एक अर्ब लागतमा यस्तो बन्दैछ गणतन्त्र स्तम्भ

4
कहिले बन्छ, यकिन छैन। तर बन्यो भने कीर्तिपुरमा यस्तो बन्नेछ गणतन्त्र स्तम्भ। कीर्तिपुरको गाम्खेलमा बनाउने भनी आज प्रधानमन्त्री बाबुराम भट्टराईले यसको शिलान्यास गरे। गाम्खेल त्रिविको स्वामित्वमा परेको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको पश्चिमपट्टि पर्छ। करिब ५३ रोपनी जमिनमा यसलाई बनाउन करिब रु एक अर्ब २१ करोडको लागत पर्नेछ। सो स्तम्भमा हिमाल, पहाड, तराईका विविधतालाई झल्काइने भनिएको छ। यसको उचाइ धरहराभन्दा बढी अर्थात् ९४ मिटर रहनेछ (धरहरा भीमसेन स्तम्भ ६१.८७ मिटरमात्रै अग्लो छ)। गणतन्त्र स्तम्भमा करिब १५० जना एकैपटक चढी काठमाडौँ खाल्डोको दृश्यावलोकन गर्न सक्नेछन्।

2012-04-26-3000_3472

स्तम्भको टुप्पोमा पुगेपछि सरर राजधानी र वरपरको दृश्य हेर्न पाइन्छ। माथि चढ्न लिफ्टबाट गए नि हुन्छ, साधारण भर्‍याङबाट गए नि। सवारी राख्न भूमिगत पार्किङ सुविधा हुनेछ। राजधानीलाई उचाइबाट हेर्न यो भन्दा राम्रो ठाउँ अरु कहाँ हुन्छ र। पर्यटकका लागि पनि गन्तव्य हुनेछ। विदेशी राष्ट्र प्रमुख, सरकार प्रमुख आए पनि यहीँ सलामी दिने रे। माधव नेपालले रत्नपार्कमा शिलान्यास गर्दा अम्रिकाको स्टायच्यु अफ लिबर्टी र पेरिसको इफेल टावर जस्तै बनाउनु है भनेर निर्देशन दिएका थिए।

कुरा सुन्दा त राम्रै लाग्छ। तर के यो बन्छ त ? बन्यो भने त नेपालका लागि एउटा ऐतिहासिक धरोहर नै हुनेछ। अहिलेसम्म हामीले स्तम्भको नाममा त्यही भीमसेन थापाले बनाउन लागेको होच्चिँदै गएको भीमसेन स्तम्भ अर्थात् धरहरा हेर्दै आइरहेका छौँ। तर थोरै पैसा लाग्दैन यो बनाउन। एक अर्ब २१ करोड। कसरी जुटाउने हुन् यत्रो पैसा! अनि यो बनाउनुअघि नै कता कता घुमिसकेको प्रोजेक्ट हो। सुरुमा प्रचण्डको सरकारले यसलाई नारायणहिटी दरबारमा नै बनाउने भनेको थियो। पछि माधव नेपाल सरकारले धत्, कहाँ नारानहिटी भित्र बनाउने, साँघुरो भइहाल्छ नि भन्दै रत्नपार्कमा बनाउने भन्दै शिलान्यास गरे। रत्नपार्क चैँ के खाएर फराकिलो हुन्थ्यो ? त्यहाँ नि हुँदैन भन्ने कुरा भयो। अनि कहाँ बनाउने कहाँ बनाउने भन्दा बाग्मती नदीछेउमा ललितपुरको गुसिँगालस्थित युएन पार्कमा स्तम्भ निर्माण गर्ने निर्णय भएको थियो। पछि फेरि धत् त्यहाँ कहाँ हुन्छ तीनकुनेमा पो बनाउने भन्न थाले। त्यहाँ नि हुँदैन भन्दाभन्दा बाबुराम भट्टराईको सरकारले कीर्तिपुरम बनाउने निर्णय गरेको हो। आज भट्टराईले भाषण गर्दा भने, अब लहडको आधारमा ठाउँ सार्ने काम हुने छैन। तर नहोला भन्ने के ग्यारेन्टी र। भट्टराईले पो शाहवंशीय राजतन्त्रको उदय भएको कीर्तिपुरमै राजतन्त्रका अन्त्य भएको प्रतीकका रूपमा गणतन्त्र स्मारक बनाउने सरकारले निर्णय गरेको व्याख्या गरे। अर्को अर्कै व्याख्या गर्ने पनि आउने होलान् नि !

अनि अस्ति भर्खर नारायणहिटी संग्रहालयमा शिलान्यास भएको चाहिँ गणतन्त्र स्मारक हो। यो मेमोरियल पार्क जस्तो गरी बनाउने धारणा छ।

गोलचक्करमा गणतन्त्र स्तम्भ

प्रचण्डको पालामा- नारायणहिटीमा
माधवकुमार नेपालको पालामा- रत्नपार्कमा
(२०६६ साल जेठ ११ गते निर्णय, १५ गते शिलान्यास)
२०६६ साल चैत ९ गते रत्नपार्कमा नबनाउने निर्णय
२०६७ वैशाख १७ गते ललितपुर गुसिंगालमा बनाउने निर्णय
२०६७ साल असार १६ गते तीनकुनेमा बनाउने निर्णय
२०६९ वैशाख ९ बाबुराम भट्टराई सरकारले कीर्तिपुरमा बनाउने निर्णय
ganatantra

85 Comments

  1. सब जना लै Trolling गरे जस्तो लाग्ला , तर यो स्तम्ब बनाउने सोच एकदम राम्रो हो, के विदेश बाट आएका पर्यटक लाई तेही तपाइको घर अगाडी को फोहोर को थुप्रो देखाउने ?

  2. देश मा अरु क्षेत्र मा लगानी गरे केहि सानो भए पनि जनता लाई राहत हुने थियो त्यो लगानी किन तेस्तो कुरा मा गर्दै छन् चोर हरु ले .त्यो कुरा मा पनि लगानी गर्नु पर्छ तर अवस्था हेरी हो अहिले को समय मा भनेको देश को पूर्वाधार बनाउन मा लगानी गर्दा राम्रो कुरा हो खै कहिले बुझ्ने हो कुरा देश का बाउ भनौदा हरुले…..

  3. यो टावर एस्तो ठाउँ मा राखौ जहाँ बाट भोका नांगा नेपाली जनता बसेको देखोस..बस्न लै घर नभएको देखोस बिरामी जसले औसदी उपचार नपाएको देखोस !! खाली काठमाडौँ शहर देखेर के हुने हो र !!!!

  4. देश का दुर्गम ठाउका मानिस हरु खान पाएका छैनन पदन लाई डेस्क बेन्च छैन एउटा कोठा मा ४ ओटा क्लास चलाई रा छन् येस्मा खर्च गरे कसो होला मंत्री !!!! नचैने ठाउमा लगानी गरेर कमिसन खान खोज्छ !!!!

  5. यो कसरि भयो मलाइ त अलि गजब र आश्चर्य लाग्यो किन भने प्रधानमन्त्री आफै आर्किटेक्ट हुनुहुन्छ

    फेरी उही पुरानो स्तम्ब जुन संसारको धेरै कुनामा धेरै पटक निर्माण भैसकेका छन| हैन यो स्तम्भ मा के चाहि तेस्तो बस्तु छ जसले गणतन्त्र को झलक दिएकोछ त्यो मात्र होइन मैले त येस्मा नेपाल को कुनै पनि आस्था देखिन के छ जसले नेपाल को कला कृतिको स्मरण गरोस, कृपया यो गहन बिषय लाइ एस्तो लचक ढंगले अग्लाई लाइ मात्र प्राथमिकता दिएको हो भने यो भन्दा १० गुना अग्लो भवन बनिसक्यो हैन भने के छ त एसले रास्ट्रको प्रमुख परिबर्तन लाइ सम्झाउने ? एक पटक होइन धेरै पटक सोच्ने गरौ| यो एक पटक उभिएपछि त उभियो न त भत्काउने न त छोप्ने न त काट छाट गर्ने| एदी यो आकार तेसै स्तम्भ भनेर कतै बात कपी गरेर राखेको भए एकछिन चित्त बुझाउन सकिन्छ अन्यथा गणतन्त्र जस्तो रास्ट्रको प्रतिबिम्ब को रुप मा सदियेउ को लागि निर्माण हुन् लागेको स्तम्भ ………

