमा यो देशको संक्रमणकाल टुंगियार एउटा लोकतान्त्रिक स्थिर शासन पद्दतिमा देश पदार्पण गर्छ भने मा त त्यो सात बर्ष वोहो भाग्यले साथ् दियो यति छिटै हाम्रो देश ले संक्रमण काल र अस्थिराबस्थाबात उन्मुक्ति पायो धन्न रहेछ भनेर खुशी हुन्छु!
          हो मा पनि यी केहि नेता देखि खुबी बित्रिष्णा लाग्दछ, यिनिकेही नेताको बिचार कार्य सोचाइ र ताल दिमाग आदि सुनिबुझी सोच्दछु यिनीहरुलाई एउटा ठुलो बोरामा खादेर ब्लाकहोल मा लगेर खसाल्न पायापानी हुन्थ्यो भन्ने लाग्छ!
          तर लोकतन्त्रको सौदार्यतामा राम्रो चिनाउनको लागि नराम्रो र गत्तिलो खुत्यौनाकोलागी अगत्तिलो को पनि उपस्थिति जरुरि छकी भन्ने लाग्छ र यो हरेकको अधिकार भय जसरि तिनीहरुको पनि अधिकार हो भन्ने ठान्दछु!
          तर नेताहरुको बित्रिश्नामा मालिक खोज्ने वा मालिक रोज्ने कुरा कहिल्यै दिमागमा आउदैन! आउन दिन्न भन्दा पनि आउदै आउदैन!
          आर्थिक कुरा घुषखोरी आर्थिक बिचलन भ्रस्टाचार आदि कुरा संग लोकतन्त्रको सम्बन्ध र नाता छ वा यो लोकतन्त्र कै कारण भयको जसरि सोच्नु भनेको सोचाइ को दरिद्रता हो भन्ने मा मान्छु! यो सदियौ देखिको समाजमा जरा गाडेर बसेको मानाशिकता हो लोकतन्त्र आउने बित्तिकै छु मन्तर हुदैन१ तर कुरा के सत्य हो भने लोकतन्त्र आयपछी यो स्पस्ट देखियो!
          यो छर्लंग देखियो त्यो हामि ठुलो भयर बुझ्ने भयर पनि होला, लोकतन्त्रमा अरु कुनै पनि तन्त्रमा भन्दा हरेक कुरा पारदर्शी हुने हुनाले पनि होला! बिश्वोको बदलिदो परिस्थिति देश भित्र चलेको संघर्ष र युद्दले ले हामीमा सचेतना ल्यायर होला या संक्रमणकालमा सबैले आफ्नो आफ्नो स्वार्थ र आफु बाच्ने वा स्थैत्वो गर्न र मौका लुट्न तिर लाग्ने भयर पनि हो ला तर अहिले देखियो!
          तर यी सम्पूर्ण कुराहरु समयान्तरमा मथ्थर हुदै जानेछन पाखालाग्दै जानेछ जब लोकतन्त्रले लोक चेतनामा गति लिन थाल्ने छ!
          तेसैले लोकतन्त्रमा लोक चेतना सबै भन्दा ठुलो भूमिका हुन्छ तेसैले मात्र संस्थागत गर्छ लोकतन्त्रलाई अनि सुन्दर बनाउदछ सबैकुरा हामि तेतातिर लाग्नु जरुरि छ नाकी यी माओतंत्र,खाओतंत्र कांग्रेस एमाले तन्त्र आदि आदि कुराले बित्रिष्णा भयर राजतन्त्र रोज्नु! यो मुर्ख्याई गगने गर्न सक्दैन!
          अहिले बाद बिचार आदि भन्दा सहि नेता र नेत्रित्वो चुन्नु मुख्य कुरा हो!

  33. The role of Nepali media is to spread the message of negativity.Why didnot they speak at all against other political parties(NC and UML)and their corruption for almost two decades.It is clear that they were behind the corrupt people for their vested and selfish interests.Girija was the ‘Hell’ for our country but where was the media to speak against him? The present anarchy is not the result of 4/5 years but of bloody uneducated, corrupt,selfish old leaders and their foolish caders greatly supported by the so-called journalist,media houses etc.

    Basanta paudel
    Australia

    • बसन्त जी,
      तपाईले लेखेको कुरा पढ्दा अझै पनि लाग्छ कि अष्ट्रेलिया बसेर पनि तपाई अझै अशिक्षित हुनुहुदोँ रहेछ भनेर्।I guess you must be aware that the media has drastically changed now-a-days. I am damn sure that you were not born in Kathmandu but in some other parts of Nepal. There were no Nepali news channel then except for Radio Nepal which was and still is owned by the Government. What negative message would the media in that era spread? At least now we have many different media to know what’s happening be it positive ones and negative by what you call “SO-CALLED” journalist(s). And why are you digging what happened in the past and that too by staying abroad.

      FYI, I am neither a journalist or a politician nor do I have any of my relatives in those professions.

