जनकपुरमा बम पड्कँदा ४ को मृत्यु

9395blast

जनकपुरको रामानन्द चोकमा मोटरसाइकलमा राखेको बम पडकँदा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ।



संविधान सभाको मिति सकिने दिन जेठ १४ नजिकिँदै गर्दा सुरक्षा खतरा बढेको भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको दावी गर्दै गर्दा आज बिहान जनकपुरमा बम पड्कँदा चार जनाको मृत्यु भएको छ। सेक्युरिटी थ्रेट बढेको भन्दै प्रहरीले काठमाडौँमा फलानो संख्याको घेरा बनाएको, नेताहरुलाई थप सुरक्षा दिएको भनेका थिए। काठमाडौँ बाहिर के कस्तो थियो सुरक्षा व्यवस्था बनाइएको रहेछ, हेर्न/सुन्न पाइएको थिएन। शायद् त्यही भएर धर्ना गरिरहेको ठाउँ मै मोटरसाइकलमा बम राखेर सजिलै पड्काएर यति धेरै जनधनको क्षति भयो।

भएको के थियो ?
जनकपुरको फराकिलो रामानन्द चोकमा मिथिला प्रदेशको माग गर्दै केहीले चक्काजाम गर्दै धर्ना दिइरहेका थिए। यत्तिकैमा एउटा ज २ प ९३९५ नम्बरको एउटा मोटरसाइकल आएछ। दुई जना बसेर आएको रे त्यसमा। एक जना चैँ कतातिर लाग्यो रे, अर्को चालक चाहिँ मोटरसाइकल त्यहीँ छाडेर धर्नास्थल वरपर नै घुमिरहेको थियो रे। अचानक भयङ्कर विस्फोट भएछ। विस्फोटमा एक जनाको घटनास्थलमै मृत्यु भयो। केही गम्भीर घाइते भए। गम्भीर घाइते मध्ये तीन जना अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै र अस्पताल पुगिसकेपछि मृत्यु भएछ। अहिलेसम्म कूल ४ जनाको मृत्यु भइसकेको छ। अझै केही गम्भीर घाइते भएका छन्। तीस जना जति घाइते भएर अस्पताल पुर्‍याइएका थिए।

मृत्यु हुनेमा मिथिला नाट्यकला परिषदका कलाकार रञ्जु झा, विमल शरण, झगरु मण्डल र सुरेश उपाध्याय रहेका छन्। घाइतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
ranju
अब सम्झना मात्रः विस्फोटबाट रञ्जु झाको निधन भयो।

कसले पड्कायो बम ?
बम कसले पड्कायो भन्नेबारे प्रहरीले केही पत्ता लगाइसकेको छैन। तर सञ्चारकर्मीहरुलाई भने मोबाइलमा एसएमएस गरेर जनतान्त्रिक तराई मुक्ति मोर्चाका जयक्रान्ति राजन मुक्तिले जिम्मा लिएको भनिएको छ। मधेशवादी दललाई सडकमा आएर मधेशका लागि समर्पित हुन चेतावनी दिएको रे। तेरिमा, मधेसी मुक्तिका लागि मधेसीलाई बम पड्काएर मार्ने ? थुक्क बुद्धि ! यसअघि पनि काठमाडौँको बबरमहलमा बम पड्कँदा तामाङले जातीय मुक्तिका लागि भन्दै बम पड‌्काउँदा तामाङ नै मरेका थिए।


जनकपुरको रामानन्द चोक। फाइल फोटो

जनकपुरलाई दुख्दा काठमाडौँलाई किन दुख्दैन?
बबरमहलमा बम पडकिँदा काठमाडौँमा मुख्य कार्यालय भएका मिडियाले जुन ढंगले त्यो खबरको प्रचार गरेका थिए, जनकपुरमा त्योभन्दा बढी मान्छे मर्दा पनि महत्व दिएर समाचार प्रसारण गरेको देखिएन। टेलिभिजन च्यानलमा लगातार विस्फोट स्थलका दृश्यहरु र लाइभ एक्सक्लुसिभ दृश्य देखाएर दिक्क बनाएका थिए त्यतिबेला नेपालका न्युज च्यानलहरुले। तर जनकपुरमा त्योभन्दा बढी मान्छे मर्दा उनीहरुलाई त्यति चासो लागेको छैन। समाचार मात्र फ्ल्यास न्युज र टेलिफोन लाइभमा सीमित छ। घटना भएको दुई घण्टा बितिसक्दा पनि घटनास्थलको दृश्य देखाउन असफल छन् त्यत्रो संख्यामा रहेका न्युज च्यानलहरु। ११ बजेर १३ मिनेटमा विभिन्न च्यानलमा रिमोट घुमाउँदा यस्तो देखिएको थियो-

