संयम नगुमाऔँ !

बन्द साँच्चै नराम्रो हो कि आफ्नो वा आफ्नो समूहको स्वार्थमा गरेको बन्द चाहिँ राम्रो अरुले गरेको चाहिँ नराम्रो हो? प्रष्ट होऔँ पहिला। यदि आफ्नो समूहले गरेको बन्द राम्रो हो र त्यसको समर्थन हो भने अरुले गरेको बन्दको विरोध गर्न उसलाई नैतिकताले दिँदैन। तपाईँको विरोध गर्न पाउने जस्तै उसको पनि विरोध गर्न पाउने अधिकार हुन्छ। बन्दलाई बन्द गरौँ भन्ने हाम्रो अभियानमा अहिले आएर यो विभाजन कसरी आयो ? सञ्चारकर्मीहरु नै किन जातिवादी बन्दैछन् ? सञ्चारकर्मीहरु नै बन्दको प्रचार फेसबुक र ट्विटरजस्ता सोसल साइटहरुबाट किन गर्दैछन्? आज बाहुन, क्षेत्रीले गरेको दुई दिन बन्द ठीक हो भने अर्को साता थारु र जनजातिले गर्न लागेको तीन दिने बन्दलाई कुन मुखले विरोध गर्ने? यदि बन्द गरेर आफूले भनेको कुरा हुने भएको भए ६ दिन बन्द गरेको माओवादीले उतिबेलै (माधव नेपालको सरकारको पालामा) जनविद्रोह गरेर आफ्नो सत्ता कायम गरिसक्थ्यो। बन्दले कुनै समस्या समाधान गर्दैन, उल्टो चर्काउँछ। अहिलेसम्म यति पनि नबुझ्ने हामी ?


नेपालको अहिलेको स्थिति संक्रमण कालको चरम अवस्था हो। राज्य पुनर्संरचनाको यो संक्रमण कालमा सामाजिक सदभावमा खलल पर्न सक्ने संभावना निकै छ। त्यसैले सञ्चार माध्यमहरु पनि यसमा सजग हुनुपर्छ। प्रहरी त झन् हुनै पर्‍यो। तर प्रहरी समाचार कक्षले आज आफ्नो वेबसाइटमा राखेको समाचारमा प्रयोग गरेको भाषा भने सामाजिक सदभावमा खलल पुर्‍याउने खालको छ। यो थारु र ब्राह्मणको जातीय दंगा हैन। यो एक थरि उच्छृङ्खल ब्राम्हणले अघिल्लो दिन थारु संग्रहालयमा आक्रमण गरेर आगो लगाएर नष्ट गरेको प्रतिकारमा अर्को थरि उच्छृङ्खल थारुहरुको प्रतिक्रिया थियो। न पूरै ब्राह्मण जाति गलत छ, न पूरै थारु। यहाँ जात उल्लेख नगरेर पनि समाचार दिन सकिन्थ्यो। तर यो स‌ंवेदनशीलतालाई वास्ता गरिएको छैन। गोली चलेर पाँच जना घाइते भएको घटनामा ‘सामान्य बल’ प्रयोग भने जस्तो भाषिक असहजपना हैन यो।


जातीय सदभाव बिथोल्ने आक्रमण थियो यो। घटनापछि उत्तेजना फैलन नदिन र संयमता अपनाउनमा बढी जोड दिनु पर्ने थियो। तर गोली चलेर पाँच पाँच जना घाइते हुनुपर्ने स्थिति आयो। घोषित थप संघर्षका कार्यक्रमहरुको क्रममा संयमता अपनाउन जरुरी छ। स्थिति बिग्रिएर विदेशी सुरक्षाकर्मीले हाम्रो सुरक्षा गर्नुपर्ने दिन नआओस्।

44 Comments

  1. उखान छ ;जो चोर उसैको ठुलो स्वर !
    अर्थात् जसले बढी राष्ट्र लाई पिडा दिन्छ उही स्वयम् घोषित राष्ट्र बादी !!
    जान्न मन लाग्छ यी मेसिनका रिमोटहरु कहाँ बाट संचालित छन् ?
    कतै त्यतैबाट त हैन जसको यिनीहरु चर्को बिरोध गरि टोपल्छन !!!
    जो बुझेर पनि अबुझ बन्दछन,आफ्नै मातृभूमिलाई खण्ड खण्ड गर्न उद्धत छन् ! जातीय ,क्षत्रिय र धार्मिक सहिषनुताले भरपुर यो साझा फूलबारीमा जातीय बिध्वेस फैलाऊन भए – भरको बल लगाइ रहेका छन् l भिमसेन, अमरसिंह जस्ता सपुत ले जोगाई राखेको यो मातृभूमिमा उनैका सन्तान ले पहिचानको लागि संघर्ष गर्नु पर्यो भने परिणाम भयानक हुनेछ ,बिसे नगर्चीको मोहरबाट सुरु भएको नेपालको अर्थतन्त्रमा उनकै सन्तानले राज्यविहीन हुनुपर्ने भयो भने नेपाल जर्जर हुनेछ l पशुपतिको देशमा उनकै आराधना गर्नेहरु बहिस्कृत भए भने अन्दाज गर्न सकिन्छ यहाँ के के पो हुनेछ !!!
    कुनै बेला संघियताको बिरोध गर्यो भने पुनारुथ्थान्बादी,अग्रगमन बिरोधि, यथास्थितिबादी आदि अनेकौ पगरी एकै पल्ट गुथ्नु पर्ने दरले कोहि पनि बोलेन ,कोहि एकले बिरोध गर्दा सुरक्ष्या खोज्नु पर्ने भयो,बिडम्बना !!!
    अझै ढिलो भएको छैन ,संघियतालाई जनमत संग्रहमा लिएर जाउँ किनकि घटना क्रमले बताई रहेछन संघियता यो देशको लागि हानी कारक छ अझ जातीय संघियताले त क्षण क्षण मा राष्ट्र लाई रुवाउने छ ,तत्कालको लागि त पिसाबको न्यानो नै पर्याप्त होला तर हामी नेपाली हरुले दिर्घकालको लागि सोचेर – कदम – कदममा सुँघेर यात्रा तय गर्नु छ

