सहमतिः १ महिनाभन्दा कम समयमा २ सरकार बन्ने

सहमति हुने हो कि नहुने हो, कुरा मिल्न मिल्न लाग्यो- फेरि बिग्रियो आदि इत्यादि कुराहरुका बीच प्रमुख तीन दल र मधेसी मोर्चा आज मध्यरातमा बल्ल सहमतिमा पुग्न सफल भएका छन्। सहमति अनुसार अब एक महिनाभन्दा कम समयमा अर्थात् जेठ १४ अगाडि नै दुई सरकार बन्दैछ। सबै मन्त्रीले राजीनामा दिइसकेको अवस्थामा अब दुई दिनभित्र राष्ट्रिय सरकार बन्नेछ काङ्ग्रेस र एमालेसहित भने जेठ १४ अगावै स‍ंविधान जारी हुनुअघि काङ्ग्रेस नेतृत्वको सरकार बन्नेछ। भनेपछि मेरो सरकारले संविधान जारी गर्नेछ भन्ने अड्डी लिएका बाबुराम भट्टराईको इच्छा पूरा नहुने भएको छ। उनको सरकारले मस्यौदा मात्र तयार पार्नेछ। त्यसपछि संभवतः सुशील कोइरालाको नेतृत्वको अर्को सरकार बन्नेछ। यो सरकारले एक वर्षभित्र चुनाव गर्ने आजको पाँच बुँदे सहमतिमा उल्लेख छ।

त्यसैगरी पाँच बुँदे सहमतिको अर्को बुँदामा संविधान निर्माणका बाँकी रहेका विवादमा सहमति खोज्न अझै ३ दिन समय दिइएको छ। तीन दिन भित्र पनि सहमति नभए चाहिँ बहुमतीय प्रक्रियामा जाने रे। सहमतिको अर्को बुँदामा शान्ति प्रक्रियाका बाँकी काम सकाउने र शीर्ष नेताहरुको बैठक नियमित रुपमा बस्ने भन्ने छ।

के के सहमति भो ? भिडियोमा हेर्नुस‌-

पढ्नुस्-

राजनीतिक दलहरुका बीच भएको सहमति
२०६८ साल कार्तिक १५ गते भएको सात बुंदे सहमति बमोजिम संविधान निर्माण कार्यलाई सम्पन्न गर्न तथा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरुका बिचमा निम्नलिखित सहमति भएको छ :
१) बर्तमान मन्त्रिपरिषद्का सवै सदस्यहरुले राजीनामा गरिसकेको वर्तमान स्थितिमा दुई दिन भित्र विगतमा भएको सात बुँदे सहमति बमोजिम प्रधानमन्त्री डा. बावुराम भट्टराईको नेतृत्वमा सहमतिको नयाँ सरकार गठन गरिने छ।
२) संविधान निर्माणका क्रममा देखिएका राज्यको पुनःसंरचना, शासकीय स्वरुप लगायतका सवै विषयहरुलाई तीन दिन भित्र सहमतिमा टुंग्याईने छ। सहमति हुन नसकेका विषयहरुलाई प्रक्रियाबाट निर्णयमा लगिने छ।
३) २०६९ साल जेष्ठ १४ गते अगावै नयां संविधान घोषणा गरिने छ। संविधान घोषणा गर्नु अघि बर्तमान प्रधानमन्त्रीले राजीनामा गरी नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिने छ। यो सरकारले एक बर्ष भित्र राष्ट्रिय आम निर्वाचन सम्पन्न गराउने छ।
४) शान्ति प्रक्रियाका बाँकी कामहरु बिगतका सहमति बमोजिम अविलम्व सम्पन्न गरिने छ।
५) संविधान निर्माणको कामलाई तीब्रता दिन राजनीतिक दलका शीर्ष नेताहरुको नियमित रुपमा बैठक गरिने छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’,
अध्यक्ष
एनेकपा (माओवादी)

सुशील कोइराला,
सभापति
नेपाली काँग्रेस

झलनाथ खनाल,
अध्यक्ष
नेकपा (एमाले)

विजयकुमार गच्छदार
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तर्फबाट
मिति- २०६९।१।२१

मन्त्रीहरुले राजीनामा दिए
सहमति हुने नहुने भन्ने विषयमा दिनभरीको चलखेलपछि राति साढे १० बजे मधेसी मोर्चा र माओवादीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले सामूहिक राजीनामा प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष बुझाएका छन्। ‘राजनैतिक सहमतिको आधारमा बाबुराम भट्टराईकै नेतृत्वको सरकारमा सहभागी हुन’ राजीनामा दिएको भनी मन्त्री ह्रदयेश त्रिपाठीले बताए। अब ६ बुँदे सहमति हुने तयारी भइरहेको रहेछ त्यहाँ। त्यसमा भाषाका कुरा मिलाइँदै रहेछ। सुरुमा तीन बुँदे भनिए पनि पछि ६ बुँदे सहमति गर्ने कुरा आएको छ। भाषा जस्तो भए नि सार भने १) तीन दिन भित्र संविधानका विवाद टुङ्ग्याउने, २) शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने र ३)राष्ट्रिय सहमतिको सरकार अविलम्ब बनाउने ४) वैशाख २५ गते संसद अधिवेशन आह्वान गर्ने हुने रे। यसरी आजको रात नेपालको इतिहासकै सबैभन्दा जम्बो मन्त्रिमण्डलको अन्त्य भएको छ। के थाहा, फेरि अर्को जम्बो हुने हो कि?

अब मन्त्री रहेनन् यिनीहरु
उपप्रधानमन्त्रीहरू
2 श्री विजयकुमार गच्छदार गृह र रक्षा
3 श्री नारायणकाजी श्रेष्ठ परराष्ट्र
मन्त्रीहरू
4 श्री हृदयेश त्रिपाठी भौतिक योजना तथा निर्माण
5 श्री पोष्टबहादुर बोगटी ऊर्जा
6 श्री टोपबहादुर रायमाझी स्थानीय विकास
7 श्री राजेन्द्र महतो स्वास्थ्य तथा जनसङ्ख्या
8 श्री वर्षमान पुन अर्थ
9 श्री दीनानाथ शर्मा शिक्षा
10 श्री महेन्द्रप्रसाद यादव सिंचाई
11 श्री लोकेन्द्र विष्ट मगर पर्यटन तथा नागरिक उड्डयन
12 श्री गोपाल किराँती सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति
13 श्री लेखराज भट्ट वाणिज्य तथा आपूर्ति
14 श्री भीमप्रसाद गौतम भूमिसुधार तथा व्य.
15 श्री रामकुमार यादव सामान्य प्रशासन
16 श्री अनिलकुमार झा उद्योग
17 श्री वृजेशकुमार गुप्ता कानुन तथा न्याय
18 श्री हेमराज तातेड वातावरण
19 श्री कमला रोका युवा तथा खेलकुद
20 श्री राज किशाेर यादव सूचना तथा सञ्चार
21 श्री राजलाल यादव कार्यभार पछि तोकिने
22 श्री मुहम्मद वकिल मुसलमान वन तथा भू-संरक्षण
23 श्री दानबहादुर कुर्मी चौधरी महिला, बालबालिका तथा समाजकल्याण
24 श्री कल्पना धमला विज्ञान तथा प्रविधि
25 श्री सत्य पहाडी शान्ति तथा पुनर्निर्माण
26 श्री मालबर सिंह थापा श्रम तथा यातायात व्यवस्था
27 श्री अकवाल अहमद साह कृषि तथा सहकारी
राज्यमन्त्रीहरू
28 श्री खोभारी राय उद्योग
29 श्री रामबच्चन अहिर(यादव) रक्षा
30 श्री सरोजकुमार यादव स्वास्थ्य तथा जनसङ्ख्या
31 श्री दिलीप महर्जन भूमिसुधार तथा व्यवस्था
32 श्री विष्णुप्रसादचौधरी वाणिज्य तथा आपूर्ति
33 श्री सूर्यमान दोङ ऊर्जा
34 श्री लीला भण्डारी शिक्षा
35 श्री गोपी आछामी युवा तथा खेलकुद
36 श्री घनश्याम यादव स्थानीय विकास
37 श्री ज्वाला साह पर्यटन तथा नागरिक उड्डयन
38 श्री सुषमा शर्मा सङ्घीय मामिला, संविसंसदीय व्यवस्था तथा संस्कृति
39 श्री हरिराजलिम्वु अर्थ
40 श्री सुनिताकुमारी महतो सामान्य प्रशासन
41 श्री भीमराज चौधरी राजबंशी गृह
42 श्री लक्ष्मण महतो वन तथा भू–संरक्षण
43 श्री दुर्गादेवी महतो (धानुक) वातावरण
44 श्रीमती काशी देवी झा कानुन तथा न्याय
45 श्री ईश्वर दयाल मिश्र भौतिक योजना तथा निर्माण
46 श्री अरविन्द साह महिला, बालबालिका तथा समाज कल्याण
47 श्री रमणीराम सिँचाई
48 श्री सुरीताकुमारी साह सूचना तथा सञ्चार
49 श्री ओमप्रकाश यादव कृषि तथा सहकारी


