पैसा धुतेर पूर्वजन्मको कुरा सम्झाइदिने रे


पूर्व जन्ममा केही काम गर्न बाँकी पो थियो कि ? अधुरै रहेको त्यो कामलाई यो जन्ममा पूरा गर्ने हैन त ? कस्तो वाहियात लाग्छ कुरा सुन्दा। तर यही भन्दै भारतबाट आएको एउटा समूहले शनिबारदेखि नेपालीहरुको पैसा धुतिरहेको छ। प्राइभेट सेसन भन्दै पुरानो जन्मको र यो जन्मको कुराको तादात्म्यता मिलाउने र भविष्यको योजना बनाउने गरी दिइने थेरापीको मोल कति थाहा छ ? जिब्रो टोक्नुहुन्छ तपाईँले- २५ हजार रुपियाँ। वैज्ञानिक रुपमा पुष्टि हुन नसक्ने तर धामीझाङ्क्रीकै जस्तो विश्वासका आधारमा चल्ने यो ‘धन्दा’ फैलाउन आजभोलि इडियट बक्स अर्थात् टेलिभिजन सहज माध्यम भएको छ। पैसा धुत्न आएकी डा. त्रुप्टी जैनले पनि इम्याजिन नामको भारतीय टेलिभिजनबाटै आफ्नो प्रचार गरेकी थिइन्। दुनियाँको भविष्यको प्लानिङ गर्ने त्रुप्टीले आफ्नै कार्यक्रम प्रसारण गर्ने टेलिभिजनको भने केही गर्न सकेनछन्। त्यसैले त झुर कार्यक्रमका कारण दर्शक तान्न नसकेर यो टिभी बन्द हुने भइसकेको छ।

pastlife


टेलिभिजन बन्द हुने भए पनि धन्दा चलेको छ। भारतमा मात्र पैसा धुतेर नपुगेर अब उनीहरु नेपालसम्म पनि आउन थालेका छन्। २८ देखि ३० तारिखसम्म २५ हजार रुप्पे लिएर पूर्वजन्मको कुरा सुनाउने नाटक गरिसकेपछि अब अलि कम पैसा भएकाहरुसँग पनि पैसा धुत्नका लागि उनीहरुले नयाँ नाटक सुरु गरेका छन्। १ मेका दिन अर्थात् आज उनीहरुले मध्य बानेश्वरमा ५०० रुपियाँ लिएर ग्रुप सेसन भन्दै समूहगत रुपमा पैसा धुतेर पूर्व जन्मको कुरा सुनाए।

यतिले मात्रै उनीहरुको धुत्याइँ सकिएको छैन। अब भोलिदेखि ४ मेसम्म दिनभर उनीहरुले स्पेसल न्युमेरोलोजी सेसन गर्दैछन्। यसका लागि हरेकबाट उनीहरुले ६ हजार रुपियाँ धुत्ने छन्। तपाईँहरुको प्रविधिको विश्वसनीयता र वैज्ञानिकता के हो भनी माइसंसारले उनीहरुलाई उनीहरुले दिएको इमेलमा सम्पर्क राख्‍दा केही जवाफ दिएनन्।

भारतकै साइकियाट्रिस्टहरुले भने यसमा कुनै वैज्ञानिक आधार नभएको स्पष्ट पारिसकेका छन्। डा अन्शुमन मित्तल पूर्वजन्मको कुरा थाहा पाउने कुनै तरिका नभएको र यो मान्छेलाई मूर्ख बनाउने काम भएको दावी गर्छन्। उनका अनुसार सम्मोहन गरेर उसको कल्पनालाई कपोलकल्पित रुपमा प्रयोग गरिने हो। उनी धार्मिक रुपमा पनि यो सही नभएको भन्छन्। बुद्धले त जातक कथामा आफू जनावर हुँदाको पनि कुरा सम्झिएका छन्। तर यी पैसा धुत्नेहरुले भने किन मान्छे कै मात्र पूर्वजन्मको कुरा सम्झाउँछन्, जनावरको कुरा किन सम्झाउँदैनन् ? लुधियानाका असोसिएट प्रोफेसर डा नवकिरण महाजन पनि यो वैज्ञानिक विधि नभएको बताउँछन्।