    http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=269336

  6. यो स्मारक बन्ला नबन्ला त्यो समयले निर्क्यौल गर्ने छ तर हामि आशाबादी भै सहयोगी बिचार र हातहरु समर्थन र साथहरु बढायौ भने पक्कै बन्ने छ र यो बनेमा कुनै व्यक्ति समुह वा पार्टीलाई नभयर देश र जनतालाई फाइदा हुने छ! तर दुख लाग्छ यहा साथीहरु को नकारात्मक सोच र प्रतिक्रिया पढेर अझै केहि साथीहरु जसको प्रतिक्रिया अलिक रुची दियारै पढिन्छ तर उहाहरुको प्रतिक्रिया मा बैचारिक गहनता र परिस्थिति परिवेस,बिचार योजना आदिको बस्तुनिस्ठ मुल्यांकन भन्दा छुद्र रोष र तात्तातै खाउ जल्दै मरु भन्ने भावना समेतियाको पाउदा अझै दुख लाग्छ! यो स्मारक को तात्तातो बिरोध मा खनिनु भनेको यो स्मारक र यसले दिनसक्ने लाभ अनि यसले राख्न सक्ने महत्वो र यसले बनाउने वा संरक्षण गर्न सक्ने इतिहाश आदि कुराहरुको गहनता आदिलाई बुझ्न नासक्नुनै हो भनेर थम्यैकनै भन्दछु म!
    हो यसको लागि अर्थको अभाब हुन सक्छ, यो त जे गर्नलाई पनि हुन्छ र यो अभाबले हामीलाई कहिल्यै छोड्ने छैन तेसैको लागि नै र यहि अभावको बीचबाटै यहि अभाब हटाउन लाइ नै हामीले यस्ता उच्च र राम्रो योजनाहरु बनाइ अघि बढ्नु परेको छ! यसरि अभाब हुन्छ यो गर्न सकिन्न बनाउन सकिन्न यो बनाउन हुदैन भनेर भन्ने हो र तेस्तो सोच्न र कोशिस गर्न छोड्ने हो भने केहि कुरा नबन्ने र समाज निर्माण देश केहि र कहिँ पुग्ने छैन कसैगरी अघि बढ्ने छैन!
    अब खुख्खार राजाबादी र राजतन्त्र बादीले त यो स्मारक को नमलेनै बिरोध गरिहाल्छ जसलाई गणतन्त्र स्मारक भनेको छ तेसैले उनीहरुको बिरोध र कुरा सुन्नुको कुनै तुक छैन यहा किनकि उनीहरुको बिरोध निर्माण र सम्भावना आबस्यकता प्रयोजन अनि तेस्ले देश र समाजलाई दिने सकारात्मक नकारात्मक असर आदिको कुरालाई भन्दा नाम र तेस्ले राख्ने अर्थ अनि अस्तित्वो मा बढी वा भनौ मात्र हुन्छ तेसैले तेता सुन्नु बेकार छ!
    अब अर्को एक किसिमको बिरोधि छन् त्यो चाहि डा भट्टराइ ले गरेको र गर्न चाहेको खोजेको अनि उहाको कोशिस हरुको बिरोधि! यो विरोधीहरु डा भट्टराइको सोच र सफलता संग तर्सिने हरु हुन् र केहि आफ्नो व्यक्तिगत स्वार्थ फुरा नहुदा र स्वार्थमा धक्कालाग्दा भट्टराइले जे जस्तो सुकै गत्तिलो सामाजिक र रास्ट्रको लागि गरेपनि बिरोध गर्छन यिनीहरुको पनि कुरा नगरौ!
    यसैगरी विरोधीको विभिन्न प्रकार र बिचार का पक्षहरुमा
    यो स्मारकको बिरोध गर्ने वा नचाहनेमा अर्को एक पक्ष चाहि यो अहिले आबस्यकता थियन भन्ने हरु छ उहाहरुलाई म तल Kranti जिको कुरा पढ्न र बुझ्न सल्लाह दिन्छु तेसैले मैले दोहोर्यायर ति कुरा लेखना जरुरि ठान्दिन!
    अरबौ बजेट कसरि ल्याउने भन्ने अर्थको अबाबले आबस्यक छैन भन्ने हरुलाई मैले माथिनै भने र थप के भन्छु भने कुनै कुरा भयपछी बनाउला भनेर कुर्नु भनेको नबनाउनु बनाउन नचाहनु हो! असम्भाबना को भिचामा सम्भावना खोज्नु जीवन हो अभाब र संकटमा तेहिबात समाधान निकालेर तेस्लाई हटाउन सक्नु सफल जीवन हो बाबुराम तेस्तै ब्यक्तित्वो हो भन्छु म!
    अब अर्को पक्ष नचाहने वा गर्न हुन्न भन्ने हरु छन् जो तेहा तेत्रो पैसा खर्च गर्नु भन्दा स्कुल, पुल, बाटो, हाइड्रो पावोर, अस्पताल आदि आदि बनाउने भन्ने छ!
    हो कुरा ठिक हो तेही अर्को के पनि सहि हो भने ति स्कुल पुल हाइड्रो अस्पताल आदि बनाउने योजना रोकेर वा तेहाको लगानी निकालेर यो बनाउन लागेको भय बिरोध जायज हुन्थ्यो र म पनि सायद बिरोध गर्थे हुँला! तर यो त्यो हैन यो तेस्तै मध्यको एउटा अर्को निर्माण हो र यो गणतन्त्र स्मारकाले समाजमा ति अन्य कुराहरुले जस्तै अर्को किसिमको भूमिका खेल्छ! यसले केटाकेटी जम्मा गरि पढाउने काम हुदैन तर तेहा देशको इतिहाश पढ्न सक्छ इतिहाशको संरक्षण गर्छ समाजलाई बिबिध किसिमको गत्तिलो पाध पढाउन सक्छा भने बिबिध सामाजिक आयाम हरु थप्ने छ! यसले बिध्धुत वा अर्को कुनै कुरा उत्पादन गर्दैन तर अर्थतन्त्रमा आर्थिक परिचालनको ठुलो भुमिका खेल्छ! अर्थतन्त्र सबल बनाउन उत्पादन मात्रै होइन उत्पादनले मात्रै अर्थतन्त्र अघि बढ्दैन त्यो त अर्थतन्त्रको एउटा खुट्टा हो तर अर्को खुट्टा आर्थिक श्रोत को परिचालन हो! उत्पादन र आर्थिक विनिमय श्रोतको परिचालन आर्थिक परिचालन अर्थतन्त्रको दुइ मुख्य खुट्टाहुन् र सहि तरिकाले कम्तिमा यी दुइ खुट्टा चलाउन सके मात्र दौडिन सक्छ अर्थतन्त्र अनि आघ बढ्छ देश! र यो स्मारकाले आर्थिक परिचालन र विनिमयमा गहन भूमिका खेल्न सक्छ र खेल्ने छ भन्ने मेरो ठम्याई छ!
    म त भन्छु यो बनाउन सकेमा यो बनाउन लाग्ने खर्च दुइ देखि बढीमा पाच बर्षमा उठाउने छ र तेसपछी फाइदामा जाने छ तेसैले यो खर्च खर्च भन्दा पनि लगानी मान्नु पर्ने छ! पाच बर्ष पछी यसले यस्तै अर्को स्मारक देशको अर्को स्थानमा बनाउन को लागि आर्थिक जोहो गर्न सक्छ भने यसको आम्दानि बाट बिद्यालय, पुल, बाटो, सानोतिनो हाइड्रो, अस्पताल आदि बनाउन सक्ने छ भने! यसले देशको अर्थतन्त्रमा आर्थिक श्रोतको सानो भनेपनि राम्रै भूमिका खेल्न सक्छ भन्ने मेरो ठम्याई छ!
    तेसैले यो बन्नु पर्छ र छिटो भन्दा छिटो बन्नु पर्छ!
    यसको अर्को राम्रो पक्ष यसको निर्माण को लागि अहिले रोजेको स्थान अति सर्बोत्तम छ! सहर को छेउ तर सहरमै! पर्यटकको सहज पहुँच! डिजाइन पनि राम्रो!
    यो सोह्रै आना बन्नु पर्छ र छिटो भन्दा छिटो बन्नु पर्छ!
    यसको बिरोध गर्नुको तुक छैन बरु सहयोग गरौ! आखिर देश बनाउने हो! र यदि देश बनाउनेनै हो भने देश को इतिहाश को संरक्षण गर्दै नया इतिहासको निर्माण गर्ने मात्र नभई देशको आर्थिक जीवन र अर्थातान्त्रमानै सकारात्मक प्रभाब राख्न सक्ने यस्ता निर्माण को हामीले दिल खोलेर स्वागत मात्र हैन तँ मन र सकेको धनले सहयोग नै गर्छु र गर्नु पर्छ!
    जय गणतन्त्र, जय गणतन्त्र समारक, जय नेपाल!

  7. १ अर्ब २० करोड ठुलो रकम हो ! यती रकमले काठमाडौँ बाहेक अरु कुनै ठाउँमा सो टावर राख्दा हुन्न !! यहि राख्नु पर्छ भन्ने के छ र! आखिर विकासको अवसर बाहिर पनि जो दिनु छ ! यत्रो रकमले अरु जिल्लामा राम्रो रोजगारको अवसर दिन्छ बनि सकेपछी पर्यटन विकासको त छुटै कुरा भयो ! राख्ने भनेर थुप्रो ठाउँ रोजी सकेको रहेछ तर कसैको पनि रोजाई काठमाडौँ खाल्टो भन्दा बाहिर गएन किन होला ?? रोज्ने सबै कम्युनिस्ट पुरेत परेछ त नि ! हामी त बाहिर पनि विकास होस् भन्ने चाहन्छौ तर “हाल: काठमाडौँवासि” को रोजाई सधै यतै हुदो रहेछ! यसमा हाम्रो गल्ति थोडै छ !!

  8. सरकारले येस्मा खर्च गर्ने होईन! यो खर्च प्राइवेट सेक्टर बाट जुताउनु पर्छ र प्राइवेट सेक्टरले नै ठेक्कामा बेबस्थापन गर्नु पर्छ! येसबाट प्रसस्त फाइदा हुन्छ! दिनहू लाखौं! जस्तै पेरिस को Eifel Tower , शंघाईको Pearl Tower , जापानको Tokyo Tower आदि! सरकारले बिना लगानी यो र एस्ता प्लानबाट फाईदा लिन सक्छ! सरकारको काम प्लानिंग गर्ने हो, अनि private sector को काम तेस्मा लगानी गर्ने! चाहे त्यो मोटर बाटो, मेट्रोहोस, fly over, अंतरास्ट्रीय बिमानस्थल, पार्क बनाउने होस या उद्द्योग खोलने होस! अनि सरकारले बर्षमा कतिमा ठेक्कामा दिने तिनको लेखा जोखा गरेर case by case लिखित agreement गर्ने ३- ५ बर्षको लागी भनेर! जूनले ठेक्का लिएको हो तेसले राम्रो बबस्थापन नगरे बेबस्थापन अर्को कंपनी लई दिने त्यो agreement सकिय पछि! यसरी कमाएको पैसा सरकारले गरीबी र रोजगारी बढाउने कार्यक्रममा लगानी गर्नुपर्छ! तब मात्र देश बिकाश हुन्छ!

  9. के भनु खोई यो पनि राम्रै कुरो हो, तर पहिला चाई संबिधान तिर ध्यान दिएकै राम्रो हुन्थ्यो !!!!! जे भए पनि हामीलाई हामी जिउदै हुँदा हाम्रो देशले प्रगति गरेको हेर्ने इछ्या छ र आफ्नै देशको कर (Total Revenue) ले आर्थिक सबल भएको हेर्ने ठुलो धोको छ |

    जय नेपाल

    • अति राम्रो योजना, टावर मा चढेर कहाँ पेट्रोल बिक्रि हुदै छ भनेर हेर्न त पाइन्छ.

  10. ट्राफिक जाम हुन्छ l २ किलोमिटर पार गर्न ३ घण्टा लाग्छ l प्रधानमन्त्री भन्छ सडक विस्तार हुन्छ l किन ढिला भयो? उत्तरमा सरकार संग बजेट कमि छ l बाबुराम बचन दिएको काम नगरी बेकारको निर्माण गर्न अरबौ रुपिया बजेट कहाबाट आयो ?