65 Comments

  1. “लूट ” पार्ट ३ ……चाडै प्रदर्शन “लूट” पार्ट ४……..जसरि लुटे पनि हुन्छ यो देश |

  2. “हम साबि नेताको प्रधान मन्त्रि बनादेंगे और नेपालके नदि नाला हमारे कब्जमे रखन्गे ! हम खिलड़िका खिलाडी हे कभी नेपाल नरेश को देखाकर हुनेवाले मुख्य मन्त्रीको डर देखा देंगे और कबि वो नेता को देखाके नरेश को चुप लगा देंगे ! फिकर मत करो दो हप्ते के लिया भी प्रम बनादेंगे नेपालके लिया नेपालके प्रम बनानेसे क्या जयगा? बदलामे नदि नाला और जमिन मिलेगा भरतके लिया ! भारत महान हे ! अरे तुम प्रमको हमारी सदिक्ष्य चाहियेगा तो मिल्जयागा !”_ जयंताप्रसाद

  3. बल्ल कम्युनिस्ट पुरेतका दिन जाने संकेत आयो, अब देशले केहि राहत पौने छन् !!

    • महेशज्यु
      मित्रले कम्युनिस्ट पुरोहित भनेको “नित्य कर्म गर्ने ब्राम्हण समाज” लाई भनेको होईन “सु सु स” अर्थात सुरा सुन्दरी र सत्तामा लिप्तिन्दै घोप्तिन्दै मार्क्स र मावोको भजन गाउने पण्डितहरुलाई कम्युनिस्टलाई “पुरेत” भनेको हो/ पुरोहितले सुविचार सिकाउँछ पुरेतले कूबिचार/

      जव परिबारको नाम आउँछ परिवारको सबै सदस्य कम्युन
      जव समाजको नाम आउँछ समाजका सबै व्यक्ति कम्युन
      जव नेपालको नाम आउँछ नेपालको सबै नेपालीहरु कम्युन
      म तिमि उहा उनि सबै मिलेरै बन्छ कम्युन र कम्युनिज्म
      के गर्ने प्रकृतिले “अभाव र प्रसस्तता” गुँथेर कम्युन बनायो
      कमाउने कम्युनले “बाँडी खानै पर्ने” प्रकृतिको नियमै भैगयो
      त् बाँडी खान नमान्ने जमाखोरहरु “कम्युनिज्म” देखि थर्के
      कम्युनको जात नाम पछाडी लटकिने पुच्छर सब्द हुँदैहोईन
      कम्युनको जात नाम अगाडी जोडिने पेसा र शिप जनाउनेहो
      तर के गर्ने प्रकृतिले सुल्टो सिट उल्टो जोदेरै सबै श्र्स्ती गरे
      कम्युनहरुमा पनि लुटीखाने “सु स स” हरु निक्लिय त् बिग्रे
      यस्तैले तेरो र मेरो भन्ने सिकाय, जात जातिको ‘कू’कुरा गरे

  4. खाओबादिहरुले Dr बाबुराम भट्टराईको येश कृति भंजायेरा अरु १५ दिन खाउन् .

  5. Rules are rules. Rules are constructed to follow to provide services to people. If there are “developed” countries, that are products of rules.

    Constitution assembly was constructed out of rules even if those were interim rules. According to then constituted interim rules, lawmakers elected by citizens of Nepal would assemble, discuss, and draft permanent rules. Those interim rules didn’t authorize only a few of those lawmakers would decide and form the rules and laws. Those interim rules didn’t say only a few would sit together at Hattiban Resort to make new rules. Nor, those interim rules allow India’s ambassador to Nepal would mediate during the process or force his rulings.

    These leaders have breached the rules in the course of making new ones. If one doesn’t have
    a sound foundation, system above that foundation will not be lasting.

  6. धन्य बाबुराम जी, तिमि राजनीतिमा पनि बोर्ड फस्ट हुने भयौ/ नेपाल र नेपालीका तारा तिमीलाई धेरै धेरै धन्यबाद/ जनताको आसा र बिस्स्वास अनुसार तिमीले नेपाललाई अगाडी बढाउनु, नेपाली जनताले सधै तिम्रो साथ दिनेछ/ राजनीति जनताको हितमा गरिन्छ, आफ्नो हितमा होयिन/ तिमीले त्यो प्रमाणित गरेर देखायौ/ धन्न्यबाद/

  7. म कुनै पार्टीको होइन तर अहिले सम्मका प्रधान मन्त्रि हरुमा बाबुराम ले नै केहि गरे जस्तो लाग६ अरुको जस्तो मोटाएर रातो न पीरो रगतै चुहेला जस्तो मुख पनि छैन पचे कांग्रेसे जस्तै सुजर लेनद मा पैसा जम्मा गर्न पनि भ्याए नङ होला त् / तर साथ का मन्त्रि त् सबैचोर के गरुन जस्तो लग६ / तर गफ गरे जति चाही छैनन बाबुराम पनि / अनि जातीय कुरै गर्नु हुन् भन्ने हरु संग मेरो प्रस्न चाँही के छ भने अहिले कसको rajya6 त् ? राज्यको सबै ४ रै अंगमा हेर्नुस त् यो के राज्य हो ? को को छन् हरेक ठाउं मा / अनि भारतमा हेर्नुस त्यहाँ किन जातीय राज्य भनिएन नि ? तर यसो भन्दैमा मैले नस्लाबादी वोकालत गरेको वा अग्राधिकार लाई thik6 भनेको चाँही होइन नि / खाली नाम राख्दैमा वा टोपी wodaudaima हामी सर्ब साधारण ले ब्रह्म्मा लुट मच्चाउने केहि नेता वा व्यक्तिहरुको पछाडी किन लाग्ने ? उनीहरु त् आफ्नो इन्द्रासन गुम्न लग्यो भनेर कोकोहोलो मच्चाएका त् हुन् नि / संघियता आए पछी यी अहिले का नेता माकुने अहिलेका माकुने , झलनाथ अहिलेका झलनाथ प्रचण्ड अहिलेका प्रचण्ड हुने छन् त् ? मेरो ब४ मा हुने ६ऐ नान /

  8. स बाट संविधान स बाट सत्ता !! कहिल्लै बुझिएन राजनीति ! संविधान लेख्ने अन्तिम मिति १ महिना भन्दा नि कम हुदा किन गर्नु पर्छ कुन्नि सरकार बिगठन ! संविधान लेखेको क्रेडिट आफ्नो पार्टीलाई जाओस भनेर हो कि ? क्रेडिट नै चाहिने भए संविधानको पुस्तकको पनि अन्तिम पेज मा reference भन्दै सबै पार्टी को नाम लेख्ने चलन चलाउदा हुन्थ्यो कि !!

