आखिर ठगेरै छाडे नि आकाश दिन्छु भनेर

Fwd:
केही महिनाअघि सकिएको क्यान इन्फोटेकमा के के न बहुमूल्य सामान जस्तो गरी शिशाभित्र घेरेर राखिएको आकाश ट्याब्लेट बुकिङ गरिएको थियो। बुकिङ गर्न पनि लामो लाइन थियो। मान्छेहरु कस्तो छ भनी चलाएर हेर्न त के छुन समेत नपाई सस्तो माल भन्दै बुकिङ गर्न हतारिएका थिए। १०० रुपियाँ पैसा ठटाइएको थियो बुकिङ गर्नलाई सुरुमा। झण्डै २५ हजारले पैसा तिरेर बुकिङ गरिसकेपछि पछिका बुकिङकर्तालाई चैँ सामान आएपछि दिने प्राथमिकतामा राख्ने भन्दै पैसा नलिई नाम मात्र दर्ता गरिएको थियो। तर अब यसरी पैसा उठाउनेहरु बेपत्ता भएको खबर पत्रपत्रिकाले छाप्न थालेका छन्।

उनीहरुलाई दुई महिनाभित्रै आकाश दिने भनिएको थियो। तर आकाशको फल आँखा तरी मर भने झैँ भएछ। फाट्टफुट्ट ठगियो कि भन्ने खालका समाचार त पहिले नै आइसकेका थिए। तर अब चाहिँ गिजमोज नेपाल नामको त्यो कम्पनीका मान्छे नै बेपत्ता पो छन् रे।

यस विषयमा माइसंसारमा उतिबेला नै मत सर्वेक्षण गर्दा ६७ प्रतिशतले यो ट्याब्लेट नकिन्न सुझाव दिएका थिए। नभन्दै उनीहरुको सुझाव मान्नेहरु ठीक भए। नत्र १०० रुपियाँ गुम्थ्यो।

यसो हेर्दा सय रुपियाँ ठगिनु कुनै ठूलो कुरा जस्तो लाग्दैन। तर त्यही सय रुपियाँ हजारौँबाट ठगिएपछि रकम पक्कै पनि धेरै नै हुन्छ। तसर्थ आउँदा दिनहरुमा सजग हुनुपर्ने पाठ यसले सिकाएको छ।
Fwd:
हिराको हार राखेजस्तो आकाश ट्याब्लेट प्रदर्शनीमा विशेष सुरक्षाका साथ राखिँदै।

32 Comments

  1. कहिँ नभाको जत्त्र हादी गाउमा भन्या यहि हो तेती ट्याब्लेट हेर्न नि तछाड मछाड गर्ने हाम्रा नेपाली लाइ सबक चाही सिकायो

  2. पत्रिका ले ठगेर बेपत्ता भयो …भनेर खबर छापेको थियो ….अनि आजै त्यस कम्पनी ले “हामी १०० रुपया खाएर भाग्दैनौ ..फिर्ता लिन आउने ले आए हुन्छ.. “भनेर छापेको थियो .त्यस ले सोच्यो होला …”अब ट्याब्लेट पनि दिन सकिदैन ,पत्रिका मा पनि ठग्यो भनेर आइ सक्यो अब चाही केहि गरेंन भने …१०० रुपैया वाला हरु ले १-१ मुक्का मात्र दिए भने पनि खैर छैन ..तेसैले पैसा लिन आओ भनेर छापी दिउ …”

  3. सिटामोल को ट्याब्लेट किन्ने हैसिएत नभएका लेपाली लाई चलाउने ट्याब्लेट चाहिने ठिक्क पर्यो .

  4. २५००० जना पछी चै पैसा लिएनन् भने पछी ठग्ने नै नियत चै अलि हैन कि? ठग्ने भएको भए त सके सम्म लिन्थे होला नि? इन्डिया मै डिमाण्ड अनुसार सप्लाई थेग्न नसक्ने अवस्थामा छ भन्ने सुनेको थिएँ, नेपालीको पालो कहिले आउला?
    तर मैले चै पैसा तिरेको छैन है|

    • अहिले पनि येस्तै टाव दिन्छु भनेर पत्र पत्रिका मा बिज्ञापन हरु देखिन्छ त्यो पनि ठगि गर्ने बाटो नै हो त .