  11. यो ठिकै छ नि ..यसले दुइ फाइदा हुन्छ …एक त सम्रचना र सहरको बनावट राम्रो बन्छ अर्को पर्यटन स्वदेसी वा नेपाली को गन्तब्य स्थान बन्छ, एउटा business point पनि हुन्छ, त्यहाँ एउटा revolving restaurant खोल्ने अथवा त्यो tower चढ्न प्रत्येक बाट 50 रुपैया मात्र लिने हो भने पनि त्यो राम्रो आम्दानी स्रोत हो , हामीले त्यो पोइन्ट बाट हेर्नु पर्छ, हो केहि लगानी अबस्य लाग्छ तर प्रत्येक tourist संग 10 dollar मात्र लिने हो भने र नेपाली संग 100-200 लिने , त्यहाँ वरिपरीको business र अरु सबै हेर्दा 5-10 बर्षमा त लगानी उठ्छ तर त्यो सधै tourist destination पनि रहिरहन्छ, अहिले सिलान्यास हुनु राम्रै हो, त्यसको मतलब अहिले नै सबै पैसा त्यसमा खर्चिने पनि हैन …तर यो योजना अथवा यो concept त्यस्तो गल्ति छ जस्तो मलाई लाग्दैन …यो विकास निर्माणमा ठुलै फड्को हो …आखिर डराएर विकास पनि त हुन्न …विकास गर्नलाई केहि योजना पनि चाहिन्छ, मलाई बाबुरामको योजनाहरु सबै राम्रो नै लाग्छ, हो नेपाल गरीब छ तर हामी गरीबी बाट चाडै हट्न पनि सक्छौ, यसको लागि एउटा सोच चाहिन्छ, त्यो सोच भनेको राष्ट्रिय सम्पतिमा जोड दिने हो | New roadma एउटा ब्यापारीले 1 अर्बको घर बनेर देशलाई कहिले tax तिर्दैन त्यसको बिरोध हुनुपर्छ, personally गरीब देसको मान्छे अरबपति बन्नु र देसमा कर नतिर्नु ठुलो अपराध हो…तिनीहरु बाट कर उठाउन किन सकिन्न, के देसमा बसेर तिनीहरुले आफ्नो नागरिक दायित्व पुरा गर्नु पर्दैन ….हाम्रा यहि गरीब देसका जनता 7 class ma पढ्न मासिक २०००० तिर्न सक्छन, के ति सबै school र अरुले देसको बारेमा सोचेको छ …कसैले सोचेको छैन….. हामीले सोच्ने समय आयो म त यहि भन्छु, there should be a system and rule of law …every citizen should contribute in one way or the other…. परियोजना बनाउनु पर्छ र पुरा गर्नु पर्छ…..र यो राम्रो परियोजना हो, स्वागत योग्य कुरा हो…..यसको लागि लगानी फेरी पनि कर र अन्य तरिका बाट उठाउनु पर्छ, समाजलाई ठगेका भस्त्रचारी बाट असुल्नु पर्छ ….विकास सम्भव छ ….we just need to be brave to begin…..खुट्टा तान्ने बनि छोडौ हामी सबैले….

  12. देश सम्बृद्ध भैसके पछी वा हुन लाग्दा गर्ने कुरो हो यो, त्यतिबेला कसै संग ऋण नकाढ़ी आफ्नै पुरुषार्थ ले गर्नु सान्दर्भिक हुन्छ! अहिले काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तो काठमान्डौ कै जनतालाई पानी छैन, बिजुली छैन, डेरा छैन कहाँ अरबौं रुपिया खर्चेर किन यस्तो खालको बुद्दी आएको हो कुन्नि! दिमाग ले नै सोचेर हो वा पुछार तिरबाट सोचेर हो, बाबुराम जी लाइ पनि नलागेको शनि को ग्रह दशा आफैले निम्त्याउँदै छन कि क्या हो!

  13. कुनै पनि बिकासका योजना बनाउदा वर्गीकृत विश्लेषण जरुरि हुन्छ जस्तै-
    १) MUST – हुनै पर्ने ,अति आबस्यक कुराहरु (बाटो, पुल, खाने पानि , अस्पताल, बिजुली…)
    २)SHOULD – आबस्यक तर तत्काल नभय पनि काम चल्ने ( रेल /लिग , केबुल कार …)
    ३)GOOD – आबस्यक छैन -भएमा राम्रो / सहर सिगार्ने कुराहरु, विलासी कुराहरु ( स्तम्भ , ठुला भबन , बि एम बि गाडी ….)

    मेरो विश्लेषण मा यो ३ न मा पर्छ / भये राम्रो हो , यसले सभ्यता झाल्कौछा शहरको तर यातिबेल्ला रास्ट्रको धन उर्जा उत्पादन, अन्न ,तरकारी, फलफुल, मासु उत्पादनमा लगाउनु पर्ने हो /यो लाटाले पनि भन्न सक्ने कुरा हो / तेती राम्रो स्तम्भ (हिमाल ) प्रकितिले दियकै छनी किन चाहियो आर्टिफिसेल ? नपाउनेले केरा पायो चियामा चोबेर खायो भनेको यहिहो /

  14. ”देश बनाउने कामको सुरुवात नै योजना बाट हुन्छ” प्रधानमन्त्रि बाबुरामजी को भनाइ सत-प्रतिसत सहि हो/ तर योजना तुर्जुमा गर्दा मुलुकको आबस्यकतालाइ ध्यान दिन अतिनै जरुरि हुन्छ र त्यहि आबस्यकता अनुसार योजना कर्यन्योयन गर्दै जानु पर्ने हुन्छा/ वर्तमान मुलुकको आबस्यकता छनौटमा बाबुरामजीको ध्यान पुर्याउने समयनै छैन किनभने उहाको मात्रै होइन सबै सरकार प्रमुखको ध्यान आजसम्म (बहुदल आएपछि) सरकार कसरि जोगाउने भन्नेमा मात्र केन्द्रित भै रहेकोछ भने बिरोधि पार्टीको चाही सरकार कसरि गिराउने भन्नेमा केन्द्रित भै रहेको अबस्थाछ/

  15. हाम्रो जनता र सरकार सबै जना सपना मा मात्र हिड्ने गर्छ / कहिले काही बिपना मा पनि हिडे कति राम्रो हुन्थ्यो/ जहाँ जनता लाई साधारण सॉवारी को बेबस्था राम्रो संग दिन सकेको छोइना/ तेही देश मा ठुला_ठुला सपना देख्छ/ जनता लाई एक गास खान देउ; सानो सुत्ने जुपड़ी देउ / जे गर्न छ गर बाबुराम गर ;;;;;;;;;;;;

  16. काठमाडौँ राम्रो संग देख्न पाउने भईए छ , लु ज़ा

  17. तपाईहरु किन विकास को बिरोध मा उत्रीनुहुन्छ ? देश बनाउने कामको सुरुवात नै योजना बाट हुन्छ मित्रहरु | धेरै योजनाहरु बनाउन अझै बाकी नै छन् | राष्ट्रिय सहमतिका आधारमा शान्ति प्रकृयालाई पुरा गर्दै जनताका पक्षमा अग्रगामी संबिधान बनाउने र तिब्र आर्थिक बिकाश गरि नेपाललाई बिकशित राष्ट्रको सूचीमा पुर्‍याउने मेरो आफ्नो लक्ष्य छ | धैर्य गर्न सिक्नुहोस !

    • पहिलो कुरा त तपाई डा प्रम बाबुराम भट्टराईले नै कमेन्ट लेख्नु भा’ हो र भनेर
      शंका हाम्लाई लाई’रा छ . यहा तपाईको नाममा क्लिक गरेको त तपाईकै नामको
      ब्लगमा पुगे पछी भने अलिकति झस्किए पनि ! आप्प्युई हाम्रै प्रधान मन्त्रिले
      लेख्या हुन् त यो कमेन्ट ???!!!
      यदि हो भने म छक्क पर्दै छु ‘ तपाईहरु किन बिकासको बिरोधमा उत्रदै हुनुहुन्छ
      ? ‘ भन्ने सम्बोधनबाट !!!
      डा बाबुराम जी !
      छातीमा हात राखेर सोच्नुस ! के यहा कमेन्ट लेख्ने साथिहरु बिकासको बिरोधमा
      उत्रिएका हुन् ?????????????????????????????????!!!!!!!!!!!!!!!!!!!!
      भ्रस्टचार न्यूनीकरण गर्न सक्ने ब्यबस्थातिर ध्यान दिनु अति जरुरि भईरहेको
      स्थितिमा साथै मुलुकमा अन्य अति जरुरि यावत समस्याहरुको समाधान हुन
      नसकिरहेको अबस्थामा —
      त्यो अस्तिको जस्तो बिना दुरगामी योजनाको बढारकुडार कार्यक्रमले रास्ट्रको
      ढुकुटीबाट करिब दुई करोड गयो अनि त्यसमा तपाईहरुले समात्ने कुचो , पन्जा ,
      मास्क आदि खर्चमा लाखौ लाख भ्रस्टचार भयो कि भएन ? त्यस्तो भ्रस्टचार
      कति भा’छ कति !
      यस्तो परिस्थितिमा फेरी अर्बको लगानीमा गणतान्त्रिक धरहरा बनाईने कुरा
      हुँदा त्यहा पनि त्यो तपाईले समात्या कुचोमा लाखौ लाख भ्रस्टचार भए झैँ
      अर्बको मामलामा करोडौ करोड भ्रस्टचार नहोला भनेर कसरी भन्ने ?
      त्यै भ र पैला त सबल संबिधान मार्फत मुलुकमा शुसासन ल्याई जनतालाई
      राहतको अनुभब गराउन सके कसैले पनि बिकासको कार्यमा बिरोध गर्ने छैन .
      भ्रस्टचारी सरकार अनि भ्रस्टचारी नेताहरुले बनाउने योजनालाई स्वागत गर्न मन
      अमिलो त हुन्छ नै — त्यो किन हुन्छ तपाईले बुझ्नु हुन्छ — बुझे पछी यसरी पनि
      यसरी सतर्क गराउने जनतालाई आरोप लगाउने ‘ तपाईहरु किन बिकासको बिरोध
      मा उत्रिनुहुन्छ भनेर ???

    • बाबुरामज्यु
      पहिला सदन र तपाईंको आफ्नै पार्टीमा उम्लिन्दै गरेको दुध पोखिन बात बचाउनुस, बाहिर धाराको तुति खोलियको चिन्ता नगर्नुस/तपाईं उही बाबुरामनै हो भने हामीले सुने अनुशार तपाईं डिजाईनर ईनिजिनियर हुनु हुन्छ/ डिजाईन मात्रै बनाउने हामीले बर्सौ होईन सदियौ हेरी सके; यसकारण हाम्रो धैर्यको बारेमा पिर नलिनुस/ यो भन्दा बढी भन्नु पर्ला जस्तो लागेंन/

    • एक अरब खर्च गरेर गणतन्त्र स्थम्भ बनाउनु भन्दा त त्यहि पैसा हाम्रो कुनै बिकट जिल्लामा खर्च गर्यो भने उक्त पैसा र जनसहभागिता बाट त्यो जिल्लालाई नै पर्यटकीय क्षेत्र बनाउन सकिन्छ होला बरु! देखावटी कुरामा लगानी गरेर भीमसेन थापाको पालामा धरहरा बन्यो अनि बाबुरामको पालामा स्थम्भ बन्यो भन्न रुचाउनु भन्दा आर्थिक प्रतिफलको दृष्टिकोणले उचित क्षेत्रमा पो लगानी गर्ने हो कि!