  9. जति सहमति भए पनि , जस्तो संबिधान बने पनि कुर्ची खेल भईरह्यो पनि दुखि जनताको अवस्था उस्तै हो | तेसैले आगामी चुनाब मा राम्रो नेताले जितोस र कम्तिमा ५ वर्ष कसैको दबाब बिना देश को प्रगति गरोस |

  10. आफ्नो दुनो सोझीए सहमति,नासोझिए असहमति.!यहाँ देशको बारेमा सोच्ने भन्दा पनि आफु र आफ्नो पार्टी को एजेन्डा बोकेका स्वार्थि तत्वहरु ले आफ्नो फाइदाको लागि देशलाई नै भडखालोमा जाक्न पछी पर्दैनन्..!!अब नेपालमा त नेपालि चिनाउने भन्दा पनि फलानो पार्टीको वा सघियाताबादी,बिरोधि,जातीय संघियाताबादी भनेर कित्ता काट शुरु भैसकेको छ.
    एकपटक एक मावोबादी लडाकुले पत्रकारलाई गुनासो पोखेका थिए,”हिजो हामीलाई गिरिजाले मार्न खोज्दा कमसेकम राजाले त मार्न दिएका थिएनन,तर अहिले लाग्छ हामीले जनयुद्द लडेको त अरु कसैलाई राजा बनाउन पो रहेछ” भनेर!अब हेरौ अझै, यो आवेग कहा गएर पोखिने हो..!!

  11. ज जसको पेट फूल्या छैन , तिनीहरूको पेट फुलाउने बहानामा २ मन्त्रिपरिषद गठन हुन लागेको मात्रै हो यो ; अरु केहि हैन ! यस्ता खाने कुरामा त यिनीहरूको सहमत हुने नै भो ! हाम्रो रगत चुस्ने लाम्खुत्तेहरू , अरु कति चुस्न बाँकी छ खै …???????

  12. i will never vote for congresss and amale in my life.they are fataha and total representation of neo fataha culture which lead by purbeli fataha haru

  13. केवल सत्ता टिकाउन ४९ जनाको रेकोर्ड धारी राष्ट्रिय बोझको मन्त्रि परिसद बाबुरामले फेरी नबनाउन … जे होश बाबुरामको पारा पनि राम्रै संग देखियो … भ्रस्ट र नाताबादी हिसिलाको अगी केहि नचल्दो रहेछ डाक्टर साहेबको ..

  14. i don’t think this dirty leader can give us public oriented constitution. if they find one penny of the nation still ready to fight with each and every leader for the dam money …….peace should be established autometically if and only if the hell out of the political monster

  15. बाबुरामले राम्रो गरे………कनक, केपी, महत, रामचन्द्र गोठ को सपना चकनाचुर………थुक्क भाते हो………बाबुराम आऊ देश बनाऊ

  16. एउटा ज्यमराज हरु जुका ले रगत चुसे झैँ देस अनि जनता लाई चुसेर आज बाट बिदा त भए तर अब अर्को ज्यमराज हरु को पालो आयो /अब त हाम्रो शक्ति ,तागत सबै सकि सक्यो नि के गर्ने?? कति सहनु हो हामी निर्दो हरु ले तिमेरु को अन्याय ?? जसरि पनि हामी ले सहेर प्राण मात्र रहे पनि बाच्नु नै त परेको छ तिमेरु को लागि /जय होस् जुका हरु को……जय होस् जुका हरु को…..

  17. जेष्ठ १४ गते जारी हुने संबिधान झारा तिर्ने कम मात्र हुने छ , सबैलाई चेतना भया……………………………………………………………………………….

  18. मस्यौदा भनेर उल्लेख गरेको त पाइएन । हुन त कुनै पनि संविधान कहिल्यै पूर्ण हुँदैन । तर राज्यको पुनःसंरचना, शासकीय स्वरुप लगायतका बूँदाहरू तीन दिनभित्र टुंग्याइने र सहमति नभएका विषय ‘प्रक्रिया’बाट टुंग्याइनेछ । त्यो कस्तो प्रक्रिया हो ? बहुमतीय भनेर त उल्लेख गर्या छैन । खै बुझ्न सकिएन । जे होस्, यसपालिचाहिँ नयाँ संविधान समयमै आउने भो ! संविधानविरोधीहरू मनमा ढ्यांग्रो ठट्यो होला ।

    • प्रक्रिया = रअ को मेमो

      संबिधानका सबै प्रावधानहरुको मसौदाको मेमो रअ ले बाबुरामलाई पठाई सकेको छ/ प्रक्रियाको अर्थ कुरो मिलाएर रअको मेमो पारित गर्ने हो/ सहमतीय/बहुमतीय भन्ने हल्लाका लागि मात्र हो, सबै कुरो “रअ-मतीय” ले तय गर्छ/

  19. नेपालमा हुने मध्यरातका सम्झौताको मूल मसौदा कसले कहाँ कसरि गर्छ भन्ने एकिन थाहा पाउन तलको ३ हप्ता अघिको अन्तरबार्ता हेरौं (समय कम भए सोझै ४१ मिनेट को अंशमा क्लिक गरौ)/

    http://www.videochautari.com/videos/2346/fireside-bahas-with-amresh-kumar-singh-on-2012-4-16s

    अमरेश कुमार सिंह भन्ने यी व्यक्ति नेपालको राजनीतिमा १२ बुंदे पछी देखिएका हुन्/ यिनी जे एन यु मा विद्यार्थी थिए रे/ यिनी रअ का तल्लो तहका कारिन्दा भएको कुरा नेपाली अखबारले लेखेका हुन्/ यिनको अन्तर्वार्ता सुन्दा त यिनको दाबी पुरै हावादारी जस्तो लाग्थ्यो/ तर परिणाम त् यिनले ३ साता अघि दावी गरे जस्तो हुबहु पो आयो त! ए राता मकै!

    यस्तै हो भने यी हाम्रा उभय लिंगी नेताहरुको रिसोर्ट र तारेहोटलको गन्थन को के मतलब भो? आफुलाई नेपाली को नेता ठान्ने काजि/पाजी हरु हो, नेपालको संबिधानमा कत्रो संसद र कति राज्य भन्ने भुत्राको बहस गर्छो/ रअ का खरदार बहिदार नै काफी रहेछन, नेपालको राजनीति र राज्य चलाउन/

    भारतीय नोकर/दलालहरु लाई नेता मान्नु नै पर्ने बाध्यता हो भने बरु पारदर्शी रुपमै भारतीय नेतालाई नै राजकीय जिम्बेबारी सुम्पौं/ नोकर भन्दा त मालिक बाट नै शासित हुन् बेश होला नि!

