भारतीय राजदूत- पाँचौँ दल

हाम्रो प्रधानमन्त्रीका अगाडि उपरखुट्टी लाएर जुत्ता देखाएर बस्ने सोमत नभएका भारतीय राजदूत जयन्तप्रसादको फाइल फोटो

सहमतिका लागि हिजो प्रमुख तीन दल र मधेसी मोर्चा गरी चार समूहको मात्र बैठक बसेको होला भन्ठानेका थियौँ हामी लाटासोझाहरुले। के खाएर हुन्थ्यो, पाँचौँ दल पनि रहेछ। पाँचौँ दल चाहिँ अरु कोही नभएर भारतीय राजदूत जयन्तप्रसाद रहेछन्। दलहरुले आफै कुरा मिलाएका होलान् भनेको त पाँचौँ दलको दबाबमा पो मिलाएका रहेछन् कि के हो ? नत्र दिउँसोसम्म अविश्वास प्रस्ताव ल्याउँछु भनेर उफ्रिरहेका विपक्षीहरु कसरी लर्‍याकलुरुक भएर सहमति गर्न पुगेका त! सहमति हुनु, संविधान बन्नु राम्रै कुरा हो। तर विदेशीको हस्तक्षेप नेपालको आन्तरिक मामिलामा, अलि पच्दैन।

दलहरुको बैठकमा भारतीय राजदूत सक्रिय भएको बारे आजको कान्तिपुरले समाचार छापेको छ। समाचारमा भनिएको छ-

शीर्ष दलको बैठक हुनुअघि बिहान दाहाल निवास लाजिम्पाटमा सहमतिको गृहकार्यका लागि छलफल भएको थियो। त्यसमा दाहाल, प्रधानमन्त्री भट्टराई, कांग्रेस महामन्त्री सिटौलालगायत सहभागी थिए। उक्त बैठकमा भारतीय राजदूत जयन्त प्रसादको पनि उपस्थिति थियो। राजनीतिक भेटघाटमा दिनभर सक्रिय रहेका राजदूत प्रसादले उपप्रधानमन्त्री विजयकुमार गच्छदार र कांग्रेस नेता रामशरण महतलाई पनि छुट्टाछुट्टै भेटेका थिए।
indian

64 Comments

  1. भारत शक्ति शालि देश छ . त्यो आफ्नू कूट नीति अनुसार कार्य गर्छा अब , हामी हरु खाली भारत को निन्दा गरेर बस्छओं कि अरु कुने बीच को बाटो अनि राजनीतिज्ञ राम्रो परिणाम तर्फ लागओं ? हामी ले जति पनि निन्दा गर्दा भारत लाइ केहि फरक पर्दैन किन की नेपाली नेता हरु तेस्को चाकडी गर्छन. त हामी यो ब्लग मा उपाय निकाल्ने काम गरों. देश को ग्द्प
    कसरि बढ्होने त्यो काम गरों, यो हाम्रो नेता को प्रोब्लेम हो अनि भारत ले तेस्को फायदा लिंछा. यदि नेता ठिक छ भने तेस्ले फायदा लिन सक्दैन. तब हामी के गर्ने हो त्यो अब सोचों. मा आशा राख्छु कि मलाई reply पाइन्छा.

  2. Please see yesterday’s news and editorials in the Indian Express and the Hindu. You will be clear that RAW’s second man Alok Joshi was present at Baluwatar meeting. Nepali leaders are Managed and handled by Raw. As an Indian I feel ashamed of Nepali leaders and I am sorry to see some Nepalese supporting this. Guys wake up and stand against sell out leaders. Look for alternatives. Otherwise, your country will not be in the world map in next 20 years. Fight the slow poison of federalism and stand up against Prachanda. He can go to any extent for power.

    Indian Express: Around 9.30 pm on May 2, an excited Baburam Bhattarai called the Indian ambassador, Jayant Prasad, to say that hopes of his survival as prime minister were now high — other political parties, namely the Nepali Congress and the Communist Party of Nepal-Unified Marxist Leninist (CPN-UML), were likely to join his cabinet. Prasad rushed to the pre-midnight meeting at the prime minister’s official residence, where he was joined by Alok Joshi, second in command at R&AW. The duo’s presence at the meeting bear testimony to India’s high stakes in Nepal and in the faltering peace and constitution-making processes. But groups within major political parties have also been stung into protesting against “visible interference” in Nepal’s internal politics. India-watchers in Nepal also feel that this will be the last chance for India’s Nepal Policy of 2005, which advocated befriending the Maoists. They anticipate that the experiment will collapse if the Maoists fail to deliver the Constitution. So far, Prasad has stuck to the policy, even as the deadline for delivering the Constitution rapidly approaches. (There is a longer version if you want to see)

    The Hindu: Indeed, the constitution must protect minority rights within the new provinces regardless of which group forms the dominant community there. In a low-key but effective manner, India — led by an able ambassador — has played an enormously constructive role in encouraging all sides to come to a compromise. It must continue to engage with all actors, and put its political weight behind the new unity formation (By Prashant Jha, the new RAW agent in the cloak of Journalism)
    God save Nepal. Nepali People unite and stand up.

  3. नेपाली जनताप्रति प्रचण्ड-बाबुराम, कोइराला एण्ड कम्पनि र केपी-माधवको मोह भंग भैसकेको छ ! त्यसैले, भारतीय जयन्तप्रसाद पाचौ दलका नेता मात्र रहेनन् यिनीहरुका भाग्य निर्माता नै हुन् ! लाग्छ, यिनीहरु जयंताप्रसाद कै फमिली मेम्बर हुन् !

  4. हजुर ,पाचौ दल भन्दा पनि सबै दल को पति ‘सर्ब दलाधि पति ‘पो हुन् कि ?

  5. रास्ट्रिय स्वाधीनताको कुरो गर्दा “आफ्नो थैली राम्ररी बन्द गर्नु छिमेकी लाइ दोष नदिनु” भनि अर्ति झार्छन, अनि हस्तक्षेप् भयो भनि कुर्लनछन् यो नेपाली हरुको चाला पनि बुझ्नै सक्दिन मत |
    यो विषयमा सबैको एक मत हुना साथ् समस्याको समाधान हुन्छ | केहि समय उत्तरकोरियाको जस्तो नाकाबन्दी र सत्तो सराप चाही खेप्नै पर्ने हुन्छ नत्र भने यो हस्तक्षेप् सहनुको विकल्प छैन, धरातलीय यथार्थ यही हो | हामी जस्तो कम्जोर मुलुक अन्तर-राष्ट्रिय साम्राज्यवादको शिकार हुनु नौलो कुरा हुदै होइन |

  6. राति एक्लै भएको ठाउमा कपडा खोलेर भुस्तिग्रे लड़को लाइ बोलाउने अनि भोलि बलात्कार गर्यो भन्ने नेपाली नेता भनौदा बेस्या हरुको कुरै नगरम जस्तो लाग्छ, वाइयात !!