  2. यदि जातीय आधारमा राज्य संरचना नगर्ने हो भने येसो गरम न त! मधेस कुनै एक जति होइन! इतिहासकाल देखि नै देशको पूर्वी तराई भूभागलाई मधेस नाम ले पुकार्ने गर्छन ! त्यै भएर मधेस नाममा कसैलाई आपत्ति हुन्न ! पश्चिम तराईलाई तराई नाम राखम जहाँ थारु दाजुभाईको बाहुल्य छ !! नेवा प्रदेश सट्टा नेपा: अथवा नेपाल प्रदेश नाम दिदा इतिहासले पनि न्याय गर्छ ! बाकी जातीय आधारको नाम मगरात, तमुवान, ताम्सालिंग, किरात, शेर्पा, तथा लिम्बुवान हो! तमुवान बिर गोर्खालीहरुको भूभाग हो त्यो गोर्खा प्रदेशको नामले पुकार्द बडी गौरव महसुस हुन्छ! शेर्पा प्रदेशमा पनि कसैको आप्पत्ति नहुनु पर्ने ! हिमाल चडन सिपालु भनेर संसार भरि चिनिने ब्रान्डलाई सो भूभागको नाम दिदा देशलाई फाइदा नै हुने छन् !! किरात पनि निकै पुरानो ब्रान्ड हो वेद, पुराणमा समेत उल्लेख गरिएकोले किरात प्रदेश नै राख्दा बेहेतर हुन्छ ! १४ प्रदेसमा ३ प्रदेश को नाम जातीय राख्दा खासै फरक नपर्ला कि ! तपाईहरुको सुझाब के छ ?

    • जातीय विभाजनले सैयोउ वर्ष देखि मिलेर बसेका नेपालीहरु बीच अब जातपात ले ठुलो दोन्द निम्तायो. केहि नेता र जातिका बाठा भानाउदाले आफ्नो स्वार्थ को लागि विभिन्न जातिलाई उक्साएर देस लाइ बिखन्डन मा होमेको छ. यो कुरा सबै जातिले बुझ्नु अनिवार्य छ. न भए देस फेरी सोमोलिया बन्ने छ. बिकास त परै जाओस यहा बस्न पनि गारो हुनेछ. यो कुरा केहि जातिको वकालत गर्नेहरुले बुझ्नु अनिवार्य छ.

  3. सबै धर्म, जात जति, राम्रो संग मिलेर बसेको हाम्रो प्यारो देश नेपालमा के अनिष्ठ हुन लागेको हो बुझ्नै गारो भयो ? के गर्ने जातीय राज्य को कुरा निकाल्ने पनि बाहुन छेत्री नै हुन्!प्रचण्ड पनि बाहुन हुन् क्यारे ?उनैले मिलाउन पहिला जस्तै सबै जात जाति सबैलाई! आफुलाई कुनै कुरा लिनु छ भन्दै मा नचाहिने जातीय शंघिता को ढोंग फुक्ने पनि उनि नै हुन् अब उहामै छ सबै कुरा को जिम्मेवारी कसरि हुन्छ,सबै धर्म, जात जति पहिला जस्तै मिलेर बसेको हेर्न पाए पुग्छ हामी जनता लाई हामी सबै नेपाली दाई, भाई, दिदि,बहिनि,अम्मा,बुवा एक आपश मा झगडा नगरम एस ले हामीलाई नै दुर्घटना निम्तौछ भबिस्य सोचौं देश र हामी सबै नेपाली को भाई फुटे गवार लुटे भन्ने कुरा सबैले बुझौं सबै जनता ले आफ्नो – आफ्नो अधिकार र सुरक्छया पाउने खाल को संबिधान बनोस भन्ने आशा गरम !

  4. २८ जना को कमेन्ट त २८ थरि छ ! ६०१ को बीच मा क कुरा मिल्छ???

  5. जुन देशमा बेरोजगारी एती धेरै छ त्यहाँ बन्द हड्ताल तोडफोडको लागि चाहिने उत्श्रीन्खाल जमातको कहिले पनि कमि हुने छैन .. काम नगरी मुखमा माड नलाग्ने हुदो हो त को जान्छ एस्तो बन्द हड्तालमा .. भारतमा जस्तै राजमार्ग , बाटोहरु जबर्जस्ति बन्ध गर्नेलाई गोलि ठोक्ने सम्मको कानून नेपालमा सक्त जरुरत भै सक्यो … तेसै त जोगी देश अब नंग्गा हुन मात्र बाकी छ ..

