सृष्टि श्रेष्ठ बनिन् मिस नेपाल

missnepal3
यसपालिको मिस नेपालको उपाधि चितवन घर भएकी सृष्टि श्रेष्ठले जितेकी छिन्। उनी ब्रिटिस नेपाली मोडलका रुपमा अन्तर्राष्ट्रिय फेसन सोहरुमा सहभागी भइसकेकी सुन्दरी हुन्। उनको बेलायतका म्यागेजिनहरुको कभर पेजमा समेत छापिइसकेको छ। आशा गरौँ यस पटक उनको अनुभवले मिस वर्ल्डमा नेपालले कुनै उपाधि जित्नेछ। राति अबेर सकिएको प्रतियोगिताको दोस्रो र तेस्रो स्थानमा रहेर मिस अर्थमा नेपालको प्रतिनिधि भई नगमा श्रेष्ठ र मिस इन्टरन्यासनलमा शुभेच्छा खड्का जान पाउने भएकी छिन्।


२३ वर्षकी सृष्टिको उचाइ औसत नेपाली महिलाको भन्दा निकै बढी अर्थात् ५ फिट नौ इञ्च छ। उनकी आमा र बुबा एक दशकभन्दा बढी समयदेखि बेलायतको कोर्नेलमा बस्दै आएका हुनाले उनी उतै हुर्केकी हुन्।

मिस नेपालको ताज भिडियो हेर्नुस्-

अन्तर्राष्ट्रिय मोडलका रुपमा सृष्टिको फोटो सेसनका फोटोहरु हेर्नुस्-

13

12

2j4ao3a

32 Comments

  1. “फुल को आखा मा फुलै संसार , काडाको आखा मा कादै संसार” भने जस्तै कमेन्ट हेर्दा पनि तेस्तै लग्यो / राम्रो कुरा लाई राम्रो भनौ न साथी हरु हो / आजको जमाना मा पनि संक्कुचित विचार राख्न हुन्न है / जे भय पनि एस पाली को मिस नेपाल ले देश को नाम राख्ला जस्तो छ, हामी सबै को सुभकामना छ /

    • एसको मतलब आँखा नहुनेले संसारै देख्दैनन् त ?? भदौ मा आँखा फुटेको गोरुले संधै हरियो नै देख्छ भन्थे … 😉

  2. Miss Nepal त राम्री नै छे … तर यो लिंक हेर्नुस त

    http://www.starnow.co.uk/ShristiShrestha1

    Shristi Shrestha
    23 from London, United किन्ग्दोम

    अनि page को last मा Languages spoken मा Hindi छ तर Nepali छैन …..

    So ShristiG please update your webpage …

  3. ‘सृस्टी’लाई देखेर दृस्टी हजारौले लगाए पनि माथिका ( सिद्द्वार्थ-राम ) कमेन्ट पढेर नै मलाई केहि थप्न मन लाग्यो I भनुम्…? साच्चि भनुम्……?? होस् भन्दिन ल..! हुन्छ..? भनिन है ल..?? अब तपाई-हामी आफै बुझौँ- मिस नेपाल-के, कसरि, कति, कस्ती, कहाकी भनेरI

  4. पहिलो कुरो, श्रीष्टि लाइ बधाई,
    दोस्रो कुरो, NRN को पनि जीत भएकोमा खुशी र बधाई ज्ञापन |

    NRN को लामो समयदेखि अड्किएको नेपाली नागरिकताको समस्या समाधान भए जस्तो छ | श्रीष्टि ले बेलायतको नागरिकता लिएकी छन् पक्कै, तर नेपाली पासपोर्ट प्रयोग गर्दै छिन, जस्तो कि सबैले गरि राख्याछ्न | बेलायतकी भएपछी उनको नेपाली नागरिकता स्वतः खारेज भैसक्यो, र उनि बिदेशी हुन् | तर किन उनलाई नेपालको सुन्दरी घोषित गरियो? किन स्वदेशी युवतीहरुलाई मौका मिलेन? पहिला हामीलाई भन्नु पर्यो उनको घर बेलायत हो कि नेपाल हो ? उनि नेपाली कि बिदेशी? खोज पत्रकारको लागि यो राम्रो अनुसन्धानको विषय भएको छ | श्रीष्टि ले बेलायत को नागरिकता लिएको प्रमाणित भएमा के हुन्छ? आयोजकले ताज खोस्नु पर्छ, कि त NRN लाइ दोहोरो नागरिकताको घोषणा हुनु पर्छ | बाबुरामजी, लौ भन्नुस त, लण्डनमा गएर भाषण दिंदा यो समस्या समाधान गरिदिन्छु भन्या होइन? यो चुनौतीको सामना गर्न सक्नु भएन भने तपाईं पनि हावादारी प्रमाणित हुनु हुन्छ | लौ NRN बन्धुहरु हो, यो कुरोलाई चर्काउनु पर्छ, यहि हो मौका |

