अन्जु पन्तपछि फेसबुक हल्लाको शिकार राजेश हमाल

गएको साता भारतीय वेबसाइट र फोरमहरुमा केही वर्षअघिदेखि नै राखिएको एक दम्पतीको चुम्बन दृश्य अन्जु पन्तको भन्दै फेसबुकबाट हल्ला फैलाउने काम भयो। कतिले विश्वास गरे, कतिले गरेनन्। फेसबुकमात्र हैन, केही अनलाइन समेत हल्ला फैलाउन सक्रिय रहे। पछि फोटो भारतीय रहेको प्रचारपछि त्यो कुप्रचार यत्तिकै सेलायो। आजबाट फेरि राजेश हमालको बिहे तीतो सत्यकी दीपाश्री निरौलासँग हुन लागेको भन्दै हल्ला फेसबुकमा डढेलो सरह फैलिरहेको छ। यो पनि अन्जु पन्तको जस्तै हल्लाबाहेक केही हैन। के रहेछ त यो हल्लाको स्रोत ?

हल्लाको स्रोत हो विराटनगरको एउटा अनलाइन आवरविराटनगर। आवरविराटनगर डट कममा हिजो मोहन भट्टराईको बाइलाइनमा दिपाश्रीको विवाह राजेश हमालसंग हुँदैछ: दिपाश्रीका गुरु कामेश्वर शीर्षकमा एउटा समाचार छापिएको थियो। त्यसैबाट तानेर विराटनगरबाटै छापिने विराटपथ दैनिकले आज एउटा समाचार पहिलो पेजको मुख्य समाचार बनाई छाप्यो। एउटा लोकल पत्रिकामा छापिएको समाचारको राष्ट्रिय अझ अन्तर्राष्ट्रियकरण कसरी भयो त? फेसबुकबाट।

के छापिएको थियो आवरविराटनगरमा ?

दिपाश्रीको विवाह राजेश हमालसंग हुँदैछ: दिपाश्रीका गुरु कामेश्वर

दिपा निरौला कसरी दिपाश्री भइन् भन्ने पुरानो रहस्यका साथै दिपाश्रीका गुरु कामेश्वर झाले उनको जीवनको अर्को नयाँ कुराको रहस्य पनि थाहा पाएका रहेछन् । अहिले दिपाश्रीले राजेश हमालसंग विवाह गर्नेवाला छिन् भन्ने कुरा पनि उनले थाहा पाएका रहेछन् । ‘तर मलाई अचम्म लागिरहेको छ’–दिपाश्रीले राजेशसंग विवाह गर्ने कुरा थाहा पाएपछि उनी आश्चर्यमा परेका रहेछन् ‘राजेशले मसंग के भन्थ्यो भने हे दाइ नेपाली केटी मलाई मनै पर्दैन त्यसैले म नेपालीसंग विवाह गर्दिन भन्थ्यो । र उसंग जहिले पनि विदेशी केटी नै साथमा हुन्थी । अहिले सुन्दैछु दिपालाई विवाह गर्दैछ रे, मलाई लाग्छ यो विवाह भए पनि दीर्घकालिन हुदैन ।’ पूरा पढ्नुस्

के छापियो विराटपथमा?
deepa-news

के भन्छिन् दीपाश्री ?

