एमाले सरकारमा गएन, तीन उपप्रमसहित १२ जना मन्त्री

तीन जना उपप्रधानमन्त्री भएको नेपाल कै पहिलो मन्त्रिमण्डल आज बनेको छ। हिजै दुई जना उपप्रमहरु थिए नै, आज नेपाली कङ्ग्रेसका कृष्ण सिटौला पनि उपप्रधानमन्त्री भएका छन्। उनले आजै राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीबाट शपथ पनि खाइसकेका छन्। एमाले पनि गएको भए झन् ४ जना उपप्रम हुने थियो होला। तर एमालेको केन्द्रीय कमिटीले भने आज सरकारमा तत्काल नजाने निर्णय गरेको छ।

हिजोको ब्लगः
हिजो दिनभर प्रधानमन्त्री बाबुराम भट्टराई एक्लैले थामेको मन्त्रिपरिषद्लाई साथ दिन आज एमाले नआए पनि कङ्ग्रेस थपिएको छ। मधेसी मोर्चा र माओवादीका तर्फबाट पुरानै मन्त्रीहरु जस्तातस्तै छन्। यसले पुरानै सरकारलाई राष्ट्रिय सरकार बनाएको जस्तो छनक आएको छ। एमालेको एक पक्ष त्यही भएर पनि सरकारमा जान मानिरहेको छैन।

आज २ जना उपप्रम र १० जना मन्त्री नियुक्त भएका हुन्। दुई उपप्रधानमन्त्री पुरानै सरकारका छन्। अर्थात् माओवादीका तर्फबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार। गृह मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी उनैलाई छ।

माओवादीका तर्फबाट मन्त्रीहरूमा पोष्टबहादुर बोगटी, टोपबहादुर रायमाझी, वर्षमान पुन र दीनानाथ शर्मा फेरि नियुक्त भएका छन्। नेपाली काँग्रेसको सिफारिसमा कृष्णप्रसाद सिटौला र सूर्यमान गुरुङ मन्त्री नियुक्त भएका छन्। माओवादी र कङ्ग्रेसका मन्त्रीहरु बिना विभागीय हुन्।

मधेसी मोर्चाका मन्त्रीहरुलाई भने मन्त्रालय पुरानै छ- भौतिक योजना तथा निर्माण मन्त्रीमा हृदयेस त्रिपाठी, सिंचाइमन्त्रीमा महेन्द्र यादव, सूचना तथा सञ्चार मन्त्रीमा राजकिशोर यादव र स्वाथ्य तथा जनसङ्ख्या मन्त्रीमा राजेन्द्र महतो।

बिहीबार मध्यरात तीन प्रमुख दल र मधेसी मोर्चाबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भए अनुसार राति अबेर तत्कालीन उपप्रधानमन्त्रीसहित मन्त्रीहरुले सामूहिक राजिनामा दिएका थिए।

शपथ ग्रहणमा समेत एमाले उपस्थित थिएन।

एमाले सरकारमा जानुपर्छ कि जानु हुँदैन ? तपाईँको विचार तल राख्‍नुहोला

111 Comments

  1. सहमति को कुरा लाइ आफ्नो अनुकुल प्रयोग गर्न बाबुराम को चाल असफल भाको हो . एमाले सरकार मा नगयाको हैन .

  2. one moer thing.यो धेरै छोटो priod मा बनेको ,हतारको नया संबिधान आयपनी हतपत्को काम लतपत बनेजस्तै औनेछा ,I mean ,अपुरो, अधुरो,

  3. अब नेपालको स्थिथि डामाडोल छ ,लाथाग्लिंगा ,बताबुंगा छ ,त्यसैले अब रास्ट्रपतिले आर्मी सासन को लागि rady गर्न homework गर्दै गर्दा फरक पर्दैनl l
    मेरो बिचारमा .नेपाललाई just ५ विकास छेत्रमा मात्र विवाजन गर्दा राम्रो हुन्छा ,
    किन बने नेपालको वौगोलिक स्तिथिलाइ पनि राम्रो विचार पुर्यौनुपर्छा नेपाल देरै ठुलो पनि छैन l

  4. यो किन?
    के नेपालको सरकार बनाउन; नेता नेता बिचमा कुरा गराउन र संबिधान जस्तो नेपाल र नेपाली मात्रको चासोको बिषयमा छलफल गर्न गराउन भारतीय गुप्तचर बिभाग “र” को दोश्रो बरियताको अधिकारि आलोक जोसी सिट रात बिराट बाबुरामले बार्ता गर्नु पर्छ? पर्दैन भनु भने यहि मे को २ तारिख को साढे ९ बजे राति भारतीय राजदुत र आलोक जोसी सिट बाबुरामले आफ्नो सरकारी निवास स्थानमा कुरा गरेको इण्डियन एक्सप्रेसले छापेको छ/ यो किन?

  5. मलाई त लाग्छ, ५-७ दिन पछी एमाले अबस्य सरकार मा जान्छ / यो त केवल उसको मालदार मन्त्रालय पाउनको लागि बार्गेनिंग पो हो त / राम्रो मन्त्रालय नपाए पनि जेठ १२ गते पछी कुनै न कुनै निहु बनाएर बाबुराम कै सरकार मा जान्छ, हेरी राखौं साथी हो सबै ले /

    • डाँका हरु ले देश लाई बाडेर खाने भए l लौ अर्का का देश मा मजदूर गर्न जाने बाहेक का बूढा पाका अनि साना नानी हरु अब टुलु टुलु लाटा ले पापा हेरे जस्तै हेर l हामी जनता हरु रितहिक रोशन काण्ड अनि इराक काण्ड जस्ता बेथिति का कुरा हरु मा नै जुलुश र हानाहान गर्ने त हो नि !!!! जथा भाबी बम हान्ने कुकुर हरु ले ई नेता हरु को सामुन्ने गएर सुरुवाल ;को इजार खोलेर बम राख्नु नि अनि पो बहादुर, गोर्खाली को छोरो !!!! नेपाल मा अहिले कुनै एउटा असली नेता वा दल भए म टुडिखेल को खुला मंच को डबली म उभिएर आफ्नो कान काट्छु मेरी आमा को कसम !!!!!!!!!!!!!!
      देश मा अब यही ताल ले संबिधान त बन्ला कि नबन्ला थहा छैन तर हैटी र सोमालिया जस्तो चाई इ नेता हरु ले बनाऊ ने चाई पक्का छ l

  6. बिचरा बाबुराम,गगने जी जस्ता त सल्लाहकार रहेछन,जसले सबैलाई उप प्रधान मंत्री दिएर काम फत्ते हर्ने सल्लाह दिए/अब अनुमान गरौ यो लोक तन्त्र,यत्रो मान्छेको हत्या,यत्रा राष्ट्रिय सम्पत्तिको सत्यानास,लूट केका लागि रहेछ त /अनुमान गर्न त्यति गाह्रो भएन/हुनत देश लुटेर पुगेन नक्कली मान्छे खडा गरे अरबौ रुपैया दकारे /यी निर्लज्जको के कुरा गर्नु/

    • हो Suprabhat ,
      गगने बाबुराम लाइ यस्तै सल्लाह दिन्छ किनकि पद र कुर्चीको लागि मात्र राजनीति गर्ने लोभी घामद पाखण्डी हरुले भरियाको राजनीतिक माहोल नेपालको राजनीतिक वृत्तमा कुनै निष्ठावान र देशको लागि समर्पण को राजनीति गर्ने ब्यक्तित्वोलाई देशको भबिष्य निर्धारण गर्ने सर्बाधिक महत्वोको मुद्दालाई फर्छ्यौट गर्न पर्छ र त्यो जसरि पनि गर्नु पर्छ! कसैलाई उप प्रम नदिया कुनै नेतालाई गृह रक्षा नदीय देश जेसुकै होस् भड्खालोमा जावोस के मतलब भन्ने हरुलाई बरु तिन हप्ता उप प्रम बनाइदेर देशले यो बिलखबन्द बाट मुक्ति पायर अगाढी बढ्छ भने त्यो गर्दा हुन्छ भन्ने मात्र होइन म त गर्नु पर्छ भन्छु!
      अनि कहिले सम्म यो स्थितिमा राख्ने देशलाई?
      ल गगनको सल्लाह ठिक भयान, अर्को सल्लाह दिउ न त? फेरी भन्लाउ बाबुरामको राजिनामा होइन?
      बाबुरामको राजिनामा ले समस्या बल्झाउदछ, चर्कौदछ र झन् ठुलो बनाउदै समाधान लाइ धेरै पर फ्याकिदिने छ! तर यी लोभी पाखण्डी स्वार्थि नालायक हुतिहारा हरुलाई उप प्रम दिदा देशको सबैभन्दा ठुलो अल्झो ले निकाशा पाउने छ र देश छिटै जनताको हातमा हाउने छत् अनि तेतिबेला हामीले हाम्रो आफ्नो सोचाइ को निर्णय गर्न पाउने छौ! तर तेसो भयान भने यो समस्याको समाधान भयान भने देश जनताको हातमा आउने होइन जनताबाट झनै टाडा जानेछ र तेस्बात सबै भन्दा प्रताडित यी नेता होइन जनता हुने छन्!
      तेसैले गगने चाहन्छ देश छिटो भन्दा छिटो जनताले आफ्नो निर्णय दिन सक्ने गरि जनताको हातमा आओस अनि जनताले आफ्नो स्वोबिबेकाले राजनीतिक नेता भैटोपलेको व्यक्ति र पार्टीको बारेमा हामीले आफ्नो निर्णय दीनेछौ!
      एक दर्जन उप प्रम बनायो भने बढी से बढी के हुन्छ बाबुरामको नाममा सबै भन्दा बढी उप प्रम बनाउने नाम लेखिन्छ तर तेस्को बिरुद्द देशले निकाशा पाउछ!
      यहि हो गगनको चाहना!
      लोभी स्वार्थि र पापीलाई तिनीहरुको आँत भरिने गरि अलिकति दिदा बाटो खुल्छ र देश अघि बढ्छ भने मा त्यो सल्लाह दिदै तेसो गर्न आग्रह गर्छु बाबुराम लाइ!
      यो भन्दा राम्रो सल्लाह केहि छ भने दिउ क्यारे, सबैको सल्लाह र सबै किसिमको सल्लाह लाइ स्वागत गरि हाल्छ क्यारे बाबुरामले!
      कि कसो?