      • हरिहर जी
        before to blame sombadoy , u have to see ur face in mirror , which journalists are fair in nepal ? u r still singing the irrelevent songs of bias free media where as its leadership is contested and elected as per political faith such as “pragatishil “, “prajatantrabadi “. in its election did u get any candidate who advocate “free मेडिया” rather than pro congress or pro leftist ?
        no doubt nepalese politicians are disgusting , but more than that neplese journalism are १० times more corrupted and
        out of track and they are doing mission journalism and most of the time doing yellow journalism . according to their activites they are better to be called “patrukar “/parchakar ” rather than patrakar .
        track .

      • किन एक आपस मा बझाबज गर्ने, येसो सल्लाह गरौ न साथी हरु, हामी जनता ले येस्तो समय मा कस्तो खल को भूमिका निभाउनु पर्छ. आखिर मा त्यो नराम्रो अनि यो राम्रो भन्नु भन्दा हामी कसरि आफु राम्रो बन्न सक्छौ र अरु लाई पनि राम्रो गर्न सकिन्छ तेस्को पनि चर्चा गरौँ न साथी हो.

  34. अहिलेको अबस्थामा कुनै पनि पार्टी फुटेर न देश, जनता लाई फाइदा हुन्छ न फुटाउने हरुलाई, पार्टी फुटाएर शक्ति आर्जन हुन्छ भनेको बामदेवको शक्ति पनि देखियो २०५४ सालमा, नत प्रचण्ड ले भनेजस्तो पार्टी भत्काएको को छु अनि बनायको छु भनेर पूर्व मशाल को उदाहरण दिएर अहिले काम लाग्छ / त्यस्तै बैद्यले भनेजस्तो नया पार्टी जन्मदै छ भनेर फेरी जनविद्रोहको बिगुल फुक्न न अहिले सम्भव छ यदि जातीजाति बीच विद्रोहको अवस्था बनेन भने / अहिलेको माओबादी बिबादको मूल चुरो नै पैसा, सत्ता अनि शक्ति भएको कुरा जगजाहेर छ त्यसमा माओबादीको संस्थापन ले छिट्टै उनीहरुलाई पनि संलग्न गरायो भने यो नाटक को अन्त हुन्छ नत्र जसले जति छाती पिटे पनि लेखकले भने जस्तै माओबादीको फुट अबश्यम्भावी छ /

  35. ठिक हो परिबर्तन जी,
    जे रोपिन्छ त्यही फल्ने हो / तपाइँ पनि कस्तो बिरुवाको फल हो थाहा भो । अर्को कुरा रोपेका सबै मा राम्रै फल लाग्छ भन्ने छैन / गणतन्त्र फलेको, राजतन्त्र ढलेको, संघियताको कोपिला मात्र लागेको पनि हेर्नुस अनि बाकि सबै बिरुवा हुर्कनै नपाइ साँढेले मासेको छ / त्यसैले माओवादी कार्यकर्ताले फेरी रोप्नु पर्ने भा छ / यसलाई विध्वंश देख्नु तपाइको जस्ताको लागि स्वाभाविक छ।

  36. दुस्मन को ढाड मा टेकेर टाउको मा हान्नु पर्छ भनेर हिजो रुकुम रोल्पा का दलित ,अपहेलित सोजा युवा हरु लाइ युद्द मैदान मा जाने पुल बनाइयो, अनि आज त्यो पूल कहिले नबन्ने गरि आफ्नै हात ले धोस्त बनाइयो , बैद्ध पक्ष हरु पनि कम्ता का छैनन् ताक परे तिवारी नत्र गोतामे गर्न उनि हरु पनि माहिर नै हुन् , येत्रो बर्ष संगै संघर्ष गरेका आफ्नै सहयात्री बिरुद्ध मा अख्तियार मा जानु र प्रचण्ड ले बादल यो यौन काण्ड (जुन सेलाइसकेको छ ) फेरी उजागर गर्नु ! आफै मा लाज मर्दो कुरा हो , बैद्ध पक्ष हरु लाइ पनि जनता ले सोध्ने छन , भ्रस्टाचार भएको था हुँदा हुँदै आज सम्म किन चुप बसेको त् !!?? अहिले आफु ले भने जस्तो शासन को बागडोर आफ्नो हात मा परेन भनेर भण्डाफोर गरेको ? अनि प्रचण्ड पनि के बिधि बर्बराएको हो बुज्न कठिन छ , एसले के कुरा प्रमाणित गर्छ भने सोजा साजा गरिब नेपाली हरु ले अझै पनि दुख पाउने छन , हिजो को फोहोरी संसदिय बेबस्था अनि तेही रुप मा सत्ता को लुछा चुंडी र भ्रस्टाचार मौलाउने छ , नेत्रित्वो तह कुहेको आलु जस्तो गन्हाउने निश्चित छ

  37. धेरै नेपाली जस्तै पङतिकार पनि फोड् वादी पो परेछन् । के भाको नेपालीलाइ ? सिङ्गै त केही कुरा देख्नै नहुने फोडुँ फोडुँ लाग्ने ।
    बरू सबै पार्टिहरू राष्ट्रिय एजेन्डाका लागी जुट, बाँकि सैदान्तिक कुराको लागी चुनाब गर भन्न सकेको भए सायद राम्रो हुने थियो ।
    बाँकी कुरा अराजकताको त्यो त पङ्तिकारले यही रोपिदिएका छन् र धेरैको रगत खुलेको छ होला । भ्रष्ट नेता त सबैको घेरावाट तिरस्कृत नै छन् , यो लेखमार्फत भ्रष्ट, उघ्र बनाउन चाहानेको चाही नैतिकता को बन्धन बाहेक कुनै उपाय हुदैन ।
    सकारात्मक सोचैां तर निरर्थक हैन, निस्कृय हैन । अब त केही गरैां, नयाँ पुस्ताको लागी बातावरण तयार गरैां । बिष रोपे बिषै फल्छ यहाँकै भनाइ जस्तै ।

