बाबुरामको सरकारले संविधान जारी गर्ने, रामचन्द्रको सरकारले चुनाव गराउने

सहमति सहमति भन्दै बैठकमाथि बैठक गर्दै लास्टाँ असहमतिको पोका बोकेर बाहिरिने क्रम जारी राखिरहेका नेताहरुले आज भने एउटा आकार देखिने खालको सहमति गर्ने गरी कुरा मिलाएका छन्। टाउके तीन दल अर्थात् माओवादी, काङ्ग्रेस र एमाले अनि मधेसी मोर्चाका शीर्ष नेताहरुबीच आज राति भएको वार्ता अनुसार कुरा मिल्ने हो र बीचमा कसैले नभाँड्ने हो भने भोलि प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्रिपरिषद् भङ्ग गर्नेछन् र राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गर्नेछन्। त्यसपछि १ बजे नयाँ बानेश्वरमा बस्ने तीन दल र मधेसी मोर्चाको बैठकले यो सब विषयमा लिखित सहमति गर्नेछन्, अर्को फलानो बुँदे! अनि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा बार्गेनिङ अघि बढाउने छन्। मतलब मलाई यो मन्त्रालय, तँलाई यो मन्त्रालय भन्ने कुरा। बाबुराम कै सरकारले संविधान जारी गर्नेछ। त्यसपछि भने काङ्ग्रेसको नेतृत्वको अर्को सरकार बन्नेछ। त्यो सरकारले भने नयाँ चुनाव गराउनेछ। काङ्ग्रेसको सरकारको नेतृत्व कसले गर्छ अहिले भन्न नसकिने भए पनि सभापति सुशील कोइरालाले धेरै पटक संसदीय दलका नेता रामचन्द्र पौडेलले नेतृत्व गर्ने बताइसकेका छन्। यही हुनसक्छ (देउवा पक्षले नभाँड्ने हो भने) नयाँ सहमतिपछि अब संविधान बन्ने आशा पलाएको हो त ? पक्कै !

अझै पनि कसैले भाँड्ने वा भाँडिने संभावना भने कायमै छ। तर पनि एकाएक सरकार परिवर्तनको विषयमा अड्किएको गाँठो अब फुकेको छ। काङ्ग्रेसले आज बिहान अविश्वास प्रस्तावै ल्याउने भनी हस्ताक्षर संकलन गर्न थालेको र देउवा पक्ष त्यसमा असन्तुष्ट भएको खबर आएको थियो। त्यो भन्दा अघि केपी ओलीले अविश्वास प्रस्तावको छलफल अगाडि बढाएको कुरा आएको थियो। यी सब कुराबीच घुमाइफिराइ एजेन्डा भने प्रचण्डको लागू भएको छ। सबभन्दा खेलाडी उनी देखिएका छन्। प्रचण्डले हतियार र लडाकु सेनाको मातहतमा ल्याइसकेपछि नै अन्तर्वार्ताहरुमा भनेका थिए- जेठ १४ अघि दुईवटा सरकार, एउटा भट्टराईकै, अर्को काङ्ग्रेसको। काङ्ग्रेस र एमालेका केही नेताहरुले भट्टराईको नेतृत्वमा त ज्यान गए सरकारमा जान्नौँ भनेर भाषण गरिरहेकाले यो कसरी होला भन्ने जस्तो लागेको थियो। तर अन्ततः त्यस्तै हुने देखियो।

पछिल्लो सातबुँदेमा र हात्तीवनमा पनि राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको भए पनि बीचमा मधेसी दलहरुसँग बैठक गरी सरकारलाई जारी राख्‍ने र गठबन्धन टिकाइराख्‍ने सहमति गरी राजीनामा नदिने अडान चर्को रुपमा प्रधानमन्त्री भट्टराईले राखेपछि दलहरुबीचको सम्बन्ध बिग्रिएको थियो। अनि अविश्वास प्रस्तावसम्मका कुराहरु आएका थिए। त्यो अविश्वास अब केही हदसम्म मेटिएको छ।

दलहरुबीच शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदले चुनेको प्रधानमन्त्रीबीच शक्ति बाँडफाँड गर्नेमा पनि सहमति भइसकेको भनिएको छ। यसको छनक आज बिहानदेखि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विरोधमा अभियान चलाउँदै आएका एक बुद्धिजीवीले एलिट वर्गहरुमा फरवार्ड गरेको मास एसएमएसले दिन्छ। हेरौँ एसएमएसको व्यहोरा-

अब दलहरुबीच राज्य पुनर्संरचनाको कुरा मिल्न बाँकी छ। प्रदेशहरुको संख्यामा सहमति जुटे प्रदेशको नाम अहिलेलाई एक, दुई, तीन गरी राखेर चुनावपछि मिलाउन सक्ने सहमति हुनसक्छ। यति कुरा मिल्यो भने रातारात गरेर भए पनि संविधान चाहिँ बन्छ। यो संविधान खुबै प्रचार गरे जस्तो जनताबाट चुनिएका प्रतिनिधिहरुले बनाएको नभई केही टाउके नेताहरुको सहमतिमा बनेको र जनताबाट चुनिएकाहरु साक्षी बसेको संविधान हुनेछ। एक थान संविधान बन्यो भने देशै कायापलट हुन्छ भन्ने आशा गरेर बसिरहेकाहरुलाई यो के के न होला जस्तो पनि हुन्छ। बहुमतीय प्रक्रियाबाट संविधान बनेको भए जारी भएकै दिनदेखि जलाउने स्थिति हुन्थ्यो, त्यो अलि कम हुनेछ। जलाउन त यसलाई नि जलाउने नै होलान्, किनभने सबैको माग पूरा हुने संभावना नै छैन। तर प्रमुख शक्तिहरुले यसलाई स्वीकारेपछि धेरै द्वन्द्वको स्थिति आउने संभावना हुँदैन।

संविधान आउने भो, सहमति सरकार बन्ने भो, अबका दिनमा कस्ता समाचार आउलान् त ?

