सरकार नयाँ आउने भयो अनि जनताको समस्या?

photo (8)
शब्दले हैन आज बिहान खिचिएका यी केही फोटो र भित्रको एउटा भिडियोबाट बुझौँ।

photo

हेर्नुस्, नेपाल टेलिभिजनले प्रतिक्रिया लिन खोज्दा के भन्छन् मान्छे ? चुडामणि लुँइटेलको सौजन्यमा भिडियो हेर्नुस्

52 Comments

  1. मलाई प्रधान मन्त्रि नभय कम से कम ग्रिह मन्त्रि त् बन्न दिनु
    आजीवन नभय केहि बर्ष “घर गाडी बति र पानि निशुल्क दिनुस
    अनि म मोज गर्दै गरुँला तपाईहरु गालि गर्दै गर्नुस सराप्दै गर्नुस
    नीतिको कुरा नगर्नुस, लोकतन्त्र हाम्रो हो त् तन्त्र मन्त्र सबै हाम्रो
    हाम्रो लोकतन्त्रमा हाम्रो आत्म निर्णय गर्ने अधिकार हामि सितैछ
    नेपाल सब्द्को पहिलो अछ्यर नै “ने” छ यसको अर्थ बुझेर बस्नुस
    “ने” माने नेता; “पाल” माने के हो भनिरहनु पर्ला र? बुझ नपचाउनुस

  2. न म कुनै नेता को छोरा न कुनै नेता को पुछर ! मलाई थाहा थियो तपैहरुको DISLIKE टन्नै हुन्छ मेरो कमेन्ट मा भन्ने कुरा ! जति गति छाडा नेता तेत्ती नै गति छाडा हामी जनता ! कुकुर ले टोक्यो भनेर कुकुर को खुट्टा टोक्न जाने कि रेबिज को सुइ लाउन ? एस्तो गति छाडा बोलि र असभ्य प्रस्तुति ले सालिन नेपाली जनता हरु को प्रतिनिधित्यो गर्दैन ! तेसै नेताहरु येस्ता भएका होइन रहेछन, येस्ता जनता का त नेता !!! हुन त हो ! नानी मैया दाहाल लाई चुनाब मा जिताउने हामी काठमाडौँ का जनता (मेरो वहा संग कुनै रिष राग छैन यो त मैले उदाहरण मात्र दिएको), अनि आन्दोलन र चुनाब भयो कि नेता को तलुवा चाट्दै उफ्री उफ्री हिड्ने अनि पछि तेही नेता लाई गाली गर्ने !!! असल नेता चुन्ने कसले त? तपैले नै होइन र ? कि बेबस्था नै नराम्रो भन्न खोज्नु भाको? अलि कम भएको हो कि.. आझै मा………. मा………. मु…… पनि प्रायोग गरेको भए अझ सभ्य देखिनथ्यो कि ? अनि तपाइको त्यो सभ्य बोलि मा सभ्य पाठक अनि दर्सक को टन्नै राम्रा राम्रा कमेन्ट आउथे !!!!

    • केही हदसम्म ठीक भन्नुभयो विनोदजी । हुन त यस्तो प्रवृत्ति राजनीतिप्रतिको आक्रोश हो । तर असभ्यता अनि छाडापनलाई ‘लाइक’ गर्नेहरूका कारण पनि हामी दिनानुदिन हामी असभ्य हुँदै गइरहेका छौं ।

  3. यसको लास्ट लाइन ले गर्दा यो केटो हिट भयो . येसको गालिलाई मा पनि समर्थन गर्छु.

  4. काठमान्दुको नेवार! पहिले उहिले भय घ्याम्पा भित्र लुक्ने र भुक्ने गर्थ्यो अहिलेत निडर भयर गालि पो गर्छ बा ! माननीय संसद लाइ साला साली रे – कसैको तागत छ मान हानि को मुद्दा हाल्न? यस्तै हो भने मुख छाड्ने मात्रै हैन हात खुट्टा पनि छाद्छकी क्याहो? संसद का यस्ता दिन पनि अब हेर्न पर्ने भो गाठे !

