विज्ञापन ! विज्ञापन !!

ad2

ad1

ad3

ad7


ad8

ad9

ad4

ad5

ad6

माथिका विज्ञापनहरुमा कतिको विश्वास गर्नुभो ? रातो लौका, निलो खुर्सानी, सुन्तले बन्दा, रातो काउली, प्याजी आँप। उपहारहरु देखेर त झन् मनै लोभियो होला हजुरहरुको। एक छाकले तीन दिन अघाउने र पकाएपछि तीन किलोमिटरसम्म बास्ना फैलाउने चामल त किनौँ किनौँ लागिसक्यो होला। स्क्रयाच गरेर पाँच लाखसम्मको उपहार जित्‍न सकिने फलफूल त झन् किनिहालौँ जस्तो लाग्यो कि !

IMG_0775
तर माफ गर्नुस्, तपाईँले किन्न चाहे पनि यी सामान बिक्रीमा छैनन्। यी त सुप्रिया मानन्धर, प्रवीणकृष्ण श्रेष्ठ र शान्त रबाडी थापाको समूहले ‘कलर मि कन्ज्युमर’ शीर्षकको कलामा प्रस्तुत गरेका हुन्। तर यस्तै उपहार दिने दावी गर्ने कम्पनीका सामानहरु बजारमा प्रशस्त छन्। त्यहाँ तपाईँलाई यसैगरी झुक्याउन व्यापारीहरु पासो थापेर बसेका छन्। उनीहरु भन्छन्- विज्ञापनले गर्दा मान्छेलाई लौका पनि रातो हुन्छ भन्ने विश्वास हुन थालिसकेको छ, हामीले देखाउन खोजेको यही हो।

15 Comments

  1. केही दिन अघि नागरिक न्युजमा ” चाउचाउ खाएर बेहोस दुई किशोरी हेलिकोप्टरबाट राजधानीतर्फ” — पढेकी थिए .
    त्यस्ता चाउचाउ कम्पनिले स्बस्थ्य बर्धक आदि इत्यादि भन्दै प्रचारप्रसार गर्छन चाउचाउ बिकाउन — अनि त्यस्तो चाउचाउ खाएर मान्छे बेहोश हुनु पर्ने स्थिति !
    त्यस्तै जुश देखि पेय प्रदार्थ अनि प्याकेटमा बनाईएको बच्चाले खानेकुराहरुको प्रचारप्रसार —
    हामीलाई सोच्ने सम्म फुर्सद नहुने गरि हाम्रो मस्तिष्क भरिदिन्छ्न्न उनीहरु
    किनिहालौ झैँ लाग्ने गरि .
    यो हद सम्मको झुठो प्रचारमुखी हुँदै गईरा’को छ हाम्रो बजार ! यी झुठा प्रचार
    गर्नेलाई सरकारले नियन्त्रण गर्न सकेको छैन .
    यस्तो स्थितिमा हाम्रा कलाकारहरुले जनमानसमा चेतना जगाउने यस किसिमको सृजना अत्यन्तै कलात्मक ढंगले गर्नु भएको छ !
    माथि शिला जी ले भन्नु भए झैँ टिभी तथा हाम्रा मिडियाले यस्ता कार्यक्रमलाई
    ठाउँ दिएर जनमानसमा चेतना जगाउने काममा मद्दत गर्नु पर्यो .

  2. सबै फलफुल हरुको बारेमा जानकारी भएन तर कालो रंगको अंगुर र रातो रंगको केरा चाही real मा पनि हुन्छ (The primary growers of the red banana are Cost Rica, Cameroon, Cuba, and Jamaica ) गूगल मा search गर्दा काउली र बन्दा पनि real मै विभिन्न कलर पाइदो रहेछ,

    कतै साच्चै को फलफुल लाई पनि नक्कली जस्तो बनाएर, नक्कली पुरस्कार पनि साच्चैको हुन सक्छ है भनेर देखाउना खोजिएको त हैन ?

  3. पूँजीवादीहरूले गरेको ‘ग्रोथ’को उदाहरण दिएर साम्यवादलाई जिब्रो लेब्र्याउनेहरू कुरीकुरी !!! धन्यवाद प्रस्तोताहरूलाई ।

    • अब तरकारीमा पनि साम्यवाद र पुंजिबाद ?

