मदन काम्रेडको सराद्धेकै दिन एमाले सरकारमा

आज काम्रेड ईश्वर पोखरेलको नेतृत्वमा एमाले बाबुराम सरकारमा सहभागी हुँदैछ। उनी उपप्रधानमन्त्री पनि बन्नेछन् संभवतः। बाबुराम सरकारमा सहभागी भएपछि संविधान सभाको निर्वाचनपछि बनेका प्रत्येक सरकारमा एमालेले हिस्सा पाएको छ। दुई पटक एमाले ‘भाले’ भयो अर्थात् प्रधानमन्त्री कै कुर्सी पायो। जुन दिन जान्नँ जान्नँ भन्दै पनि एमाले बाबुराम सरकारमा सहभागी भएको छ, त्यही दिन संयोगले मदन भण्डारीको पुण्यतिथि परेको छ।

आजभन्दा १९ वर्षअघि अर्थात् ३ जेठ, २०५०
समय अपराह्न साढे पाँच बजे।

सिमसिम पानी परिरहेको थियो। बा अ च ८७२३ नम्बरको जिप पृथ्वी राजमार्गमा हुँइकिरहेको थियो। नेकपा एमाले कास्की जिल्ला अधिवेशन सकेर भरतपुरतिर लागिरहेका थिए महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित। चितवनको दासढुंगा भन्ने स्थानमा पुग्दा जीप असन्तुलित भयो र तल त्रिशुली नदीमा खस्यो। चालक अमर लामा जिउँदै भए। बाँकी दुई जना नदीमा बेपत्ता भए। पछि दुवैको लाश भेटियो। १९ वर्ष भयो यो घटना भएको तर अहँ, अझैसम्म यसको रहस्य खुल्न सकेको छैन। एक मात्र साक्षी अमर लामाको पनि रहस्यमय तरिकाले हत्या गरिएपछि यो रहस्य सँधैका लागि रहस्यमा नै रहने भएको छ।

०५० साल जेठ ६ गते। माधव नेपाल कुपन्डोलको डेरामा थिए। लेखनाथ कोइरालाले फोनमा ‘मदन भण्डारी र जीवराज आश्रतिको जिप दुर्घटनामा पर्‍यो, जीवित हुने सम्भावना छैन’ भन्ने समाचार सुनाए। त्यसै बेला केन्द्रीय कार्यालय बागबजार गए उनी। वामदेवलगायतका पार्टीका साथीसाथ उनी दासढुंगातिर लागे गाडी लिएर। उनीहरु पुग्दा रातको ११ बजेको थियो। मान्छेको ठूलो भीड सास रोकिएको अवस्थामा थियो। गाडी भोलिपल्ट भेटियो, जीवराजको लास गाडीमै थियो। मदनको भने कुनै पत्तो थिएन। तीन दिनपछि गुन्जनगरमा लास भेटियो।

लगत्तै ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भन्ने नाराका साथ पार्टी देशव्यापी आन्दोलनमा गयो। जनधनको क्षति भयो, ठूलो दबाब दिइयो। तर, कांग्रेसको सरकारले सुनुवाइ गरेन। सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए, जो परलोकमा गइसके। निकै महिनापछि बल्ल एउटा न्यायिक छानबिन आयोग गठन गर्न सरकार सहमत भयो। तर अनिल आयोगको प्रतिवेदन स्वीकारेन एमालेले। जनस्तरबाट गठन गरिएको भनिएको पद्मरत्‍न तुलाधरको आयोगले दासढुंगा कान्डलाई षड्यन्त्र नै ठहर गर्‍यो। पार्टीको तर्फबाट गठन गरिएको ओली आयोगको प्रतिवेदनले पनि त्यस्तै भन्छ। अर्को एउटा आयोग पनि गठन भएको थियो राणा आयोग।

त्यतिबेलाका पत्रपत्रिका कतिले पढेर याद गर्नुभएको छ कुन्नि ? यो घटनामा सीआईएसम्मको हात भएको आशंका गरियो। तर रहस्य खुलेन। एमाले मध्यावधि चुनावपछि नौ महिनासम्म सरकारमा पनि बस्यो। तर यो रहस्य खुल्न सकेन।

अब त यो घटना धेरै पुरानो भयो। आज केही औपचारिक कार्यक्रममा फूलमाला चढाउने फूर्सद पनि होला कि नहोला कुन्नि नेताहरुलाई। यो रहस्य भने कहिले नखुल्ने भयो।

तपाईँलाई के लाग्छ ? यो घटना दुर्घटनामात्र थियो कि साँच्चिकै कुनै षड्यन्त्र पनि भएको हुनसक्छ ? आफ्नो विचार छोटकरीमा लेख्‍नुहोला।

यसैबारे बनेको फिल्म दासढुङ्गाका केही दृश्य-

56 Comments

  1. सयौं टुक्रा फूलका हामी,चुडिंएको माला नेपाली
    भारतद्वारा मिचिएको,मेची-महाकाली।
    प्रकृतिका बिनाशी सम्पदाको अलपत्र …
    वीरहरूका रगतलाई बिर्सिएको नेपाल
    बन्दभूमि, लडाईंभूमि तराई, पहाड, हिमाल
    अखण्ड नहुने भो हाम्रो मातृभूमि नेपाल।
    बहुल जाति, भाषा, धर्म, संस्कृति छन् आन्दोलित
    पिछडिएको राष्ट्र हाम्रो, जय जय नेपाल

  2. मदन भण्डारीको हत्या/ अमर लामाको हत्या/बिरेन्द्रको हत्या/ ई त् भय
    रास्ट्र्बादीहरुको शरीर-हत्याको उदाहरणहरु/ अब “रास्ट्र्बादी बिचार” को हत्या को बारेमा पनि बिचार गरु/ रास्ट्र्बादी बिचार सब्दले रास्ट्र्बादी संविधान पनि जनाउँछ/

    नेपालमा नेपालीको रास्ट्र बाद भारतीय स्वार्थको निमित एउटा ठुलो बाधा रही आएकोछ र जुन जुन नेता रास्ट्र्बादी भयो तेस्को सरिरको पनि हत्या भयको छ बिचारको पनि हत्या भयाकोछ/ ईतिहास काल देखि सिंहदरवार भित्र रास्ट्र्बादी हरुलाई हटाउनमा कुनै न कुनै प्रकारले भारतकै स्वार्थको भूमिका भयको जो कोहिले पनि अनुभव गर्न सक्छ/