    • रबिन्द्र ज्यु
      कस्तो निच धारणा!!! चुनौती नदिनुस् कुनै जातिको सहिस्नुतालाई/ रबिन्द्र्हरुको यस्तै यस्तै धारणानै आज यो जटिल परिस्थिति निम्त्यायाको हो, यो नभुल्नुस/ अझै नसुध्रिने हो भने ढिलो चांडो देख्नु परिस्थिति उल्टिने छ/ हिजो आफुलाई हेप्नेलाई जनजातिले पनि पनि आफ्नो माझ उभिन पनि नदिने हुन् सक्छ/ तव रबिन्द्रज्यु घ्याम्पो खोज्दै हिड्नु पर्ने हुन्छ लुक्नको निमित/ रबिन्द्रज्यु नेवार लगायत नेपालको समस्त जनजातिको शिप कला संस्कृतिले नेपाललाई बिस्व मा चिनायाको छ/

      जहा सम्म माननीयको हो भन्ने सवाल छ; थाह त् छ रबिन्द्र्लाई कुनै सांसद माननीय कसको निमित हुन्छ भनेर? ईनिहरु जनताको नोकरहरु हुन् र जनता तिनीहरुको मालिक हो/ सदनको निमित चुनिनुले तेस्ता चुनीयको सदस्य दलको अन्य सदस्यहरुको निमित मात्रै माननीय हुन्छ/ जनता बात चुनिनु दलको कुनै पनि सदस्यको निमित अहो भाग्य को कुरा हो/

      रबिन्द्रज्यु माथि कसैले “आफ्नो कर्तब्य पालना गर्न नसक्ने निकम्मा सांसद हरुलाई गालि गर्यो; ठिक गर्यो/ रकम घुस खानु भन्दा कर्तब्य पालना नगर्नु ठुलो भ्रस्टाचार हो/ भ्रस्ताचारीलाई कसैले सम्मान गर्दैन गालिनै गर्छ/

  5. हा हा हा हा मुख नछाड्दा त एस्तो मुख छाड्दा कस्तो सब्द बाण जान्छ होला ? मुख छाडेको भए ६०१ जना पुक्लुक्कै हुन्थ्यो कि ?

  6. भिडियोमा लास्टको डाइलग पो मन पर्यो …मुख पनि छाडौ के हो ???? हाहाहा ….मज्जाले गाली गरेपछि अन्तिममा मुख पनि छाडौ के हो रे …ठिक छ सम्पूर्ण नेपाली जनताको मनको कुरा यहि हो …..

  7. यो video मा बोल्ने नेपाली दाजु लाइ मेरो १००% समर्थन अब जनता येसरी नै नेता हरुलाई खबरदारी गर्नु पर्ने बेला भएको छ…. तपाई को साथमा हामी छौ …. जय नेपाल जय मातृभूमि ……………

  8. म पनि यही महासयको शब्द साभार गरेर घुस्याहा नेताहरुलाई मनमनी गाली गर्छु । बिचराको जिउ नै हलुका भयो होला । अब एकहुल घुस्याहाहरु आउने छन । प्रधानमन्त्रीज्युले कसरी सम्हाल्ने हो ?

  9. सरकार नया आएपनि जनताको समस्या जहाको तही छ भन्ने सालोक्य जी को आशय लाई माथिको video ले प्रमाणित गरेको छ, नेताहरुले एस्तो गाली नखान त आ-आफ्नो भुडी भर्ना मात्र नभएर जनताको जल्दाबल्दा समस्याको उपाए सुल्झाउन पनि पहल गर्नु पर्यो नि

  10. जनताको भयो सधै दुर्गति नेताको भयो सात पुस्ता लाइ मस्ती \

  11. हिजो यिनै नेताहरुले देखाएका सुन्दर सपना बोकेर लडे \आज तिन कै ब्यबहार देखेर घृणा गरे \ माया गर्दा बैरिका बिरुद्ध जाइ लागे ,घृणा गर्दा आफुलाई सम्हाल्नै सकिन त के बिगारे ! आखिर यस्तो हुनु को कारण यिनै नेताका ब्यबहार न हुन् \ हाम्रो दुख सधै उस्तै ,उनीहरुको भयो सात पुस्ता लाइ मस्ती \

