पछाडि बस्नेहरु बाँचे!

अग्नि एअरको हिजो भएको दुर्घटनामा ६ जना बाँच्नुलाई चमत्कार कै रुपमा लिँदा हुन्छ। यस्तो विमान दुर्घटना हुँदा सितिमिति मान्छे बाँच्दैनन्। त्यसैले विमान दुर्घटनालाई बढी खतरनाक मानिन्छ। हिजोको दुर्घटनामा चालक दलका तीन सदस्य मध्ये एअर होस्टेज रोशनी हाइजु एक जना मात्र बाँचिन्। यात्रुहरु १८ मध्ये पाँच जना (दुई डेनिस र तीन भारतीय) मात्रै बाँचे। नेपालको अक्सर आन्तरिक विमान सेवामा बोर्डिङ पासमा सिट नम्बर हुने गर्दैन। विमानभित्र प्रवेश गरेपछि जुन सिटमा मिलेर बस्दा पनि हुन्छ। अग्नि एअरमा पनि त्यस्तै हुन्छ। त्यसैले चमत्कार भएर बाँच्नेहरु कहाँ बसेका थिए भन्ने यकिन थाहा नभए पनि एअरहोस्टेज पछाडि बस्ने हुनाले पछाडि बस्नेहरु बाँचेको हुनसक्ने अनुमान गर्न सकिन्छ। विमान दुर्घटनाका फोटोहरु हेर्दा पनि र घटना विवरण सुन्दा पनि पखेटाले छोएर अगाडिको भाग जोतिएको देखिन्छ। पछाडिको भाग सग्लै देखिन्छ। यसअघि अग्नि एअरकै विमान दुई वर्षअघि मकवानपुरमा दुर्घटना हुँदा विमानका स-साना टुक्रामात्र देखिन्थ्यो।

किन भयो दुर्घटना ?

नेपालका अक्सर विमान दुर्घटनापछि एउटा छानबिन समिति बन्छ। केही महिना लगाएर त्यो समितिले एउटा प्रतिवेदन बनाउँछ र ती प्रतिवेदनहरु पढ्यो भने प्रायः सबैमा एउटै कारण हुन्छ- चालकको दोष। चालक मरिसकेको हुन्छ, त्यसैले उसले हैन मेरोमात्र दोष, यी यी कारण पनि थिए भनेर भन्न सक्दैनन्। त्यसमाथि विमान कम्पनीहरुको ठूलो साख जोडिएको हुन्छ यस्तो घटना र घटनाका कारणमा। विमान दुर्घटना भएको केही समयसम्म त्यो विमान कम्पनीका प्लेन चढ्न मानिसहरु मान्दैनन्। त्यसमाथि समितिले दोष खराब विमान भनेर देखाइदियो भने चौपट हुन्छ। खेल त्यहाँ पनि भएको हुनसक्छ।

हिजो भएको दुर्घटनामा पनि चालकलाई नै दोषी देखाउने कुराहरु आइरहेका छन्। भनिएको छ मोड्नै नहुने ठाउँमा मोडेकोले दुर्घटना भएको ! विमानमा खराबी भएको इन्डिकेटरमा देखिसकेपछि पाइलट प्रभुशरण पाठकले विमानस्थल नजिकै पुगिसकेको प्लेन पनि मोडेर पोखरा लान खोजेका थिए। टावरसँग पोखरा फिर्ता जान माग गरिसकेको र टावरले अनुमति पनि दिइसकेको तथ्य सत्य हो। त्यसो भए यहाँ निम्न प्रश्न आउँछन्

विमानमा खराबी थियो कि थिएन भनेर पूरै जाँच गरिसकेपछि मात्रै विमान उडाउनु पर्ने हैन ? किन त्यसो गरिएन ? फेरि त्यही विमान दुई वर्षअघि पनि बिग्रेर पोखरा विमानस्थलमा आपतकालीन अवतरण गराउनु परेको तथ्य बाहिर आएको छ। भनेपछि प्लेन थोत्रै हो। थोत्रो प्लेनको पूर्ण सुरक्षा जाँच हुनुपर्छ कि पर्दैन ? मरिसकेका पाइलटलाई मात्रै दोष दिने ?

विमानमा के त्यस्तो ठूलै खराबी आएका थिए जसका कारण पाइलटले डराएर नजिकै पुगिसकेको एअरपोर्टमा आपतकालीन अवतरण गर्न नसक्ने देखेर डराए र पोखरा फर्कन खोजे ? हाम्रा विमानस्थलमा पूर्वाधारको कमी पनि यसको कारण हैन र ?

