केको सहमति हुनु, नेताहरुले झुक्याएका रहेछन्

हिजो कुरा मिलिसक्यो झैँ गरी गरिएको हल्ला त नेताहरुले जनताको आँखामा छारो हाल्न गरेको प्रयास पो रहेछ भन्ने आजका घटनाक्रमबाट सिद्ध भएको छ। कुरा मिल्यो भनी हल्ला गर्ने नेताहरुबीच गाँठी कुरो भने मिल्या रैनछ। दलहरुबीच यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने कि यो सरकार भ‌ंग गर्ने भन्नेमा कुरा नमिलेको रहेछ। यत्तिकै कुरा मिल्यो भनेका रहेछन्। आज बिहानैबाट कुरा खुस्कन थालिहाल्यो नि। यो सरकार बहुमतीय प्रक्रियाबाट बनेको हो। एमालेको ओली पक्षको दबाबमा सिङ्गो एमाले र कङ्ग्रेसमा सिटौलाइतर पक्षले बाबुराम भट्टराईले राजीनामा गरी संविधानको धारा ३८ (१) अनुसार नयाँ प्रक्रियाबाट नयाँ सरकार बनाउनु पर्ने जिद्दी गर्ने, बाबुराम राजीनामा दिन नमान्ने भएपछि कुरा बिग्रेको हो।

खासमा यो प्रक्रियागत कुरालाई जुँगाको लडाइँमात्रै बनाइएको हो। भट्टराईको नेतृत्वमा सरकारमा जान तयार भएपछि यो धारा र उ धारा भनेर विवाद गरिरहन जरुरी थिएन। प्रधानमन्त्रीले पनि पहिले कै धारा अनुसारको कुर्सीमा नै टाँसिरहन्छु भन्नु जरुरी थिएन।

यही विवादले आजै मन्त्रिपरिषद् विघटन भई राष्ट्रिय सहमतिको सरकार बन्ने प्रक्रिया सुरु हुने काम होला जस्तो देखिएन। एमालेको बैठकले बहुमतीय सरकारमा सहभागी हुँदै नहुने निर्णय गरिसक्यो। अनि कङ्ग्रेसले पनि प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावै ल्याउने जस्तो कुरा गर्न थालिसक्यो।

उता नेपालविद् भनिने भारतीय प्राध्यापक एसडी मुनि भने अर्को राष्ट्रिय सहमतिको सरकार कङ्ग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा हुने ट्विट गर्दै थिए।

sdmuni

__________________________
यसअघिको ब्लग
आज यस्तो-यस्तो हुँदैछ
नेपालको राजनीतिमा आज एउटा महत्वपूर्ण र व्यस्त दिन हुनेछ। हिजै भएको सहमति अनुसार आज यस्ता-यस्ता कुरा हुँदैछन्

    • मन्त्रिपरिषद्को अन्तिम बैठक (स्थितिः बिहान नौ बजेदेखि सिंहदरबारमा बस्यो। यसैमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विघटनको प्रस्ताव राख्नेछन्)
    • सहमति मस्यौदाः (अहिले बिहान प्रचण्ड, माधव नेपाल, कृष्ण सिटौला र विजयकुमार गच्छदार मिलेर सहमतिको मस्यौदा तयार गर्दैछन्)
    • मन्त्रिपरिषद् भंग (स्थितिः साँझ दलहरुबीच सहमति भइसकेपछि प्रधानमन्त्रीले गर्नेछन्)
    • प्रमुख दलहरुबीच वार्ता (स्थितिः एक बजेपछि नयाँ बानेश्वरको विशेष समिति सचिवालयमा बस्दैछ)
    • प्रमुख दलहरुबीच लिखित सम्झौताको घोषणा (स्थितिः प्रमुख दलहरुको बैठकपछि हुनेछ)
  • नयाँ राष्ट्रिय सरकार बनाउन प्रधानमन्त्रीद्वारा आह्वान (मन्त्रिपरिषद् भंग भएपछि)
  • नयाँ राष्ट्रिय सरकार बन्ने (२ दिन भित्र)