  12. मलाई लाग्दछ जब सम्म नेपालका सम्पूर्ण राजनितीज्ञहरु र नेपाली जनताहरु साच्चीकै एक जुट भई लागी परेमा जे पनि प्राप्त गर्न वा हामीले चाहेका नयां नेपालको निर्माण गर्न सकिन्छ । तर……., कुरा गर्न जती सजीलो छ,काम कुरो गर्न भने एक दमै गाह्रो हुन्छ ।यस विषयमा तपाई हामी सबैलाई थाहै भएको कुरो हो । मात्रै जानी बुझी बुझ पचाएका छन ।। आर्को कुरो चही, हिजो आज पहिचान र सामर्थ्यको आधारमा संघीय गण-राज्यहरु बनाईएमा राष्ट्र बिखण्डन तिर जान्छ भनी झुट्टा अभीब्यक्त दिई हिड्ने केही पार्टी/नेता,वर्ग समुदायहरु पनि छन । म ती वर्ग-समुदाय, पार्टी-नेताहरुलाई चुनौती दिन चहान्छु त्यो बिखण्डन हुने सम्भावना छैन र कुनै हालतमा हुनु पनि हुंदैन अहिलेको बिश्व भुमण्डली करण समय/युगमा । मलाई लाग्दछ यस बिषयमा सम्पु्र्ण वर्ग समुदायहरुलाई ज्ञान र चेतना छ ।

  13. त्यस्तरी गालि गरिसके पछी बल्ल पो ” मुख पनि छाड्ने हो ? ” भन्दा खप्नै
    सकिन र बेस्मारी हाँसे म पनि .
    पछी आफू हाँसेको बिषयमा डुब्दा औडा भो मलाई — — के म यो हद सम्म — ??? — ???
    बास्तबमा भन्नि हो भने हामी नेपालीको यो ( कु ) सस्कृति एकदम नौलो हो —
    हजारौ हुँदै लाखौ लाख जनताको भाग्य कोर्ने अभिभाबक सरहका अति माननीय हुन् नेता भन्या .
    त्यस्ता माननीय नेतालाई त्यस्तरी गाली दिंदा सत्य भन्नु पर्दा मनमा कती पनि
    दुख लागेन ! किन लागेन दुख ? माया नलागेर हो नि . माया नलागे पनि दया त
    लाग्नु पर्थ्यो नि ! तर अंह !!!???– कति निस्ठुर भएछ यो मन !!!
    बरु दुख आफै देखि लाग्यो यस किसिमको (कु) सस्कृति आफ्नै मनभरी झ्यागीएको देख्दा —
    अरुलाई ( ऐलेलाई अरु लाई नै भनु नेता नै किन नहुन ) त्यसरी गाली गर्दा
    रमाउने मन हाम्रो संस्कृति पटक्कै होईन !
    बर्बरताको युग जस्तो उँधो उँधो हुँदै गई’राको हाम्रो समाज अनि हामी —
    मन एकदम निरास खिन्न भई’राछ .
    नेता ज्यु !
    नेपाली जनताको सपना मोथेर नौनीमा डुबिरा’छौ — तर कतिन्जेल बाबै !
    फुस्रीएका जनताले निचोर्छान अब तिम्लाई — त्यो दिन धेरै टाढा छैन —
    बेलैमा चेतना भया !

    .

  14. १ लाख ४१ हजार बर्गकिलोमिटरको देशमा बस्ने करिब ३ करोड जनताको लागि ६०१ जना प्रतिनिधि किन, कस्तो सुझाबमा राखियो त्यो नै बुझिन !!??
    ६०१ जनाले विभिन्न शिर्षकमा अरबौ लुटेछन… साला लुटेरा हत्यारा कथित जनसेना भनाउदाको लागि खरबौ सकेछन… अनि भुत्रो आर्थिक संकटको मार नपरोस त !!
    के गर्नु इन्दिरा गान्धीले जस्तो गर्न सकेनन, त्यसताकाको सत्तामा बस्ने कायर कुकुरहरुले…अहिले सुरुवालको जुम्रा टाउकोमा !!