आज विहानै मैंले पनि राजेश दाइसँग मेरो विवाह हुने भनेर कुनै पत्रिकाले समाचार छापेको छ रे भन्ने सुनें । समाचार सुनेर त म अचम्ममा परें । पत्रिका खोजें तर भेटिन । पछि बुझ्दै जाँदा त्यो विराटनगरको स्थानीय पत्रिकाले छापेको रैछ । यो समाचार सरासर गलत हो । यो समाचार सुनेंदेखि म तनावमा छु । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम तितो सत्यको सुटिङ्गको दिन हो आज । त्यही समाचारका कारण मैंले राम्ररी सुटिङ्ग पनि गर्न सकेकी छैन । आज दिनभरी नै सुटिङ्गमा व्यस्त छु । त्यो झुठो समाचार छाप्ने पत्रिकालाई के गर्ने भन्ने विषयमा भोली तिर राजेश दाइ तथा अरु आफन्तसँग सल्लाह गर्छु र आवश्यक कारवाही अघि बढाउँछु । लण्डनमा भएको कार्यक्रममा एक महिनासम्म राजेश दाई र मसँगै थियौं । हाम्रो टोली केहीदिनअघि मात्र लण्डनबाट फर्किएको हो । त्यसपछि मैंले राजेश दाइसँग भेट्न पनि पाएको छैन ।
पत्रिकाले कामेश्वर झालाई उद्धृत गर्दै मेरो विवाह राजेश हमालसँग हुने भनेर छापेको छ रे । मेरो विवाहका बारेमा बोल्ने अधिकार मेरा बाबु बाहेक अरु कसैलाई छैन । झाले किन त्यस्तो झुठो कुरा गर्नु भयो । त्यो पत्रिकाले मेरो विहेको बारेमा मलाई एक पटक पनि नसोझी किन झुठो समाचार छाप्यो मैंले बुझेको छैन । म जन्मे हुर्केको ठाउँ विराटनगर नै हो । मलाई मेरैं गाउँको पत्रिकाले यस्तो गर्छ जस्तो लागेको थिएन । तर त्यो पत्रिकाले किन त्यस्तो झुठो समाचार छाप्यो म आफैं अलमलमा छु । (उज्यालो एफएमसितको अन्तर्वार्तामा, पूरा पढ्नुस्)

कसरी भयो यस्तो ?

पत्रकारिताको सिद्धान्त केलाएर बहस गर्ने हो भने एकथरिले यो समाचारमा कुनै खोट देखाउन सक्दैनन्। किनभने यहाँ एक जना व्यक्तिले भनेको कुरालाई उद्‍धृत गरिएको छ। ती व्यक्ति दीपाश्री निरौलाका गुरु भनिएको छ। पत्रिकाले मैले भनेको हैन, उनले भनेको हो- उनले जे भने हामीले त्यही छापेको हो भनी बच्न सक्छ। के यो ठीक हो ? यस्तै तर्क गरेका थिए केही अघि मानसिक सन्तुलन गुमाएकी एक महिलाले आफू राजेश हमालकी श्रीमती भनी दावी गर्दा समाचार छाप्नेहरुले पनि। उनीहरुले पनि हामीले भनेका हैनौँ, ती महिलाले भनेको कुरा छापेको त हो नि भन्ने तर्क गरेका थिए। तर पछि साबित भयो, त्यो गलत थियो। कसैले भन्दैमा छापिहाल्ने काम सञ्चार माध्यमको हैन। त्यसको सत्यतथ्य खोतल्ने प्रयास पनि गर्नुपर्छ। अहिलेको केसमा आवरविराटनगरले जे छाप्यो, त्यहाँदेखि गल्ती भएको छ। त्यसैलाई विराटपथले पुष्टि नगरी छापेर अर्को गल्ती गर्‍यो। अब यही समाचारलाई फेसबुकबाट देशविदेशमा फैलाउनेहरुले अर्को गल्ती गरिरहेका छन्। यो विषयमा दीपाश्रीको आफ्नै धारणा सार्वजनिक भइसकेपछि के त्यो हल्ला फैलाउने सबैले त्यो हल्ला थियो भन्ने कुरा पनि फेसबुकबाट फैलाउँछन् त ? यदि फैलाएनन् भने जसले आवरविराटनगर हेरेका छैनन्, जसले विराटपथ पढेका छैनन्, जसले माइसंसार हेर्दैनन्, उनीहरुलाई साँचो कुरा कसरी थाहा हुन्छ ?

25 Comments

  1. सायद पत्रकार साथी ले गयको महिना राजेश हमाल र दिपा एक महिना लण्डन मा संगै बसेको हुनाले हचुवा को भरमा संका गरेर लेखि दिनु भयको होला तर पत्रकार साथी तपाई को निसाना मिलेन / फेरी फेरी पनि एस्तो हचुवा गोलि नठोक्नु होला / कुनै दिन त्यो गोलि तपाई लै नै फर्केला /

  2. काम छैन पत्रकार हरु झुठो समाचार नभयको हल्ला बाहिर लेयउन माहिर छन बारम्बार यस्तो घटना हरु मेडिया आयको देख्दा देख्दै किन पत्रकार हरु सत्य तात्य बिनाको समाचार लेखन हतार हुन्छन

  3. के गरुन त बिचार नेपाली भयको यौटा यहि हल्ला त हो अरु कम छैन त समय काट्ने बाटो यहि नै त हो!