    • यो भन्दा त बरु भेरी नदीमा चण्डीमा पौडिएर बिद्यालय जाने बालबालिकाहरुको लागि झोलुंगे पूल बनाइदिए सभ्यता र बिकासको झझल्को देखिने थियो कि.????

    • लाटो देशमा गाडो तन्नेरी भनेको येही हो……….रिष्टपुस्ट,फुर्तिलो भनाउनु हुन्छ भनेको त झन् झन् रोगिपो बनाउनु भयो त…आहिले त देशलाई झन् एस्तो ननिको रोग लाग्या छकी….धान्नै नसकिने महंगी,भ्रस्टाचार,लुट,हस्तछेप (अन्य देश तथा नक्कली नागरिक),जातिय दुन्द… क्या क्या हो क्या क्या…फेरी डा. साप को अस्पताल ( सरकार) त् नर्शिग होम भन्दा कम छैनन साधारण टाउको दुखेर जचाउन गयो भने पनि किड्नी नै चोरिदिन्चन, डा. साप को अस्पताल चोर र फटाहा बाहेक कोइ छैनन्, अस्तिनो को पत्रिकामा डा.निको हुँदैन भनेको बिरामी घाटे बैध्येले निको बनाए भन्ने आइ रहेको छ. डा.सापले राम्रो राम्रो योजना बनाउनु भएको छ अनि Implementation पनि राम्रो संगनै गरिरहनु भएको छ जनताले सब बुझेका छन्, सब योजना को पछाडी एउतै योजना पैशा कुमलायुने कार्यकर्ता पोस्ने जस्तै लडाकु समायोजन ( फर्जी तथा लडाकु बाट अरबौ लुट),सरसफाई को नाम मा करोडौ लुट,सान्ति र संबिधान को हवाला दिंदै कुर्ची जोगाइराख्न अरबौ बाड्ने चलखेल,देशलाई जातिय संघियेताको कुचक्रमा मिलाउने,अहिले फेरी गणतान्त्रिक टावोर को पनि १-२ महिनामा………..करोड भ्रस्टाचार….भन्ने आउछ. यो सबका पछाडी एउतै योजना लुट लुट लुट

    • खै हामीले बुझेको विकासमा त पुर्बाधार, उद्ध्योग कलकारखाना आदि पहिले आउथ्यो एस्ता स्तम्भ भन्दा | मैले हेर्दा त मेरो देश मा तिनीहरुको नै अत्यन्त कमि छ र अतिप्रचारित दोहोरो अंक को आर्थिक छलांग मार्न तिनीहरुले सहयोग गर्दथे | ठिकै हो, राष्ट्रको ढुकुटी कार्यकर्तालाई बाड्न हुन्न भन्ने, सगरमाथा आरोहणमा खर्च गर्न हुन्न भन्ने, सहि ठाउमा उपयोग गर्न पर्छ भन्ने तिम्रो बादमा बिकाश बिरोधि नै होलान | अझ सामन्ती पनि भने राम्रो ! अनि हामीलाई फासी दिन चाही मिल्दैन ?

    • लाटो देशमा गाडो तन्नेरी भनेको येही हो……….डा साप्ले देशलाई रिष्टपुस्ट,फुर्तिलो भनाउनु हुन्छ भनेको त झन् झन् रोगिपो बनाउनु भयो त…आहिले त देशलाई झन् एस्तो ननिको हुने रोग लाग्या छकी….धान्नै नसकिने महंगी,भ्रस्टाचार,लुट,हस्तछेप (अन्य देश तथा नक्कली नागरिक),जातिय दुन्द… क्या क्या हो क्या क्या…फेरी डा. साप को अस्पताल ( सरकार) त् नर्शिग होम भन्दा कम छैनन साधारण टाउको दुखेर जचाउन गयो भने पनि किड्नी नै चोरिदिन्चन, डा. साप को अस्पतालमा चोर र फटाहा बाहेक कोइ छैनन्, अस्तिनो को पत्रिकामा डा.ले निको हुँदैन भनेर फिरता पठाएको बिरामी घाटे बैध्येले निको बनाए भन्ने आइ रहेको छ. डा.सापले राम्रो राम्रो योजना बनाउनु भएको छ अनि Implementation पनि राम्रो संगनै गरिरहनु भएको छ जनताले सब बुझेका छन्, सब योजना को पछाडी एउतै योजना…… पैशा कुमलायुने कार्यकर्ता पोस्ने जस्तै लडाकु समायोजन ( फर्जी तथा लडाकु बाट अरबौ लुट),सरसफाई को नाम मा करोडौ लुट,सान्ति र संबिधान को हवाला दिंदै कुर्ची जोगाइराख्न अरबौ बाड्ने चलखेल,देशलाई जातिय संघियेताको कुचक्रमा मिलाउने,अहिले फेरी गणतान्त्रिक टावोर को पनि १-२ महिनामा………..करोड भ्रस्टाचार….भन्ने आउछ. यो सबका पछाडी एउतै योजना लुट लुट लुट

    • ए सरकार ! को बिकासको बिरोधी भयो हं ? बिकास गर्ने, देशको चिन्ता गर्ने सब ठेक्क यहाँ नेता हरू ले लिएर त आज यो स्थिति छ नी ! यो पनि उही ठेक्क पट्टा जस्तै हो, बिचार देखि बिकास सम्म को ठेक्क तपाइ नेताहरू ले लियेर आज देश मा येस्तो भ्रस्टाचार र अराज्कता भएको ! नाम राखदै मा कोहि गौतम बुद्ध हुनी भए अनी स्त्मभ खडा गर्दै मा गण्तन्त्र आयेको अनुभुती हुनी भए ए बाबा सबै जनता को नाम परिवर्तन गरेर येउटै नाम “लोकतन्त्र नेपालि” , “गणतन्त्र नेपालि” रखिदिये भयो आनि सप को घर को घर स्तम्भ आकार को बनाउनी उर्दी जारी गरिदिये भैगो नी ! आनि तपाइहरू समानु पातिक, समाबेसी दुनियाँ नारा लाउनु हुन्छ अब यो स्त्मभ येउटा राज्य मा पर्‍यो भोलि आर्को राज्य ले नी “हाम्रो मा नी सहिद को नाम मा समारिका अथवा स्तम्भ” बनाउनु पर्‍यो भन्ला (अरु ले न भनेनी त्यो “गछदार तराई, मधेसी, थारु लोक्तान्त्रिक, पाए उप न भए ४ वटा मन्त्री, नेपालि पार्टी” ले त भन्छ भन्छ ! खैर तेसो त अरु नी कम छैनन् ! हुन त यो स्तम्भ को प्रस्ताओ पहिले देखि कै हो मात्र “बबुराम” सरकार को पाला मा काम गर्ने नेर्णये भा रैछ , तेसैले एक जाना अथवा येउटै सरकार लाई मात्रै दोस लाउन खोज्या चाँही होईन है ! लामो कुरो लाई छोटकरी मा भन्नु पर्दा , सरकार मा बस्या बुद्धी जिबी प्राणी बाट जनता ले अरु धेरै अपेछ्या गर्या छन् कृपया त्यो सम्बोधन गर्न तीर लाग्नु , तेसले नाई देश र जनता को पीडा मा मल्हम लगाउने काम गर्छ आज को स्थितिमा न की स्तम्भ बनाएर !

    • नब्याउने गाइ पाल्नु र यस्तो स्तम्भ बनाउनु उस्तै उस्तै हो! यस्तो बिकास चाहिदैन , जनताले देको कर जथा भाबि खर्च गर्न पाइदैन /

    • सरकारले येस्मा खर्च गर्ने होईन! यो खर्च प्राइवेट सेक्टर बाट जुताउनु पर्छ र प्राइवेट सेक्टरले नै ठेक्कामा बेबस्थापन गर्नु पर्छ! येसबाट प्रसस्त फाइदा हुन्छ! दिनहू लाखौं! जस्तै पेरिस को Eifel Tower , शंघाईको Pearl Tower , जापानको Tokyo Tower आदि! सरकारले बिना लगानी यो र एस्ता प्लानबाट फाईदा लिन सक्छ! सरकारको काम प्लानिंग गर्ने हो, अनि private sector को काम तेस्मा लगानी गर्ने! चाहे त्यो मोटर बाटो, मेट्रोहोस, fly over, अंतरास्ट्रीय बिमानस्थल, पार्क बनाउने होस या उद्द्योग खोलने होस! अनि सरकारले बर्षमा कतिमा ठेक्कामा दिने तिनको लेखा जोखा गरेर case by case लिखित agreement गर्ने ३- ५ बर्षको लागी भनेर! जूनले ठेक्का लिएको हो तेसले राम्रो बबस्थापन नगरे बेबस्थापन अर्को कंपनी लई दिने त्यो agreement सकिय पछि! यसरी कमाएको पैसा सरकारले गरीबी र रोजगारी बढाउने कार्यक्रममा लगानी गर्नुपर्छ! तब मात्र देश बिकाश हुन्छ!