43 Comments

  1. पूर्वज श्री ३ , अतित श्री ५ र बर्तमान श्री १०……. जुन जोगी आए पनि कानै चिरेको …. सबैको ध्येय केवल नेपाल मातृभूमिको बलात्कार गर्नु अनि करुनामायी चित्कार हामीलाई सुनाउनु मात्र रहेको छ / तर बिडम्बना ; आफ्नो आमाको कयौं पटक आफ्नै आँखा आगाडी बलात्कार हुँदा पनि मुकदर्शक भै उभिएर हेरीरहने हामि कस्तो कुपुत्रहरु ….धिकार छ हामीलाई /

  2. माइ संसार मा खाली गाली महात्म्य लेखेर तुस मेत्छन् मान्छेहरु . नियम मा टेकेर अलि दुइ चार दिन टिक्ने निर्णय पो गर्नु पर्छा . के पी को अडान ठिक हो .

  3. नेताहरुले झुक्याउनु भनेको र हास्यकलाकारले हसाउनु भनेको जस्तै त हो नि !!

  4. सिटौला र अमरेस कुमार भनेका दुत हुन् आज यो अवस्था देखन भन्दा त पंचायत देरै ठिक अब हामीलाई यी parties आवश्क छैन हामीलाई असल रास्तवादी को नेत्रित्य chaieko ६
    न कि दलाल र पुराना पन्च को,

  5. सबै कुरा ठिक्क पारे पछि खान त सजिलै हुन्छ…शान्ती र संबिधान निर्माण को काम मा यस अगी क प्रधानमन्त्रिहरुले माख्हो पनि मारेका थिएनन् ….बाबुराम भट्टराई ले केही अलोकप्रिय काम गरेपनि शान्ती र संबिधान को काम मा उल्लेख्य काम र प्रगति गरेका छन्….सेना समायोजन जस्तो जटिल बिषयमा माओबादी लडाकु नेपाली सेना को जिम्मा लगाउने साहसिक निर्णय गरेर शान्ती प्रक्रिया लाई टुंग्याउने काम मा बाबुराम को साहस लाई मान्नु पर्छ र जनताले एसको स्वागत पनि गरेका छन् ….आफ्नै पार्टी बाट बिरोधका स्वरहरु उठेका र जटिल अवस्थामा प्रधानमन्त्री भएका बाबुरामले शान्ती र संबिधानको लागि उल्लेख्य काम गरेर संबिधान जारी गर्ने बेलामा प्रधानमन्त्री भएर संबिधान जारी गरेको जस पाउन लागी परेका नेता गण देखेर मलाई छक्क लागेको छ…. काम गर्ने कालु मकै खाने भालु भन्ने उखान चरितार्थ गर्न खोज्ने यी नेताहरुलाई खै के भन्ने हो….आफैलाई लाज लाग्नु पर्ने हो…….
    नाम -: निर्मल अधिकारी
    ठेगाना-: लेटांग-७-मोरंग (हाल बालाजु, काठमाडौँ )

  6. जब सम्म के.पी ओली ले नेपाली राजनीत बाट सन्यास लिदैन त्यो बेला सम्म नेपालमा हुन लागेका सहमति ,सहकार्य हरु भादिदै जान्छन !! यो ओली किन देस र जनता को चाहना लाइ किन बुज्न नसकेको होला !! एसलाई किन सरकार फेर्र्नु पर्या होला साला मर्न नसकेको देसको लागि राम्रो गर्न नसके पनि नराम्रो हुने क्रियाकलाप त नगर !!! अब ढुक्कै भए हुन्छ यो मोहन बैद्य समूह ,के.पी ओली समूह ,र राम्चंद्रे समूह नेपाली राजनीत मा आउने चुनाब मा पत्तासब हुने भए

    • ठिक हो..के पी ओली भन्ने एस्तो जन्तु हो जो भारतीय को गुलाम अनि पाल्तु कुत्ता हो जसले चै चै भनेको बेला हाउ हाउ गर्दै भाडभैलो मच्याउने काम को ठेक्का लिएको छ ..सुकुल गुण्डा हरु पालेर तिनी हरु को आड मा एस्तो कर्म काण्ड मच्याउने काम गर्दै आएको छ. बस्नेत हाल को उदहारण हो.