    • पचास हजार जनताको लागि एक प्रतिनिधिको हिसाब गर्ने हो भनेपनि ६०० त चाहिन्छ नै!
      स्वोतान्त्रतामा धेरैमान्छे भयोभने धेरै बिचार धेरै स्वार्थ हुन्छ तेहा काम गर्न निकै गाहारो हुन्छ अझै समय र परिस्थिति अनि समाज देशको स्थिति साथै भौगोलिक अबस्था र क्षत्रिय परिवेश र बिबिधता आधि सबै कुराहरुलाई मिलायर जनताको असिमित चाहना,आबस्यकता र परिवर्तन अनि सिमित साधन श्रोत साथै बाध्यकारी अबस्था आदि बीच रहेर काम गर्न जति गाह्रो हुन्छ!
      तेही,
      बाहिर बसी हेरी यो गरेनस त्यो गरेनस भनेर अर्तिदिना घुर्क्यौना भुक्न कताहो कता सजिलो!
      आफु त्यो ठाउमा भयत एकै रातमा काया पलट गर्ने थिया भन्ने सोच्नु र तेसरिनै काम गर्ने अनि गर्न खोज्ने लाइ भुक्नु नितान्त घृणित छ!
      हरेक कुराको आफ्नो समय हुन्छ र केहि बन्न हुन समय लाग्छ तेसैले गर्न खोज्ने लाइ साथ् दिनु उपाय दिनु सल्लाह दिनु आदि हाम्रो कर्तब्य हो भन्ने हाम्लाई लाइराछ नाकी गालि गर्नु भुक्नु र थुक्नु!

  15. एस्तो गाली, त्यो पनि नया नेपालका महान सुत्रकार BRB कार्यकारी प्रधान मन्त्रि अनि तेल वितरण गर्ने BRB कै सहपाठी मन्त्रि भयको बेला !! हैन, यी नेपाल देशका ठेकेदारहरु सोमालियामा जन्मेका हुनकी कंगोमा? थुक्क!! मा भयको भय त यो गाली खायर समाजमा मुख देखाउनु भन्दा त राजिनामा दियर बस्थे र हलो समातेर खेत जोत्न जान्थे !!!

  16. सत्र सत्र चोटी प्रधानमन्त्री चयनको नाटक रच्ने लबस्तरो नेताहरुदेखि वाक्क दिक्क भएर घांटी सम्मै आइसकेपछि निस्केको यो अभिव्यक्ति हो| यस भनाइले बहुसंख्यक जनताको प्रतिनिधित्व गर्छ| सभ्य भाषामा भन्दा भन्दा आजित भएर यो गाली गर्नु परेको हो | नेता असभ्य भैरहेपछि जनता मात्र कति सभ्य हुने ?

  17. ये खाते भाते नेता हरुलाई के भनिरहनु भन्या, करायो करायो दछिना हरायो भन्या चाल

  18. यी नेता कहलाएका नालायकहरुले जे जस्तो सहमति,निर्णय सम्झौता गरे पनि उत्शाहित भैहाल्नु पर्ने कहिँ कतै देखिदैन/ देश युगोस्लाभिया,इथियोपिया हुदै सुडानको संघारमा पुगिसक्यो/नाइजेरिया,सोमालिया,मालीको संघारमा पुगिसक्यौ /संघियताको नाममा जे जस्ता नाराहरु सामने आएका छन् ति देशका हित,राष्ट्रिय एकता ,अखंड़ता र राष्ट्रिय सार्बभौम सताको पक्षमा कदापि छैन/यो बिष ब्रिक्ष मानौ बा नमानौ माओबादीले रोपेको हो/जे होस् नेपाली जनताले यी देशलाई सोमालिया ,सुडान उन्मुख बनाउने महानायक ,युग पुरुषहरुलाई पक्कै पनि छोड्ने छैनन्/देश कता जाने हो अनुमान गर्न सकिदैन/