  7. एमालेवाट दुईजना प्रधान मन्त्रि भईसकेकोले जनता एमालेको करतुतवाट थाकेका छन्| साँचै भन्नु हो भने पार्टिको रुपमा एमालेको अस्तित्व नै छैन भने नी हुन्छ| माकुने गणतन्त्र आए पछीका सबै भन्दा निकम्मा प्र म भए| आफ्नो कुर्सी जोगाईराख्न उनले सुजाताको यति हेपाई खपे जसले उनको असक्षमता सावित गर्यो| भारतीय विदेश मन्त्रि आउँदा आफ्नो छोरीको लागि डाक्टर पढ्ने छात्रवृत्तिको कुरा गरे| कोपेनहेगनमा दीपक बोहरालाई सरकारी खर्चमा शयर गराए| बिचरो झलनाथलाई ओली र माकुने मिलेर दिनहु खुट्टा ताने| संकुचित भावनाका प्रदिप नेपालले झन् आफुलाई मन्त्रि नबनाएको झोकमा आफ्नै पार्टीका झलनाथको जरै खोद्लेर खेदो खने|
    एमालेलाई सबै भन्दा उचित मार्ग के भने पार्टी बिघटन| पुष्पलालको आत्माले सराप्ने छन् यस्तो पुंग न पुच्छरको पार्टीलाई|

    • तेतिमात्र हो र?
      यी पाखण्डी नकच्चरो हरुले त अझै बिश्वोकै सबैभन्दा महान मन्त्रीमंडल र बिश्वोलाई नै तातेर बर्बाद हुनालायो अब चिस्यौनुपर्छ चिस्यौछौ चिस्यौलाई झैँ गरि भय भारको कोट ज्याकेट भिरेर तेसमाठी सिरक ओडेर ह्वा काला पथ्थर कि कताहो मंत्रिमंदलाको बैठक गर्न धारी गाका थे!
      भक्कु मोज गरेनी जाठा जाठी हरुले तेतिबेला !
      अहिले अर्को ले संबिधान र शान्तिको कार्य सम्पादन गर्न लाग्यो भनेर अत्तो थाप्दै छ!
      तल्लाई लुके कुकुर हरु पाख अब चुनाबमा लात हानेर लघार्ने छौ!

  8. एमाले अरुले छाडेको जुठो खाँदैन’
    http://www.ekantipur.com/nep/2069/1/25/full-story/347339.ह्त्म्ल

    अगस्त्य मुनि आज्ञा गर्नु हुन्छ, हे कम्युनिस्ट पार्टी नामधारी जैसी समूहको सदस्यहरु हो तिमीहरु अहिले सम्म जुठो पुरोमै रमिरहेकोमा अहिले बेखुसी हुनुको कारण जे भए पनि अब आउने चुनावमा तिमीहरुको के हालत हुन्छा अहिले छाडेको जुठो पुरो पनि मिल्छ मिल्दैन भन्न सकिने स्थिति छैन तसर्थ कुकुर झैँ झगडा नगरी जे मिल्छा त्येही खाएर अलि अलि भुक्ने र मालिक हरुको अगाडीपछाडी लम्पसार पर्ने काम गर्दै गर .

    कुकुरहरुको पनि बुढो भए पछी त्येत्ति मान हुदैन. त्येसो भएको ले हे जैसी हरुहो, नेता बन्ने रहर त्यागेर श्राद्द गर्ने कर्म गरेउ भने भबिस्यमा भोको रहने छैनौ. नेपाल, पोखरेल, बिधुवा भण्डारी, ओली सबै जना अब स्रद्दा गर्ने काम सिक र भबिस्य सुरक्षित् गर. बाटोमा मग्न बासु भने पनि चिन्नेहरुले तिमीहरुलाई ५ पैसा पनि दिदैन. छल छाम गरेर अब बाच्न सक्ने अवस्था छैन.

    अग्रिम सुभकामना
    कमलबाबु

  9. कृष्ण सिटौला पनि उप प्रधान मन्त्रि!!!!!/ उनि नाम र काम कृष्ण कै गर्ने मानिन्छ/ कृष्ण महाभारतमा पाण्डवको आत्म निर्णय गर्ने राज्य बनाउन अनेकौ लिला रच्थ्यो भने यो “कृष्ण” ले तराईमा मधेसीको आत्म निर्णय गर्न सक्ने राज्य बनाउने लिला गर्ने भयो/ सिटौला कांग्रेस भित्र भारतको हुकुमे भनेर चिनिन्छ/

    बाबुरामको मित्रहरु अनौठो भयको मान्ने पर्ने भयो/ यकातिर सिटौला जस्तो भारतको “र” गुप्तचार विभागको हल्कारा “अमरिश” को अत्यन्त नजिकको सिटौला अर्को तिर विजय गच्छदार बिचमा बाबुराम भय पछी त् नेपालमा संबिधान बनेर नभय अनुवाद भयर जारि हुने पक्कै भयो/

    मावोबादी र ७ दलको सरकारले भारतले हिन्दि भाखामा लेखेको सम्झौतामा ल्याप्चे लगायको थियो/ ४ बर्ष सम्म लोकतन्त्र के हो सम्म भन्न नसकेको, कुनै पार्टीले संघियता सम्भंदी आफ्नो धारणा समेत बनाउन नसकेको अबस्थामा अब संबिधान बन्न जम्मा १ महिना मात्रै बाकि रहंदा पनि यो सरकार २ ता सरकार गठन गर्नु पर्ने अबस्थामा ईनिहरुले भारतले हिन्दि भाखामा लेखेको संबिधान नेपालीमा अनुबाद गरेर मात्रै जारि गर्न सक्छ ईनिहरु आफैले बनायर जारि गर्न सक्दैनन्/

    हुनत के नौलो कुरा भयो र? १२ बुंदे सम्झौता पनि त् भारतले हिन्दि भाखामा लेखेर ईनिहरुलाई ल्याप्चे लगाउन लगायको थियो त् यस पालि पनि तेस्तै नै हुने जस्तो भयो; आश्चर्य मान्नु पर्ने कुरो भयान/ आश्चर्य त् आज बाबुराम जस्तो आज सम्म प्रधान मन्त्रि भयकोमा सबै भन्दा बढी पढे लेखेको व्यक्तिले सुडान काण्डको रचियतालाई साथि बनाउनुमा छ/

    मेरो अनुमानमा भारतले लेखेको संबिधान नै नेपालमा जारि हुने भयो भने त्यो भारतको बिहारको बिधानमा अलि अलि सब्द फेरेर नेपालको संबिधान बनाउनेछ होला/ बिहार भारतको प्रदेस मात्रै हो/ बिहारको विधानमा भनियकोमा नेपालको संबिधान भंनिन्छ होला/ प्रदेश भनियको थाहूमा देस भन्छ होला/ बिहारी भनियको थाहू मा मधेसी भन्छ होला/ बिहारको बिधानलाई नेपालको संबिधान बनाउन ईनिहरुले टिपेक्स किन्नमा धेरै खर्च गर्ने भयो/ अब यो टिपेक्स किन्दा पनि सिटौलाले अर्को सुडान काण्ड गर्यो भने बाबुरामले के गर्ला; खै आम माफी नै त् देला अरु के गर्ला र?

    • भारतको नाङ्गो हस्तक्षेप र भारतीय दलालहरुको जगजगीले गर्दा संविधानको बिषय बस्तु जस्तो भएपनि यसले बैधता पाउन गार्हो छ/ बैद्य पक्ष, एमाले र देउपा समुहले त्यस्तो अबैध श्रेस्ता लाई स्वामित्व दिनु नपर्ने निहु पाई सकेका छन/

      एमाले सरकारमा नगएर कति बुद्धि पुर्याएछ भन्ने देखन धेरै कुर्नु पर्दैन/

      हेर्दै जाऊ, रअ को गार्बेजको भारी बाबुराम र सिटौला जस्ता ईमान्दार सेवकहरुले कति टाढा सम्म बोक्ने हुन्/

    • कस्तो कडा प्रहार गर्नुहुन्छ मदन जी ,बाबुराम भक्त हरुको छातीमा ३ इन्च को किला ठोक्दिनु भो |
      हान्नु त् एस्तो पो हान्नु |

      • किला त संविधान नबनोस् भनेर चारधाम घुमिरहने काजीहरूका छातीमा ठोकियो होला अहिलेको यो राजनीतिक माहोलले । मधेश अनि मधेशी भन्नेबित्तिकै चार हात उफ्रिनेहरूका लागि कुनै पनि राजनीतिक माहोल बिहारी नै लाग्छ ।

        • नेता हरु ,काजि हरु ,धनमान हरुलाई संबिधान कानुन ले छुन अझै धेरै पर्खन पर्छ पुष्प जी |१९४२ मा स्वतन्त्र भएको हिन्दुस्थान मा त् अझै भाइ जी हरु ,नेताहरु कानुन माथि छ |यदा कादा देखिने केस चै अपबाद भन्दा हुन्छ ,हाम्रो देश मा त् अझै आर्को सय बर्स जिसकी लाठि उसकी भैस , कामना गरौ तेसो न होस् |

          अनि पुष्प जी मदेस र मदिसे भन्ने बिसय नै तेस्तै भएर नेपालि ले चनाखो हुनु जरुरि छ | हुन् त् तपाइँ म पनि मदिसे हो भन्दै बेला बेला मा मदन जीलाई हैरान पारेको देख्छु ,मदन जी तापाई कसरि मदिसे भन्ने ?तपाइँ म मदिसे नै हो भन्ने ?
          हामीलाई पनि यसै हो भन्न हैरान |
          म चै पुष्प जी को मन न दुखोस भनेर पहिले नै मदिसे भन्दिन्छु |
          ”आज को अहम प्रश्न , चीन र भारत को बीच मा सदियेउ देखि रहिआएको नेपाल भन्ने देश ,उसको कल्चर ,रितिथिति लाइ जोगाई राख्ने कि न राख्ने ?”
          तिन तिर को खुला सिमाना ले गर्दा भएको राजनीतिक ,सांस्कृतिक अतिक्रमण लाइ
          तपाइँ मधेस मा बसेर पनि न देखेको कि स्वयम् मदिसे बनेर आखा चिम्लेको ?
          एउटा लक्ष्मण रेखा कोरिनु पर्छ पुश्पजी ,नेपालि भएको नाताले बिहारी को हा मा हा मिलाउदा उसले मन मनै बहादुर चै भन्ला , मदिसे चै भन्दैन |

          • तल मदनजीलाई लेखेको प्रतिक्रिया तपाईंका लागि पनि हो है द्रोणजी । धन्यवाद ।

        • पुष्प ज्यु
          अरु होईन आफुलाई मधिसे भन्नेहरु सगरमाथा नै नाघूला जस्तै उफ्रिरहेकोछ/ सम्पूर्ण तराईलाई हुँदै नभयको मधेश बनाउने; मधेसी हुँदै नभयको तराई बासीलाई मधेसी बनाउने भन्दै उफ्रन्दै गरेको मधेसीहरुलाई थारु र मैथिलीले लोप्पा खुवाय पछी बिहारमा लुकेर जनकपुरमा मैथिलिहरु माथि बम नै हान्यो/ त् भन्नुस पुष्पज्यु को उफ्रिरहेको छ?

