अहिलेसम्म देखेको थिइनँ यो


हरेक वर्ष बुद्ध पूर्णिमाका दिन स्वयम्भूमा भीड हुनुको एउटा कारण यो पनि हो। यो शीशाभित्र राखिएको सेतो पदार्थ भगवान बुद्धको अस्तु धातु हो भनिन्छ। जहिल्यै ठूलो भीड हुने हुँदा कहिले पनि राम्रोसँग देख्न सकेको थिइनँ।

स्वयम्भूको आनन्दीकुटी विहारमा आजको दिन बिहानैदेखि दर्शन गर्न यसलाई राखिन्छ। साँझ परेपछि भने फेरि विहारभित्र लगिन्छ। त्यसपछि अर्को वर्ष बुद्ध पूर्णिमाका दिन मात्रै बाहिर निकालिन्छ। यो अस्तु धातु नेपाललाई श्रीलंका सरकारले उपहार स्वरुप दिएको हो। पहिले एक चोटी दिएको चोरी भएकोले फेरि अर्को पटक दिएको हो कि के हो भन्ने पनि सानोमा सुनेको, निश्चित थाहा छैन।
156459_3899175643556_1404100420_33515092_300743249_n
बुद्धको महापरिनिर्वाणपछि त्यतिबेलाका आठ राज्यले बुद्धको अस्तु बाँडेर लिएर चैत्य बनाएको इतिहासकारहरु बताउँछन्। तीमध्ये सात वटा राज्यका अस्तु उत्खनन् गरेर सम्राट अशोकले एसियाका विभिन्न देशमा ९४ हजार चैत्य बनाएका रे। त्यही क्रममा यो श्रील‌ंका पनि पुगेको होला र त्यहाँबाट फेरि यो यहाँ आइपुग्यो। भनिन्छ नवलपरासीको रामग्राममा चाहिँ सम्राट अशोकले उत्खनन् गरेका थिएनन्। त्यहाँ चाहिँ गौतम बुद्धको अस्तु जस्ताको तस्तै रहेको विश्वास गरिन्छ।

साढे २५ सयभन्दा बढी वर्ष भइसक्दा पनि यो जस्ताको तस्तै कसरी रह्यो त ? बुद्धत्व प्राप्त गरिसकेको महामानवका शरीरका केही विशेष हड्डीलाई आगो, हावा, पानी केहीले पनि बिगार्न नसक्ने विश्वास रहेछ।

astu_dhatu

astu-dhatu

8 Comments

  1. सालोक्य ज्यु । सम्राट अशोक ले भगवाण बुद्धको अस्थिधातु लाई सात राज्यमा बनाइएको स्तुप बाट झिकेर चौरासी (८४) हजार स्तुप बनाएका थिए । ९४ हजार होइन । भुलसुधार गरियोस् ।

  2. बुद्धम सरनम गच्छामी
    धर्मम सरनम गच्छामी
    शंगम सरनम गच्छामी

    Lord Buddha is the greatest person born on the earth.

    We are so proud he was born in Nepal. There should be Buddha’s statue in each village as a symbol of peace, non-voilance and truth. Nepal should inlcude buddha’s teaching from primary school and university level. farmer, housewife and politiciaan. This is the only way we can restore moral and ethical values in our society.

  3. धेरै धेरै धन्यबाद | भगवान श्री बुद्धलाई नजिक बाट निहाल्न पएयो |

  4. प्रत्येक बैशाखपूर्णिमाको दिन स्वयम्भूको आनन्दकुटी विहारमा भगवान बुद्धको अस्थि धातु सर्वसाधारणको लागी प्रदर्शन हुन्छ . यो नेपाललाई श्रीलंका सरकारले १९४६ मा उपहार स्वरुप दिएको हो । जुन त्यस विहार स्थित चैत्यको गर्भमा प्रदर्शन पश्चात राख्ने गरिन्छ र बैशाख पूर्णिमाको दिनमा मात्रै सर्वसाधारणको लागि प्रदर्शन हुन्छ र हालसम्म पनि हुन्दैछ . १९४६ मा प्राप्त भएको अस्थिधातु चोरी भैसक्यो . जुन त्यस विहारको चैत्य गर्भभित्र थियो र चैत्य भित्र जाने सानो बाटोको ढोका फोरेर चोर भित्र छिरेको थियो भने अस्थिधातु भएको सेफ खोलिएको थियो . अनेकौं प्रयास बाबजूद पनि फेला पार्न सकेको थिएन . पुन नेपालीहरुको लागि श्रीलंका सरकारले दिएको अस्थिधातु नै अहिले प्रदर्शन गर्ने गर्दछ . जुन फोटोमा देखिएको छ . यो अस्थिधातु फेरी त्यही चैत्य भित्र राखिंछ अर्को बैशाखपूर्णिमासम्मको लागि .

  5. एक दिन मलाई लाग्छ शन्तिका पक्षपाती, विश्व भरिकै आम जन समुदाय, गौतम बुद्धका अनुयायी बन्ने मा दुई मत छैन ! बुद्ध चेतनाले विश्वलाई नै शान्तिमय बनावोस! बुद्ध जयन्तिको ,सम्पूर्ण माई संसार टिम र पाठकमा शुभकामना!

    • एकदम सहिकुरा गर्नु भो भक्त ज्युले।
      एक दिन हरेक शन्तिका पक्षपाती व्यक्ती अनि राष्ट बुद्धका अनुयायी हुन छन तर हाम्रै बुद्ध जन्मिएको देशमा जति हुन पर्ने हो भइरहेको छैन। जे होस यि नेता भनाउदाहरूको समयमै चेत खुल्ने हो भने हामी नेपालीहरूले गर्व साथ् सिर ठाडो बनाएर विश्व समुदायमा हिडने दिन चाडै अाउने छ ।

  6. श्रीलंकनहरु (बौद्ध धर्मालम्बी) गौतम बुद्धको सार्है सम्मान गर्छन। बुद्धको नाममा जानी जानी झुठ त बोलेनन् होलानै।

  7. Yes, the astu dhatu was stolen from Ananda Kuti Vihar during the height of Jana Andolan of 2046. The thieves dugged the ground and stole the astu dhatu during the night hours of three day long curfew. To date, there is no trace of the stolen property. Sri Lanka presented this piece to Nepal.

Comments are closed.