  19. यकछिन आँखा चिम्लेर सोच्ने हो भने -लाग्छ माओवादी द्वन्द्वभन्दा यो संविधान निर्माणकै क्रममा निम्तिएको जातीयताका नाममा हुने युद्ध कैयौँ गुणा खतरनाक हुनेछ। सबैभन्दा ठूलो जनसङ्ख्या भएको क्षेत्री–बाहुनको ‘रातो रगत चाटिन्छ, क्षेत्री बाहुन काटिन्छ’ भन्ने नारा लाग्न थालिसकेको अवस्थामा यस्ता नाराको प्रतिक्रिया क्षेत्री–बाहुनबाट कसरी आउने हो? त्यसैले सर्बप्रथम जातीयता र जातीय राज्यका नाममा हुर्कन लागेको विषवृक्षको व्यवस्थापन गर्न जरुरी छ ।

  20. यो त साधारण शब्द हो ! मुखै छाडे पनि यी भाते नेताहरुलाई ईख लाग्दैन है.

  21. म पनि मुख छाडौं कि क्या हो ??? सहि हो !!! भीडियो हेर्दा हाँसो उठ्यो .. 😀 हसौंछ शेरे ले !!!

  22. सारै सहने बानि भयो हामीहरुको. आजको यो मित्रको गालीले नेताहरुको दिमाग अलिकति भनेनी खुल्लानी भनेको, के को खुल्ने हो, थप्पड खाएर त नापुग्नेलाई गालीले के लाग्नेहो, छ्यास्स पनि मन पग्लिन्न , कि कसो साथीहो !!!

  23. यो मान्छे ले जति जानेको छ तेती नै भन्यो , उसको भन्ने शैली ठाडो पारा मा भएर के भो त् आखिर गाली गरेकै हो , पढन्ते साहित्य कार हरु ले पनि त् घुमाई फिराई अशंतोष र गाली नै दिनी हुन् , एस्तै ठाडो भाषा ठिक छ अब का नेता हरु लाइ ,घुमाएर मिलाएर पोखेको असन्तोष अब का नेता हरु ले पनि बुज्न छाडी सके अथवा बुझेर पनि बुझ पचाउन थाले , कुनै दिन एस्तो समय पनि आउला कि संगै परिवार साथ् मा बसेर टिवी हेर्दा जिब्रो टोक्नु पर्ने अथवा लाज ले मुख रातो पिरो पर्नु पर्ने अवस्था आउने छ

  24. नेपाली जनतामा निरसाको अतिनै बढी छ आक्रोश ले सिमा लाघेको छ त्यसकारण देश मा कुनै पनि बेला फेरी नराम्रो घटना घत्नसक्छ यस बिषयमा हाम्रा नेता भानौदाले कैले बुझ्ने हो नेपालमा १० बर्ष युद्ध लडेका ठुलो संख्याका पि.ल.ए. लडाकु अहिले पनि देश भित्र अनेकौ समस्या झेलेर बसेका छन् के इ पनि नेपाली जनता होइनन के ति अनुभव पराप्त नेपाली जनता भोलि आफ्नो हक हित क लागि फेरी लड्न सक्दैनन सायद नेपाली राजनीति गर्ने नेता हरु लाइ राम्ररी थाहा छ होला नि आज मा देश को नीति नियम बनउने नेता भनेर भन्ने गरेको शब्द नेपाली जनता को शक्ति होइन भोलि जतना नै ति नेता पर्ति आक्रोश भय पछी नेताहरु को भोलि भबिष्य के हुने हो सोचेका छन् l

    नेपालमा संघियता बनौदा के को आधारमा अनि कति बनौदा नेपाली अर्थ तन्त्रले धान सक्छ भन्ने कुरा को ज्ञान पकै पनि छ होला आज को नेपाल मा संघियता को नाम मा आर्थिक मारपर्ने खालको धेरै संख्या बनाउनु हुदैन इ कुरा मा नेता हरु ले कहिलै सहमति गर्न सक्दैन अनि यस्तै कारणले नेपाली जनतामा यो या त्यो नाम मा मूल्य बिर्दी आनेक दुख दिने कुरा मा चाही सजिलै सहमति हुन्छ l आज नेपाली जनता मा के समस्या छ भन्ने कुरा त सायद हाम्रा नेता मा ज्ञान नै छैन कि क्याहो उनि हरुलाई त सरकार कसको र को भन्ने भाबी सरकार को प्रमुख भन्ने कुरा मा बढी ध्यान दियको देखिन्छ सायद यसैको प्रतिबिम्ब होला यो भिडियो ……………………………

  25. यो भिडिओले जे भनिएको छ १००% ठिक भनेको छ | यो जनताको अवाज हो |

  26. यो त अति भयो , हुन त आज भोलि जताततै एस्तै चलेको छ नेपालमा . गालि गलौज पनि सब्य भाषामा गर्न सकिन्छ,

    • प्रेम जी, सभासद को छोरो पर्नु भयो कि क हो?