जुन खाले विमान दुर्घटना भएको थियो, त्यस्तै डोर्नियर विमानका प्रशिक्षकसमेत रहेका अनुभवी पाइलट पाठकले किन समाचारमा भनिए जस्तो मोड्नै नहुने ठाउँमा मोड्ने गल्ती गरेका होलान् त ?

भाग्यमानी रोशनी, अभागी तरुनी

एअर होस्टेज रोशनी। फोटोः सन्तोष पोखरेल

यो दुर्घटनामा बाँच्ने छ जनामध्ये एक थिइन् रोशनी हाइजु। २० वर्षकी रोशनी एअर होस्टेज हुन् र उनले अग्नि एअरमा जागिर खाएको दुई महिनामात्रै भएको थियो। चालक दलका तीन सदस्यमध्ये उनी मात्रै एक्ली सदस्य हुन्, जो बाँच्न सफल भइन्। उनको अवस्था खतरामुक्त छ। खु्ट्टामा चोट लागेका उनको ललितपुरको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ।

यही दुर्घटनामा ज्यान गुमाउने १५ अभागी मध्येकी एक थिइन् तरुनी सचदेव। करिश्मा कपुरसित भारतीय जुस रसनाको विज्ञापनमा आइ एम अ रसना गर्ल भन्दै देखा पर्ने हिस्सी परेको अनुहार भएकी तरुनी आफ्नी आमासँग मुक्तिनाथ दर्शनका लागि गएकी थिइन्। अमिताभ बच्चनको चर्चित फिल्म ‘पा’मा अमिताभ बच्चनसँग खेलेकी उनले दर्जनौँ विज्ञापनमा अभिनय गरेकी थिइन्।

24 Comments

  1. हाम्रो देश नेपाल मा कुनै पनि ऐर हरु नेपालीको लागि फाइदा हुँने खालका ६ऐन्न सबै ऐर कम्पनी को मात्र फाइदा हुने कम मात्र गर्दछन्न ऐरको सबै कर्मचारी हरु मिलेर खायको हुन्छा त कहाँ नेपाली हेर्न्ने त

  2. कस्तो दुखद !!! हे प्रभु????? सबको रक्षा गर

  3. अब अग्नि होइन आनन्द ऐर खोल्नु पर्यो/

  4. A senior pilot has revealed that the wheels of the plane did not open before landing at the last moment. The pilot had no other option than to crash land. However, the airport did not have safety measures for such emergency landing. So, he was forced to return to TIA. As he had to take the decision at the last moment, with plane already slowed down for landing, he could not get enough speed and elevation which led the plane to crash.

  5. नेपाल मा रि कन्डिसन गाडी ल्याउन पाउन्दैना तर रि कन्डिसन प्लेन ल्याउन पाउछा होला / अग्नि ऐर ले रि कन्डिसन प्लेन ल्याएको होला जसले गर्दा धेरै को ज्यान गयो . सरकार ले ध्यान दिनु पर्यो .

  6. थोत्रा जहाज ल्यायो, उडायो अनि उडे पनि पैसा कमायो झरे पनि पैसै कमायो सालै पिच्छे मानिसको ज्यान लियो, संचालकलाई कुनै ग्लानी छैन ? कुनै पिर छैन अरुका परिवार मासिन्छन उनीहरुको धिकुटी भरिन्छ, कारबाही अरुलाई हुन्छ | जहाज कम्पनि लाई कल्ले छुन सक्ने ? कस्तो चाला होला हाम्रो देश को ?

  7. म चाहि ऐले सम्म एकचोटी पनि प्लेन चढेको छैन एस्तो news sunda sunda चढ्न पनि डर लाग्न थालिसक्यो भरिसके थोत्रा प्लेन हरुमा चढ्न नपरे हुन्थ्यो / अब मेरो जस्तो सोचाई भएको साथीहरु धेरै हुन सक्छन यो कुरा थोत्रा र नाफामुखी बिमान कम्पनीहरुले बुझिदिए देखि उनीहरुकै बिजनेस बढ्ने थियो …….म त सबै को भलो चिताउने मान्छे अरु त क भन्नु र …..