  6. यो सालोक्य को ब्लग नै जातियता बाट ओतप्रोत देखिन्छ नेवार ले गरेको भए यस्तो गलत ब्लग औंदैना थियो होला

  7. गणतन्त्र आए देखि देशको स्तिथि bad बाट worse हुदै गइ राखेको छ! सबै थरिका समुदाय आ-आफ्नो भबिस्यलाई लिएर ब्याकुल छन्! आजको १० वर्ष पछि कसको के हुने हो कसैलाई थाहा छैन ! पहिले त त्यस्तो थिएन! स्तिथि खतरापूर्ण हुदै गइरा छ! देशमा समय भन्दा धेरै अघि नै गणतन्त्र आएको हो कि जस्तो लाग्न थालेको छ! कसैले चाल नपाई १२ बुदे सन्धि भयो, राजा गए, दल कमजोर हुदै गए. देशवासी खस, जनजाती, मदेशीमा विभाजित भए ! अझ हामीले नसोचेको के के हुन बाकी खै!

    अब त कुनै एक सस्थामा (राजसस्था???) हामी सबै एकजुट हुनु नै भलो होला जस्तो छ !

  8. म बाहुन हुँ, तर म यो बन्दको पूर्ण बिरोध गर्दछु | कुनै पनि सभ्य व्यक्ति वा समुहले आफ्नो माग राख्न अरुलाई दुख दिने काम गर्दैन | बन्दकारीहरु बाहुन, क्ष्यत्री, जनजाति केहि हैनन् — मात्र राष्ट्रघातीहरु हुन |

    बन्दको बिरोध गरौ, आफ्नो माग सभ्य तरिकाले राखौ, सभ्य बनेर जिउन सकौ र अरुलाई पनि जिउने अधिकारबाट बन्चित नपारौ |

  9. नेपालमा दुइटा भन्दा बढी पोलिटिकल पार्टी नहुने हो र बन्द नहुने हो भने नेपाल छिट्टै उभो लाग्छा. Too much democracy and too much strikes are curse for Nepal.

  10. अब देखि नाम चाही बन्ध नै दिने तर काम चाही राम्रो गरेर देखाउने जस्तो खोला सफाई, रुख रोपौ, माने शीछा मुलक कार्य | जशले बाटो हैन हाम्रो बन्ध सोच लाइ सफा गर्न सकोस| धन्यवाद

  11. देश अहिले तीन समूहमा बिभाजन भैसकेको छ मधेसी, जनजाती र खस जसको चपेटामा पत्रकार, नेता कार्यकर्ता, विद्वान आदि सबै परिसकेका छन् जानाजान वा उन्जान मै ! यो कसैले बहुत सोचविचार गरेर डिजायन गरेको हुनु पर्छ जसको चक्रब्यूह सबै पर्दै गएका छन् ! पहिले तीन दल हुन्थ्यो जसले पार्टीको भूमिकामा व्यापक (wholesale failure) असफल भयो किनकि उहाहरु “मै खाऊ मै लाऊ सुख सयल मै गरम” भन्ने गुपचुप एजेन्डा हिडे !! पहिले जातीय भावना सबैमा सुशुप्त थियो र बनावटी सदभाब थियो जसलाई पुलिश, प्रसासन, र सेनाको त्राशले थामेको थियो! जो अहिले को crunch-hour मा टिक्न सकी राखेको छैन !

    ठुला पत्रिकामा दिनहु जसो पढन पाइने बाहुन क्षेत्रि संचारकर्मीहरुको संघियता बिरोधि उत्तेजक लेख – जो जनजाती तथा मधेसीलाई बिखण्डनकर्ता, देश बिभाजन खोज्ने आदि रुपमा चित्रण गरिराखेको हुन्छन, उहाहरुको पुर्खाले आर्जेको भनेर अरु समुदायलाई यो देशमा सानो भूमिका मै सीमित हुनु पर्ने खालको सारै सानो चित्तको ब्याख्या गर्छन ती लेखकहरु!! जसले गर्दा अल्लारे बाहुन क्षेत्रि उत्तेजित बनाएको छ! परिणाम स्वरूप उनीहरुले थारु संग्रहालयमा आगजनी गरे ! संबिधानसभा वरिपरी नै दुइ जनजाती सभासदलाई कुटपिट गर्न सम्म भ्याई सके! पत्रकारहरु भने अझै फेसबुक मार्फत आफ्ना समुदायमा उत्तेजना फैलाउने कामलाई निरन्तरता दिन खोज्दै छन् !! यो बहुत खतरनाक परिस्थिति हो ! किनकि प्रहरी प्रसासनमा उहाहरुको बाहुल्य छ सेनामा त ५०% भन्दा बेसी खस समुदाय छ !! प्रहरी, प्रसासन, र सेनाको ठुला पदमा जसले डिसिजन गर्छ उहाहरु कै बाहुल्य छ ! यो परिस्थिति पुर्व युगोस्लावियाको जस्तै छ !! सो देशमा हाम्रोमा जस्तै स्लाभ जातिको पुलिश प्रसासन र सेनामा बाहुल्य थियो याने कि शासक जाति ! एक दिन स्लोभदन मिलासोभिच भन्ने कम्युनिस्ट पुरेतलाई सनक चलेछ र क्रोयेत, बोस्नियन आदि जातिको संहार गर्न थाले !! त्यै भएर म ब्लगरहरुलाई कम्युनिस्ट पुरेतबाट सचेत हुन सल्लाह दिन्छु ! त्यहि कारण यहाँको शासक जाति पनि सचेत हुन जरुरि छन्! बडी संयम हुन् पनि! परिस्थिति नियन्त्रण बाहिर गयो भने उहाहरुले क्षमा माग्ने समय पनि पाउनेवाला छैन जस्तो कि युगोस्लावियाको हबिगत भयो!
    शेर्पा दाजुभाईको हिमाल चदने खुबीको उदाहरण दिदै उहाहरु यस देशको राजनीति, प्रसासन हाक्ने एकलौटी अधिकार हो भन्नु हुन्न !! देशका सबै समुदायलाई साथै लिएर जानुको उल्टो उहाहरु एक्लै हिड्नु राम्रो होइन! हिमाल चादनु र देश हाक्नु एकै खालको गेम सम्झनु केटाकेटिपन हो ! शासक वर्ग हुने हो भने समन्वयको भूमिका गर्नु पर्छ ! अरु समुदायसंग समन्वय गर्नु भनेको एमालेमा जस्तो जनजाती चेली बिहे गर्नु मात्रै हैन नि !