      • म सभासद वा अरु कुनै राजनैतिक नेता वा कार्यकर्ताको छोरो होइन र नभएकोमा गर्भ छ मात्र यति भन्न मन लागेको छ कि हामी नेपालीहरुमा सभ्यता, अनुसासन, मूल्य मान्यता भन्ने कुरा कति पनि रहेन. हिजो मात्र दिशा निर्देशमा खगेन्द्र संग्रौला अनि जगदिस घिमिरेको अन्तर्वार्ता हेरेको थीए , अन्तर्वार्ताको सार को थीयो भने हामी नेपाली जस्ता छौ तेसैको परिणति हाम्रा नेता हरु हुन् अनि तिनी हरु निरन्जन निराकार हुन सक्दैनन् . जब सम्म हामीले आफुलाई सुधार्ने कोसिस गर्दैनौ खालि नेता हरु माथी दुर्बच्यहरुको बर्षा गराएर हुने वाला केहि छैन.

  27. मैले पनि फेसुबुकमा बाडेको थिए यो भिडियो.. मलाई त अन्तिममा अझै मुख छाडु कि क्या हो भनेको सुन्दा, लौ तैले गाली गर हामी भिडियो खिच्छौ भनेर गरे जस्तो पो लाग्यो। बास्तबैम रिसाएको भए त भिडियोको बिच बिचमै छाडि सक्थ्यो नि. हैन र. हाहा हा।। तर जे होस लास्टको लाईन ले बेस्करी हसाइरहन्छ..।

  28. हा हा हा हा हा ! क्या छ मेरो देश ,कार चढ्ने को त यो गति छ भने सडक मा हिड्ने को झन् के गति होला !

  29. यो त आफ्नो कारमा लगाउने तेलको मूल्य ज्यादा भो भनेर आक्रोस पोखेको जस्तो बुझिन्छ ! यो आक्रोसले सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व गर्दैन ! नेपालीहरु मन कति दुखेको भन्ने कुरा त गाउमा हलो जोत्ने किसनहरु र अरबमा मजदुर गर्ने युबाहरुसंग बुझ्नु पर्छ !

  30. मैले त यो विडियो फे स बुक मा राकछु. यो विडियो ले नेपाली जनता को असन्तुस्टी राम्रो संग पोखेको छ! नेता को काँ मा अलि अलि भएपनि बतास लाग्छा कि?

  31. गाडी धनि मित्र त येती आक्रोश मा छन् भने गाउले सर्बसाधारण लाई कस्तो भएको होला?न ग्यास ,न पानी,न बिजुली,न पेट्रोल वा ,वा गाडी धनि साथी तपाई ले मुख मात्र छाड्ने होइन सकिन्छ भने हात नै छाडे हुन्छ यी राष्ट्रिय फटाहा हरु लाई /बधाई छ तपाई को साहस अनि आक्रोस लाई …….जय नेता चोर हरु देस अनि जनता लुटेर तिमेरु लाई कहिले पुगेन है???

  32. हरेक नेपालिलाइ represent गर्छ यो मान्छे ले.चरम असन्तुस्टी छ मान्छेमा……भोलि देश ग्रिह युद्धमा जाने संकेत पनि हुन सक्छ यो

  33. यति धेरै मुख छोडी सक्यो बजियाले, फेरी मुखै छोडौ पो रे…..भिडियो मा हसायो केटोले ? बास्तवमा यो जनताको आक्रोस हो? यो हुनपनि किन नहोस? अब नेता हुन् तेती सजिलो छैन जिम्वारी वहन गर्नु पनि पर्ला ?