जनकपुरमा बम पडँदा मिडिया कभरेज (११ बजेर १३ मिनेटमा)
ABC- फोर्स टिभीको विज्ञापन
Image- राष्ट्र बैँकको समाचार
सगरमाथा- चेल्सीको गोलको समाचार
कान्तिपुर- लोकगीत बज्दै
एभिन्युज- लक्ष्मी स्टिलको विज्ञापन
NTV- ग्यास बिक्रीको समाचार

Ramanand Chowk
रामानन्द चोकको फाइल फोटो। फोटो साभारः दौलत झा

47 Comments

  1. यो बम बिस्फोटन गरेको जिम्मेवारी राजन समुहको रंजित झाले लियको छ त् बाबुरामले त्यो रंजित झा र तेस्को समुहको मूल नाईकेहरुलाई आतंक कारी घोसना गरेर इन्टरपोल मार्फत पकड्न रेड कर्नर नोटिस किन जारि गर्दैन? कतै यसलाई पनि आम माफी दियर मन्त्रीनै बनाउने बिचार त् छैन?

  2. यो राजन मुक्ति जस्ता मन्क्षेहरुलाई सबै नेपालीहरु मिलेर जिउदै किस्ता किस्तामा मार्नु पर्छ,तेती नगरे सम्म यिनीहरुले हाम्रा दाजु भाई दिदि बोहिनी हरुलाई येसरी नै मारी रहने छ,कति सहने त? कसैले मार्नु हुन भनि ओकालत गर्छ भने ऊनीहरु जनकपुर घटना लै बढावा दिने कुरा गर्दै हुनु हुन्छ, हामी सबै को जिन्दगि अनमोल छ ,एक पटक गयो कि गयो फर्किदेना,यो राजन लाई साची नै मुक्ति दिन पाए हुन्थ्यो यो संसार बाट.

  3. देश घाइते भएर लडिरहेको छ !
    नेताहरु रिसोर्ट तिर बढिरहेको छ !!
    निर्दोष माथि बमको छर्रा गढ़िरहेको छ !!!
    प्रकाशहरु चर्चैको लागि सगरमाथा चढिरहेको छ !!!!

  4. जातीय राज्य को द्वन्द को trailer मात्रै हो यो | कसैले पनि जातीय राज्य पाईन्छ भनेर राजा को विरुद्ध मा होमिएका थिएनन् | जातीय विद्वेष फैलाएर एउटा जाति का विरुद्ध अर्को लाइ उचाल्ने दुइ जिब्रे माओवादी नाम को क्यान्सर लै नाफाले सम्म एस्तो दिन हामीले देखिरख्न्नु पर्छ |

  5. मधेसी बन मधेसी भन नभय बम खाउ गोलि खाउ/ यहि त् हो मधेसीहरुले आज सम्म भन्दै आयको/ तराईको नाम बदलेर किन मधेस राखिनु पर्यो; के तराईमा मधेसीहरु मात्र बस्छन?

    हो अचेल आफुलाई मधेसी भन्नेहरु आजकल केहि देखियको छ/ पहिला औंलामा गन्न सकिने थियो तर जथाभावी नागरिकता दिय पछी अलि धेरै भयो तर अझै तराईकै जनजातिहरु भन्दा “थोरै” नै छ/ आखिर ई आफु मधेसी भयकै अकारण अरुलाई पनि जवार्जस्तिनै मधेसी बन, मधेसी मान नभय बम खाउ गोलि खाउ भन्नेहरु बास्तवमै को हो?