  4. सब काम नपाको ले चलाको हल्ला हो एनलाई त सिस्नु पानि ले ठोक्नु पर्छ नचाहिदो लेख्न पाईन

  5. सूचना! सूचना!!
    नर्वे जागिरको लागि आउँन लाग्नु भयकालाई सूचना!!!
    आज बिहानै ४ बजे नै फोन आयो नेपालबाट मलाई हेल्लो हेल्लो AUNTI मा नर्वे आउँ लागेको १५ / २० DAYS को लागि हजुरले खान बस्न दिनु भयो भने ४ लाख तिरेर नर्वे VISA लगईदिन्छ रे /
    म त झनै झसङ्ग भय अस्ति MONDAY मैले थाहा पाय कि मेरो सहदर दाजु ले ४+२ लाख डुबाउनु भयछ, दलाल ले मेरो भतिज लाई भने झैँ भनेछ दै मक्ख परेर पहिला ४ अनि फेरी पुगें भनेर १ /१ गरि २ लाख दिनु भयछ अनि visa लाग्ने आशामा पर्खनु भयछ २,४,६ गर्दै १२ महिना पछी त दलाली बेपत्ता भएको खबर आयछ / अनि मलाई बल्ल फोन आयो खबर आयो / rent मा लियको पैसा डुब्यो भनेर / आखिर म के गरु त पहिले मलाई सोधेको भय सबै भनिदिने थिय यहाँ को बस्तु स्थिति / ६ महिना को visa दिने रे अनी कम दिने भन्ने अनि पैसा उठाउने रैछन / अनि मैले सोचे नेपाली संग पैसा त तान्ने रैछा नि जो पनि आउँ खोज्ने जम्मा ६ months को यसरी ६ लाख खर्च गर्न सक्ने !
    यहाँ job नपाउने,पैसा नहुने पनि होइन यहाँ त तेस्ता को लागि सबै छ जसले engineer पढेर सकेको छ ! यहाँ को भाषा नजनिकन नै राम्रो job पाउन सकिन्छ / तै पनि दलाल बाट होईन कि १ पैसा पनि खर्च नगरी आफै internett बाटै form भरेर job पाइन्छ / अनि त किन दलाल लाई पैसा दिने?

    यहाँ skill job वनेर सबै जोब पाउन सजिलो छैन यहाँ को भाषा जान्नै पर्छ जानेर पनि हुदैन यहाँ तेस्को exam दियर पास गर्ने पर्छ,engineer लाई बाहेक ! बाहेकengineer ले पनि पछी भाषा सिक्नै पर्छ /

    मैले भन्न खोजेको कि बुझेर मात्रै आउनुहोस यहाँ को लागि तेसै किन पैसा बर्बाद पार्नुहुन्छ? यहाँ बस्दै आयका ले अहिले सम्म fulltime job र भनेजति तलब पायका छैनन् / दुख गरेर आफ्नो बिहान बेलुकाको छाक तर्न बाध्य भयका छन् / बचत गरेर नेपाल पठाउने त सोच्नै पर्दैन यदि skilljobb छैन भने / जे होस् बुझेर मात्रै form भर्नुस दलाली लाई पैसा नदिनुस् / यहाँ आउने लाई सोधेर मात्रै यहाँ आउनुस /
    link for engineer –
    https://www.nav.no/stillinger/stillinger?q=engineer&rpp=null&rv=null

  6. धत्तेरिका यो समाचार झुठो पो हो ??!!! मैले त दुबैको उद्धार भएछ भनेर खुशी पो व्यक्त गर्या त…!!
    हुनत दुबैले बिहेको बहिरंग अन्तरंग बुझेकै होला क्यारे.. गरे नि केहि फरक पर्ने चाही छैन…

  7. यो हल्लैहल्लाको देशमा जे समाचार छापे पनि हुदोरहेछ ! नेताहरु कानुन भन्दा माथि छन भने राजनैतिक सोंचले ग्रस्त पत्रकारहरुले नेपाली जनतालाई बेबकुफ बनाईरहेका छन ! हरे शिव… यो मुलुक इमान्दारिता र कानुनी मान्येताले कहिले चल्नेहोला ?