  38. परिबर्तनज्यु
    परिबर्तनज्युहरु खालि नेपाली र नेपाल फुटेको हेर्न चाहेको देखियो/ कहिले नेपालीहरुलाई मधेसी पहाडी हिमाली भनेर फुटाउन खोज्छ, पहाड हिमालमा जात जातको नाममा नेपली फुट्नु पर्छ भन्नु हुन्छ त् कहिले नेपालका ठुला दलहरु फुतुन तुतुन भन्नु हुन्छ/

    परिबर्तनज्युहरुको “नभयको मधेश र मधेसी जुट्नु पर्ने” तर हिमाल देखि तराई सम्म फैलियको नेपाली चाहि जात जातमा फुट्नु पर्ने? आखिर परिबर्तनज्युहरु नेपाली र नेपालको राजनैतिक दलहरु फुटाउन किन चाहिरहेको छ त्यो लेखा जोखा गर्नु पर्ने बेला आयकोछ/

    मिलेको नेपाली कसैले तोड्न सक्दैन/ मिलेको नेपालीको नेपाल तुतायर “मध्यदेस” बनाउन सकिंदैन/ नेपालको ३ ठुला दल कांग्रेस एमाले र मावोबादी मिलेमा नेपाल नेपालीको बन्छ/ नेपाल नेपालीको भयमा सानो नेपालको ठुलो श्रोत लुट्न सकिंदैन/ यहि कुरा परिबर्तनज्युहरुलाई मनपर्दैन/

    मध्यदेसबादीहरू फुटेमा “दिल्लीमा रुवावास” /नेपाली मिलेमा पनि “दिल्लीमा रुवावास”/ नेपालको पार्टीहरु मिलेमा पनि “दिल्लीमा रुवावास”/ नेपालको कुनै नेता सर्व मान्य भयमा पनि दिल्लीमा रुवावास/ नेपालको कुनै दल देशकै ठुलो दल भयमा पनि दिल्लीमा रुवावास/ नेपालको ठुला दलहरु मिलेमा पनि दिल्लीमा रुवावास/ ई कुराहरुको प्रमाण अस्ति मावोबादी र यमाले मिलेर २/३ बहुमतको सरकार गिराउन शरण देखि “र” को हाकिमले समेत नेपालमा डेरा जमायर बसेकोलाई लिन सकिन्छ/

    हो मावोबादीदल भित्र केहि बिकृति मौलायको छ/ तर यो बिकृतिको बिउ कसले रोपेको हो सबै नेपालीलाई थाह छ/ मावोबादी दल भित्र मात्रै होईन नेपालको कुनै पनि दल भित्र कसले फुटको किरा हुलेको थियो र हुल्दै छ भनेर नेपालीको बच्चा बच्चालाई थाह छ/ हामि त् माईसंसार पाठक हौँ परिबर्तनज्यु/

    चक्सी बारीमा चन्द्र शेखरलाई झपार्ने, टनकपुर सन्धिको बिरोध गर्ने गणेशमान कांग्रेस भित्र सर्व मान्य रहन कसले नदियको हो त्यो पनि हामीलाई थाह छ/ महाकाली सन्धि गर्न नदिने मदन भण्डारीको एमालेलाई किन टुक्रियो त्यो पनि थाह छ/ अहिले कांग्रेस भित्र अनेकौं कांग्रेस, एमाले भित्र अनेकौं एमाले बनाउनेले नै मावोबादी भित्र पनि अनेकौं मावोबादी बनायको कुरा लुकायर लुकिने कुरा होईन परिबर्तन ज्यु/ “तराई” लाई मधेशको नाममा नेपाल बात टुक्राउन चाहनेहरुले नेपालको राजनैतिक दलहरु भाड्न चाहेको छ/

    परिबर्तनज्यु, नेपालीको प्रतिनिधित्वो गर्ने नेपालको कुनै पनि राजनैतिक दल तथा नेता चाहे तिनीहरु राम्रो होस् बा नराम्रो, यो हामि नेपाली भन्नेको मामिला हो परिबर्तनज्युलाई यो भन्दा बढी भन्नु पर्दैन होला/ गणेशमान ले यस्तै जवाफ चन्द्र शेखरलाई दियको स्मरण गर्न सल्लाह दिन्छु/

