अन्नपूर्णमा हिमपहिरो, पोखरामा बाढी


सेतीमा बाढी हेर्नेहरुको भीड। तस्बिर सौजन्यः @nepaltraveltips

हिमपहिरोमा १४ को मृत्यु, ६० बेपत्ता
अन्नपूर्ण आधार शिविरको माछापुच्छ्रे हिमालमा गएको हिमपहिरोका कारण सेती नदीमा बाढी आउँदा मर्नेहरुको संख्या १४ पुगिसकेको छ। प्रहरीका अनुसार अझै ६० भन्दा बढी जनाको खोजखबर छैन। उनीहरुलाई अहिले बेपत्ताको सूचीमा राखिएङ्को छ। पूरा विवरण अझै पनि आइसकेको छैन। धन्न बाढीमा परेका तीनजनालाई उद्धार कार्यमा खटिएका प्रहरीले जिउँदै उद्धार गर्न समेत सफल भएका छन्।

को को हराए ?
• सार्दीखोलामा रहेको पर्यटकीय स्थल तातोपानीमा नुहाउन गएका तीनजना रुसी पर्यटकसहित २१ जना बेपत्ता छन्।
• पोखराको ला–गान्धी इन्टरनेसनल कलेजबाट पिकनिक गएका १६ जना विद्यार्थीमध्ये दुईजना बेपत्ता।
• माछापुच्छ्रे गाविसका चारजना पनि बेपत्ता

हपहप गर्मीको बेला बाढी ? पत्याउन गाह्रो हुन्छ। तर एक्कासी बाढी देखेर मानिसहरु अचम्ममा परे। अचम्ममा परेकै बेला कतिपयलाई बाढीले हेर्दाहेर्दै बगायो।

कास्कीको माछापुच्छ्रे र सार्दीखोला गाविसको सीमानामा पर्ने खारापानीका बासिन्दा बाढीबाट सबैभन्दा बढी प्रभावित छन्। खारापानी बजार त पूरै बगेको छ। त्यहाँ पसल चलाइरहेका गोपाल ताम्राकारको शव भेटिएको छ। माछापुच्छ्रे र सार्दीखोला गाविसका पाँचवटा बस्तीलाई नै बाढीले बगाएको हुनसक्ने अनुमान गरिएको छ।

बाढीले सार्दीखोलामा रहेको एउटा झोलुङ्गे पुलका साथै नदी किनारमा बालुवा भर्न गएका चारबटा ट्रकसमेत बगाएको छ।

यस्तै स्याङ्जाबाट वनभोजका लागि आएको बस पनि बगाएको छ। बाढीले चौपाया तथा रुखहरू बगाउनुका साथै खेतीयोग्य जमिन कटान गरेको छ।

अन्नपूर्ण हिमशृङ्खलामा हिमपहिरो गएपछि सेती नदीमा ठूलो बाढी आएको छ। बाढीले अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने दुई दर्जन घाइते छन्। खारापानी बजार बगाएकोले त्यहाँ रहेका ४० वटा घर बगेको छ। पोखराका लागि प्रार्थना गरौँ।
ट्विटरमा पोखरा


सुन्नुस् पोखराबाट लाइभ एफएम

हेर्नुस् बाढीको भिडियो

यो पोखराको याम्दीको भिडियो

अर्को भिडियो

यो सन् २०१० को अन्नपूर्ण क्षेत्रको हिमपहिरो। यसमा नजिकैबाट हिमपहिरोको अनुभव गरिएको छ।

यसरी जाने गर्छ हिमपहिरो (फाइल भिडियो)-

दुई महिनाअघि अन्नपूर्णमा गएको हिमपहिरो-

पोखराबाट सुरजकुमार अर्याल लाइभ ट्विटमा

27 Comments

  1. के यो दुखद घटनामा मर्नेहरुलाई सरकारमा बस्नेहरु ले हेलिकोप्टर चढेर गयर केहि कनिका मात्र छरिदिने त होलान ! बबरमहल बिस्फोटन मा मर्ने हरु किरिया खर्च को लागि मारिरहेछन भने मिथिला आन्दोलन मा मर्नेहरु सहिद भई सकेका छन् ! सरकारको सहिद घोसना गर्ने र छेतिपुर्ती दिने मापदण्ड के होला ! त्यहाँ पनि कमिसन र दादागिरी चल्ने रहेछा