  8. यो पत्रकार को काम हैन आलपत्रकर को काम हो टन्न रक्सि धोकेर लेखेको जस्तो छ

  9. देश बिगार्नु र समाज मा बिकृति फैलाउनु मा नेपाली मिडिया हरुको पहिलो हात छ.

  10. अब गुरु कामेश्वोर ले भन्नु हुन्छ मैले बनाउन लागेको नया फिल्म मा यो द्रिस्य हुनेछ र भब्य सेट सज्जावत गरि हुनेछ जुन अहिले सम्म को महँगो सेट हुने छ …….real मा बिहे भए भए त राम्रै हो जस्तो लाग्दै छ है ……

  11. मलाई त राजेश दाई को बिहे भनेर खुसि लागेको थियो…………होइन रैछा!

  12. आजको विश्मा पत्रकारिता अति संवेदनशिल र प्राविधिक विषयको रुपमा चिनिन थालेको छ । पत्रकार वा पत्रिकाको सानो गल्तीले पूरै समाजलाई सकारात्मक रुपमा बदल्न पनि सक्छ र बिगार्न पनि सक्छ ।
    पत्रकार हुनका लागि शैक्षिक योग्यता, अनुभव र तालिमको आवश्यकता पर्छ । कुनैपनि विषयवस्तुलाई समाचारका रुपमा उठान गर्नका लागि त्यस विषयको गहिरो अध्ययन चाहिन्छ । समाचारमा संलग्न स्रोतहरुको उपयुक्त सन्तुलन चाहिन्छ ।
    नानाभाँती, हावादारी, गाइँगुइँका, बतासे, विना प्रमाणका, अरेको भरका समाचारहरुले लेख्ने पत्रकार होइनन् र ती समाचारहरु छाप्ने पनि पत्रिका होइनन् । भुइँफुटुवा पत्रकारहरुले प्रकाशित गर्ने खाते पत्रिकाहरुलाई नियन्त्रण गर्न राज्यले केही कदम चाल्नुपर्यो

  13. कसैको चरित्र हत्या गर्ने अधिकार पत्रकार हरुलाई छैन | तेसै जे पायो तेही लेख्दैमा पत्रकार हुइदैन् | हुनत देशको हर्ताकर्ता म नै हु भन्ने अमुक महाराजा हरुको बोलीको त ठेगान नभएको हाम्रो देशमा यी २ पैसे पत्रकार हरुको के कुरा गर्नु ? यस्ता २ पैसे हरुले गर्दा साचो पत्रकारीता गर्ने हरुको पनि बद्नाम हुने गर्छ जसले देशको परीबर्तनमा अतुलानीय भूमिका निभाएका छन् |

  14. पीत पत्रकारीता प्राइभेट लिमिटेडद्धारा प्रकाशित हावादारी दैनिक ।

  15. आजको विश्मा पत्रकारिता अति संवेदनशिल र प्राविधिक विषयको रुपमा चिनिन थालेको छ । पत्रकार वा पत्रिकाको सानो गल्तीले पूरै समाजलाई सकारात्मक रुपमा बदल्न पनि सक्छ र बिगार्न पनि सक्छ ।
    पत्रकार हुनका लागि शैक्षिक योग्यता, अनुभव र तालिमको आवश्यकता पर्छ । कुनैपनि विषयवस्तुलाई समाचारका रुपमा उठान गर्नका लागि त्यस विषयको गहिरो अध्ययन चाहिन्छ । समाचारमा संलग्न स्रोतहरुको उपयुक्त सन्तुलन चाहिन्छ ।
    नानाभाँती, हावादारी, गाइँगुइँका, बतासे, विना प्रमाणका, अरेको भरका समाचारहरुले लेख्ने पत्रकार होइनन् र ती समाचारहरु छाप्ने पनि पत्रिका होइनन् । भुइँफुटुवा पत्रकारहरुले प्रकाशित गर्ने खाते पत्रिकाहरुलाई नियन्त्रण गर्न राज्यले केही कदम चाल्नुपर्यो ।