    बाबुराम र कृष्ण सिटौला जस्ता भारतीय नोकर बाट (कु)शासित हुनु भन्दा बाजपेयी, नितिशकुमार, नरेन्द्र मोदी जस्ता बाट सुससित हुँदा राष्ट्रिय स्वाभिमान नरहे पनि यति विध्न आत्मा ग्लानी हुँदैनथ्यो होला/ सहि मानेको स्वाभिमानी नेपाली भएर शासित हुने सम्भावना द्रुत गतिमा क्षीण हुँदै छ/

    • सन्दिप ज्यु
      यो अमरिश भन्ने “र” को खरदार लाई के पी सिटौला ले ३ वटा गाडी तक्रायको थियो र ती गाडीहरु फर्का भन्दा उसले गाडीहरु फर्काउनु परे कोसीमा दुबाई दिने भनेको थियो/ अस्ति सर्वोच्च को आदेस पछी सबैले गाडी फर्कायको समाचारहरु आयो तर अमरिशले गाडी फर्कायको समाचार प्रकासित भयको छ जस्तो लाग्दैन/

  20. यी नेता हरु को निजि स्वार्थ का कारण ले देश को अस्तित्वो गुमेर राष्ट्र बिहिन हुन नपरोस मेरो यहि शुभ कामना /

  21. संबिधान भनौ या देश हिड्ने बाटो या भनौ जनताको जिउने अधिकार र आधार निर्माण भन्दा पनि आफ्नो सत्ता (कुर्शी ) ठुलो ठान्ने र मान्ने अनि कुर्शी जोगाउने र पाउने होडबाजीमा लागेका यी राजनैतिक कर्मीहरु जन धमिरा साबित भएका छन् \ आफै गर्न नसक्ने आखिर जन आक्रोश ,संबैधानिक अड्चन र बिदेशी हस्तक्षेपको कारण यहा सम्म आइपुगेका छन् \ हेर्दै जाउ सत्ता रुपी हड्डी खोस्न कुन कुन रुप देखाउदै जानेछन \ साधारण जनताले भन्ने गरेका सबै लाइ हुने सबै मिलेर हेर सबै ठिक हुन्छ भन्ने सुन्दै नसुन्ने बैरा नेता र पार्टी हरु को संख्या घट्दै जानु नै नेपाल र नेपालि ले सुख को दिन देख्नु हो \

  22. Any conscious mind would not listen to the leadership class of India– the home of highest no of people below poverty line, more than combined sum of sub-sahara Africa.

    That says about our ‘leaders’..unfortunately. The problem does not cease there though. BRB, Prachanda, etc continue to fool people. Sad situation.

    What can we do? Local media, too, is controlled by RAW. So, media is not going to support any move against those leaders. The educated ones of each social group talk with narrow frame of mind. Not a good sign.

    Social and political problems have an easier solution. Respect others’ presence equally.

    • Who rules the country does not really matter as long as its economy is growing and the people are well off. Strategic and economic partnership with the USA actually helped South Korea and Japan. However, it will not be the case for Nepal with India.

      A big problem for us is that we are much more worried about nonsense political issues like monarchy and we are never able to raise our voice on issues directly concerning us such as unemployment. As long as we don’t learn how to vote for political parties according to issues they raise concerning people and check how much of those promises were kept by the parties at the next election, no democratic system will work in Nepal. But who will teach the general population all these things? 🙁

  23. Finally, Dr. Bhattarai has to bow down to NC-UML pressure. But why is he insisting to hang on to power even for a couple of days? Will Dr. Bhattarai handover the power, including a draft copy of the new consitution, in a golden plate to the NC? What will happen if the constitution drafting process does not comes to a close? The political water in Nepal is as murkey as before.

  24. यो सबै नाटक संविधानसभको म्याद थप गर्ने बहाना मात्र हो । जनताको ध्यान अर्कातर्फ मोडेर यिनिहरुले म्याद थप्न बाटो खनेका हुन् । शान्ति र सहमतिबाट संविधान जारी गर्ने रहेछन् । त्यसैले केही समय थपे पनि संविधान बन्ने रहेछ भन्ने जनतामा भ्रम पारेर म्याद भने थप्ने छन् । हेर्दै जानुहोला ।

  25. सहमति हुनु राम्रो हो.
    बाबुराम ले मेहनत गर्यो. राम्रो गर्यो.
    सबै कुरा बेवस्ता गरेर बाबुराम ले नेपाली काँग्रेसलाइ खुइदिनु, बहुत राम्रो गर्यो.
    जसले लचकता अपनायो, तेस्ले जनताको विश्वास जित्यो.
    Next PM Sushil Koirala ho??

  26. काग्रेसका सभापती सुशिल कोइराला मर्नु अगाडि प्रधान मन्त्री बन्ने धोको पुरागर्न मात्र यो सब नाटक गरेको जस्तो लाग्छ । के देस कोइराला परिवारहरुको मनपरी हो ? यो सरकारलाई जनता तथा राष्ट्रसेबकहरुले राम्रो निगरानीमा राख्न सकेन भने यो सरकारले देस बेच्न सक्छ । होसियार ।

    • अनोज जी,

      सुशील कोइराला को गिरिजा प्रसाद कोइराला संग केहि नाता छैन, कोइराला भन्दैमा सबै नाता हुँदैन, सुशील कोइराला एक दम सरल मान्छे हो, गिरिजा संग तुलना गर्नु मुर्खता मात्र हो

      • Mr . xyz जी
        सुशील , गिरिजा का नजिक का आफन्त होइनन
        यो धेरै लाई थाहा भयकै कुरा हो
        तर उनि कुनै गतिला मान्छे भने होइनन , १ नुन्बेर का खसुद अनि खुराफाती हुन् भने कुरा , उनलाई नजिक बाट चिन्ने सबैलाई थाहा छ
        तर यहाँ , अनोजजी ले उनको थर , कोइराला भयकै कारण ले बिरोध गर्नु भएको होइन होला
        dr . भगवान कोइराला , अनुराधा कोइराला आदि जस्तालाई त हामीले सम्मन नै गर्ने गरेका छौ नि

  27. अरु केहि भाको होइन यहाँ सोजा सिधा नेपाली जनता लाई झुक्याउने मेलो मात्र गरेका हुन् नेता हरु ले !!! अब अहिले का सबै मन्त्रि हरु ले राजिनामा दिए सबै ले पुस्तौ सम्म पुग्ने गरि कमाई हाले !!! अब अरु लाई पनि कमाउने पालो दिनु परेन भनेको भोलि देखि फेरी नया मन्त्रि हुन्छन तिनी हरुलाई पनि कुम्लौना पुगे पछि फेरी नया सहमति हुन्छ !!!!! चोर नेता हो सकेउ नि देश !!!! अब vote माग्गना आको हेरौना १ वर्ष भित्र चुनाब गर्ने ले घर म जे जे भेटिन्छ तेस तेस्ले हान्ने हो चोर नेता हरु लाई !!!!!

  28. ललित जी मलाई त १ सय वर्ष पनि कम हुन्छा कि जस्तो पो लाग्छ नि….

  29. I don’t even want to discuss this chapter now. it is ridiculous. Everyone is looking for crap position. Hope Mr. Baburam will lead this team with kicking their ass. Madav, Oli, , they are most obstacle and disturbance for this constitution.

    Jay Desh
    Nepal

  30. मलाई त सबै नेताहरुलाई समातेर बोरामा हालेर एउटा कोठा मा १०० वर्ष जति थुन्न पाए सब कुरा ठिक हुन्थ्यो कि भन्ने लाईराछ l तपाइलाई नि?