  • अबका केही साता सत्ता बार्गेनिङका कुरा आउने छन्। अर्थ, रक्षा, गृह जस्ता महत्त्वपूर्ण मन्त्रालय कसले राख्‍ने भन्ने विषयमा दह्रो बार्गेनिङ चल्नेछ।
  • काङ्ग्रेसबाट सरकारमा जाने मन्त्रीहरुको नेतृत्व कृष्ण सिटौलाले गर्नेछन्। उनले गृह मन्त्रालय दावी गर्नेछन् (सजिलो अनुमान)
  • दुई ठूला दल सरकारमा आएपछि मधेसी मोर्चाको भाग सानो हुनेछ स्वतः। त्यसपछि त्यहाँ अर्को रडाको मच्चिनेछ। कुर्सी नपाएपछि एक मधेसको कुरा अझ चर्को हिसाबले आउनेछ।
  • सहमतिको सरकार बने सरकारमा जान्छु भनेको वैद्य पक्ष अन्यौलमा पर्नेछ, जाम कता जाम् जाम् भन्ने गीतमा जस्तै।
  • यो चाहिँ नभइदियोस् भन्ने कामना सबैले गरौँ तर प्रहरीले यस्तै भन्छ- संक्रमणकालको फाइदा उठाउन खोज्ने तत्वहरु सक्रिय छन्। सहमतिको वातावरण भाँड्न असुरक्षाको स्थिति फैलाउने काम हुनसक्छ। सार्वजनिक ठाउँ वा नेताहरुमाथि आक्रमण गर्ने प्रयास हुनसक्छ। प्रहरीले यस्तो हुनसक्छ भनी पहिल्यै सुरक्षा रणनीति बनाइसकेको कुरा सार्वजनिक गरिसकेकोले त्यस्तो नहुने आशा गरौँ।

कति भुँइफुट्टा ज्योतिषहरुको कुरा सुनिरहने, माइसंसारका पाठकहरु पनि कम छन् र, लौ न जावस् तपाईँहरुको पनि अनुमान, आगामी केही दिनमा क-कस्ता समाचार आउन सक्ला भन्ने विषयमा।

58 Comments

  1. हाम्रो नेपाल कहिले उभो लाग्ने भएन, फेरी कांग्रेसी हरुलाई दिने रे ? एमाले ले राखे माओबादी ले राखे अब कांग्रेश लाई देउ, उनि हरु ले मधेसी लाई दिन्छन, मस्ती passing pass खेलावो

  2. बाबुरामको सरकारले संविधान जारी गर्ने, रामचन्द्रको सरकारले चुनाव गराउने यो दुवै हुने वाला छैनबास्तविक दृश्य आउन बाकी छ प्रतिक छ्या गरौ |

  3. पालो पालो देश लाई चुस्ने काम मा लागि परेका छन् हाम्रा नेताहरु अब चुस्ने पालो नेपाली कंग्रेस्सको बधाई छ . यो देश का जुगाहरु लाई

    • के को हुन्थ्यो यो राम्चंद्रे प्रधानमन्त्री! एसको प्रधानमन्त्री हुने भनेको आधार नै झुक्किएर जितेको संसदीय दल को नेतृत्व हो. कांग्रेस बाबुराम को नेतृत्व मा सरकार मा गएमा कम्ति मा पनि २०-२५ दिन त लागि हाल्दछ जेठ १४ आउन कति बाकि छ?. संबिधान जारि भएको भोलि पल्ट संबिधान सभा नै भंग हुन्छ, तेस्पछी संबिधानसभा नै रहने छैन, अनि भुत्रा को राम्चंद्रे को संसदीय दल को नेतृत्व? संबिधान सभा नै नरहेपछि के को अबिश्वास को प्रस्ताव? प्रचण्ड अलिकति भ्रस्ट र विलासी मात्रै भएर हो, नत्र असाध्यै चलाख नेता हुन्. माकुने, झले, शुशील, खड्के आदि त प्रचण्ड को घर मा नोकर बसेर उनि संग राजनीति सिके पनि हुन्छ.तेस्माथी पनि राम्चंद्रे लाइ दिन भन्दा देउवा लाइ उचालिदिन्छ प्रचण्ड ले, अनि हेर्या हेराइ हो राम्चंद्रे त.

  4. प्रभुको अगाडी नझुक्ने प्रचण्ड उनै नभई सहमती गर्न सक्दैनन

  5. अब बन्ने संबिधान कसको होला?कांग्रेस ,एमाले ,माओबादी,मधेसी मोर्चा कसको एजेन्डा बढी लागु होला? मेरो बिचारमा संविधानको हरेक दफा उपदफा भतुवा संसद सदस्यले छलफल नगरी हुन्दामुन्दी रुपमा पास गराउनु भनेको कांग्रेस एमाले को लोकतन्त्र नभएर माओबादीको एकतन्त्र को जित हो/त्यसैले अबको संबिधान माओबादीको हो/

  6. ब्यबहारिक रुपमा आलोचना गर्नु पर्ने भयता पनि सैधान्तिक रुपमा बाबुरामको मावोबादीको नेत्रित्वोको सरकारको समर्थन गर्नु पर्ने देखिन्छ/ लोकतन्त्रको मान्यता अनुशार जनताको बहुमत पायको दलको सरकार बन्नुमा कुनै पनि प्रकारको बाधा गर्नु लाई लोकतान्त्रिक मान्न सकिंदैन/ बहुमत आधारमा बनेको सरकार गिराउन पनि बहुमतकै आधारमा चाहिन्छ/ यो नै लोकतान्त्रिक तरिका हो/ पालो बदल्न को लागि मात्रै सरकार बदल्नुलाई लोकतान्त्रिक मान्न सकिंदैन/ तर अहिले कांग्रेसको नेत्रित्वोको सरकार मात्र पालो बदल्न कै निमित गठन गर्न लागियकोछ/