  39. दाम्लो जसरि बनाए पनि अखुरी गाठो यौटै हुन्छ भनाइ को अर्थ मावोबादी फुट्न सक्दैन किन कि, यिन को यो सब नाटक हो आफ्नो अनुकुल को संबिधान बनाउन न सक्ने देखेर पार्टी मा कलह भएको सन्देस उधारो मा दिदै छ जनता लाई /बैध्य महाजन लाई राम्ररी थाह छ कि, पार्टी फुट्यो भने भोलि चुनाब मा बामदेव अनि शेर बहादुर को भन्दा फरक हबिगत यिन को पनि पक्कै न होला/ यस्तो अवस्था मा बैध महाराज ले प्रचण्ड लाई घुर्की लाएर भए पनि फाइदा मै र अलि स-सम्मान इज्जत ले पार्टी मा राज गर्ने यिन को मनसाय नेपाली बुज्रुक हरु ले सजिलै अनुमान लाई सकेका छन्/अनि हाम्रा यी नब लेखक परिबर्तन सर लाई चाही के को टाउको दुखाइ नि?मावोबादी फुट्ने ,न फुट्ने मा? फुट्ने भाबिस्यबानी गर्ने सक्ने लेखक ले जुट्ने उपाय पनि त सिकाई दिनु पर्यो नि महोदय?????

  40. हाम्रो राष्ट्र नेपाललाई बचाउने फेरी राजा राज गद्दीमा आउनु पर्छ. अनि नेपाल बच्ने समभाबना देखिएको छ. नत्र बच्ने उपाएहरु गुमी सके

  41. सरकारमा आएर के केनै गर्छोउ भन्थ्यौ! नालाएक भनौदाहरु..

  42. घिउ कमिलोले घिउको गन्ध थाहा नपाएझै, गोबर कमिलोले गोबरको गन्ध थाहा पाउदैन तेस्तै हो नेपालीले पनि आफ्नो गल्ति (गन्ध) पत्ता लगाउन सकेनन, नैतिकता, अनुसासन, नियम, कानुन, र सामाजिक मर्यादालाई लात हानेर, भ्रस्टाचार, अनैतिकता, गुटबन्धि, सामाजिक फाइदालाई भन्दा व्यक्तिगत फाइदा हेर्ने, नाताबाद कृपाबाद, आफ्नो मान्छे, चिनेको मान्छे, गोरु बेचेको साइनो पर्ने मान्छे हरुलाई मान्याता दियपछी कसरि नेपाल उभो लागोस. यो परम्परा नेपालका सासक वर्गबाट परापुर्ब कालदेखि सिकाइएको हो र नेपालको पुर्बदेखी पश्चिम सम्म उत्तरदेखि दक्षिण सम्म कुनाकुनामा छपक्क भिजेको छ, जन्मे देखिनै तेही गन्ध पाएकोले हामीलाई अर्को गन्ध मन पर्दैन “हाम्रै माथ्ला घरे साइलो मन्त्रि हुनपर्छ तेसैलाई भोट हालोउ किनकि त्यो भनेको आफ्नो गाउको मान्छे हो भोलि काम लाग्छ ” त्यो मान्छे लम्पट अल्छी भ्रस्टचारी किन नहोस, चोरी लुटपाटमा पक्राउ किन नपरोस “त्यो हुने सक्दैन कुन सत्रुले फसाएको हो तेस्ले तेसो गरेको होइन (बास्तबमा गरेकै हो)” भनेर पुरा गाउलेले साक्षी दिन्छोउ, गाउको मान्छेलाई बचाउनु पर्छा त पछी काम लाग्छ हाम्रो धारणा यहि हुन्छ, तेही भएर देस लुटेराको हातमा छ उनीहरु लुछाचुडी गर्दैछन, हामि चाहि साढेको कतिबेला झर्ला र खाउला भनेर हेरिबसेका छोउ, मलाइ अचम्म लागेको कुरा चाहि सबै पार्टी हरु देस र जनताको भलाइ गर्ने नारा लगाउछन तर देस बिकासको कुनै ठोस निर्णय गर्नुपर्ने बेलामा चाहि पूर्व पश्चिम उत्तर दक्षिण हुन्छन
    अब देसको, आफ्नो गाउको बिकास नेताले गर्दो रहेछ कि हामि आफै मिलेर गर्नु पर्ने रहेछ, जति आपराध गरेपनि तेसैको पछी पिछलग्गु हुने होकी? सहि निर्णय गर्ने हो??

  43. जति फलाके पनि के गर्नु | नेता कार्यकर्ता रातारात धनि, जनता गरीबको गरिबै | यहि त हो हाम्रो देशको बिशेषता | जसले जति क्रान्तिका कुरा गरे पनि अब कसैले पत्याउने छैनन् |

    बरु एउटा नया कुरा चाहिं सुन्नुहोस: अब बिहे हुँदा दाइजोमा खाना पकाउने ग्यास पनि दिन थालेछन | मैले झुठ कुरा गरेको होइन, शालोक्य जी को ट्वीटरमा पढेको | उंहाले किन यो कुरा चाहिं यो ब्लग मा लेख्नु भएन खोई | पकाउने ग्याँस अब यति आधारभूत आबश्यकताको बस्तु भईसक्यो कि अब यो बिना शहरका नेपाली खाना खान पाउने कल्पना पनि गर्न सक्दैनन् | बजारमा ग्याँसको यस्तो हाहाकार छ | मानिसले ज्यान फ्याक्छन एक सिलिन्डर ग्याँस पाउन | त्यसैले त अब यो दाइजोमा दिनु पर्ने बस्तु भित्र पर्न आयो | यो बारेमा अलि बिस्तारमा लेखिदिनुस न हो शालोक्य जी |