      अर्को कांग्रेस मा भारतीय घुसपैठ जन्तु को नाम कृष्ण सिटौला हो. यो तेही पापी हो जसले लाखोउ बिहारी लाइ नागरिता दिलाएको थियो आफु ग्रिह मन्त्रि हुदा. यिनी हरु भन्दा ठुलो देसद्रोही अपराधी कोहि हुनै सक्दैन. येस्ता आते पाते फेरी पावर मा आउनु भनेको फेरी भारतीय हरु को हाम्रो राज्य को मामला मा घुसपैठ हुनु हो. थुक्क मुर्ख हरु. यी सबै नेता लाइ त मास मा लगेर झुन्ड्याउनु नै बेस. अति भो अब. एदी फेरी पनि चुनाब हुने हो भने अहिले का ८०% नेता हरु को अस्तित्वो नास हुने छ. तेसैले यो कुरा थाहा पाएरै संबिधान सभा र चुनाब तिर जाने कुरा जनता लाइ अलमल मा पारेर सत्ता मा बसेर लूट मचाई रहेको छ यी गिध हरु ले.

  7. गास, बास र कपासको प्रत्याभुति नै नेपाली जनताले नपाएको अवस्थामा संविधान सभाको ढोङ्ग नेपालमा अनावश्यक वखेडा नै हुन्छ । भोको पेटले कुनै संविधानका धारा र उपधारा चिन्दैन, कुनै नियम विनियमको खोल ओड्न जान्दैन । यसर्थ अहिले वेला न कुवेला लादिएको संविधानको भूत नेपाली समाजबाट हटाउन जरुरी छ जुन केवल उच्च वर्गमा केन्द्रित छ । त्यो संविधानको, नियमको खाँचो त ती ठग र द्रव्य पिशाचहरूलाई छ जसले कर्मवाद जानेको छैन र सुगर अनि रक्तचापको पापी प्रतिबिम्वले सजिएको छ न कि कर्मठ र स्वाभिमानी नेपाली जनतालाई । नेपाली समाजलाई खाँचो छ मात्र एउटा आधारको जसमा उसले दिनभर कामको धर्मलाई पुजेर रातको निद्रामा परमानन्द प्राप्त गर्नसकोस् र हरेक नेपालीको आत्मा उसको संविधान बन्न सकोस् न कि विदेशी कागजमा दासताको गाथा बोक्ने खोक्रो राष्ट्रबादले सिँगारिएका अर्थहीन शब्दका कोरा चाङ्गहरूको ।

  8. संबिधान जारि हुन नदिने दल भित्रकै दलालहरु जसलाई कनकमणि हरुको SMS ले ठुलै प्रभाव पर्ने हैसियत राख्छ, तिनीहरुको दुस्चक्रमा फेरी पनि देश फस्ने भो..हिजो प्रधानमन्त्रीले राजिनामा नदिई मन्त्रिपरिषद बिघटन गरेर पुनर्गठन गर्ने सहमति गरेका हरु आज रातारात अविस्वास प्रस्ताब को कुरा गर्छन…अब २५ दिन बाकि रहदा किन यो खेल भैराखेको छ? जनता त्यति अबुझ छैनन् अब..बैद्य, के पी, पौडेल, महत..यी सबै एकै खाल्डामा हाल्नुपर्ने कुहेका आलु रैछन..येसो केहि होला भन्ने आश थियो, यी किर्ना हरुले नदिने नै भए.

  9. अति भएसी हिजो प्रभु का दुत आफै बसेर एकथरी भक्तहरु को कुर्शी जोगाइदिने र अर्का थरि भक्त हरुलाई कुर्शी मिलाइदिने गरि दुवै को हित हुने मध्यमार्गी आशिर्बाद (आदेश) दिइ दुवै थरि भक्त लाइ उपकार गर्नु भएको थियो | आज प्रभु का दुत उठ्नासाथ यता का भक्त हरु ग्न्यार्र ग्न्यार्र .. गर्न थालिसकेछ्न ….. हैन सबै कुरा प्रभु ले नै गरिदिनु पर्ने हो कि क्या हो ?? प्रभु को नि कामै नभा’ त हैन नि आफ्नै नि काम छ अरु भक्त हरु नि छन् | यिनीहरु को गोठाला लागेर मात्र बस्न त सक्दैनन् नि प्रभु नि … 🙂