      जेसुकै भए पनि येस्तो गर्नु त राम्रो होइन तेही पनि आकाश लिएर आउन नसक्ने कम्पनी को कुनै सम्यस्या भएको पनि हुन सक्छ इंडिया बाट नै केहि प्रोब्लेम भएको पनि त हुन सक्छ.

  5. मेनपावरले सोजा सिधा लाइ ठगेजस्तै हो !!!फरक अलि टाठ! बाठा भनिने हरुलाई ठगीयेछ !!

  6. लोकनाथ जी यो छेउ मा बस्ने मोडेल बहिनि लाई पनि त दिनको १०० रुपैया मात्र दिएर फरार भयो होला त्यो धोति .ठिकै छ अर्को वर्ष देखि हामी एस्तो गल्ति गर्दैनौ मेरो पनि गयेछा १०० रुपैया बाई

  7. यो कम्पनि नि ‘गोल्छा’ वा ‘खेतान ‘ कै होला/हेरेकै भर मा बुकिंग गर्ने मान्छे लाई के भन्नु हौ..२५००० जना पढेका मुर्ख…अनि ‘क्यान’ का ढाडे हरु को कान समातेर त्येस लाई लेरा भन्नु पर्यो नित..लौ ठगो भन्ने चुप लाग्ने गरेर नि हुन्छ त???

  8. हुन त पैसो भन्दा दिमाग ठूलो हुन सक्दैन, तर यहाँ त दिमागमात्र होइन पैसा पनि भुटे भारतीय ठगहरूले …

    ठग भारतीय व्यापारीको ठगी चाला;
    दिमाग त गयो गयो पैसा पनि जाला !

  9. कुरा १०० रुपिया को होइन उनि हरुको बेइमानी को चाला हो बूकिंग गर्न पनि पैसा लाग्ने तेस्तो नाचिने पनि हुन्छ . मा पनि बूकिंग गरम न त भनेर गको थिए तर पैसा लाग्ने बताए अनि सोधे कहिले आउने हो थाहा छैन अनि किन बूकिंग गरेको पैसा भने तर उनि हरुले बूकिंग गर्न पैसा नै मागे मैले पैसा दिएन अनि बूकिंग पनि गरिन अनि भने यो राम्रो कुरा होइन यदि तपाई हरु बिक्रि गर्न चाहनु हुन्छ भने तुरुन्त दिनुस मा क्याश खरिद गर्छु भने तर उनि हरुले त्यो छैन बूकिंग मात्र हो भने अनि मा रित्तो हात फर्के बूकिंग नगरी कन

  10. “छुन लाइ होइन हेर्न चै पाइन्छ,
    आँखा लाइ सेक्न जति नि पाइन्छ !!”
    भनेको जस्तै रैछ

  11. This type of things happening because our government doesn’t have any rules or regulations,its their job to check whether the people involved in such bookings are genuine or fraud,otherwise we will witness such happenings in future also.

  12. नेपाली हरु सचैनै मुर्ख हुन्छन कि क्या हो, समान कस्तो हो थाहै नपाई सय रुपैया तिरेर बुक गर्ने.
    नेपाली हरु भेडा हरु जस्तै एउटा ले जे गर्यो सबैले तेही गर्ने, अलिकति सोच विचार नगर्ने. अनि ठग हरु लै ठगि हाल्छ नि.

    • सितु जी,
      मान्छे हरु ले रत्न पार्क को फूथ्पाथ मा गएर १०० तिरेका हैनन्, देश को एउटा कम्प्युटर सम्बन्धि आधिकारिक भेला क्यान इन्फोटेकमा मा तिरेका हुन्. चाहिने मान्छे ले त १००० पनि तिर्थे होला आयोजक को बिश्वस्श मा.