    “नेपालमा शासक जनताको नोकर हुने भन्ने संबिधान” यो जत्तिको लोकतान्त्रिक संबिधान सायदै अरु कुनै संबिधान हुन् सक्ला/ यस्तो संबिधान दिने प्रधान मन्त्रि राना जातको थियो राना जस्तो ले पनि शासक जनताको नोकर भयको माने तर आजकाले मानेन/ तेस्तो संबिधान दिने राना प्रधान मन्त्रि बनारस बात फर्कन सकेन र उसको संबिधान बनेको लगतै भंग भयो/ बनारस बात पदम शम्सेर किन कसरि फर्कन सकेन, मदन भण्डारी र बिरेन्द्रको हत्या कसले गर्यो भनेर बुझ्न नेपालमा रास्त्र्बादिकै कलम बात नेपालको ईतिहास लेखिने दिनमै मात्र हामीले था पाउनेछौं/

    नेपालमा गंगालालहरु भन्दा पहिला मृत्यु दण्ड “नेपालको शासक जनताको नोकर हुने” संविधानले पायको थियो/ शासक जनताको नोकर हुने संबिधान दिने पदम शमशेर राना बनारस बात फर्केनन्/ त्यो बेला तही संबिधान अनुशार देस चलेको भय सायद नेपालको प्रधान मन्त्रि गंगालाल धर्म भक्त सुक्रराज र दसरथ चन्द्र मध्य कुनै यक जना प्रधान मन्त्रि हुने थियो/ यदि तेसो भयको भय नेपाल र नेपालीको भाग्य कस्तो चम्कने थियो र नेपाल कत्रो हुने थियो भनेर सजिलै अनुमान लगाउन सकिन्छ/ तर नेपाल र नेपाली बलियो नेपाल लुट्न बाधा हुने भयकोले भारतीय नेताहरुले तेसो हुन् दियन/

    पदम शम्सेरले शासक जनताको नोकर हुने संबिधान जारि गरेको बेला भारत स्वतन्त्र समेत भयको थियन तर भारत भरि ईस्ट इन्डिया कम्पनीको बिरुद्ध आन्दोलन हुँदै थियो र ईस्ट इन्डिया कम्पनि फर्कने तरखरमा थियो/ तेस्तै नेपालमा पनि राना बिरुद्ध क्रान्ति हुँदै थियो/

    यदि ईस्ट इन्डिया कम्पनि भारत बात फर्कनु अघिनै नेपालमा शासक जनताको नोकर हुने संबिधान लागु हुन् सकेको ईस्ट इन्डिया कम्पनिले भारत छोडेर जानु अघिनै सन् १८१६मा कब्जा गरेको नेपालको सबै भू भागहरु नेपाललाई फर्काउनु पर्ने हुन्थ्यो भारतले नेपाल माथि कुनै १९५०को, कोशी गण्डकी महाकाली सन्धिहरु लाद्न सक्दैनथ्यो/

    पंचायतको सिद्धान्तको बारेमा बहस हुन् सक्ला तर पंचायत यक प्रकारको तानाशाही ब्यबस्था भयकोमा बहस गर्नु पर्दैन/ तापनि पंचायतकाल भरि भारतले नेपालको कुनै नदि निल्न सकेन/ जनता राजाको अगाडी निहुरेर बस्नु परेता पनि नेपालले भारत सिट निहुरनु परेन/ यो कुरा पंचायतको बिरोधीहरुलाई पच्न गाह्रो कुराहो/

    पंचायतको अवशान पछी हामीले २०४८को संबिधान पायौं/ त्यो संविधानले राजालाई मात्र संबैधानिक राजा बनायको थियो र सदन र मन्त्रि परिषद्को कुनै निर्णयमा राजाको कुनै भूमिका हुँदैनथ्यो/ त् २०४८ साल पछिको राजाहरुले आलोचना गर्नु बा प्रसंसा गर्नुको म कुनै अर्थ देख्दिन/ राम्रो भयको भय सदनले राम्रो गरे मन्त्रीले राम्रो गरे नराम्रो भयको भय सदन र मन्त्रीले नराम्रो गरे/ईकुराहरुमा राजालाई न दोस दिन मिल्छ न जस/

    टनकपुर सन्धि महाकाली सन्धि बिरेन्द्रले गरेको थियनन/ शेर बहादुर प्रधान मन्त्रि रहेको सदन ज्ञानेन्द्रले भंग गरेको थियनन/ मधेसी सिट ८ बुंदे र मावोबादि सिट दिल्लीमा हिन्दि भाखामा सम्झौता ज्ञानेन्द्रले गरेको थियनन/ ज्ञानेन्द्र नेपालमा जात जातिको राज्य बनाउनु पर्छ भनेर ज्ञानेन्द्रले पदमा छँदा पनि गरेको थियन पद बात हति सक्दा पनि गरेको छैन/ हुनत मावोबादी सिट दिल्लीमा त्यो पनि हिन्दि भाखामा सम्झौता भयको बाटै ईनिहरुको लोकतन्त्र नेपालीलाई लोक मान्ने तन्त्र नहुने संकेत थियो/

    हो ज्ञानेन्द्रले दुईटा काम गलत गरे/ संबिधान मिचेर भारतलाई टनकपुर बुझायर आउने गिरिजालाई शेरबहादुरले उसको औकात देखाई सकेको थियो/ शेरबहादुरको प्रजातान्त्रिक काग्रेस गिरिजाको कांग्रेस भन्दा ठुलो र शक्तिशाली भयको थियो/ गिरिजाले ४ पार्टी सिट मिलेर आन्दोलन पनि रास्ट्रको निमित गरेको थियन उसको आफ्नै स्वार्थको निमित गरेको थियो/

    शेर बहादुरले नै चुनाव गराउन सफल भयको भय आज गिरिजा नेपालको सडकमा होईन बिहारको सडकमा टोकरी लियर माग्दै हिड्ने थियो/ तेस्तो गिरिजा र महाकाली सन्धि गराउन मदन भण्डारीको नीति बेच्ने माधवको दवावमा ज्ञानेन्द्रले शेर बहादुरको सरकार भंग गर्यो/ यो ज्ञानेन्द्रको पहिलो आत्म घाती गल्ति थियो/

    ज्ञानेद्रले गिरिजाको दवावमा संविधानको धारा १२७को अपब्याख्या गरेको उसको दोश्रो र अन्तिम ठुलो गल्ति थियो/ ई दुई गल्तिको नतिजा ज्ञानेन्द्रले त् भोगे भोगे नेपाली जनताले समेत भोग्नु पर्यो/

    आज हामि सिट भारत सिट कुनै पनि सन्धि नेपालको हित बरावर हुने गरेरै मात्र गरिनु पर्छ भन्ने २०४८को संबिधान छैन/ आज कागजमा लेखियको अन्तरिम संविधानले देस चली रहेको छैन दिल्लीको हुकुम र निर्देशनले देस चली रहेको छ/

    आज नेपालको प्रधान मन्त्रि पदमा जो सुकै रहे पनि अघोसित रुपमा नेपालको निमित भारतको राजदुत नै नेपालको गभर्नर भयको महसुस हुन्छ/ आज नेपालमा सदनको बहुमत बात होईन दिल्लीको आलोक जोसी जस्ताको सल्लाहमा नेपालको मन्त्रि परिषद बन्छ राजनैतिक सहमति बन्छ/ के हामि स्वतन्त्र छौ? के ईनिहरुको लोकतन्त्रमा हामीले आफुलाई “लोक” मान्न सक्छौ?