  10. हे के पी अझै तिरस्कृत हुने मन छ .. येस्तई गरेउ भने अब जनताले जुत्ताको मालाले खुलामंचमा अभिनन्दन गर्ने छन् .. अनि गोपी सार्कीको जुत्ता सम्झे हुन्छ रामचन्द्र पौडेल… १८ पल्ट हारेर चित्त बुझेन है तिमीलाई…
    पीएमले राजिनामा दिंदा संबिधान आउने हो र अचम्म छ राजिनामा दियछी बाबुरामकै सरकारमा जाने अहिले जान मिल्ने… कति निच सोचाई छ तिमीहरुको … अझै यो फोहोरी खेल खेल्न छाड्दैनौ है .. धिक्कार छ तिमिहरुलाई…….
    के पी ओली, रामचन्द्र पौडेल अनि सिपि गजुरेल लाई नजरबन्द गर्न पर्छा जेस्ठ १४ सम्म .. अनि बल्ल संबिधान आउने कल्पना गर्न सकिन्छ |

  11. धिक्कार छ नेताहरु तिमीहरुलाई ! केहि थाहा छैन भनु भने देशविदेश घुमेर संसार देखेकै छौ ! तर पनि बुद्दि फिरेन है तिमीहरुको ! मा त वाक्क भएँ तिमीहरुको नौटंकी देखेर ! यो देश बिगार्ने तिमीहरु नै हौ ! यो मुलुकको र जनताको आँशुले तिमीहरुको नर्कमा बास होस्, येही मेरो श्राप लागोस तिमीहरुलाई…… !

  12. पहिला त संबिधान दिनु, तस्पछी राष्ट्रको सम्पति जति सक्छौ लुट …..गरिब जनताले अब तिमि हरु को लागि मत हैन लात दिने छन् ….

  13. अन्तिम समयमा सरकारको लागि झगडा गरि रहनु कतिसम्म निच रहेछ / माधव नेपालले राजिनामा दिंदा सरकार बन्न ७ महिना लाग्यो / देश अब गृहयुद्ध तिर जान सक्छ / माओवादीले लडाकु सेनालाई बुझाए १ हप्तामा सहमति गर्ने भन्नेले अब फेरी नराम्रोसंग निहु पो खोजेछ / यो सबै रिमोट कन्ट्रोलको काम हो / यी जुम्ल्याहा कांग्रेश एमालेको अब खैरांत छैन / देशमा प्रतछ्य राष्ट्रपति भएर के भो र ७ वा १० प्रदेश भएर यिनीहरुलाई के टाउको दुखाइ? जुन जोगी (माओवादी,कांग्रेश र एमाले) आए पनि कानै चिरेका हुन् क्यारे / तिमीहरु यत्ति कै अझ १० वर्ष झगडा गरी वस तर देशमा सिरियामा जस्तो गृह युद्ध नहोस / यसैलाई हामी जनता स्वर्ग ठानेर बस्छौं / नयाँ नेपाल चाहिएको छैन /

  14. संसार मा सबै भन्दा बडी राजनीतिक कलाकार भएको देस नेपाल संसार लाई चेतना भया/वा ,वा खाते खेलाडी हो आखुरी अन्तिम मा म्याच फ़िक्ष्क्सिन्ग गरेरै छाडेउ /ल बधाई छ है नेपाल चुस्ने ,कहिले न अगाउने नेपाल का खाते नेता हरु हो/

  15. के गर्ने हामी जनता आफै नै इ नेता हरुलाई चिन्न नसकेको कारण आज मोज मस्ती तिर लाग्दैछन तर हामी पनि बेवकुफ़ छैनौ निश्चित समयको प्रतिक्ष्यामा छौ….. नेता हरु साबधान ………………………..जनता जनार्धन हून ..

  16. राजाको पालामा जे गरे नी “माथि” भन्ने प्रचलन थियो| त्यही “माथि” को
    ज्यादतीले राजतन्त्रलाई घाटमा पुर्याएको सबैले देखेका छ|
    अब आएर यो को हो “मुनि” भन्ने?
    नेपालको राजनीतिमा जसले “प्रभु” भन्ने शब्दलाई नंया अर्थ दिए,
    बिडम्बना के भने उनी नै अहिले त्यही “प्रभु” मा निहीत, समर्पित र लिप्त
    देखिन्छन|
    जनताले चुनावमा फालेकाहरुलाई बिदेशी शक्तिले प्र. म. बनाउनपर्छ
    भनेर कीटेरै भन्दा पनि किन मौन छन् कनकजी र विजय कुमार जी जस्ता
    आफुलाई हस्ती सम्झने मेडियाजीविहरु?