  7. प्रधानमन्त्रीको अगाडी धोतीले खुट्टा चडाएर nepal देस लाई हेपेको आफ्नो पदको ख्याल नराख्ने असभ्य धोती /

  8. साथीहरु, यी सबैको समाधान यौटैछ त्यो के भने हामी सबै नेपाली पार्टीगत घेराबाट मुक्त हुने अनि ससक्त नागरिक आन्दोलन चलाउने, कसो नहोला देशको भलो.

  9. देश मा सहमति भयो मन सारै दंग भयो, सहमति के को आधार मा भयो त भन्दा भारतिय राजदुत वा भारत को प्रतेक्ष्य उपस्थिति मा बच्चा लाइ हप्काको रुप मा भो भन्दा मन रंग खुइलिएको कपडा वा कागज जस्तो बिल्कुल निरास भयो. आज ति नेता हरु को मुख मा दुइ पाथी अझ मुरी मुरी थुक्न मन लाग्यो.थुक्क हुतिहाराहरु !!!!

  10. खुबै राष्ट्रियताका ठुल-ठुला भाषण ओकल्थ्ये त कुत्ता माओबादीहरू…औकात देखाउन थालेछ / धेरै पर्खनै परेन !

  11. देश सिक्किमीकरण बन्दै छ भन्नेहरुनै देशलाई सिक्किम बनाएर काजी लेन्डुप दोर्जे बन्ने होडमा छन/काजी बाबुराम बन्ने कि प्रचण्ड बन्ने यत्ति मात्र फरक हो/गणतन्त्र ल्याएउ भनेर गर्ब गर्ने दिन अब धेरै छैन/यो हामी नेपालीकै दुर्भाग्य हो/पुर्खाले सुम्पिएको सिंगो नेपाललाई हामीहरुले भरसक अरुकै भै सकेको पाउने छौ/त्यसबाट बचियो भने भुटान कम नेपाल त भै सकियो/अब टुक्रा टुक्रा भएको फेरी बाइसी चौबिसे रुपमै पाउने छौ / कुमति होस् बा सहमति आफै बसेर मिलाउन बन्दैन? यसका लागि भारतकै राजदूतको लालमोहर चाहिन्छ/धन्य बिदेशी दलाल हो/क्या गल्ति गरिएछ यिनको पछी लागेर/ठुलो पछुतो भयो /

  12. भन्न त मान्छेहरु त्येही १२ बुंदे को धेरै दुहाई दिन्छन. तर नेपाल को सर्भौम्सत्ता त त्येसैदीन भारतलाई बेचेका थिए तत्कालिन सात दल ले. जसले जति जसरि त्येस्लाई परिभाषित गरुन, त्यो नेपाल को इतिहास को एउटा कालो दिन नै हो. यो आज त्येसैको परिणाम हो. नेपाली जनताको अवस्था ” कठैबरा..अघि राढ़ी जनिना पछि राढ़ी मानिन बाग लग्यो घिच्यौना राढ़ी लागि चिछ्यौना” भन्दा रत्तिभर फरक छैन. जय भारतबाट आयातित सब्द “लोकतन्त्र”.

    यो लेख पनि मलाई सान्दर्भिक नै लग्यो. तपाईं नि पदने हो कि?
    http://www.ekantipur.com/nep/2069/1/19/full-story/347006.html

    • “भारतीय राजदूत ले भन्दछ भने अबिश्वास प्रस्ताव फिर्ता लिन र संबिधान घोषणा गर्न तयार छौ, नेपाली जनता ले पत्याएको पार्टी(जनमत पाएको) ले भनेको भर मा हुदेन” भनेर खड्के , चाकडी शिरोमणि राम्चंद्रे उफ्रिएपछि के गर्ने त?

  13. उहिले देखि नै देश भित्र को मामिलामा छिमेकि हरुको रुची ,सहयोग ,हस्तछेप हुदै आएको थियो र अनन्तकाल सम्म रहनेछ \यसलाई आफ्नो जनता र देशको हितमा कसरि बढी भन्दा बढी उपयोग गर्ने त्यो शाशक र राजनीतिज्ञको बुद्दि र स्वार्थ मा भर पर्छ \

  14. हामी नेपाली हरुको येस्तरी ब्रेनवाश भैसकेको छ कि अब विदेशी(DFID, United Mission to
    Nepal) ले दिएका व्हिस्की को नशामा युगौंदेखि एक-अर्कासंग विश्वमै अदितिय मित्रता गाँसेर बसेका आफ्नै बन्धुहरुको बिरुद्ध सोच्न र बोल्न थालिसकेका छौं. अनादिकाल देखि बसोबास गर्ने वासिन्दा, ५,००० वर्ष अघिका प्रतापी राजा जनकका सन्तान आदिवाशी नहुने, बिहान उत्तरबाट छिरे बेलुकी आदिवाशी भैसक्ने अनौठो नियम येहन बनैदैछा , तथ्यको अब केहि अर्थ रहेन; कुतर्क र मुड्कीको भरमा आफ्ना कुरा लागु गरुन खोजिंदैछा , भुरे-टाकुरे राजा बन्ने केहि स्वार्थी सपनाहरुको लागि सोझा जनताको समय र उर्जा बरबाद बनाउन पाइन्दैन. एक-दिन सबैका आँखा उघरिनेछां , तेतिबेला आफै बस्ने घरमा आगो झोसना खोज्ने यी दलालहरु जताबाट पालिएका हुन् ज्यान जोगाउन तेती भाग्नुपर्ने बेला औनेछा.

  15. हाम्रा नेताहरुले संबिधान होइन महाभारत पो लेख्दै छन् कि कसो ? त्यसो हो भने बढी समय लाग्ने भै हाल्यो नि !!

  16. एस लाई ‘आधुनिक उपनिवेश’ भन्छन क्यारे/पहिला ‘पररास्ट्र र रक्षा’ मात्र मागेको थियो रे अब त सप्पै……..थुक्क हामी….नेपाली को भबिस्य धोति भित्र…..ट्वाङ् sssss ट्वाङ् …..अबको ५० वर्ष मा नेपाली पासपोर्ट लिन दिल्ली मा लाईन लागिरा हुनेछन ////

  17. Salokya

    कृष्ण भारद्वाज, सिडनी अस्ट्रेलिया  

    हाम्रा नेताहरूले यो कुरा बुझेका छन, नेता तेसई भैदैन, अली अली दिमाग त छ यिनीहरु संग तेसैले नेतालाई बिना सीत्ती गली नगरम………तर भारतीय हस्तछेप बढ्दै  छ अहिले !!!