    जनताले कुनै दललाई आफ्नो बहुमत दिनुको सिधा मतलव जनताले बहुमत पायको दलको नेत्रित्वोको सरकार बनाउने निर्देशन दियको मान्नु पर्छ/ तर नेताहरु आफ्नो सहमतिलाई जनताको निर्देशन भन्दा ठुलो मान्छ/ नेताहरुको सहमतिले लोकको मतको अनादर गर्नेहरुले जति सुकै लोकतन्त्र लोकतन्त्र भने पनि ईनिहरु आफै लोकतन्त्र नमान्ने भयको देखाउंछ/ यसै कारणले ईनिहरुलाई मधिसेहरुले ताल ठोक्दै नचाउन्दै आएको हो/

    मधेश बादीहरुले मधेश भन्नु पर्ने भनियको तराईमै मधेस बादीको बिरोध हुँदै आयको बेला सिंहदरवारिया नेताहरुले मधेशीको अगाडी घुंडा टेकेर नाच्न थाल्यो; आफै नाच्न थालेको हो बा कसैले नाच्न लगायको हो त्यो संबिधानको खाका बने पछी स्पस्ट हुने छ/

  7. राम चन्द्र पौडेल जस्तो गनगने मान्छे प्रधानमन्त्रि भाको देख्नु परो भने के पो गर्नु होला खै / खुइय्य्या /

  8. Oh its over. These “uneducated passenger” of the nations can not be the good leader.they have to be in jungle couple of months and lots of tiger are waiting for food and the first food is leader of three party.

    In Nepal people wake in a decade so wake up nepali. how many pain you accept.its too much.

  9. मित्रहरुको कमेन्टहरु पढ्दा कसैले सारै नराम्रा सब्दहरु प्रयोग गरी लेखीएको भेटीयो ।त्यो सब्दहरु आफु तिर फर्केर आयो भने कसरी जवाफ दिने हो त्यता तिर पनि सोच्नु होला है । विषेस गरी रोहन थापाजीले प्रचण्ड, बाबुरामलाई निकै मज्जाकको सब्दहरु प्रयोग गर्नु भएको रहेछ ।मलाई त यस्तो लाग्दछ,समय,परिस्थिति र जमीन धरातलको आवस्यकता अनुरुप जसले आफुलाई परिवर्तन गराउदै लग्दछन/जान्दछन त्यसैले नै सफल्ताको सिखरमा पुग्दछन र वास्तबमा भन्ने हो भने त्यही नै हो परिवर्तनकारी/परिवर्तनसील भनेको । मित्रहरुलाई स्मरण गराउन चहान्छु ,राले रा मार्यो कले क मार्यो अर्थात रावन मार्न रामको जन्म भयो, कंस मार्न कृष्णको जन्म भयो भने जस्तै बिगत र वर्तमान नेपालको परिपेक्क्षमा मओबादीको जन्म पनि यसरी नै भएको हो यसलाई अन्यथा नसम्झनु भए हुन्छ ।अझ भोलीका दिनहरुमा निस्पक्क्ष रुपमा राष्ट्र र सम्पु्र्ण नेपालीहरुलाई समेट्न सकिएन भने यसले कस्तो रुप रेखा धारणा गर्ने हो त्यो कसैले परिकल्पना सम्म गर्न सकिन्न । त्यस्तो दुर दसा हामी कसैले भोक्नु नपरोस भनी प्रार्थना गरौ र बेलैमा चेतनाको औषधी खाऔ र अरुलाई पनि खुवाऔ ।

  10. साला-कनक दिक्छित, केपी ओली, महतेको गोठले सहमति अगाडी बड्न दिदैनन, एक मधेस एक प्रदेश, जन बिद्रोह , छेत्रियता, जातियता, अस्थिरता नै अबको राजनीति हो तर बाबुराम र प्रचण्ड जस्ता इमान्दार र बिबेकी नेता हुँदा खतम नै चै हुँदैन कि ?

  11. फोहोरी राजनितिकका किराहरु हो ,यो समय नया सरकार बनाउने बेला हो ? सबैले पालै पालो देश लाई लुट्ने भयौ होइन त ?

  12. Incredibly amazing..one can see RAW’s fingerprint in every development, but Nepali mainstream media Ignores that.

    BRB, Prachanda, Confressi since conception, MKN, Madheshi are loyal servants of RAW, but not friends of ordinary residents of Nepal.

    Bijukchhe, KC, and a few from Congress as well are loyal servants of Nepal.

  13. कस्तो क्लिष्ट राजनैतिक खिचातानी हाम्रो देशको !
    सालाहरुलाई सराप्न मन लाग्यो…देशको हितको लागि यिनीहरुलाई यमराजले घिसारुन…(पहिलो चरणमा)
    १, शुशील कोइराला (खानदानी राजनीति गर्न खोज्ने, स्पष्ट विचार दिन नसक्ने, बोल्न नजान्ने, कुरूप व्यक्तित्व)
    २, शेरबहादुर (रिसाहा, पदकै लागि कुर्लने, बोलीमा दम नभएको, लार्बराइ बोल्ने, आफुलाई माथि देख्ने)
    ३, रामचन्द्र पौडेल ( राजनीति बाहेक बिकासका र देशको मुद्धामा बोल्न नसक्ने, केवल कांग्रेसको प्रबक्ताजस्तो, फितलो भाषण, व्यक्तित्व पुरातन र जिर्ण देखिने)
    ४, पुष्पकमल ( फटाहा, कुरालाई चपाई चपाई गर्ने, कुटिल, सौखिन बन्दै अधिनायक बन्ने तरखरमा)
    ५, वर्षमान (मिति गुज्रेको कम्युनिस्ट भाषा बोल्ने, कुरूप बुर्जे व्यक्तित्व, बन्दुकको बोलि बोल्ने, बिकश्बादी सोच नभएको)
    ६, मोहन बैद्य (गुण नै देख्दिन, चारपाटे मुड्न मिल्ने भए मुडे हुन्छ)
    ७, मात्रिका यादव (देशको होइन कि मधेसको लागि कुर्लने केवल, बखेडा मात्र सोच्ने, बोल्न नजान्ने)
    ८, विजय कुमार गच्छेदार (खरिदार सम्मको लागि मात्र लायक)
    ९, के पी ओली (कुरा ठुलो, आफ्नै मात्र कुरामा जिद गर्ने, झगडिया)
    १०, माकुने (दम नभएको तर जाल बुनिरहने)