  17. चुस्नु चुस जन्मभुमि लाई खुन आउने गरि चुस आखिर बाकी के नै पो राखेको छौ र ? किशोर तिवारी [अन्जान] झापा हाल मलेसिया |

  18. हे के पी अझै तिरस्कृत हुने मन छ .. येस्तई गरेउ भने अब जनताले जुत्ताको मालाले खुलामंचमा अभिनन्दन गर्ने छन् .. अनि गोपी सार्कीको जुत्ता सम्झे हुन्छ रामचन्द्र पौडेल… १८ पल्ट हारेर चित्त बुझेन है तिमीलाई…
    पीएमले राजिनामा दिंदा संबिधान आउने हो र अचम्म छ राजिनामा दियछी बाबुरामकै सरकारमा जाने अहिले जान मिल्ने… कति निच सोचाई छ तिमीहरुको … अझै यो फोहोरी खेल खेल्न छाड्दैनौ है .. धिक्कार छ तिमिहरुलाई…….
    के पी ओली, रामचन्द्र पौडेल अनि सिपि गजुरेल लाई नजरबन्द गर्न पर्छ जेस्ठ १४ सम्म .. अनि बल्ल संबिधान आउने कल्पना गर्न सकिन्छ |

  19. यी नेताहरुको राजनीति बुझिसक्नु छैन …संबिधान निर्माणको अन्तिम घडीमा किचलो ….वाह वाह !! मरन्च्यासेहरु …

  20. हात्ती आयो हाती आयो फुस्सा………….
    कतै बाट पनि कुरा मिल्दैन,अब संबिधान पनि बन्दैन निश्चित कुरा हो,अब संबिधान को आशा नगरे पनि हुन्छ,जेष्ठ १४ पछी देश द्वन्द मा फस्ने निश्चित प्राय छ,गर्नु गरे नि यी टाउके हरु ले,संबिधान सब्भाको नाम मा अरबौ रुपया खाए,अब ४ वर्ष लगाएर पनि संबिधान दिएनन भने चै यी सबै टाउके नेता लाइ देस निकाला गर्नु पर्छ…………………..

  21. उफ्फ नेपाल भन्ने देस पनि अर्ध भुटान जस्तो पो भै सकेछ ! त्यहि भुटान जस्तो बनाउन नपाएर पो पुर्व राजा ज्ञानेन्द्र लाइ खेदेका रहेछन ! हाकाहाकी देसको आन्तरिक मामलामा भारतीय हस्तक्षेप ? हिजो प्रचण्डहरुले ‘भारतीय विस्तारवाद ….मुर्दावाद’ भनेको हैन र ?

  22. कमजोड राजनैतिक दुरदर्शिता, देश र जनताप्रतिको जिम्मेवारी बोध कम, र भ्रस्ट सोचद्वारा प्रभावित निजी स्वार्थले प्राथमिकता पाए जुनै देशमा पनि हाम्रै नेपालको जस्तो राजनीतिक बातावरण बन्छ- चाहे त्यो बेलायत-अमेरिका होस् या अरु कुनै देश होस् ! अमेरिकाको जर्जबुश, बिल क्लिन्टन, बेलायतको टोनीबलेर, गोर्डन ब्रवन अहिले इतिहास भएर बसेका छन् ! चाइनाको जियानजिमिन्कै कुरा गरौ- वर्तमान चैनीज राजनीतिमा उनको भूमिका सुन्य छ ! माधब नेपाल, शुसिल कोइराला, देउबाहरु कहिलेदेखि नेपाली राजनीतिमा सक्रिय छन्? माधब नेपाल र केपी ओली चुनाबमा हरेक होइनन? भ्रस्टचार अभियोगमा जेल बसेका अपराधीहरुलाई डिस्काउन्टमा रिहा गर्ने यिनै गद्दारहरु नै हुन् ! त्यो बेला हामीले बिरोध गर्नु पर्थ्यौ, तर हामीले त्यसो गरेनौ, बरु फूलमाला र अभीरले अपराधीलाई स्वागत गरेउ !

