विजयकुमारको मोबाइलले देश तरङ्गित

रेडियो, टिभी कार्यक्रम प्रस्तोताको सम्पत्ति भनेकै उनलाई सुन्ने श्रोता र हेर्ने दर्शक हुन् । तर कहिलेकाहि प्रस्तोताको हर्कतले गर्दा श्रोता, दर्शकको चित्त दुख्छ । आज यस्तै भएछ विजयकुमार पाण्डेले कान्तिपुर टिभीमा चलाउने "दिशानिर्देश " कार्यक्रममा । आफुले हेर्न नपाएपनि कार्यक्रमपछि उनी र कार्यक्रमको बारेमा गरिएका Tweets ले दर्शक उग्र रिसाएको बुझ्न गार्हो छैन ....

अन्तर्वार्ता लिने मान्छे फोन उठाउन व्यस्त, मेरो के काम? मिनेन्द्र रिजाल तालु देखाएर बस्दै

देश संघीयता, शासकीय स्वरुप जस्ता जटिल मुद्दाका बहसमा प्रवेश गरिरहेको बेला यस्तै विषयलाई समेटेर तयार पारिएको कान्तिपुर टेलिभिजनबाट हिजो प्रसारित विजयकुमारको दिशानिर्देश कार्यक्रम भने एउटा फरक कारणले अहिले चर्चामा रहेको छ। विजयकुमारका प्रश्न, कार्यक्रममा उठेका मुद्दाका कारण हैन, कार्यक्रमको क्रममा प्रस्तोताको मोबाइलको रिङ बजेको कारण सोसल मिडियामा चर्चा चुलिएको हो। आउनुस् हेरौँ कस्तो चर्चा भइरहेको छ र आखिर कुरा के रहेछ, भिडियोसहित।

लाइभ कार्यक्रममा त्यसरी बजेको भए त ब्लन्डर भनिन्थ्यो भने यो त रेकर्डेड कार्यक्रम। एडिट गरेर नफ्याँकी यो जस्ताको तस्तै राख्‍न कुनै जरुरी थिएन भनेर कोही भन्दैछन् त कोही अतिथि र दर्शकको अपमान गरिएको बताउँदैछन्।

हुन पनि उनले अन्तर्वार्ताका लागि बोलाएका अतिथि मिनेन्द्र रिजाल उनले फोन उठाइरहँदा टाउको झुकाएर बसिरहेका थिए।

विजयकुमारले आफ्नो फेसबुक पेजमा यो घटना दुर्घटनावश (एक्सिडेन्टल) भएको बताएका छन्। तर रेकर्डेड कार्यक्रममा यस्तो गर्न किन जरुरी भयो भन्ने प्रश्नको जवाफ भने दिएका छैनन्। उनले मोबाइल फोन अफ गर्न बिर्सेको स्पष्टिकरण दिएका छन्।

कान्तिपुर टेलिभिजन मै लामो समय कार्यरत दीपक भट्टराईले त्यही फेसबुक पेजमा भनेका छन्- टेलिभिजन ‘टक सो’ का निश्चित मर्यादा हुन्छन्। जति नै सर्वज्ञाता प्रस्तोता हुन् तिनले दर्शकलाई सम्मान गर्न छाड्नहुँदैन। उनले ट्विटरमा लेखेका छन्- अनुभवी प्रस्तोता विजयकुमार र प्रोड्युसर भुषण दाहालले निर्माण गरेको कार्यक्रममा दर्शकलाई यतिसम्म हेपिन्छ भन्ने सोचेको थिइनँ।

अनन्त कोइरालाले आफ्नो ब्लगमा विजयकुमारलाई खुला पत्र लेखेका छन्- मान र मर्यादा तथा नैतिकताका ठूला ठूला दृष्टान्त तपाईंका कलम र बोलीबाट बारम्बार प्रष्फूटित भएका छन् र भविश्यमा पनि हुनेछन्। तर कृपा गरेर तपाईंहरूले आफ्नो नैतिकता र अरूलाई गर्नुपर्ने मर्यादाका बारेमा कहिल्यै सोच्नुभएको छ? यदि थियो भने अवश्यपनि तपाईंले आफ्नै कार्यक्रमको अतिथिका अगाडि अन्तर्वार्ताकै क्रममा फोन उठाएर संवाद गर्नुहुन्थेन होला।

आखिर के हो त कुरा ? भिडियो हेर्नुस्-

यो रेकर्डेड कार्यक्रम भए पनि लाइभ न्युज टेलिकास्टका क्रममा भने यस्ता थुप्रै घटना हुन्छन्। चलाखिपूर्वक उनीहरुले यसलाई सहज रुपमा प्रस्तुत गर्ने प्रयास गरे पनि यसलाई ब्लन्डर नै मानिन्छ। एउटा उदाहरण हेर्नुस् यहाँ क्लिक गरी।