  18. भारतको चर्काे बिरोध गरेर नथाक्ने माओबादीको पनि पारा देदियो । नेपाल बाट राजसंस्था त सखाप पारे तर मुख्य राजा चै ज्यू का त्यू नै रहेछन । अझै पनि अरुको ईसारमा चल्न छोडेका रहेनछन है नेताहरु । दिन भर उफ्रेका नेता एकाएक किन पछारिए भनेको त महान देशको महान ब्यक्ति पो रहेछन अगाडी प्रचन्डले आफ्नै निबासमा बोलाएर सरकार टिकाई छाडे बधाई छ । माओबादी लाई सरकार टिकाउन भारतको सहयोग लिएकोमा अव कसैले पनि सिर उठाएर भारतको बिरोध गर्न नसक्ने भए ।

  19. येत्रो तातो न छारो को कुरा गरिरा के गर्नु त नेपाली नेता ले मिलाउन नसकेको काम कमसेकम भारत को राजदुत ले त मिलाइदियो येस्मा चै भारत लाइ नकारात्मक रुप मा हेर्न मिल्दैन है साथी हो हाम्रा नेता भनौदा हरुमा त सधै जुँगा को लडाई त हुन्छ नि अनि घरकै भाइहरु लडेपछि छिमेकि त मिलाउन आइहाल्छ नि कि कसो त !!

    • म तपाइको कुरा संग सतप्रतिसत सहमत छु ! यिनीहर ले चाहे भने १४ मात्र होइन ७५ जिल्ला लाइ नै राज्य बनाउन बेर छैन ! खोपडीमा के छ कुन्नि ,कसले पैसा दिन्छा ! कसरि विकास गर्ने हो ! अहिले को समय मा साम्यबाद को कुरा गर्छन , सरकार ले सबै कुरा दिन्छ भन्ने भ्रम पाल्छन !येसरी कहिले विकास हुन्छ ?

  20. अब सबै समस्याको जड पता हुँदै छ/ त्यो के भने हामी संग एक सार्बभौमसत्ता सम्पन्न राष्ट्र हुनको लागि आबस्यक मुख्य कुरा- राजनेता- को अभाब छ/ हाम्रो संस्कृति, भूगोल, इतिहासको जतिनै बखान गरे पनि “राजनेता” बिना सहि मानेको सार्बभौमसत्ता सम्पन्न राष्ट्र हुँदैन/ नेपालको राजनीतिमा राजनेताको हैसिएत भएका नेता बिपी र महेन्द्र मात्र थिए/ तर नेपालीको दुर्भाग्य नेपालको आधुनिकताको अभियान यो दुइ राजनेताको द्वन्दले विचमै तुहिन पुग्यो/

    त्यस पछिको राजनीतिले राजनेता जन्माउन सकेन/

    महेन्द्रका छोराहरु मण्डलेको सेवामै मख्ख परे/ बीपीका चेलाहरु गिरिजाको हबल्दारी आदेसले थला परे/ नेपालका बामपन्थीको के नै कुरो गर्नु र?

    अहिलेका ठुला दलका मुख्य नेता भनिएका “सडक छापे” हरु बाट के नै आस गर्न सकिन्छ र? बिदेशी राजदुतलाई यिनीहरुले आफ्नो बेडरुम सम्म पहिलेनै पहुँच दिई सकेका थिए/ अब त राष्ट्रिय अस्मितालाई नै यिनीहरुले बेची सके/ थुईक्क नालायकहरु?

    यस्तो लाग्छ कि, नेपाली भन्दा सिक्किमीहरु बढी स्वायत्त छन, राजकीय मामलामा/ कमसेकम सिक्किमको मुख्य मन्त्रि को हुने भन्ने कुरो भारतको सहसचिव स्तरको कर्मचारीले निर्धारण गर्दैन/

    त्यसैले बरु “एक देश एक प्रदेश” को नारा लगाउदै छिमेकी मै मिसिने हो कि? रखैल हुनु भन्दा त श्रीमती हुनु नै बेश होला नि?

    • सन्दिप ज्यु
      तपाईंले पहिलो हरफमा नेपालमा एउटा राजनेताको खाँचो भयको भनेकोसहि हो/तर तपाईंको प्रतिक्रियाको अन्तिम हरफ “रखैल हुनु भन्दा त् श्री मति बन्नु अत्यन्त आपति जनक छ/ तपाईंको यो वाक्यले तपाईंको ‘स्वतन्त्र नेपालको स्वतन्त्र नागरिकको गौरवलाई थकायको देखिन्छ/

      मित्र सन्दिप, न थाक्नुस यति कुरा बुझ्नुस कि नेपालको राजतन्त्र जस्तो संस्था त् हटियो हटाईयो भने ईनिहरुलाई ठिक गर्ने हटाउने कुनै शक्तिको उदय यक दिन पक्कै हुनेछ/ त्यो दिन नै नेपाल र नेपालीको निमित साँच्चैको बिहानी हुनेछ/

      अहिले नेपालमा लामो मध्यरात चल्दैछ र यो नेपाल दिउसै अँध्यारो बनाईयको मध्यरात हो/ यो पनि हट्छ आत्मबिस्वास बलियो बनाउनुस/ नेपालमा दिउँसै अँध्यारो बनायर ई नामधारी नेताहरु आफ्नो अस्मिता ईज्जत पस्केर समागमको राजनैतिक खेल खेल्दैछ/ ईनिहरुले यसलाई जे सुकै नाम दिय पनि ईनिहरुको यो मात्र राजनैतिक समागमको खेल अर्थात ” prono – plotics ” हो/ यस्ता कुर्सिको लागि जो सिट पनि समागम गर्न तयार हुनेहरुलाई हामि मात्र राजनैतिक बेस्या भन्न सक्छौ नेता भन्न सक्दैनौ/

      तपाईंले सिक्किमको उदाहरण दिनु भयो/ सिक्किम को लेंग्दुपे ले पनि सिक्किममा प्रोनो पोलिटिक्स को खेल खेलेर सिक्किमलाई भारतको रखैल बनायको थियो/ पछी लेंग्दुपेको सिक्किम आफुलाई रखैल बनाउने भारत कै श्री मति बन्न गयो/ तर त्यो लेंग्दुपे को सिक्कम थियो/ यो हाम्रो नेपाल हो यहा हामि कुनै लेग्न्दुपे लाई अर्को चुनावमा शिर उठाउन दिने छैनौ/

      • “नेपालको राजतन्त्र जस्तो संस्था त् हटियो हटाईयो भने ईनिहरुलाई ठिक गर्ने हटाउने कुनै शक्तिको उदय यक दिन पक्कै हुनेछ/ त्यो दिन नै नेपाल र नेपालीको निमित साँच्चैको बिहानी हुनेछ….” भनेपछि नेपालको सन्दर्भमा राजतन्त्र अपरिहार्य थियो भनेर भन्न खोज्नु भएको मदनजीले ? वा मैले गलत बुझें ?