    जयतान्त्रिक मुक्ति मोर्चा ३ समुहले संचालन गर्दै आएको छ/ ई तिनै समुहको नाईकेहरु; जय कृष्ण गोईत ज्वालासिंह र राजनले मधेसी भनेको “मुलत हिन्दि भासी भारतीय मुलको” भयको भनेर स्पस्ट भनेको छ/ यो कुराको पुस्टि ईनिहरुले तराईमा हिन्दि भाषालाई राजकीय भाषा बनाउनु पर्ने भने बात पनि पुस्टि हुन्छ/

    उनीहरुले भने झैँ आफुलाई मधेसी भन्नेहरु भारत बात नेपालमा बसी सरेकाहरुनै भयको कुरा तराईको बिभिन्न जनजातिहरु जस्तै थारु मैथिलीहरु र रत्न मल्लकै पाला देखि नेपालमा बस्दै आयको मुस्लिमहरुले आफुहरु मधेसी नभयको र तराई मधेश होईन भने बात पनि पुस्टि हुन्छ/ उप प्रधान मन्त्रि समेत भई सकेको उमेश यादवले त् मधेसी भनेको कुनै जाति नभयको सकार्दै मधेसी भनेको यौटा समुदाय मात्रै भयको भनेको छ/ उमेशले तराईमा बस्ने मधेसीहरु मधेसी नभयको मात्र छुट्टै धर्म मान्ने यौटा समुदाय भयको समेत भनेको छ/ त् ईनिहरुले मधेसी भनेको मुलत हिन्दि भाषी भारतीय मुलकी मात्र भयको मानेको देखिन्छ/

    तराई र भारतको सिमाना खुला भयको कारण “मुलत हिन्दि भाषी बिहारीहरू” नेपालमा बसी सर्दै आयको छ र तिनीहरु नेपाल बात फर्कन चाहँदैन र नेपालको नागरिकता नपायामा नेपालको जग्गा जमिनको मालिक बन्न सक्दैन/ यसै कारण ईनिहरुले नेपालीहरु सिट बिबाह गर्दै, अरुको नामा जग्गा जमिन किन्दै आएको हो/ ईने कारणले ती अरुको नाममा किनियाको जग्गा जमिन आफ्नै नामा पार्न को निमित पनि ईनिहरुले नेपालको नागरिक पाउन अनेकौ जाल झेल गर्दै आयको हो/ तर नेपालको नागरिकता लियर पनि ईनिहरु आफुलाई नेपाली मान्ने नभयको कुरा आज सम्मको ईनिहरुको क्रियाकलापले प्रमाणित गरेको कुरा हो/

    अहिले सम्म जय कृष्ण गोईत, ज्वाला सिंह र राजनको तिनै समुहले जनतान्त्रिक मुक्ति मोर्चा को नाम प्रयोग गर्दै आयको छ/ ईनिहरु ईस्ट इन्डिया कम्पनीले भारतमा गाभी सकियको नेपालको कैलाली कन्चनपुर् को भू भाग नेपालमै नेपालमै फर्कईयाको कुरालाई लियर सन् १९५०को सन्धिमा ईस्ट इन्डिया कम्पनि सिट नेपालले गरेको सबै सन्धिहरु खारिज हुने उल्लेख भय बात कैलाली कन्चन पुर् नेपाललाई फर्कईयाको कुरा अबैध भयको दावी गर्दै तराईलाई मधेश बनाउने कुरामा नेपाल सिट संयुक्त रास्ट्र संघको मध्यस्तता मात्र बार्ता गर्ने अडान लिंदै आएको छ/ यो कुरा सन् १९५६मा अहिले मधेश बादीहरुले प्रथम सहिद र मधेसीको मसिहा भनियको रघु नाथ ठाकुरले उठायाको थियो/ सन् १९८१मा रघुनाथ मारिय पछी ती कुराहरु बाहिर बात सेलायको थियो/ यो जनतान्त्रिक मुक्ति मोर्चाको पितामह पनि रघुनाथ नै थियो/

  6. यो सबै गिरिजा, प्रचण्ड-बाबुरामले भित्र्ययाको अलौकिक पुरस्कार हो नेपाली जनतालाई ! तराई बात र कथ्मन्दु उपत्यकाबाट माओबादी बढारिने छन् र त्यसपछिको सरकार र नेपाली जनता मिलेर माओबादीको जरोंई उखेलेर बैक टु नोइड़ा नै पुराउने छन् !