    अहिलेको त्रिकोण समुदायको अन्तरसंघर्षमा कुनै दुइ समुदाय मिले तेस्रोको पराजय निश्चित छ !! जस्तोको अहिले माओवादी र मधेसी समुदायको गठबन्धनमा प्रजनात्रिक पार्टी अलग थलग भए त्यसरी नै खस र मधेसी बीचको गठबन्धनले जनजातीको पहिचान समाप्त पर्ने छन् जो अहिलेको परिस्थिति हेर्दा न्याचुरल देखिन्छ !! अब बल तपाइको कोर्टमा छ देश कसरि आगे बढ्छ त्यो तपाईहरुले बल कसरि खेल्छ त्यसमा depend गर्ने छ !!

  12. क्षेत्री समाज ले एक वर्ष अगाडी गरेको बन्दको भिडियो हेर्नुस http://www.youtube.com/watch?v=0grHfZTTr_Q&list=UUPI2ovmS6LCgGe3XFUnQ15A&index=3&feature=plcp| बन्द मात्रै त हो, माखो मार्या होइन उ बेला पनि | अहिले पनि बाहुन क्षेत्री लाइ राम्रो संग थाहा छ कि बन्द ले केहि हुने होइन, जनता लाइ सास्ती बाहेक| तैपनि बन्द भनेको पावोर देखाउने हतियार भाछ अचेल|
    एक पटक यो गीतको भाब बुझ्ने जमर्को गर्ने हो कि हामी सबैले छाती मा हात राखेर|
    धेरै खेलेउ नेपालको तिमि छाती माथि|
    तिम्रो छाती माथि पनि नेपाल छ कि छैन|
    नेपाली, नेपालको माया छ कि छैन ????

  13. “जातीयताको आधारमा संघियता !!!” मलाई त फिटिक्कै मन परेको छैन 🙁 नेपाल अहिले सम्म सिंगो थियो अब चाइ टुक्र्याउने भए भातमारा नेताहरुले नै; इतिहासमा सिमित भएको बाइसे चौबिसे टुक्रे राज्य जस्तै/ यदि संघियतामा जाने नै हुँदा, अहिले चलिआएको पाँच बिकास क्षेत्रहरुलाई राजधानी बनाएर चलिआएको चौध अंचल लाइ नै चौध राज्य घोसणा गरिदिए भैहाल्थ्यो नि!!! अहिले जे भइरहेको छ यो अरु केहि होइन, देश टुक्र्याउने मेलो हो यो !! म जातीय पहिचान सहितको संघियताको पुरै बिरोध गर्छु, यो मेरो आफ्नो विचार हो/ त बाहुन, त नेवार, त राइ , त क्षेत्री…. यी सबै को पछी नलागौं..आफु आफु मा नलड़ौ साथीहो/ हामी नेपाली! भन्ने सेन्टिमेन्ट राखौं…रक्षा होस् नेपाल अनि नेपालीको यो विध्वंस देखि…///

    • थ्याङ्क यू राई जी, तपाई‌को उदार विचारका लागि ।
      मेरो गाउँ, मेरो प्रान्त भन्ने सोचभन्दा माथि उठेर मेरो देश सोचौ‌। सबै नेपालीको भलाई यसैमा छ ।

  14. Prabhat Paudel USA,
    होइन भने अमेरिका मा पनि ठुला ठुला माग जनताले राख्छन तर अमेरिका बन्द भनेको सुनेको छैन | ल अमेरिका टाढा भयो यस को कुरो नगरौ नजिकै मा छिमेकी देश भारत बन्द भनेको सुनेको छैन माग त त्यहाँ पनि राख्छन | यो बन्द को पिर मर्का नबुझ्ने मान्छे ले चाही यसको समर्थन गर्छ होला ……. | मुख्य कुरो बन्द गराउने मान्छे लै चाही जब सम्म कारवाही हुदैन तब सम्म बन्द रोकिनेवाला छैन जस्तो मलाई लाग्छ | यदि नेता ले एक दिन बन्द गरे मा एक दिन को तलब काटिने भयको भय तिनी हरुले बन्द सायद गर्दैन्थिये होला |
    Pashupati Nath save Nepal.