    • बाबुराम जी विकास को बिरोधि कुन जनता होला र? कसलाई आफ्नो देश विकास भएको हेर्न मन लाग्दैन र? तर के गणतन्त्र स्थम्भ को निर्माण ले देश को विकास हुने हो र? जनता ले भन्न खोजे को कुरा के हो भने, अहिले किन राष्ट्र को पैसा तेस्तो अनुत्पादक कुरा मा खर्च गर्ने, त्यो पैसा बरु, बाटो बत्ति, स्कूल, लैब्ररी, अस्पताल वा अन्य कुनै उत्पादक कुरा मा खर्च गरौ पो भनेको त. कतै तपाई ले पो जनता को कुरा नबुझेको हो कि? तपाई हामी सबै लाई थाहा भएकै कुरा हो, हामी ले तेत्रो जम्बो (करिब ६०० भन्दा बडी) सभासद हरु लाई तलब भता दिएर राख्नु पर्यो,,,समय भित्र तपाई हरु ले काम पुरा गर्न नसक्दा कति विकास को बजेट खाली तलब र भता मा खर्च भयो तेस्को हिसाब त होला तपाई संग. अनि तपाई हरु जे पनि जनता को लागि गरेको भन्नु हुन्छ तर अहिले जनता ले त्यो स्तम्ब होइन बरु बाटो मा बिजुली मा त्यो पैसा खर्च गरौ न भन्दा तपाई किन जनता लाई विकास को बिरोधि देख्नु हुन्छ?
      कुनै पनि प्रोजेक्ट मा लगानी गर्दा पक्कै पनि लागत र प्रतिफल को मुल्यांकन गरिन्छ अनि भएको श्रोत कुन चाही प्रोजेक्ट मा लगानी गर्दा बडी भन्दा बडी प्रतिफल पाइन्छ त्यो पनि बिस्लेशन गरिन्छ र सबै भन्दा राम्रो प्रोजेक्ट मा लगानी गरिन्छ होइन र बाबुराम जी? अब तपाई आफै भन्नुस त स्तम्भ, बाटो, बिजुली, अस्पताल, बिद्यालय, यातायात, वा अन्य कुनै येस्तई, प्रोजेक्ट मध्ये अहिले को सन्दर्भ मा कुन चाहीले बडी प्रतिफल दिन्छ त? एदी गणतन्त्र स्तम्भ को निर्माण ले बडी प्रतिफल दिन्छ भनेर तपाई ले प्रमाणित गरिदिनु हुन्छ भने कुनै पनि जनता ले तेस्को बिरोध गर्ने छैन. बाबुराम जी, जनता पनि त मुर्ख छैन नि यार. के हामी लाई मात्र हाम्रो देश को विकास हेर्न मन छैन र? कस्तो कुरा गर्नु हुन्छ यार तपाई त? जनता ले त अनुत्पादक चिज मा पो खर्च नहोस भनेको त? एदी यो लगानी एकदम उत्पादकमुलक छ भन्ने लाग्छ भने यो लगानी बाट हामी जस्ता जनता कसरि प्रत्यक्ष र परोक्ष्य लाभान्वित हुन्छौ लौ तपाई ले नै बताईदिनुस न त.

    • धैर्य कैले सम्म गर्ने तपाई जे भन्नु हुन्छ भन्नुस तपाइलाई देश चलाउन औंदैना, जनतालाई उचाल्न aunchha तर तिनीहरु को माग सम्बोधन गर्न आउन्न. संबिधान लै तपाई ले मजाक बनाउनु भै सक्यो .पसल मा पौने पन बने सक्नु भो. जनता भनेका के तपाई का कार्यकर्ता मात्र हुन् र.

    • साथि जो हुनुहुन्छ! तपाहिको कुरा जे जसरि भनेको भयपनी सकारात्मक छ! तर म यहा मित्रलाई यसरि रास्ट्रीय ब्यक्तित्वो साथै देश र अधिकांश जनताको आशाको केन्द्र रहेको आदरणीय ब्यक्तित्वो को नाम र सम्बन्धलाई हल्का तरिकाले दुरुपयोग नगर्न अनुरोध गर्दछु!

  18. राम्रो त राम्रै हो तर “लगन को बेला हगन भन्या जस्तो भयो” ! अब गणतन्त्र आएको बेला राजतन्त्र को पारा ल्यायेर हुन्छ ! स्तम्भ रे ? केका स्तम्भ खुरुक्क त्यो एक खर्ब २१ करोड रिन तिर्न देभोनी , २ दिन भो रे तेल आउन छाडेको | तिर्नु नी तेस्का बाजे त्यो “भैया निगम” लाई बेलै मा | लगाउनु नी “बिधुत” उत्पादन मा | खोल्नु नी कुनै उधोग धन्दा | दिनु नी युवा लाई बिना धितो रिन , खोइ के भन्नु अब खप्परै यस्तै छ हामि नेपालि को क्यार्नु र ! लु सप लाई बधाइ छ ! अब त्यो स्तम्भ बने पछि टुप्पो मा सबैजाना चड्नी आनि त्यो अस्त ब्यस्त खल्डो काठमान्डु हेर्नी आनि मुर्मुरिनी आनि फेरी तेही नेता लाई गाली गर्नी !

  19. यस्तो स्मारकहरू बन्नु त असाध्यै राम्रो कुरा हो; तर देश काल परिस्थिति अनुसार वर्तमान अवस्थामा देशको लागि यो प्राथमिकता हो जस्तो लागेन !!
    – ठिकै छ, बने त राम्रै हो; आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने छ /

  20. बन्यो भने एउटा अर्को ऐतिहासिक धरोहरका रूपमा स्थापित हुनसक्छ । तर बनाउन शुरुवात नभइकनै सरकार परिवर्तन भयो भनेचैँ ‘लास्टाँ उइ हो’ भन्या जस्तै हो ।

  21. के भनौ र खै , ८७% नेपाली ले मन पराएका र कहिले पनि दोस्रा नभएका विद्वान मान्छे ले ल्यायको योजना पर्यो, फेरी सबैले मै माथि धारे हात लगाउलान / नत्र भने त त्यती रकम खर्च गरे त सानो तिनो बिधुत परियोजना पुरा हुन्थ्यो होला नी/ कमसेकम १/ २ घण्टा भने पानी लोड सेदिंग घट्थ्यो होला नि / अब यो कमेन्ट पोष्ट गरे बापत कती जना बाबुराम भक्त हरु म माथी खनिने होलान/ आ …खनिए खनिउन /आफुलाई लागेको कुरा भन्न नपाए के को लोकतन्त्र, के को गणतन्त्र ?

  22. खोइ हर्स न बिस्मात जस्तो लाग्यो…बने त मेट्रो ट्रेन, चार लेन चक्रपथ, पूर्व पश्चिम रेल यो धरोहर सबै राम्रो हो नि..अब येहा त सपना मात्र देखाइन्छ र पो मार्यो त.हुने केहि होइन.हुन्छ त तेही बन्द, आन्दोलन, बन्द को को बिरोध मा बन्द, हरे खोइ के खोइ के.??

  23. भीमसेन थापाले धरहरा बनाउन लगाउदा कति पैसा खर्च भएको थियो होला ? त्यतिबेला त्यो पैसा स्कुल या अस्पताल (उतिबेला बैद्यखाना) नबनाएर किन त्यो धरहरा बनाको होला ? त्यो पनि २-२ वटा | एउटा ९० सालको भूकम्पले भत्कैदियो र पो |
    मानदेवले चागुनारायण बनाएर के भयो ? के त्यसले त्यो बेला जनतालाई भात खान दियो? भक्तपुरका मल्ल राजाहरुले त्यत्रा दर्बार हरु बिना पैसा बनाएहोलान ? केशर महल, स्वप्न बगैचा पनि पैसा खर्च नगरी बनेको होइन होला | के त्यो बेला नेपाल धनि थियो? के त्यो बेला जनतालाई सबै आबस्यकताहरु पुगेको थियो होला ?
    आज हामि जे जस्ता भौतिक संरचनालाई इतिहासका धरोहर र सम्पदा भनेर गर्ब गर्छौं र बिदेशीहरुलाई देखाउछौं, ती सबै बनाउदा पैसा खर्च भएकै हुन् , जनताको गास काटिएकै हुन् | तर ती केहि नभएको भए आज हामीले इतिहास किताबमा मात्रै पढ्ने स्वस्थानीको कथा जस्तो हुन्थ्यो | देखाउन त झन् केहि भए पो देखाउने ? इतिहास रच्नुपर्छ, जगेर्ना गर्नुपर्छ, इतिहासलाइ सम्मान गर्नुपर्छ अनि भोलिको पिढीलाई देखाउन केहि छोडेर जानु पनि पर्छ |
    बिचार आफ्नो आफ्नो —

    • तपाई‌को कुरो एगदम सही हो । तर लगन बेगरको बाजा चाही‌ अलिक राम्रो हुँदैन । राष्ट्रको प्राथमिकता हेरेर काम गर्दा राम्रो हुने कुरामा दुईमत हुँदैन । जगेर्ना गर्न, इतिहास रच्न वा भावी पिढीका लागि केहि छाडी जाने कुरा खाली पेट त गर्न सकि‌दैन ।

      • ‘लगन’ को कुरो गर्नुभो | हो सबै कुरा उचित समयमा गर्नु नै राम्रो हुन्छ | तर ‘गणतन्त्र स्तम्भ’ भनेको छ गणतन्त्र आएको १५ वर्ष पछी बनाउन सुरु गरियो भने झन् के भन्ने ? ‘पोहोर मारिन सासु अहिले आए आशु’ जस्तो पो होला नि फेरी ! यसैपनि यो टावर बनिसक्न ४ वर्ष लाग्ने रहेछ जतिबेला गणतन्त्र घोषणा भएको पनि १ दशक नै पुग्न आट्छ | फेरी काठमाडौँ वरिपरी र हिमाल पनि देखिने गरि यस्तो टावर त पर्यटकीय दृस्टीकोणले पनि आवश्यक छ | अझ त्यो टावरलाइ रास्ट्रिय महत्वको घटनासित जोडिदा किन मन खुम्च्याउने ?
        यस्तो टावर मात्रै होइन काठमाडौँ वरिपरी अलि गतिलो पार्क नै बनायो भने पनि लगानी उठाउन ५-७ बर्ष भन्दा बढी लाग्दैन | त्यसैले म त यो टावर बनोस भन्ने नै चाहन्छु |
        बिचार आफ्नो आफ्नो —

      • इतिहास रचेर के गर्ने? हिजो पनि इतिहास जोगाउन र चिनाउन शालिकहरु बने, तर मूर्खहरु त्यहि फोड्दै हिड्दै छन् । भोलि नया सोच आउनेछ अनि यो पनि फोडिने छ । यस्तै हो, मैले तिर्या कर खान्छन् मोज गर्छन् ।

        • केहि मुर्खहरुले शालिक फोडे भनेर यस्ता धरोहरको मूल्य छैन भन्ने होइन | कुनै दिन त्यस्ता मुर्खहरुको पनि बुद्दी फिरेर आउछ | आशा गरौ | अर्को कुरा एउटा व्यक्तिले आफ्नो प्रसिद्दिका लागि बनाएका शालिक र गणतन्त्र आएको सम्झनामा तयार पारिने यस्ता स्तम्भलाई एकै स्थानमा राख्न अलि नमिल्ला कि | फ्रान्समा कति शालिक होलान, अमेरिकामा कति होलान, तर संसारले सम्झिदा आइफल टावर वा Statue of Liberty लाइ नै पहिला सम्झिन्छन नि होइन र ?