अर्को भिडियो हेर्नुस्-

यसमा भने अतिथिको मोबाइल बज्छ-

विजय कुमारले कार्यक्रममा फोन अन राखेर गल्ती गरेका थिए। तर त्यो गल्तीलाई एडिट गरेर सजिलै हटाउन सकिन्थ्यो। रेकर्डेड कार्यक्रममा यस्तै गल्तीहरु हटाउनलाई एडिटर राखिएको हुन्छ। तपाइँहामीले पर्दामा देख्ने भन्दा धेरै कुरा पर्दापछाडि भएका हुन्छन्। त्यसलाई हटाएपछि मात्रै त्यो रुपमा टेलिभिजनमा हेर्न हामी पाउँछौँ। तर अनौपचारिक हुने नाममा यो टेलिफोन वार्तालाई जस्तातस्तै राखिएको हो। न उनका समर्थकहरुले भने जस्तै यो साहसी काम हो न उनका आलोचकहरुले भने जस्तै यो दर्शकको अपमान र घमण्ड हो। मैले बुझे अनुसार उनी अध्यात्ममा धेरै भिज्दै गइरहेका छन्। उनको लागि प्रशंसा र निन्दाले कुनै अर्थ राख्दैन। यो एउटा घटनाले म उनको कार्यक्रम हेर्नबाट पछि हट्दिनँ।

ट्विटरमा यो प्रकरणमा चलेको बहसलाई कृष्ण गुरागाइँले क्युरेट गरेका छन्-

69 Comments

  1. अरूलाई छिर्के हान्ने विजय जी, फेसबुक मा १२ हाते सफाई दिईरहनु पर्दैन सबैलाई तपाईंको घमन्ड थाहा भईसक्यो, मिडिया तपाईंको बाउको बिर्ता होइन जेगरेपनि हुने , यदि तपाईंको यो लापरवाही भूषण दहाल ले सुधार गरेनन भने शायद यो मिडीयाको भबिष्य छैन । mr bijaya ki do not proudy ana

  2. तर टेलिभिजन presentation को ethic बुझ्ने मानिस भएको भए शायद येसरी viewers लाइ हेपेर एस्तो गर्थियेंन भन्ने हामीलाई लाइ राछ!!! आगे like गर्नुस कि dislike गर्नुस हजुर हरु को मर्जी!!!

  3. बिजयकुमारज्यू, कसैले चलाएको टेलिभिजन टकसोमा तपाँईमात्र यस्तो ब्यक्ति हो जसको टकसो जहिले पनि हेरौ‌ हेरौ‌ लाग्छ । कहिल्लै पनि मेरो धित मर्दैन । रह्यो मोबाईलफोनको कुरा, तपाँई मानिस हो त्यस कारण नगर्न खोज्दाखोज्दै पनि गल्ती भन्ने भईहाल्छ वा भयो । गल्ती नदोहोराउने वा भएको गल्ती स्वीकार गर्नु पनि मान्छेको लागि धेरै ठूलो महानताको कुरा हो ।

    यहाँ कमेन्ट गर्ने सबैले एकपटक आफैले आफुलाई फर्केर हेर्नुहोस र तपाँईले आफूले आफैलाई सोध्नुस त आफ्नो जिन्दगिमा अहिलेसम्म कतिगल्ति गर्नुभएको छ। बिजयकुमार पनि त मान्छेनै त हो । हामिले बिजयकुमारलाई मान्छे देख्नु पर्छ भगबान होईन । अर्कोकुरा सायद बिजयकुमारले हामिसबैलाई त्यो कुरा ईडिटिङबाट नहटाएर मान्छेबाट कहिलेकाँही गल्तिपनि हुन्छ र गल्तिगर्न हुन्न वा हमेसा होसियार हुनुपर्छ भन्ने शिक्षा दिनकै लागि राखेको पनि हुनसक्छ । यो बिनाकुनै अर्थ राखिएको हुदैहोईन भन्ने सबैले बुझनु पर्ने कुरा हो । तपाँईले देखेको गल्ति भित्र सकारात्क खोज्नुहोस त कतै यसकुराले हामी पाठक तथा दर्शककोलागि राम्रो उपदेश दिनकोलागि त्यो अबस्था वा बाताबरण बनाएको पनि त हुन सक्दै न र !

  4. हेलो शुक्रबार मा दिनेश वाग्ले र आशिष लुइंटेल बिचको Chat काण्ड र यो mobile फोन ring काण्ड उस्तै उस्तै लग्यो ! एउटा कुरा के साँचो हो भने विजय कुमार र भुषण दाहाल ले tv दर्शकहरु लाई २ पैसाको जति पनि इज्ज़त र आदर गर्न जानेका छैनन ! आशा छ एक दिन ति दुवै जना कान्तिपुर tv बाट out हुनेछन !!!

  5. मोबाइल भनेको व्यक्तिगत बस्तु, अब आफ्नो नितान्त ‘व्यक्तिगत बस्तु’ लाई नियन्त्रण गर्न नजाने त फेरी ‘पत्रुकर पौडेल’ र तिमि ‘बिजय’ अनि ‘भुसन’ ‘हात्ती’ र ‘हात्ती छाप’ जस्तै भएन र????दर्सक त बोका नै हुन् भन्ने ठान्छन कि केहो काइते हरु…..

  6. बिबीसी नेपाली सेवाका पत्रकार नारायण श्रेष्ठ जतिको उच्च ब्यक्तित्व भएको र शालिन अन्तर्वाता लिन सक्ने ब्यक्ती नेपालमा कोही पनि छैनन ।

  7. अबुज श्रोता ले मात्र बिजय कुमार मन पराउछ …

  8. ‘उनको लागि प्रशंसा र निन्दाले कुनै अर्थ राख्दैन’ यो चाहि गफै भो सालोक्यजी, उनको कार्यक्रम ५ मिनेट मात्र हेर्दा पनि थाहा हुन्छ उनि अाफ्नो प्रशंसा अाफै कति गरिराहुन्छ, अर्थात फुर्तिफार्ति लाइराहुन्छ ।

  9. केहि ठुलो कुरा बनाउनु पर्ने त देखिदैन.. मैले त सरर हेरे कति मजाले कुरा गरेर फोन राख्नु भयो !!! कुरा सोच्ने दुइ तरिका हुन्छ !!! फाइदा के त नराम्रो भनेर !!! वहा को गल्ति नै हो नदोहोरियोस एती हो !!!