  31. दक्षिण को इसारा मा चल्ने भएपछी जो जसको सरकार बनेपनि केहि त्वात्तिक फरक पर्दैन |खाली काँग्रेस को बने कांग्रेसी ले देश लुट्छ ,मावोबादीको को बने मावोबादिले ,एमाले बने एमाले ले |’पृथ्बी नारायण अहिले भए आर्को बाणी निकाल्थे
    ”देश चल्याउन्या भन्याको भारतीय दुताबास रह्याछ ,उनीहरु मौका दिन्या पार्टी हरु पालै पालो लुट्न्या”

    सिधा सब्द मा भन्नु पर्दा
    ठुला ठुला निर्णय र सहमति हातीबन मा र अन्य रिसोर्ट मा झलनाथ ,प्रचण्ड ,सुशील ,बाबुराम पनि सायद र ‘र ‘ प्रतिनिधि को संलग्नता मा भएका छन् ,आफ्नै पार्टी को केन्द्रिय सदस्य को बैठक समेत न बसी गरेका येस्ता सहमति र निर्णय बडो अप्रजातान्त्रिक छ —-गगन थापा एउटा इन्टर भ्यु मा भन्दै थिए |
    सबै पार्टी भित्र को तानासाही प्रबित्ति प्रति पनि उनको भनाइ लक्षित थियो |
    भनेपछि प्रधानमन्त्री बन्ने लोभ मा परेर आत्मा बचेको अबस्था छ भने के होल़ा ???

    ”बात बनाए भी ये चुन्नी लाल ,बात बिगाडे भी ये चुन्निलाल ,ये चुन्निलाल साला (भारत) बहुत हरामी हे” हाबी भएको अबस्था ले मुलुक कुन दिशा तर्फ जाला ?
    बिरेन्द्र को शान्ति क्षेत्र प्रस्ताब ले पेट पोलेको हाम्रो छिमेकी ले प्रजातन्त्र को नाउमा चोर को हुल पठाएको थियो ,आज लोक तन्त्र नाउमा डाँका महोदय हरुलाई अगाडी राखेर ,पछाडी बाट आफ्नो गोटी चल्दै छ |
    ( यो बर्तमान को हकिकत हो ,फेरी एसको अर्थ पुर्ब राजा हरु बिकल्प भन्न खोजेको हैन ,
    उनीहरुले न सकेर छोडेको र सायद अब फेरी मौका मिले नै पनि सक्दै सक्दैनन् भन्ने मेरो बुझाइ छ )
    तेसैले शह मति मा लेउने ,सहमति कस्तो खाल को हुने भन्ने कुरा भारतीय हित लाइ ध्यान मा राखेर सोचेमा सायद आफै जबाफ मिल्छ |नेता को निर्णय सुन्न रेडियो खोलेर पर्खी बस्नु पर्दैन होला |

    • हे प्यारा
      जिबन सारा
      रुदैमा बित्ने भो
      न तिम्ले खन्यौ खासाको बाटो कोदाली लिएर
      न मैले बोके बिस्बासको भारी मनमा लिएर
      यता न उता कता हो कता
      बाटो छ दोबाटो
      प्यारा बाटो छ दोबाटो
      लक्ष्यमा पुग्न रोज्नुथ्यो एक बाटो
      प्यारा रोज्नुथ्यो एक बाटो
      न त्यो बाटो न यो बाटो
      प्यारा बिचैमा भूमरी
      निस्सासिएर कठै !
      बिचैमा भूमरी
      प्यारा बिचैमा भूमरी —
      त्यै भ र भन्या
      किन हो मान्या
      पराईको आदेश !?
      प्यारा पराईको आदेश ?!–
      न मानि बस्न पराईको आदेश
      हुनुपर्छ सबल तिम्रै उद्देश्य
      प्यारा तिम्रै उद्देश्य
      खै तिम्रो उद्देश्य ?
      प्यारा तिनैको लक्ष्य तिम्रै उद्देश्य ???

      ( पर बाट केहि हुल केटाकेटी गित गाउदै आईरहेछ )
      रातो र चन्द्र सूर्य
      जंगी निशान हाम्रो
      कहिल्यै नझुक्ने यो शान हाम्रो ???? —

      ( उ बेहोश हुन लाग्छे मुटु चिरिने गीतले )
      प्यारा भो न गाउ गित यो– —

      चर्किन्छ छाति दुख्छ मुटु
      उसैको यादमा
      राखेको छु उसलाई ( देशलाई ) मैले
      मुटुको माझमा — —
      🙁

      • लुनाजी
        तपाइको ,मदन जी को ,हर्केजी ,योगेस जी ,पुष्प जी ,सशांक जी ,प्रकाश जी आदि को कलम चले सम्म हामि ले निस्वार्थ र र निस्पक्ष्य कम्मेन्ट पढी रहन पाउछौ ,तेसैले कृपया कलम चलाउन न रोक्नुस ,येस्तई धेरै धेरै राम्रा कबिता लेख्दै जानु होला भन्ने कामना गर्दछु |
        जय मातृभूमि |

  32. जे जसो भय पनि
    पालै-पिलो , हरुवा – जितुवा
    सबै बाजेहरुको , प्रधानमन्त्रि बन्ने सपना पुरा हुने भो
    क्रान्तिकारीका खोल ओडेका , दाहाल अनि भट्टराई बाजे देखि
    नरम खाले बामपन्थी खनाल तथा नेपाल बाजे
    ब्रह्मचरी भै तोपलेका कोइराला बाजे सम्म सबै को

    अब राजावादी बाट हाम्रा ढकालबाजे (टंक ढकाल ) को पालो मात्र बाकी रहयो

  33. मलाई यो सहमति देखेर कुनै जाँगर चलेको छैन कुनै उत्साह थपेको छैन । कुनै आशा पलाएको छैन । यदि यो सबै नाटक गर्नु नै थियो त । किन चार बर्ष सम्म हामी नेपालीहरुको रगत चुसेर बसेका । हुनु नै थियो त किन यति ढिलो सबै भारतको इशारामा नाचेका छन् । तिनिहरुलाई के थाहा हाम्रो शान्ति प्रकि्रयालाई अलमल पारेर अति कमजोर राष्ट्रको रुपमा बनाउन लागेको भनेर हाम्रा नेताहरुलाई के थाहा । चार बर्षमा कति अर्बौ खर्च भयो । त्यो रकम विकास मा खर्च गरेको भए के हुन्थ्यो । संविधान त भारतले र चार जना नेताहरुले बनाउने रैछ । किन पठाएको ६०१ जना सबै नाटक,,,,,,,,,,,,नाटक………… नाटक हे आमा यस्ता सहमति सुनेको चार बर्ष भयो अब कति सुन्न पर्ने हेनै बाँकि छ ।

  34. संबिधान जारी गर्न अगावै बाबुराम जी ले कहिले पनि पछी हट्नु हुदैन र राजिनामा पनि दिनु हुँदैन | यिअरु नेताहरु (जस्तै सुशील कोइराला, रामचन्द्र पौडेल, केपी ओली आदि) को संबिधान जारी गर्ने औकात छैन | मलाई आशा छ बाबुराम जी ले यो महत्तोपूर्ण कार्य सम्पादन गरेर नेपाल को अस्तित्तो जोगाउनु हुनेछ र आफु लाइ एक महान स्वार्थ बिहिन राज्नितिग्ग्य को रुपमा प्रस्तुत गर्नु हुनेछ |

  35. थुक्क भातमारा हरु….