    • लौ न अब संबिधानको पहिलो धारा मै “बन्द गर्न नपाउने” लेख्नु पर्यो ६०१ हनुमान हरु हो

  15. सयम गुम्ने स्थिति नआओस| दलहरुले यो बारे सचेत रहन अनिवार्य देखिन्छ|
    मलाई लागेको के भने छेत्री र वाहुनलाई एकै चोटी समेट्नु उचित छैन| छेत्री वाहुन भन्दा अलि भिन्नै छन् र हुन्| व्यवहार, आचरण र सोचाईमा|
    उहाहरुको मांग के हो कुन्नि| तर छेत्री र वाहुनलाई पनि एउटा स्वायत्त प्रदेश दिन पर्ने हो|
    अहिले देश भरि उनीहरुकै हालीमुहाली भएकोले र नंया संबिधानमा जातीय पहिचान सहितको स्वायत्त प्रदेश नभए सो हालीमुहालीले निरन्तरता पाउने देखेर बिभिन्न जातिले संघर्ष गरेका हुन्| जातीय हैन, जातीय पहिचान र सामर्थ्यको आधारमा प्रदेश नदिए के जोखिम छ त्यो बारे पनि पहिले बाटै बुझ्नु नितान्त आवश्यक छ|
    अहिले आएर नेपाली कांग्रेसले समेत किटेरै किरात प्रदेश हुने भनेर आफ्नो प्रस्तावमा ल्याए पछी अरुलाई पनि प्रदेश नदिने कुरै छैन|

  16. स्वोत्रन्त्र तरिकाले आफ्नो माग राख्नु ठिकै हो तर बन्द नै गरेर आन्दोलन चर्काउनु जुन जाति भय पनि राम्रो होइन , सरकारले पनि नेपाल साझा फुलबारी हो भनेर सबै लाइ मिलायर लान सक्नु पर्छ यसैमा देस र जनतको भलो हुनेछ

  17. जातीय राजनीति नगर न बाबा भन्दा पनि नमान्ने यी राजनैतिक पार्टी र जातीय ,क्षेत्रीय पार्टी हरु देश र जनताका दुश्मन हुन् ,यिनी हरु नेपाल र नेपालि बीच को सदभाब लाइ मारिरहेका छन् जसको कारण एकदिन यिनी हरुलाई पनि जातीय झगडा ले पिरोल्ने छ \ जातीय भेदभाब ,छुवाछुत लाइ निर्मुल पारेर हर जातीय आत्मसम्मान ,बिकाश हुने अधिकार र आधार सुनिश्चित गर्नु को साटो जातीय प्रभुत्व हाबी हुने बाताबरण र आधार जसले बनाउन खोजेका छन् एकदिन ति सबैले यसको मूल्य आशु र रगत ले चुकाउनु पर्नेछ \जातीय राजनीति गर्नु भनेको लडाई ,झगडा र बिनाश को बिउ रोप्नु हो \ एक कालमा एउटा जातिले गरेको गल्ति सच्चाउनु को बदला अर्को जातिले गल्ति गर्ने बाताबरण र आधार जुन बन्दै छ जो सेती नदीमा आएको हिउ बाढी जस्तै हो जुन पटक पटक आइरहन्छ र जिबन समाप्त गरिरहन्छ \ बन्द जो सुकै ले गरुन त्यो खराब बाटो र तरिका हो \

  18. बन्द लै बन्द नै गर्नु नै बेस हुन्छ . बिद्यालय जाने भाइ बैनीहरु को पढाई त बिग्रिन्छ नै बन्द ले गर्दा शान्ति सुरक्षा मा सुद्ध असर पर्न सक्छ. सबै सुरक्षा निकाय को ध्यान बन्द मै केन्द्रित भैदिन ले अरु अपराधिक क्रियाकलाप हरु हुन सक्छ. दैनिक काम गरेर ज्याला मजदुरी गरेर आफ्नो र परिवार को पेट पाल्ने हरु लै त झन् कस्त्प्रद हुने नै भयो. बन्द नै सबै समस्या को हल होइन भनेर नेपाली दाजुभाई ले कैले बुझ्ने.

  19. बन्द कर्ताहरुले के नबुझेको होला ? उनीहरुको माग के हो ? आफ्नो माग कस्लाई भन्दा के भएन ? जस्लाई भन्दा भएन उसैलाई पो भन्नु पर्छ । बन्द गरेर के उपलव्धी गर्छन त ? के सर्वसाधरण जनतालाई कष्ट दिएपछि उनीहरुको माग पूरा हुँदो रहेछ ? हैन भने सरकारले पुरा नगरेको माग राख्न सरकारी भवन (सिँहदरबार) बन्द गर्न सक्नु पर्यो नि । संसद भवन बन्द गर्न सक्नु पर्यो । अनि पो देख्ला सुन्ला । नत्र जति बन्द गरे पनि हुनेवाला केही छैन । जनतालाई देखाएर जनताले माग पुरा गर्दिदैन । यतातिर ध्यान जावस् ।

  20. होइन साथी हो, हाम्रो देश को जनता लाई के भएको हो? घरि पार्टी को निहु मा,घरि जातियता को निहु मा, किन सडक मा आएर घरि,घरि तमासा देखाइएको? के यो सिख्छा को अभाव ले हो,या बेरोजगारी ले गर्दा हो? किन हामी नेपाली हौ भनेर सोची दिदैनन? संसार मा सान्ति को देश भनेर चिनिने हाम्रो देश को जनता लाई के भएको हो?अहिले जून प्रकार को दुवंदा चली रहेको छ,येसरी नै चली रहियो भनि,एक दिन हामी नेपाली ले आफ्नो पहिचान आफुले नै हराउने छौं I तेती बेला यो दोष कसलाई दिने हो? हामी आफु लाई,कि नेता लाई?