        • शसांकज्यु
          मेरो वाक्यको यो अर्थ तेस्तो थियन तर शसांकज्युलाई मेरो बाक्यको आफ्नै अर्थ लगाउने अधिकार छ पनि छ छुट पनि छ/ मित्र तपाईंको राजनैतिक बिचार म राम्रै बुझ्छु र तेस्को कदर पनि गर्छु/ तपाई साँच्चैको र सच्चियको मावोबादीको समर्थक हो/ अझै यो भन्दा गहिरो भाखामा भन्ने हो भने तपाईं साम्यवादमा बिस्वास राख्ने मित्र हुनु हुन्छ, यदि तपाईं प्रति मेरो यो धारणा गलत छैन भने म तपाईंको सेरो फेरोमै भेत्तिने देखिने व्यक्ति हो/ तर मधेश वादको निमित, मावोको फ्रेम भित्र मन मोहनको तस्विर राख्ने मावोबादी हुनु हुन्छ भने हाम्रो बिचार र बाटो फरक हुनेछ/

          जनयुद्ध भारतीय बिस्तारबाद मुर्दाबाद भन्दै गर्ने
          नारा किचियको नेपालको मुक्तिको निमित भन्ने
          चुनावमा मत “हामि नेपाली” हौँ भन्नेको बटुल्ने
          अँगालो नेपालीलाई धत् पहाडी भंन्यलाई लगाउने
          नाम मावोको काम मनमोहनले भनेकै जस्तो गर्ने
          यस्तै मावोबादीको बिरोध गरे बिरोधि ठान्नु हुन्छ?

          • मदनजी! मेरो बारेमा तपाइले राख्नु भएको ठनाइ सोह्रै आना सहि छ भनेर भन्न मलाइ केहि हिच्किचाहट छैन| म माओवादीको चौअन्नी सदस्य पनि होइन र उनीहरुले गरेका आतंककारी गतिबिधिप्रति मेरो ठ्याम्मै समर्थन छैन| तर उपेक्षित जनजातिलाई उकास्न उनीहरुले प्रस्तुत गरेका धारणाहरुलाई म स्वागत गर्छु| यसमा उनीहरुको राजनीतिक स्वार्थ पनि छ भन्ने कुरा पनि मलाइ राम्ररि थाहा छ| तर कुरो त उनीहरुले जोडतोडले उठाएका छन् र केहि न केहि मात्रामा सम्बोधन अवश्य हुन्छ भन्नेमा म पूर्ण बिश्वस्त छु| अर्को कुरो माओवादी पार्टी आदर्शवादी पार्टी हुँदै होइन| अहिलेको नेपालमा सबभन्दा नराम्रो मध्ये यो राम्रो पार्टी हो| कार्ल मार्क्सले प्रतिपादन गर्नुभएको समाज बिकासको बैज्ञानिक सिद्वान्तको म पक्षधर हुँ| हाम्रो नेपाल पनि मार्क्सले देखाएको बाटोमा गइ शुरुमा पूंजीवादको बिकास गरि समाजवादमा फडको हान्नुपर्छ भन्ने मेरो मान्यता छ| त्यो समाजवाद मे देख्न नसकुँला तर आगामी पिढीले देख्न सक्नेगरी अहिलेकाले जग बसाउनु पर्छ भन्ने मेरो ठनाइ छ| मधेसवाद राजनीतिक जोड घटाउको कुनै प्राविधिक पक्ष हुनसक्ला| यसको औचित्य संधै रहिरहन्छ भन्ने पनि छैन| भौगोलिक कारणले गर्दा हाम्रो देशको कुनै भाग बिखन्डन भएर चीन वा भारतमा गाभिने हौवा बेकार हो|

            • लेख्दा लेख्दै दुइ चिज अनर्थ हुन पुगेछ:
              १ नराम्रो मध्ये सबभन्दा राम्रो पार्टी हुनुपर्नेमा सबभन्दा नराम्रो मध्य ..हुन पुगेछ
              २ चीन वा भारतमा गाभिन सक्दैन हुनुपर्नेमा अन्यथा भएछ|
              * भारत परस्तकै कुरा गर्दा राजतन्त्रको पुनर्स्थापनाको लागी ज्ञानेन्द्र शाहले बेला बेलामा गरेका भारत भ्रमण र बिजेपी लगायतका सहजकर्त्ता र मध्यस्थकर्त्ता मार्फत गरेका पहलुहरुलाई चैं के भन्ने? आखिर भारत बिना राजाहरुको पनि दाल गल्दैन रहेछ नी ! अनि गणतन्त्रेहरुमाथि मात्रै किन अत्तो थाप्नु !? यसो भन्दैमा भारतको अगाडी लम्पसार पर्नै पर्छ भन्न खोजेको होइन| भारत हाम्रा लागी एउटा अभिशाप हो, दशा हो र गलगाँड हो |

              • शसांकज्यु
                तपाईंलाई चिनेको जानेको व्यक्तिलाई तपाईंको सब्दमा भयको गल्तिको स्पस्टिकरण गरि रहनु पर्दैन/ अहिले
                माईसंसारमा कसै कसैले राजाको परिकल्पना गरेको छ/ तर उनीहरुको कल्पनाको राजा “कुनै ज्ञानेन्द्र गिरिजा जस्तो चाहि हुनै सक्दैन, बरु अलिकति बिरेन्द्र अलिकति अस्तिको प्रचंद्र (अहिलेको होईन) जस्तो चाहिं हुन् सक्ला हुने है/ यसैकारण म तिनीहरुको कल्पनाको राजाको तेती बिरोध गर्दिन/

                हामीलाई पुतली रास्ट्र प्रमुख चाहिंदैन/ हामीलाई भारतलाई ससुराली मावली बनाउने रास्ट्र प्रमुख चाहिंदैन/ हामीलाई रास्ट्र प्रति ईमान्दार, रास्ट्रिय स्वाभिमानलाई मनमोहनको पाउको जुत्ता नबनाउने कार्यकारिणी अधिकार भयको रास्ट्र प्रमुखको आबस्यकता छ चाहे तेस्को नाम जे सुकै होस्/