    • राम जी को कुरो निकै गहन छ, हाम्रो देश का नीति निएम बनाउने हरुले एन.आर.एन ले नेपालमा लगानी गर्छु भन्दा फाईदा लिन खोज्यो भन्छन, अनि आज आएर देश को गरिमामय पद नेपाल सुन्दरी बन्नको लागि नेपाल बासी नेपाली युवती लाई नदिएर किन बिदेशी नागरिक लाई त!!! पत्रकार र संचार माध्यम ले खोज गर्नुनै पर्ने देखिन्छ, होईन भने किन गर्नु पत्रकारिता, अनि किन बन्नु संचारकर्मी !!! कुरो को चुरो गम्भीर छ

  5. यों तपाइको च्यालंज थियो, जुन च्यालेन्ज लाई बीट गर्नु भो, तपाइलाई बधाई छ.

  6. उनि मिस वोर्ल्ड नै भएपनि हामीलाई के ….. उही लंका मा सुन ६ ……
    केहि साथीहरु को आशा “श्रीस्ती को हाइट ले नेपाल देश को इज्जत को हाइट बढ्नेभो”

    के यो देश एती तन्नम भैसक्योकि यसको परिचय, गौरव, इज्जत यी र यिनी जस्तै नानी हरुको Figure ko सहायता लिनुपर्ने भो??

  7. यी केटीहरु यो मिस्स नेपाल को प्रोग्राम मा जिउ बेची रहेका छन् | के भन्ने हो यिनी हरुलाई |

    नेपालको बेश भुसामा सजिएर आएको भए कति राम्रो हेने थियो. नांगै जस्तो भएर जिउ बेचेका छन् |
    माफ गर्नु होला |

    • नेपालि को जात न पर्यो, इर्स्या , ड़ाहा मात्र गर्ने बानि ..हे मुर्ख हो, यो सुन्दरी हरु को प्रतियोगिता हो..आफ्नो सरिर पनि एउटा सुन्दर ता को अंग हो. अब आएर सुन्दरी हरु को प्रतियोगिता मा अनुहार अनि जिउ न देखाएर तालिबानी आइमाई हरु ले जस्तो बूर्खा ओद्नु पर्यो? हे मुर्ख मानबहरु , हेर्नु छ भने आँखा च्यातेर हेर सितै मा पाई रहेको छ हेर्न. नत्र कसैको सुन्दरता र सफल ता को बयान गर्न सिक. यो ब्लग मा नेगेटिभ कमेन्ट गर्ने सबै अ जा सु ( अत्ति जान्ने सुन्ने ) खरी काठे हरु लाइ.

      • सुन्दरता भनेको बाहिरि संसार बाट आउने देखिने होइन मित्र मान्छेको भित्र आत्मा बाट आउने कुरा हो !

        सत्यम शिवंम सुन्दरम !!

        यो सुन्दरी प्रतियोगिता आधुनिकता को नाम मा सामाजिक बिकृति हो ! यो कुरुपता हो ! मित्र अरु लुगा खोले अझ सुन्दर देखिएला | धैरे ताली पैयेला हगी !

        तपाई क कामुक आँखाले येस्तई अथवा नांगै आइमाई लाई नै सुन्दर देख्छ मित्र |

        बास्तबमा तपैले कुरूप देख्ने हरु धेरै सुन्दर हुन्छन मित्र ! प्रकिर्तिक सुन्दर ता को त कुरै नगरम !