    हिजो चुनावमा जे बोलेर भोट लियको थियो त्यो कसैले सम्झेको समेत छैन/ कुर्सि र पदको निमित भारतको इसारामा भंदुवा नाच नाच्ने ई नेताहरुलाई हामि नेता होईन भारतीय जमिन्दारको कमैया खेताला मात्र मान्न सक्छौ/ ईनिहरुको जुलुस जुलुस होईन क्रान्ति क्रान्ति होईन मात्र दिल्लीलाई हसाउने मनाउने नाच हो/ वाह वाह भन्ने मधेसी आया मरे भन्ने नेपाली; यस्तो पनि लोकतन्त्र हुन्छ?

  3. हैन केहि दिन अघि सम्म
    (१) बाबुराम ले राजिनामा नदिई सरकारमा जानु भनेको सहमतिको सरकार नभएर बहुमती कै सरकार हुने ठान्ने,
    (२) मधेशी मोर्चा लै मन्त्रालय दिंदा अरुको जुठो भैसकेको मन्त्रीमंडल मान्ने
    (३) बाबुराम ले मधेसी मोर्चा संग गरेको ४ बुंदे सहमति लै राष्ट्रघाती भन्ने

    एमाले, के भएर यी माथिका कुराहरु सच्चिएछन र सरकारमा सहभागी भाको हो मैले केहि बुझ्नै सकिन बा !!!!!!!!!!!!!!!!!!!!!!!!!!

  4. थोत्रो बाटो, रातीको समय, थाकेका चालक

    – सायद अरु देशहरुमा भएको भए यसलाई दुर्घटना मान्नेहरु बाक्लै हुन्थे होलान तर यहाँ …….

  5. हत्या गर्ने पार्टीभित्रको फोहरी खेल, त्यसलाई साथदिने अमरलामा र त्रिशुलीको भेल…
    दासढुंगाको सम्झनामा केवल एउटा फूलको थुंगा !!
    अब अर्थहीन चर्चा..

  6. उनकै बुडी मन्त्रि हुदा त केहि मतलब गरिनन् र अजै पनि मतलब छैन उनलाई भने हामी लाई के को ट्याक ट्याक ! उनको बुडी ले आवाज मात्र उठाउने हो भने सबै जनता लागि परनेनै छन् नि !

  7. बास्तव मा मदन को हत्या uml क केहि ब्येक्ति र raw को हात छ जस्तो लाग्छ अनि uml ले अब uml नारखी icml राख्दा बेस होला र मदन लाई सम्झन किन पर्यो जसले गर्दा पार्टी क्रान्तिकारी धार मा थ्यो कि कसो नक्कली कमरेड हरु

  8. हत्या होस् या दुर्घटना/ श्रदेय कमरेड हरुमा हार्दिक श्रद्दासुमन…. अब त के आस गर्नु यथार्थ बाहिर आउछ भनेर/ पार्टीमा सबैभन्दा कर्तब्य निस्ट मान्छे कमरेड मनमोहन अधिकारी प्रधान मन्त्रि हुदा त यथार्थ बाहिर आएन जुनबेला घटना तातात्तो थियो……. विद्या भण्डारी रक्षा मन्त्रि हुदा त सत्य तथ्य बाहिर आएन/ आश गरौ अब फेरी अर्को यस्तै कर्तब्य निस्ट राष्ट्रबादी मान्छे को जन्म होस् नेपाल मा….हार्दिक श्रधान्जली स्वगीय नेताद्वय मा

  9. यो हत्या अथवा दुर्घटना चाहे जे सुकै हो. मा. कु. ने ले यो हत्या बाट सबै भन्दा बढी घ्यु खाने अवसर पायो. हैन भने त्यसको के औकात थियो र एमाले पार्टीमा. नेपालका कमुनिस्टहरु बोल्नमा धेरै सिपालु हुन्छन त्यसर्थ मदन बाचेकै भए पनि केहि नेपर्ने थिएनन् जस्तो लाग्छ मलाई. म जस्ता धेरै क्याम्पसे हरु भाबुक भएका थिए त्यति बेला र लेबी र सोक लाई सक्तिमा बदलौ भन्ने नाममा १५०० रुपैया कप्लक्क खाएका थिए मेरा क्याम्पसे कमरेडहरु ले.

  10. मेरा छिमेकी गोले बुढो १५ बर्ष अगाडी आजै मरेका थिए. स्वास्नी रोई, छोरी रोई, ज्वाइं रोयो, छोरा थिएनन भतीजो रोयो, काम सकियो काम सकिएको दिन देखि उसको संपत्ति माथि ज्वाइंले सम्पत्तिमा अधिकार खोजे, भातिजोले खोजे, स्वास्नी अंधी बूढी के खोजिन होलिन तिनले? बुडिले सेतो लुगा लगौणु परो उनीलाई के पत्तो त्यों सेतो हो की कालो? आज गोले बुढोलाइ सबैले बिर्से आजै मदन भंडारी मरे, आश्रित मरे सबैले उनिहरुलआई सम्झंछौ समाजले सम्झंछ, समाज र मुलुकको खातिर उनिहरुको योगदान र बलिदानको कारनले,