            • शसांकज्यु/
              खुसि लाग्यो है तपाईंको बिचार सुनेर/ अब हाम्रो बिच बहस होईन सल्लाह हुनेछ/ सुरुवात मै गर्छु म ढिलो चांडो हटिने राजतन्त्र हटाई सकेर पनि फर्काउनु पर्ने स्थिति नआवस भनि कामना त् गर्छु तर नेताहरुको यहि ताल रही रह्यो भने हाम्रो राजा फर्काउनु नपरुन भन्ने पर्ने कामना राजा नै फर्के हुन्छ भन्ने धारणा बन्न जाने परिस्थिति देख्दैछु/ यो कुरामा आसा कै कुरा गर्ने हो भने ई कहिले नसुध्रिने प्रबिती भयका नेताहरु बात कतिन्जेल आसा गर्ने हो यहि कुरा ठम्याउन सकिरहेको छैन/

              अब जातीय राज्य संरचना बनेमा पिसियको जनजातिहरुको उठान हुन्छ कि भन्ने धारणाको बारेमा/ बिगतको शासकहरुको गल्तिको कारण आम जनजातिहरु जति योग्य बन्न सक्नु पर्ने थियो तेती बन्न सकेन/ फेरी नेपालको भू बिशेसताको कारण, जनजातीयहरु बस्दै आयको भूमिमा रास्ट्रिय श्रोतहरुको अभाव छ/

              कुनै पनि जातिको राज्यको बिकास गर्न श्रोत र योग्यता दुवै चाहिन्छ/ तर जनजातीय बस्तिहरुमा तेसै कुराको अभाव छ/ तराईको जनजातिहरु भन्दा पिडित शोषित जनजातिहरु अधिकांस त् पहाड हिमालमै बसोबास गर्छ/ पहाड हिमालमा तराईमा भन्दा भूमि र श्रोतको कमि छ/ हिमालमा सहरीकरण, औद्योगिकरण व्यापारीकरण गर्नु सहज काम होईन/ त् के साधन श्रोत र भूमिको अभाव भयको थाहूमा जातीय राज्य बन्दैमा विकास होला?

              अब समस्त श्रोत समेतियाको तराईमा मधेसीको के दावी छ र के माग्दै छ शसांकज्युलाई भनिरहनु पर्दैन/ यस्तो परिस्थितिमा सबै राज्यहरुको बाच्ने आधार र श्रोत समेतियाको तराईलाई पहाडी हिमालीलाई सत्रु ठान्ने मधेसीको हातमा सुम्पे के हुन्छ त्यो सोच्दैमा भयबाह छ/ म जातिर राज्य अहिलेको लागि उपयुक्त नभयको तेसै कारणले ठान्छु/

              नेपाल एउटा संयुक्त रास्ट्र संघको सदस्य देस भयको कारण भारतले चाहँदैमा गप्लाक्क निल्न त् सक्दैन तर भारतीय बन्नमा रमाउने मधेशबादीहरुलाई आत्म निर्णयको अधिकार दियमा संयुक्त रास्ट्र संघको सदस्यताको कवचले नेपाललाई बचाउन सक्दैन/ उदाहरण युगोस्लोभाकियाकै लिया पुग्छ/ यसै कारण मधेशबाद मनाउन मावोबादी बनेकाहरु सिट हामि सतर्क रहनु पर्छ/

              आफुलाई नेपाली मान्ने र नेपाल सबै जातिको साझा मान्नेहरुको जातीय राज्य बनेमा फरक पर्दैन तर मधेशको श्रोत मात्र मधेसीको भन्नेहरुको तराईमा आत्म निर्णय गर्न सक्ने राज्य बनेमा त्यो रास्ट्र टुक्रिने कारण बन्न सक्छ/

  21. क्यार्नु ! आफ्ना माइबाप नभई कांग्रेस, एमाले अनि कथित मधेशी मोर्चाका भैयाहरूको भात त पच्दैन भने यो त भात कसरी बनाउने भन्ने किताब लेखिने कुरा हो, बोलाउनै परो नि !

    • पुष्प जी,

      एनेकपा, माओबादीको नाम त छुटे छ नि, टाईप मिस्टेक होला हगी?

      • पुष्प जी ले टाईप मिस्टेक गर्नु भएको छैन सन्दिप जी…..किन कि भारत र माओबादी एउतै कित्ताका हुन्, बाबुराम बिरुद्धको अबिस्वाश प्रस्ताब फेल गराउने उनई जयेंत प्रसाद त हुन्…अब त्येसको बदलामा भारतलाई के के दिन्छन जेठ १४ अगाडिनै थाहा हुन्छ, बिहे गराउने लमिलाई त लुगा फाटो दिएन्छ भने उनि त आफ्नो कुर्शी जोगाउने पो परे….२-४ नदीनाला…१०-१५ हजार एकड जमिन बोर्डेर तिर …..अन्त्रराष्ट्रिय विमानस्थल…स्वयेत्तअदिकार सहित को संघियेता…….आदि जिम्मा लगाउछन कि……हेरौ…

    • नाच्न सक्तैन आँगन टेढो ???!!!
      प्रचण्ड महलमा भारतीय राजदूतको उपस्थिति प्रथम पार्टीको रुपमा भईरहेको
      देख्दा देख्दै पनि किन पुष्प जी तपाईमा यो बिघ्न प्रचण्ड भक्त ???
      तपाई साच्चैको सोझो हो कि बाङ्गो मान्छे हो ?!
      कति अरुलाई दोष दीराखने भन्या ! ???
      त्यसरी भारतीय राजदूतलाई प्रथम पार्टी ( अघोषित राजा नै भन्दा के फरक भो र
      भारतीय राजदूतले त्यस्तरी निर्णायक भूमिका निभाउने भएपछी ) नै बोलाउनु पर्ने
      स्थिति नै नबनाको भए हुन्नथ्यो यदि हाम्रा प्रचण्ड हरु मा त्यो खुबी थियो भने ???
      भोलि हामीलाई पछुताईको रुवाई रुन नपरोस् — पछुताईको रुवाई एकदम पिरो
      हुन्छ पुष्प जी —-

      • असारमा आँखा फुट्या गोरुले सधैँ हरियो देख्छ !
        लुनाजीले सधैं किन सबै औंला बराबर देख्नुहुन्छ !? किन सबै दाजुभाइ एकै खालका देख्नुहुन्छ ? के एउटै हत्केलामा चोर औंला छ भन्दैमा सबै औंला चोर हुन्छ ? के एउटै घरमा बस्यो भन्दैमा एउटा फटाहा छोरा फटाहा भन्दैमा सबै छोरा फटाहा हुन्छ ? लुनाजी, भारतको चुरीफुरी अहिलेको होइन ‘उहिले’को हो । मने राजतन्त्रकै पालादेखिको । यसलाई समयानुसार कसरी ‘ह्याण्डल’ गर्ने भन्ने कुरा माओवादीबाहेक अरु कसैले जानेको छैन; यति त म ठोकुवाका साथ भन्छु, मान्ने/नमान्ने, पत्याउने/नपत्याउने तपाईंको कुरा । बस यत्ति भन्छु धैर्य गर्न सिकनुस्, यसको विकल्ल हामीसँग छैन । अदृश्य भइसकेको भूतको भर नपर्नुस् !