  21. जुन सुकै वर्ग, समुदाय, जात-जति, धर्म अथवा पार्टीको नाममा गरिने ”बन्द” निहित स्वार्थ पूर्ति को लागि गरिने एककिसिमको ब्लैकमेल नै हो/ आजसम्मका बन्दले आम जनता लाई सास्ती र महगी सिबाय केहि दिएको छैन/ तर के गर्ने सलोक्याजी बन्दकर्तालाई यो कुरा राम्रै थाहा छ, तै पनि यो रुकने वाला छैन, किनभने हाम्रो संस्कार नै जबर्जस्ति, लुटपाट, सत्ताको सक्तिमा आधारित छ/ जबसम्म हामीले अर्काको अधिकार र स्वतन्त्रताको सम्मान गर्न जान्दैनौ तब सम्म यो दोहोरिनै रहने छ/

  22. पहिलो नेपाल बन्द कसले गरेको होला ? कसै लाई आइडिया छ भने शेअर गरु न हो | तेस्लाई कारबाई गर्नु पर्यो पहिला | नचाहिने चलन सिकाएर गयो तेस्ले / त्यो समूह ले |

    • मलाई जहाँ सम्म सम्झना छ पहिलो नेपाल बन्द एमालेले गरेको थियो/ त्यतिबेला गिरिजा बाबु प्रधानमन्त्रि थिए/ पहिलो बन्दको उपलब्धि रत्नपार्कको रेलिंग तोडने र अन्य गाडी जबर्जस्ति रोक्ने, नमाने तोडफोड गर्ने (बिहारी स्तायेल) वाट सुरु भएको थियो र अहिले सम्म जारीनै छ, अब यो तत्कालै रोकिनेवाला पनि छैन/

  23. म जुन हद सम्म जातीय राज्य को बिरोधि हुँ तेही हद सम्म बन्द संस्कृति को नि बिरोधि हुँ | बन्दकर्ता को भाबना “जातीयता को आधार मा राज्य हुन नहुने, जातीय सद्भाव र जातीय एकता कायम हुनु पर्ने” को पूर्ण समर्थन गर्दछु तर बन्द संस्कृति को बिरोध गर्दछु | बन्द भन्दा अरु प्रक्रियाबाट आवाज उठाउन जरुरि छ | सबैलाई चेतना छर्न सके एकदिन जात मा राजनीति गर्ने बाहेक सबै जातीय राज्य को बिपक्षी हुनेछन |

  24. जे भए नि बन्द मलाई मन पर्दैन / म पनि बाहुन हो तर मलाई कुनै प्रकार को कोटा सोता चैहिदैना/ बन्द गरेर कसको राम्रो भाको छ र ……….जे गरेनी band राम्रो हैन /

  25. बन्द गर्नु भनेको आफ्नो बिचार जबर्जस्त रुपमा अरुलाई लाद्न खोज्नु जस्तै हो, बन्द गर्ने प्रवृति कुनै पनि सभ्य समाजको लागि स्वीकार्य र उपयुक्त हुँदैन, यसले केवल बल मिच्याई गर्ने र बलको प्रयोगद्वारा आफ्नो कुरा अरुलाई स्वीकार्न बाध्य बनाउने माध्यम मात्र हो l अनि बन्दमा केहि मुठ्ठी भरका जमातको संलग्नता मात्र हुन्छ र बहुसंख्यक जनताहरु तटस्थ वा बन्दको बिपक्षमा हुन्छन, तर पनि बन्द गराउने पक्षले आफु संग बिशाल जनमत भएको भ्रम पालेको हुन्छ, आउनुस हामी सबै सभ्य नागरिक मिलेर बन्दको बिरोध गरौ, फेरी अर्को बन्द गरेर हैन कि नैतिक र प्राज्ञिक रुपले बिरोध गरौ !!!

    कृष्ण, डेनमार्क

    • म पनि बन्द को बिरोध गर्न डेनमार्क आउने बिचार गर्दै छु कृष्ण जी…. संगै मिलेर बिरोध गरुम्ला नि है…

  26. I think the reason is too many population,education,employment an the major factor is politicians

  27. जसले बन्दको आब्हान गर्छ त्यो बन्दको आब्हान गर्नेको पुरै मण्डललाई कारबाही गर्न पाउनुपर्ने नया संबिधान जारी होस् …बन्द हुनु कुनै कोणबाट पनि ठिक अबश्य होइन ,,,बन्दको बिरोध गर्नुपर्छ ….