    आजको दिन ए मा ले सरकारमा गएको छ, तेस्मा पानी राधा ज्ञवाली जो उनी आश्रित की श्रीमती हुन आज भब्य भोज होला ए. मा. ले. मा आश्रित की श्रीमती को घरमा, सुनसान होला बिद्या भंडारी को घर मा किनकी झंडा र डंडा मिलेन. शोकलाई शक्तीमा बदलने की के. पि. ओली को भक्तिमा? संबिधान बनाउने की भारतीय सारिमा अल्झिने, ए. मा. ले. दोबाटोमा छ सधै चौबाटोमा छ. बोलेको गर्दैन गरेको बोल्दैन, जसले जे भने पनी ठीक, ठीक अरुले बोले उ बेठीक भन्छ, यसको कारण भंडारी को अभाब खड्किएको हो. समाजलाई सही मार्गमा लैजाने सही सिद्धांत भंडारी सग थियो, त्यों उनको अवसान सगईं अवसान भयो. अब त कित नेपालसग ज्ञानेंद्र को गद्धी आरोहणको शीर निहुरएको फोटो छ, दर्शन गर्दाको डब्बल छ. ज्ञानेंद्र सच्चिएको हो भनेको बिग्यप्ति छ. कित के. पि. ओली को जनांदोलन मा भाग नालिएको र टेस बेलामा प्रकाश कोइराला सग म्यारिज खेल्दै गरेको समझना बाकि होला. व़ा बिध्ह्या लाई राजनितिक मंत्र सिकाउँदै गरेको रमाइलो रात्रि याद मात्र होला.
    यस्तो कर्म गरेर मरनु परोस मर्दा मलामी को आसू आवोस, लास बोक्ने लाई असजिलो नहोस, मलामी जानुलाई ढोल थोक्नु नपरोस, थाल थोक्नु नपरोस. मलामी जानू पर्दा अल्छि गर्नु नपरोस, म पो छुटेकी भन्नु परोस, जिउँदै पुतला जल्नु नपरोस, बारबार मरनु नपरोस, मरे पछि सबै को आखा रसाओस सड़क भरी बार्दली भरी, चोक चोक मा शब् यात्रामा फूल र अबीर ले बिदाई गरुन र मलामी लाई पानी र सर्बतले शीतल पारून. यो अधिकार भंडारी र बी. पि. ले मात्र पाए राजनितिक नेता मद्धेमा .मैले था पाए सम्म तेस्तो नेताको अभाव सधैं हुने भो नेपाल मा.

    • ये गुरु राधा त जीवराज कि श्रीमती होइनन क्या / जीवराज कि श्रीमती त माया हुन् / राधा त चर्चित लेखक दिल साहनी कि पूर्व श्रीमती हुन् / नबुझी कन नलेखेको भए हुने / फेरी बुटबल तिर का एमाले हरुको कोपभाजन बन्न पर्ला नि /

    • सायद राधा ज्ञवाली जीवराज आश्रीतकि श्रीमती नहुन पनि सक्छिन |
      यिनी राधा अर्कै राधा हुन् सक्छिन |

  11. दासढुंगा हत्या काण्डमा नाता सी. आइ. ए. नत raw को हात छ/ यसमा नत नेपाली कांग्रेसको हात छ. यसमा निम्न कारण हुनसक्छ:-
    – ए.मा.ले. कै सत्ताको फोहोरिखेल हुनसक्छ
    – मदन भण्डारी तेतिबेला ए.मा. ले. मा शिखरपुरुष थिए, उनको प्रभावलाई नामेट पार्ने तेही पार्टी भीत्रका मान्छेको खेल पनि हुनसक्छ
    – कतै आफ्नै श्रीमती पनि जानी नजानी यो खेलमा सामेल त छैनन्?
    – अमर लामा एकजना मात्र प्रमाण नामेट भाको मा अब केहि हुननसक्ने भाकोले अब यसलाई दैविक बिपत्ति, दुर्घटना भन्नु सिबाय केहि रहेन.
    म उहाहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु/

  12. अब नेपालमा पत्रकारिता धेरै मौलायको छ.बरु पत्रकार हरुले नै दिनदिनै येस्सम्बंधी लेख लेख्दै अनि जनतालाई अझ सुसुचित गर्दै यी चोर नेताहरुलाई अनि सरकार लै दबाब दिने कि ? सायद कतै अमर लामा वा कोहि ठुलै मान्छेको डायरी वा केहि गोप्य सामग्री भेतिन्छा कि. लौना हामि सबै मिलेर अब दबाब दिने कि ? अनि दर्बार हत्याकाण्ड को बारेमा पनि सत्यतथ्य बाहिर ल्याउन दबाब दिने कि ?

  13. महान नेता कमरेड मदन भण्डारी र अर्को बिस्वनीय नेता कमरेड मनमोहन सिंह अधिकारी हरुले एमालेलाई बिदा गरे देखि मैले पनि यो पार्टी (एमाले) लाई बिदा गरेको | कमरेड मदन भण्डारी र कमरेड मनमोहन सिंह अधिकारीलाई मेरो लालसलाम.

  14. पाठक प्रतिक्रिया पढेर मलाई पनि हस्तेमा हैसे गर्न मन लग्यो महाननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रित प्रति हार्दिक श्रदान्जली अर्पण गर्न चाहन्छु / यदि पार्टीले मदन र जीवराज को १९ ओं पुण्य तिथिमा कसम खानु पर्यो र उहाहरुले अंगाले को जनताको बहुदलीय जनबाद को सिद्धान्तलाई अनुशरण गरे सहि श्रदान्जली ठहर्ने छ / नाकी फूलका गुच्छा चढाउदै मा केहि हुने वाला छैन / र दोसी मरे पनि दोस मर्दैन त्यो एक दिन पर्दाफास हुने नै छ /

  15. ओली-माकुने-झलेलाइ घिच्चुकमा दरो संग हान्नु पर्छ, मुख-बाट फुत्त नाम आउछ हत्याराको, होइन भने बिध्याको चुल्ठो समाएर फनफनी घुमाए पनि हुन्छ! नत्र सिटौलाको चिनेजानेका खोइ को ज्योतिष छन् रे नि बिहार तिर, उनैलाई सोधे हुन्छ, ज्योतिस हरु आउने कुरा मिलाउन नसकेनि भएका कुरा हरु चै अलिअलि मिलाउछन है, कति पत्तो लागि हाल्छ कि? साची किसुन जी को ज्योतिस पनि काठमाडौँ तिरै होलान नि, बिजय कुमार लाइ फोन गर्ने हो कि?

  16. सालोक्यजी,
    आज मैले बैचारिक प्रतिक्रिया भन्दा एउटासानो त्रुटी औं‌ल्याउछु है । त्यो के भने माथि सुरुमा तपाईले आज १९ बर्षभयो भन्नु भएको छ भने त्यसको अलिकति तल १६ बर्ष लेख्नु भएको छ । त्यो अलि मिलेन कि !? हुनत यो एउटा प्राबिधिक कुरा मात्रै पनि हुन सक्छ । के हो भन्नुस है !