    गतिशील सोच नभएका, निजी स्वार्थका लागी पद दुरुपयोग गर्न राजनीतिमा लागेकाहरुलाई हामीले सधै कदर गर्छौ ! बरिष्ट स्थान दिन्छौ- जस्तो बरिष्ट नेता केपी ओली ! गगन थापा सभासद हुन् ! दश बर्ष भैसकेउ उनले पढाई छोडेको-तर हामी उनलाई अझै बिद्यार्थी नेता भन्छौ ! समस्याको जरो नेता मात्र होइनन, हामी जनता पनि हौ !

    देशको उत्तम राजनीति जनचेतनामा भर पर्छ ! हामी चेतनशिल नबने सम्म हाम्रो देशको राजनीति यस्तै रहिरहन्छ !

  23. माथि लेखिएको सबै कमेन्ट आफ्नो आफ्नो ठाउँ मा ठिकै छ तर हामी जे सोच्दचौ त्यो भने अवस्य हुदैन ,हाम्रा इनी बेइमानी नेता ले देश लै जातीय द्य्न्ध लै आमन्त्रित गर्दै छन् तेसैले यो समय हामी हरु आफ्नो स्वार्थ भन्दा माथि उठेर देश (राष्ट्र ) को हितका लागि सबै नेपाली युवा साथीहरुलाई हात मा हात राखेर आगाडी बढ्नु को केहि विकल्प छैन.

  24. “ये बाबुरामजी पुगेन भन्या ! अब हामीहरुमध्ये कसैलाई देश लुट्न पाउनुपर्यो क्या !”
    – फोहरिहरु

  25. श्री पाँच बाट श्री दस बनेकाछन सालाहरु कत्ति मोज गर्नुछ गरे हुन्छ मौका आउँछ पर्खदैन देश लाइ सिकिम जस्तै गरेर दाइजो दिनेभो, कालान्तरमा मन नलागी कनै भन्नु पर्छ जय हिन्द !

    • Rckaranjit
      के गर्ने त मित्र, जय नेपाल भन्दा कांग्रेस भै हालिन्छ !!!!

  26. साथी हो यो धेरै राम्रो स्टेप हो यो कुनै सत्ता र मन्त्रि को लडाई होइन ..देश मा सबै लै मन पर्ने संबिधान त निसच्य नै बन्न सक्दैन यो अबस्थामा सम्पूर्ण पार्टी हरु मिलेर सरकार मा बस्ने हो भनि भोलि को स्थीति तेती नाजुक हुदैन जति मधेसी मात्रै हुन्छन..यो सकारत्मक हो र नेता हरु ले सत्ता लाई भन्दा देश लाई केन्द्र मा राखेर काम गरयौ भनि यो नै सबै नेपाली जात जति को मिलन बिन्दु को रुप मा उत्प्रेरित हुनेछ ….

  27. आधुनिक स्वोयत कोट पर्व भनेको येही हो / रात रहे अग्राक पलौचा भन्ने सोचमा सब प्रचण्ड,बाबुराम, सिटौला,माकुने र गच्छादार आफ्नो आफ्नो स्वार्थको रक्षा गर्न लागेका छन् / इतिशासको कोट पर्वमा तत्कालिन ब्रिटिश राजदुताबास रमिते थियो र जित्नेकोपट्टि सद्भाव राखी तेही अनुकुल आफ्नो स्वार्थ निर्धारण गर्यो / आज चै तेही लाइनचौरको भारतीय राजदुताबास रमिते मात्र नबनी आफ्नो राजनीतिक इन्जीनारिंगको सफलताको लाहा छाप लागौना तयार छ – को भित्रिया को बाहिरिया निर्दारण गर्न लागेको छ / भारतीय बुरोक्रेशीको सफलताको लागि पनि पक्का संबिधान बन्ने छ – धन्ना नमाने हुन्छ / प्रस्न यो हो कि यो सम्बिदान अर्को कति वर्ष टिक्छ भन्ने मात्र हो / आफ्नो महतोकांचा र देसको महातोकांचा एकाकार गर्न खोज्ने प्रितिवीनारायण, बिपी, महेन्द्र, कृष्णप्रसाद, गणेशमान तेसो नहुदा रास्तको महातोकासामा बेक्तिगत महातोकंसा कुर्बान गर्न तयार भारतको सरदार भाई पटेल, वा नेपालको किसुनजी जस्ता नेता नहुदा नेपाल पूर्व-उपनिबेसीकालको राज्यको राम्रो उदाहरण बन्ने भो /

  28. हाम्रो देश त धनि रैछ | जती नेता ले लुटे पनि नसकिने …………….