          जनकपुरमा बम हानेर मैथिली नेपालीहरुलाई मार्दा पुस्पज्युहरुले यक सब्द सहानुभूति प्रकट गरेर लेख्नु भयन/ नेपालीलाई बम हानेर मार्दा मुटु दुई सब्द नलेख्ने पुस्प्ज्यु बिहारी मधेसीको आलोचना अलि हुँदा उफ्रनु भयो/ हामीले त् नापेको छैन पुस्प्ज्यु कति हात उफ्रनु भयो भनेर आफै भन्नुस तपाईं कति हात उफ्रनु भयो?

          सिटौला भारत सिट लहसियाको कुरा कांग्रेस भित्रै जग जाहिर कुरा हो/ सिटौला सुडान काण्डमा मुछियको कुरा संसारलाई थाह छ/ बाबुराम ले कम से कम तेस्तो व्यक्तिलाई सिफारिस नगर्नुस त् भन्न सक्थ्यो, सक्दैन भने के को योग्य मान्य बाबुरामलाई?

          • मदनजी,

            पहिलो कुरा त थारुहरूले उठाएको मुद्दामा मेरो पूर्ण समर्थन छ । मधेशीका नाउँमा राजनीति गर्नेहरूले उठाएको समग्र मधेश एक प्रदेशलाई ‘काउण्टर’ दिने कोही छ भने ती भूमिपूत्र थारूहरू नै हुन् । मैले त्यो बमकाण्डमा प्रतिक्रिया नजाउनुलाई वा सहानुभूति नजनाउनुलाई तपाईंले अन्यथा अर्थ लगाउनुभएको भए माफी चाहन्छु । कतिपय यस्ता कुराहरू हुन्छन् जसमा बोलिरहनुपर्छ जस्तो लाग्दैन । तर आश्चर्य लाग्छ तपाईंले भन्नुभएका कुराहरू पढेर । लाग्छ, तपाईंले आजसम्म मेरा प्रतिक्रियामा मधेश अनि मधेशीलाई मात्र समर्थन गरेको पढेको पाएँ । मधेश अनि मधेशीका नाउँमा राजनीति गर्ने ती बिहारीहरूको विरोध गरेको कहिल्यै पढ्नुभएनछ । म मधेशी हुँ र त्यसैले ती मधेशीका नाउँमा राजनीति गर्नेहरूको विरोधी हुँ भनेर खै कहिले बुझ्ने हो तपाईं ?

            नेपालको राजनीतिमा को चोखो छ भनेर हिसाब गर्ने हो भनेर नेपालको राजनीति अरु कसैलाई हाँक्न दिए हुन्छ । अरुले भने उही दखिने नै हो । त्यसैले अहिले कसैको विगत कुरा कोट्याइरहनुको तुक छैन । यदि सिटौला साँच्चिकै अगतिला हुन् उनी वाग्लेको बाटो पछ्याउनेछन् । तर अहिलेको चरम राजनीतिक स‌ंकटका बेला, यसले यो गर्याथ्यो र त्यो गर्याथ्यो भन्नु दरबारिया चालाबाहेक अरु केही होइन । कृपया दरबारको भूतबाट आफूलाई मुक्त गर्ने प्रयास गर्नुस् ।

            • पुष्प ज्यु
              गजव छ तपाईंको कुरा/ सानो मसिनो कुरामा आफ्नै कुरा ठिक भनेर प्रतिक्रिया माथि प्रतिक्रिया गर्ने पुष्पज्युले “हामि मधेसी होईनौ, तराई मधेश होईन” भन्ने मैथिली माथि बिहारमा बसेर तराई नेपाल बात अलग्ग गर्नु पर्छ भन्ने रास्ट्र घाती राजन समुहले बम प्रहार गरेर मार्दा पनि पुस्प्ज्यु ” बोलिरहनु आबस्यक नहुने” भन्नु हुन्छ/ गजव छ पुष्पज्यु तपाईं गजव छ/

              पुष्पज्यु मैले मधेशबादीहरुले तराईमा नेपाली भासीहरु माथि आतंक मच्चाउन्दै आएको छ भनेर प्रतिक्रिया गर्दा तपाईंले मधेशमा तेस्तो केहि नभयको मधेसीले तेस्तो नगरेको भन्नु भयको थियो/ जनकपुरको घटना( यस्तो घटना त् कति भयो भयो) ले पुष्पज्यु सहि छ बा म सहि छु भन्ने कुरा देखाउंछ नै/

              पुस्पज्यु,तपाईं को जात रंजितकार भयको नाताले तपाईं नेपालको तराईमा बसुन बा अन्त कतै, तपाईं सदा नेवार नै रहनेछ/ जातको बिशेसता भनेकै त्यो कहिले नबदलिने कुरा हो/ हो पुष्पज्यु महिला भयको भय सायद मधेसी सिट बिबाह गरेमा मधेसी हुन् सक्छ/ तर पुस्पज्यु महिला हो जस्तो त् लाग्दैन/ यदि पुष्पज्यु महिला हुनु भयको र कुनै मधेसी सिट बिबाह गर्नु भयको भय हो तपाईं मधेसी हो र मैले तपाईंलाई मधेसी नमानेकोमा मलाई माफ गर्नुस/

              अब सुडान काण्डको नाईके सिटौला उपप्रधान मन्त्रि बनाईयको बाबुरामको आलोचना गरेकोमा/ आज सम्म सबै भन्दा बढी योग्यताको डिग्री भयको प्रधान मन्त्रि बाबुरामको मन्त्रि मण्डलमा यस्तै भारत मुखी, मधेश बादी, जातिबादी, भ्रस्ताचारी र अपराधि समेतको हाली मुहाली भयको देखियो/ यस्तो किन?यो किनको जवाफमा बाध्यकारी अबस्थाले चाहि नभन्नु होला/ सेना सिट नझुकेको मावोबादी आज जो कोहि सिट झुकेको कुरालाई बाध्याकारी मान्न सकिंदैन/

              बाबुरामको सरकारमा ईमान्दार मन्त्रिहरु भयको हेर्न चाहने नेपालीको भावनालाई “दरवारिया” भन्ने पुष्पज्युको बिचार ले पुस्पज्यु कस्तो मावोबादी समर्थक हो भन्ने कुरा सायद मावोबादी मित्रहरुले बुझ्नेछ/

              • मदनजी,

                आफूमाथि विपत्ति लाग्दा कसैले आफैंलाई समवेदना भनेर प्रकट गरिहिँड्छ र ? जनकपुर घटना थारुजातिमाथिमात्र भएको होइन, समस्त जनजातिमाथि भएको हो । तसर्थ आफैले आफैलाई समवेदना भनेर ढोँग रच्ने मेरो बानी छैन ।

                मैले भन्दै आइरहेको कुरा हो कि मधेशी भनेको कुनै जाति वा सम्प्रदाय होइन । तसर्थ म आफूलाई मधेशी भनिन हिच्किचाउने कुरै छैन । तपाईंलाई मेरो यो तर्क उचित नलाग्ला, त्यो बेग्लै कुरा ।

                सिटौलाको कुरा शायद शशांकजीसँग पनि गरिसक्नुभएको छ । उहाँले भनेजस्तै बाबुरामले टपक्क टिपेर काँग्रेसीलाई मन्त्री बनाएको होइन । काँग्रेसले पठाएको हो उनलाई । अब मदनजीले आरोप, सही भएतापनि, लगाएकै भरमा बाबुरामले उनलाई उपप्रम बनाउनुहुँदैनथ्यो भन्ने कतै लेख्या भए माफ पाउँ ।

                अहिलेको राजनीतिक माहोलमा इमान्दार नेताहरू कति जना छन्, इमान्दारिताको कसी के हो भन्ने छिनोफानो लगाएर मन्त्री छान्न थाल्ने हो भने दशकले पनि भ्याउँदैन । त्यसैले भनेको हुँ कि महिलेको अत्यन्त तरल अनि संवेदनशील राजनीतिक अवश्थामा यस्ता कुरा चित्रबहादुर अनि कमल थापाहरूमात्र गर्छन् । मदनजीले पनि गर्नुभो, अचम्मै मान्नुपर्ला ।

      • द्रोण ज्यु
        गुगलमा “too many cooks- indian express” टाईप गर्नुस/ छाना बात कसैले म स्वतन्त्र नेपालको नेपाली भन्नेलाई धकेलेर खसायको महसुस गर्नु हुनेछ/

        • मदन जी
          नेपाल को मावोबादी आन्दोलन ‘र’ सग धेरै नजिक रहेर काम गरेको कुरा बाह्र बुदे हुदै
          देश चिरा चिरा परुन्जेल सम्म धेरै घटना क्रम ले पुस्टि गर्छ \
          मैले मावोबादी नेताहरु ले उनीहरुलाई देश मा गणतन्त्र लेउन सम्म मात्र युज गर्छ होला भन्ने ठानेको थिए , हाल आएर त् लम्पसारै परेको देखियो \
          कतै लेन्डुप दोर्जे बन्न खोजेका त् हैनन् ?