  2. हे मित्रहरुहो, तपाईं हरुले जे जति लेखेपनि ति बाढीमा दाउरा र माछा समात्न जाने हरुले तपाईं हरुका यस्ता तर्क सम्मत लेखहरु पढेका होलान र ? सम्झिनुस त तपाईं हरु कतिपय ले पनि त आफ्नो भबिस्य सुन्दर बनाउन आफ्नो देशनै छाडेर विदेश गएर तपाईं ले कल्पना पनि नगरेको तल्लो स्तरको कम गर्न बिबस हुनुहोला होइन र ? तपाईं हरु जस्तो पढे लेखेका हरुले त त्यस्तो जोखिम लिन सक्नु हुन्छ भने बिहान बेलुका छाक टार्न पनि गारो हुने हरुले जे पनि गर्न सक्छन होइन र ? नेतालाई किन गाली गर्नु हुन्छ, नेपाल मा अहिले सम्म नेतानै को छ र ? यस्ता पनि नेता हुन सक्छन र ? यिनीहरु त दलाल हुन् देश बेच्ने दलाल हरु जसको कारणले गर्दा skilled manpower जति सबै विदेश गइ सके, अनि नेपाल मा अब बिस्तारै यी दलाल हरु, दलहरुका आसेपासेहरु अनि बिचरा बाढीमा दाउरा र माछा समात्न जाने हरु मात्रै रहने हुनकी भन्ने डर भैसक्यो |

  3. global warming……
    सबै हाम्रा छिमेकीका बरदान हुन्…..
    सोच्न जरुरि ६….. हामि सबै नेपालीले….. हाम्रो सम्पति भनेकै हाम्रा हिमाल र नदीहरु हुन्…..
    global warming …..

  4. हार्दिक श्रदानजली दिवंगतहरु प्रति |

    • केसर साथि स्रदान्जली कहिले पनि हार्दिक हुदैन,स्रदान्जली त भावपूर्ण हुन्छ.

  5. पोखराआज बिहानै फेरी दुखद समाचार हेर्दा मन अनि खिन्न भयो,अन्नपूर्ण हिमशृङ्खलामा हिमपहिरो गएपछि सेती नदीमा ठूलो बाढी आएको छ।बाढीको कारणले आकालमा ज्यान गुमाएका विभिन्न ठाउँमा प्राकृतिक दुर्घटना परी ज्यान गुमाउनु हुने बुवा ,आमा , दाजुभाइ ,दिदिबहिनी प्रति हार्दिक श्रद्धान्जलि सोकाकुल परिवार मा धैर्यधारण गर्ने शक्ति मिलोस साथै घाईते हरुको सिघ्रस्वास्थ्य लाभको कामना गर्दछु ! //////// परशु राम मिश्र साउदी नेपाल सम्पर्क मंच //////////////

  6. मेरो पोखरा नगरी! अनि बहिनि सेती! अनि उनकै छिमेकि दाजु माचापुच्रे लाई परेको यो दुखद बिपत्ति अनि दुखको यो मारमा परेका नेपाली मन हरुमा स्नेह अनि हार्दिक सर्दान्जली! आखिर दाजु लाई परेको यो बिपत्तिमा बहिनि को पनि केहि लागेन, उनि पनि रोइन karaen होला अन्तत थाकिन होला अनि बगिन होला आखिर उनलाई पो भन्नु के र उनिको धर्म पनि बग्नुनै हो!

    • अन्नपूर्ण हुनु पर्ने मा कारणबस माचापुच्रे हुन पुगेको मा चमयाचना गर्दछु.

  7. सारै दुखदाई कुरा, यो सबै ग्लोबल वार्मिंग को कारण हो जस्तो लग्यो , भगवान संग प्रार्थना गर्नु बाहेक के नै छ र

  8. राम प्रसाद need to die there because he don’t know what he is explaining. I think he don’t have education. In poor country there is no job so for hope they went to find somethings but…. it’s sad. people who die may peace in soul