  10. यो घटना चाहि हेपाहा प्रबिती अनि आफुलाई हाइलाइट मा ल्याउने एउटा तरिका चाही पक्का हो किन कि शरुखान ले आफ्नो फिल्म माइ नेम इज खान को पब्लिसिटी को लागि अमेरिकन पुलिसलाई आफै पक्रहेका थिए सायद यस्तै होला बिजय को पनि तरिका

    • बाँस को लम्बाई जति बढ्दै जान्छ तेती नै त्यो झुक्दै जान्छ तर हाम्रो नेपाली प्रबिती तेस्को ठिक बिपरित छ l हामी नेपाली हरु ले विजय जी को दिशा निर्देश कार्यक्रम लै सारै रुचाए का थियौ र फेरी हेर्न र सुन्न पाउदा खुसि अनुभब गरेका थियौ तर यत्रा दर्शक हरु को माया लाई विजय जी ले यसरी लत्यैदिनु भो lll सायद सर लाई दर्शक हरु को माया पचेन जस्तो छ l

  11. कुवा को भ्यागुतोले कुवालाई संसार मान्छ रे / तेस्तै नेपाल बाहिर संसार का पत्रकार को नैतिकता कस्तो छ / सफल पत्रकारिता के हो / जनतालाई कसरि सहि सूचना दिन सकिन्छ भनेर नजानेको पत्रुकार को परिचय आफै दिए /

  12. बिजय कुमार talented मान्छे हुन् तर उनको दिमाखमा कांग्रेसी घुन ले प्वाल पर्दियाको छ, त्येसैको पुरस्कार हो ! मपैत्वोको सिकारी ! तर पनि सुधार्ने मौका दिनु पर्छ !

  13. मान्छे चर्चा मा आउन् नागिन्छंन अनेक किसिम गर्छन तपाई एउटा मोबाइल उठायर यत्रो चर्चा मा आउनु भयो धन्य छ बिजयकुमार तपाई लाइ

  14. विजयकुमार समाजमा ब्याप्त ‘बासी’ समाचारलाई गोलमटोल गरेर टेलिभिजनको पर्दामा सीधा-साधा श्रोतामाथि ‘छारो’ हाल्ने काम गर्न खप्पिस छन् || बैयेक्तिक र बैचारिक गहिराइ नभएका ऋषि धमला र विजयकुमार एकै ड्यांगका खोक्रा मुला हुन् || सोमरस र सुन्दरीका भक्त यी दुवै एकै शरीरका दुई टाउका हुन् |||

  15. विजय जी ले पहिले नै योजना बनाएर यो सब गरे को हो के रेकोर्देद कार्यक्रम मा सम्पादन गर्न सकिदैनथियो र ? दिसा निर्देश को प्रचार गर्न को लागि यो सब गरेको हो के नेपाली दर्सक लाइ विजय ले भेडा सम्जेको हो त नेपाली दर्सक तिमि हरु ले सोचेजस्ता छैनन् बिजय जी !!!

  16. अमिताभ बच्हन संग को कुरा चाहिं के हो खास मा? जान्ने कोइले भनिदिएको भए आभारी हुने थिए|

  17. कत्रो कत्रो काण्ड हरु लुकायर गुप् चुप हुन्छ नेपाल मा बिजय कुमार को मोबाइल को हलिवुड कलिवुद को हीट फिल्म जस्तै चर्चा चल्यो, नेपाल मा कत्रो ठुलो गल्ति गरेर पनि निर्धक्क हिडेको छन् बिजय कुमार ले आफुले गरेको गल्ति स्विकार्नु भयको छ धरै आलोचना लगाउनु पर्ने कुनै ठुलो कुरा होइन अरु पत्रकार बन्दु हरु पनि

  18. के विजयकुमार लाई राखी सावन्त बन्नु आवश्यक थियो र …………..

  19. करिब १०-१५ बर्ष अघाडी (खुदा गबहा को शुटिंग ताका ) भारतीय सुपर स्टार अभिताभ बचन ले बिजय जी लाई पत्रकारिता को राम्रो पाठ पढाएका थिए (घमण्ड लाई चक्नाचुर परेका थिए /), तेस पछि त वहा गायब नै भएका थिए …………….., बिचरा पुन: प्रवेश गर्न खोजदैचन , पुन आफ्नो भूल (घमण्ड ) लाई अघाडी सारेर…
    पत्रकारिता बाट नै सन्यास लिने विचार छ कि क्या हो , विजय जी को ?

  20. टेलिविजन पत्रकारिता मा नया प्रयोग हो यो

  21. बिजय कुमार जी लाई बास्तबमा भन्ने हो भने उहा लाई पत्रकारितामा मा जस्तो ठुलो अनुभबी मान्छे नेपालमा मा भन्दा अरु कोहि छैन भन्ने अहमताको बास छ ,तेही अहमता र अट्टहास,घमण्डले गर्दा उनको छबी मात्र होइन प्रोग्राम नै दर्शक दीर्घामा अलोकप्रिय हुदैछ . येस्ता हर्कत बढ्दै गए उठिबास हुने दिन टाढा छैन …

  22. मिनेंद्रजी रिसाउनु भएको छैन भने हामीलाई के को टन टन!!! कमेन्ट गर्न लायक बिषय होइन यो !