          • द्रोणजी,

            मदनजीले भन्नुभएको लेखमा त्यति साह्रो केही लेख्या जस्तो लागेन; प्रसाद अनि जोशीजस्ता छेपाराहरू हाम्रा नेताहरूको कोठाचोठामात्र चहारेको कुरा छ । यी कुरा त सबैलाई ज्ञात भएकै हो कि लैनचौर दरबारमा बस्ने भारतीय कुकुरहरू पुच्छर हल्लाउँदै जतासुकै छिर्छन् भन्ने । के यी कुराहरु हुँदमा माओवादी भारतको अघि लम्पसार परेको भन्ने ? बालापनका कुरा भो नि यो त ।

            • पुष्प जी
              पहिले बोलि पिछे भारतीय बिस्तारबाद भन्ने मावोबादी हरु अहिले कसरि स्खलित हुदै ,उनैको पिछलग्गु हुदै आएको छ ,सर्ब बिदितै छ |अब बिस्तारै
              हेर्दैजानु होला मेरो भनाइ कत्तिको सत्य छ |
              धेरै के लेखु |

              • मा‌ओवादीलाई “लोकतान्त्रिक पार्टी बन्नुपयो’ भनेर कुर्लनेहरूलाई देखाइदिएको होलान नि “यी लोकतान्त्रिक पार्टी भनिनेहरूको लोकतन्त्र यस्तो हुन्छ” भनेर । बुझ्नुस् न द्रोणजी । पिछलग्गु भयो भन्ने आरोपमा चैँ म फिटिक्कै सहमत छुइन ।

                • पुष्प जी
                  राजनीति मा आखा अगाडी बोलिने कुरा भासन भयो ,पछाडी बोलिएको ,गरिएको काम लाइ के भन्नु हुन्छ |
                  सानो उदाहरण ,यो पढी हेर्नुस
                  http://www.indianexpress.com/news/too-many-cooks/९४५५५६

                  एस्त धेरै उदाहरण भेटिन्छन ,आज आखा चिम्लेर सोचे सबै बुझिन्छ |

                  • पछाडिक के भएको छ वा थियो भनेर दुइचार पण्डितहरूले लेख्दैमा पत्याउने हो र ? आखिर त्यस लेखमा खासै त्यस्तो केही लेख्या पनि छैन ।

    • मदनजी ! राष्ट्रिय सहमतिको सरकारमा कांग्रेसले जो पठाए पनि बाबुरामले स्वीकार्न करै लाग्छ| आफ्नै पार्टीबाट त आफ्नो टिम रोज्न नपाउने अवस्थामा अर्काको पार्टीबाट यो पठा, त्यो पठा भन्न मिल्यो र ! अनि संविधानका सर्वमान्य धारा र उपधाराहरू जुन देशको राम्रो छ, त्यसलाई अङ्गीकार गर्दा के हुन्छ ? “मेरा भारत महान” भनेर अवश्य पनि हाम्रो संबिधानमा लेखिन्न होला| भारतीय संबिधानविद संग परामर्स लिंदा हाम्रो जात जाँदैन है| सल्लाह अरुको लिने हो, निर्णय आफुले गर्ने हो!

      • शसांकज्यु
        “मित्र शसांकज्यु, सिटौला लाई उप प्रधान मन्त्रि बनायको कुरामा मैले बाबुरामको गल्ति देखायको छैन/ मैले मात्र बाबुरामको मन्त्रि मण्डलमा भ्रस्ट र भारत परस्त व्यक्तिहरुको हाली मुहाली हुँदा संबिधान बनाउने कुरा कसरि प्रभावित हुन् सक्छ मात्रै भनेको हो/

        म मावोबादी पार्टी भित्रको व्यक्तिको मावोबादको सिद्धान्तको समर्थन गर्छु/ म मावोबाद नेपालवादको निमित समर्थन गर्छु मधेशवादको निमित होईन/ यसै कारण मावोबादी पार्टीलाई मधेशबादीले आफ्नो रंगमा रंगाउन्दै नचाउन्दै आयकोमा म बिरोध गर्छु/ म मात्रै किन मावोबादीदल भित्रै पनि बाबुरामको बिरोध हुँदै आयको छ;/

        शसांकज्यु मधेशबाद र मावोबाद दुई नितान्त फरक कुराहरु हुन्/ बाबुरामको आलोचना गर्दैमा मावोबादी बिरोधि कोहि हुँदैनन् तर मधेश्बाद्को निमित मात्रै मावोबादीको समर्थन गर्ने मावोबादीको निमित कति घातक छ र हुने छ भनेर समयले भन्ने छ/

  10. UML is really a stupid party. Two of their prime ministers M K Nepal Jhalanath have provem to be incompetent. Now atleast Baburam have proven something. He is going to complete the peace process plus constitution and Congress will implement the election. Who has become the loser? UML of course under the guidance of vengeful relentless Oli. Oli’s Primeministerial ambition and his hatred towards the Maoists is going to ruin UML in comming election.

    • Oli resentful? No! He is master strategist. In politics, he can foresee the big picture which others cannot. His decision (and it is HIS decision!) not join Baburam’s government is simply a master stroke. You can see the outcomes of this very soon!

  11. भारतले यी सबै पार्टीका नेताहरुलाई आफ्नै रोहबरमा कपाली तमाशुख लेखी एउटी डुंगामा राखेर नेपाल पठाएको थियो/परिणाम स्वरूप कसरी भारतको हितमा,भारतको चलखेल बढ्ने गरि,सिक्किम नभए भुटान गराउने गरि कसरी नेपाली बाताबरनलाई धुमिल पार्न सकिन्छ ति सबै गराउने गरी आज सम्म नाटक,नौटंकी ,सरकस सबै भए/एउटा डुंगामा सवार यी महामहिमहरू संबिधान सभाको चुनाब पछी नेपाली जनताको भावनालाई कदर गरेर एक मतले समयमै संबिधान बनाउने र देशलाई अनिर्णयको ,अनिश्चयको बन्दक भैरहन बाट बचाउनु पर्थ्यो/४-४ बर्ष लडेर बस्ने ,अनि जाबो राजदुतले भन्ना साथ् सहमति गर्ने?यसले के कुराको संकेत गर्छ?त्यसकारण एमाले यस्तो सरकारमा सामेल भएन /ठिक ग-यो/कमसे कम एमाले राम्रो ग-यो/ हैन भने भारतको हस्तक्षेप् भैरहन्छ/यस्तो हर्कतको बिरोध हुने पर्छ/

  12. आबस्यक परे एघार वोटा उप प्रम बनायर भनेपनि यो संबिधान को काम फत्ते गर्नु पर्छ!
    एमालेले तेही उप प्रम पाउने छाट देखेन अनि उप प्रम नपायपनि अर्को र्याल चुहायाको गृह मन्त्रि पनि नपाउने भयपछी किन जान्थ्यो सरकार मा, देश को लागि त्याग र निष्ठाको राजनीति गरेको भय पो त सिर्फ कुर्ची र पद कै लागि सब राजनीतिक नामको नाटक हो देश जतिसुकै भुवारिमा परोस जेसुकै होस् यिनीहरुलाई चाहियको पद कुर्ची चाहि पाउनैपर्छ चाहे एकै दिनको लागि किन नहोस! नत्र यस्तो सम्बेदनशील घडीमा अतिकम र तिन हप्ताको सिमित समय मात्र रहेको अबस्थामा अनेकन घाडो र हत्तो थापेर आफैले सहमति गरेको सयुक्त सरकार मा नजानु भनेको कतिसम्म निंच बिचारको दलित राजनीति हो त यो! तेसैभंछ नपुंसक र हिजडा पार्टी!
    बाबुरामले अब बैध्य पक्षलाई पनि एउटा उप प्रधानमन्त्रि दियर मनाय हुन्छ यसको बखेडा पनि यहि हो! अब गृह राज्यमन्त्री, सहयाक गृह मन्त्रि आदि बाढेर हुन्छ वा जे गरेर हुन्छ संबिधान बनाउ र राजिनामा दियर यिनीहरुलाई छाडिदिनुहोला डा भट्टराइ बाकि हामि जनताले नियाली रहेका छौ जे गर्नुपर्छा हामि हामि गर्नेछु आउदो चुनाबमा !
    जाबो तिनाहप्ता समय छ तेस्मा पनि चाहेको र रोजेकै कुर्ची चाहिने हे नपुंसक हो देश प्रति कुनै नैतिकता छ?

  13. हैन हौ साथी हो बादरले आफ्नो घर पनि बनौदैना अरुको घर पनि भात्कौछा योही हो लौत केपी ओलीलाई प्रधान मन्त्रि पाउस त एमाले एस्तो पार्टी हो उस्तो पार्टी हो भनेर खोक्छां अनि सबै भन्दा राम्रो पार्टी भन्छन तर यो अन्तिम घडीमा गएर किन यस्तो ?????????? सरकारमा जानुनै थिएन भने किन आधा रात मा हस्ताछार गरेको त हुन त मा साफ्साफ भन्छु म एमालेको सपोटर हु तर मेरो चित्त बुजेना यहाँ नेर आएर यो पार्टी भनेर हिद्नुनै बेकार जस्तो पो लाग्न थालेओ आज भोलि त

  14. तिन उपप्रधानमन्त्री किन होला सबै १२ जना लै बनाउन पर्थियो र एमाले लाई second प्रधानमन्त्री हुने गरि सरकार मा बोलाए समिल हुने थिओ कि ?

  15. नेकापा एमाले ले यदी साच्चै शांति र संबिधान चाहेको छ र आफ़्नै पार्टीका अध्यक्षले गरेको हस्ताक्षर प्रति जिंबेवार छ भने उ पक्कै पनि सरकारमा जानुको बिकल्प छैन ….नत्र भने एमाले लई नेपली जनताले शंति र संबिधान बिरोधि पार्टीको बिल्ला भिराउने छन…….

  16. अहिलेको परिस्थितिमा एमाले भनेको कांग्रेसको छाया वा सो सरह हो !!! घाम अलि देखिए पछी त्यो पनि एकै ठाउमा हुनेछ !!!

    • संबिधान बनाउन पर्ने बेला मा एमाले के जान्थ्यो त सरकार मा त्यो पनि संबिधान बनाउने रास्ट्रिय सहमति को सरकार मा. उ त् कहिले लोकेन्द्र को टांग मुनि छिरेर कहिले देउबा को टांग मुनि छिरेर ज्ञानेन्द्र को गोडा मा खोटो मोहोर चदाउदै प्रतिगमन आधा सच्चिएको भन्दै पो जान्छ त सरकार मा.

  17. नेकपा एमालेले तत्काल प्रधानमन्त्री बावुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको छ । पार्टी मुख्यालय बल्खुमा आज बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री भट्टराई र एमाओवादीले पाँच बुँदे सहमति भएको अर्को दिनबाट एमालेलाई वेवास्ता गरेको ठहर समेत गरेको छ ।
    बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले एमालेले शान्ति र संविधानका लागि सरकार बाहिर रहेर सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, ?शान्ति र संविधान हाम्रो पहिलो प्राथमिकता हो, त्यसलाई सहयोग गर्छाै ।?
    एमालेले संविधानका बिवादित विषयमा हुने सहमति र प्रधानमन्त्री भट्टराईसँगको बार्ताका आधारमा सरकारमा सहभागी हुने वा नहुने विषयमा तय हुने जनाएको छ ।?पाँच बुँदे सहमति भएको अर्को दिनबाट एमालेलाई वेवास्ता गरियो?, नेता ज्ञवालीले भने, ?मन्त्रालय विभाजन होस वा पोर्टफोलियो लगायतमा हामीसँग सरसल्लाहनै गरिएन ।?
    बैठकमा स्थायी समितिले राखेको दुई बुँदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटी सक्किएको छ । बैठकमा धारणा राख्ने अधिकांस केन्द्रीय सदस्यले आफैले विपक्षमा मतदान गरेको सरकारमा सहभागी हुन नहुने भन्दै नेतृत्वलाई सुझाव दिएका थिए । सरकारमा सहभागिताको विषयमा केन्द्रीय सदस्यले आलोचना गरेपछि बैठकमा केही असहज भएको थियो ।अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा नआउँदासम्म सरकारमा सहभागी हुन नहुने सुझाव दिएका थिए । केहीले संविधानका बिवादित विषयमा सहमति जुटेपछि मात्रै सरकारमा सहभागी हुने अन्यथा बाहिरैबाट समर्थन गर्नपनि सुझाव दिए ।यद्यपि केही केन्द्रीय सदस्यले भने पाँच बुँदे सहमति गरेर पार्टी चुकिसकेकाले सरकारमा सहभागी हुनुनै उचित हुने सुझाव पनि दिएका थिए ।

  18. ओली दुरदर्शी नेता हुन् , उनले जे बोल्छन त्यो गर्छन ..जे गर्छन त्यो सोंचेर मात्र गर्छन ! साथिहरु ठुक्क हुनुहोस ! ! सरकार बनोस नबनोस ..संबिधान चाहि पक्कै बन्नेछ !