  44. एकदम वास्तविक र एकदम सत्य लेख . राजाहरुले सयौ बर्ष राना हरुले पनि , काँग्रेस ले अनि एमाले ले लुट्नु लुटे अब यो माओबादी….यिनीहरुले त जनताको ज्यान पनि लुटे कति मारे कति यिनकै कारण ले मारीए . यी माओबादीहरुले परिवर्तनको नाममा देशलाई आलो घाउ दिए अब घाउ पाकेर इन्फेक्शन भैसकेको छ अब उपचार गर्नुको साटो यिनीहरु त्यो घाउमा नून छार्कैदै छन् ….कठै नेपाल आमा र जनता ….आमा तिमीलाई आफ्नै सन्तानले र हामीलाई हाम्रै मान्छेले बिल्लीबाठ बनाए ………..

  45. भर्खरको कुरा हो यो, म एउटा सानो कामले ललितपुरको आफ्नो प्लोटतिर गको थिए, त्यै बेला एकजना माओबादी साथी भेट हुनु भयो ! भेटको सुरु देखिन अन्त सम्म वहा माओबादीकोलागि ठुलो काम गरिरहने र माओबादीको बखान मात्र गर्नु भयो ! कुराको बिचमा माओबादीको चरित्र फेरियो भन्ने प्रसङ्ग निकाल्दा मलाई झाम्तिउला जस्तो गरेका थिए ! उफ्फ़ केहि बोल्न सकिएन !!

    केहि छिन् पछि मेरो भेट एकजना किसान संग भयो ! बुझ्दै जादा वहा पनि कुनै बेला माओबादी मा हुनु हुदो रहेछ ! कुरै कुरा मा वहाले माओबादीको डबल चरित्र र अहिलेको सत्ता लिप्साको बारे मा सारै चित्त दुखाउनु भयो ! देश को सेवा गर्ने अनि देश को लागि जे नि गर्ने मानसिकता हराएको गुनासो गर्नु भयो !

    ततिन्जेल सम्म पनि मलाई वहा संग अप्ठेरो नै लागेको थियो ! वहा आफै त्यो ठाउँ मा पुगे उही त होला नि जस्तो लागेको थियो र त्यै भएर वहा संग मैले खासै खुलेर कुरा गरिन !
    केहि बेर पछि एक जना त्यै को चिनेको मान्छेलाइ त्यस किसानको बारेमा सोधे र सम्पूर्ण जानकारी पाएपछि आफै चकित भए !
    द्वन्दकालमा को समय थियो रे काठमाडौँमा माओबादीको प्रभाब पार्न वहा खुब लग्नु भएको थियो ! चाहे आक्रमण होस् या सम्पर्क बिस्तार, वहा ले माओबादी पार्टीलाइ सारै गुण लगाउनु भएको थियो !भर्खर भेट हुदा वहा ले किसानी गरिरहेको जमिन पनि वहाको आफ्नो जमिन थिएन केवल एउटा गरिबलाइ गरिएको श्रम सहयोग थियो, फरक एती कि यो सहयोग माओको सिद्धान्त अनुरुप थियो, पार्टी अनुसार थिएन !
    त्यसै गरि अघि सुरु मा भेटिएको माओबादी को बारे मा सोधपुछ गर्दा त्यो माओबादी न भएर खावोबादी रहेको थाहा पाए! माओबादी ले जनयुद्ध सकेको घोसना गरेपछि लागेको त्यस व्यक्तिले डर र धम्क्याई को भर अनि जग्गा दलाली गरेर पार्टी लाइ सारै सहयोग गरेको थाहा पाए!
    अन्तमा अहिले पार्टी ले त्यो दलाललाइ खुब सम्मानको साथ् राम्रो पोस्ट मा राखेको छ र त्यसै गरि पार्टी को लागि ज्यान दिने त्यो किसान गुमनाम छन्! पार्टी मा धेरै पछि त्यो किसान को सहयोगी को रुप मा छिरेको त्यो दलाल अहिले मालामाल छ र कुनै एउटा ठुलो सपिंग मलमा पार्टीको गाडी पार्क गरेको देखेरै किसान सारै चित्त दुखौदै छन् !!

  46. अब पनि पार्टी फुटाएर सफल राजनीति गर्नु त बिगतमा गरिएका परीक्षणहरुको परिणाम थाहा पाएर पनि बुझ पचाउनु सरह हुनेछ | फेरी जनता कहिले सम्म परिक्षणका पात्र बन्ने र देशलाई भड्खालोमा जाकि राख्ने ? अब देशमा नब धनाढ्यहरु माओबादी बाटै बढी भए पछी व्यक्तिगत सम्पति राख्न नपाइने सिद्धान्तको पछी दौडने पाइएला र ?

  47. यिनीहरू झगडा गर्ने, फुट्ने भनेको सबै नाटक हो ! जनताको आँखामा छारो हाल्ने एउटा तिकडम हो !! सुकुते जस्ता थिए पहिले र अहिले घ्याम्पो जत्रो पेट छन् यिनीहरूका ….!! पार्टी त के , यिनीहरूका घ्याम्पो जात्र पेट फुटे पनि हुन्छ 🙂 ! ६०१ नकचरो हरू संसद भवनमा एक आपसमा मारकाट गरि मरे भन्ने खबर यो कानले कहिले सुन्न पौने हो …???????