  7. कुरा एकदम सिमपल छ. हामी नेपाली आफैले गरेको कुरा को परिणाम हो यो.अनि सत्य बोल्न लाज माननी , अनि सत्य बोल्यो वने इज्जत जान्छा भन्ने डर ले हो कि क्या हो .
    राजनीतिको नाम मा , यो या त्यो नाम मा मान्छे मर्ने मान्छे लै सम्मान गर्ने पुरस्कार दिने अनि चुनाब मा आत्यदिक मत दिएर पठाउने तपाई हामी नै हो . यसै ले गर्दा अपराद ले प्रसय पाएको हो.जोसले अपाराध गरे पनि कुनै पार्टी वर्ग , नहेरी सजाय दिनु पर्छा , अनि दिएको भए आज एस्तो इस्तिती औन्दैना थिएओ. अपराध गर्नेलाई सजायको साटो पुरस्कार गरेपछि , आरु हरु को पनि मनोब्नल बद्नेनै भयो नि . अनि आरुहरु ले पनि प्रेरणा लिने नै भएनी .हाम्रो समाज नै येस्तई छ जसले अपराध गरेपनि अपराधी लै सजाय नदिनु को परिणाम हो यो.येस्तई हो भने अब यो भन्दा धेरै हुन्च्चा. एकदम सन्त प्रिय मान्छे पनि बिस्तारै भड्किन सक्छा किन भने समाज मा अपरादी हरु लै पुजिने भएपछि येस्तई हुन्छा .
    .

  8. तेरिमा,
    मधेसी मुक्तिका लागि मधेसीलाई बम
    पड्काएर मार्ने ? थुक्क बुद्धि !

    • अमित ज्यु

      झा(थारु) मैथिलिहरु मधेसी होईनन/ ई बम पड्काउने जमातको नेता जय कृष्ण गोईत, पासवान र राजन भन्ने हरुले मधेसी भनेको हिन्दि भाषी भारतीयमुलको हुन् भनेको छ/नेपालको तराईको जनजाती थारु,मैथिलिहरुको नेपालको हो नेपाली मुलको हो र तिनीहरुको भाषा हिन्दि होईन/ थारु मैथिलिहरुले आफुहरु मधेसी भयको नमानेकोले नै यो बम पद्कायाको हो/

      बिहार बात बसाई सरेका ई मधेसीहरुले नै तराई बासीहरु बढी पिडित भयको हो/ नेपालको शासक बर्ग बात भयको पिडा निवारण गर्न सकिन्छ तर ई आफुलाई मधेसी भन्नेलाई उकासे अहिले त् बम पड्काउने पछी के गर्ला भनेर तराई बासि थारु मैथिली हरु बढी सचेत हुनु पर्छ/ थारु मैथिलीहरु सगठित भयर शसक्त बन्नु पर्छ ई नेताहरुको ठेगान छैन ईनिहरु त् कुर्सि सिट देस साट्ने प्राणीहरु हुन्/

  9. यो घटना अत्यन्तै दुखदाई हो , यस्तो गतिबिधि गर्ने मुर्ख र ज्यानमारा हरुलाई माफ दिनु हुदैन ! सरकार अत्यन्तै कम्जोर र गैर जिम्मेबार देखिन्छ के गर्नु यो हाम्रो दुर्भाग्य हो! मदेशको लागि मदेसिले मदेसिलाई मार्दै गर्दा के यो मदेस र मदेसी को हितकालागी होला त?
    आशा छ यसबाट हाम्रो बुधि सुद्रिने मौका होस् !

  10. अचम्म छ “मधेसीले मधेसी जनताको मुक्तिको लागि मधेसी द्वारा मधेसी लाई मार्ने” चलन

  11. घटनामा दिवंगत हुनुभएकोलाई समबेदना अनि जो घाइते हुनु भाको छ ओहा हरुलाई स्वास्थ लाभ को कामना , जसले सोझा साझा जनतालाई प्रयोग गरेर तेसरी मारेको छ र सोझा जनता मारेर आफ्नो माग पुरा हुन्छ भन्ने सोच राखेछ भने तेस्को कुनै माग पुरा नहोस र त्यो मर्ने हत्यारा पनि तेसरिनै मर्न परोस टुक्रा टुक्रा भएर ,अनि अर्को कुरा मिडिया को के कुरा गर्ने…उनीहरुलाई जहाँ बात पैसो बटुल्न पाइन्छ तेस्को जय जयेहो ,अस्ति भूत भूत भन्दै तेत्रो हल्ला गरे नचाहिने कुरोमा अहिले साच्चै घटेको घटना मा बोल्दैनन …..

