आजको सुपर मून हेर्ने हैन त?


वासिङ्गटनमा आज देखिएको सुपर मून। फोटोः टिम म्याककोर्ड
आजको आकाश अरु बेलाभन्दा विशेष हुँदैछ। अरु बेलाभन्दा चम्किलो र ठूलो आकारको विशेष जून (सुपर मून)देखिनेछ आकाशमा। चन्द्रमा उदाउँदै गर्दा ठूलो देखिने हो, अझ उदाउँदै गरेको चन्द्रमाको अगाडि पहाड, रुख वा अरु केही चिज पर्‍यो भने चन्द्रमा अप्रत्याशित रुपमा निकै ठूलो देखिन्छ। आज काठमाडौँमा चन्द्रमा उदाउने समय ७ बजेर ६ मिनेटमा हो। तर पूर्ण चन्द्रमा देखिने समय चाहिँ पर्सि बिहान ९ बजेर २० मिनेट जाँदा मात्रै हो।

सूर्यलाई पृथ्वीले र पृथ्वीलाई चन्द्रमाले परिक्रमा गर्ने क्रममा आज चन्द्रमा पृथ्वीबाट यो वर्षकै सबैभन्दा नजिक पर्दैछ। त्यसैले आज चन्द्रमा ठूलो देखिने भएको हो। वैज्ञानिकहरुका अनुसार आज जून १४ प्रतिशत ठूलो र ३० प्रतिशत चहकिलो देखिन्छ। भोलि बिहान ९ बजेर १९ मिनेटमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक अर्थात् ३ लाख ५६ हजार ९५५ किलोमिटर मात्रै टाढा हुनेछ। बिहान हामीले त्यो दृश्य हेर्न नपाए पनि एक दिन अगावैको चन्द्रमा हाम्रो लागि सुपर मून हुनेछ।


एरिजोनामा देखिएको सुपर मून। फोटोः डेरिल वेब/रोयटर्स

गत वर्ष पनि मार्च १९ मा यस्तै सुपर मुन देखिने बेला भूँइचालो आउँछ, प्रलय हुन्छ भन्ने हल्ला फैलाइएका थिए। तर केही पनि नभई शान्तपूर्वक नै यो दिन टर्‍यो। यस पटक पनि त्यस्ता हल्ला फैलाइएका छन्। यस पटक पनि उनीहरुको हल्ला बकम्फुसे नै हुने हो।

यस पटकको बुद्ध पूर्णिमाका दिन परेको सुपर मून तपाईँ बसेको सहर, देशबाट कस्तो देखियो, फोटो वा अनुभव सुनाउनुस् है त।

सुपर मूनसम्बन्धी नासाको भिडियो हेरम्-

विश्वभर कस्तो देखियो सुपर मून

9 Comments

  1. ‘चन्द्रमा’
    कहिले तिमि टाढा जान्छौ, कहिले नजिक आउछौ !
    हुने आखिर केहि होइन, बेकारको न्यूज बनाउछौ !!

  2. आहा कति राम्रो चन्द्रमा रहेछ ! मेरो मनै मोहित भयो !

  3. आफ्नो आखाले देख्ने चन्द्रमा
    किन इन्टरनेटमा हेर्नु पर्यो

  4. “थरि थरि रुप मा देखा पर्ने मून को गुन पनि अचम्मकै छ “”

    लोक सिग्देल newyork

  5. छुटाउने त कुरै भएन नि इतिहास मा बिरलै देखिने सुपर मून त काम छोडेर भए पनि हेर्ने परेओ नि !!!

  6. इन्टरनेटमा प्रतक्ष्य हेर्न मिल्ने कुनै साइट छ कि?

Comments are closed.