  23. बिजयकुमारको अभिमान चुलिएको देखियो… हाँसेर ठुलो गर्दैमा व्यवसायिकको परिपक्वता झल्कदैन !!

  24. यसमा कुनै संका छैन बिजय कुमार एक सक्षम् पत्रकार हुन…तर पनि उनि तेती निश्पक्ष प्रकार होइनन…उनि समय अनुसार कालो लाई सेतो र सेतो लाई कालो भन्ने पत्रकार पनि हो…मलाई बिजय कुमार का पहिलेका केहि कार्यक्रम ले उनि एउटा निश्पक्ष्य पत्रकार हो जस्तो लाग्दैन जस्तै….
    १) उसले पत्रकार इन्द्र लोहनी ले जस्तो देश माथि बिदेशी हस्तछेप को बिषयमा कहिले कुरा उठाएन…
    २) करिब १०/१२ बर्ष अघिको राम कृष्ण ढकालसंगको अन्तर्वार्तामा बिजय कुमारले राम कृष्ण ढकाललाई सोधेको एउटा प्रश्न के थियो भने: “तपाइलाई नारायण गोपालको कपी भंछ्न्नी यो धब्बा कसरि मेटाउनु हुन्छ?”….हे भगवान मुर्ख हो देशको सबै भन्दा लोकप्रिय गायकको जस्तो सोर हुनु धब्बा हो र ? अनि राम कृष्णको उत्तर थियो बिस्तारै मेट्दै लाग्छु…मुर्ख प्रश्न अनि अति मुर्ख उत्तर….तेस पछिनै हो राम कृष्णको पतन सुटु भएको….
    ३) बिजकुमार ले करिब १/, १-१/२ बर्ष को कार्यक्रम मा भनेका थिए, नेपाल मा आज जुन किसिमको आर्थिक अनि सामाजिक परिवर्तन भएको छ त्यो हिजो कहिले भएको थिएन/
    बिजयजी इतिहास पल्टाएर हेर्नुस नेपाल मा यो भन्दा धेरै ठुलो आर्थिक अनि सामाजिक परिवर्तन भएको थियो….मल्ल अनि किरात कालमा आर्थिक/ सामाजिक/ निर्माणको आधार मा नेपाल बिस्वको बिकसित देश मा गनिन्थ्यो…नेपाल को अनुशरण अरु देश ले गर्दथ्यो…उधाहरण को लागि बुद्द धर्म प्रचार विश्व ब्यापी थियो, नेवारी भाषामा तिब्बत/चाइना देखि जापान सम्म चिठी पत्र आदान प्रदान हुन्थ्यो/ नेपाल को सिक्का धेरै देशमा चल्दथ्यो, अमेरिका पत्ता नलाग्दा काठमाडौँ सहर बिकसित भैसकेको थियो…

    तेसैले बिजय जी आजको नेपाली स्रोता अनि दर्शकहरु तपाइभन्द निकै भाठा छन् तेसैले झुठको खेति नगर्नु होला…..नत्र तपाई को पनि पतन सुरुहुन्छ….

  25. यो बिजयकुमार को खुल्लेआम बदमासी हो……..
    वास्तवमा दिसानीर्देश टेलिभिजनको कार्यक्रम हो बिजयकुमारको हैन | एउटा जनप्रतनिधिले जनता लाइे जबाफ दिइेरहेको बेला उन्को यो हर्कत किमार्थ ठीक हैन त्यो पनि रेकर्डेड….|
    बिजय जी ? कुनै दिन तपाईंले कुनै ब्यक्तिलाइे औलो ठडयाएर प्रश्न गर्नु भा’थ्यो, ……… निर्माणका कुरा गर्नुस् न नास त निमेसमा हुन्छ !
    आँफै धूरी नचढ्नुस्

  26. तपाईहरुलाई चाही अफ गर्नु भन्ने अनि मेरो चाही बजेछ … हाहाहाहाहाहा! ” WHAT A FOOLISH EXCUSE ” ! बिजय कुमार को भाउ धेरै बढेछ !

  27. Very interesting. There are genuine Bijay dai’s well wishers making genuine comments which I am sure he will take on board. Then there are a few Bijaya Kumar ‘wannabe’ who are criticising
    him as an opportunity to make a name for themselves. Reminds me of Bijay dai’s article where he said when we want to bring some one down where never get tired working overtime…
    He is some one who is leaning towards spiritiuality and I am sure he is past the stage where praise or criticism affects him. Mistake or no mistake Bijay dai we love you. Others – keep barking

  28. हे भगवान येत्रो धेरैको जमातमा कसैलेपनि किन नसोचेको होला कि यो विजय कुमारको नियोजित कार्य हो जसबाट उनले आफ्नो कार्यक्रमलाई दर्शक सामु बिबादमा मुछियाको जस्तो देखयार आफ्नो कार्यक्रमलाई प्रचार गराउने नया मार्केटिंग फोर्मुला हो !!