  48. यो लेख को बिषय बस्तु अति ठिक छ र यथार्थ पनि हो,,,,,,,भोको बाघ ले सीकार गर्नु नौलो कुरा होईन,,,,,,तर तर तर लेखक ले बढी नै आक्रोश पोख्नु तेती sandarbik र आबश्यक चै होईन…

  49. समयले सबैको मुकुण्डो ढिलोचाडो उघार्छ र उघरिरहेको पनि छ ,जतिसुकै कान्त्रिकारी र सर्बहारापनको रवाफ लगाएपनि पनि माओबादीको वास्तविक मुहार देखिदैछ , नेपालमा भ्रस्टाचार र भ्रस्टचारी नभएको कुन पार्टी छ र ? …….आखिर सबै पार्टीहरु एकै ड्यानका मुलाहरु हुन् भन्नेमा कुनै संका छैन , यी पार्टी र नेताहरुको बखान र गुलामी गरेर दास र हनुमान बन्नुको कुनै औचित्य छैन तर जे सुकै भएपनि, जस्ता भएपनि देश हाक्ने पार्टी र नेता तिनीहरु नै भएकाले सबै मिलेर एक भएर शान्ति , संबिधान र देश बिकासको लागि सगै गए हुन्थ्यो , सधै मिले हुन्थ्यो ……………परिबर्तन जी , माओबादीलाइ बैधे पक्षले किन र के लागि फुटाउने ? फेरी जंगल पसेर बिधंस मच्चाउन ? गाउका सर्ब साधारणलाई सामन्ती र दलालको बिल्ला भिराएर मार्न ? पुल पुलेशा मोबाइलका टावोर भत्काउन ? ………हुन् त मान्छेको आफ्नो आफ्नो नियत र चाहना हुन्छ , तपाई जातीय राज्यको ओकालत गर्ने धुरन्धर बिध्वान , अहिले राज्यको संख्या घटाउने र जातियता पनि सकभर नराख्ने र राखे पनि कम राख्ने चर्चा छ , कतै प्रचण्डले जातीय राज्य घटाउन लागे भनेर तपाइलाई औडाहा भएको हो ? शान्ति कायम होला कि , काटमार हिंसा रोकिएला कि भनेर बेचैन भएको हो ?…… ….हुन त प्रचण्डको विलाशी जीवन र माओबादीको भ्रस्टाचार पोलापोलको आरोप प्रत्यारोप सुन्दा त माओबादीका आदर्स त सबै दन्ते कथा झैँ देखिएको छ तर शहरी विलाशी जीवनमा रमाउने र चोरीका गाडीमा सयर गर्ने बैधे , बादलहरु कसरि दुधले नुवाएका गाई हुन् र ? सम्पति र दाइजोको निहुमा गर्भवती बुहारीलाई गर्भ पतन गर्न लगाएर घर निकाला गर्ने गजुरेल कसरि क्रान्तिकारी हुन् सक्छ ? तिनीहरुले पनि भोलि प्रचण्डको रुप धारण नगर्लान भन्ने ग्यारेन्टी के ?

  50. ओहो! परिबर्तन जी यौटा लेख पछि नै आर्को मा ‘शान्त र ‘धरातल’ मा उत्रिनु भो बधाई छ/मैले अघिल्लो लेख मा कमेन्ट लेखेको थिए कसरि ‘टोले गुन्डा’ ब्यापारी भए ‘वाई-स्याल’ बनेर भनि/नारायणी को पानी धेरै सित्तै मा भारत तिर बगी सक्यो परिबर्तन जी, फ्रान्स र रुस का क्रान्ति नेपाल मा सुहाउदैन नत चिनिया नै तेसै ले आखा खोल्नुस/ परिबर्तन आग्रगामी हुनु पर्छ पछुवा हैन/विश्व कहाँ पुगी सक्यो जात-भात,छुवा छुत फेरी हुनु पर्छ भन्ने धर्म र जातियता को नारा दिएर उकास्ने नेता को पिछलग्गु नबन्नुहोस/हिजो प्रचण्ड लाई बोकेर हिड्नु भो आज धोति देखाईदियो भोलि आर्को(बैध,बादल,…) ले नि गर्ने तेही नै हो/पार्टी फुट को कुरा ले चै कसैलाई फाइदा हुन्न र माओबादी फुटाउने हिम्मत भाका तेस पार्टी मा कोइ छैन आत्म- रति मा नरमाए हुन्छ/खबरदारी चै खुब गर्नुहोस लोकतान्त्रिक पार्टी मा कार्यकर्ता को पावर भनेको नेता लाई ‘बनाउने’ नि हुन्छ,बिधान अनुसार नचले ‘फाल्ने’ नि हुन्छ तर माओबादी मा त नेता लाई स्यालुट गर्ने मात्र कार्यकर्ता छन कि कसो???