  9. आज बिहानै फेरी दुखद समाचार हेर्दा मन अनि खिन्न भयो,अन्नपूर्ण हिमशृङ्खलामा हिमपहिरो गएपछि सेती नदीमा ठूलो बाढी आएको छ।बाढीको कारणले आकालमा ज्यान गुमाएका प्रति हार्दिक समावेदन/
    ༀམཎིཔདྨེཧཱུྃ། ༀམཎིཔདྨེཧཱུྃ། ༀམཎིཔདྨེཧཱུྃ། ༀམཎིཔདྨེཧཱུྃ། ༀམཎིཔདྨེཧཱུྃ། ༀམཎིཔདྨེཧཱུྃ། ༀམཎིཔདྨེཧཱུྃ། ༀམཎིཔདྨེཧཱུྃ། ༀམཎིཔདྨེཧཱུྃ།
    ओं मणिपद्मे हूंओं मणिपद्मे हूंओं मणिपद्मे हूंओं मणिपद्मे हूंओं मणिपद्मे हूंओं मणिपद्मे हूंओं मणिपद्मे हूंओं मणिपद्मे हूं

  10. त्यहाँ दाउरा लिन जाने मान्छेले के गल्ति गर्यो ह? तिनीहरु के रहर लागेर त्यो दाउरा टिप्न त्यहा गएका हुन् र? २,४ वोटा दाउरा भेला पार्दा त्यो दाउराले उसका परिवारका भोका नांगा छोरा छोरीहरुको २-३ दिनको छाक टरछ. उनीहरुको छोरा छोरी भोक प्यासले मरेको हत्पत्ति समाचार पनि बन्दैन,

    साथि हो एउटा कुरा के बुझ्न जरुरि छ भने, जहा भोक प्यास ग्रस्त हुन्छ, त्यहा मानवता सुन्य हुन्छ. मलाइ गरिब दुखि नेपालीको छोरा भएकोमा यहि कुराको गौरव छ, हाम्रा बाउ आमाहरु आफ्नो ज्यान जोखिममा पारेर भए पनि आफ्ना छोरा छोरीलाइ भोकले मर्न दिदैनन……र भगवानले पनि हाम्रा बाउ आमालाइ एउटा न एउटा उपाए गरेर पुर्याई दि रहेका छन्. ……झोलामा अलिकति चामल र नुन बोकेर जब त्यो दाउरा टिप्ने मान्छे बेलुकी घर पुग्छ, त्यो बेला उसका छोरा छोरीको अनुहारमा आउने खुसि एकापट्टी राखौ अनि बेलुकी “दाउरे” रित्तो हात लिएर घर फर्किदा उसका बाल बच्चाको भोक प्यासको चिच्याहतलाइ अर्का पट्टि राखौ अनि यो दुइटा “scene हरुलाई दाजेर हेरु, बल्ल कुरो बुझिन्छ किन त्यो मान्छे त्यस्तो डरलाग्दो बाडी पैरोमा गएर एउटा जाबो मुड़ो तान्दै छ भन्ने कुरो.

    पैरोमा परि ज्यान गुमाउने सम्पूर्णला हार्दिक स्रदान्जली! दिन दिनै भोक प्यासको पैरोमा परि मृत्यु हुने बाल बच्चाहरुलाई पनि श्रद्दान्जली, र आफ्नो परिवारको भोक मेटाउन आफ्नो ज्यानको पर्वाह नगरी काम गर्ने बहादुर नेपालि बाउहरुलाई सलाम. दुखि नेपालि बाउहरुको भोट पाएर अरबपति भएका प्रचण्ड, गर्मि, बादल, हुरी, बतास, असिना, दम्फा, रामविलास अनि धनिया हरुलाई बधाई. फेरी पनि तिनै दुखि परिवारको भोट कसरि लिएर रास्ट्रपति , प्रधानमन्त्री, मन्त्रि, राज्यमन्त्री, सभासद हुन पाइएला भनेर दिन दिनै रिसोर्टहरुमा “बैठक, नाटक” गरिरहेकाहरुलाई हार्दिक सुभकामना.