  29. मान्छेको जात हो , मान्छेबाट भूल हुन सक्छ भन्ने मान्यतालाई लिएर सोच्दा
    पनि बिजय जी ले झन ठुलो भूल जानी जानी गर्नु भएको देखियो . त्यो भूल के
    भने बहाले त्यसरी लौ मानौ बिर्सेरै मोबाईलको सुईच अफ गर्न भुल्नु भो रे ! यो
    सम्मको भूललाई मजाले माफ दिन सकिन्छ तर त्यस पछिका व्यवहार चै हेपाहा
    व्यवहार भयो वहाको . लाखौ लाख जनताले हेर्ने त्यस्तो कार्यक्रममा त्यसरी फोन
    आए पछी हत्त न पत्त छेमा भावमा त्यो मोबाईल अफ गरिहाल्नु पर्दैन ???अनि
    नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल संग माफ माग्दै कुरा अगाडी बढाउनु
    पर्दैन ? उल्टो झन् हास्दै मोबाईलको घन्टी बजाउने व्यक्तिसंग कुरा गर्ने ?
    बिजय कुमार जस्ता मिडियाका हस्तीहरुलाई यस्तो ब्यबहार गर्न सुहाउने कुरा हो ???

  30. नेपाल मा talk show थुप्रै छन्. तेस्मा आफ्नो comeback लाई नयाँ तरिकाले प्रस्तुत गर्न खोज्दा भएको mistake हो. बिजय कुमारले गल्ति स्वीकारिसकेकाले एस्लाई धेरै महत्तो नदिदा राम्रो हुन्छ.

  31. एउटा फोन बज्यो सिद्धियो, उसलाई लाज लागेन
    तातो न छारोको कुरा गरेर आकाश खसेजस्तो हामी चै किन येहा सन्किएर बसिरा भन्या यार |

    मन पर्दैन भने कान्तिपुर टिवी कि उसको कार्यक्रम हेर्न छड दिनुस न मित्रहरु

  32. विजय जी देशमा संबिधान समयमा नबन्ला भनेर चिन्तामा डुबेको कारणले मोबाइलको स्विच बन्द गर्न बिर्सिन्नु भएको होला नि.

  33. त्यो विजय को नाटक हो..तपाई ध्यान दिएर सुन्नु भो भने उनले कुनै महिला को फोन रिसिव गर्दै छन् !! मिनेन्द्रले भन्न खोजेको ९ जना भित्र कुनै महिला पर्छन जस्तो लाग्दैन मलाई !! कार्यक्रम को सुरुवात मा नै मिनेन्द्र लाइ तपाई मेरो पुरानो मित्र पनि हुनुहुन्छ भन्दै मनोबैज्ञानिक रुपमा आफुलाई जबर्जस्त स्थापित गर्ने उनको शैली हो ..आफु लाइ कहिले कृष्ण प्रसाद भट्टराई, कहिले बिरेन्द्र, अनि कहिले बिदेशी ठुला ठुला मान्छे संग जोडेर उहाले म संगको भेटमा येसो भन्नु भएको थियो भन्दै आफु लाइ नियोजित रुपमा ठुलो बनाउने काम गर्छन. यो पल त अति नाटक गरेर कार्यक्रम गर्दैछन..मलाई लाग्छ धेरै दर्सक हरुलाइ त्यति मन परेको छैन उनको शैली !!

  34. हेर्नुहोस त बिजय कुमार जी, तपाई को बोलि र आचरण मा कत्रो भिन्नता. एदी यो अन्य कुनै व्यक्ति बाट भएको भए सायद हामी लाई त्यति ठुलो आपति हुन्नाथियो होला. तर तपाई बाट भएको ले यो हामी लाई ठुलो आपति भएको छ किन भने तपाई हरु लाई हामी ले हाम्रो राष्ट्र को सम्पति मानेका छौ. अनि तपाई हरु बाटै एस्तो गल्ति भयो भने , कस बाट चाही हामी ले आशा राख्ने, तपाई आफै भन्नुस त. जनता ले बिजय कुमार लाई धेरै माया गरेका छन् त्यसैले उसको स्यानो गल्ति नै किन नहोस, बिजय कुमार लाई धेरै गाली पनि गर्छन. तपाई ले तेस्तो किन गर्नु भएको? बिजय जी अन्यथा नलिनुस, तपाई मा अलि इगो प्रोब्लेम छ, तपाई देखाउना खोज्नु हुन्छ. तपाई ले केहि पनि देखाई रहनु पर्दैन. हामी सबै लाई थाहा छ, तपाई एक डुम होनहार हुनुहुन्छ आफ्नो क्षेत्र मा. तपाई खाली आफ्नो काम सहि रुप मा गर्दै जानुहोस, राम्रो बौदिक सूचना दिनुहोस, सधै नम्र हुनुहोस, साधारण बन्नुहोस, तपाई ले अहिले को भन्दा बढी माया पाउनुहुनेछ. बरु तपाई योगा ध्यान गर्नुहोस, आफु लाई अलि संयम बनाउनुहोस, अरु को राम्रो सोच्नुहोस, अनि तपाई मा भएको स्वर्ण मा सुबास भरिनेछ. आशा छ आउने दिन मा एस्तो हुने छैन.