    “तैले मलाई पिटे जस्तो गर , म रोए जस्तो गर्छु ” भन्ने जस्तै गरेका त थियेउ नि आज सम्म….
    जनता लाई नाटक देखाएर हतोस्सहित गराउनु बाहेक अरु केहि नआउने भयो है तिमीहरु लाई…
    सहमति को विकल्प छैन भन्ने कुरा जानकारी हुदा हुदै यत्तिका समय किन झुल्लायौ भातमारा हो??
    एदी तिमीहरु सच्चा देशभक्त , र जनता को भलो चाहने भएको भए आज भन्दा धेरै पहिले नै सहमति गर्नु पर्थ्यो….
    खेर केहि छैन , यत्तिका बर्ष को नाटक पछाडी नै भए पनि एउटा सहमति को सर्बदलिए सरकार को निर्णय गरेछौ खुसि लाग्यो…
    तर यो सहमति गर्दै मा म तिमीहरु लाई सच्चा देशभक्त कदापी ठान्न सक्दिन…. यदी तिमि हरु जनता को लागि नै काम गर्ने भएको भए यत्तिका वर्ष देश र जनता लाई अन्योल मा रख्दैनाथियेउ …
    “जब भयो रति तब बुडी ताती “..
    धिक्कार छ तिमीहरु लाई…. “यो सहमति गर्न पनि साएद उनै छिमेकि” भैया ” को कारण ले गर्दा त होला नि…
    देश को सम्मान , राष्ट्र प्रेम भन्ने सबै भुलेर आफ्नो देश को सरकार बनाउन बिदेशी राजदुत लाई साथ् मा राखेर बैठक गर्छौ है….???
    अनि आफै खोक्रो भासन गर्छौ बिदेशी चलखेल भयो, हस्तछेप भयो भन्दै…..

    धिक्कार छ तिमि हरु लाई….

    हैन अर्को मैले बुझ्न नसक्या कुरा तिमि ४ ओटा टाउके हरु ले आफु ले आफु लाई के ठान्छौ हो..??
    जनता ले तिमि हरु ८-१० जना लाई मात्र जिताएर पठाएका होइनन….(१ -२ जना त २ -२ ठाउँ बाट हरेक पनि छन् , कोइ कोइ चुनाब मा हार्ने डर ले उठ्दै नउठेका पनि छन्.) अरु ६०१ जना भेडा पनि छन(भेडा यस अर्थ मा कि आफ्नो पार्टी ले जे भन्यो तेही मान्ने, अर्को पार्टी ले गरेको राम्रो नि नराम्रो.,, आफ्नो दल ले गर्यो भने रातो नि कालो हो भन्न कन्जुसाई गर्दैनन्..)
    संबिधान सभा लाई बिटुलो बनाएर ८-१० जना मिलेर निर्णय गर्ने काम नगर… ….तिमीहरु ले भन्दा देश र जनता लाई तिनीहरु ले केहि त बुझेका छन्….

    यो सहमति हुनु नै थियो र भयो तेस्मा कुनै आस्चर्य मान्नु पर्ने केहि ठाउँ छैन….
    हामीले केक्कानै देश लाई दुर्घटना बाट बचायेउ भन्दै भोलि जनता माझ भोट मग्न सजिलो हुन्छ भनेर यो सहमति गरेका हौ…. देस लाई यो दुर्गति मा पुराएको नि तिमीहरु ले नै हो…यो कुरा नभुल ..

    अनि सम्पूर्ण करिब २९०,०००,०० जनता लाई यो थाहा छ कि देश को हित मा यो निर्णय गरेका हैनौ.. आफ्नो अस्थितो (साएद अश्थियो सब्द को आप्मन हुन्छ होला…) “कमाई खाने भाडो ” जोगाई राख्न यो निर्णय गरेका हौ., (सर्बोच को आदेश पछी आफु हरु पतन हुने देखेर यो निर्णय गरेको कुरा सम्पूर्ण नेपाली लाई जानकारी छ…)

    जय देश , जय नेपाल.>>

  36. तिम्रो घरमा कांग्रेस नै पसोस ~~~ बाउ बाजे ले भन्ने गर्थे~~~~~
    शुशील कोइराला प्रधान मन्त्रि भएपछि कांग्रेसीहरु त रमाउन्लान ! तर जनताले पनि राहत पाए त “तिम्रो घरमा कांग्रेस नै पसोस” भन्ने सराप्ने बोलि सदाको लागि निर्मुल होला कि ?

  37. तुम मन्त्रि छोडोगे और राजनीति? दक्षिण छिमेकी को प्रस्न…
    मालिक, आप के जो आज्ञा!
    ठिक हे आप लोग को जैस कहाँ हे ओइसा कर्ना, इधर उधर मत कर्ना, ठिक हे ?, हम दिल्ली से संबिधान fax कर्देंगे, बस इतना बो लो के ये संबिधान जनता ने बने हे!
    चलो अब नेपाली मेडिया के तरफ मुहा कर के बोलो : जय नेपाल
    हमारे तरफ मु ह कर के बोलो : मेरा भारत महान!

  38. अब चाई केहि होलाकी जस्तो छ झिनो आस छ !!फेरी अरु नेता हरुले वोली फेरेनन भने बाबुराम को नेत्रितो मा सहमति सरकार बनेओ भने चाई भनेको समय मा संबिधान जारी हुन्छ कि बन्ने सम्भावना लाइ के.पी ओली र बैद्य पक्छ्य ले जति जे गरेपनि अब अरु नेताहरुले विवाद गर्नु हुन्न!!!के.पी र बैद्य पक्छ्य क दिन गए !!

  39. समयमा संबिधान आए, देशमा शान्ति भए, अर्काको देशमा नोकर गर्नु नपरे, जहाँ गए पनि नेपाली हु भन्दा गर्व लाग्ने भए, आफ्नै देशमा जहाँ गएपनि निर्धक्का हिड्न पाए त्यो भन्दा हामी नेपालीलाई केही पनि चाहिंदैन/

  40. बिचरा रामचन्द्र ओली को सपना पुरा नभैकन संबिधान सभा को आयु सिद्धिने भो
    / जे जे भए नि बाबुराले संबिधान सभाको सोच लेको थियो र एसको सदुपयोग गर्नु पर्छ भन्ने हेक्का पनि उसमा छ र एक पछी अर्को बोल्ड डिसिजन गर्दै यो मोडमा आको छ/ जातीय आधारमा नभई थोरै राज्य सहितको प्रदेश बनाउन सकिने गरि १४ भित्रै संबिधान दिन सके बाबुरा प्रसंसाको पत्र अबस्य हुने छ/ राष्ट्र नरहे रास्त्रियता रहन्न तेसर्थ स्वार्थरहित ढंगले सबैले देस र जनता को दिर्घकालिन फाइदाको लागि त्याग गरेर अघि बढ्न नेपालीमाता भाबनिले सबलाई सदबुद्धि देउन /