  8. नाइटो देखौदैमा सुन्दरी हुन्न ./ सुन्दरी प्रतियोगिताको उदेश्य के हो?????
    मोडेल अनि हेरोइन हुने सब नेपाल सुन्दरी हरु अरु केहि गर्न सक्दैनन् /
    नेपाल मा नेपाल सुन्दरी गर्ने नाम मात्र हो केहि गर्न सक्दैनन् ………….
    त्यस कारण सुन्दरी नेपाल मा नराम्रो बिकृति ल्याई रहेछा नत्र किन सबै जात,क्षेत्र लाई लिएर सुन्दरी प्रतियोगिता गर्नु पर्यो……………..यो सबै नारी जति लाई नाङ्गो पर्ने खेल हो अनि तेस मा सुन्दरी हुन पाएको मा मख्हा हुन्छन जो आफुले आफ्ने देखौना हुने नहुने सबै कुरा बिर्सन्छाना /

  9. येस्पाली को ‘मिस नेपाल'(????) बाट चै आयोजक ले पैसा असुल + नाफा निकाल्न सफल होला जस्ता छन् है,सधै नेप्टी,चेप्टी,च्याखुरी,भुन्टी,पुंटी…..’मिस नेपाल'(????)हुन्थे/सलक्क को जिउ हलक्क को जवानी भाको भे’सी नेपाली होस् कि बेलायेती बाल…येही बसेर भाग लिने मैया हरु को चै सपना चोर्दिन बेलायेती नानी ले ……

  10. सर्वप्रथम नेपाली चेली नयाँ मिस नेपाललाई वधाई ।
    मिस वल्र्ड वन्नू ! शुभकामना !!
    ….
    म मिस नेपाल आयोजना विरोध पनि गर्दिन । सर्पोट पनि गर्दिन । मिस नेपाल प्रतियोगिता मेरो लागी कहिल्यै चासोको विषय नै वनेन । मेरो चासो भनेको जसको पछि लागिन्छ ऊ नै हुने गर्छ । जसको पछि लागिन्छ उसलाई नै मिस नेपाल, मिस वल्र्ड, मिस युनिभर्स, मिस हेवन, मिस हेल सवै देखिदो रहेछ है साथी हो । प्रतियोगिता र प्रतियोगीहरु वारे चासो नभएपनि केहि पसंगहरु छन जुन मैले यहाँ राख्न चाहेको छु ।
    पढनुहोला ।

    # मिस नेपालसँग जोडिएका केहि वाहियात कुराहरु पढनुहोश पहिले ।

    १) मैले सुनेको वाहियात नम्वर एक (मिस नेपाल विपक्षवाट) – मिस नेपाल आयोजना खर्च गरिवहरुको शिक्षादिक्षामा लगायो भने उपलव्धीमुलक वन्छ ।
    त्यसो हो भने, तँपाईहरुले चुइगममा मात्रै वर्षमा १ करोड खर्च गर्छौ । चुइगम चुसेर फाल्नुभन्दा त्यो पैसाले रोल्पाको मान्छेलाई भात किनेर खुवाउँनु । (चुरोट र जाँडको हिसाव शरहरु आफैले गर्नु)

    २) मैले सुनेको वाहियात नम्वर दुई (मिस नेपाल पक्षवाट) – मिस नेपालले सामाजिक कार्य गर्छे । मिस नेपालले समाज सेवा गर्ने अवशर प्रदान गर्छ ।
    मैयाले के कुरा बुझ्नु पर्यो भने समाज सेवा गर्न मिस नेपाल नभएपनि सम्भव छ । यो देशका शारा भातमाराहरुलाई आफ्नो श्रमले भात खुवाउँने किसानहरु झन् ठुला समाजसेवी हुन । हाम्रा कृषक दाजुभाईहरुलाई समाजसेवा गर्दा फुर्सद छैन । अन्य कुरा सोच्ने कुरै भएन । मिस नेपाल भएर अनाथालयमा गइ कम्मर मर्काएको कुरालाई ठुलो समाज सेवा ठानेकिछयौ भने तिम्रो सोचाई गलत छ ।

    ३) मैले सुनेको वाहियात नम्वर तिन (मिस नेपाल विपक्षवाट) – मिस नेपालहरु सव वकवास हुन । उनीहरुको खुवी केहि हुँदैन । सव देखावटिपन मात्र हो ।
    हजूर खुवी हुनेले यहि कुरा त्यो मञ्चमा गएर राखन त । हेक्का रहोश हजुरको कुरा आलु भाषण हुनु भएन, शालिन रुपमा प्रस्तुत हुनु पयो । हजुरको ३२ ओटा दाँतहरु जवान भए त्यो पनि देखाउँनु पयो । मुस्कान सवैलाई प्रिय हुन्छ ।

    ४) मैले सुनेको वाहियात नम्वर चार (मिस नेपाल पक्षवाट) – मिस नेपाल सेलेब्रिटी हुन । यस्ता कार्यक्रमले सेलेब्रिटी हुने अवशर दिलाउँछ ।
    मिस नेपाल सेलेब्रिटी होइन भन्दिन म । तर मैयालाई यहि भनूम, नयाँ टि सर्ट देखाउँने गायक (तलमाथि जिन्दगानी चुलेसी आगो भैसी पानी भन्छ के भनेको त्यो ?) पनि सेलेब्रिटी नै हो है ।