  14. चित्त सुद्ध,मन सफा भएर यो संबिधान पकै बनिने होइन /सबै को सर-सल्लाह भएर एक आपस मा जुधेर होइन जुटेर बनाइएको भए राम्रो हुने थियो /मलाई लाग्छ यो संबिधान नेता को इच्छा बाट बनिने होइन यो त जनता को खबरदारी ले बनिन मात्र बनिन लागेको हो/तसर्थ यो संबिधान हतार-हतार बनाइने हुदा यस मा धेरै राम्रो भन्दा पनि धेरै नराम्रा पक्छ देखिने प्राय कन्फम छ/ किन कि यहाँ देस अनि जनता को लागि भन्दा पनि आफ्नो पार्टी अनुकुल हुने सामग्री समेट्न नेता हरु को लुछाचुडी को दोहोरी चलेको ले बस्ताब मै जनअनुकुल संबिधान बन्छ भन्न सकिन्न र बनेमा पनि यो नया बोतल मा पुरानो रक्सी बराबर हुदैन भन्न पनि सकिन्न /निश्चित छ अब बन्ने संबिधान सबै ले मान्ने छन् भन्ने विश्वास पनि गुमेको छ किन कि जातियता को नाम मा संघियता न भए हामी एस्तो राज्य घोसणा गर्छौ भन्दै विभिन्न जातजाति अहिले देखि नै आन्दोलन मा राप्पीसकेका छन् यस्तो अबस्ता आउनु मा पार्टी हरु कै गल्ति यहाँ प्रस्ट देखिन्छ किन कि समय मा संबिधान बनेको भए यो आगो को राप निभी सकेको हुन्थियो तर अहिले आगो जता ततै बलि सकेको छ यस लाई साम्य पार्न यो आउदै गरेको संबिधान काफी हुन्छ भन्ने विश्वास राख्नु बेकार देखिन्छ /

  15. आशा गरौ अब चाही समयमै संबिधान जारी हुनेछ..जे होस् सहमतीय सरकारको प्रम डा. भट्टराई नै भएपछी ‘काम गर्ने कालु, मकै खाने भालु’ चै हुन पाएन है !

  16. बाबुरामलाई चेपुवामा पारेर रजाई गरेका मधेसीले मान्लान त यो कुरो./ PM नपाय शेर गर्जेलान / आफ्नै पार्टीको सरकारमा नजाने बैद्य टोलि विद्रोहको नारा छोडेर जाला त काग्रेसको सरकारमा / नाक चुचो बोलि छुचो थर ओली मान्छे पुर्बेलिले माओबादीको नेत्रित्योको सहमतिको सरकार बन्न देलान / किन किन होला जस्तो लाग्दैन /

  17. सम्भिधान सभा किन?
    तिनीहरु elected हैनन्?
    कि हैनन्?
    हो भने काँग्रेस, एमाले, माओवादी, मधेशी दलका केहि
    व्यक्ति को सहमति मा कसरि
    सम्भिधान?

    कता हो प्रजातन्त्र, कम्मुनिस्ट हरु त लोकतन्त्र, के तन्त्र भन्छन

    legitimacy नै हुन्न, तेइपनी mafia हरुलाई नेता भन्न छोड्दैनन

  18. ?whats the big deal, टम, ह्यारी या डिक जसले जारी गरेपनि कुरा एकै हो @ संबिधान जारी गर्नु ! को हिरो हो या को जिरो हो त्यो त आउने चुनाबले नै तय गर्ने हो ! नेपाली जनता एबम जनताको नासो जनातालैनै फिर्ता गरेका राजा ज्ञानेन्द्रको पनि चाहना एकै हो कि संबिधान बनोस र सक्रमण कालको काल देखायर झारपात नेताहरुद्वारा जनता शासित हुन् नपरोस भन्ने चाहना सबैको हो !
    संबिधान जारी गरेर तेस्को ब्याज खान एडी कुनै नेताले सोचेको छ भने त्यो नासोचुन ( नेपाली जनताले एक पटको लागि माओबादी शासन पनि हेरौना त भनेका हुन्, हेरियो अनि घाम जतिकै छर्लंग पनि भयकै छ ) ब्यजी खाने हो भने नेपाल देशको बिकाश गर अनि खाउ ! कृपया, अब नेपाली जनतालाई न अल्मल्याउ ! राम्चान्द्रनै किन प्रम ? केपी किन हुन्न?! भाग बण्डा के यो नेपाल देश रामचन्द्रको बुको पेवा हो या उसको आमाको दाइजो हो??

  19. आज चै अचम्म नै गरेछन है हाम्रा नेता हरु ले बेला बेला मा त जनता को पसिना मा ऐश गरेको सम्झेर नि राम्रो निर्णय गर्छन
    सबै दल सरकार मा हुनु त राम्रो कुरा हो तर भाग बन्डा को राजनीति ले सम्भिधान जारी गर्न अबरोध नभय र सम्भिधन बनाउने बेला मा मधेसी दल ले महत्वोपुर्ण कुर्सि नपाको झोक मा एक प्रदेश को नारा नल्याया हुन्थ्यो.