  51. खोइ मलाई त अझै पनि माओबादी पार्टी भित्र भित्र मिलेर बाहिर चै झगडा गरेको नाटक गरेको झैँ लाग्छ . नेपाली उखान ” त पिटे जस्तो गर्, मा रोए जस्तो गर्छु ” भनेको जस्तो

  52. शान्ति, शान्ति, शान्ति ….देशमा बस शान्ति चाहियो | बाकी फुट कि जुट………बालै भएन |

  53. माओबादी राजनीतक पार्टी भन्दापनि एउटा वित्तीय संस्था हो !

    पार्टीलाइ फुट्न सजिलो हुन्छ वित्तीय संस्था फुट्न अडिट गर्नुपर्ने र हिसाब किताब मिलान गर्नुपर्छ…!

    बैध्य समूहले तेही अडिट गर्न अक्तियार पुकारेको छ !

  54. जनबाद छोडेर धनबाद, अनि लुट्ने खाने भनेर सिकाएको त हो नि…..!!! हिजो कार्यकर्ता उचाल्दा सत्ता कब्जा अनि आफ्नो सरकार आए पछी जे पनि पाइन्छ भन्नु भो…..!!! सत्य तितो भए पनि सत्य न हो……!!! अब अरुलाई बिष बृक्ष्य देख्नु भो……!!! सधै उपभोग को राजनीति कहा सफल हुन्छ र……!!!

  55. पार्टी फुटालेपछि बैद्य बा कता जाने जंगल? अह! यो सम्भव छैन किनकि शहरमा रमाउने बानी परिसक्यो। जनताको नाममा गरिने क्रान्तिका कुराहरु पद र पैसाका लागि नै हुन् भन्ने सबैलाई थाहै छ। पहिले फुटाएर झन्डै पत्तसाफ भएका कांग्रेस र एमालेहरुबाट बैद्यले पाठ सिकेका होलान्। आखिर राजनिति भनेको लुटतन्त्र नै त रहेछ।

  56. प्रथमतः सबैले बुझ्नु पर्ने नेपाल मा शान्ति चाहिहेको छ. यो हिंसा को राजनीतिले देशलाई कंगाल बनाइ सक्यो. बाठा नेताहरुलाई यहाँ क्रान्ति एक हतियार भएको छ आफ्नो भुडी भर्न जब आफ्नो स्वार्थ पुरा गर्ने एक अचुक हतियार. र गरिब जनतालाई भड्काएर तिनको रगत को होलि खेलेर आफ्नो स्वार्थ पुरा भयो भने क्रान्ति को भासा छोडछन्. जसले भाग पाएँ तेस्ले फेरी क्रान्ति भनि राख्छ. यहि हो प्रचण्ड र वैद्य को चाल. अहिले वैद्य पक्छ्यले भाग पाएँ तेसैले क्रान्ति को गीत गाइ रहेको छ. तर अब नेपाली जनता विरक्त भै सके यो नाटक बाट, अब नेपाल मा चाहिएको मात्र नया सम्बिन्धान.

  57. परिवर्तनले राखेका कुराहरु धरातलीय यथार्थमा टेकेको छ र यसमा प्रतिवाद गर्ने ठाउँ म देख्दिन| आत्मरति लिनका लागि आफ्नो कुरो माथि पारेर परिवर्तनलाइ होच्याएर यथार्थ छिप्दैन क्यार! यति राम्रो विश्लेषण गर्ने परिवर्तनले समस्या मात्र नदेखाएर समाधान पनि देखाएको भए देशलाई त केहि फाइदा पुग्थ्यो कि! डाकालाई खेदेर चोरलाई भित्र्याएको अवस्था अहिले नेपालमा छ | राजनीतिक पार्टीहरु जनताको लागि खाए खा नखाए घिच भएको छ | मौसुफ नै ठिक थियो भनेर नेपाले बुद्विजिविहरु भन्छन भने त्यो त टटटी माथि अत्तर छर्किनु बराबर हो| नेपाले राजनीतिज्ञहरु बैचारिक र चारित्रिक रुपले सुसंस्कृत हुन अझ केहि समय लाग्ने देख्छु र आफुलाई जतिसुकै प्रगतिवादीमा दरेपनि सामान्ती संस्कारमा हुर्केका हुनाले तिनको सर्वाहारावादिता पटक पटक चिप्लिरहँदो रहेछ, त्यसको फलस्वरूप हाम्रो लोकतान्त्रिक आन्दोलन पनि तुहिरहँदो रहेछ| तर देशले फडको चाहिं हानिसकेको छ | ढिलो चांडो ट्रयाकमा आउँछ | आतिनै हाल्नुपर्ने अवस्था छैन !