      • महेश जी, केहि किन्नु अगि समानको सबै feature थाहा पाउनु एकदम जरुरि छ र त्यो सामान कसरि चल्छ भन्ने कुरा पनि बुज्नु परछा जस्तो लाग्छ. आखिर रत्नपार्क होस् ya caan Infotech मा, ठगि त भयो नि.
        नेपाल मा जहाँ नि ठगि हुन सक्छ भन्ने बुज्नु पर्छ.

  13. हैन यो आकाश tablet त इंडिया मा पनि trial को लागिमात्र launch गरेको हैन र ?सबभन्दा सस्तो tablet भनेर!यसको बिक्रीवितरण सुरु भैसकेको थाहा भयन…ठग हरुलाई कारबाई होस्

  14. मलाई त तेसै बेला शंका लागेको थियो. अहिले को नगद हिसाब किताब को जमानामा पनि ६ महिना पछी आउने समान लाई पैसा तिरेर बुकिंग गर्नु पर्ने? चेतना भया

  15. Easy way to make money, how to make money in short period. Per person Rs 100 is nothing but 100*25000= Rs 2500000 that’s a lot of money for him. I might have to try next yr.

  16. छुनपनि नपाइ कसैले पैसा तिरेर booking गर्छन भने मेरो भन्नु केहि छैन.
    जे होस् , १०० रुपैयामा दरो पाठ सिक्नु पनि राम्रो कुरा हो.
    पैसा लिएर फरार हुनेको खोजतलास होस्.

  17. तेसो भए हामी नेपाली संधै यसरि नै ठगेर चुप लगेर बस्ने त ????

  18. I think CAN is responsible to take immediate action against the concerned company GIZMOJ and make an arrangement to return the money.

    • कुरो ठिक हो
      यसमा क्यान को अधिकारिक धारणा के हो त?

  19. यो इन्फोटेक होइन यो त नेपालीको पैसा धोतीले टेक गरेको पो हो / अर्को सालमा यसको नाम चाही ठग टेक राख्नु पर्ने जस्तो छ /

  20. आकासको फल आँखा तरी मर !!!!
    न छुन पाइयो न हेर्न नै !!!!

  21. जे होस् राम्रो चेतना भया सबलाई,अब हुने इन्फो टेकमा यस्ता समान हरु सोद्नको लागि पनि केहि अज धेरै सोच्नु पर्ने भयो जे होस् नपरी थाहा हुन्न भन्या यहि हो

  22. पर्दसनी मा राखेको समान टच गर्ने नदिने ब्यापारी को नियेत् खोट थियो भन्ने कुरा त तेत्तिकै बुझ्नु पर्ने हो नि ! सस्तो र फिरी भयो भने बर्ड फ्लु लागेको कुखुरा को मासु सुद्ध खान मरिहत्ते गर्ने नेपाली को बनि कहिले जाला?

  23. What was CAN doing letting to rub public on their exhibitions. The organizing body of CAN must be responsible and liable to the victims now as they let to participate such thugs for there benefits to make the show successful without assessing the honesty of exhibitors.
    Can should acknowledge its weakness in this years program and take accountability and compensate all the victims if they really want to continue there programs in future days.

  24. १०० रुपियाँ पैसा भन्या के नि हजुर ?एस्तो सामान्य गल्ति नगरम न भन्या

    • यो कुनै समाचार website हैन सन्तोष जी.. एउटा ब्लग हो र यसमा चलन चल्ती को र प्राय बोलीचाली मा प्रयोग हुने style लाई जस्ता को तस्तै पनि लेखिन्छ…नचाहिने सानो सानो गल्ति औंल्याएर आफुलाई व्याकरण को गुरु बनाउन नखोज्ने की ?

  25. नेपाली भयर नेपाली लाइ ठग्छन इन्डियन हरु आएर झन् किन नठ्गुन

  26. तेही छेउ मा बसेकी मोडल नानी लाई सोदे भै हाल्यो नि ठग हरु कहाँ गए भन्ने कुरो?

    • ठग बाठो रहेछ ! मात्र १०० rupees means २५००० जनाको १०० को दरले एति सानो कुराको लागि कसले complain गर्ने राम्रो कमाई !!!

Comments are closed.