यो फोटोले जित्यो वर्ष फोटो पुरस्कार

आशा २०६४ मंसिरमा पतà¥à¤°à¤•à¤¾à¤° राजेनà¥à¤¦à¥à¤° माननà¥à¤§à¤°à¤•à¥‹ टोलीले दोलखा डà¥à¥à¥à¥à¤¸à¥€à¤–रà¥à¤•à¤•à¥€ भावना थामीको फोटो खिच
पीजे क्लबले आयोजना गरेको नेपालको सबैभन्दा धेरै रकम भएको फोटो प्रतियोगितामा नरेन्द्र श्रेष्ठको यो फोटोले वर्षको उत्कृष्ट फोटो पुरस्कार जितेको छ। पुरस्कार रकम एक लाख रुपियाँ हो। तपाईँहरु धेरैलाई थाहा हुनुपर्छ यो कान्तिपुरमा विजयकुमारको एउटा मार्मिक समाचार छापिएको थियो। यो त्यसैको फोटो थियो। अनुहारमा रौँ पलाएका कारण बोक्सी भनेर सताउने गर्थे यिनलाई धेरैले। पछि शल्यक्रिया गरेपछि उनको अनुहारको रौँ हट्यो। विस्तृत पढ्नुस्- आँसुदेखि मुस्कानसम्म व्यवसायिक फोटो पत्रकार र शौखिन फोटोग्राफर दुवै सहभागी गराइने यो प्रतियोगितामा पुरस्कार भने धेरैजसो पत्रकारले नै जिते। अझ संयोग विजयकुमार नै यो प्रतियोगिताका जजहरु मध्ये एक पनि थिए।

कान्तिपुरमा आवद्ध नरेन्द्र श्रेष्ठले न्युज र टुरिजम विधामा पनि पहिलो पुरस्कार जिते भने फोटो स्टोरीमा पनि तेस्रो रहे। प्रथम द्वितीय र तृतीय हुनेलाई क्रमशः रू. ३०, रू. २० रू. १० हजार पुरस्कार दिइन्छ।

पुरस्कार जित्‍ने फोटो यहाँ क्रमैसँग राख्‍नेछौँ। अहिलेलाई नाममात्रै
विधाः डेली लाइफ
1st – लक्ष्मीप्रसाद ङ्याखुसी (कान्तिपुर)
2nd – विपिनराज तिवारी
3rd – खासिङ चन्द्र राई

न्युज
1st – नरेन्द्र श्रेष्ठ (कान्तिपुर)
2nd – राकेश प्रसाद चौधरी
3rd – शैलेन्द्र खरेल

नेचर एन्ड वाइल्डलाइफ
1st – यात्रा थुलुङ
2nd – नभेष चित्रकार (दि हिमालयन टाइम्स/रोयटर्स)
3rd – प्रकाश तिमल्सेना (कान्तिपुर)

टुरिजम
1st – नरेन्द्र श्रेष्ठ (कान्तिपुर)
2nd – शशिश महर्जन
3rd – रवि सायमि (मानन्धर)

फोटो स्टोरी
1st – नरेन्द्र मैनाली
2nd – उमा विष्ट
3rd – नरेन्द्र श्रेष्ठ
अनरेबल मेन्सन – किशोर के शर्मा

पुरस्कार जितेका र छानिएका केही फोटोहरुको संगालो भिडियो हेर्नुस्-

18 Comments

  1. आफूले पनि यती सहयोग गर्छु भन्न न सक्ने मित्रहरुले नरेन्द्र श्रेष्ठको पुरस्कार सबै दिय हुन्थियो भन्ने अधिकार छैन । नरेन्द्र जिले त्यो पुरस्कार रकम लाई दश बर्शे मुद्द्ती खातामा जम्मगर्नुस् ।आफ्नो जीवन्मा राम्रा काम गरेर कमाएका रकम तेही खातामा जम्मा गर्दै जानुस् । त्यो मान्छे लाई आफूले खुशी मन ले जती दिन मन लाग्छ तेत्ती दिनुस् ।यस्ले तपाइका भाबि पुस्ता र राम्रा काम गरेर खाता खोल्नेको होड् चल्ने छ।

  2. यो समाचार आको बेला मैले फेसबुक मा आफ्नो भनाइ नै आज को आसु देखि मुस्कान सम्म भन्ने शिर्षक ले भाबुक बनायो भनेर शेर गरेको थिए , त्यो बच्चा को आसु को कारण मेरो पनि आसु झरेको थियो.धन्य हुन् सबै सम्बन्धित हरु.

  3. Just a photo is not a sign of its greatness, but the contents inside the photo bear the importance. Here, only the photographer could have done nothing without the news published in the newspaper and the other actors who responded the news and photo published in the newspaper to help the poor child. So, the credit should go to all of the actors involving in this event. Since the child has already got her normal life because of these actors, further help to this poor child is entirely depends on the sole discretion of these actor. We are not the one who should advise them what to do with the rewarded prize.

  4. यो फोटो हेर्दा मेरो पनि आखा रसाएको हो….यो निकै राम्रो फोटो छ..I think the ARTICLE by Vijaya Kumar has 50% contribution to make deserve candidate for winer…

  5. नरेन्द्र लाई साचिकै नरेन्द्र भनेर अझ चिनाउने ति अबोध बालिका हुन् जसले आफ्नो तस्बिर बाट कसै लाई अगाडी बढ्ने हौसला दियो / मलाई लाग्छ नरेन्द्र जी ले पाएको त्यो पुरस्कार सकिन्छ भने बडाएर,सकिन्दैन भने तेती नै भए पनि ति अबोध बालिका को पठन पाठन मा खर्चिए म मात्र होइन सबै ३ करोड नेपाली ले तपाई लाई सलाम गर्ने छन् / जय नरेन्द्र !!!!