  24. यसलाई नराम्रो रुपमा नलिदा हुन्छ | यो लगानी हो, यो आम्दानी को स्रोत बन्ने छ |

  25. राम्रो स्थान छानेछ! आखिर आर्कीटेक्चर न पर्यो! भिजन भयको मान्छे हो र देश अनि जनताकै लागि गर्ने निष्ठाको उदेश्य लियर राजनीतिमा होमियको मान्छे हो!
    सबै कुराको आफ्नो आफ्नो स्थानमा छुट्टाछुट्टै महत्वो छ!
    तर अहिले बन्ने गणतन्त्र स्मारक को झनै ठुलो महत्वो छ!
    हो यो बनाउन अर्थको कसरि जोहो गर्ने भन्नेकुरा आफ्नै ठाउमा छ तर तेही सत्य के कुरा हो भने यदि यो बनेमा यो बनाउन लागेको सम्पूर्ण खर्च दुइ देखि पाच बर्ष भित्रमा ब्याज सहित लगानी उपर गरि तेसक्षत्रको र देशको अर्थतन्त्रमा सानो भनेपनि भूमिका खेल्ने छ!
    तेसैले यो सिर्फ गणतन्त्र स्मारक मात्र होइन!
    यसले तेस क्षत्रको लागि रोजगारी र ब्याबसायको सिर्जना गर्ने छ!
    ब्याबसायिक जीवन र दैनिक झमेलामा वाक्क दिक्क भयको मान्छेहरुलाई एकदिल मन बहलाउन र टहलिना अनि मानशिक शान्ति दिने स्थान हुने छ!
    मान्छेहरुमा भाइचारा र सहभागिता अनि सह अस्त्तित्वो साथ् आत्मीयताको काम गर्ने छ!
    अब दुरुपयोग गर्ने हरुको कुरा गरेर हुन्छ र, पशुपति र आर्यघाटको पनि गरेकै छ क्यारे!

    यसले देशको निर्माणमा मात्रै होइन अर्थतन्त्र र जनताको दैनिक जीवनमा पनि तेत्तिकै असर राखेको हुन्छ तर कसै कसैले यसको गलत अर्थमा गलत प्रयोग गर्नेछन र नकारात्मक पनि सोच्नेछन तेस्तोलाई हामीले नजर अन्दाज वा तेत्ति ध्यान दियर वास्ता गरि रहनु जरुरि छैन!
    जे होस् स्थान राम्रो छानेको छ र कुरा राम्रो छ हामीले सकारात्मक सोची सहयोग गर्न सके देश बनाउन एउटा पिलर उठायाको मान्न सकिन्छ!

  26. हरे बुद्धि !!!!
    अब त पक्का भो , बाबुराम खुबी भएर बोर्ड फस्ट भा हैन रैछ…घोकन्ते भएर पो रैछ |

  27. देश मा उद्योग चाहियको बेला मा के हो एस्तो ?
    खाने थाल छैन हग्ने कोपरा ?

  28. निर्माण हुनु विकास हुनु राम्रो कुरा हो तर येत्रो पैसा तेस्तो काम मा खर्छ गर्न सक्ने भैसकेको छैन नेपाली हरु अहिले लाई. बरु त्यो पैसा केहि उत्पादनमुलक काम मा लगाउने हो कि बाबु राम जी. तपाई त एक दम विद्वान मानिस, तपाई नै आफै संग प्रश्न गर्नुस न एक चोटी, के तेत्रो पैसा एस्तो काम मा अहिले खर्छ गर्नु ठिक छ? देश विकास भै सके पछी, जनता क आधारभूत आवसेकता पुरा भैसके पछी एस्तो निर्माण हरु हुनु पर्छ तर अहिले नै गर्दा अलि हतार हुन्छ कि बाबुराम जी.अहिले देश कस्तो हालत मा छ तपाई हरु लाई थाहा नै छ. फेरी किन तपाई हरु किन एस्त चाहिने नचाहिने काम मा समय बर्बाद गर्नु हुन्छ? तपाई हरु लाई येस्तई काम को लागि हामी ले भोट दिएको त होइन नि. खोइ तपाई हरुले हामी लाई दिएको बचन पुरा गरेको.

  29. तपाइको घर को बार्सिक BUDGET ४ लाख हो भने यो तपाइको घर मा १ हजार को एउटा निर्माण गरेको बराबर हो देश को लागि ! तेसैले सधै दरिद्रता मात्र न देखाऊ र कुनै न कुनै परिबर्तन को आश गरौ र परिबर्तन को स्वागत गरौ सधै बिरोध को लागि बिरोध नगरौ !

  30. BE POSITIVE AND WAIT FOR SOME CHANGE !!! जहिले पनि खाली पेट को मात्र कुरा कत्ती गर्ने? त्यो पेरिस को आइफ़ाल TOWER पनि के काम तेसो भए? कुनै नै कुनै मोनुमेन्ट त चाहियो नि देश र देशको परिबर्तन चिनाउने ! सधै त्यो बुढो धरहरा देखाएर कत्ति काठमाडौँ चिनाउने ? एक न एक दिन कुनै न कुनै ले त बनाउला ?

  31. यो योजना राम्रो हो, तर यसलाई “BOOT” (Build-Own-Operate-Transfer) तरिकाले निजि क्षेत्र लाइ दिनु उपयुक्त होला ….”हिन्दुस्तान लिवर गणतन्त्र स्मारक” (जोक)

    नेपाल सरकार त निक्कै धनि रैछ, यो गणतन्त्र स्मारक तमुवान प्रदेश मा बनाउनु पर्छ, नेवाः प्रदेश ले मात्रै राज्यको नमुना पाउनु खेदपूर्ण छ (अर्को जोक)

    बने राम्रो (मेरो तर्क )

  32. सपना देख्नु पर्छ, सपनामा रमाउनु पर्छ, सपना बाँडनु पर्छ र सपनालाई साकार पार्न लागि पार्नुपर्छ| सपना नदेख्ने हुतिहारा कहिल्यै गन्तव्यमा पुग्दैन| मैले भनेको सपना त्यो होइन जुन हामी राती सुत्दा देख्छौं, सपना त्यो हो जसले हामीलाई सुत्न दिंदैन |

    • फेरी शब्दको जाल झेल..चैते कम्मुनिस्ट न पर्यो
      बाध्यता हो जनता को तिमीहरुको कुरा सुन्नु पर्ने, रहर हैन
      If you are a communist, act like Stalin or Zedong’s companions
      If you are a capitalist, stop supporting communists, stop talking like a communist
      If you are a socialist, act in between

      Whatever you are, the values any political are trust, morality, consistency, transparency, etc., which a communist like you and others from Nepal have never practiced, followed, and applied before.

      Walk the walk, stop talking what you don’t practice.. don’t try to fool people. We people don’t want communists and fraud

  33. श्याबास बाबुराम,

    तिमीलाई धेरै बधाई छ | देशका गरिब जनता को उपचार गर्न र पेट भर्न बिदेशी सहायता र ऋण चाहिन्छ | मेरो देश मा लगानी गरेर रोजगार शिर्जना गर्देउ भनेर अरु देश लाइ भन्नु परेको छ | टन्न नदीनाला छन् मस्त उर्जा अभाब छ | जनता भरिया बन्न अन्य मुलुक जान्छन | तिमि चाही स्तम्भ बनाउ बस !

    • Guys, we need to be positive, we need to build whatever we can so that the employment will be created as how the general public will be benifitted. Government is not there to distribute money as many of you think. Government need to teach people how to fish not give a kilogram fish to eat as popular saying. Create as much possible projects as you can, be it private sector or public sector so that the people will be engaged themselves hence keeping away from politics. Let the politician do their business and just watch them that they are doing right things. Once the economics is stable everythings are going to be right. We need something like that stumba/tower in order to tower our moral. Whole country has been dipressed, we need something to cheer up. Be supportive even if it is not that important at the moment but it is not harmful anyway.
      Cheers!

      • Agree with you in matter that structures are needed to provide employment to unemployed people. But this type of structures are not what country needs currently. If structures like hydroplant, bridges, hospitals, roads etc. built it creates not only job at present but pushes the country in the development and opens up more opportunities. I don’t hope much economic contribution from this kind of structure. Private investments only comes when they can get basic infrastructure and factors they need. Don’t expect any private firm coming to build road for us. And, I can only laugh at you if you say politicians are doing right things. Lets don’t talk about others, people do not have respect for them. Baburam, who was regarded as a visionary leader, even could not stay upright. How can he justify his decision to distribute state coffer to climb Everest to son of PKD? Has anyone got such grants before to climb Everest? Do you believe constitution comes from Mt. Everest? How can Dr. Baburam justify his plan to distribute 1 billion to the cadres? Like you I am also saying, prosperity does not comes from distributing money. Instead money should be spent on those areas which either serves greatest number of public or strengthens the economic development of nation. I request not to be too optimistic, if we stay silent the so called leaders will just do what is good for their followers and themselves not to the general public. Thanks.

    • छैन छैन कुसल जी, डिजाइन होइन सम लुक्स लाइक भनौ!
      इफेल टावोर को बनावोट पूर्ण संघियता मा आधारित छ तर यो चाहि अधि एकात्मकता मा! इफेल फलाम र स्पतको जोडले बनेको छ जुन कुनै पनि एक छेउ भाग वा खण्डको परिवर्तन गर्नु परे वा टुटे फुटे बिग्रियर बनाउन परेमा तेस्ले टावोर लाइ केहि असर गर्दैन तर यो टावोर को एक भाग बिग्रियो वा भत्कियो भने टावोर पुरै ढल्ने सम्भावना हुन्छ!
      शंघियातामा बिग्रिन र फुट्न सक्ने सम्भावना जत्ति हुन्छ त्यो भन्दा बढी जोडिन सक्ने र बनाउन बन्न सक्ने सम्भावना हुन्छ र तेसो भयमा पुनर्निर्माण गर्न सजिलो र किफायती अनि तेस्को मर्मत सम्भार पनि निकै सहज र किफायती हुन्छ!
      एउटेइ मा आधारित रहेर पूर्ण रुपले बनेको भन्दा टुक्रा टुक्रा जोड़ियर पूर्णता दियको कालान्तर सम्म स्थायी हुन सक्छ र बलियो पनि अनि मर्मत र सम्भार गर्न पनि सहज!
      मलाइ चाहि तेस्तो लाग्छ है! तर त्यो त बनेपछि नै थाहा होला!
      जे होस् यो बन्नु निकै राम्रो र लाभ दायक छ हामि लाइ!

  34. सडक विस्तार काठमाडौँमा गर्न बजेट छैएन् भन्छ lयो खम्बा बनाएर जनताले के पाउला ? भोलि राजतन्त्र अरु तन्त्र आए फेरी सहिद गेटको हालत हुन् किन यत्रो नेपालीको सम्पति खर्च गर्न लाग्या हो ?