  35. भू पु पी एम देउवा ज्यु ले दिशानिर्देशमा आफै आउने बचन दिई डि आर रिजाल ज्यु लाइ पठाए जस्तो छ / त्यसो हो भने अपमानित महसुस महाशयले म त विजय कुमार पो’त भनेर देखाई दिएको हुनपर्छ /
    जनता वाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रश्न जोड्दा सभापति सुशील ज्यु को मुहार मा एक अनौठो किसिमको कठोर पन झल्केको देख्न सक्ने हुन उनि / घटना सुनियोजित लाग्यो /

  36. मलाई लाग्छ , कमजोरी विजय कुमार को जति छ त्यो भन्दा धेरै कान्तिपुर telivision को छ . mobile को स्विच अफ गर्न बिर्सिनु ठुलो कुरा होइन। किनभने बिर्सिने भनेकै मानिस ले त हो नि । सबै भन्दा पहिले ,, त्यस्तो सम्बेदनशील ठाउँ भित्र सेलफोन लिएर जान पाउने सिस्टम कै कमजोरी हैन र ? अनि त्यसमाथि रेकर्डेड कार्यक्रम हुदाहुदै पनि त्यसलाई edit नगरिकन प्रसारण गर्ने कान्तिपुर टेलिभिजन कै लापरबाही जस्तो लाग्यो। सिस्टम नसुधार्ने हो भने भोलि फेरी अर्को कार्यक्रम मा अर्का प्रस्तोता को सेलफोन नबज्ला भन्न सकिन्न ………..

  37. अरुलाई यो गर त्यो गर भनी दर्शन छाँट्ने, तर आफूलाई भने जे पनि गर्न छूट हुने – दरबारिया चरित्र हो यो विजयकुमारको । हुन पनि राजतन्त्र छउञ्जेल ‘प्रजा’तन्त्रको गफ छाँटेर दर्शकको मन लोभ्याउन सफल उनी राजतन्त्र समाप्तिपछि केही समय हराएर लोकतन्त्र स्वभाविक डामाडोल स्थितिमा पुग्दा त्यसको तिक्तता मज्जा पोखिरहेको भान हुन्छ । एउटा गतिलो पत्रकार मानिएको पत्रकारको यस्तो चाला पत्रकारिता क्षेत्रकै लागि लाजमर्दो कुरा हो ।

  38. येस्ता हेपाहा र घमण्डी हरुलाई सार्बजनिक बहिस्कार गर्नुपर्छ ,आजै बाट म विजय
    कुमारको हरेक कुराको बहिस्कार गर्दछु .

  39. यो विजयकुमार यस्तै हो। मनोरन्जन लिनुस्, बस्नुस्। के को ट्याँसट्याँस। तपाइँहरु मध्ये कतिलाई याद छ संविधान सभाको निर्वाचनको बेला यो काठमाडौँ क्षेत्र नम्बर एकमा स्थलगत कार्यक्रम बनाउन गएको थियो। जहाँ प्रचण्ड पनि उम्मेदवार थिए। एक घण्टाको कार्यक्रमको अन्त्यमा त यस्तो पो भन्छन् उनी आदरणीय दर्शकहरु मेरो १० वर्षको पत्रकारिताको अनुभवले भन्छ, क्षेत्र नम्बर एकको चुनाव अत्यन्तै प्रतिस्पर्धात्मक हुनेछ। त्यति भन्न १० वर्षको अनुभव चाहिन्थ्यो र? फेरि चुनाव प्रतिस्पर्धात्मक पनि भएन, प्रचण्डले धेरै मतले नै पछारे अरुलाई

    • क्षेत्र नम्बेर दस होला, एक मा त नरहरी ले जितेका थिए

  40. त्यो producer भन्ने भुसनको कुरा पनि आउनु पर्यो नि. कान्तिपुर टि भी चर्चामा छ भन्दैमा जे पनि गर्न पाइन्छ ? येस्तई हो भने भोलि दिशा निर्देश मात्रै होइन कान्तिपुर टि भी पनि ओरालो लाग्ला नि बेलैमा चेतना भया? अनि बरिस्ठ भनाउदो पहिले नै ओरालो लागेका, तर इन्द्र लोहनी को असामयिक मृत्युक कारण फेरी केहि चर्चा बटुल्न सफल भएका( नत्र दिशा निर्देश ले धेरै ठाउँ सगरमाथा टि भी , नेपाल टेलेभिजन आदि ठाउँ चाहर्दै हिडेको हामीलाई थाहा छ) पत्रकार विजय कुमारले पाहुना मिनेन्द्र रिजाल लाई मात्रै अपमान गरेनन, सम्पूर्ण दर्शकलाई पनि अपमान गरे. एस अर्थमा भुसन र विजय म दुबैलाई दोषी देख्छु.

  41. पत्रकार हुन् बिशेस समाचार होला भनेर कल उठाएका होलान यति सानो तिनो कुरा लाइ बिशेस ठाउँ दिनु हुन्न/ अब विचार गरौ त हामीले कार्यक्रम मा फोन उठाउदा यति हल्ला गर्छौ /संबिधान बनाउने ठुलै कार्यक्रममा सभासद अनि मन्त्रि हरु निन्द्रा ले झुल्दा नि ……………………….

  42. प्रधान मन्त्री सँग को कार्यक्रममा सर्ट को कुरा झिकेर ब्यज्योत गर्‍यो बिजयले । डा बाबुरामले तपाइ को नयाँ रहेछ् भनेर ब्यङ गर्दा यो कार्यक्रमको लागि किनेको भनेर अती तल्लो स्तरको हासो हासेको देख्दा दया लाग्यो । बिचरा के गरोस, गतिछाडा नेता हरूको संगत गर्दा गर्दै आफै गति छाडा भयो बिजय ।