    • नेपालीहरुको मुक्तिका लागि भन्दै नेपालीहरुकै रगतको खोलो बगाऊनेहरुले जिम्मेवारी लिने कि नलिने??? संविधान नबन्दै यस्तो छ संविधान बन्यो भने झन कस्तो होला????? हे भगवान तिमि साच्चै छौ भने निर्दोष जनतालाई मर्नबाट बचाऊ बरु जनताको मुक्तिको नाममा निर्दोष जनतालाई बलि दिनेहरुको बलि लेऊ!!!!!

  12. कता जदैछ हाम्रो देश? आफ्नै गाउँ-ठाउँ घुम्न पनि डर लाग्ने भो अब त/

  13. सिसिर जी तपाइले लेख्नु भएको सबै सेना एउतै हुन् जस्तो लग्यो तर यहाले शिव सेना को बारेमा केहि लेख्नु भएननी के तपाई राजा बादी हो?

  14. यो bomb जनकपुर नगरी का निर्दोष जनताको टाउको मा होइन , अधिराज्य भरका फटाहा नेता हरु रम्ने कान्तिपुर नगरी को संबिधान सभा मा सभासद हरुको बिचमा खसेको भए जेठ १४ कुर्नु पर्ने नै थिएन न त कति सभासद अनि कति मन्त्रि छन् अनि कति राज्य छन् भनेर टाउको दुखाउनु नै पर्थ्यो मेरो पुरानो नेपाल मै मा गर्ब गर्थे१

  15. I strongly condemned this coward act whoever performed against poor people. Time will certainly punished them whoever thought it was good destroying human lives. Specially people who died they must be the ones hardly involved in any politics or dirty game in the society. What would you expect killing innocent people.

    Those people who are responsible should be severely punished.

    My deep condolences to the family of killed people in this inhuman act done by some group of mad people.

  16. दीबंगत प्रती हार्दीक स्राधन्जली/दुख लग्यो मन रोयो /एस्तो कहिलेपनी नहोवास/ ती बम बनाउने, पटकवाने लाई तेसीगरी समप्त गर्नु पर्दछ/यो त जातीय कुरा को सुरुवात जस्तो भयो एस्त हरुलाई सबी मिलेर निर्मुल पर्नु पर्दछ /

  17. यो घटना लाइ एउटा धनदहिनाता ले समाज मा चरम सिमा नागेको रुप मा लिन सकिन्छ | आज तेस्रो परिवार लाई परेको छ तेसैले हामी कमेन्ट र बिरोध मा मात्र सिमित छौ तर एक पटक कल्पना गरौ कि हामीले सबै भन्दा माया गर्ने मान्छे येस्तई येस्तई घटना को सिकार भैदियो भनि हामी भित्र केः कस्तो जलन या पिडा होला ? नेपाल को कानुन लेः victims या तिनीहरु को परिवार लाई भन्दा अपराधी लाई बडी सम्रक्ष्चन् दिएको आवास हुन्छ मलाई र यो Mechanism या हाम्रो Compliance लाई छिटो भन्दा छिटो revise गर्न पर्ने अनुभूति म गर्दछु | Multiculturism को सदीयेउ देखी पर्यास गर्दै आएका अमेरिका या युरोप क अन्य मुलुक मा समेत एस्त कठोर घटना बिरलै सुन्न र देख्न पाइन्छ भने किन हाम्रो मुलुक त्यो पनि सबै नेपाली या नेपाल प्रेमी बस्ने ठाउँ मा एस्त घटना भैरक्छन् ? कतै हामी नेपाली हरु धन प्राप्ति मा मात्रै आफ्नो उर्जा केन्द्रित गरेका त छैनौ ? हाम्रो नैतिकता कतै पैसा को पछाडी दागुर्दा दगुर्दै कहिले नफर्किने गरि गुमेको त होइन ? हाम्रा आस्था ,हाम्रो culture कतै हामीले भुल्न थालेको त होइन जस्ता प्रस्न हरु हामीले आफै लाई सोध्नु पर्ने बेला आब आएको छ र येस्मा सरकार या सामाजिक निकाए हरु लेः देश बियापी रुप मा केहि कार्येक्रम चलाउनु या जनता लाई सरकार को उपस्तिती भएको र आफ्नु राम्रो संग governance भएको कुरा मा आरु आत्मा बिस्वास जगाउने खाल क कार्येक्रम गर्नु पर्ने खाचो म महसुस गरेको छु |

    Plus : मित्र हरु कसैलाई नेपाली मा type गर्न सजिलो आनी effective tool को जानकारी छ भनि किर्पया मलाई खबर गर्नु होला | येश मा त सारै दुख हुदो रहेछ |

    निखिल शर्मा
    हाल Goldman Sachs Singapore

  18. अझै पनि राजधानी केन्द्रित मिडिया कहिले बदलिने होलान ?