  41. म बस्ताब मा सोध्न चाहन्छु सम्पूर्ण एमाले र कांग्रेस का समर्थक हरुलाई के अहिलेको अवस्था मा बाबुराम भट्टराई लाइ हटाउने काम ठिक हो? म कसैको पनि समर्थक हैन तर तपैहरु छाती मा हात राखेर भन्नोस् त के तपाईका नेता भानौदाले ठिक गरेका छन्? अहिले सम्म कुनै काम ठिक गरेका रहेछन त? सोच्नुहोस के तपाई का छोरा छोरी ले पनि तपैले जस्तै दुख पुन भन्ने चाहनु हुन्छा? साएद कोइ बिदेशमा हुनु हुन्छा होला अनि बिदेशीको अपहेलना सहनु भएको होला नेपाली भनेर अनि तपाइंको स्वाभिमान गुमेको एक्लै हुदा पिडा हुन्छा कि हुदैन?
    तेती मात्र हैन देश मा हुनेले पनि हरेक क्षेत्र मा जाल झेल खेपी रहनु भाको छ वा आफैले पनि गरिरहनु भएको होला अखिर कहिले सम्म? भनुस त ? तपाईं हरुलाई अलिकति हिनता बोध पनि हुदैन आफुले गरेको काम को मेरो विचार मा अबस्य हुन्छ तर एक्लै भएको बेलामा | अनि अर्को कुरा भन्नुस नेपाल मा बाबुराम भट्टराई भन्दा सक्षम अरु कुनै व्यक्ति छ? छ भने भन्नुहोस मा खुला हृदीयका साथ समर्थन गर्ने छु |
    त्यसकारणले एक पटक सोच्नुहोस अनि हाम्रो देशको वास्तविक सत्रु को रहेछ किन तपाई बिदेशमा हिनता बोध गरेर बस्नु परेको छ वा नेपाल मा जाल झेल सहेर तपाईं ले यो कुरा बुझेर अलिकति स्वर उच्चा पारिदिनुभयो भने नेपाल को भबिष्य उज्जल हुनेछ |

    • प्रकास जी मदिसे र मायोबादी लाइ अझै मन्त्रालय दिने हो भने त जातीय राज्य र देस टुक्रने निश्चित छ तपैले पनि नेपाली भन्न नपाउने स्थिति बनिन्छ तपाई लाइ संबिधान
      प्यारो कि देस ?

    • सछ्यम को परिभाषा के? सछ्यम कसरि नाप्ने?
      बाबुराम सछ्यम कसरि?

      मेरो छिमेकि लाइ डाकाले झन्डै मारेको (छिमेकी जस्ता हजारौ मरे र मारिदै छन्; पल्लो गाउमा अन्धकार छ बत्ति कहिले औदैना, generator किन्ने पैसा छैन
      पानि ल्याउछु भनेको बर्षौ भयो अत्तोपत्तो छैन

      अब छिमेकिलाई के भनेर बाबुराम सछ्यम छ भन्ने? बोर्ड first भएको भर? हरेक वर्ष एउटा हुन्छ त्यस्तो

      त्यसमा पनि धुर्त, फताह हो बाबुराम. सिंह दर्बार मा फोटो झुन्द्युना प्रधान मन्त्रि बन्ने बेबकुफ हैन भनेको हैन बाबुराम ले? खोइ त principle and stand

      cant trust an individual without stand and principle

      Apologize for not making adequate effort to type error-free Nepali.

      • हैन हैन ramesh जी बाबुराम होइन,
        ओली र सेर बहादुर हो सक्षम सबै भन्दा!
        अनि माकुने, झाले, रामचन्द्र हरु होला सक्षम!
        कमल थापा पशुपति हरु होला!

  42. दक्षिणको बाघले
    के भन्यो कुन्नि कानमा खुसुखुसु तन्त्रमन्त्र – –
    हाम्रा ( ? ) मन्त्रिहरु ज्ञानी बनेर राजिनामा दिन तयार भएछन् ( देदेछन् राजिनामा ! )
    मोलमोलाईमा नाफा हुने परिस्थिति नभई किन राजिनामा गर्दा हुन् यति छिट्टै ?
    कि एकदम घाटा लाग्ने स्थिति भ र हो ?!
    नभए त सत्ताबाट पुग्यो र ऐलेई ?!
    ऐले सम्म हेर्दै आ को राजनीति दृश्यमा यस्तै हुन्थ्यो सिन — अब एकदम नै
    फरक परे त दंगै पर्नु पर्ला —-

  43. २०४७ को दोस्रो कालको चमाले, देउबा, सुर्य ब थापाको सरकार जस्तो भो यो सम्बिदान सभा / हिजोका stricker थापा, कोइराला, बामदेव, थिय / आजको भकुदो चै कति हो कति / Stricker चै लाइनचौर छ क्यारे / हेर्नुछ कुन चै भकुण्डो पोस्ट भित्र छिर्ने हो ? भाग्यसाली भकुण्डोलाई अहिले देखि बधाई / आखिर चाकरीको र दलाललीको जमानामा आफु पनि तेही लाइनमा लाग्नु पर्यो / काजिसाप र बाबुसापको चाकरी गर्ने जमाना सकियो रे हाम्रा न्यु योर्कको लामा दाईको अनुसार / म पनि लागे है लाल सलाम भनि कामरेडी भाषा सिक्न / गरिब दरबारिया हुन् भन्दा करोडपति सर्बहारा हुनुमा प्रोफिट छ /

    • प्रकाश भाइ ! कति चोटी भन्नु : भारत हाम्रो लागि खाए खा नखाए घिच हो, भालुको कन्पट हो| पंचायतकालमा सुर्य बहादुरहरुले भारत नीति भित्र भित्रै मज्जाले मिलाउँथे| राजा त केवल हुकुम फर्माउँथे| भारतसंग राजाले अडान लिन्थे भन्ने कुरा त बकबास हो| अब हुने राष्ट्रिय सरकारमा भारतको चासो, हात दुवै छ| पुर्पुरोमा यस्तै लेखेर ल्याएपछि नेपालको के लाग्छ! नेपाल देशलाई पक्लक्कै उक्काएर स्विजरल्याण्डको छेउछाउमा टसाउन पाए पनि हुने ! अनि प्रकाश भाइ ! सर्वहाराले संधै गुन्द्रिमाथी मात्र जिन्दगी बिताउन पर्छ भन्ने छ र ?

      • अति भो शशांकजी,

        नेपालको राजनीतिमा भारतको हस्तक्षप हुन्छ भनेर थाहा छ| अहिलेको हस्तक्षपले चाहिं ठुलै सम्भावित दुर्घटना तारेको जस्तो नि छ| देशको बिकासमा बाधा नपर्ने र नेपालीहरुको आर्थिक सुधार नै हुँदै जाने हो भने जसको हस्तक्षप भए पनि मलाई चाहिं फरक पर्दैन! खोक्रो राष्ट्रियता बोकेर बस्नु छैन! दक्षिण कोरिया र जापानको बिकाशमा अमेरिका संगको “Partnership” को योगदान पनि छ!!!!!

        तर कुरा आयो माओवादीको| गृह युद्ध गर्दा माओवादीको प्रमुख माग भनौं वा लक्ष, नेपालबाट भरितिया “विस्तारवाद” को अन्त्य गर्नु पनि थियो| माओवादी नेतृत्व र उनीहरुबाट “दीक्षित” जमातले आज नेपाली राजनीतिमा भारतीय भूमिका स्वीकार गर्नु बाट प्रष्टै हुन्छ, त्यो युद्ध अनेकौं बहानामा सत्ता, शक्ति र धन लाभको लागि थियो| Therefore, any just societies in the world would prosecute entire Maoist leadership and their crew for mass murders and destruction of public and private properties. However, Nepal is one of such countries in the world that once you rise above certain level, you become untouchable by law!!!