  16. बोल्नेले प्याच्च ! प्य्च्च !!,त्यसैलाई पत्रकार भनौदा हरुले छयाप्प ! छयाप्प !! छाप्न पाए भयो / त्यसको परिणाम के कसोहुनेहो ? अफबाह फैलाएर पत्रिका लाइ हट लिस्ट र पत्रिका बिकाउन पाए भयो / त्यसैकारण त पाठक हरु लाइ पत्रिका ले प्रकाश गरेको समाचार सत्य तथ्य के हो ? ठम्युन गारो परेको / अरुको चारित्रिक हत्या तर्फ उन्मुख हुने पत्रिका र पत्रकार माथि कडा भन्दा कडा कारबाही होस् ताकी त्यो सबक बाट अन्यले त्यस्तो दुशाहाश गर्न नसकुन /

  17. यसै त संचार जगत लाई हल्लै हल्ला को संसार बनाउने भनिएको होइननि,कसेकम पत्रकारिताको सामान्य सिधान्त त अबलम्बन गर्नु पर्यो नि ,सम्बन्धित व्यक्ति संग कुरो को बास्तबिकता त भुझन सकिन्थ्यो |

  18. जतिसुकै अब्बल दर्जाको पत्रिका भयपनी ५०% मात्र सत्य हुन्छ त्यो भन्दापनि कम सत्य भयको पत्रिकालाई पित्(येल्लोव) पत्रिका भनिन्छ ! नेपालका पत्रिकाको त सामाजिक झुकाब भन्दा बढी राजनैतिक जुकाब भयकोले फरक हुन्छनै जसलाई पाठकले केलायार पढ्नु बुझ्नु पर्ने हुन्छ ! हल्लाई हल्लाको देशमा जे पनि हुन्छ, सुनईन्छ ! पत्रकारको भन्दा पनि पाठकको भूमिका महत्वो पूर्ण हुन्छ !

  19. त्यो झुठो कुरा लेख्ने पत्रकार को कान को जाली फुट्ने गरि हानौ त

  20. तेसै भने होलान ??? कवि भूपी शेरचनले यो हल्लै हल्लाको देश हो भनेर|

  21. के गर्नु साथी नेपालमा हल्ला, भ्रटाचार र गाजा को सिबये आरु चिजको खेति नै हुन छोदयो. सबै जना येही ३ चिजको पछि लागेको छन् अनि कसरि देशको बिकाश हुन्छ

  22. नेपालको राजनीति र पत्रकारिता एउटै ड्याङ्गको मुला हो ! फरक यति मात्र हो कि नेताहरु बोल्छन मात्रै तर पत्रकारहरु लेख्छन !

  23. अब त कुनै पनि समाचार पढ्रनमा पनि एकचोति बिचार गर्नै पर्ने भएको छ भने प्रकाशन गर्नेले पनि एकचोती एकछिन बिचार गरेर मात्र प्रशारण प्रकाशन गर्नुभए राम्रो हुन्छ कि?

  24. पत्रकारहरु नै यस्तै छन् जस्तो पायो, त्यस्तै समाचार प्रकाशित गर्छन् । सत्य–तथ्य जानकारी तथा सूचना विना समाचार प्रकाशित गर्ने पत्रिकालाई कारवाही गर्नुपर्छ ।

  25. अब नेपाल का प्रत्रकार हरु लाई पाता कसेर चुट्ने बेला आयछ भन्ने हामी लाई लागि रहेको छ नभय प्रत्रकारिता जस्तो जीम्मेवार व्यक्ति ले यस्तो देस का होनाहार कलाकार हरु को बारे मा नचाहिदो कुरा लेखेर सर्ब साधारण मा झुटो भ्रम फैलाउनु हुने थियन :-

Comments are closed.