        • “यसलाई समयानुसार कसरी ‘ह्याण्डल’ गर्ने भन्ने कुरा माओवादीबाहेक अरु कसैले जानेको छैन”…पुष्प जी को यो कुरो भने चित्त बुझ्यो है!

          नेपालको सन्दर्भमा ‘ह्याण्डल’ को अर्थ ‘दलाली’ हो भन्नेमा त बहस गर्नु पर्छ र? बरु बाबुरामको तहको ‘ह्याण्डल’ भने अत्यन्तै तुच्छ र निकृष्ट ‘दलाली’ देखिन्छ, जे एन यु को करामत होला!

          • दलाली कसले गरिरहेको छ भन्ने कुरा त देखिइरहेकै हो । बरु प्रमाणित त केही समयमा अवश्य हुने नै छ । त्यसैले भनेको अहिल्यै प्याच्च नथुकौं, आफ्नै मुखमा फर्केला; यहाँ धेरैको धेरैचोटि फर्कि पनि सकेको छ ।

        • हो हो कुरो सहि हो, अस्ति भर्खरै बंकर युद्ध गरेर आका प्रचण्ड कामरेड अस्ति भन्दै हुनु हुनुहुन्थ्यो भारत बेगर शान्ति स्थापना हुन् सक्दैन भनेर | आफ्नै देशका प्रधानमन्त्रीसहितको एउटा मुख्य बैठकका लागी लाजिम्पाटबाट सिंह दरबार हिडेका प्रचण्ड बा जयन्त प्रसाद घरमा पुगेको खबर बीच बाटोमै सुन्ने बित्तिकै गाडी घुमाउनेले भारतलाई राम्रै ह्यान्डेल त गर्छन जस्तो हामीलाई लागी राखेको छ |

      • लुना तथा संदिपजी! नेपालमा भारतको हस्तक्षेप, हेपाइ उहिले देखि नै हो | हुकुमीतन्त्रताका त्यो हस्तक्षेप अपारदर्शीरुपमा हुन्थ्यो भने अहिलेको खुलातन्त्रमा यो पारदर्शी भएकोले धेरै भएको जस्तो देखिएको मात्र हो | पंचायतकालमा नेपालको उत्तरी सीमामा नेपालकै भूमिमा भारतीय सैनिक सहितको भारतीय चेकपोष्ट थियो भन्दा नयाँ पिढीले नपत्याउला! तर यो यथार्थ कुरो हो| हस्तक्षेपको पराकाष्ट होइन यो ? बिगतका शासकले भारतसंग अडान लिन्थे भन्ने कुरा त फगत बकबास हो| भारत बिरोधि नेपाली सेन्टिमेन्टसित खेल्न मरिचमानहरु देखि लिएर खडग ओलीहरु पनि शुरु शुरुमा भारत बिरोधि चर्को नारा दिएर उफ्रेकै हो क्यार ! पछी नसकेर लुत्रुक्क परेका त हुन्| माओवादी पनि अछुतो छैन| यो जटिल जेलिएको राजनीति को जालो पार गर्न मै हुँ भन्ने मानिसलाई पनि गाह्रो हुन्छ| तर लुनाजी र संदिपजी पाखुरी सुर्काउनु चैं नछोड्नु होला!

      • भारत परस्तकै कुरा गर्दा राजतन्त्रको पुनर्स्थापनाको लागी ज्ञानेन्द्र शाहले बेला बेलामा गरेका भारत भ्रमण र बिजेपी लगायतका सहजकर्त्ता र मध्यस्थकर्त्ता मार्फत गरेका पहलुहरुलाई चैं के भन्ने? आखिर भारत बिना राजाहरुको पनि दाल गल्दैन रहेछ नी ! अनि गणतन्त्रेहरुमाथि मात्रै किन अत्तो थाप्नु !? यसो भन्दैमा भारतको अगाडी लम्पसार पर्नै पर्छ भन्न खोजेको होइन| भारत हाम्रा लागी एउटा अभिशाप हो, दशा हो र गलगाँड हो |

    • भन्ने नै हो भने माओबादीको लागि भारत त कांग्रेस, एमाले र अन्य दललाई साक्षि राखेर १२ अध्यायको गरुड पुराण लगाएर तिथि श्राध्द र दान भेटि चाहिं नेपालमै लिनु भनेर बैतरिणी पार गराउने बाजे हो.. ! यात्राको ख्यास ख्यास कुरा गरिराको……

      • वैतरणी तराउने त्यति नै ल्याकत भएको त १५ हजार वैतरणी तर्ने नै थिएनन् । भुत्रा कुरा गर्नुको तुक छैन ।

  22. जनयुद्ध अघिको होईन १२ छ्याके मावोबादी
    मदन भण्डारीको होईन ओलि-माधवको यमाले
    गणेशमान कृष्णप्रसादको होईन गिरिजाको कांग्रेस
    ईनिहरु सबै माधेश्बाद्को नाटकमा नचाईने पात्रहरु हुन्/

    ईनिहरुको सरकार पनि स्वतन्त्र नेपालको सरकार होईन,
    ईनिहरुले जारि गर्ने संबिधान पनि ईनिहरुको आफ्नै होईन
    ईनिहरुले संबिधान बनाउने होईन बनि सकेको जारिगर्ने मात्रै हो
    संबिधानसभा त् सकल हिन्दीमा भयको नेपालीमा अनुबाद गर्ने मात्रै हो/

  23. पूर्णरुप हाम्रा प्रिय नेताहरुले नेपाल माथि भारतीय हस्तक्षेप निम्त्याएका कुरा सच्चा देश भक्त कुनै पनि नेपाली बाट लुकेको छैन! हतियार को राजनीति हाबी भएको बेला जीउधन को सुरक्षाको निम्ति पनि सोझा नेपालीहरु चुप लागेर बस्नु बाहेक अब हामी संग कुनै विकल्प छैन!