  8. बिहानै धेरै ओहोर दोहोर उडान गरेर पैसा कमाउने मति छ ऐर्लाइनको | येसो रोकेको बेला चेकचाक गर्ने मतलब नै छैन | मेरो पनि अनुभब छ त्यो फ्लाइटमा | जोमसोमबाट उड्नेबेलामा सात्तोपुत्लो उडेको थियो |

  9. नाम पनि अग्नि खाली आगो मात्र लाग्छ …अब सुरक्षित एयर भनेर नाम राख्नु पर्ला …

  10. केही वर्ष पहिले मैले मेरी श्रीमती लाई बिराटनगर बाट यहि अग्नि एयर को चार्टर्ड प्लेन मा काठमाडौँ पठाउदा जहाज देखेर बुढी काठमाडौँ पुगेर फोन नगरुन्जेलसम्म ढुक्क हुन सकेको थिन . बरु बस मा हामी सुरक्षित संग गन्तब्य पुग्न सक्छौ कि जस्तो लाग्छ यी प्लेन हरु भन्दा त .

  11. यो अग्नि कम्पनी त खाली आगो मात्र बोक्ने भो जहाँ गयो तेही तेर्सिंचा

  12. नेपाल का बिमान कम्पनि हरु ले आफ्ना बिमान हरु लाई उचित रुपमा मर्मत शम्भार कहिले गर्दैनन | जेनतेन कामचलाउ किशिमको मर्मत शम्भार गरि बिमान हरु संचालन मा रहेका हुन्छन | अतः बर्षेनी हुने बिमान दुर्घटना का लागि ति अभागी बिमान चालक हरु लाई दोसी बनाउने कर्तुत ति धुर्त मक्खिचुश बिमान सेवा कम्पनि हरु को आफ्नो कुकृत्ते लाइ लुकाउने चलाखी बाहेक केहि हैन |

  13. हैन हो किन सधै दोष चै पैलोट लाई ?
    पक्कै पनि कोइ मान्छे ले आफ्नो समेत ज्यान जाने भुल गर्न सक्दैन . किन उसको घर मा आमा , बा श्रीमती छोरा छोरि पर्खिरहेका हुदैनन् र? प्लेन को रेगुलर अनुगमन नगर्ने , मर्मत सम्भार नगर्ने , खाली उदाउने मात्र ? कोइ पाइलट ले पनि आफ्नो ज्यान जान सक्ने भुल गर्दैन , त्यो त परिस्थिति कस्तो थ्यो भन्ने कुरा हुन्छ . तेती अग्रज पाइलट ले तेती गल्ति त गर्ठेनन होला नि कसो? यो छानबिन समिति भनेको खाली बायुसेवा कम्पनि लाई आफ्नो गल्ति ढाकछोप गर्ने मौका मात्र हो. र फेरी अर्को प्लेन दुर्घटना को लागि तयार गराउनु मात्र हो. नत्र तिनीहरु लाई कारवाही गर्यो भने फेरी एस्तो घटना हुने थिएन . सहि कारण औल्याएर गल्ति गर्ने लाई दण्डित गर्ने हो भने एस्तो अवस्था आउने थिएन. नत्र विचार गरौ साथीहरु नेपालमा कति धेरै प्लेन दुर्घटना हुन्छ ? सधै सबै दुर्घटना मा पाइलट लाई दोष देखौना हुन्न. फेरी सोचौ परिवार लाई कति गार्हो हुदो हो एस्तो दुखद घडी मा बितेर जाने मान्छे को गल्ति रे??

    कहिले बन्द हुने हो एस्तो संबेदनसिल कुरा मा पनि राजनीति ?
    दिवंगत आत्मा प्रति हार्दिक श्रधंजलि !!!अनि घाइते हरु को सिघ्र स्वस्थ लाव को कामना.

  14. सर्बप्रथम त पाइलट (चालक) प्रभुसरण पाठक सुमन डंगोल सहित स्वर्गाबास हुनु भएका संपूर्ण यात्रु हरु प्रति हार्दिक श्रदांजलि अर्पण गर्दछु ! अग्नि एयर एउटा ख़राब मैनेजमेंट भएको कम्पनी हो यसको मालिक सुधीर बस्नेत हुन ! उनले पहिला एउटा ओरिएंटल को ओपरेटिव बाट सुरु गरेर जनताको पैसा बाट लगानी गरी अग्नि यातायात को सुरुवात गरे अनि पछी अग्नि एयर पनि सुरु गरे भने हेर्नुस ता १० बर्से कालमा यति प्रगति गर्नु भनेको पक्कै पानी सेवाग्रही का लागी राम्रो मैनेजमेंट भएर हैन! आफ्नो इन्कोम मैनेजमेंट मात्र राम्रो हो अनि यसलाई सस्तो र काम चालू हिसाबले अगाड़ी बदेको भन्दा फरक नपर्ला यसका लगी सरकारले यस्ता चौधरी ग्रुप , गोल्छा ग्रुप खेतान ग्रुप जस्ता देश बिकाश र जनता को स्वास्थ भन्दा पनि पैसा मात्र कमाउन खोज्ने उधोगपतिहरु माथि पनि कारबाही गर्नु पर्छ जस बाट निर्दोष मानिसहरुको ज्यान गई रहेको छ! अनि हामी हाम्रो देश लाई सुधार्नु छ भने पहिला भ्रस्टा उधोगपति हरु लाई ज़रा बाटई खत्तम गर्नु पर्छ!