  43. मित्रहरु,
    अर्का तर्फबाट हेर्दा विजय कुमार र धमलाले मेडियामा अलि unconventional पारामा वा फरक रुपमा प्रस्तुत गर्छन| जुत्ता माथि मोजा लगाएका छैनन्| रुढीवादी र परम्परावादीहरुले अलि अर्कै दृष्टिले हेरेर आलोचना गर्छन तर पनि दुवै जनाको ख्याती आफनै ठाउँमा छ| वास्तवमा दुवै एउटा सिक्काका एकै पाटाका हुन्| बेसक एउटा आफुलाई अलि जानेर धेरै जान्ने सम्झने र अर्को चाँही अलि नजान्ने सम्झेर त्यसलाई मेक अप गर्न खोज्ने होला तर दुवैले आफ्नो बढी जान्नेपन र नजान्नेपनलाई मज्जाले छोप्न खोज्छन र पत्रकारको खोलमा अक्सर मनोरन्जक बनेर मेडियामा रमाईरहन्छन|
    नेगेटिभ वा पजिटिभ हुन्, दुवैको चर्चित छन्|

    त्यति लेखेपछि, यो पनि उल्लेख गरौ, विजय कुमारको अन्तर्वार्तामा आफ्ना पाहुनालाई प्रश्न सोद्धा अलि होच्याउने र हेपाहा प्रबृत्ति लिएको देखिन्छ| मुद्दाको गहिराई सम्म पुगेर दर्शक जनताको जिज्ञासाको प्यास झल्कने तरिकाले प्रसंग केलाउंदै औल्याउंदै सौहार्दपुर्बक सोध्नु पत्रकारको धर्म हो तर उनी आफुलाई उच्चतर स्थानमा राखेर प्रश्न गर्न खोज्छन|
    दुई दशक अघि अमिताभ बच्चनलाई पनि त्यही तरिकाले प्रश्न सोध्दा लाजमर्नु खप्की खाएको उनले चटक्कै बिर्सेछन र त्यसबाट केही पाठ नसिकेको देखियो| यी घुस खाने भ्रष्टचारी न हुन्, यिनलाइ क्यामरामा उभाए पछी जे जसो तरिकाले सामान्य मर्यादा मिचेरै जे प्रश्न सोधे नी हुन्छ भन्ने मिजास देखिन्छ उनमा| विजय कुमारजी, दर्शक जनार्दन हुन् भन्ने मन्त्रलाई कदापि नबिर्सनुहोला|
    विजय कुमारजी ले के भन्न खोज्नु भएको हो? एकातिर भिजुअल क्लिप हेर्दा उनी आफै मोबैल खुला राखेको भन्छन, अर्कोतिर एकसीडेन्टल हो ‘रे|
    अब ठेसबुकमा पनि यहि उल्लेख गर्नेछु|

  44. बिजय कुमार अब चाँही ऋषि धमलासंग काँधमा काँध मिलाएर बसे हुन्छ / धेरै ठुलो ब्याख्या भन्दा बिजयाजीलाई यहि ‘ठुला भ्रम र सत्य साधारण’को बोध गराउन चाहन्छु / सायद बिजयाजीलाई धेरै भन्नु पर्दैन कारण वहाँ सबै भन्दा समझदार पत्रकार मध्ये पर्नु हुन्छ /

  45. हाम्रा देशका नेता, पत्रकार र उच्चपदस्थ हाकिमहरु सबै एकै द्यांका मुला हुन् / अझ यो मान्छे त सबै भन्दा ठुलो पत्रकार त मै हुँ भन्छ /

  46. यो चाही बिजय कुमार ले अलि बढी नै गरेको हो, लाग्छ यिन मा पनि घमण्ड निक्कै चढी सकेछ . सद बुद्धि आओस अरु के नै भन्न सकिन्छ र…..

  47. जसले जे गरे नि hunchha yeha ,,,,अलि राम्रो मानियको बिजय थिया उनि पनि हिरो बन्न थाले ,,,,,,रक्सि khayra केटि को लागि पत्रकार को हत्या हुन्छ अनि तेस पत्रकार लाई पिडित भनिने देस हो हाम्रो ,,,,,कमसेकम भैब्रेशन मा त राख्न सकिन्थ्यो यार ,,,,,उनि जस्तो अनुभबी मान्छे ले बिर्सिय भन्नु पनि लाजमर्दो हो भन्ने मलाई लाग्दछ,,

  48. यो राम्रो व्यवहार होइन । सार्वजनिक रुपमा प्रस्तुत हुने त्यो पनि सञ्चारक्षेत्र जस्तो संवेदनशील स्थानमा भएको यो चरम लापरवाही हो । फोनको घण्टी बज्न सक्छ तर त्यसको सावधानी खोइ त ? फोन आएकै भए पनि एडिट गर्नुपथ्र्यो नि तर किन गरिएन ? अन्तरवार्ता लिने क्रममा हुनसक्छ प्रस्तोताले आफूलाई सहज बनाउन खोजे पनि तर औपचारिक कार्यक्रमहरुमा औपचारिक रुपमा प्रस्तुत हुनु सभ्यता पनि हो । यदाकदा विजयकुमारका यस्ता हर्कतहरु देख्न र सुन्न पाइन्छन् । जानी जानी भए हेपाहा प्रवृत्ति हो, नजानी भए सुधार्नु नै राम्रो हुन्छ । सल्लाह मात्र दिने हो, गर्ने नगर्ने त उनको काम हो ।

  49. आफ्नै कार्यक्रमको Insult आफैले गरेको, अझ भनौं आफुलाई आफैले Respect गर्न नजान्ने नासमझ BK!