  20. सबै साथी हरुको कमेन्ट हेरे तर चित्त बुझ्दो कसैको लागेन. बास्तबमा प्रचण्ड जस्तो गध्हर, चोर , सोसक, नेपालमा ऐले सम्म जन्मिएको छैन. अनि बाबुराम जस्तो अबसरबादी . प्रचण्ड ले हग भने हग्ने मुत भने मुत्ने. संबिधान shava को चुनाब पछि जति पनि लूट पात , हत्या आतंक भएको छ सबै प्रचण्ड र बाबुरामका कार्यकर्ताहरु ले गरेको छन्. ति सबै कार्यकर्ता हरु वास्तविक युद्द गरेर आएको हैन सान्ति प्रकिया पछि मावोबादी मा लागेका हरु हुन्. ठुला ठुला घर उनीहरु को छ लंद्क्रुसेर गाडी उनीहरुको छ. तर जो १० वर्षा युद्द गरेर आय ति सबै जस्ता को तस्तै छन् . मोहन बैद्य को पछाडी. युद्द गर्ने लै पछाडी धकेलेर चोर फटाहा हरु लै
    हिरो बनौनी साले प्रचण्ड .. ति सहिद हरु को रगत ले तलै भत्भती पोल्ने छ. तलै कैले माफी दिने छैन. त्यो जंगलमा बिताएको पल. आफ्नै अगाडी ढलेका सोझा जनता हरु को छोरा छोरि लै १ पटक याद गर्नुस त. ऐले आफु अनि आफ्ना खी चम्चे हरु लै ठाउँ मा पुरयाउ तेती मा तेमी खुशी छौ तर १ दिन तीमी संगै युद्द लडेका तीम्रासेनाले तेमी लै गोलि हान्ने छन्. मोहन बैद्य तीमी बन्दुक समू तीम्रा पछि धेरै जनताको साथ् हुने छ.. वास्तविक क्रान्ति अब गर्न पर्छा . प्रचंदले त सत्ता को लागि क्रान्ति गरेको रयाचा तर तेमी तेस्तो नगर..

    • मोहन बैद्य चै कुन खेत को मुला हो र? अब पनि तिमि हतियार उठौ जनता तिम्रो साथ मा साथ मिलेर अगाडी बढ्छ वन्ने जस्तो वाहियात कुरा सोचेर हुन्छ? के.पी. ओली र बैद्य एकै खालका हुन्…..आफु गर्न नसक्ने अरु ले गरेको देख्न नसक्ने!

      • केपी लै भारतको ठुलो धाप छ बैद्यलाइ अहिले सम्म देखिएको छैन त्यति चाँही फरक छ /

  21. आज को खबर हेर्दा येस्तो लाग्छकी देसले नया सम्बिदान पाउने आशा त कमैछ तर नेपाली कांग्रेस र एमाले हरुले राष्ट्रिय सरकारको साझेदार भएर ह्याकुलो र भित्रि आंस जति कुम्लाउने सम्भाबना चाहिं छ है |

  22. अब बैद्य जी ले के गर्ने होला है . खाउ भने प्रचण्ड बाजे को अनुहार, न खाउ भने १० बर्से जन युद्ध को सिकार जस्तो भयो . CP गजुरेल जी को भासन के होला त .

  23. यतिका लामो पर्खाई पछि देशमा संविधान जारीहोस। जारी भएको संविधान कालान्तरमा मकैको खोसेला जस्तो नहोस।

  24. भोलिको मुख्य समाचार भनेको “सहमति हुनसकेन नै प्रमुख हुनेछा” बाँकि कम चाँही जेठ १४गते रति १२ बजे तिर हुन्छा……त्यसो हुँदा दोस अरुलाई थुपार्न पाइने छ र चुनाबको घोसना पत्र लेखना मसला मिल्छा नेता भानौदाहरुलाई……तर यस्त्यो नहोस……जसरि भए पनि नेपालीले संबिधान पाउन सकुन यहि नै राम्रो हुनेछा.

  25. “यो संबिधान निर्माण भएपछी राजावादीहरुको राजतन्त्र र हिन्दुराष्ट्र तुहिन्छ|”

    मेरो पहिलो कमेन्ट जस्तो येस्मा पनि सेन्सोर नलागे म यो भन्छु हिजो २ सिटको बीजेपी ले भारतमा सरकार चलाए सरि भोली कमल थापाको ४ सिटको पार्टी पनि पहिलो हुन बेर छैन / agenda दरो हुदा पनि कालो इतिहास हुनाले मात्र कमल थापा पछाडी परेका हुन् / जुन दिन मदेसीहरु पहाडी र मदेशीको मान्यता बिर्सेर पहाडीको होस् या मदेसको हाम्रो अरयाद्यदेव पशुपति नै हुन् भन्ने छन् तेस दिन कोसको के तुहिन्छ तब देखिनछ / लोब्ब्यिस्टले पैसा छरेको अल्पमतको मन्येताले बहुमतको मान्यता केहि समयको लागि रोके पनि बहुमतको मान्यताको जीत पक्का छ /

    • एउटा जातीय नाम “थारु” लाइ गालीको रुपमा “तेरीमा थारु” भनेर प्रयोग गर्ने पहाडे बाबुसाहेबहरुले पशुपतिको नाममा थारुहरुलाई उचाल्ने यो धार्मिक कार्ड अब भुत्ते भैसक्यो| अब नयाँ कार्ड पत्ता लगाउनु पर्यो| कालो इतिहास हुनेहरुले केहि बर्ष प्रयाश्चित गरेर बसे हुन्न ? बुद्व जन्मेको राष्ट्र त बुद्व राष्ट्र हुनुपर्ने, तर कसैले त्यस्तो जिरह गरेको छैन त !

    • के ज्ञानेन्द्रले नेपाली देवी देवताको मुर्ति तस्करी गरेर नेपालमा धर्म संरक्षण गरेका थिए ? धर्म संरक्षण आस्थिक जनताले गर्ने हो, ज्ञाने वा कमले ले होईन |

      हामी हिन्दु हरुको कमजोरी भनेको धर्मको मर्म नबुझ्नु हो | कमले, ज्ञाने, पारसे, विश्व हिन्दु परिषद ई. ई. भनेको धर्मको नाउमा राजनैतिक फाईदा उठाउने नास्तिक हरुको समूह हो |

  26. संबिधान नबने सम्म मलाई त संका लाग्छ किनकि यहाको राजनीति यस्तै छ भोलि जे पनि हुन सक्छ संबिधान बन्यो भने पनि अपुरो र काँचो बन्छ भन्ने कुरा लगभग पक्का छ किनकि हतपत को काम लतपत त हुने नै भो, परदेश हरु निर्माण गर्नु राम्रो कुरा हो तर परदेश जाति को नाम बाट नभएर सबै हिमाल, नदि जमिनको नाम बाट हुनु पर्छ किनकि एकै परदेश मा DHERAI जाति बस्ने भएको ले जाति को नाम बाट परदेश निर्माण हुनु राम्रो होइन जस्तै मगरात राज्य को सट्टा धौलागिरी राज्य तमुवान राज्य को सट्टा कचन्झंगा राज्य निर्माण गर्नु बुद्धिमानी हो किनकि यसले परदेश मात्र को नाम दिन्छ एस्तो भएमा कुनै जाति माथि भेदभाब हुँदैन यो कुरा सोच्नु जरुरि छ.