    • उसको ज्यानै गया भने क हुन्थ्योनि ब्रो उसको बच्चा हरूको झन् बिचल्ली हुन्थेन त्यहि भयर भनेको होलानी होउ हामी नेपाली गरिब छौ तेसैले दिमाग अनुसासन छैन जहाँ जो संग दिम्माग छ अनुसासित छ उ कहिलेइ गरिब हुदैन ब्रो गरिब्न्ब हुनु मान्छे आफै दोषी हो अति भनेपची आफै बुज्नुस दौरा लिन उक्साउने होइन दौरा तान्दा दुर्घटना हुन्छ भनेर सचेत गराउने हो मित्र …

  11. दुई महिना घि देखि हिम पहिरो जाँदै गर्दा पनि सरकारले केहि ब्यबस्था गरेनन/ नेपालीको आपत र बिजोग बेच्ने ई कालोबजारियाको सरकारहरुलाई म सिट गालि गर्ने सब्द पनि छैन/ बाढीको लपेटामा परेका स्थानीय जनता अरु सुरछित रहुन बस यति कामना गर्न सक्छु/

  12. लोभ ले गर्दा दाउरा टिप्न बाढी मा गएको बाढी ले बगायो र बेपत्ता अनि आफन्त हरु चै हाम्रो मान्छे लाइ दाउरे सहिद घोसणा गर्नुपरो भन्दै भोलि नेपाल बन्द !!!!! परेन फसाद !!!

    • लाज सरम छैन, जे मन लग्यो तेही बोल्ने?

    • कमेन्ट गर्नु को पनि एउटा लिमिट हुन्छ. साथी अलि मानवता भन्ने कुरा सिक्ने हो कि ? यो सम्झनुस ति दाउरा लिन जाने हरु को पहुच र धन भए का हुन्थे भने के तेस्तो भेल मा पनि ज्यान ल जोखिम मोल्थे होला त ?

    • यस्तो सम्बेदनसिल घटनालाई जोक मा उडाउनु असभ्यताको पराकास्ठा नाघ्नु हो |

  13. पोखरा बसोबासको हिसाबले पहिलेदेखि नै जोखिमपूर्ण छ । गुप्तेश्वर गुफा र डेभिड फल्सको वरिपरिको अवस्था तथा महेन्द्र पुल,गुफा आदिको स्वरुप हेर्दा पोखराको मुनी खोक्रो हुनसक्छ । सेती नदी त्यसै गहिरिएर खोच परेको गएको पक्कै होइन । भगवान रक्षा गरुन…

  14. यो Video हेर्दा एस्तो लागि कि यो नेपाली जात नै कति लोव़ी रहेछन | हेरुम त तेत्रो बाढी आएर धेरै मान्छे मरी रहेका छन् तैपनि केहि लुट्न पाइनचा कि भनेर खोलाको किनार किनार हिडिरहेका छन् |
    सतर्कता अपौलान भनेको त झन् दाउरा बटुल्न टाएर तान्न तिर मान्छे को भिड देख्दा लाग्छ यो जात नै लोभी र भरस्त छ | धिक्कार छ |

  15. लोभ अनि मुर्खता ले ज्यान गयो \ यति ठुलो बाढी आउदा पनि मानिस बच्ने भन्दा केहि पाइन्छ कि भन्ने लोभ ले खोला किनारामा देख्दा ,अनि नेता हरुले संबिधान भन्दा कुर्शी ठुलो ठान्नुमा के अन्तर भो र ? लोभ ले बिलाप ल्याउछ भन्ने कुरा हामीले कहिले बुझ्ने होला \ कठै !

    • हो एकदम सहि कुरा गर्नु भो हामी यस्तै जटिल भेडे समाज मा छोऊ अरु १०० वर्ष जति यस्तै भेंडे हरुको संसार रहनेछ अनि tesh पछि त अर्को generation केहि बिसेक हुन्छन कि ….!

  16. हेर न कति असभ्य !!! माछा र दाउरा तिप्नेको भिड | मानबियता भन्ने त एउटा छैन गाँठे | अनि हेर न फेरी भिड कस्तो त्यो बाढी बढ्यो भने सबैलाई बगाएर लैजादैं?
    हे भगवान कस्तो समाज मा जन्म लियिएछ |

  17. ग्लोबल वार्मिंग को असर देखिदै छ | दिबंगत प्रति हार्दिक श्रदान्जली | तर यस्तो खतरा को अवस्था मा पनि दाउरा लिन गएको देख्दा साह्रै नराम्रो लाग्यो | यो पनि एक कारण हो मानवीय क्षति बढाउने | यस्तो लापरवाही अलि कम भए मानवीय क्षतिका घटना अलि घट्ने थिए |

  18. सेती नदीको हिउँबाढीमा परि दिवंगत भएका हरु प्रति हार्दिक श्रदानजली …………………

Comments are closed.