      • अति भो शशांकजी,

        नेपालको राजनीतिमा भारतको हस्तक्षप हुन्छ भनेर थाहा छ| अहिलेको हस्तक्षपले चाहिं ठुलै सम्भावित दुर्घटना तारेको जस्तो नि छ| देशको बिकासमा बाधा नपर्ने र नेपालीहरुको आर्थिक सुधार नै हुँदै जाने हो भने जसको हस्तक्षप भए पनि मलाई चाहिं फरक पर्दैन! खोक्रो राष्ट्रियता बोकेर बस्नु छैन! दक्षिण कोरिया र जापानको बिकाशमा अमेरिका संगको “Partnership” को योगदान पनि छ!!!!!

        तर कुरा आयो माओवादीको| गृह युद्ध गर्दा माओवादीको प्रमुख माग भनौं वा लक्ष, नेपालबाट भरितिया “विस्तारवाद” को अन्त्य गर्नु पनि थियो| माओवादी नेतृत्व र उनीहरुबाट “दीक्षित” जमातले आज नेपाली राजनीतिमा भारतीय भूमिका स्वीकार गर्नु बाट प्रष्टै हुन्छ, त्यो युद्ध अनेकौं बहानामा सत्ता, शक्ति र धन लाभको लागि थियो| Therefore, any just societies in the world would prosecute entire Maoist leadership and their crew for mass murders and destruction of public and private properties. However, Nepal is one of such countries in the world that once you rise above certain level, you become untouchable by law!!!

        • बिश्वासजी! पन्चेहरुले नेपाली जनमानसमा रोपेको भारत बिरोधि मानासिकतासित नेपाली कांग्रेस बाहेक माओवादी लगायत प्रत्येक राजनीतिक पार्टीले हुनसम्म खेलबाड गरे र आखिरमा स्खलित भै लुत्रुक्क परे| जनयुद्वताका भएको जन धनको क्षतिलाइ इतिहासले केलाउने नै छ| तर त्यहि जनयुद्वले ओलान्गचुंग गोला देखि दार्चुलासम्म जनजागरण ल्याई सामन्तहरुको मुटुमा ढ्यांग्रो बजायो र अन्त्वतोगत्व राजतन्त्रलाई फ्याल्न ठुलो टेवा पुर्यायो| त्यहि जनयुद्वले संबिधान सभा निर्माण भै अब नयाँ संबिधान बन्ने क्रममा छ र वास्तविक रुपमा शासन सत्ता विकेन्द्रीकरण गर्ने चाँजो पाँजो मिलाइन्दैछ| जनयुद्वताका भएको बलिदान खेर गएको छैन| केहि व्यक्ति भ्रष्ट भए भन्दैमा सम्पूर्ण परिवर्तनकामी पंक्तिलाई आक्षेप लगाउन मिल्दैन|

          • केहि “व्यक्ति” मात्रै भ्रस्ट भएको भए कुरो अर्कै हुन्थ्यो, प्रत्येक तहको नेतृत्व र पद्धति नै भ्रस्ट भयो, जुन माओवादी पार्टी भित्र पनि लागु हुन्छ| यो दुखको कुरो हो| राजतन्त्रको अन्त्य हुनु नै थियो ढिलो चांडो| तर राजतन्त्र अन्त्य आदि बहानामा दशौँ हजार हत्याहरु र खरबौंको बिनासको भयो, अनि त्यसको बदला हाल सम्म प्राप्त भएको अर्को एउटा कांग्रेस-एमाले हो|

            • बिस्वास ज्यु
              तपाईंलाई सायद याद होला नेपालीले मात्रै होईन बिस्वले भारत परास्त भनियको तथाकथित नेपालीको कांग्रेस पार्टीका नेता शेर बहादुरले बारम्बार मावोबादिलाई “यमाले” बनाई छाड्ने प्रण गरेको थियो/ यसो नियालेर हेरौ मावोबादी आज के बनेको छ/

              उहिले पहिले मावोबादिकाले भारतलाई विस्तारवादी भनेको थियो भन्दा माधवले पनि तेस्तै भनेको कुरा सम्झाई दिय पुग्छ/ मावोबादिले भारत सिट भय गरेका असमान सन्धिहरु खारिज गर्नु पर्छ भनेको थियो भनेमा यो कुरा त् महाकाली सन्धि गर्ने गराउने ओलीले पनि भनेको थियो भन्दिय हुन्छ/

              आजको मावोबादी दललाई यकिकृत मावोबादी भनिन्छ/ मावोको फ्रेम भित्र मनमोहनको तस्विर सजाउने मावोबादी दलको हिडाई हेरेमा कांग्रेस बन्दै गरेको देखिन्छ/ बोलाई हेरेमा यो “एमाले” जस्तै देखिन्छ र गराई हेरेमा “मधेसी” बनेको देखिन्छ/ तर कुनै तरिकाले पनि हामि नेपाली भन्ने नेपालीको बनेको देखिंदैन/

              ईनिहरुको चर्तिकला हेर्ने बुझ्ने हो भने ईनिहरुले क्रान्तिलाई ब्यापार बनायको कुरा ईनिहरुले क्रान्तिकारीहरुलाई बस्तु बनायर बेचे बाटै प्रमाणित हुन्छ/ संबिधान सभाको चुनावमा जनतालाई जे नीति देखायर भोट लियको थियो त्यो नीति आजको मावोबादीले भुली सकेको छ/

              • मदनजी! तपाइंले राख्नु भएका कुरामा बिमति जनाउने ठाउँ छैन, कारण यो नेपालको अहिलेको धरातलीय यथार्थ हो| तर मदनजी आदर्शवादी समाज, आदर्शवादी राजनीतिक पार्टी र आदर्शवादी नेता अहिलेको भुमंडलमा भेटिन्छ र? सैद्वान्तिक नारा दिनु र त्यहि नारालाई व्यवहारमा उतार्नुमा आकाश जमिनको फरक छ| भारतीय थिचोमिचो, हस्तक्षेप र हेपाइ हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ| अब यो हेपाइलाई कति मात्रामा सहने र यसलाई कसरि सम्बोधन गर्ने भन्ने कुरामा चाहिं राष्ट्रिय सहमति बन्नुपर्छ| उग्र राष्ट्रवादी नारा दिई पाखुरी सुर्केर मात्र के गर्नु? भारत हाम्रो भाग्य, कर्ममा थोपरिएको अभिसाप हो र यसको निरुपण हामी आफै आफ्नो खुट्टामा नउभिउन्जेल सम्भव छैन| मैले यसरि लेख्दा मलाइ भारत परस्त भनेर प्याच्च भन्नुभन्दा यसलाई धरातलीय यथार्थकै रुपमा लिएर समस्याको बाख्या भयो भने राम्रो हुने थियो|

                • शासाकं ज्यु
                  बिचार बुझ्नु जस्तो सत्य परिचय अरु केहि हुँदैन/ मैले तपाईंको आत्माको अनुहार तपाईंको बिचार बात चिनेरै मित्र भनेको हो/ तपाईंको सब्द होईन, म तेस भित्रको तपाईंको बिचार पढ्छु/ यति भने कुरा बुझी हाल्नु हुन्छ/

                  तर मात्र “मधेश” को निमित मावोबादी बनेकोले “जय नेपाल” भने पनि शसंकित हुन्छु/

  44. अब जेठ १३ गते सम्म तैले गृह खाने कि मैले भन्दै कुकुर लुछाचुडी गर्छन …..१४ गते एउटा सहमतिको खोस्टा तयार गर्छन र यही हो संबिधान भनेर जनतालाई देखाऊछन्

  45. अब केहि हुन्छा कि ? राजिनामा फिर्ता गर्ने त हैनन् होला नि …………………?

Comments are closed.