  35. के हेर्ने?
    काठमाडौँ को फोहोर? राति को अन्धकार? पानि को हाहाकार? पेटोल को line? पल्लो गारुको, बाँकी नेपालको नुन चिनी न पाउने जनता?

  36. एक अर्ब २१ करोड को बजेटले त काठमाडौँ भ्याली कै सानो जिल्ला भक्तपुरको मुहर्नै फेरी दिन्थे कि यसरी, भक्तपुर जिल्लाको प्रत्यक गाबिस टू गाबिस अनि गाबिस को वोड़ा टू वोड़ा मा फराकिलो dirt – road निर्माण गर्थे त्येसैगारी तिन गाबिसको पायक पर्ने गरि ठुलो आधुनिक पुस्तकालय विथ कम्पुटर सेवा निर्माण गर्थे र त्येसैगारी सामुदईक निसुल्क स्वस्ठे चौकी निर्माण गर्थे जुन ठाउमा भक्तपुर जिल्लामा रहने सबै मेडिकल doctor लै महिनाको एक दिन अनिबार्य रुपमा volunteer गर्ने बेवास्ता गर्थे त्यसै गरि ति निर्मित पुस्तकालयमा बक्तापुर जिल्लामा पढाउने, बस्ने सबै प्रध्यपकरुलाई महिनाको एक दिन सम्बन्धित बिसय मा volunteer गर्न लगौथे आदि इत्यादी !
    अति विद्वान बाबुराम भात्तरैलाई मेरो सुझाब छ, कम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तो गरेर नेपाली लै मुर्ख बनाई स्तम्भले आफ्नो परिचय दिन्छ भन्नेकुरा दिमाख बात निकाली देउ र नेपालको वास्तविक बिस्तार्तिर लाग र माकुने र मा मा भिन्नता छ भनेर देखाऊ !

  37. बुढो बाउ अस्ति देखि खोक्दै, बाल बच्चा भोकै, श्रीमती बिरामी,
    स्कुलको फीस नतिरेकोले छोरी घरै, बहाल लिन घरपति ढोकैमा
    अल्लारे श्रीमान मित्रहरु सिट रिसोर्ट र क्याबिनमा व्यस्त मस्त
    घर छिट्टै आय खल्ती रितै, ढिलो आय रक्सीको नसामा उ लट्ठ!!
    दिक्क थिईन बिरामी श्रीमति, अमेरिकी भय आजै डिभोर्स गर्थिन
    यक दिन बिहानै श्रीमतीले बिहाको बेला पायको औंठी थम्याईन्
    श्रीमानलाई त्यो बेचेर औषधि र पिठो किनेर ल्याउन हात जोडिन
    श्रीमतीको जोडियको हात बात औंठी फुत्कायो, लौ हुन्छ भनि गयो
    राति धेरै अबेर चोक बाटै दार्लिंग दार्लिंग भन्दै कराउंदै आयो त्यो,
    पिठो गरुङ्गो भयर बोलायो होला भनेर जरोले काम्दै दौडिन उनि
    उसको हातमा पिठोको झोला होईन ब्लायक लेभलको व्हिस्की थियो!!!!!

    (पिठो किन्न गयको ब्लायक लेभलको व्हिस्की किनेर फर्कने जस्तै
    नक्सा नबनेको गणतन्त्रको टावर बनाउने बाबुराम पनि उस्तै उस्तै)

  38. पहिला आधारभूत आवस्यकताहरुको पूर्ति गरौँ
    अनि बल्ल यस्तो बनाउछु उस्तो बनाउछु भनेर फुर्ति गरौँ ! छानो र झ्याल ढोका बिनाको घर भित्र बेलायती मार्बलको केहि महत्व छ र?? स्याबास, बाबुराम !

  39. यो पनि एउटा नेताहरुले जनतालाई दिने आसशन मात्र हो यदि बन्यो भने पनि अबको २० बर्ष पछी बन्छ ,

  40. पढ्दा एकछिन मजै लाग्यो , अनि काल्पनिक स्तम्भको चित्र हेर्दा एकैछिन आखालाई सुकुन मिल्यो./ तर दुख के कुरामा लाग्छा भने, यो एका देशको कथा जस्तो हो / पहिलो कुरा हामि बाचुन्जेल यो बन्दै बन्दैना, हाम्रो समय पछी सबै मन्त्रि हरु सुविचारयुक्त र योग्य भयो भने बन्न पनि सक्छा./ तेत्ति बेला एसको बजेट २ अर्ब ४२ करोड हुनेछा /
    अब त्यो रकम कसरि प्रयोग होलाता स्तम्भ निर्माणमा :
    सरकारबाट पारित रकम २ अर्ब ४२ करोड
    मन्त्रि,ठेकदार, टेन्डरमा खुकुरी हान्नेलाई (छुट्टै), पेस्तोल हान्नेलाई (छुट्टै), इन्जिनिअरलाई चित्त बुझाउदा, लोकल केटाहरु हातमा लिदा दुनिया दिवाना गर्दाको लागत खर्च १ अर्ब ५० करोड अनि बचेको पैसा(बिदेशी दात्री रास्ट्रहरुको अनुदान रकम समयमा आयमा) स्तम्भ निर्माण…
    अनि स्तम्भ भित्र जाने प्रमुख द्वारमा लेखिएको हुने होला, कृपया एक पटकमा ३० जना मात्र….

  41. काम कुरो एका तिर एक अर्ब गाम्खेल तिर…..भनेको येही हो !

  42. छोटो बुद्धि खोटो दिमाग काठमान्डू भन्दा अरु ठाउ छैन नेपालमा मेट्रो रेल पनि बनाउ सबै सरकारी कार्यालय पनि सेनाको ठुलो हिस्सा पनि, भारत नेपाल बोर्डरमा नेपालीका गाइ गोरु बाख्रा चोरी हुन्छन, खै के खै के, मुखमा माड छैन हातमा लगाउन घिउ जल स्रोतको धनि देस नेपालमा नेपालीका घरमा १४ घण्टा लोड सेडिंग हुन्छ त्यो पनि २०% नेपालीका घरमा बिजुली पुगेको होला धारामा पानि छैन
    अब डाकडर साब हरुलाई छिट्टै सबैले चिनुन भन्ने अर्थात नाम कमाउने इच्छा भएर मान्छे मार्ने राजनीति मा लागियो अब अहिलेत नेपालमा सबैले चिन्छन तर भबिस्यमा पनि चिनो फलानाको पालामा बनेको भने चिरायु नामको खातिर गर्न खोजेको हो बिरोध नगरम हो साथि हरु के गर्नु पानि बिजुली औसधि ले लम्बा समय सम्म नाम राख्न सकिन्दैन

  43. बाबुरामले फेरी उल्लु बनाउन थाल्यो..यो शब्द को खेति गर्ने, तिनै शब्द को जाल, त्यो जालमा नेपाली जनता झ्याम

  44. बनाए त पर्यटनमा नि सहयोग हुन्थ्यो । अब त्यति धेरै पैसा लगानि भएपछि २०० मिटर सम्म को भए राम्रो, Effel Tower ३०० मिटर रैछ ।

  45. हैन त्यत्रो पैसा त Electricity, खाने पानी जुगाड गर्न मा खर्च गरे हुन्थ्यो नी, Cooking Gas ल्याउन खर्च गरे हुन्थ्यो नी. के हाम्रा नेता हरु त्यत्ति मुर्ख छन् ? के अत्यावस्यक छ के छैन भन्ने कुरा हामीले यहाँ लेखेर सम्झाउनु पर्ने ? तिनीहरुको घर मा बिजुली पानी ग्यास को अभाब छैन खाली स्तम्भ को अभाब छ त्यसैले स्तम्भ बनाउने कुरा हरु सोच्दै छन्. स्तम्भ बनाएर हाम्रो जनताहरु ले चाही कसरी सुख पाउछन वा कुन आधार मा खुशी हुन्छन त्यो भन्न सक्छन नेता हरु ?? जनता को चाहना या आवस्यकता बुझ्न लाइ नेता छानेर पठाएर पनि हुदैन भने अर्को कुनै बाटो छ कि जनता ले सोच्नु पर्ने ?? सुन्दै झर्को लाग्ने, काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भनेको जस्तै छन् नेता हरु.

    • एकदम सहि, अन्त भन्दा बिधुत उत्पादन मा खर्च गरे कस्तो हुन्थ्यो…. देश को आधा बिकाश बिजुली को अभाब ले रोकिएको छ !! इन्धन आपूर्ति सहज हुने हो भने बिकाश निर्माण पनि अति सहज हुने छ ~~@~~

  46. हैन हो त्यो शिलान्यास गर्ने बेलामा त राजाको भुत आएर हो कि पाल साल सब उडैदियेछ / यो फाप्ला जस्तो लागेन / कतै अपशगुन त होइन ? साच्चिकै जनताको चाहना बुझ्ने हो भने अहिलेको अवस्था मा नेता भन्दा पूर्व राजा ठिक देखिन थाल्यो / जता ततै भ्रस्टाचार / देश को हित भन्दा पार्टीका हित तिर लाग्ने / खोइ म त बिश्वस्त हुन् सकिन /

  47. बोलु भने के बोलु ! बिरोध गर्या जस्तो हुन्छ — नबोली बसु भने चित्त फाटिरा’छ — एक अर्ब खर्च गरेर गणतन्त्र स्मारक बनाउने बेला हो यो र घरी घरि ठाउँ सार्दै उद्घाटन गरिरहनु पर्या भन्या !!!??? ऐले त्यो बेला आईसकेको छ ?
    मिडियाले बारम्बार देखाई रहन्छ गाउँ गाउँमा बिधालय – अस्पताल – बाटो घाटो – पुल आदिको समस्या भईरहेको ! अब गाउँ घर दुर्गम कै कुरा नगरी शहर बजारकै कुरा गर्ने हो भने पनि बिभिन्न समस्याहरु राजतन्त्र भा’को बेलामा भन्दा ऐले झन झन बढ्दै गई’राको अबस्था छ —एशियाको धनि रास्त्र्मा गनिनु पर्ने नेपाल झन झन् आर्थिक रुपमा धसिदै गएर गरिब रास्ट्र बन्न पुगिरा’छ —
    अनि नेताहरुको कायापलट भईरहेको बिचरा जनताहरु टुलुटुलु हेरिराख्नु पर्ने स्थिति छ —
    अस्ति त्यो सडक बढार्ने कुचो – मास्क – पन्जा आदिमा त करिब दुई करोड बिल देखाएर लाखौ लाख भ्रस्टचार गरे भने अब यो अर्बको लगानी हुने चिजमा करोडौ करोड भ्रस्टचार हुदैन भनेर को मूर्खले ग्यारेन्टीका साथ् भन्ला !?
    कुरा के भने ,
    बिकास हुनु राम्रो कुरा अबश्य हो तर ऐलेको परिस्थितिमा शुसासन को ग्यारेन्टी हुनु प्रथम प्राथमिकता हो . अरु त अरु देशको प्रधान मन्त्रीले समात्या कुचो किन्ने जस्तो कुरामा त सिधै भ्रस्टचार हुन्छ भने त्यस्तो अबस्थामा यस किसिमका बिकासका योजना सिलान्यास गर्दै हिडेका प्रधान मन्त्रीलाई कुन मनले बधाई दिने ???!!!