    ५) मैले सुनेको वाहियात नम्मर पाँच (मिस नेपाल विपक्षवाट) – अनुराधा कोइराला,पासाङ ल्यामु शेर्पा वन्नु नि वरु किन मिस नेपाल हुनुपर्यो ?
    अनुराधा कोइराला, पासा ल्यामु शेर्पा पहिल्यै कोहि वनि सकेका छन किन उनीहरुको नक्कली वन्नुपर्यो ?

    ६) मैले सुनेको वाहियात नम्वर छ (मिस नेपाल पक्षवाट) – मिस नेपालहँुदा मिडियामा राम्रो पकड जमाइन्छ ।
    मैया मिस नेपाल मियडियाकर्मी वन्नु मिठो संयोग होला, आवश्यकता होइन । प्रसिद्धिको कुरा गर्ने हो भने तीन कुरा छन । पहिलो, खुवी । दोस्रो, तिम्रो आफ्नो खुवीलाई वचाउँने र तिखार्ने मुल्य । तेस्रो, आफ्नो खुवी अरुमाझ स्वीकार्य वनाउँने कला र आस्थाभए भगवानको आर्शीवाद ।

    ७) मैले सुनेको वाहियात नम्वर सात (मिस नेपाल विपक्षवाट) – मिस नेपाल अश्लील हुन्छन । उनीहरु छोटो कपडा लगाउँछन ।
    शर मिस नेपालको चिन्ता छोडम । पहिले आफ्नो गुन्युचोली लगाउँने वुढिको चिन्ता गरुम .. विताउँला है माईकले ले । अश्लील आचरण हुन्छ । अश्लील विचार हुन्छ । अश्लील सोचाई हुन्छ । कपडा अश्लील हँुदैन । छोटो कपडा लगाएकै आधारमा के औसत अमेरिकन महिला औसत नेपाली भन्दा अश्लील छन भन्न सक्नुहुन्छ ?

    # अव मिस नेपाल आयोजनाले दिने कुराहरु तिर आम

    १) देशलाई – अर्को नयाँ मिस नेपाल ।
    २) अर्गनाइजरलाई – अर्को व्राण्ड एम्वेसडर ।
    ३) पत्रपत्रिकालाई – शेन्सेसनल कन्टेन्ट ।
    ४ ) मिस नेपाललाई – सवैको अकर्षण, व्यावसायीक सञ्जाल वढाउँने अवशर, आत्मविश्वाशमा वृद्धि, ग्लामर क्षेत्रमा रुचीभए त्यहाँ लाग्न सहयोग, वोल्ने कलाको वृद्धि, अन्तराष्टिय आयोजनामा देशको प्रतिनिधित्व गर्ने अवशर ।

    # के मिस नेपाल प्रतियोगिता रोक्न सम्भव छ ?
    जव ऐना वन्यो तव महिलाले आफ्नो रुपलाई देख्न थाली । जव उसले आफुलाई ऐनामा देख्न थाली तव उसलाई अरुले कसरी देख्छन भन्ने कौतुहलता जाग्न थाल्यो । यो कौतुहलता यस्तो प्रगाढ थियो उसलाई सवैले जुनै कुनावाट पनि देख्ने धरहरामा उभीन मनलाग्यो… ता कि सवैले हेरुन र भनि देउन उनी कस्ती छिन । विश्व खुला वजारका स्मार्ट पूँजीवादिहरुले यो कुरा वुझे अनि सुन्दरी प्रतियोगिताको जन्म गराइदिए । केहि मुस्लीम राष्ट लगायत कम्युनिष्ट शाषन भएका देशमा सुन्दरी प्रतियोगिता रोकिएपनि सधैभरी सम्भव छैन । मानिलिम स्वर्गवाट ईन्द्रनै यस्ता प्रतियोगिता रोक्न आएभने पनि आयोजकहरुले उसलाई यस्तो सम्मान दिन्छन ईन्द्र राजालाई भन्न कर लाग्छ.. ” व्रो तिम्रो मिस नेपाल र मेरो मिस स्वर्गविच प्रतिस्पर्धा गराउँने हो ? ”