  17. सबै मानिस जन्मन्छन् र मर्छन् बार्षिक तिथिमा श्राद्ध गर्छन् यो वा सम्झन्छन् यो एउटा संस्कार हो । मदन भण्डारीको जस्ता महान नेताको जन्मनु मर्नु र मार्नुमा धेरै फरक छ, जहाँ सम्म एमाले र मदन भण्डारीको कुरा छ एमाले एउटा पाटि हो मदन भण्डारी एउटा नेता आजको माओवादी जस्तै कुनै समयमा राप्रपा थिए कुनै समयमा काग्रेस थियो भने कुनै समयमा एमाले पनि थियो हिजोको फटाहा एमाले आज माओबादि भएर डाँका भएका छन् हिजोका तिनै फटाहा आज डाँका र डाका ज्यानमारा भएका छन् ज्यानमाराको नाईके आज लाजिम्पाट बस्ने भएको छ । आर्को नाईके प्रधानमन्त्रिको कुर्सिमा बसेको छ । यहाँ निदोस १५००० को हत्याराको नाईके त नेता हुने देसमा मदन भण्डारी जस्तो नेताको के अर्थ बालकृष्ण ढुंगेल , जेपि गुप्ता चिरन्जिवी वाग्ले जस्ताले चलाउने देसमा मदन भण्डारी जस्तो नेता के काम अनी जानी नजानी कर बल र स्व इच्छाले माओवादिमा लागेर सिविरमा जीवन काटेका अनाथ यूवाहरुको पैसा समेत घोटाला गरी त्यहि पैसाले लाजिम्पाट बस्ने जस्ताले देश चलाउने ठाउमा मदन भण्डारी के काम ।
    त्यसैले कहिले काहि सन्धर्व मिल्नु मात्र….

  18. २०५० साल जेष्ठ तीन गतेको
    दासढुङ्गा भन्ने ठाउँमा जीप खसेको ।

    सिम् सिम् हावा सरर नेपालको झण्डा फररर
    जीप चलाउने अम्बर लामा थियो ड्राइभर .

    जीप खस्यो त्रिशुलीमा ड्राइभरबगर माथि छ
    त्रिशुली र सूर्य मात्रै देख्ने साक्षी छ ।

    मदन कुमार भ०डारीजे भन्नुहुन्थ्यो जहिले नी
    राजनीतिमा थकाई मार्न हुन्न कहिल्यै नी ।

    बालुवा र भुसको थुप्रो रहस्य को गाँठो छ
    बस खस्दानी driver को हात मा साँचो छ ।

  19. यौटा मान्छे हुन्छ, यौटा योद्दा हुन्छ . मान्छे मर्दा परिवार रुन्छ, छोरा ले बरखी बार्छ, यौटा योद्दा मोर्दा देश रुन्छ र इतिहास ले बरखी बार्छ ! कामरेड को देहावसान पछि नेपाल आमा रोइरहेछिन् अनि लाग्छ कालान्तर सम्म पनि इतिहास ले बरखी बारी रहने छ !!

    लाल सलाम !!!

  20. मदन भण्डारी र जीवराज आश्रितको आज पुण्य तिथिमा एमालेले वहाहरुलाई नसम्झनुको अर्थ एमाले मदनको बाटो छाडेर हिडेको प्रस्ट हुन्छ | मदन भण्डारीको जसरि मृत्यु भए पनि सहि सत्य जनताको सामुन्ने ल्याउने काम एमालेको थियो | तर एमालेले मदन आश्रितलाई भर्यांग बनाएर सत्तामा जाने काम बाहेक अरु के पो गरेको छ र ?

  21. मदन आश्रित दुर्घटनाको बारेमा झलनाथले हंगकंगमा बोलेको कुरा:
    म तेतिबेला हंगकंग स्थित नेपाल बायुसेवा निगमको कार्यालयमा कार्यरत थिय/ तेतिबेला कार्यालय प्रमुख पदमा सहिद गंगालाल कामरेड पुष्पलालको भान्जा गौतमदास श्रेष्ठ थियो/ मदन आश्रित दुर्घटना भय पछी झलनाथ हरु अमेरिकाको भ्रमण छोत्यायर हंगकंग आई पुग्यो र गौतम दास ज्युको घरमा रहनु भयो/ बेलुका खाँदै गर्दा झल् नाथ ज्युले भन्नु भयो “अमर लामा हाम्रो निष्ठा बान कार्यकर्ता हो र उहा माथि लगायको सबै आरोपहरु झुठा छन्” / तर उहा काठमान्डू पुगे पछी कुरा फेरियो/

    मदन भण्डारी जिवितै रहेको भय महाकाली सन्धि हुने सक्दैनथ्यो/ महाकाली नदीको उता पारीको किनार सम्म नेपालकै थियो/ तर महाकाली सन्धि पछी त्यो सिमा नदि भनियो र आधा नदि भारतको भयो/ अस्ति सदनको जाँचबुझ टोलीको अनुशार त् भारतले महाकाली नदीको यता पारि नै चौकी खडा गरेर अतिक्रमण गरेर बसेकोछ/ महाकाली सन्धि अबैध टनकपुर सन्धिलाई बैध गर्नकै निमित गरियको कुरा सबैले बुझेकै कुराहो/ महाकाली सन्धि मा टनकपुर र शारदा ब्यारेज समेत गान्सेकोछसन् १९२५मा भारतले शारदा ब्यारेज बनाउन नेपालको २७०० acr भुमि बर्षको ५० हजार भाडा तिर्ने शर्तमा लिजमा मात्रै लियको हो/ महाकाली सन्धि सिट त्यो शारदा ब्यारेज समेत महाकाली नदीमा गाभिनु पनि यौटा ठुलो षड्यन्त्रकै रुपमा लिनु पर्छ/

    महाकाली नदीको उद्गम स्थल काला पानि हो र त्यो कालापानि पनि भारतकै कब्जामा छ/ मदन भण्डारी जीवित रहुन्जेल महाकाली सन्धि हुने सक्दैनथ्यो/ मदन भण्डारीको मृत्यु बा हत्या पछी महाकाली सन्धि गरियो/ संधि त गरियो तर २०४८को संबिधान अनुशार नेपालो श्रोतहरुमा विदेश सिट सन्धि सम्झौता गरिंदा नेपालको हिस्सा बराबरको हुनु पर्ने भने महाकाली सन्धि आज सम्म पास हुन् सकेको छैन/ त् महाकाली सन्धिको बिरोधि मदन भण्डारी जसरि त्रिसुलिमा दुबिनु पर्यो ठिक तेसरिनै महाकाली सन्धि को बाधक २०४८को संविधान पनि दिल्ली सम्झौतामा दुबिनु पर्यो/