  50. थुक्क यति सरो चै न गर्नु पर्ने, फेरी को हो थ्यो एडिटर तेती पनि न हेर्ने | मैले निकै देखेको छु यस्तो हाम्रो नेपाली मिडिया लगायत सबै ठाउँ मा तर ………के भन्नु बिजय जी No offences

  51. ठाउ कुठाउ जहा पनि बज्न सक्ने फोन को घन्टीलाइ आफ्नो सहि बिबेक ले नियन्त्रण गर्न सक्नु नै बुद्धिमता दर्शनु हो \जो यस बाट चुक्छ ,उसलाई अबस्य धेरै ले मन मन नै थुक्छ \रिकर्ड गरिएको यो कार्यक्रम मा फोन सम्बाद नकाटिनु भनेको उहा हरुमा बौद्धिकता हराउदै जानु र उहाहरु हेपहा प्रबिती र मैमतताको रोग ले ग्रशित व्यक्ति हो भन्ने जनिनु हो \

  52. त्यो फोन गर्ने व्यक्तिलाई कडा भन्दा कडा सजाय दिनु पर्छ, संबिधान बनाउन रोक्ने पनि तेही व्यक्ति हुनु पर्छ…
    मलाई त अझ बिदेसी सक्ति को हात जस्तो लागि रहेको छ .

    • यो प्रकरणमा साच्चिकै विदेशी “प्रभु” हरुको हात छ।

  53. शायद घमण्डको पराकाष्ठा …..अनि आवश्यकता भन्दा बढी आत्म विश्वाश ( over confident) … तर विजय दाजु हजुरले दुध पनि धेरै उम्लियो भने पोखिन्छ भनेर राम्ररी बुझ्नु पर्ने … भानिन्छ नि सफलताको शिखरमा कोहि पनि दिगो रहिरहन सक्दैन भनेर साएद अब हजुरको पनि ओरालो लाग्ने बेला आएको हो कि? ….. प्राकृतिक नियम ……

  54. i think bijay kumar need to recall his journalism ethics…………he always speaks and writes about ethical issues in politics but he himself does no thing…………….He must ask for excuse for the incident in public through kantipur television…………

  55. पत्रकार हुन् साथी पत्रकार…………..जे गर्दा नि हुन्छ !
    राज्य को चौथो अंग ………………….. !!!

  56. २०४६ साल पछी सबैभन्दा बढ्ता फाइदा कसले लुटेका छन् भने त्यो नेता कार्यकर्ता अनि मिसन पत्रकारिता गर्ने हरु हुन् जसले अरुलाई गंदैगंदैनन / आजकल ब्याबसायिक पत्रकारिता गर्ने हरुको हैसियत, व्यवहार पनि बिस्तारै त्यतै तर्फ आकर्षित छ जुन नेपालमा नयाँ एलिट वर्गको उदय हुदैगरेको संकेत हो, जसले अरुलाई अर्तिउपदेश दिन्छ तर आफुले अरुप्रति दिनुपर्ने सामान्य सम्मान, इज्जत को पनि ख्याल गर्दैन, नत्र भने बिजयकुमारजी को कार्यक्रमले उठाउदै आएका बिषयबस्तु जायज, सचेतानात्मक तथा समसामयिक छन् साथै लोकप्रिय पनि / उहाँले कार्यक्रम लोकप्रिय वनाउन, अरु भन्दा अलग देखाउन, अनि आफुलाई समकालीन प्रस्तोता भन्दा बढी पहुँचवाल अथवा प्रभावशाली देखाउन यस्तो हर्कत देखाउन पर्दैनथ्यो जस्तो लाग्छ/ पक्कै पनि दर्शक हरुका प्रतिक्रियाले उहाँ लाई नया पाठ पढायो होला/ धन्यवाद

  57. हामी नेपाली अर्कालाई सिकाउने मास्टर येती येती चाडो हुन्छौ आफ्ना नाकबाट चुहिएको सिगान पनी पुछ्न भ्याउदैनौ | झन् यी टिभी, राजनिती, चलचित्र, पत्रकारिताका ठुला भनाउदाहरु देख्नका डाल ढीडा काल हुन | यिनले मती त अरुलाई धेरै सिकाउछन तर यिनको आफ्नै मती गती छाडा नै हुन्छ भरिसक्के | ठुला मान्छे न परे …………….|

  58. Thanks for highlighting this issue. I was also shocked to see the extent of indecency of Mr. Bjaya Kumar Pandey. He was not only undermining the guy he was interviewing, he also undermined the whole of the viewers. For long this man has been pampered too much by media, he thinks he is a super star and can do anything he wish. He had not learned a lesson or two from his encounter with Mr. Amitab Bachhan during Panchayat days. He think himself to be the Larry King of Nepal. Mr. Rishi Dhamala is his cheap version. Once, I read Mr. CK Lal going hard on him. Rebutting his glorification of Panchayat days, Mr. Lal’s response was something like this: “It is normal to see some stars shining in the darkness (of Panchayat days) but simply becasue some starts shine does not imply there is no darkness.” This man is the product of Panchayati darkness. I still remember him interviewing the then PM and his mentor Mr. Surya Bahadur Thapa over the victory of Partyless Panchayat System during national referendum of 1980. Mr. Thapa responded that it was his dharma to see the victory of Panchayat System over the multiparty democracy. History now clearly tells that had there been fraud in the referendum, Nepal’s cours of history would have been a different one.
    It is too much to see the arrogancy of Mr. Bijaya Kumar. Let us stop viewing his program and stop the money making more nuisances in Nepali politics.

  59. यो show को नाम big talk show राखनु पर्छ, mobile switch off गर्नु पर्दैन?वाहियात

Comments are closed.