  24. भारतीय राजदूत पाँचौ दल होईन प्रथम दल भई’राको कुरा त अब प्रस्ट भो नि
    हैन र ? यसरी भारतीय हस्तछेपलाई चरम बनाउनुथ्यो र त राजसस्था समाप्त पार्न सफल भए यिनीहरु – –
    त्यसै कमल थापाहरु रोईरहेका होईनन् ‘ राजसस्था राख्ने कि नराख्ने बारेमा जनताले फैसला गर्न पाउनु पर्छ ‘ भनेर !
    नेपालको राजनीति अति सम्बेदनशील समयमा पुगिरहेको बेला प्रचण्ड महलमा भारतीय राजदूत सहितको बार्ता —- ? त्यसको लगत्तै दुनिया जनताले सोच्न सम्म न्भ्याईराखेको ‘ राजनीति नतिजा ‘ — ?
    गणतान्त्रिक लोकतन्त्र भारतीय राजदूतलाई राजा सरह बनाउन आ ‘हो ???
    देखिरा’छौ हाम्ले भोलिको नेपाल ———————————- —- —-
    भारतको स्वशासित नेपालको नागरिक बन्नु जाति कि संबैधानिक राजतन्त्र मार्फत
    हाँकिएको स्बतन्त्र मुलुक नेपालको नागरिक बन्नु जाति ???
    अझै पनि ढिलो भा’छैन राजा ल्याउ देश बचाउ !
    नत्र भने हामी संग छैन क्यै उपाय — देखि हाल्नु प्रचण्ड महलमा भारतीय राजदूत — —

    • रास्ट्रीयताको माला जपाई धेर नगर्दै राम्रो कि ? जिन्दगी येही जप्दा जप्दै सकिन लागि सको | अब त लोकतन्त्र संगै जाइयेला जस्तो छ | प्रजा र जनतालाई उपयोग गरेर उनीहरुकै घोडा चढ्न प्रयोग गरिने एस्तो रास्ट्रीयता र लोकतन्त्रको के काम जो एउटा नागरिकले बाचुन्जेल उपयोगनै गर्न पाउदैन | बाउ बाजे भन्थे लगन पछिको पोते, चाइएको बेला उपयोग गर्न नसकिने बिध्या, बाली न उब्जीने खेत, न काट्ने खुकुरी, सुकेको खोलो …… यिनको केहि काम छैन | अब कती खाइने भो Thumbs Down ……………………

      • केदार जी
        सिधै भन्नुस न भारतको छत्रछाँया मुनि बसे टन्न मासुभात रसबरी पेटभरि खान
        पाईन्छ —
        माफ गर्नुस मैले मन दुखाए कि तपाईको !
        सास रहे सम्म आश भन्छन् केदार जी हिक्मत नहार्नुस ——————

        • पुर्खा बितिसको आशा गर्दा गर्दै, बि.स. १९८७ सालमा जन्मेका बाउले २०२४ सालमा राजाको भासणमा पिच बन्छ भनेको सुनेर किनेको बाटाको छेउको जग्गा आज सम्म जस्ताको तस्तै छ | ६० सालमा बितेका बाउले सपना संगै लिएर गए गए उनका नाती पनातिले बर्षाको बेला हिलाम्मे त्यो बाटोको कती आश गर्ने हुन् थाहा छैन | बिकास त तेस्तै भयो भयो २००७ देखि आज सम्म कुन चाई कर्म भारत र भारतीय राजदूतको सहमती बेगर भाका छन्, अझ झन् हिजो आज त | अब त प्रधानमन्त्री हुन र टिक्न भारतको समर्थन नभई नहुने भैसकेको कुरा बंकर युद्ध गर्ने माओबादी र प्रचण्ड सम्मले बुझिसकेको कुरा दोहोर्याउनु पर्दा दुख लाग्छ | अझ केही नलागेर राजतन्त्र पुनर्स्थापना गर्न ज्ञानु बा पनी उतै धाउन थालीसके | भारतीय राजदूतको इशारामा यो देश चलेको छैन भनेर कसिले भनोस उसको मुखमा घिउ र भात | हाम्रा सबै राजनैतिक सबै पार्टीहरु आउदो बर्सौ वर्ष प्रभुको इशारामा चल्दैनन् भनेर कसैले ठोकुवा गर्न सक्लान ? अब को बाट के के आशा गर्न सकिन्छ र कहिले सम्म गर्ने हो त्यो त बिस्तारै देखिदैछ |

          माथि सन्दिप शर्माले भनेको कुरा सारै घत लागो !!!! आखिर उनीहरुबाटै साशित हुनु हाम्रो नियति हो भने सह-सचिब स्तरको राजदूतबाट किन साशित हुने … ????

      • Thumbs Down को चिन्ता किन गर्ने सहि कुरो बोल्नलाई हाम्रो बानि या बाध्यता नै भनोउ यस्तो छ कि मैले येसो भन्दा सबै खुसि हुन्छन भने भन्ने खुसि हुदैनन् भने चुप बस्ने “बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड” आखिर धोतीको फेटा बाध्नु नै नेपालीको नियति रहेछ किन २४३ वर्ष अघि बाधियेना? जब तेतिखेर नेपाल एकीकरण भयो हालको गोर्खा जिल्ला बासि बाहेक अरु सबै नेपालीहरु परअधिन या पराधिन भयकै हुन् (दिमाख लगाउ लाटाहरू) आखिर नेपाल एकीकरण पछी नेपालको आर्थिक सामाजिक पक्ष बलियो भएको भए तेस्को गुनगान गाउन पनि सुहाउने हो तर अझै पनि धोतिको फेटा “उफ कस्तो गन्हाउने”

        अब पनि खास नेपालीहरुले बुझ्न जरुरि छ व्यक्ति भन्दा कामलाई हेर्न नत्र …………………………………………..खाइस ………………………………..

      • जन्म त् कहीं पनि हुन् सक्थ्यो, तर जन्मे त् नेपालमा
        नाम कस्ले के राख्यो भन्दा आफु नेपाली भयकै ठुलोभो
        सुर्य चन्द्र उदायको म यहि देख्छु त् नेपालनै बिस्व भयो
        खायको खेलेको यहीको माटो हो त्, बाआमा नेपाल भयो/

        मैले कतै सुनेको व्यक्तिको बिचारले देसको सिमाना कित्छ
        नपत्याय हेर्नुस त् जातको कुरा गर्नेको नेपाल कति सानोछ
        नेपालको नेता नेपालीले बनाउन्द्छ, बिदेसिले बनाय कमारो
        चिन्नु परे हेर्नुस को कोले जावो राजदुतको पाउ मोल्दै गरेको/

        कमारो चिच्याई चिच्याई बोल्दछ, त् हामि गर्जने पर्यो नि मित्र
        हिमाल पहाड तराई मिले नेपाल, जातजातिका सबै मिले नेपाली
        हाम्रो निमित हामि बाटै चुनिने ब्यबस्था लोकतान्त्रिक ब्यबस्था
        फुच्चे राजदुतले थम्यायको ‘तन्त्र’ मात्र सिक्किम बनाउने ‘मन्त्र’

    • नालायक नेताहरु सत्ता र कुर्चीको खुट्कोले सास नगएर घिटीघिटी परिराछन ! बैतरिणी गराउन आको होला नि तिनका बाजे.!