  27. आब बाकि रहेको समय कुर्ची बाड़फाड़मै जाने भो …हे नेपाल को संघिय संबिधान !!! तेरो मुख हेरन अब पाईलेला जस्तो देखिएन !!!

  28. आत्मै देखि जयनेपाल भन्न मन लग्यो
    अस्ति जुन निर्णय कंग्रेशाले गर्यो
    संघियताको मामिलामा अरु लचक भय ससकिया स्वरुपमा हामी लचकता अपनौछौ भन्ने यो निर्णयकै कारणले आहिले सहमतिको बाताबरण बनेको छ
    तर संका यहाँ नेर छ संबिधान बनिसकेपछि बाबुरामले सहजै कुर्सि छाड्ला र ?

  29. कांग्रेस ले पैले पैले जस्तो आफु सरकार मा रहेर धादली गर्दै चुनाब जिते जस्तै अब आउने चुनाब जित्ने मनसाय राखेर एस्तो निर्णय गरे जस्तो लाग्छा… जे जस्तो भएपनि राष्ट्रिय सहमति को सरकार बनेपछि संबिधान बन्ने बाटो खुल्छा अब.. संबिधान बनोस र .अर्को चुनाब मा नेपाल का कम्युनिष्ट को विजय होस्……………….प्रचण्ड,बाबुराम , बैद्य पाटी, झलनाथ, मा कु ने , ओली , एक होउ……….जय नेपाल..

  30. आशा गरौँ कि सहमति भए अनुसार कै काम होस् !! भएन भने पनि ….. के गर्नु र,, यी सेरे हरुले कहिले पो आनन्दसित हामी जनतालाई बस्न दिएका थिए र ???

  31. यो देशमा अझै के पी ओली,मोहन बैध्य,अनि शेर बहादुरहरु रात गएपछि अग्राख पलाउने आशामा छन्| तसर्थ यिनीहरुले आ आफ्नो पार्टीमा मन्त्रालयको रडाको अनि सरकारमा जाने मन्त्रीको मर्यादाको कुरालाई लिएर हुन्छा कि जात जातिलाई उचालेर हुन्छ सजिलै निकाश निस्कन दिने छैनन् अझै पनि जेस्ठ १४ सम्म सबै जनता को दबाब एबम निरन्तर खबरदारीको आबस्यकता छ| जय नेपाल

  32. १ संबिधान बन्यो भने बाबुसाहेब, नव-बाबुसाहेब र राजा साहेब र ठकुरी साहेबहरु नाखुश हुनेछ|
    २ रामचन्द्रले प्रधानमन्त्री हुनलाई कांग्रेसकै बिश्वासको मत प्राप्त गर्नुपर्नेछ| शेर बहादुरहरुले त्यति सजिलै उनलाई मुली बन्न देला र ?
    ३ आफुले प्रधानमन्त्री नपाउने भएपछी एमालेले भएभरको मुख्य मन्त्रालय मागेर हैरान खेलाउँछ |
    ४ मधेशका पार्टीहरुले एक एकवटा मन्त्रालय चाहिं भेट्टाउन्छ कि ! अहिले जस्तो बगाल का बगाल त् नचिताए भयो|
    ५ यो संबिधान निर्माण भएपछी राजावादीहरुको राजतन्त्र र हिन्दुराष्ट्र तुहिन्छ|
    ६ बैध पक्षको शास्त्रीय मार्क्सवादी चिन्तन अहिलेलाई थान्को लाग्छ
    मेरो आफ्नो इच्छा
    * बाबुरामकै प्रधानमन्त्रित्वमा कांग्रेसका भिम बहादुर तामांग र एमालेका प्रदिप ज्ञवालीलाइ विशेषाधिकार सहित उपप्रधानमन्त्री बनाइ चुनाव सम्पन्न गर्नपाए सबै पार्टीहरुले भनेजस्तो भोट हासिल गर्छन| तर झेलीहरुले के देलान र !?

    • हाम्रो नेपाल खत्तम पारेको यो रमेशजीको जस्तो नीच सोच राख्नेहरुले हो| थुप्रै छन् यस्ताहरु| मान्छेको वा सो मान्छेको भनाईको दोष भेटाउन नसके ठाउँलाइ नै दोष वा जात हेरेर लाई खोट लाउनेहरुलाई नंया नेपालमा एडजस्ट गर्न गाह्रो पर्नेछ| एउटा नेपाली जसले आफुले मात्र जसरी हुन्छ खाईपाई आएको सुबिधा पाइरहु भन्ने सोच बनाउछ र त्यस्तो नेपालीले अर्को नेपालीलाई नेपाली सरह गर्नु पर्ने व्यवहार नगर्दा नै हालको जातीय आधार र पहिचान सहितको स्वायत्त प्रदेशको मुद्दा अपरिहार्य हुन् गएको हो| यो ब्लगमा शशांकजीले जस्तो खुल्ला पुरा नाउँ र बस्ने ठाउँको नाउँ दिएर मन्तब्य र प्रतिक्रिया निर्धक्क व्यक्त गर्ने औंलामा गन्ति गर्न सकिन्छ| त्यस पंक्तिमा यो कलमकार पर्दैन|