  34. मुख मात्र होइन अब हात र खुट्टा ले जता भेटनि हिर्काउनु पर्छ शाठी
    हो .तेस पछि गोर्खाली सिरुपाते ले प्रचण्ड,बाबु राम,माधब ,कोइराला को सन्तान ,सब ….
    हेर यो हुन्छ हुन्छ .

  35. यो भिडियो मा अलि बढी नै भनेको होइन र? तपाई आएर देश चलाउदा चाई मज्जाले चल्छ ! अनि भासन दिदा पनि साले जनता हरु भन्ने होला, कि कसो ? अनि तपाई त private गाडी मा हिड्नु हुदो रैछ, धन्न तपाइले अरु को समस्या बुझ्नु भयो ! अझ पैदल हिड्नु परेको भए त गोलि नै ठोक्थे कि क्या हो? अनि व्यापार अनि बेबसाया मा कति कर छल्नु भयो होला भासन चाई राम्रै दिए !

    यहाँ कार मा चडेर कर का कुरा !!!!

    • ये मुर्ख मान्छे, कार मा चढ्नु पाप हो र ? अरुको इर्स्या मात्रै गर्न आउँछ होइन? कर छल्य छ कि छैन त्यो मान्छे ले, तपाई लाइ के थाहा? हामि नेपालीहरुको येही बानीले गर्दा हामि अगाडी नबढेको हो .खालि अरुलाई शंका गर्यो, अरुको कुभलो चितायो……

      • कार मा चडनु कुनै पाप होइन साथी, म पनि तेस्मै चडछु ! तर गति नै छाडेर बोलेको लाई राम्रो भन्ने तपाई हरु को मानसिकता देखेर दिक्क लाग्यो ! कहाँ छौ त हामी ? हाम्रो आक्रोश आफ्नो ठाउँ मा होला तर तेस्लाई बेक्त गर्ने पनि एउटा तरिका हुन्छ नि ! कसैको इर्स्या गर्नु पनि छैन, निधार मा चस्मा लगाएर अरु लाई गाली गरेर मात्र कोहि ठुलो हुदैन साथी ! रह्यो कार मा बसेर कर तिर्ने कुरो.. ९०% कार चड्नेले नै कर छलेर आज हाम्रो यो हाल भएको हो ! आधा रात सम्म काम गरेर आको तलब बाट कर तिर्ने म पनि यो देश को सच्चा नेपाली को छोरा हो र येस्मा म गर्ब गर्छु !!

        • बिनोद जी ९० % को ठाउमा १००% नै भन्नुस न, के १०% चाही आफुलाई चोखो राख्न लाई घटाउनु भाको ? अनि नेताहरु तपाइको आफन्त पर्छन कि कसो नत्र सभ्य भाषा नबुज्ने गतिछाडा नेतालाई बोल्नु पर्ने भाषा नै येस्तई हुनु पर्ने हो नि

    • किन कारमा चढेर करका कुरा गर्नु हुदैन र? कार चढ्ने ले पनि त कर तिरको छ नि…

      • रह्यो कार मा बसेर कर तिर्ने कुरो.. ९०% कार चड्नेले नै कर छलेर आज हाम्रो यो हाल भएको हो ! आधा रात सम्म काम गरेर आको तलब बाट कर तिर्ने म पनि यो देश को सच्चा नेपाली को छोरा हो र येस्मा म गर्ब गर्छु !!

  36. १००% ठिक भानु भयो अलि थोरै भयो अजै गाली गर्नु पर्ने हो …….

  37. हैन यस्तो भिडियो टिभिमा किन प्रसारण गरिन्न, Beep Beep राखेर भएनि प्रसारण गर्नु पर्यो, आसय चाही बुझियोस ।

  38. यो भिडियोमा भनेकै पनि अलि धेरै भयनर, अझै मुख पनि छाड्ने हो भने त कति होला ? मलाईत त्यो नै मुख छाडेको लाग्यो है, होइन र ? कि थोरै भयो हँ हाम्रा नेताहरुलाई, भन्नुस है

    • यति सम्म धेरै भा छैन! जनताले कम से कम कुरोले त दनक दिन पाउनु पर्यो नि हो!

Comments are closed.