    # सानो अनुरोध
    खगेन्द्र संग्रौलाप्रति मेरो आदर छ । उहाँले सुन्दरी प्रतियोगिताको विरोधमा अगुवाई गर्नु भएको थियो भन्ने कतै सुनेको थिए । साथीहरु कसैसँग उहाँले भन्न खोज्नुभएको कुरा दर्शाउँने लेख अथवा अन्तरवार्ता छ भने वाढनुस्न । म पढनेछु र तपाईप्रति आभार हुनेछु ।

    • It felt nice to read a meaningful analytical comment on mysansar, which is generally rare to find……

  11. १६, १७ का १५, २० तरुनी भेला पा¥यो, १२, २७ प्रश्न सोध्यो साढे २२ को उत्तर सुन्यो अनि साढे ७ को दशा लागेको एउटी बबुरीलाई १२ हात उफ्रेर घोषणा ग¥यो “मिस नेपाल” ।
    आखिर के गर्छ मिस नेपाल ले??

    • आखिर के गर्नु पर्छ त् मिस नेपालले तपाइँको बिचार मा ?

      प्रकाशजीले जस्तो सगरमाथा चढ्नु पर्यो कि ?
      बाबुरामसरले जस्तो मुस्तांग चढ्नु पर्यो कि ?
      सुडान सिटौलाजीले जस्तो उप-प्रमको कुर्सि चढ्नु पर्यो कि ?
      विजय थारुजी र ओलीजीले जस्तो धोतीको बुइ चढ्नु पर्यो कि ?
      कमल थापाजीले जस्तो धुरी चढ्नु पर्यो कि ?
      तपाइको घरमा आएर खाना पकाई दिनु पर्यो कि ?
      तपाईलाई एउटा घोर्ले छोरो जन्माई दिनु पर्यो कि ?

      जय-रामजी

    • मुल्ला साग. अरुलाइ भन्न सजिलो छ अरुले के गर्छ के गर्दैन हेर्नु भन्दा पहिला तिमीले नेपालको लागि के गर्यो के गर्न सकिन्छ …. अरुको कुरा काट्न सजिलो छ आफु केहि गर अनि भन्नु अरुलाई ..

  12. सृस्टी लाइ बधाई छ ! यसपटक भने नेपालले केहि हात पर्ला जस्तो छ !!!

  13. es pali सृस्ती le kehi परिवर्तन ल्याउने छिन. नेपाल लाइ बिस्व मा चिनाउने छिन.

  14. Late teenager to early fourties,ladies looks most beauties,among them who can shows more their topless skin, may be almost nude,more publicly , get more publicity. why this? May be its helps or promot the countineuty of creation. Against the same sex activities, gay or lisbanian. some people enjoy this year with a nepali celibrity from U K., may be next year from U S A>

  15. यस पटक भने देशको सुन्दरी प्रतिनिधिले अन्तर्राष्ट्रिय स्तरमा केहि चर्चा बटुल्छ कि भन्ने आश लाग्यो !!
    – बधाई छ; सृष्टी !!

  16. भने पछि त नेपाली मूल कि ब्रिटिश नागरिक पो नेपाल सुन्दरी भैछिन् है? नेपाल सुन्दरी मा भाग लिन त नेपाली नागरिक नै हुनु पर्ने होइन र ? यूरोप र अमेरिका मा नेपाली बाउ र गोरी आमा या नेपाली आमा र गोरे बाउ का छोरिहरु यति धेरै ट्यालेन्ट र सुन्दरी हरु छन् कि यदि उनीहरु ले पनि भाग लिन पाउने हो भने नेपालमा नै बस्ने नेपाली केटिहरु को नेपाल सुन्दरी बन्ने सपना त उस ..उस…उस…नै हुने छ ।अनि बेलायत मा नै हुर्केकी पढेकी र त्यहि बसोबास गरिरहेकी खाली प्रतियोगिता मा मात्र भाग लिन आएकी केटि लाई कुन आधार ले प्रतियोगिता मा भाग लिन पाएको र कुन आधार मा नेपाल सुन्दरी को पदक दिएको होला नि ? यो नेपाल सुन्दरी को ताज जित्ने केटि लाई नेपाल को बारे मा के थाहा छ? नेपाल को बारे मा सामान्य ज्ञान त अमेरिका मा बस्ने गोरे गोरी हरु ले पनि किताब र इन्टरनेट बाट हासिल गरेका हुन्छन ।

  17. बधाई छ फुल जस्ती सृष्ट्रीलाइ !