  15. पक्कै पनि पाइलटको गल्ती नहुनुपर्ने हो । पाइलटको ज्यान गएको छ । पाइलटले ज्यान माया मार्ने गरी गल्ती त नगर्नु पर्ने हो ।
    पक्कै पनि माथि भनिएजस्तो विमानस्थलमा पूर्वाधारको कमीले पोखरामा आपतकालिन अवतरण गर्न उता मोडिएको हुनसक्छ ।
    अनि, विमानमा खरावी देखिए भरसक दुर्गम विमानस्थलमा अवतरण नगराउन एयरलाइन्सले पहिला नैं चालक दलका सदस्यहरूलाइ निर्देशन वा तयारी गरेको पनि हुन सक्छ । किनकी, यदि जोमसोमममा अवतरण भएको भए, त्यो विमान त्यही मर्मत गर्न वा मर्मतको लागि सुगम ठाउँमा लान पक्कै पनि झन्झटलाग्दो, खर्चिलो अनि लामो समय लाग्ने खालको हुनसक्थ्यो ।

  16. नेपालका जहाजको कुरै नगरौ। काठमाडौँ बाट भरतपुर जाँदा जहाज चढ्नु परेको थियो, मेरो त सातो उडेको। हेर्दै थोत्रो, मानौ नेपालमा त्यति थोत्रा ट्रक पनि चल्दैनन्। भित्र चढेपछी फोहर। यात्राभरी हल्लाई। बाहिर देखिन कुरा त मतलब गर्दैनन्, भित्रको नदेखिने ईन्जिन झन् के हेर्लान र खोइ?

  17. कस्तो दुखद !!! हे प्रभु????? सबको रक्षा गर

  18. धेरै दुख लग्यो अग्नि विमानको दुर्घटना को खबर सुन्दा! यस दुर्घटनामा परि ज्यान गुमाउने हरुको आत्माले चिर शान्ति पायुन!

  19. थ्रोत्रो प्लेन ले गर्दा निर्दोष १५ जना को ज्यान गयो यसको जिम्मेवारी कसले लिने सरकार प्राधिकरण वा airlines कम्पनी

  20. Om mane Peme hu !!!!

    नेपालमा जहाज क्रेश हुन्छ तर मालिक नाफामै हुन्छ. जहाज चलाउने मालिक कहिले क्रेश हुँदैन किनकि बिमाको रकमले पुरा भरपाई हुन्छ. पुरानो जहाज ल्याउने, manipulation, corruption बाट त्यो जहाजले संधैनै clearance पाएकै हुन्छ. safety को नाममा passengers हरुलाई पेटी बाँध्न लगाउन्छं तर engine, जहाजको उमेर, थोत्रा सिट, overall check up आदिमा खतराको घन्टी नबजे सम्म जहाज मालिकको होश उठ्दैन. Pilot हरुमा सानातिना technical negligence गर्नु, कठिन मौसममा पनि chance लिएर जहाज उडाएर आफ्नो पराक्रम देखाउने एक किसिमको हठ देखिन्छं. भौगोलिक द्रिस्तिकोंले दुर्गम एरपोर्टहरुमा आवश्यक उपकरणहरुको अभाबले धेरै जस्तो उडान हरु रिस्कमा नै उद्छ्न. मौसमको प्रभावले धेरै जोखिम हुने अवस्थामा मात्र जहाज उदाउदैनन. सानातिना technical कुराहरुलाइ नकार्नु कुनै नौलो कुरो होइन.
    दिवंगत आत्माले चिर शान्ति प्राप्त गरुन !

  21. थोत्रा जहाज र बिग्रेका मात्रै ले उडान भर्छन जस्तो लाग्छा नेपाल को आन्तरिक उडानमा /

  22. विदेश मा काम नालाग्ने plane हरु जति सबै नेपाल का private air कम्पनी हरु ले kinchaan अनि किन नहोश त दुर्घटना!!!! थोत्रो plane भएपछि जति सुकै experience pilot भए नि के गर्नु !!!!! i agree with this news १००%

Comments are closed.