    • “… नबोली बसु भने चित्त फाटिरा’छ”
      चित्त अलि ठुलो र दरिलो बनाइस्योस है लुना जी| के ले सिलाउने होला|
      हाम्रो नेपालको अदालतमा बाऊको पालामा हालेको मुद्दा नातिको पालामा सुनवाई हुन्छ, त्यसै बाबुरामको पालामा शिलान्यास गरेको नाति पनाति राम को पालामा बनिएला| त्यो पनि cost over run गर्ने निश्चित छ| मुस्तांग गाडीमा मुस्तांग र हुम्ला जुम्ला जान पाईने भयो|
      गणतन्त्रमा सबैलाई राजा ल्याउने र राजतन्त्र ब्युँताउने सपना देख्ने अधिकार छ| तर त्रिशुली र मर्स्यांगदी उल्टो बगला तर राजतन्त्र फर्कने सम्भावना कमै छ| तैपनि प्रकाश जी न्यु योर्क, र आसमा जी, कोशिश जारी राखौ| राजतन्त्रको छत्र छायामा पलाएका, मौलाएका र बौलाएकाहरुको आवाज पनि सुन्न कसैले निषेध गर्न पाउने छैन क्यारे!

    • लुना जी तपाई हामीले जत्ति भने पनि किन नसुनेका होलान यी नेता हरु. यिनी हरु लाई पनि थाहा नभएको त पक्कै होइनं होला. किन येस्ता चाहिने नचाहिने काम मा समय बर्बाद गर्छन यिनी हरु. यिनी हरु को चाला माला देख्दा देख्दा दिक्क लागिसक्यो. जम्मा १४७१८१ वर्ग कि मि भएको हाम्रो देश, आज भन्दा ५० बर्ष आगाडी नै विकास हुनु पर्ने, सहि समय मा सहि काम गर्न नसकेको ले आज हाम्रो आवस्था एस्तो छ, अब पनि समय बर्बाद गर्ने हो भने भोलि को भबिस्य के हुने हामी नेपाली को. के हामी सधै गरिब नै रहने हो? के हामी ले विकास को अनुभव गर्न नपाउने? हामी जनता ले के गल्ति गरेका छौ र जो आए पनि हाम्रै रगत पसिना मात्र खान खोजछन् ह ? हे इश्वर ,,, जनता को रगत पसिना खाने को कहिले पनि भलो नहोस .तिनी हरु किरा परेर मरेको हेर्न पाम. नर्क मा पनि तिनी हरु लाई ठाउँ नमिलोस.

  48. हाम्रो जस्तो देशको आवस्कता भनेको बाटो, बिजुली, पुल, खानेपानी हो कि एस्तो निष्प्रयोजन स्तम्भ?
    मेरो बिचारमा एस्तो स्तम्भ भनेको हाम्रो देशको लागि सेतो हाथी जस्तो हुन्छ जस्तो लाग्छ.

  49. त्यत्रो खर्च गरेर स्तम्भ सिस्तम्भ बनाउनु भन्दा गाऊँ गाऊँ मा पुल बनाउनु मान्छेहरु तुईनमा झुन्डेर यात्रा गर्नु त पर्दैन, विद्यालय बनाउनु, पुस्तकालय बनाउनु, हरेक बाल बच्चा लाई पुस्तक कापी वितरण गर्नु, स्वस्थ चौकी, बाटो बनाउनु…
    बामे सर्न थालेको छैन सिधै दौडिन खोजेर हुन्छ? पहिला मानिसको आधारभूत कुराहरु पुर्ती गर्न पट्टि लागेर त्यसपछि पो यस्ता स्तम्भहरु बनाउनु नी…

  50. आहा आहा …सुन्दै कस्तो चडुम चडुम लाग्ने यार …अब चै सार्नु हुदैन ..एस्तै सार्दैजाने हो भने…सुरु नगर्दा नै हुन्छ….त्यो ठाउँ बाट सत्ता को लागि कुकुर ले हड्डी खोसे जस्तो हेर्दा नेता को चाल हेर्न पाइने भो त अब ….:)

  51. काम पायिनस बुहारी पोख्दै उठाउदै येही नै हो नेपाली नेता को काम/ होइन हो यिन लाई ग्ररतंत्र पार्क कै मोहो हो भने जहाँ बनाए पनि त हुन्छ नि?? यो बन्ने हो होइन मलाई थाहा छैन तर जहाँ सम्म लाग्छ नेपाल मा एस्ता उत्घाटन हरु धेरै नै भए तर पूर्णता कतै पाए जस्तो लाग्दैन तेसै ले येत्रो लगानी मा यो स्मारक बनाउनु भन्दा नेपाल मा बिजुली छैन कतै १ अर्ब २० करोड ले कुनै जल बिद्युत बनाए जनता लाई धर्म हुन्थियो कि ???यता सोचे कसो होला? बिबेक भन्ने कुरा कै कमि भएका लाई के अर्थ र???

  52. पहिला जनतालाई चाहिने अत्याबश्यक चीज पानी,बत्ती,तेल को ब्यबस्था गर किन खर्च गर्नु पर्यो तेत्रो बिधी जनताको पैसा

  53. नमच्चिने पींगको सय झड्का भनेको यहि हो / मुलुक संसारको १ नम्वर गरिव भनेर दर्ता भैसकेको अवस्थामा यस्तो अनावश्यक संरचनाहरुको निर्माण ? सामाजिक असस्था सुधारका कार्यक्रम हरुमा लगानी गर्नु नि / गाउँ गाउँ पुल नभएर तारमा तुर्लुंग झुन्डिएर ज्यानको जोखिम मोल्ने लाखौं दुखि जनताहरुको निम्ति संरचनाहरु निर्माण गर्नु नि / १ अर्व ले नेपालमा धेरै कुराहरु गर्न सकिन्छ अत्यावश्यक बस्तुहरुको निर्माण को निम्ति ( स्कूल, बाटो घाटो, स्वास्थ्य केन्द्र, खाने पानी आदि आदि )
    यो स्तम्भ निर्माण गरेर नेपालले के देखाउन खोजेको हो ? कि बिकासको चरण पार गरेको हो नेपाल ले ? पैसा खर्च गर्ने ठाउँ नपाएको हो नेपाल सरकारले ? अरु मुलुक हरु समाजको बेसिक कुराहरु निर्माण गर्ने तिर सोच्छन हाम्रा भने पूर्वाधार नै निर्माण नगरी टुप्पो निर्माण गर्न थाल्छन वा ! १ अर्वको स्तम्भ नेताहरुको निम्ति शानको बिषय होला किनकि उनीहरुलाई त फाइदा नै फाइदा भैरहेको छ नेपालको हालत बाट…. तर हामी जस्ता सर्व साधारण जनताको निम्ति यो स्तम्भ बोझ अनि अनावश्यक खर्च हो …. लाज लाग्यो मलाइ …

  54. राजधानी मा मात्रै अनेकथरी बनाएर के ? अरबौ खर्चेर …..,गाऊ गाउमा बिरामी भएको बेला सिटामोल पनि खान नपाएर कुन हालत छ बरु त्यो पैसो दुर्गम ठाउको स्वस्थ उपचार केन्द्र र उपचारको सामग्रीमा खर्चेको भए धेरै राहत हुनेथियो ,तेस्तै दुर्गम ठाउको कुनै पनि बिकाशमा खर्चेको भयेहुन्थ्यो भन्ने मलाई लाग्छ |

  55. नोट;कागज को चित्र मा हेरेर भय पनि चित्त बुझाउनु हुन् सर्वसाधारण जनता हरु मा भट्टराई सरकार हार्दिक अनुरोध गर्दछ | किशोर तिवारी[अन्जान] झापा हाल मलेसिया

  56. काठमाडौँको मल्ल राजाको पतन पछि आफ्नो अमरत्तो देखाउने काममा सालिक बनाउन लागेका थियनन प्रिथिवी नारायण शाह / न त यीनले पुरानो इतिहास मासी बसन्तपुर, पाटन, र भक्तपुरको दरबार मास्न लगाए / बरु इतिहासको कदर गरे / स्नूकरको क्लु बल जस्तो बाबुरामलाई चै कतातिरबाट स्टिकको सट परेछ नया इतिहास रच्ने जागर चलेछ र आफ्नो मुडे अमर्त्तो देखौना लागेका छन् / अब एसको funding पनि दशिन्ले गर्ने हो कि पच्चिमले आफ्नो जीतको मोनुमेन्टको रुपमा / तेत्रो पैसाले उच्च इस्तरको अस्पताल बन्छ गाठे / रोगले मर्ने बिरामीकोभन्दा बिजेताकोलागि आफ्नो मुडे “Ozymandias ” मुर्तिको चिन्ता हुनु स्वबाबिक हो / येही रहेछ नया नेपाल /

  57. पैसाको सत्यानास, तेत्रो लागत लागेर बरु दम्पिंग को बेबस्था, अथवा रोजगारमूलक संस्था को बेबस्था गर्नु, अथवा पेत्रोलिएअम् को हाहाकार भएको बेला कचा पदार्थ पर्सोधन गर्ने यन्त्र नै जडान गर्नु नि ताकी सस्तो हुन जाओस, हामीलाई …….

    पैसाको भ्यालु नभएको भनेको येही हो, धन्येबाद !!!!!!!!

  58. सधै नराम्रा कुराको मात्र समाचार हेर्ने यी आखाले राम्रो समाचार हेर्न पाउदा मन आनन्द हुदो रैछ/ योजना मात्रै बनाएर के काम…? लागू हुदैन भन्नुहोला… तर मेरो विचारमा लाग्छ.. देश एकै चोटी बन्दैन/ धेरै योजनाहरु बनाउनु पर्छ/ देश बनाउने कामको सुरुआत नै योजना बाट हुन्छ/ बाहिर जे जस्तो देखिए पनि भित्र भित्र देश बनाउने काम सुरु भैसकेको छ/

Comments are closed.