    • ओली कहिले देखि दुरदर्शी भएछन कुन्नि ? हासो लागो हाहाहा हा हा हा

  19. छिमेकि निस्वार्थ भाको भए त यो सरकारले काम गर्थ्यो जस्तो लाग्छ, तर काँग्रेसको नुमाइन्दा देखे पछि चाही छिमेकिको छुद्र पन देखियो! उसकै दलाललाइ सरकार मा लग्यो ! एमाले जावोस या नजावोस केहि फरक पर्दैन ! प्रभुको सरकार टिकी हाल्छ ! यो त २००७ साल तिरको जस्तो भयो ! चाहे सम्भिदन बनोस या न बनोस, नेपालीको प्रगति चाही हुदैन !

  20. चार कुरा भन्न मान लग्यो.
    १. नेपाली काँग्रेस गएर जिल्लियो…. भाग नै पाएन….
    २. एमाले ले के पाउ६ र सारकर मा जाने अब? हस्ताक्चेर गरेर झन् फस्यो….
    ३. मदेशी ले फेरी जम्मै हात पार्यो…..
    ४. माओबादीले फेरी लोप्पा खोवैदियो…. र मदेशी मोर्चा साग आफ्नो पाकड़ मजबुत पर्यो…..

  21. एमाले सरकारमा जानु हुन्न, तर बाबुरामको साटो जानेगरी कराउनु नि हुन्न, बाकि सबै बैद्य बाले गरिरा छन् . कोंग्रेस्सको बुद्धि भयको भय नजानु पर्ने . पौडेल बा मिठाइमा झिगा घुमे जस्तै घुमिरा छन्. पहिले त मिठाइ अमिलो भन्थ्ये…………..

  22. यो एमाले लाई बाबुराम सरकार सफल हुन्छ भनेर ठुलो चिन्ता छ …..आफ्नो पार्टी को दुइटा प्रधानमन्त्री ले त चुरा बजौनी बाहेक की गर्न सकेनन …अब बाबुराम ले सान्ति संबिधान दिने भो…..काग्रेश ले चुनाब गरौनी भो…….लु.. के गर्छु छक्क एमाले…अब????? हा हा हा हा …..

  23. एमालेको घमण्ड हो त्यो १ महिना को लागि सरकारमा जादैन भने रात भरि बसेर पांचबुँदेमा हस्ताक्षर गर्नु किन ? देस बिगारेको नै इनै ठुला भनौदा नेता हरु ले हो

    • एमालेको घमण्ड हो त्यो १ महिना को लागि सरकारमा जादैन भने रात भरि बसेर पांचबुँदेमा हस्ताक्षर गर्नु किन ? देस बिगारेको नै इनै ठुला भनौदा नेता हरु ले हो

  24. एमाले ले देश र जनता को मर्म बुज्न न सके को हो .भन्ने हाम्लाई लाइरछ
    कि कसो हो साथीहरु ?

  25. सुडान घोटालाको नाइके फेरी मन्त्रि भएछ है ..अनि अस्ति भर्खर मात्रै आफ्नो छोरी लाइ रोबेर्ट पाइपर ( UNDP Nepal को प्रमुख) संग अनुनय गरेर राष्ट्र संघ को जागिरे पनि बनायो// जसको कुनै खुल्ला बिज्ञापननै भएको थिएन// जता पनि खान जानेको रैछ सिलौटा ले //

  26. यो निर्णयले एमालेका नेताहरुको घमण्ड देखिन्छ/ एती बेला पार्टीको घमण्ड भन्दा भन्दा देशको परिस्थितिलाई बढी महत्तो दिनुपर्ने थियो/ तर एमाले नेताहरुले सो सोच्न शकेनन/ येश्ले प्रस्ट्याऊँ छकी एमाले पार्टी देशको हित भन्दा सिमित घमण्डी नेताको चाहानामा कम गर्ने पार्टी हो/ ओलीले पार्टी घुमायो र विद्या भण्डारी र अरु ओलीको पछि लागे/ दरो नेत्रीत्यो र सहयोग नभएर सहि निर्णय अद्यक्षले लीन शकेनन/ धिक्कार एमाले पार्टी एस्तो असहम घडीमा पनि सहि निर्णय नालीनु/ यो पार्टीमा भएको मेरो श्रद्दा पुरा हट्यो/ साएद मदन भण्डारीले सोर्गबाट हेरिरहेको भए उनको विद्या भण्डारी प्रति केहि स्रद्दा भए पनि गयो होला.

    • एमाले गए पनि नगाए पनि कही लछार्दैन! कांग्रेसको पुच्छर कांग्रेस गए पछि उ नजाने त हुन्नथ्यो! बरु को जाने? सबैलाई भाग चाहिने होला! भाग नामिलेर हो! गए पनि नांगो नगय पनि नांगो!

  27. साथिहरुहो एमाले पार्टीनै होइन यो त तेस्रो …………………. पो हो तेसैले एस्तो गर्छ

  28. सहमति मा अगुठा छाप मर्ने , अनि पछि हट्ने, यो एमालेको परम्परा हो , खाली बिरोध, अप्ठ्यारो, खुट्टातान्ने, अनि बौदिक छ्यमता नभएको पार्टी हो यो. हरुवाहरु ….चुपचाप बसेपनि पुगछा. केहि गर्नेलै दिमाग धुखाउनु त पर्दैनथ्यो ! दुर्गतितिर लागि राख !!!

    जय देश
    नेपाल

  29. एमाले होइनन रुमाले पो हुन् त यिनी हरु त/तेही भएर त यिन को पत्ता साफ भै रहेको छ नि/न वजन छ न बोलि कै टुंगो छ /साचिकै भन्ने हो भने एमाले हिजडा र नापुग्सक हरु को एउटा जमात सिबाय केहि होइन /जनता लाई मुख ले राम ,राम अनि बगली मा छुरा/ यिन लाई प्रधानमन्त्री दिने हो भने अगाडी सर्लान नि खान को लागि /भादुवा ,भाते ,खाते ,नापुग्सक,हिजडा हरु सर्ब हारावर्ग को पार्टी रे ??

    • एमाले सर्ब हारावर्ग को पार्टी होइन हुती हारावर्ग को पार्टी चाइ हो

  30. नेता ,कार्यकर्ता र समर्थक हरुमा यदि अलिकता पनि बुद्धि र बिबेक छ भने यो समय एमाले , माओबादी र अन्य बामपन्थीहरु मिलेर एक पार्टी बनाउने समय हो \ आखिर बिचार र शिदांत हामपन्थी र सत्तामा जाने बाटो त रहेछ \ काग्रेश ,प्रजातन्त्र पार्टी र मधेशबादी पार्टी मिलेर एक पार्टी बनोस आखिर प्रजातन्त्र जपेर भिड र अराजक तन्त्र मात्र बन्दो रहेछ \ सायद यहि सोचेर एमाले सरकार मा नगएको होला आखिर भोलि माओबादी हुनु नै छ फरक के भो र अब कि कसो ? नेता घटाउ ,पार्टी घटाउ आजको माग ,अनि मात्र बन्ला जनताको भाग \

  31. यो सहमतिको हैन भारत द्वारा जबर्जस्ति लादिएको सम्झौताको सरकार हो/ त्यसैले एमाले सरकारमा गए पनि यो सरकारको परिणति सुखद हुनेवाला छैन/ यस्तो प्रक्रिया बाट बनेको संबिधानले समस्या समाधान भन्दा पनि जटिल मात्रै बनाउने हो/ संबिधान बन्ने भयो भनेर खुसि हुन हतार नगर्दा बेश होला/

    बरु एमाले सरकारमा गएन भने चेक एण्ड ब्यालेन्स का लागि उपयोगी हुन्छ/ अब को संबिधान घोषणा हुनेबित्तिकै जलाउने समुहको कमि छैन/ त्यसैले प्रमुख पार्टी मध्येका केहि सरकार बाहिर बसेमा पछी यसको भूमिका मुलुकको लागि उपयोगी हुन सक्छ/

    नया बन्ने संबिधानको अपनत्व लिने राजनीतिक दलको भबिस्य सुखद छैन/ त्यसैले एमाले ले यो सरकार बहिस्कार गर्यो भने त्यो उसको स्मार्ट पोलिटिकल मुभ हुनेछ/

  32. अब नेपालमा दुईवटा शक्तिहरुको मात्र आवस्यकता छ ती हुन गणतान्त्रिक र प्रजातान्त्रिक
    गणतान्त्रिक शक्ति बाबुरामले डोर्याउनुपर्छ अनि प्रजन्तान्त्रिक शक्ति गगन थापाले ,बिचार
    मिल्नेहरु त्येसैमा समाहित हुँदा हितकर हुन्छ नभए एमाले भोलिका दिनमा बिमाले हुन सक्छ
    १०५-१०३ दलहरु=२ दल मात्र
    समयेमै जनतालाई चेतना भया