  33. यो समाचार हेर्दा जुनै दिशा बाट घुमाई फिराई जे गरेपनि प्रचण्ड नै नेपाली राजनीतिकको महत्वोपुर्ण राजनेताको साथै एक महत्वपुर्ण जिम्मेब्वारी बहन गर्ने, जनमानस को इच्छा आकंछा बुछ्ने र सम्पूर्ण देश को भलो चिताउने, सम्पूर्ण नेपालीहरुको दिलमा बास गरेका र आफ्नो कार्यदिशालाई सम्पूर्ण जनमानसमा हर्सौल्लासका साथ कायम गराउने प्रथम प्रधानमन्त्री अनि भाबीदिनका राष्ट्रपति लाई मेरो हार्धिक शुभकामना दिदै सम्पूर्ण मेरो संसारका पाठक (लुना, पुस्पा, शुशंका, महेश, हर्के, ळक्ष्मन्, मधन र अरु सम्पूर्ण साथीहरु) अनि मेरो संसारका प्रमुख, उमेश जीलाई समयमै संबिधान आओस एक सच्चा नेपालीको तर्फबाट अग्रिम बधाई छ/

  34. भोलिको समाचार!!
    आज हुने भनिएको लिखित सहमति स्थगित –
    कारण- रामचन्द्र, ओली र बैद्य को चित्त दुखेकोले

  35. हेर्नुस, देशवासीको सही मनले सेवा गरौ र देशको बिकाश गरौ भनेर तछाड मछाड गरी प्रधान मन्त्रि र मन्त्रि हुन् खोजेका हुन् र?
    आफ्नो सन्तान, भाई भतिजालाइ मात्र जागिर र फायदा दिलाउने चलन कहिले सम्म
    हो? अस्ति मात्र समाचारमा आएको थियो काठमाण्डौ महा नगरपालिकामा नेताहरु र प्रभावशाली पदमा भएका हरुले आफनै स्वास्नी र नातागोतालाई जागिर खुवाएको?
    यो देशमा सामान्य नागरिकले कसरि जीउने हो?
    नेताका नाता गोता परिवार आफैले टन्न फायदा उठाएका छन् अनि यो देश भ्रस्टचारले खत्तम पार्यो भनेर लेख्ने, कराउने उनीहरुकै ठुलो स्वर|
    भ्रस्टचारी नेतालाई जेल हैन, जनताले हात र खुट्टा भाँचे मात्र नेपालमा
    भ्रस्टचार र भ्रस्टचारी घट्ला| भ्रस्टचार बाट फायदा उठाएका परिवार र नाता गोतालाई पनि सामाजिक वहिष्कार गर्नपर्छ| तब मात्र खुला भ्रस्टचार अलि कम होला|

    हेर्नुस वाग्लेको ताल! हिज जेलबाट छुटेर आउँदा सगरमाथाको शिखरमा अक्सिजन बेगर आरोहण गरेर फर्केको जस्तो स्वागत! जसले देशलाई लुट्यो उसलाई त् सबैले दुख्ने गरेर गालामा चिमोटी दिन पर्ने र उसले भ्रस्टचारमा कमाएको धन सम्पति र त्यसबाट आय भएको धन पनि खोसेर लिन परने|
    त्यो पनि दिन आउँला है मित्रहरु यही ताल हो भने|

  36. आ आफ्नो स्वार्थ अनुसार मिल्ने अनि फुट्ने हाम्रो नेपाली राजनीति को मूल मर्म हो कोसै लाइ चेतना हुनु जरुरि नै छैन

  37. लामो समय देशको भत्ता खाइ सभासद हरुले रजाइ गरे |
    जन सम्बीधान भने पनि २ ४ जना ठुला भनाउदा नेताहरुको सहमतीमा बनेको यो सम्बीधानले आम नेपालीको प्रतीनीधीत्व नगर्ने पक्का छ |
    नहुनु मामा भन्दा कानो मामा निको जस्तै भो
    संचालन गर्ने नेता भनाउदा हरुको नियत सही हुनु पर्यो
    नभए जस्तै सम्बीधान बने पनि के नै फरक पर्छ र ?
    पीपल पाते जीब्रा भएका नेताहरुले गरेको यो सहमतीले मुर्त रुप पाओस
    हामी यही कामना गरौ |
    भोलिको अर्थात अब रहेका २५ दिनको सही उपयोग नगरे बाबुराम छबीलाल माकुने झले सुशील कसैलाई पनि माफी गर्नु हुन्न भन्ने हाम्लाई लाइराछ |

  38. Being as a non Maoist supporter i feel after all Mr Prachanda is a hero of Nepalese. He is able to make a bold decision.He got a strategy to make implemented his rules…. Others are just nothing… I solute Mr Prachanda and Bhattrai … I strongly believe that after settled this all problems, Prachanda will come as a president of Nepal… All d best ….

  39. नेपालि जनता र देश बात अबैध हुदै गयको त्यो बैधए भन्ने जमात को लागि छाया सरकार भाग लाइगैद्य र छाया सरकार बनैदियामा सरकार बनाउने उनीहरुको इक्छा पनि पुरा हुने छ भन्ने हाम्लाई लाइराछ!
    छाया सरकारमा,
    ज्ञानेन्द्र: संरक्षक,
    बैध्य: रास्ट्रपति,
    ——: उप-रास्ट्रपति,
    बादल: प्रम ,
    केपी ओली: उप प्रम प्रथम,
    गजुरेल: उप प्रम व्दितीय,
    कमल थापा : उप प्रम तृतीय,
    बिध्या भण्डारी: सहायक उप प्रम
    यसरीनै मत्रिहरु राज्यमन्त्री र सहायक मन्त्रि आदि आदि!
    उप रास्ट्रपति को पद हाललाई खालि राख्ने किनकि जो यो देशले निकाशा प्राप्तगर्ने सम्भाबना को सहमति बात भद्कियर वा भाड्ने हिसाबले आउने छ तिनीहरुको लागि सुरक्षित गरियको छ!