    मुखले कलमले किन बोल्नु पर्यो र मदन भण्डारी र २०४८को संबिधान मर्यो बा मारियो भनेर घटनाले नै बोल्दैछ/ फरक मात्र यति हो कि बोलेको कुरो कानले सुन्छ तर घटना बोले मनले मात्रै सुन्छ/

  22. मदन भण्डारी र जीवराज आश्रीत लाई दुर्घटना भएको भनिएको ठाउँ मा होइन त्यो भन्दा अगाडी नै हत्या गरि तिर्सुलीमा फालिएको हुनुपर्छ यसमा ठुलो षडएंत्र पक्का पनि छ अनि परिस्थिति मिलाएर जिप दुर्घटना भएको भनिएको छ जुन सरासर गल्ति हो

    लोक नाथ सिग्देल jackson heights

  23. यसमा माधव नेपाल र केपी ओली को हात देखिन्छ इनिहरु लाई यो कुरा राम्रो संग थाहा छ मदन भण्डारी को सामु आफ्नो बोलि नबिक्ने अथवा आँफुहरु सत्तामा पुग्न गार्हो हुने देखि गम्भीर हत्याको षडएंत्र रच्ने इ माकुने र ओली अहिले मात्र होइन पहिला देखिका एमाले का ढाडे बिरालु हुन् इनिहरु ले महान नेता मदन भण्डारीको हत्या आफ्नो स्वार्थको लागि नै गरे तर कुरा तेसो भएन देश ले महान नेता गुमायो नै यसको ठुलो फाइदा parchanda लाई भयो एदी मदन भण्डारी जीवित हुन्थे भने नेपाली धर्तीमा एस्तो बोलि फेरी राख्ने बेस्य नेता parchanda लाई भण्डारी ले सजिलै पाखा लगाईदिन्थे थोरै समय मै अधिक चर्चा मा आउने बहुत पर्तिभासली मदन भण्डारीको सामु parchanda साएद बिरालुको सामु मुसो हुन्थे यनी भएको भए माओबादी तल पर्थियो र इ माओबादी का नेता भनाउदा हरु सबै दुलो भित्र हुने थिए, एमाले नै नेपालको सर्बसक्तिमान पार्टी हुने थियो यसमा कुनै संका थिएन देशले मुहार फेरिसकेको हुनेथियो उनको सामु, सारा नेपाली हरु एक ढिका भएर उनकै पछि लाग्ने थिए!!!

    लोक नाथ सिग्देल jackson heights usa

  24. सर्बप्रथम त स्वर्गीय जननेता मदन भण्डारी र जीवराज आश्रित लाई लाल अभिबादन|
    यसैको सत्य तथ्य पत्ता लगाउन चर्कियको आन्दोलनमा प्रभाकर सुबेदीलाई पनि सरकारले
    बेपत्ता पारेको थियो | गिरिजा सरकारले त बेपत्ता पार्यो तर एमाले सरकारमा हुदा समेत
    केहि चासो राखेन | एक वर्ष अघि बिद्या भण्डारी प्रभाकर सुबेदीको घरभन्दा ५० मिटर पर सम्म आएर गइन तर प्रभाकरको वृद्द आमा बाबु लाई सोद्दा पनि सोधिनन| मलाई त अरुले भन्दा माकुने ,ओली र बिद्द्या भण्डारीलाई नै संका लाग्छ |

  25. “एउटा बिर्छे भइ बिसाल घर यो नेपालमा हुर्कियोउ
    हाम्रा सितल छहारी तिमि कठै, दंग्रंग पहिलेई ढलेओउ
    थाकेका भरिया पर्सन्न मनले भारि बिसाई कन
    तिम्राफेद भरि रमेर बटुवा सुस्ता उन्थे ग्रिस्ममा
    पन्छीको गुंड भत्कियो अब तिमि छैनोउ कतै माझमा
    नेपाली घर अन्धकार हुन गो बत्ति निभेउ साँझमा
    झरना रुन्छ हे मदन भण्डारी भनि charkaudai गलगल
    रुन्छे कोकिल त निक्कै बिरह ले थर्कौन्दै जंगल
    नेपाली हिमासैलको शिखरमा आमा रोइन धरधर
    हाम्रो बाग उजार भो र सबको छाती बन्यो जर्जर
    हे प्यारा नेता धर्तीमा अमर छोउ देखिन्छ त्यो किर्तिमा
    आत्मा मा चिर शान्ति होस् बस तिमि स्वोर्गिए उद्धानमा
    तिम्रो सुन्दर चेहेरा दिन दिनै देक्छोउ सधै झल्झली
    दिन्छोउ हे समबेदना सहितको हार्दिक सर्दान्जली”

    लोकनाथ सिग्देल newyork jackson heights

  26. त्यो घटना दुर्घटना थिएन सड्यन्त्र थियो . यसको पछाडी हात ‘र’ हरुकै हो .
    राजपरिवार सखाप पार्न पनि र हरुकै हात थियो .
    यदि थिएन र होईन भने मदन भण्डारी – जीवराज आश्रित काण्ड एमाले सरकारमा जाँदा छानबिन गर्न सछ्यम हुन्थ्यो ,
    त्यसै गरि माबोबादी सरकारमा जाँदा राजपरिवार काण्ड बारे छानबिन गर्न सफल
    हुन्थ्यो , भएनन् – सकेनन् .
    बरु यी काण्डहरु यी एमाले – माबोबादीलाई सत्तामा जाने दह्रो भर्यांग बन्यो , यिनले
    दर्है सिट ‘प्रयोग’ गरे .
    पाप धुरीबाट कुर्लिन्छ भन्छन् — आशा गरौ एक दिन पाप धुरीबाट कुर्लेला ——

    • पाप धुरी बाट कराएरै केही पापी नागार्जुन गए त केही सिंगापुर । केहीको त राजनीतिबाटै पत्तासाफ भएको छ । अब अझै को-को पापीहरू निस्कने हुन् र उनीहरूको हबिगत के हुने हो, त्यो हेर्नका लागि त तपाईंले भनेझैं ‘एक दिन’सम्म कुर्ने पर्ने हुन्छ । अहिले नै हावामा कावा नखाउँ/नाखुलाउँ । हजारौं सेना भएको ठाउँमा त्यो ‘र’को चलखेल देख्नुको कुनै तुक छैन । फेरी त्यो ‘र’ को पक्षपाति भएको आरोप चाहिं नलगाउनु होला है लुनाजी !