डा त्रुप्टी जैनलाई यो कार्यक्रमका लागि रातारात प्रख्यात बनाइएको थियो। उनलाई प्रख्यात डाक्टर भनिए पनि कार्यक्रम प्रसारण हुनुअघिसम्म उनको बारेमा चरामुसालाई पनि थाहा थिएन। उनको बारेमा गुगल, याहू र बिङमा सर्च गर्दा केही देखिँदैन थियो। प्रख्यात भएको भए उनको सोसल स्टायटस त केही हुनुपर्ने हो नि। उनको शिक्षा के हो? कहाँबाट डाक्टरी पास गरेका हुन् ? के मेडल पाएका छन् ? केले उनलाई फेमस बनाएको ? केही केही त थाहा छैन। अनि हामी यत्तिकै पैसा फाल्न जाने ??

भारतको पञ्जाब र हरियाणाको अदालतले त यो कार्यक्रमलाई प्रतिबन्ध लगाउनु किन नपर्ने भनी सरकारलाई चिट्ठी समेत लेखेको थियो। त्यही भएर हुनसक्छ, यो टोली बडो गुपचुप नेपाल आएको ! यसबारे कुनै पत्रिकामा विज्ञापन छपाइएको छैन। बरु नेपालीहरुबीच लोकप्रिय सामाजिक सञ्जालको प्रयोग गरी विज्ञापन राखिएको छ।

कसरी पूर्वजन्मको कुरा बताउने नाटक हुन्छ? भिडियो हेर्नुस्-

35 Comments

  1. तिमि नेपालीहरु को अन्धबिस्वास ले गर्दा भन्न त् मिल्छ ,तर दुनिया भरि यस्ता ढोंगीहरुको पछाडी लाखौ व्यक्तिहरु ले सबै कुरा गुमाएका छन् ,पैसा,मन,इत्यादी. तर के के बाबा बनेर लाखौ लाई बेबकुफ बनाउने सिलसिला कहिलेपनि खतम हुदैन,त्यो चाहे बाबा होस् वा नेता (भनौदाहरु) जनताको आखा मा झारो हाल्ने नै छन् .

  2. भारती ठग र चोर हरु लाइ यो चाही १०० % थाहा छ ! नेपाली देशद्रोही हरु संग देश बेचेर भ्रस्टचार गरेर कमाए को पैसा टन्न छ भनेर ! त्यसै ले नेपाली हरु लाइ चुतिया बनाएर ठगे पनि कुनै पाप लाग्दैन ! एउटा पापी ले अर्को स्वार्थी देशद्रोही भ्रस्टचारी पापी लाइ ठगेर के भयो त ? अरु भन्दा पनि यो ठग कहाँ जाने मा हाम्रो देश को मधिसे नेता हरु को चाही घुइचो लाग्छ ! यो जान्न को लागि भए पनि कि भबिस्य मा नेता र मन्त्रि नै भै रहन्छ कि या पहिले जस्तो एक पसेरी धान मा दिन भरि हलो जोत्न पर्छ भनेर !

  3. ‘राज पिछ्ले जनम्का ‘ अरे !
    टेलीसिरीएलमा पनि fraud मुद्दा लागेर घाटा लाग्यो होला
    अनि नेपालीलाई ठग्न आउने बिचार होला |
    बेलैमा सतर्क है हाम्रा सोझा साझा आमा+बुबा र दिदिबहिनिहरु
    केटाहरुले त येत्रा पनि पत्तौदैना |
    { अझ साचैको होकी जस्तोपनि बनाउछ }
    youtube मा हेरे हुन्छ

  4. यो सबै नौटंकी नेपाल अनि इंडिया मा मात्र छ ……..
    बिसुद्ध रुप मा यो नौटंकी बाहेक अरु केहि होइन

  5. धन को मोटो बुद्धि को छोटो ले एस्त कुरा पत्याउने हो, एस बारे मा प्रेस ले जानकारी दि सके पछी सरकार ले एक्शन न लिनु देस डफ सरकार न भए को अनुभव हो तसर्थ जनता सचेत हुनु क साथै सरकार ले एक्शन लिनु पर्छा.