  28. बन्द ! बन्द!! बन्द!!! केहो त यसको कारण त्यो खोज्नु पर्यो अनि के असर पर्न सक्छ तेस्को उत्तर खोज्नु पर्यो अनि बन्दको महत्व साधारण जनतालाई बुझाउन सकिन्छ ! होइन र? तर एउटा ले गरेको बन्द राम्रो र अर्कोले गरेको बन्द नराम्रो भन्ने पक्षमा म छैन ! सबै बन्दहरू नराम्रा हुन् तर के गर्ने बन्द नगरे मागै पुरा हुन्न त्यसैले म भन्छु सबै बन्द आफ्नो माग पुरा गर्न दबाबका लागि हुन् तेसैले सबै बन्द हरु राम्रा हुन्!

  29. “स्थिति बिग्रिएर विदेशी सुरक्षाकर्मीले हाम्रो सुरक्षा गर्नुपर्ने दिन नआओस्” भन्ने सबैको कामना हो तर यो हामीले नचाहदा नचाहदैन यो अवस्था आइसकेको छ, यो अवस्था ल्याउनुमा हाम्रा राजनैतिक दल,अन्तरास्ट्रीय गैरसरकारी संस्था तथा हामी स्वयम एसका जिम्मेवार हौं,हामी निहित स्वार्थका लागि लडिरहेका छौ, रह्यो संयमको कुरा…..स्थिति बिग्रिसकेको छ,बीच समुन्द्रमा जहाज ९०% डुबिसकेको छ र क्रुज मेम्बरले सम्येम रहनु जहाज दुब्दैन भनेर कसैले पत्यौच्छ र?? एस्तो बेला सम्येम होइन Survive हुने बेला हो, दुरगामी प्रभाब पार्ने संबिधान को घोसणा हुनलागिरहेको छ जातियेता सहितको संघियेतामा…………नेताहरुको गतिबिधि हेर्दा त…..

  30. बन्द को सस्कृति नेपाल को गहना जस्तै बनेको छ /बन्द गराउनु र बन्द गर्नु दुवै दण्डनीय अपारद हो / संसार मा बन्द गरेर आफ्नो माग पुरा गर्ने परम्परा बिरलै छन् तर आफ्नो पार्टी अनि स्वार्थ को लागि बन्द नेपाल मा राम्रो फस्टाएको देखिन्छ जुन राम्रो सस्कार होइन /राम्रो सस्कार अनि बाताबरण अनि बिकाश को किन खडेरी परेको नेपाल मा ? ३६५ दिन मा जम्मा २१० दिन मात्र खुल्ला रहने हाम्रो देस मा कहिले कर्णाली बासी ले टन्न खाना खान पाउने हुन् त?तेता तिर बन्द कर्ता हरु को खोपडी ले किन सोच्न न सकेको?

  31. मिति २०६९ बैशाख २७ गते

    माननीय उप प्रधानमन्त्री कृष्ण प्रसाद सिटौला
    संयोजक, वार्ता टोली नेपाल सरकार
    सिहदरवार, काठमाडौ

    विषय ः आदिवासी जनजातिसंग गरेको संझौताको विपरित संझौता नगर्न ज्ञापनपत्र ।

    नेपालमा असफल भई सकेको निरकुश राज महेन्द्र मोडेलको हिमाल, पहाड र तराई मिलाएको भौगोलिक प्रदेशको नाममा अखण्ड सुदुर पश्चिम माग गर्ने बन्दकर्तासंग वार्ता गर्ने क्रममा नेपाल सरकारले नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति संयुक्त संर्घष समितिसंग मिति २०६४ श्रावण २२ गते गरेको २० बुद संझौतको भावन विपरित हुने गरेर अखण्ड सुदुर पश्चिम बन्दकर्तासंग संझौता नगर्न पूर्वचेतवानीको लागि यो ज्ञापन पत्र पेश गरेकोछु ।

    भौगोलिक प्रदेश स्थापन गरेर भूगोलको नामबाट वाहुन क्षेत्रीले मात्र प्रतिनिधित्व गर्ने राजनीतिक संस्कार अन्त्य हुनुपर्दछ । सोझा सिधा थारु, मगर, भोटेहरुलाई झुकाएर अखण्ड सुदुर पश्चिमको नामबाट सधै प्रधानमन्त्री, गृहमन्त्री र मन्त्री खान पल्केको विभिन्न दलका नेतहरुकले भ्रष्टचारबाट कमाएको अकुत सम्पति खर्चेर, ज्ञानेन्द्रको अरबौ रुपैया र विदेशी एन जि ओको करोडौ डलर आर्थिक सहयोग लिएर गरेको संघीयता विरोधी आन्दोलन तुरुन्त फिर्ता नलिए त्यस्को प्रतिकारमा उर्तन हामी डेढ करोड आदिवासी जनजाति बाध्य हुनेछौ । सोझा आदिवासी जनजातिको गाउ“, जिल्ला र क्षेत्रबाट वाहुन क्षेत्रीले प्रतिनिधित्व गर्ने सामन्ति राजनीतिक परिपाटी र युगको युग अन्त्य हुनै पर्छ । राणा शासनकालमा पनि वाहुन क्षेत्री शासक, निरकुश र्निदलिय पञ्चायतकालमा पनि वाहुन क्षेत्री नै शासक, वहुदलिय व्यवस्थमा पनि वाहुन क्षेत्री नै शासक, गणतन्त्रमा पनि वाहुन क्षेत्री नै शासक, यो कदापी हुन सक्दैन ।

    जातिय पहिचानको आधारमा राज्यको पुनसंरचना हुनैपर्छ !
    भौगोलिक पहिचानको आधारमा राज्यको पुनसंरचना स्वीकार्य छैन !
    हिमाल, पहाड र तराई मिलाएको महेन्द्र मोडेलको प्रदेश स्वीकार्य छैन !
    जातिय पहिचानको विरोधीहरु होशियार !
    आदिवासी जनजातिको आन्दोलन जारीछ !