    जनकपुरलाई दुख्दा काठमाडौँलाई किन दुख्दैन?

    बबरमहलमा बम पडकिँदा काठमाडौँमा मुख्य कार्यालय भएका मिडियाले जुन ढंगले त्यो खबरको प्रचार गरेका थिए, जनकपुरमा त्योभन्दा बढी मान्छे मर्दा पनि महत्व दिएर समाचार प्रसारण गरेको देखिएन। टेलिभिजन च्यानलमा लगातार विस्फोट स्थलका दृश्यहरु र लाइभ एक्सक्लुसिभ दृश्य देखाएर दिक्क बनाएका थिए त्यतिबेला नेपालका न्युज च्यानलहरुले। तर जनकपुरमा त्योभन्दा बढी मान्छे मर्दा उनीहरुलाई त्यति चासो लागेको छैन।

  19. दुख क साथ् भन्नु पर्चा नेपाली हरुले संघियता मागेको नै थियन यो नारा विदेशी INGO,NGO हरुले पछि अचानक घुसैदिएको थियो. यो तितो सत्य लै हामी ले नकार्नानै सक्दैनौ. नेपाली हरुले प्रजातन्त्र सबै नेपाली हरु को अधिकार र निरंकुशता बाट मात्र मुक्ति चाहेका थिए तर यी अदूरदर्शी नेता हरु ले जातियता र संघियता को कुरो आफ्नो बाउ को बिर्ता बढेका जस्तै गरि बाँडे र जनता हरुका आकान्च्या बादी दिए अब यिनीहरु आफनै खाल्टो मा आफै खस्ने र देशलाई जातीय र छेत्रीय युद्ध मा धकेल्ने षडयन्त्र गरि राखेका छन्. यो दुखद घटना खाली फिल्म को trailer मात्र हो अब यस्ता घटना हरु बढ्दै जाने खतरा छ. जब सम्म हामी नेपाली हरु धतुरो रोपेर स्याउ खाने सपना देखिरहौन्चौ यस्तै नियति भोग्ने बाहेक अरु केहि हुँदैन. जे होश जो मरेपनि नेपाली नै मरेका हुन उनीहरुका आत्मा को चिर शान्ति र परिवार प्रति समबेदना प्रकट गर्न चाहौन्चु. अब यस्तो दिन फेरी देख्न नपरोश भनेर भगवान संघ प्रार्थना गर्नु पनि चाहन्छु. यी बहुला र विदेशी क दलाल नेता हरु को समयमै बुद्धि आवोश र देश बिखन्डन र युद्ध को भुमरी बाट बचोश यो पनि कामना गर्नु चाहन्छु. जय नेपाल.

    • सरु जी sanghieta को बारेमा अरु बढी study गर्नुस यो आँफैमा नराम्रो होइन यदी संबिधान बन्यो भने पछि बिस्तारै थाहा पाउनु हुनेछ sanghieta बास्तबमै सहि छ मात्र के हो भने बुझाइको कमि हो

  20. हुन त म काठमाडौँ को नै बासिन्दा हु तैपनि क काठमाडौँ मात्र नेपाल हो र ?????????? भरखर १-२ वोटा online पत्रिका ले यो news publish गरेको छ / क जनकपुर का नीर्दोश जनता नेपाली हैन र ???????? तेही भएर मदेश पार्टी ले अलग राष्ट्र को माग गरेको रहेछ / पत्रकार मीत्र हरु Boom जहाँ पद्केया पनि मर्ने हामी नेपाली नै हौ /

    • के हावा कुरा गरेको? कसले अलग राष्ट्र माग्यो ? बरु अनसन बस्ने निर्दोसहरु मिथिला प्रदेश माग्दै थिए जुन कुरा एक मधेस को नारा फलाक्ने हरुलाई मन परेको थिएन.

  21. ह्रिन्सक मनस्थितीको उपज, केबल कायरता, मात्र कायरता………..

  22. तेरिमा, मधेसी मुक्तिका लागि मधेसीलाई बम पड्काएर मार्ने ? थुक्क बुद्धि !