  25. खोइ त अमरेश कुमार सिंह को नाम छुतेछा ऋषि धमला जस्तै यो पनि त इन्डियन दलाल हो नि

  26. ठुल्दाई भय पछि त अलि अलि गरि हाल्छन नि | हाम्रै नेता चोर छन् | हिजो देखि त्यो पूर्व तिर को नाक चुच्चे किन कराएको छ भनेको त येही भएर रैछ . ….
    अब जल्ले भनेर सहमति गरे पनि त्यो अनुसार को काम गरे त राम्रै हुने थियो, आज पनि हात्ती आयो हात्ती आयो फुस्सा गराउने हुन् कि ? बेली मा खबरदारी गरौ है |

  27. राजा महेन्द्रले नेपालको लागि सबैभन्दा खतरा धोति हरुबाट हुनेछ भनि बुझेका थिए, त्यो वास्तविक पनि हो . त्यो समयमा महेन्द्र नभएको भए नेपाल इन्दिआ मा गाभिने प्रबल सम्भावना थियो . पछी बिपी आए पछी नेपालको हरेक सरकारी, निकायमा धोति हरु पनि अहिले त्यो श्री ५ जयन्त बसे झैँ बस्थे. महेन्द्रले फेरी ओवर टेक गरि धोति हरुलाई हटाए, बिरेन्द्र आएर शान्ति क्षेत्र घोषणा गर्दा सम्म नेपाल वास्तवमै एक स्वतन्त्र देश भएको थियो. ( डा सुरेन्द्र के सी) . यी साला नेताहरु आएर नेपाल लै फेरी इन्डिया मै गाभ्ने छाल गर्दै छन् वा पूर्ण रुपमा उ माथि निर्भर राख्ने छल गर्दै छ.
    अब आउने चुनावमा वैदेशिक नीति इन्दिआ बाट निर्भरता हटाउने मुद्दा मुख्य रुपमा राख्न लगाई हामीले तेही अनुसार भोट हाल्नु पर्छ. राजनीतिक संस्कार नभएका नेता, पार्टीलाई भन्दा देश बचाउने विषयलाई प्राथमिकता राखी निर्णय लिनु छ हामीले . हामि नेपाली हौ, यसभित्रका नराम्रा कुरा हामीले नै मिलेर हटाउनु छ.

  28. नेपालको संबिधान ? हा हा हा, २०३६ सालको आन्दोलन ले ल्याएको संबिधान २०४६ पुग्न पाएन, २०४६ को संबिधान २०५६ पुग्न पाएन l अहिलेको संबिधान चाही काति वर्ष को लागि हो ? झन् यो संबिधान देसको आवस्यकता भन्दा पार्टी हरुको माग बमोझिम सम्झौता को आधार मा तयार हुदै छ l त्यो बेला त चित्त नबुझेर आन्दोलन गर्दा राजा थियो र आन्दोलन उसैको बिपकछ मा हुन्थ्यो, अब आन्दोलन गर्नु पर्यो भने को सित गर्ने नि? आफु आफु मारामार गर्ने त्यो बेला ? नेपाल र नेपालीको भविस्य त्यति उज्यालो त देख्दिन नि मैले त l

  29. भुत्राको यो दल र त्यो दल; राजतन्त्रलाई गल्हत्यायपछी त्यो भारत आफै त्यहि ठाउँमा बसेको छ…थुक्क कुकुर नेताहरु..

  30. We solemnly condemned and opposed neo-Indian colonist’s expansionist and hegemonic moves in South Asia, notably time and again meddling in Nepal’s political and internal affairs, however, those so called Nepali political leaders – ‘Indians’ loyal puppets’ unhesitantly never failed to kowtowing them in the behest of New Delhi’s vested interests.

    Jayante! stay inside your designated den by respecting diplomatic norms and protocols. Nepal and people of Nepal is not any more in the decade of 50s or 60s!!

  31. पाँचौं दल होइन नाइके दल भन्नुस न ! हाम्रो देशका भुकुवा नेताहरुको घांटीमा दाम्लो लगाएर डोर्याउने नाईके दल त यो धोतिको पो रैछ !

  32. Let Dr Baburam Bhattarai, the one who commented in this web recently, explain what Indian Ambassador was doing in that meeting. Why lawmakers elected by Nepali citizens had no stakes in that meeting but that foreign national had.

  33. हैन यो फोटोमा जुत्ता प्रधानमन्त्रि तिर फर्काको त छैन है / यो राजदूत को गल्ति नभएर फोटो खिच्ने वालाको ट्रीक हो / अब क्यामेरा वाला लाई राजदूत कै जुत्ताको फोटो खिच्ने मनलाग्यो भने के गर्नु त ?

    • ठिकै भन्नु भो साथी, जे कुरा मा पनि भारतीय बिस्तारबाद देखेर हुन्छ र ? उ ठुलो भएर मात्रै होइन कि हामी ले ठुलो बनाएर पनि अलि अलि हामी पछि परेको हो |

    • तपैहरुलाई कुटनीतिक मर्यादा थाहा छकी छैन….अफुभादा माथिल्लो तहको व्यक्ति संग बस्दा जहिले पनि दुवै खुट्टा तल भुइमा हुनुपर्छ(बाबुराम को जस्तो ) अनि माथिल्लो व्यक्तिले उपरखुट्टी लगाउने गर्दछ… तेस मानेमा यो फोटो अति उत्क्रिस्ठ छ राजा मन्त्रि को बसी यस्तै हो साथी…

  34. उसको निर्णायक भूमिकालाइ आधार मान्ने हो भने त उ नै पहिलो दल हो.

  35. नेपालमा नया संबिधान बन्दैछ त्यसकारणले पनि बिदेशी चासो रहनु नौलो कुरा भएन त्यसमा छिमेकी देशले अलि बढीनै महत्व को रुपले हेरिराखेको हुन्छ तर नेपाली र नेपाली राजनीतिलाइ नै प्रभाव पर्ने गरि चासो लिनु र सहभागिता जनाउनु यसले अन्तरास्ट्रिय गजतमा नेपाली राजनीतिको काम गराइ मा प्रस्न चिन्न खादा हुन्छ ……………..

Comments are closed.