  40. आफ्नो त त्यही रट|
    १. संबिधान मौजुदा सरकारले जारी गर्ने|
    २. अन्तरिम काम चलाऊ सरकार गठन गर्ने जसको सदस्यहरु सीमित संख्यामा हुने अनि कुनै पनि राजनैतिक दलका नहुने र सकेसम्म तटस्थ व्यक्तिहरु हुनपर्ने अनि ती सदस्यहरुले आगामी चुनावमा भाग नलिने र आउँदो चार बर्ष सम्म कुनै सरकारी नियुक्ति नलिने र सरकारी तलब भत्ता खाने काम नगर्ने शपथ लिनपर्ने|
    चुनावको बेलामा जुन सरकार छ उनीहरुले चुनावमा भ्रस्टचार गर्ने सम्भावना छ|
    ३. चुनाव आयोगले कडा आचार संहिता जारी गर्ने र त्यसको कार्यन्वयन गर्न तटस्थ व्यक्तिहरुलाई राखेर कार्य दल गठन गर्ने|

    ४. संबिधान जारी गरि सकेपछी अर्को चुनावले निर्णय नदिए सम्म कुनै पनि दललाई सरकारमा राख्न हुँदैन|

    दलगत रुपमा पद पाएका रास्ट्रपति र उप का पावर पनि अन्तरिम कालमा सीमित गरिने| नत्र उनीहरु पनि साँढे हुन् बेर छैन|

  41. के कस्तो समाचार आउला भन्नि कुरा सोचेर पो के र उमेश जी !
    माथि तपाईको आर्टिकलको हरफ ‘ — घुमाइफिराइ एजेन्डा भने प्रचण्डको लागू भएको छ। सबभन्दा खेलाडी उनी देखिएका छन्। — ‘ मा बेस्मारी घोत्लिंदा
    ‘ प्रचण्ड समस्या — प्रचण्ड समाधान — ‘ कुरा बुझ्नु नै भो होला .
    जिग्मे राजा नबनिदिउन् — मुलुकलाई सिक्किमीकरण नगरिदिउन् —

    हाम्ले कामना गर्ने हो समयमै मुलुक र जनताको हितमा हुने संबिधान बनोस !
    निस्पक्ष्य चुनाब होस् !
    अनि
    सप्पै देशमारा झारपातहरुलाई जनताले उखेलेर फाल्न सकून् !
    मुलुक उँभो लागोस् .

    • लुनाजी ! देशमारा र जनतामारा झारपातहरुमा बिगतका शासकहरु पनि पर्छन है !!!

      • शसांक जी !
        उ बेला १ + १ = २
        अब ऐलेका ले चै १ + १ = ११ पो हुने गरि ——
        मलाई बिस्वास छ तपाईले कुरा बुझ्नु भो .

        • लुनाजी ! म तपाइंलाई खुलस्त भनौं है ! अरबौं बजेट छुट्याएर गठन गरिएको शाही सेनाले हिजो एउटा परिवारको सलामी मलामी र गुलामी गर्थ्यो| त्यत्रो खर्च गरिएको सेना त अनुत्पादक, फोकट्या र घरायसी काममा प्रयोग भयो| झन्डै झन्डै आधा शताब्दी नै सेना एउटा परिवारको लहडमा चल्यो| यो पनि एक किसिमको लुट हो | अन्य प्रत्यक्ष्य लुट त कति हो कति ! गनेर भ्याइन्दैन् | अहिलेका राजनीतिक पार्टीहरुले पनि सरकारी कोष चलाएका छन, तर बिगतका शासकहरुले गरेका ब्रह्मलुटको दाँजोमा यो केहि पनि होइन |

    • लुना जी खै मलाई त संबिधान बनि हाले पनि नया BOTTLE मा पुरानो रक्सि जस्तै हुने हो KI भन्नेमा पो संका छ, आशा छ संबिधान बनोस, देश ले नया gati लियोस देश मा , बन्दै गरेको संबिधान लाई बग्रेल्ती shuvakamana ,सुतिरहेको देश ले नया गति लिएर उठोश आँफैलाई शुवाकमाना नया गति लिएर उठोश,कहिल्यै नसुत्ने garera उठोश अनि कसैको मुटु नदुखोस, नया नेपाल- तिम्रो नया रुप हेर्न हतार छन् तिम्रै सन्तति, किनकि लामो समय देखि तिमि सिकिस्त बिरामी थियोउ नेपाल आमा उठ, अब त केहि फरक तरिकाले उठ,कहिल्येई नसुत्ने गरेर उठ.

      • लोकनाथ जी
        संबिधान नेपाल र नेपाली जनताको चाहनामा बनिदेला कि भारतीय स्वार्थलाई
        ध्यानमा राखेर बन्ला ? यो चिन्ताको बिषय बानिरा’को परिस्थिति हो ऐले —
        तपाई हामी निरिह जनता बनि’राको परिस्थितिमा के भन्नि खै ! —-

        • लुना जी कुरा सहि हो हामी अन्दाज मात्र गरिरहेका छौ टुलु टुलु हेर्नु बाहेक अर्को विकल्प छैन सायद येतिबेला.

  42. मलाई त यो कनक मणि भन्ने जन्तु देखेर सारै घिन लग्न थालेको छ/ वान कि मून को लुम्बिनी भ्रमण रोक्न यसले गरेको कुकृत्य को हिसाब किताब संबिधान आउनु अगाडी नै गर्नु पर्ने थियो /साला भारतीय कुकुर !

  43. जन संबिधान जय जय जय
    कांग्रेसका दिन गए गए गए

    • कांग्रेशको होइन बरु माओबादीको चै दिन गए जस्तो लाग्दैछ मलाई त !

  44. अब भाग बन्डामा बाकी रहेको २६ दिन पनि बिताउने होलान नि !!

  45. कहीले कहिले सुभ समचार सुन्न पनि पाइदो रैछ यी फुटेका कानले फेरी केपी ओली र बैद्य पक्छ ले भाड्न सुरु नगर्लान भन्न सकिदैन !!!

Comments are closed.