    • तिला जी खोइ मेरो बुझाइमा त त्यो पनि लाग्दैन देशलाई एउटा सद्दाम नै चाहिन्छ जस्तो छ अब ! बाबुराममा पनि देशको भित्रि गांठोमा पसेर देश हाँक्न सक्ने ल्याकत छैन, यी अरुको सहारामा देश चलाउँदै सिक्दै गर्ने मान्छे हुन् जस्तो लाग्यो ! यिनले गर्न नचाहेका होइनन गर्न नदिइएको हो भन्न हामि रुचाउँछौं तर कुनै पनि अति नै लोकप्रिय व्यक्ति प्रधानमन्त्री किन नहोस बिरोध हुन्छ उसको पनि ! अझ रामचन्द्र पौडेल र के.पी. ओली जस्ता दलाली, डाह, निर्लज्ज र गालीमा बिद्या वारिधि गरेका यी पानी डाक्टर भएको देशमा त पहिरो नै जान्छ बिरोधको त ! यी आफुले के गरियो, के गर्नु पर्छ भनेर सोच्नु भन्दा आफ्नो सम्पूर्ण दिमाग फलानोले केहि राम्रो गर्ला र हामि ओझेलमा परिएला…अन्तरराष्ट्रिय (भारतीय) सुराकीको भत्ता गुमाउनु पर्ला भन्ने सोंच भएका मानसिक बेश्या हुन् ! यिनका सामु केहि ठोस कदम चाल्ने कुटनीतिक क्षमता बाबुराममा छैन ति पढेर डाक्टर (आर्किटेक्ट )भएका हुन् यहाँ त अहिले परेकाको खाँचो परे जस्तो छ ! यी ज्वरो आएकोलाई ५० एमजी.को सिटामोल बाट उपचार शुरु गरेर दिनदिनै नाडी छाम्छान यहाँ देशलाई सिधा एन्टिबायोटिक बाट शुरु गरेर बिरामीलाई उभ्याएर अनि बल्ल डाइग्नोसिस गर्ने हिम्मत भएको डाक्टर चाहियो ! बाँकी गगन अब ति गगन रहेनन् यी साँच्चिकै बगरे भए अहिले ससुरा लाइ शुद्द खाशिको मासु खुवाएर बलिष्ट बनाउंदै शिक्षा लिंदै छन् अहिले यिनको राजनीतिको नयाँ कुण्डली अर्जुन नरसिंह के.सी. बाले लेख्दै छन् ! आखिरी कांग्रेस पार्टी न पर्यो हजुर सुजाता जस्ती जात्रामा गएर पानीपुरी बेचेर ज्यान पाल्न नसक्ने औकात भएकीलाई त विरासतमा उप-प्रधानमन्त्रिको चिट्टा परेको थियो किनकी त्यहाँ सबै चिट्टामा एउटी लेख्या थियो धुर्त स्याल गिरिजाले ……राजनीतिको बंसज पनि त जाला नि यता पनि त ! भए गरे प्रचण्डको कुटनीति बाबुरामको देश भक्तिमा होला केहि तर प्रचण्ड धुर्त बाठो मान्छे रहेछ १३ हजारको बलि चढाएर अहिले राष्ट्रिय सुरक्षा ओगटेर आफुलाई ब्वाँसो ठान्छ ! हामीलाई इरानी राष्ट्रपति जस्तो देशभक्त र हरेक नाकाबन्दी सहे पनि शत्रु सामु नझुक्ने नेता चाहियो भनेर बिज्ञापन गर्नु पर्ला जस्तो छ !

  33. यस्तो तरिकाले नै राजनीति हुन्छ ? आफ्नो निर्णयको पालना आँफै नगरने ? सबै नेताहरु लोभिपापीहरु मात्रै छन । अब जनताले आन्दोलनमा जनतालाई क्षेती हुने कामगर्नु भएन बरु नेता कै टाउकोमा ढुङ्गा हानुपर्छ । सबै नेताहरुको कार्य मुल्याङ्कन गरेर राखौ ।

  34. एमाले सरकार मा न गएर नेपालि जनता लाइ प्रचुर घाटा हुने ,बा सरकार मा गएर चार चाद लाग्ने होइन | सरकार मा गए मन्त्रि ले घुस खाएर कमाउछ न गए ,बलुखु मा बसेर धारे हात लाएर सरापी रहन्छ |
    आम नेपालि जनताको चासो अशुरक्ष्या ,बढ्दो महंगी ,देश टुक्रिने डर ,चरम बित्सृन्खालता |
    भटा भट छुत्तिदै जाने ,बिस्तारै आत्म निर्णय को अधिकार को तह सम्म पुग्ने ,रुप रंग धर्म खान पिन एकै ,एउतै जरो त् हो नि भन्दै भोलि का दिन फेरी के के कुरा निस्कने हो कसलाई के थाह ?
    कसले नियन्त्रण गर्न सक्छ अब ??कसले कसलाई नियन्त्रण गर्ने ?

  35. भारतीय राजदुत महोदयलाई हार्दिक बधाई छ सरकार गठन गरिदिनुभएकोमा |

  36. यदी बेला अरु हुन्थ्यो भने सरकारमा नजाने निर्णय एक दम ठिक हो राजिनामा दिएको भनिएता पनि पुरानै ब्यक्तिहरुलाईनै निरन्तरता दिईएको छ नाटक जस्तो मात्र गरिएको छ । तर समय फरक छ अहिले देश र जनताको भविश्यको कुरा छ त्यति मात्रै नभएर आफ्ना अध्यक्षले हस्ताक्षर गरिसकेका छन यसरी अबिस्वास गर्ने हो भने पार्टी कसरी चल्न सक्छ र माओबादी र कांग्रेस भित्र पनि त बिबाद थियो तर पनि मन्त्रि पठाएका छन । फेरी यो सरकार लामो समयको लागी पनि त होईननि जेहोस एमालेले देश र जनतालाई साक्षि राखेर गरेको हस्ताक्षरको पालना गर्नु पर्छ एयटा ठुलो पाटीको नाताले देशलाई निकास दिनै पर्छ । एमालेकै कारणले गर्दा देशले संबिधान पायन सकेन भने त्यो भन्दा ठुलो दुर्भाग्य अरु केही हुन सक्दैन । बिगतका कमि कमजोरीहरुलाई ढाकछोप गर्न पनि एमाले अहिले सरकारमा जानै पर्ने हुन्छ । पाटी भित्रको बिबादको कारण सारा जाताले दुख पाउनु हुन्न त्यसो भयो भने एकाले जनताको मनमा कहिल्यै रहन सक्दैन ।

  37. हाउ के भन्छ यो झुसेहरु …सरकारमै किन जानु पर्यो र ! संबिधान निर्माणमा पूरा सहयोग गरे त भैहाल्छ नि !! ओलीजीले माओबादीलाई चै ‘चेक’ दिन छाड्नु हुन्न है !!!

  38. पांचबुँदे सहमतिको अर्थ ..सरकारमा जानैपर्छ भन्ने होइन संबिधान बनाउने कुरा हो / बहिरबाट रचनात्मक सहयोग गरेर, सरकार नभई सिन्को नभाँच्ने काँग्रेस-माओबादीलाई पाठ सिकाउनुपर्छ (एमाले)ले / सरकार होइन.. शांति र संबिधानमा जोड़ दिने बेला हो यो /

  39. एमाले सरकारमा नजानुमा; कि पुराना मन्त्रीहरूको हुबबू उपस्थिति, कि आफ्नो नेतृत्वको चाहना, नत्र बखेडा झिक्ने दाउ हुनसक्छ /

  40. suprabhat shrestha जी को कुरा १००% ठिक .हिजो दस रुपिया नहुने राजनीतिज्ञ संग आज अरबौ कसरि आयो???प्रजातन्त्र आएपछि भ्रस्टाचार जताततै बढ्यो ??? किन सेरे,कुजता,प्रचण्ड ,ओली,गाछेधार,बिनोद चौधरी, (लिस्ट लामो छ) सबैले भ्रस्टाचार गरेका भए पनि खोइ कानुन ले यिनलाई सजाय किन नदिएको!!!! त्यसैले जुन राजनैतिक प्रणाली आएपनि ,हाम्रो नेपाल राम्रो नेपाल ,हुदैन . पहिले न्यायपालिका ले सबै भ्रस्टचारी हरु सजाय दियो भने अहिलेका ९५% भन्दा माथि सभासदहरु जेल मा हुनु पर्थ्यो!!!!! अन्त्यमा कसैलेपनि बन्ध गराउन नपाउने हुनु पर्छ नया नेपालको संबिधान . सुदुर पश्चिममा बन्द ले धेरै जनताहरु किन कैदी बनाई रहेका छन्. यो त् अराजकता हो,सरकार किन नपुंसक भई राखेको ??

  41. ३० अप्रिल को साझा सबाल सुन्ने अवसर मा के मैले पाए भने नेपालमा कुनैपनि तन्त्र काम लाग्दैन किनभने डाका,चोर,अपराधी,(बिसेसगरी घुस्याहा ) हाम्रा मन्त्रीहरु ,९९% राजनीति गर्नेहरु,अनि कर्मचारी,ब्यापारी,भ्रस्टचारी छन् ,त्यसैले जे प्रणाली अपनाए पनि केहि हुने वाला छैन!!!! देसको समस्या ,सविंधान ,आपूर्ति,अराजकता,मा चाही भासन मात्रै दिने ,आफुलाई फाइदाहुने ,जस्तो कि एक पल्ट मन्त्रि बने पछी नमरुन्जेल सम्म त्यहि सुबिधा पाउने कुरोमा सबै पार्टी को सहमत भयो ???? लुट ,लुट, तर अलिकति त् मानबता हुनु पर्छ नि हाम्रा नेताहरुमा ,तर छैन ??? सायद एक दिन नेपालमा पनि सिंगापुर को जस्तो नेता जन्मेलान ??? जब सम्म अपराधीले सजाय पाउदैन ,तब सम्म त्यो देस ,देस होइन ,भ्रस्टचारीको अखडा बन्ने छ,सोमालिया जस्तै .

  42. नेपालमा के चाला हो यस्तो २ वर्षमा बनाउनु पर्ने संभिधान ५ वर्ष नबन्ने, पानी, बिजुली, यातायात, औसधी, खाद्यान्न, सुरक्षाको बेबस्था गर्नु नपर्ने तर सरकार भने वर्षको २ वटा बनाउनु पर्ने ?? आज पोखराको बिपत्तीमा पनि तेस्तै देखियो, ३ दिन अगाडी देखि थुनिएको सेती नदीको बारेमा अनभिज्ञ मौसम एवं भूगोलविद भनौदा भतुवाहरु कसरी विज्ञ भए ?? ३ दिन सम्म नदीमा पानी घट्दा सरकारको जागिर खाएका भतुवालाई यसको कारण थाहा पाउन पर्दैन ?? अनि उत्तर कोरियामा मुसोले जमिन खन्दा थाहा पाउने नासाका स्याटलाइटले चीनको सीमाना नजिकै तेत्रो हिमताल बन्दा के हेरेर बसेको रैछ तनी ?? अनि दिनको २०/२५ उडान हुने रुट (पोखरा-जोमसोम-मनाङ्ग) मा ताल बन्दा नि कसैले देखेन कि वास्ता गरेन ?? धन्य हो ती पाइलट जसले बेलैमा खबर गरेको ले बालुवा छानेर खाने तल तिरका गरिबहरुको ज्यान बच्यो… हार्दिक समबेदना ती सम्पूर्ण अभागीहरु जसले आज सम्बन्धित निकायको लापरबाहीका कारण ज्यान, घरबार एवं सर्वस्व गुमाए…!!