  6. धेरै खुसि लाग्यो….नरेन्द्र जी लाई धेरै धेरै धयेबाद अनि बधाई पनि मैले यो नानीको बारे news हेर्न छुटाएको रहेछु ,मेरो मन एकदमै छोयो……

  7. मान्छे ले जात भात को कुरा उठाई राको बेला कुकुर ले सुँगुर लाइ दुध खुलाउदै छ .. अब नेपालीले जनावर बाट पनि सिक्ने दिन आयो …

  8. त्येही त ! एउटा ले पुरुस्कार जितेको छ , बधाई दिनु त कता को कता ? नाना भाति नैतिकता को पाठ पदाउनु जरुरि छ जस्तो लाग्दैन … पुरुस्कार को हिस्सा दिने त्येस्तो रहर छ भने जिन्दगि मा केहि ठुलो काम गरौ..नाम कमाऔउ…दाम कमावौ …अनि जति दिन मन लागेको छ , त्यति दिआऊ साथि हो ! नरेन्द्र जी लै बधाई छ !

  9. अस्ति भर्खरै मात्रै मिस नेपाल कन्टेस्टमा भाग लिइएका ती झल्लौरीहरुको फोटो हेरेर तिरमिराएका मेरा आँखाहरु बल्ल आज यी फोटोहरु हेरेर सङ्लो भएको छ | धन्य छ यी फोटो पत्रकारहरुलाई , जसहरुले फोटो र समाचारको माध्यम द्वारा कसैको आँसुलाई मुस्कानमा परिणत गर्नमा ठुलो भूमिका निर्वाहा गर्नु भो | धन्य छ ….

  10. नरेन्द्र जी को पुरस्कार को हिस्सा कति-कता जाने कुरा नरेन्द्र जी लाई नै छोडी दिदा कसो होला? वहा को काम, वहा को पुरस्कार, वहा कै निर्णय हुन पर्ने हो जस्तो लाग्छ…बरु वहा को काम/फोटो एकदम अर्थपूर्ण छ, तेता चै जोड दिदा कसो होला? मलाई त एकदम मन पर्यो.

  11. राम्रो गर्न नसके पनि राम्रो चितौना त सकु, किन होला बन्धु हरु नकरात्मक कुरा मात्रै लेखे को देख्छु । आफु ले दिने त कता होश अरु ले दिए को म पनि कुरा काट्नु पर्ने ।
    कुरा कट्नु भन्द पहिले बन्धु हरु शीशा मा हेरु, हामी ले समाज को लागी के गरेका छौ अनि मात्र हाम्रो हक बन्द्छ अरु लाई बडे बडे उप्देश दिन्,

  12. नरेन्द्र श्रेष्ठले पुरस्कार राशिको आधा रकम फोटोमा भएको बच्चाको रेखदेख,पालन पोसन एबम उसको थप उपचारको लागि दिनु भए धेरै राम्रो हुन्थ्यो…..

    • फोटो हरु को त्यो हुल मा मैले कता कता नेपाल लाई स्वोर्ग को दरबार देखे तर जहाँ अभाव र तनाब को रेखी हरु कोरिएका छन् / उफ्फ़ !! मेरो देश कस्तो हुन सक्थियो कस्तो भयो / यसको जिम्मा कसले लिने ???? cant we make our nepal heaven as its name , together ???? हाम्रो नेपाल का नेता हरु को मन बाट ego कहिले हटला र देश को बारे मा कहिले सोचला खै ??????????????????

  13. बधाई छ नरेन्द्र श्रेष्ठलै ! तापनि, फोटो अनौठो तर प्यारो लाग्दो छ !युरोप तिर भयको भय लाखौं को मन छुन्थ्यो, तर दुर्भाग्य नेपालमा बोक्सिरे ?

  14. समाचारमा पहिल्यै छापिसकेका विषय बस्तुका फोटाहरूलाई पुरस्कार दिएर पिजेक्बलले खासै दर्शकहरुको मन जित्न सकेको छैन ।

    चिया पसल अगाडि कुकुरको दुध सुँगुरले खाइरहेको फोटोलाई बन्यजन्तु फोटोग्राफी विधामा राख्ने मुल्याङकन कर्ताहरूले गरेको निर्णय चित्तबुज्दो रहेन । यस्तो पाराले नेपाली फोटोग्राफिको विकाश राम्रो हुँदैन । राम्रा फोटोग्राफरहरु पाखा लाग्छन् ।

  15. नरेन्द्र श्रेष्ठ ले यो पुरस्कार त्यो फोटोमा भको बच्चा लाई दिंदा धेरै राम्रो हुन्थ्यो . आखिरी उनले नाम त कमाई हाले …..

  16. नरेन्द्र श्रेष्ठको को काम को सहि मुलायाकंन भएको छ फोटो को र नेपाली परिबेसको नेपालमा रहेको अंदाबिस्वास को

  17. यसको खास हकदार डाक्टर शंकरमान र स्वोयं त्यो बालिका हो. पुरस्कार को केहि हिस्सा उनिहरुमा जानुपर्छ.

Comments are closed.