  18. अन्तरास्ट्रिय मोडेल, ब्रिटिश आर्मी कि छोरि मिस नेपाल नाम पनि श्रीस्ती श्रेष्ठ तपाई लाई बधाई छ! मा एकातिर पर्तेक वर्ष नेपाल सुन्दरी को समाचार सुन्छु अनि पर्तेक दिन गास,बास र कपासमा chatpatiraheka नेपाली चेली बेटी हरु देख्छु अनि उनीहरुका करुण स्थिति लाउ लाउ र खाउँ खाउँ को उमेरमा सरिरमा लगाएका कपडा हरु सरिरमै मक्किएका हुन्छन ,यही पिरले तिम्रो उमेरका चेली हरु आत्माहत्या गर्छन,कतिले बाच्नु को दौडन मा मानसिक सास्ती खप्चन, एक छाक मासु खान दसैँ कुर्नु पर्छ, तिमि भन्दा सुन्दरी हरु को जीवन कुटो कोदालो र पर्म mai बितेका हुन्छन na ta tini हरु bujhchan मिस नेपाल esto jatil स्थिति, मेरो bhugolka थुपरै चेली हरु ले bhogiraheka छन् ,तिमि eni हरु मददेकै भाग्यमानी चेली होउ जसले अत्तर perfume छर्केर थरि थरि posak पहिरेर दुनिया को ankhako तारो बन्दै जुन taaj pahereaki chou esma मेरो फेरी पनि shuvakamana तर तिमि ले तिम्रो बाबुको योगदानलाई kahileai बिर्सनु hundaina जसले बन्दुक र tarbar boki kasaiko deshma kasaiko lagi आफ्नो ज्यान को बाजी लगाएर लडेका छन् अनि उसैको तिमि छोरि …. तिमि लाई फेरी पनि मेरो तेस्रो चोटी बधाई !!!

  19. मिस नेपाल जित्ने को आसु कसरि आउछ हो भनेको बेला मा नै म छक्क पर्छु बा …..

  20. वाह !! वाह ! बल्ल हाम्रो सुन्दरी प्रतिनिधि गर्ने दिन आइपुगेको छ संसार मा. एदी मिस सृस्ती ले न जितेको भए येस्पाली , पक्च्येपात नै हुने थियो. बल्ल भेने सुहाउदो मिस नेपाल हामि ले पायोउ. येस्पाली चाइ कुछ होला जस्तो छ नेपाल को तर्फ बात मिस वोर्ल्ड र मिस universe मा. सधै झारे पारे मिस नेपाल हुने गर्थियो. येपाली लाइ meet the standerd .. Step a side everyone , here comes new miss nepal . she is going to break the tradition , a new country , new star has born . बधाई छ मिस सृस्ती लाइ. यो सुरुवात मात्र हो , हामि ले आशा गरि सक्योउ, you will be new Miss world from Nepal !

  21. तिम्रो खुशीको आसुँ
    अनी हामि तीन करोड नेपालीको गर्व्
    आउ अब मिलेर मनाउ एउटा पर्व।

  22. Shristi firstlty congratulation and give the world the best you have, and the best will come to you ,
    This calls for a celebration
    You met the challenge with determination, strength, and total confidence
    Once again Congrats!
    Bravo! Strike up the band!

  23. भने पछि यो पाली को मिस्स नेपाल NRN ………….. जय हो NRN कि

    • मन को कुरा है ..अहिले सम्म येसो साप्ताहिक पत्रिका मा नेपाल मा भएको मोडेल हरु हेर्दा भन्छन नि, आची गर्ने लाइ भन्दा देख्ने लाइ लाज, कोहि पुड्की कोहि नेप्ति चेप्ति , भुडी निस्केकी भए पछि आफु सुहाउदो लुगा लगाउनु अनि तेस्तै आफु सुहाउदो पोज हान्नु नि ..हेरी न सक्नु थियो अहिले सम्म मा. बल्ल आइपुग्यो सुहाउदो भनौदा को मोडेल र मिस नेपाल. ठिक छ ल येस्पाली को छनौट अति नै स्तर को छ.

      अब NRN सृस्ती ले दिने भयो दृस्टी नेपाल को तालिम न पुगेको नानि हरु लाइ ..हुन् पनि के भो त विदेश वाट आयात गरेको बिउटी पेजेन्ट कल्चर लाइ विदेश वाट आएको नानि ले नै देखाई दिदा !!!
      लौ नेपाल मा बस्ने ५’ ४ ” भन्दा मुनि को मोडेल भन्न ठान्ने नानि हो मलाई थ्म्प्स डाउन दिन तयार ??

Comments are closed.