  6. They thrive in countries where there is no law and orders. Arrest them and throw them in jail for 20 years.

  7. मैले सुनेको त एउटा मरेको धोतीले सय जना नेपालीलाई थान्ग्नोमा सुताएर आरामले इन्डिया लगेर बेचिदिन्छ रे/ धोतीको कला नेपालीको बुद्धि मखुला /

  8. हैन यो के हुन लागेको हो ? कहिले के कहिले के भन्दै इ भारती हरु नेपालमै ठगि गर्न आउन पर्ने ? किन यो जिल्ला प्रशासन यसरी सरासर आम ठगी भैरहेको मौन भइ हेरिरहेको छ ? कि यसले पनि आफ्नो भाग पाएको छ होउ गाठे ?

  9. आज को अवस्थाले ‘भोलि’ देख्न पाइएला जस्तो छैन तर हामी सर्बग्यानी, मसान हो कि बिर पुरुष हरुलाई पहिलो जन्म हेर्नु परेको छ ,लौ जय पैसा वाला हरु ……………!

  10. किन नेपाल सरकारले तिनीहरुलाई कुनै कार्यबाही गर्दैनन्?

  11. यस्तोमा जाने हरु नै मुर्ख हुन् नि . बुद्धि छैन पैसा छ भने जाउन् .
    तर जिल्ला प्रशासन यसरी सरासर आम ठगी भैरहेको बेला किन मौन छ ?

  12. ६०१ जना संसदलाई सुनाए हुन्छ | सुनाउने र सुन्ने दुवै काम नलाग्ने |

  13. त्रुप्टी जैन & कम्पनी पुरानो जन्म मा छट्टु स्याल थिए/ त्यसैले यो जन्ममा पनि श्यालको छट्यांइ सहित मनुष्यको रुपमा जन्मिएका हुन्, सबैलाई यो कुरा जानकारी भया/

  14. पैसा हुनेहरु त गए होलान नि नहुने मजस्ता त यस्तो पनि हुने आः६ है भनेर बस्ने त होला नि /होइन झो साथी हो अनि इंडिया को चाही किन यति सारो बिरोध गर्ने बिरोध गर्नु भन्दा ऐना अगाडी उभिओयेरा विचार गर्नु त तपैले लाको कपडा हेरेको ऐना ;खाको खाना ‘चढेको सवारी ‘हेरेको फिल्म ‘तपाई बस्नुभाको घर ‘नुन देखि सुन सम्म USE गर्नुहुन्छ सहि बिरोध नै गर्ने हो भने इंडिया बनेको केहि पनि USE नगर्नुस अनि मात्र सहि बिरोध गरेको हुनेछ किन कि इंडिया बिरुद्ध तपाई हामी यसरि मौखिक बिरोध गर्दा त काग कराउदै गर्छ पिना सुक्दै गर्छ भनेर इन्डियन हरुले भन्छ

  15. पैसा धेरै भएर कहा फालु ,कहा फालु भएको मान्छे ,धन भएको तर कम्जोर चित्तका ,अन्धबिस्वासी (धनि गरिब दुवै ) आदि यिनीहरुका लागि लैनो गाइ हुन् |
    परोपकार ,बिकाश निर्माण मा न जाने धन त्यहा गएर डम्प हुन्छ |