    • शसांक ज्यु
      एउटा धुर्तले एउटा हातमा २ फुटको लठ्ठी र अर्को हातमा ३ फुटको लठ्ठी देखायर सोध्यो “कुन ठुलो लठ्ठी हो? ” भनेर सोध्यो/ सबैले ३ फुटको लठ्ठीलाई ठुलो भने/ अनि तेस्ले २ फुटको लठ्ठीलाई ३ फुटको लठ्ठी भन्दा ठुलो बनाउन भन्यो/ कसैले पनि २ फुटको लठ्ठी लाई ३ फुटको लठ्ठी भन्दा ठुलो बनाउन सकेन/ त् तेस्ले ३ फुट को लठ्ठीलाई बिचैमा भाँच्यो/ अब ३ फुटको लठ्ठी डेढ डेढ फितको भयो र २ फुट को लठ्ठी भन्दा सानो भयो/

      गणेश गिरिजा मिलेको कांग्रेस, मदन र मनमोहनको एमाले पनि ३ फुटको जस्तै थियो/ तिनीहरु तुक्राईय त् ती २ फुट्टा मद्ध्य देस बादी तिनीहरु भन्दा ठुला भय/ अब मावोबादी ती दुई फुटे मधेश बादी भन्दा ठुलो भयकोले मावोबादिलाई पनि टुटाउन चाहेको छ/ के यो कुरामा शसांक ज्युले पनि सहि थाप्ने?

      मावोबादी भित्र केहि विकृत र बिकृति मौलायको कुरा हामीले नकार्न सकिंदैन/ तर ती विकृत र बिकृति पनि टुक्राउन चाहेकोले नै हुलेको हो/ नेपालीको कुनै पनि दल न तुक्रियुंन बरु मिलुन/ दल भित्र पनि मिलुन दलहरु पनि मिलुन/ यसैमा नेपाली हौँ भन्न चाहनेको भलाई छ/

      • मैले फुट्नु पर्छ भनेको छैन| माओवादी कांग्रेस एमाले र मधेशवादी पार्टीहरु कुनै पनि फुट्नु हुन्न| चेक एण्ड ब्यालेन्सको लागि सबै पार्टी एकसेएक हुनुपर्छ| मैले त परिवर्तनले खुलासा गरेको यथार्थलाई ‘हो’ मात्र भनेको हो| ल्याप्चे चाहिं हानेको होइन |

  58. अहिले ‘खान पौन्जेल प्रचण्ड नत्र बैध जी’ नेकपा माओबादी

  59. परिवर्तनजीको यो लेख वर्तमान माओबादीको दर्पण हो !
    लेखकले वास्तविकता औंल्याएर माओबादीको कार्यकर्ताहरुलाई झस्काएको छ /
    माओबादीले काट्न नमिल्ने ठाउँमा ऐजेरु निस्केर रुप देखाउन हम्मे हम्मे परेको अवस्थामा आफुलाई कति दिन मन्चमा राख्ने हो ??!!!

  60. अरु फुटेको दृष्टांत र त्यसको प्रतिफल हाम्रै सामु छन् । त्यसैले माओवादी फुट्नुको रत्तिभर पनि औचित्य छैन । जीवन्त राजनीतिमा वहस, छलफल, खिचातानी हुनु स्वभाविकमात्र होइन, फलदायी पनि हुन्छ । प्रचण्ड शान्ति प्रक्रिया, संविधान निर्माणमा घोत्लिएका छन्, वैद्य गलत तरीकाले शान्तिप्रक्रिया अघि बढ्ला, अगतिलो संविधान बन्ला भनेर खबर्दारी गरिरहेका छन् । जे हुनुपर्ने हो, त्यही भइरा’छ; केही गलत भइरा’छैन ।

    बर चैतेहरू पसेर कांग्रेस एमाले भत्काए-फुटाएजस्तै माओवादी फुट्नुपर्छ भनेर प्रचारबाजी गर्नेहरू पनि तिनै चैतहरू नै हुनुपर्छ । आखिर यी चैतेभनेकै साङ्ला न हुन्, जस्तोसुकै अवस्थामा पनि आफूलाई बचाइराख्नसक्ने ।

    • “लडाकुको भरणपोषण, भत्ता र शिविर निर्माणमा सरकारले खर्चेको करिब ९ अर्ब रुपैयाँमध्ये पौने ३ अर्ब भ्रष्टाचार भएको ठहर गरेको छ। वैद्य पक्षकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छानबिनको माग गरेका छन् ” ………नागरिक दैनिक

      is not equal to

      ” गलत तरीकाले शान्तिप्रक्रिया अघि बढ्ला, अगतिलो संविधान बन्ला भनेर खबर्दारी गरिरहेका छन् “……..पुष्पजीको प्रतिक्रिया

      पुस्पजी “कालोलाई कालो” नभन्दा सम्म त पच्छ तर “कालोलाई सेतो” नै भनि हाल्दा अलिक चित्त नबुझेर छुस्स प्रतिक्रिया लेख्या नि /

      तेन्जिंग गाबा

      • वैद्यमात्र किन जोकोही पनि गए हुन्छ अख्तियार । यदि प्रचण्डले भ्रष्टाचार गरेका हुन् भने उनले सजाय पाउनैपर्छ । तर कसैले वक्तव्यबाजी गर्यो र सञ्चारमाध्यमले प्रचारबाजीमात्र गरेको भरमा सेतो कालो हुँदैन बाबाजी ।

    • पुस्पजी,
      भनेपछि सबै राम्रै भा छ देश मा? प्रचण्डको छोरालाई २ करोड दिन नि भा छ,लडाकुको चेकक खोसे पनि भा छ,नक्कली लडाकुको पैसा खाए नि भा छ?? अनि हत्यारालाई आफूसंगै रखेनी भाछ होइनाता?

Comments are closed.