  29. फेरी कुरा मिलेनरे…….
    फेरी कुर्ची को लागि झगडा सुरु भयो रे…..

  30. कामकुरो यकातिर सरकारको लागि बालुवाटार तिर

  31. ए ने ता हो कहिले देस लाई कता लाने हो खालि कुर्सि को लाघि सम्झौता फेरी नाटक देखाउने भए i

    • राज्य पुनर्संरचना पहिचान र सामर्थ्यको आधारमा हुनु पर्छ |राज्य पुनर्संरचना गर्नु भनेको तल्लो तहसम्म शक्ति हस्तान्तरण गरेर राज्य सत्तामा जनताको सहभागिता सुनिश्चित गर्नु हो| अहिले राज्यका अधिकांश नागरिकहरुको हक़,हित,अधिकारलाई सुनिश्चित गर्नका साथै सम्मानजनक अधिकार दिलाई संपन्न नागरिक बनाउन दुई सय त्रिचालिस बर्षको एकल जातीय केन्द्रीकृत शक्तिलाइ बिकेन्द्रिकरण गरीनु पर्छ भन्ने बारे महत्वपूर्ण विषय बनेको छ । जेठ १४, घर दैलो संघारमा आई पुगेको छ, तर यो महत्वपूर्ण विषयलाई राजनितिक दलहरु अझै झुक्याएर देश र नागरिकलाई अन्योलकै भूमरिमा फसाउने चेष्ट गरी राखेको छ। साँडे दुई वर्षसम्म यो महत्वपूर्ण विषयलाई यी चारवटा दलका साँडेहरुको सत्ता दाउपेचको कारण समयमा निर्णय गर्न कन्जुस्याई गरी देशको मूल मुद्दाहरुलाई पन्छाएर आफ्नो स्वार्थमा लिप्स भए ।जसको परिणाम देशका नागरिकले राजनितिक दलहरु माथी बिश्वास गर्न छाडेर आफैले सिमाना कोरेर प्रदेश निर्माण गरी स्वशासन चलाउने निर्णय गर्न समेत तम्सिएका छन|

  32. अब संबिधान नबन्ला जस्तो छ. यी कुकुरहरु हड्डीको(मन्त्रिको) लागि लुछाचुडी गर्न थाल्छन कता संबिधान बनाउन तिर लग्नु!!

    श्री पशुपतिनाथले हाम्रो देशको रक्षा गरुन!!!!!

    • सुबेदी जी सायद नेपालको यो इस्थिती देखेर पशुपति नाथ पनि थाकी सकेका छन् र त फोहोर बागमती सिरानी हालेर उनि पनि भुसुक्कै निदाएका छन् .

  33. हाम्रो नेता हरुलाई मेरो सानु गीत ..गर्नु गरेयु नेता हरु देस लुटेर…….. संबिधान थाती राखेर ….. जनता को आखा मा खुर्सानी को धुलो छरेर ……

  34. देस अनि जनता लाई बोका बनाई मावोबादी अनि मदेशी मोर्चा ले भाग लगाई मजाले सुप बनाएर स्वाद ले खाई रहेका थिए अब ४ पार्टी सामेल भै जम्बो मन्त्रि परिषद बनाउदा बोका ले मात्र भाग न पुग्ला सुप खान तेसै ले रागो नै ठिक होला /तिमि हरु को लागि हामी अब बोका बाट रागो बन्नु तयार नै छौ /जे गरे पनि हुन्छ हामी लाई /सुप बनाए पनि र खेत मा जोताये पनि/हाम्रो कर्म नै खोटो रहेछ तिमि हरु भाग्यमानी भएर जन्मिएका रहेछौ,हामी अभागी/

  35. अब फेरी मलाई यो तलाई यो मन्त्रालय भनेर फेरी नाटक देखाउने भए…लुट लुट जति सक्छौ लुटी हाल…आखिर के थाहा “कल हो ना हो”

  36. मत्री र मन्त्रालय बाड्फाटमा अब फेरी कती लफदा भाईरहने हो संबिधान लेख्ने अन्तिम यो समयमा………

Comments are closed.