    एकदम सटिक |

  23. जातियता र साम्प्रदायिकता येही किसिमले अनियन्त्रित हुने हो भने एस्ता सानो तिनो बम मात्र होइन श्रीलंका , अफगानिस्थान , इराक , पाकिस्थान , निजेरिया , कोंगो , सिरियलेओन्न , बोस्निया, इथोपिया , सोमालिया आदिमा पड्के जस्तो धेरै ठुला ठुला आत्मघाती बमहरु पनि पड्किने छन् … होसियार देश टुकरौन खोज्ने भाट हो … आफ्नो राजनीतिक अभिस्तको लागि जातीय नारा दिनेहरु साबधान , देश तिम्रा बाउको बिर्ता होइन ..

    • सिसिर जी budget को कमि भएर हाल लाई सानो तिनो मात्र पड्केको होला पछि अलि राम्रो पैसाको आम्दानी भए पछि ठुलो आत्माघाती bomb पनि padkanchan होला के ..!

  24. नेपाली ले नेपाली लै नै मार्ने !!!! थुक्क तिमि हरु को बुद्धि !!! जनतान्त्रिक तराई मुक्ति मोर्चाका जयक्रान्ति राजन मुक्ति तलाई नेपाली आमा ले माफ गर्ने छैन !!!

    • मुसा मर्ने हैसिएत नभएका मान्छे हरु मान्छे मर्छन इनी हरु मान्छे लाई मान्छे होइन माछा थानचन,

    • रोशन कस्तो कुरै नबुझी लेख्छ यार कसले गरेको भन्ने confirm भैसकेको छैन इंडिया लै दोष ? यो त अति भो नि हो आफ्नै छिमेकि देश लै यत्रो आरोप ? किरण ,बादल को मान्छे जस्तो छ नि …?

  25. के भन्नु खै ! आफु ले घुमेको, देखेको र पढेको ठाउँ मा बम पड्क्यो, मान्छे मर्यो भनेको सुन्दा बिस्वास गर्न सकिरहेको छैन ! जातियता को राजनीतिले नेपाल लाइ सिङ्गै निल्छ भन्ने कुरा हामीले कहिले बुझ्ने होला ! हामि सबै पहिले मानवजाति त्यसपछि मात्रै अन्य होइन र ? नसकिने भो ………………………………………………………….

  26. जनकपुर मा भएको अत्यन्त दुखदायी घटना मा अति नै परिचित मैथिली भाषा का कलाकार रन्जु झा को असामयिक निधन भयको खबर सुन्दा असाध्यै दुख लागेको छ, घटना मा दिवंगत हुनु भएका हरु प्रति हार्दिक श्रधंजलि ब्यक्त गर्दै समवेदना प्रकट गर्दछु र बिस्फोट गराउने जो सुकै लाई पनि कडा भन्दा कडा कार्यवाही को माग गर्दछु.

  27. अर्काको ज्यान लिएर आफ्नो मनोकांछा पुरा गर्न खोज्ने जो कोहीको पनि सुखद मरण हुँदैन ! दोषीलाई अबिलम्ब कारबाही होश !

    • मदन जी यो त पुरानो उखान हो रैछ यहाँ त यस्तै बदमास हरुको पो संसार रहेछ र यिनी हरुको मरण पनि सुखै संग हुँदो रहेछ …..!

  28. देश मा अहिले सामाजिक सद्भाव खलबलाउने , नेपाली हरुमा प्ररम्पारा देखि रहदै आएको सदभाब खलबलाउने सदएंत्रकारी हरु को कम हो, येश समय हामी सबै नेपाली हरुले संयमता अपनाएर येस्ता अपराधिक मनोब्रिती का तत्वो हरु लाही पराजित गर्नु पर्द्छा/ येश दुखद समयमा मृतक आत्मा को चिरशान्ति कामना , घाईते हरु को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु/

    तर बर्तमान ढोगी, सत्तालोलुप हरु को गठबन्दन सत्ता मा रहुन्जेल सम्म नेपाल र नेपाली ले राहत को कल्पना गर्नु बेकार छ, जस्लाही देश र जनता को दैनिक सरोकार को बिसय मा मतलबी छैन , सत्ता र पैसा को पचाई दौडने यो नपुंसक सरकार को बिदाई अब जरुरि भैसकेको छ/

    • कस्तो कुरा गर्नु हुन्छ राकेश जी मैले देखेको मेरो नेपालमा नपुंसक हरु को मात्र सरकार छ थियो र भैरहने छ यो त धुर्ब सत्य हो