    हाम्रो देश मा पनि अब सेरबहादुर ,रामचन्द्र ,माकुने ,झलनाथ प्रचण्ड लाइ अब प्रधानमन्त्री बनाइदिने ग्यारेन्टी लिन्छन तिनीहरु ,हाम्रो अगाडी ठुला ठुला भासन गरेर ,बिद्द्वान बन्छन
    नेताजी हरु ,आर्को ढोका बाट खुसुक्क ये राता मकै के हो त् गाठे हेरी हालौ न त् भन्दै जैन लाइ ढोग्न पुग्छन |
    सभासद हरु मन्त्रि बन्ने जोखाना हेरौंन , माडे हरु बुढीलाई ट्राइ गर्दा गर्दा हैरान भएर छोरा पाउन न सकेपछी बुटी खोज्दै ,दुनिया मा कहिँ ठिक न हुने दिर्घ रोगि हरु ,सधै यस यल सी गुल्टिने हरु ,जवानी मा केटाले अनुहार हेर्दा पनि सराप्ने
    बिहे न भएका बुढी कन्या हरु ,र उमेर मा केटि छान्दा छान्दै बिहे न भएका गन्हाउने बुढो कुमार हरु पनि जैन का ग्राहक हुन् |

  16. यो सब गरिब देशमा फैलेनी व्यापार हो | जुन देश मा आर्थिक संकट हुन्छ, मानिसहरु हताश, निराश, र आवाभ बाट छटपटीमा हुन्छन, के गरु कसो गरौ भन्ने हुन्छ अनि मान्छे येसो गरु कि उसो गरु कि वनेर एस्तआ ठग, जाली, फटाहा, धुर्त र दुइ नम्बरी काम गर्ने को पछि लग्न बाध्य हुन्छ र जानी नजानी ठगिन र फस्न पुग्छ | गोल्ड क़ुएस्ट, हर्बो, नक्कली sai बाबा, अनि यो पूर्व जन्मको सम्झाउने पनि येस्तई व्यापार को उधरहण हो | येस्मा यी ठग भन्दा पनि हाम्रो सरकारमा बस्ने, नेता र देश बनाउने भनेर जनताको पैसामा हालीमुहाली गर्ने डाका राजनीतिज्ञको धेरै दोष छ | हाम्रो देश सम्मुनत, औधोघिग हुदो हो त, कसलाई एस्तो बकुम्फुसेहरु को पछि लग्न फुर्सद हुन्थ्यो र ?

  17. Nepal Police should immediately arrest these fraudster,if it goes unchecked then many unsuspecting people will fall prey.

  18. हैन हामी नेपाली के भाका ? जसले जे भन्छ तेसैको पछी लागेको छ | अलिकति सोच विचार नगरी मुर्ख भएको छ | आफुले दुख गरेर कमाएको पैसा अरुलाई पोसेको छ | एउटा कुनै राम्रो कार्यका लागि कुनै सहयोग माग्न गयो भने बार सत्ताइस कुरा झिकेर पन्छिन्छन | अनि यस्ता ठग हरुलाई सजिलै पोस्छन | धन्य हो तिमीहरुको बुद्धि !

  19. यो कार्यक्रम मैले पनि हेरिसकेको छु/ एकदम बकबास र अपत्यारिलो ,हुनैनसक्ने सत्य साबित भएर कार्यक्रम नचलेर कार्यक्रमनै बन्द हुन पुग्यो/ यदि पुनर्जन्मको याद आउने तेस्तो कुनै यन्त्र बस्ताब मै थियो र हो भने के मिसेस जैन को हैसियत एती मात्रै हुन्थियो र?
    इन्डियामा ठगि नसकेर नेपालमा गुपचुप आउनु पर्थियो र?
    साबधान साथीहरु ………..
    बेल्जियम

  20. We don’t believe on ourselves that’s why these kinds of people are making our mind diverted to unnecessary things..We should be aware of these things.

  21. यदि कुनै असादरण शक्ति भएको व्यक्तिले कसरी साधारण मानिसले प्रयोग गर्ने पैसा लिने गर्छ/ Supernatural power doesn’t need ordinary people money . This is some thing like Sai Ba Ba story. Bottom line they are fooling others. एउटा शब्दमा त्यसलाई ” ठग ” भन्न मिल्छ /

  22. यसरी ठगि को धन्दा चलाउदा पनि जिम्मेबार निकाय कसको के हेरेर बसिरहेको छ ? आज सम्मका नालायक राज्य संचालक भएकै कारण नेपाल र नेपाली को यो हरिबिजोग भएको हो भन्ने कुरा घाम जत्तिकै छर्लंग भैसकेको छ \