  27. उप प्रधानमन्त्री जस्तै प्रधानमन्त्री २ वोटा बनाउन मिल्ने थियो भने पहिला नै आउथियो , एस्लाई सराधे को कुरा गर्नु हुन्छ प्रधानमन्त्री हुने भयो भने आफ्नै बाउ आमा को पनि क्रिया बस्दैन प्रतिगमन आधा सचियो भनेको हिजो अस्ति जस्तै लाग्छ !

  28. स्वर्गीय श्री मदन भण्डारीको हत्या आफ्नै पार्टीबाट भएको हो | यस्मा रहस्य केहि छैन |

  29. अमर लामाको किन माओबादी ले हत्या गरे होलान ? मलाइ यो कुरा रहस्यमय लाग्छ . एमाले ले मदन को बाटो लियको भय न त देश यस्तो हुन्थ्यो, न त एमाले यत्रो (सानो) हुन्थ्यो . कहिले काही निराश हुदा मैले मदन का भाषण र उनि बारेका लेख हरु पदने गर्छु . हो मदन यौटा मान्छे हुन्छ, यौटा योद्दा हुन्छ . मान्छे मर्दा परिवार रुन्छ छोरा ले बरखी बार्छ, यौटा योद्दा मोर्दा देश रुन्छ र इतिहास ले बरखी बार्छ . हो कामरेड मदन तिम्रो हत्या को बरखी इतिहास ले अजि बारदै छ .

    • सगर भाई मदन भएको भए पनि नेपाल मा हुने केहि होइन, उनि भासन गर्ने मान्छे हुन्, देश राम्रो संग चलाउन पनि सक्थे न चलाउन पनि सक्थे…बाबुराम लाइ त् गारो भा छ त्यो नाथे मदने ले खै के गर्थ्यो र ?

      • नाथे रे …..अदिति दिदि इतिहास मा सारै कम्जोर हुनुहुदो रैछा है तपाई

      • अदिति जी, बाबुराम को हुन् र? मान्छे किताब पढेर कुरा जान्ने होला तर ज्ञानी हुँदैन . मदन बाबुराम कै उमेर समूह का मानिसह न हुन् . आततायी हिम्सा बाट सत्ता मा पुगेका बाबुराम ले कुनै हालतमा जुनी भरि पाप पखाल्न सक्दैनन् . अहिले मदन को बाटो मै पुग्ने ले बेलैमा किन चेतना पलायन . यक्पतक जनताको बहुदलीय जनबाद को सार बस्तु पढ्नुस र म संग बहस गर्न आउनुहोस . देश को माटो को को सुगन्ध बुझेको को जनताको हली भयर बनेको बेक्तित्व हो मदन भण्डारी . कहाँ मान्छे को सिनु को पहाड माथि बाबुराम को उचाई कहाँ जनताको अपार माया र समर्थन को हिमाल सहित को मदन को उचाई . तुलनै हुन सक्दैन नि .

  30. खोइ संम्पादक जी ….., भित्ता को पनि कान हुन्छ रे … एक चोटी त यो घटनाको सत्य तथ्य बाहिर आउला कि…. कि त एक चोटी वोलीको घरको भित्तालाइ सोध्ने कि…. ? यो षडयन्त्र गरि हत्या गरेको हो कि दुर्घटना भन्ने कुरा /तेत्रो पल्ट सरकार चलाएको एमाले बन्धु हरु लाई राम्ररी थाहा छ कसले ,किन र के उदेश्य राखेर हत्या गरे भन्ने/नत्र त गिरिजा प्रधानमन्त्री हुदा हत्यारा पत्ता लगेन एमाले आफै सरकार मा ३ पल्ट पुग्दा किन हत्यारा पत्ता लाउन सकेन?”आफै बोक्सी ,आफै धामी”भएर किन बसेको छ एमाले????

  31. बरु काँग्रेस र माओबादी दुवै को आ आफ्नै पहिचान र धारणाहरु छन्…. यो एमाले को त खालि ढुलमुले पारा मात्रै हो…

  32. यो हत्या हो यसमा कुनै शंका छैन. नत्र अमर लामा मारिने थिएन. तलका मध्ये जोसुकै पनि यो हत्या मा सामेल भएको हुन सक्छ
    १. माधव-ओली
    २. जुलिया चांग ब्लक
    ३. इंडिया (गान्धी परिवार)
    ४. दरबार को एउटा हिस्सा (ज्ञानेन्द्र वा आर्मी चिफ आदि)

  33. सर्बप्रथम त स्वोर्गीय जननेता मदन भण्डारी लाइ लाल अभिबादन!!! बास्तबमै आज १९ वर्ष पछी यो समाचार सुन्दा पढ्दा पनि आँखा रसाएर आउछ सरिर फुलेर आउछ! तर के गर्नु यो संसारको नियम नै अचम्मको छ! जुन बेक्ती राम्रो छ, सोच विचार राम्रो छ, जुन बेक्ती समाज देश र मानब जाती को लागी इमान्दार बफादार छ त्यो बेक्तिको आयु छोटो हुने रहेछ क्यारे! नत्र निरक्कुस राजतन्त्रको बिरुद्द कडा प्रतिकार गर्दै नेपाल र नेपाललाई संसारको अग्र पंतिमा उभ्याउने प्रयास गरेकै कारण, असिछित नेपालीको आँखा खोल्ने प्रयास गरेकै कारण मिर्तुबरण गर्नु पर्ने कारण के थियो? साथी हरुको कमेन्ट हरु पढे तर मलाइ मेरो दिमागले एस्तो देख्छ यो दुर्घटना कदापी हुन सक्दैन! यो सुनुयोजित रुपमा घटाएको दुर्घटना हो! एसको बारेमा धेरै तथ्य हरु छन् त्यस मध्य घटना घटाइएको दुवै साइडमा भुसको र बालुवाको थुप्रो हुनु! सीट बेल्ट प्रयोग गरेको मध्य एउटा गाडी भित्रै पाइनु एउटा धेरै पर पाइनु! तेत्रो ठुलो घटना घट्दा पनि ड्राइभर लाइ सामन्ने चोटपटक पनि नलाग्नु! अझ अचम्मको कुरा गाडीको चावी ड्राइभर को साथमै हुनु! बारम्बार ड्राइभरले भनाइ फेरेको फेरै गर्नु! पानीमा पौडेर बच्न सफल भए भन्ने तर उसका कपडा देखि साधरण गोजीमा भएको पेन अनि गोजीमा भएको पैसाहरु सहि सलामत अबस्थामा हुनु नाभिज्नु! अमर लामा आफै पनि पार्टीको सदस्य हुदाहुदै घटना पछी तुरुन्तै पार्टी परिबर्तन गर्नु! तेत्रो ठुलो आन्दोलन हुदा पनि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले आयोग गठन नगर्नु! अन्तिममा घटनाको एक मात्र प्रमाण अमर लामा को पनि दिन दहाडै गोलि हानी हत्या गर्नु! एदी त्यो सुनुयोजित सड्यन्त्र नभएको भय अमर लामालाई किन मारियो? बरु भन्न अनुमान गर्न सकिन्छ यो घटना घटाउनेमा नेपालकै प्रतिष्ठित बेक्ती देखि बिदेसी मतियार हरु हुनसक्छ जसले नेपालमा कम्निस्ट फस्टाएको देख्न चाहदैनथ्यो! नेपालको विकासलाई आत्मसाथ गर्न सक्दैनथ्यो!
    अब त्यो दिनको सम्झना गरेर २ ४ वोटा मैन बत्ति बालेर मात्र केहि हुने वाला छैन! म एमाले भनौदा साथी कमरेड हरुलाई के भन्न चहान्छु भने अल्पायुमै सुनुयोजित दुर्घटनाको सिकार हुनु भय पनि नेपाल र नेपाली लाइ साथै सिंगो एमाले पार्टी लाइ जनताको बहुदलीय जनबाद जस्तो सिदान्त दिन सफल हुनु भएको छ त्यो नै सबै भन्दा महत्तोपुर्ण छ र हो! तेसैले उहाको दिनुभएको त्यो सिदान्त लाइ अन्तर आत्मा देखिनै आत्मसाथ गर्नुस बल्ल मात्र उहाको चिर आत्माले सान्ति पाउनेछ!