  43. वोली कमरेड सभासद् (मनोनित) बन्न नपाएको झोकमा एमाले किन सरकार मा जाने
    ?, कि भन्देउ बाबुराम, वली कमरेडलाइ पनि उप- दिन्छु भनेर, आखिर नेपालमा जसलाई जुन-जुन मन्त्रालय, पद बाडे पनि हुन्छ, कुनै मुला-ले काम गर्ने होइनन अनि जितेका हरुलाई नै मन्त्रि बनाउनु पर्छ भनेर जाबो जनताले त भन्ने हुन् नि, तिनले भनेर हुन्छ र? सबै पार्टी लाइ उप-प्रम देउ बाबुराम, तिम्रो सरकार मा सबै हामफालेर आउछन, बरु बैद्य बा लाइ पो कुन पद दिन्छौ कुन्नि? ओली कमरेड लाइ फकाउन लाउनु, आजभोली ओली कमरेड संग गोप्पे बार्ता हुन्छ रे, बैद्य बा को- अनि त्यो कांग्रेस को रामे लाइ खासै फकाउनु पर्दैन, तेस्ले माखो पनि मार्दैन रिसाएर, बरु देउवा को पछाडी तिम्रो औलो सधै तयार राखे हुन्छ, बेला बेलामा घोची-दिनु तेस्ले उता गएर हल्ला मचाउछ.
    अबको पाली मा चै १०० जति मन्त्रि बनाउनु है!!

  44. अब त सुध्रियो होला एमाले भनेको त अझै ,,छक्का ”नै पो रैछ ” दोगला ” नपुंसक ओली चाही उभयलिंगी हुन खोज्छ तर नपुंसक नै हुन्छ ह़ा हा हा हा यस्तै डुकु हरु ले बिगारेको नेपाल को सबै भन्दा राम्रो भिजन भएको पार्टी लाइ डमरु सम्झेर बजाउ झाले, माले, ओले , तिमीहरु त मरणशील प्राणी नै हैन झैँ गर्छौ तर पार्टी तिम्रा बाउ को अंश पाएको दिशा धुने लोटा हो ???????

    • सिटौला एउटा सुलसुले राजनीति गर्न जानेका महान भ्रष्ट कलाकार हुन् जसले आफ्नो कला पूर्ण सफाइका साथ् सुडान घटनामा देखाई सकेका छन् बाँकी गच्छेदार को के कुरा गर्नु उ आफैमा एउटा गुण्डा हो ! थाहा छैन हाम्रो देशमा हामि कहिले सम्म यी बेश्या नेताहरु बाट शाशित हुनु पर्ने हो ! अधिकांश हाम्रा नेता भारतको इशारामा काम गर्छन कतिपय अवश्थामा यो वाध्यता होला तर वाध्यता सधै हुँदैन यो एउटा नपुंसकता नै हो ! जो कहिले पुरुषको भेषमा त कहिले महिलाको भेषमा बाहिर आउँछ सधै वास्तविकता लुकाएर ! यहाँ मैले एमाले मात्र होइन प्रचण्ड र बाबुराम पनि अहिलेको अवस्थामा भारतीय रखैल भन्दा बढी केहि होइनन भन्छु ! आज ठिकै छ बैद्य पक्षले विभिन्न बिषयमा असान्धर्विक कुरा गरेर बखेडा गरेका छन् तर सौताको रिसले पोइको काखमा मुत्न त बाबुराम र प्रचण्ड पनि कहाँ पछी परेर ? कमसेकम अहिलेको अवस्थामा जयन्त प्रसादलाई लैनचौर सिधा जाने बाटो देखैदिएर बाँकी कांग्रेस,एमाले,माओवादी र मधेशबादी दलले आफ्नो अहिले सम्मको नपुंसकता लाइ मेटाउन सक्नु पर्थ्यो ! हिंजो कसैले भनेको थियो हाम्रो संविधान त भारतीय स्क्रिनमा टाइप भैसकेको छ र यहाँ कपि पेष्ट हुन् बाँकी हो भनेर अहिले जयन्त प्रसादको सहभागिताले यो कुरा केहि हद सम्म सिद्द गरेको छ ! बाँकी एमालेको कुरा त ओली जिउँदो रहे सम्म एमाले दिल्लीको जिटी रोडको बेश्यालय बाट बाहिरिने सक्दैन किनकी उसको अहमताको मालिक नै भारत हो !

  45. तिमि हरु झगडा गरेको रोयको हेर्नु सुन्नु दिमाग दुखाउनु कान पकाउनु भन्दा गरि खाऊ बाबु हरु नत्र बसी खानो गरदैनौ .

  46. विश्वमा नबोदित शक्तिको रुपमा उभ्रिएको महान देश भारतका महामहिम राजदूतको अथक र प्रशंसनीय मेहनतले सुडान उन्मुख देश नेपालका महानायक,लोक तन्त्रका सम्बाहक,नेपाली जनताका हत्यारा,लुटेरा,हरुलाई गोलबन्द गराई देशको स्वाभिमान,स्वतन्त्रता,राष्ट्रिय अखंड़ता,एबम राष्ट्रिय सार्बभौमिक्तालाई फेरी बन्धकमा राख्ने ५बुदे दृष्टिबन्धक कागज लेखि दिल्ली दरबारमा अपार श्रद्धा र भक्ति पुर्बक चढाउने काम भएकोमा हामी देशमा लोकतन्त्र स्थापनाका लागि बलिदान हुने,अंगभंग हुने र आन्दोलनमा होमिने सबै खुशीले गदगद छौ/अब हाम्रो इछ्या,आकान्क्षा पुरा भएको छ र नया नेपालको सान्दर्भिकता पनि पुरा भएको छ/अरबको मुलुकमा बालुवालाई निचोरेर कमाएको पैसाको भरमा चलिरहेको देशका महान नेताहरुले सर्बहारा बर्गको,नेपाली गरिब जनताको कल्याण र उत्थान गर्ने बचन र भाषण दिने जस्ता उधारा गफ हाके पनि आफुहरु बाताबरण अनुकुलित महलमा विराजमान भएर जनताको बलिदानीको खिल्ली उदाई रहेको अब हामी जनता बीच छिपेको छैन/फेरी नया लूटेराको मण्डली सहमतिबाटै निर्माण भएको छ/संबिधान सभाको ४बर्शे इतिहासमा देख्न नपाएको सहमतिको नौटंकी अन्त्यमा आएर देखिएको छ/यो सम्भब अगाडी उल्लेख गरिएका महामहिम्बाट मात्र सम्भब भएकाले यी मोराहरुलाई के भन्ने आ आफुले शब्दको रचना गर्नुहोस/धन्यबाद/

    • साथी हो, विश्वमा यति लामो यौटै वाक्य (sentence) लेख्ने सुप्रभात श्रेष्ठ जी लाइ हामीले मान्नै पर्छ | He is the winner of the longest sentence writing competition.

  47. जयन्त प्रसादले बनाको सरकारमा एमाले जानेरे, त्यो पनि सुडान सिटौला र भ्रस्ट गच्छेदारको अनुहार हेर्न ? कांग्रेसको शेर बहादुर र माओबादीको बैधह समुहले नै बहिस्कार गरेको छ ! BRB सुडान सिटौला र गच्छेदार एउटी द्यांग्का मुला हुन्, त्येसैले!!!

  48. अब पासपोर्ट रिन्यु गर्न इन्डियन एमबेस्सी जानु पर्ने दिन आउन आँट्यो कि के हो ??

  49. एमाले मित्र हरु तपाई हरु honest हुन सिकनुस desh र जनता पर्ति किनकि तपाई हरुको यही दोधारे पर्बिर्तीले मान्छे हरु tapaiharu लाई नपुंसक भन्न थालीसके, हिजो सर्बसम्मती ले auta निर्णय गर्ने अनि आज आफ्नै निर्णय मा संका गर्ने तपाई हरुको यो पर्बिर्ती राम्रो भएन यसमा ओली uncle को हात छ भनिन्छ ओली uncle तपाई लाई किड्नी अस्पताल इंडिया ले जेठ १५ मा discharge गर्नु पर्ने! मैले के पनि सुनेको छु भनि ओली uncle हजुरको किड्नी कुकुरको किड्नी हो रे हतारमा हजुरको स्वास्थे लाई ध्यानमा राखी doctor ले कुकुरको किड्नी पो transfer गरिदिएचन तेसैले यहाले पिसाब फेर्दा खुट्टा उचाल्नु हुन्छ भन्ने सुनेको थिया त र जे होस् यसमा मेरो भन्नु केहि छैन तर हजुरले यसरी banna lageko संबिधान mathi पिसाब फेरिदिनु त भएननी कामरेड !!!!

  50. एमालेमा कसैको कुरा कसैले नसुन्दो रहेछ| यो अब एमाले ( एकीकृत मार्क्सवादी लेनिनवादी) नभएर बिमाले ( विकृत मार्क्सवादी लेनिनवादी) हुन पुगेछ| एक महिने सरकारमा जानलाई पनि झगडा पर्यो कि कसो? सरकारमै सहभागी नहुने बिचार थियो भने आधा रातसम्म बसेर पांचबुँदेमा घण्टा गर्न हस्ताक्षर गरेको? अब चाहिं बिमाले सर्वाङ्ग नाङ्गो भयो|

    • एक महिने सरकारमा जानको लागि पनि एस्तो झगडा पर्यो भने पछि यसको अर्थ यो पनि होकी एक महिनामा कति कमाइ दो रहेछ भन्ने पनि हो ३० दिन मा नेपाली राजनीतिमा करोडौ kamauna सकिँदो रहेछ, भन्ने कुराको परमाण सायद अर्को खोज्नु पर्दैन !!! यो कुरा सबै नेता लाई थाहा छ तेसैले यहाँ हमेशा bharyang चड्ने खेल हुन्छ !!

      लोकनाथ सिग्देल newyork queens

  51. विचार नाम्पुसक पार्टी ले आफ्नो अस्तितो नै बुझ्न सकेन. अब यो एमाले भन्ने पार्टी नै खारेज गर्दा राम्रो हुन्छ, जसको बोलीमा भर छैन, पार्टी को अस्तितो छैन, नेता हरु सबै नाम्पुसक भएका छन्, अब अर्को चुनाब मा ओली ले झोली बोकेर जाने भो कासी

  52. केपी ओली जस्तो मान्छे किन जन्मिन्छा होला यो संसारमा? तेस्को त अनुहार्नै कस्तो बिरक्त लाग्दो. हाजमोला खाएर पनि नपच्ने मान्छे हो त्यो .