  4. सृजनात्मक प्रस्तुती र जनचेतनाका लागि सर्जकहरुलाई साधुबाद…!!! यो कला TV मार्फत पस्कने चाजो मिलाउन पाए कस्तो उत्तम हुन्थ्यो….

  5. तपाई हरु को ब्यगात्मक शैली लाई जे मा पनि मोल घटाउन अनि उपहार को लोभ मोह मा लत बसेका नेपाली ले सहि अर्थ मा लिने छन् र?? कतै बजार मा रातो लौका ,निलो दाल ,हरियो ३ किलोमिटर सम्म बास्ना आउने बासमती चामल नै खोज्न लागि पर्लान नि उपहार को लोभ मा??मलाई चाहिँ तपाई हरु को यो शैली अति नै राम्रो लग्यो/ बासमती चामल खादा सिल्की,लामो कपाल हुने ,अनि अनुहार मा चमक आउने हा,हा,हा,हा,हा,……

  6. जनचेतनाको लागि कलात्मक प्रस्तुति…मनपर्यो !! आयोजकको सिर्जनात्मक क्षमतालाइ सलाम !!

  7. मैले त जापानले hybrid प्रबिधि ले साच्चीनै रंग बिरंगी फलफुल बनाउन लगेछा भन्ने सोचेको ……..

  8. राम्रो कला साथै संदेश पनि ! हुनत आकर्षक बिज्ञापन बनाउनु पनि एउटा कला नै हो तर आजभोलि बिज्ञापन बनाउनेहरुले उपभोक्ताहरुको बौद्धिक स्तर को खिल्ली उडाएको देख्ता बडो उदेख अनि दुख लाग्छ..

  9. रंगिन संसारको कल्पना गर्ने हामी नेपाली घैटोमा घाम लगाउने राम्रो आइडिया हो | धन्यबाद आयोजकहरुलाई |

  10. कलाकार हरुको शिर्जनसिलता लाइ सलाम! यो हेरेर नेपाली उपभोक्ता हरु अलि जागरुक होलान कि? आशा गरौ, भर नपरौ!

  11. ब्यापारीहरुले कसरि मनपरीतन्त्र गरिरहेको छन् भन्ने कुरा देखाउन खोजिएको रहेछ राम्रो लाग्यो,
    मिसावट त के मा पो छैन र प्रतेक खाद्यान्न मा केहि न केहि मिसियेकै हुन्छ.
    उपभोक्ता हितको लागि रहेका सरकारी निकायेहरु अत्ति भयो भने सक्क्रिये भए झैँ गर्छन तेस्पछी टेबल मुनि बाटै सब समाधान/
    लुटतन्त्र कल्ले पो मच्चाको छैन र देशमा पाएसम्म
    सुप्रिया मानन्धर, प्रवीणकृष्ण श्रेष्ठ र शान्त रबाडी थापाको समूहलाई जागृति अथवा सचेत बनाउनलाई गरेको यो कलाको प्रदर्शनको लागि दह्रो सलाम ठोक्न मन लाग्यो,

  12. हुन पनि हो उपभोगता हरु पनि सबै बिज्ञापन को पछाडी लग्चन किन कि त्येस्त बिज्ञापन हरु चल्ती क मीडिया हरु मा धेरै नै बजिरहन छन् ,,जस्तै ८ १० वर्ष अगाडी को उदहारण लीयु रेडियो नेपाल मा एउटा परिवार निओजन शम्बंधी बिज्ञापन बजी रख्थ्येओ …सुखी सम्पन्न परिवार निलो कन white को संसार ….जुन समय मा त्यो बिज्ञापन बजी रहन्थ्येओ तेही समय मा चै हाल सम्म को सबै भन्द धेरै जन्म भएको थियो …अब पर पूर्व कल देखि चलेको चलन छोड्नु कसरि फेरी तेही माथि एदी कुनै नाम चलेका मेडिया हरु ले सुन्तला लै निलो भनेर भने हामी हरु ले त मान्नु नै पर्यो पत्र कर हरु ले गल्ति गरे पनि माफी माग्दा बोलेको शब्द त महाभारत को युध संग दजिदो रैछ..आब मेडिया ले भने पछि म त मान्छु तपाई नि ?किन बेकार को लफडा मोली रहनु

  13. येहि हो राईट च्वाइस बेबी !!!!!!

Comments are closed.