  29. अब अलि अलि संबिधान बन्ला कि भन्नि भाको थियो ; हाम्रो भलो चिताउने मित्ररास्ट्रले किन एती सजिलै बन्न दिन्थ्यो र . येस्ता घटना हरु (हुल-दंगा, केहि हत्या, चोरि , डकैति,बम ) बिशेष गरि तराइमा अझ बढी हुन सक्छ . प्रहरी प्रसाशन अनि सुरक्ष्या निकाए अरु बढी चनाखो हुने अबस्था छ जस्तो लाग्छ मलाई

    • होइन ए उत्तम जी एस्तो बेकारको संबिधान को के को आशा गर्नु हुन्छ हो यो संबिधान बन्यो भनि नेपाली को दुखको दिन सुरु भयो भनेर बुझ्नुस एस्तो भन्दै गर्दा तपाई हरु लाई भ्रम पर्न सक्छ सायद यो राजाबादी होला भनेर तेस्तो होइन कि यो संबिधान मात्र बन्यो भने हामी माथि ठुलो घात हुन्छ २०४७ को संबिधान नै राम्रो र कम खर्चिलो छ.

  30. यो पक्कै पनि प्रतिगामीहरु को काम हुनु पर्छ, धमिलो पानि मा माछा मार्ने प्रयास हो यो, एस्तो परिस्थिति मा जनता ले खबरदारी गर्नु जरुरि छ , देश मा गृह युद्ध सल्काउन रचिएको परिघटना हो यो, मदेसीलाइ पहाडी सित लडाउने अनि देशलाई गृह युद्धमा धकेल्ने घोर सड्यन्त्र हो यो, खबरदार प्रतिगामी हरु लाल सेना मरेको छैन….. लाल सेना फेरी संगठित हुदै छ यो देश मा हत्या हिंसा को श्रीन्खला फेरी सुरु गर्न होसियार……

    • लाल सेना कि मालामाल सेना …
      जन मुक्ति सेना कि धन लुट्ने सेना ??
      पैसामा बिक्ने सेना ??? अब कसले पैसा दिन्छ र फेरी संगठित हुने , जनता लुट्न संगठित भय मात्र हो ..
      तोरी लाउरे भतुवा नक्कली कठपुतली सेना …
      असली सेनाको तालिम लिनु पर्छ भने पछि त शिबिरबाट भागा भाग नै भो नि त कमरेडहरुको ??
      गरिब जनता र राज्यको अरबौ लुट्ने महान लुटेरा सेना !!

      जनता जनता भन्छौ एक दिन तेही जनताले ठिक पार्छन तिमीहरुलाई ..
      गाऊ गाउबाट भाटा बज्रिन थाले पछी सपनाबाट झस्किने छौ भुसतिग्रे फटाहा हो ..

    • nandan chalise
      April 30, 2012 at 11:20 AM · मुख फर्काउनुस्
      यो पक्कै पनि प्रतिगामीहरु को काम हुनु पर्छ, धमिलो पानि मा माछा मार्ने प्रयास हो यो, एस्तो परिस्थिति मा जनता ले खबरदारी गर्नु जरुरि छ , देश मा गृह युद्ध सल्काउन रचिएको परिघटना हो यो, मदेसीलाइ पहाडी सित लडाउने अनि देशलाई गृह युद्धमा धकेल्ने घोर सड्यन्त्र हो यो, खबरदार प्रतिगामी हरु लाल सेना मरेको छैन….. लाल सेना फेरी संगठित हुदै छ यो देश मा हत्या हिंसा को श्रीन्खला फेरी सुरु गर्न होसियार……

      यो कमेन्ट लेखनी हिम्मत कसरी आयो?
      त्यै लाल सेना ले र त्यै लाल सेना को पार्टी ले देश यो हालत भयो अजहै लाल सलाम ?

    • यत्रो जम्बो सरकार अनि एति धेरै पार्टी ले त केहि गर्न सकेन के को जनताले खाबेर्दारी गर्ने नि यो नन्दन चालिसे जी ले पनि के लेखे भनेको होला ? बिचार जनता बिहान बेलुका हातमुख जोर्ने मा बेस्त हुन्छन फेरी इनी जनताले खाबेर्दारी गर्नु पर्ने भए इ भुष तिघ्रे हरु को के काम …..?

Comments are closed.