    आङ काजी शेर्पा किसान
    महासचवि
    नेपाल आदिवासी जनजाति महासंघ

  32. कुनैपनि तरिका ले गरेको बन्द कदापी राम्रो होइन,बन्द गर्न नपाउने गरेर नया कानुन बनाउनु पर्छ, बन्द गर्ने लाई ठुलो सजाय दिनु पर्छ, बन्द ले अरबौ को हानी एकै छिनमा गर्ने हुनाले देशको स्थिति खराब बनाउछ, जसले हाम्रो जस्तो अर्थतन्त्र भएको देश लाई सोमालिया भन्दा तल झार्न सक्छ यसैले सबै काम ग़रोउ तर बन्द नगरोउ!

    लोक सिग्देल newyork

  33. अब देखि कुनै पनि राजनीतिक समुह,संघ सस्थाहरुले कुनै कुराको माग गर्दा नेपाल बन्द चक्का जाम हैन ५ दिन को लागि फेसबुक बन्द १० दिन को लागि चुरोट खान बन्द गरौ त सबैले साथ दिन्छन…..!! यसो गरे कसो होला????
    @ फलानो सस्थाले ३ दिनको लागि फेसबुक बन्द गर्ने रे!!
    यस्तो पो राम्रो हुन्थो कि !!!!!

  34. मलाई लाग्दैन यहाँ धेरै कमेन्ट आउछ भनेर ….तठस्थ मान्छे अनि देश लाई हित सोच्ने मान्छे कति छन् भन्ने या थाहा हुन्छ , अधिकतम मान्छे पार्टी को पुछार छन् ..हाम्रो देश नेपाल अनि हामी नेपाली भन्ने सोच नै ठुलो कुरा हो ..

  35. यो बन्द भनेको स्लो पोइजन हो भन्ने कुरा नेपाली राजनीतिज्ञ ले बुझ्न शताब्दिऔं लाग्छा क्यार…~!~ बन्दले बन्दकर्ता को परिवार लै पनि अप्रतक्ष रूपमा असर गर्छा भन्ने कुरा भुल्नु हुदैन, तत्कालै त केहि नहोला तर तिमीहरू ले गरेको बन्द हड्ताल ले धिर्घकालिन असर समग्र मुलुकलाई नै पर्ने हुदा तिमीहरू अछुतो रहने छैनौ…. कुहिएको आलुको थुप्रो मा तिमीहरू पनि कुहुनु नै पर्छा भने नेपाली जनता लाइ किन कुहाउछौ होउ नेता हो ??

  36. The leaders of the political parties should understand that Banda does not solve anything. We are so much used to bandas that now it even stopped having any impact, apart from making nuisance to the public. We need to find some other peaceful way of protesting that can replace bandas.

    Until then lets say NO TO BANDAS, as in this video:
    http://www.youtube.com/watch?v=k7IsNH8W2iI

  37. सयौं वर्षदेखि नेपालको राजनीति र सरकार प्रशासन आदिमा बाहुन क्षेत्रीहरुको मात्र हावी भएर यिनीहरुले अरु आदिवासी जनजातिहरुलाई मान्छे नै गन्दैनन / जसको परिणाम अहिले निस्केको हो / त्यसमाथि यसैलाई माओवादीले राजनीतिकरण गरी आगो माथि घीउ थपी दिए / राजनीति र प्रशासन यिनीहरुको पेवा नै भयो / ठिकै छ जान्ने सुन्ने पढे लेखेकाले राजनीति अनि प्रशासन चलाउने हो / तर पदमा पुगे पछी सारा जनताको उन्नति हुने काम गर्नु पर्ने हो / भै दियो ठ्याक्कै उल्टो / हुनत मैले पनि आजीवन यिनीहरुसंग संघर्ष गरेको अनुभबमा यिनीहरुले अरु जनजातिलाई हेलाँ मात्र हैन कि माथिनै आउन नसक्ने गरी दवाई राखेका छन् /

  38. यो अति नै समबेदन सिल घडी हो नेपाल र नेपालि जनता को लागि,यहाँ एक एक पल चनाखो हुनु जरुरि छ,हरेक ले नेता देखि कार्यकर्ता,सुरक्षा कर्मी देखि कर्मचारी लगाएत जनता सबै संयमित हुनु जरुरि छ,यदि कहिँ कतै अलिकति पनि गडबड भयो भने उग्र रुप लिने पक्का छ,जातीयता को कुरा ऐले एती धेरै उठाइएको छ कि कुनै पनि बेला जातीय सदभाब बिथोलिन सक्छ,
    यो समबेदन सिल घडी मा सबै संयम हुनु पर्ने देखिन्छ……….

  39. All I could say we all Nepalese need Education . Do you understand what it does means????? Don’t stay in dark wake up we are now in 21 century don’t follow like maoist after 12000 people killed don’t try to go civil war like Africa.
    Buddha was born in Nepal give example be EDUCATED that’s all from my side. Now it’s depend on your hands…………….

Comments are closed.