  53. ए माले सरकारमा जानु पर्छ …यसैमा देशको हित हुन्छ |

  54. ए माले सरकारमा जानु पर्छ …यसैमा देशको हित हुन्छ |

  55. यो एमाले त सधै यस्तै हो. नेपाली गित नै छ नि : ” चुई-चुई चुईकने जुत्ता, लाउदा खेरि फुत्त, फाटेको जुत्ता, न यता न उता ” भनेको जस्तै हो. भन्छन यौटा गर्छन अर्को ! यो फाटेको जुत्ता ले देश लै कहिल्यै निकास नदिने भयो.
    अस्तु

  56. देशलाई के आवश्यकता भैरहेको छ के चाहिएको छ कसरि देशलाइ उभो लगाउने भन्ने कुरालाई यकातिर थन्काएर सरकार परिबर्तन गरि मन्त्रि बन्ने तछाड मछाड ….कामकुरो यकातिर कुम्लो बोकी ठिमीतिर भनेको यहि हो …

  57. एमाले लाइ तेसै ढुलमुले पार्टी भनिएको होइन , बेला बेला मा एमाले ले एसको गतिलो प्रमाण दिने गरेको छ , येस्तई ढुल मूल पारा ले त् हो नि देश पनि ढुल मूल भएको

  58. यस्ता खाते सरकार माँ एमाले जानै हुदैना जिंदाबाद एमाले…..

  59. राम्रो काम गर्यो एमाले ले यो हिजड़ा बाबुराम को सरकार मा जानै हुदैना येस्लैता घोक्रो थक लगायारा बहिरा निकल्नु पर्छ !!! अबा नेपाली हर को भाबिस्य एमाले को हातमा छ जय एमाले जय नेपाल…….

    • ल भयो त, भालुलाई पुराण सुनाको जस्तो भयो नि यो!
      यत्रो रास्ट्र भरि उबेलादेखी एमाले खुबी बिचार सोच केहि नभयको हिजडा पार्टी हो नपुंसक पार्टी हो भनेर उहिल्यै देखि चिच्याई चिच्याई झन्डै सबैले भानिराछ अहिले आयर एमालेमा विचारक को कमि देख्छ साथि त्यो पनि अझ सायद रे! हाहा!
      कमि होइन छदै छैन! थियो त्यो पनि खोलामा खासाल्द्यो!
      एमाले भन्या, ओली माकुने र झल्लु को कम्पनि हो! पार्टी त्यो पनि देशको लागि राजनीति गर्ने पार्टी होइन!

  60. चेमाले सरकार मा नगएकै राम्रो..दुइ फरक धार कांग्रेश र माओबादीको प्रतिनिधित्व भैसकेपछी त्यसै पनि राष्ट्रिय सरकार भो नि..संबिधान पनि जारि गर्न सक्छन दुइ दल मिले भने// त्यो कांग्रेश को पुच्छर किन आउनु पर्यो, शरीरनै सरकारमा आइसकेपछि, पुच्छरले त शरीरमा लागेको झिंगा धपाउने मात्रै हो // अब बैद्यबा संग मिलेर घाट तिर लागे हुन्छ चेमाले !!

  61. सहमति मा अगुठा छाप मर्ने , अनि पछि हट्ने, यो एमालेको परम्परा हो , खाली बिरोध, अप्ठ्यारो, खुट्टातान्ने, अनि बौदिक छ्यमता नभएको पार्टी हो यो. हरुवाहरु ….चुपचाप बसेपनि पुगछा. केहि गर्नेलै दिमाग धुखाउनु त पर्दैनथ्यो ! दुर्गतितिर लागि राख !!!

    जय देश
    नेपाल

  62. एमालेको ओली खेमाको केहि देश द्रोही नेता भनौदो हरुलाई कुनै दिन ठिकै छ समय आएपछि ……………………………………………अहिले केहि बोल्दिन |

  63. बाबु एमाले !! तिमि कहिले पनि विश्वास गर्न लायक भएनौ हगि, एक थोक भन्छौ अर्को थोक गर्छौ , …………..मौका पाको बेलामा लुटेर अलि अलि धन कमाएका होलाऊ खाएर बस,…… ओली काका लाई delhi पठाई देउ, …बाकी भजन गाएर बस

    • धरेल जी ,यसरि ठाडै अर्काको कमेन्ट चोरी गर्ने ? सालोक्य जी, यस्तो चोरी गर्नेलाई केहि गर्न सकिन्न ?

  64. बिचारा एमाले, नत बोलीको सही नत स्वास्नी को पोई ……….. नपुसक पार्टी कुहिएअको आलू पो साबित भो त! एस्ताको सांगत गरेर कसरी उमो लागने हो खोई ….. हे बिचारा कामरेड हो अब लाली पप र थाग्नो किनेर घर मा राखा अर्को चुनाब मा जनताले थाग्नो मा सुताउने छन अनि आफ्नो आफ्नो लालीपाप चुसेरा बस….. तिम्रा चुरा लगाका हात ले सहमति पत्र मा signature गरेको साबित भयो…….. जिम्मेबारी लिन नसक्ने ले के को ठुला कुरा गर्ने हो ……

  65. हैन सरकारमा नजाने भए किन रात भर जाग्राम बसी बसी पांच बुंदे सहमतिमा हस्ताक्षेर ठोकेको? सब नौटंकी मात्र रहेछ l थुईकक मु…..ने क पा एमालेको नेता भनौदा हो l हैन भने अबिलम्ब सरकारमा सामेल भएर संबिधान निर्माणको काममा तुरुन्त लाग l

  66. आफ्नो पहिचान ध्हुल्मुले पार्टी होइन भन्ने यमालेका कमरेडहरु अब पनि जनताको माझ मा कसरि जानु हुन्छ| किन तपैहरु को कुनै आडान छैन| आडान छ त सिरिफ आर्काले भने को कुरा ठिक हैन भन्ने मात्र छ| तपाई हरु को न कुनै योजना छ न कुनै विश्वास| अरुलाई सहमति तोड्यो भन्नेर गाली गर्ने तपाई हरुलाई अरु लेके भन्दा ठिक होला आफै भनुहोस |

  67. एमाले ले आफ्नो राजनीतिक अस्तितो बचाउने हो भने सरकार मा जानु पर्छ होइन भने चार दल संग सहमति किन गर्नु पर्यथियो !! यो एमाले पार्टी त ठिक थियो यार पहिले त!! यो के.पी ओली चुनाब हारेपछि खत्तम भयो झलनाथले गरेका निर्णय लाइ कार्योनन गराउने दिदैन हिजो डल्लु को झल्लुले सहमति पत्र मा हस्ताचक्छार गरेओ आज फेरी तेसैको पार्टी भित्र बिरोध के.पी ओलिहरुले गर्न थाले !!!

  68. ओली ले धमिलो पानी मा माछा मार्न खोजेको सकेन र दालेको होला नि /तेस्को प्रवृतिले प्रधानमन्त्री हुन् सक्ने खुबी राख्दैन /अब आस नराखे हुन्छ /

  69. फेरी एकपटक एमाले नपुसक पार्टी हो भन्ने कुरा प्रमाणित भयो/ हिजो सम्म राजिनामा दिन लगाउने अहिले आएर दुनिया बखेडा झिकेर सरकार मा नजाने? पहिलो कुरा किन सरकार बिघटन गर्न लगाउनु परेको? जबकी अहिले को आवस्यकता भनेको संबिधान हो “सरकार” होइन/ अनि दोश्रो कुरा, अब नया सरकार मा जान कसले रोक्यो एमालेलाई?? कि आफ्नु प्रधानमन्त्री चाहियो?
    पुरानो मन्त्रि हरुले नै आफ्नु मन्त्रालय सम्हालेको मलाइ मन पर्यो/ नत्र भने यो छोटो समय मा संबिधान भन्दा पनि मन्त्रि को बनाउने भन्ने कुराले प्राथमिकता पाउदथियो/
    सारांशमा भन्नु पर्दा एमाले झल्लुहरुको पार्टी हो भन्ने हामीलाई लागिराछ /

  70. सरकारमा जाने भनेर सहमति गर्ने अनि अहिले फेरी जान्न भन्ने यो त भएन नि तेसो भए किन सहमति गरेको त अब एमाले पतन को दिशा मा जादैछ खाली अपठ्यारो थाप्न मात्र जानेको छ साला चोर हरु

  71. बाबु एमाले !! तिमि कहिले पनि विश्वास गर्न लायक भएनौ हगि, एक थोक भन्छौ अर्को थोक गर्छौ , …………..मौका पाको बेलामा लुटेर अलि अलि धन कमाएका होलाऊ खाएर बस,…… ओली काका लाई delhi पठाई देउ, …बाकी भजन गाएर बस .

  72. जानु हुन्न किनकी यो सहमतीको सरकार नभएर पुरानै सरकारको अर्को रुप हो | के सरकारमै बसेर मात्र सम्बीधान बनाउन हुने हो र ? अनि त्यो बीजय गच्छादार लाइ नै होम मिनिस्टर बनाएको किन त्यो देश लुटाहा लाइ ?

  73. हैन् एक महिनाको लागि सरकारमा जनालाई पनि केको गृह मन्त्रालए र रक्षा मन्त्रालयको रडाको हो! बरु एक महिना पछि बन्ने सरकार मा मागे हुन्छ नी जुन मन्त्रालय माग्नु छ! चुनाव जितेर बहुमत ल्यायर सबै मन्त्रालए आफ्नै पार्टी कार्यालए भित्रै राखेपनी हामलाई आपत्ति हुने छैन् हो! यस्ता पार्टी र यस्ता स्वोनाम धन्य नेताहरूले के देश् र जनताको लागि राजनीति गर्छु भन्ने हो! सिर्फ पद र कुर्ची त्यो पायन भने देश् गय भड्खालमा भुत्रैसिती भन्ने दरिद्र र नालायक हरूको भिड हो नेपालि राजनीति!
    एक महिना पछी संबिधान प्रस्ताब गरि बाबुराम ले राजिनामा दियपछी के के मन्त्रालय आफुलाई चाहिन्छ हसुरेर लिया भै हाल्छानी एमान्ग्रेस, देश को चिन्ता छ?

  74. गए पनि ठीकै छ नगएपनि ठी कै छ केइ फरक पर्दैन मेरो विचार मा

  75. माओबादी र कांग्रेस दुबैलाई पालै-पालो धोका दिसकेको एमाले लाई लाज लागेकोले होला अथवा भागबन्डामा हड्डी र पुछर मात्र परेकोले होला….बिचरा कमरेड माकुने, कमरेड वली र झले कमरेडहरु

Comments are closed.