  23. मेरा हजुर बुवा ले भन्नु हुन्थ्यो , ” यौटा मरेको मुर्दा इन्डियन ले दुइटा बाचेका नेपाली लाई बेच्न सक्छन ” |

  24. यी भारतीय ठग फेरी नेपाली जनतालाई ठग्न आएछन !! उफ…….!! लौ है साथी हो सजग हुनु र अरुलाई पनि सजग बनाउनु….!! यस्ता वाइयात कुरा को पछी लाग्यो भने धोति न टोपी भइन्छ…..!! आउनी आउछन जान्छन तर हामीले बेलैमा बुद्धि पुर्याउ…………झुक्किएर पनि यस्तोमा धन नफालौ !!!

  25. अब कति भेडा नेपालीहरु यीनकै पछी लागेर द्रब्य नाश गराउने हुन् ! सकिएन बा ! हैन यी धोतिहरुले रोक्ड़ा कमाउन कति भाँती जानेर मरेका हुन् भंचु म 😉 😉

  26. ज्युदो नेपालीलाई मरेको धोतीले पनि बेच्ने प्रयास गर्छ रे भन्ने सुन्दै आएको कुरा को प्रमाण हो | त्यो गलत नियत लिएर आउने ठग लाइ प्रसासन ले तुरुन्त जनता ठग्न बाट बचाउनु पर्छ | नत्र पछी पछुताउनु बाहेक अरु केहि हुनेवाला छैन |

  27. यस्तो ब्यापार पनि चल्ने नेपालमा भने’सी नेपलिहरु लाइ कति सजिलै मुर्ख (मुर्गा) बनाउन सकिदो रहेछ त ? पैसा भा’का बुद्धि नभा’का हरुको ठुलै जमात छ नेपालाँ । पैसो कमाउन बुद्दी नचाहिने अरु नै कुरो भए पुग्ने भए’सी एस्तो हुने रैछ क्यारे । अनि पूर्वजन्म यदि हुन्छ भने पूर्व जन्ममा मैले के गरे के गरिन थाहा पाएर क्यार्नु छ र? भोलि के हुन्छ त्यो थाहा पाउन सके पो राम्रो?
    अनि भनाइ छ नि “ज्योतिषिकी छोरी बिधुवा ….”

  28. यस्तोमा जाने हरु नै मुर्ख हुन् नि . बुद्धि छैन पैसा छ भने जाउन् .
    तर जिल्ला प्रशासन यसरी सरासर आम ठगी भैरहेको बेला किन मौन छ ? लगेर जाक्दे हुन्छ . चाइना बाट पनि खासा को सामान, इंडिया बाट पनि नचलेको product जति सबै नेपाल मा ? Dumping site हो नेपाल ?

  29. धोति हरु नेपाल मा पैसा ठग्न पल्केर कोहि ज्योतिसी बनेर आउछन , कोहि पूर्व जन्मको कुरा सम्झाउन आउछन साबधान हुनु धोति हरुको कुरा सुनेर फजुल मा पैसा खेर नाफाल्नु

  30. नेपाल सरकार क हेरेर बसेको छ ..तेस्तो चोर ठग हरु को खुट्टा भाच्न किन नसकेको ….???…तिमीहरु सक्दैनौ भने रत्नपार्क मा layara छोडीदेउ ..कसरि सिस्नो पनि लाउन पर्ने हो जनता ले सिकौचन…….लगेर कोशी मा बगैदेउ …नेता ले ठगेर सकेको बेला मा ..इन्डियन ले पनि हेप्चा भन्ने बुजेउ नि …ओरालो लागेको बाघ लै मिर्ग ले पनि खेदौचा भनको हो रछ ..नेपाल सरकार चेतना भया

  31. धामी, झाक्री ज्योतिसीहरुले त पैसा खाए खाए, अब लूत्नेको भिडमा यिनीहरु पनि थपिने भए .

Comments are closed.