  34. एमाले भनेको ढुलमुले पार्टी हो यसको क कुरा गर्नु र खै ? ताक परे तियारी नत्र गोतामे
    अब कुरा गरौ कमरेड मदन र आश्रित को त्यो पनि पितृ भै सके अब कति कुरा उठौनी
    उसको आफ्नो माउ पार्टी ले त किनारा लाउन सकेन अरु पार्टी लाइ किन मुछ्नु
    म पनि चितवन बासि भयको हुनाले त्यस दिन को सम्झना तरो ताजा छ घटना हेर्दा सुनियोजित लाग्छ तर पनि कुनै प्रमाण न हुँदा रहश्य मै गुजरियको अबस्था मा फेरी कोट्याउनु भनेको उनीहरुको परिवार लाइ दुखि बनाउनु हो जस्तो लाग्छ

  35. माकुने र ओली लाई महाकाली सन्धि पास गराउनु थियो, प्रसस्त भारतीय रुपैया को छेलोखेलो थियो, पार्टी मा अकन्टक सासन चलाउन पाउने सुबर्ण मौका मुख मै आको थियो.. अनि यो सब मा कुनै अड्चन थियो भने त्यो थियो मदन भण्डारी को प्रस्ट विचार र अविचलित देशप्रेम………….तगारो को काढा लाई खोला मै फाल्नु दुष्टहरुको एक मात्र सफलता को द्योतक थियो ……..

  36. एमालेलाई अर्काको जुठो खानेस देखिस भनेर खुबै घुर्क्याएको थियो, आखिरमा आएर जुठो मात्र होइन, झिंगा भन्केको सुद्व खान पर्यो| हुति नभएकोले किन पो पाखुरी सुर्किनु !?

    • शशांक जी,
      देशले निकाशा पाउने लागेको बेलामा यस्तो उछित्तो काढ्ने र भड्काउने खालको कुरा नगरौ न हो! अलिक आफ्नो शिद्दांत अडान बिचार जनाधार भयको मान्छेले नेत्रित्वो गरेको सबल सक्षम नेता र कार्यकर्ताले बोकेको पार्टी भयको भय सत्य बोल्दा भड़किदैन भन्न सकिन्थ्यो तर एमाले जहा ओली,माकुने, झल्लु आदि जस्ता पाउदुरे हरु छन् जो क्षण क्षणमा हरो बन्छन जसलाई देशको आबस्यकता र जनताको चाहना संग कुनै लेनेदें छैन छ त सत्ता र कुर्चीको सिर्फ कुर्चीको! अब यस्तो हरु भयको पार्टी बल्ल बल्ल ललाई फकाई बाबुरामले काम कुरो मिलायर बनाउदै र देशलाई निकाशा दिन लागेको बेलामा फेरी एमाले लाइ भड्काउने वा मधेसीको चाकमा औलो हाल्ने जस्ता कुरा हामीले नगरौ क्या!
      बित्यामा फेरी न भाले न पोथी उफ्र्यो भने भड्कियो भने कोरालिने कुरा र कोरालिना लागेको अबस्था पनि फेरी भद्रगोल हुन्छ!
      अब यो अन्तिम घडीमा कुरो बिग्रियो भनेत सर्बनाश हुन सक्ने सम्भावना बढी छ र सर्बनास यी भाले न पोथीका हरुलाई होईन हामि जनतालाई असर दिने हुन्छ तेसैले!
      अहिले यस्ता कुरा नगरौ!
      यिनीहरुलाई देश नकोरलिउन जेल पुर्र्रर्र्वा आहाह्ह आह्ह्ह! भन्दै चारो हालौ बरु!
      अनि देश कोरालियर स्थाई बाटो समात्छ तेतिबेला बरु छारो उडायको जसरि लात हान्ने हो कि चटनी बनाउने सोचौला!
      तेसै गरौ हुन्न?

  37. ईश्वर पोख्रेल भनेको दिल्ली एयरपोर्टमा लाखौ भा रु सहित पकडा पर्दा नेपालको बेइज्जत हुने गरेर रोएका देख्ने यात्रीहरु छन्| कुरो के भने मन्त्रि बनेर घुस खाएर बद्नाम भएकाहरु छन् तर एमालेमा दागी जत्ति सबै मन्त्रि बनेका छन्| एमाले पार्टी बिघटन गरे नी भयो, के काम रह्यो र?
    जुनै पनि दलमा सबै बद्नाम गर्ने जति धेरै जसो बाहुनहरु छन् अनि दोष दिने बेलाँ चाहि छेत्रीलाई पनि मुछ्ने गरेका छन्| छेत्रीहरु बाहुन हरु जस्तो जाली र घुमाई घुमाई र दश पाथी तेल लाएर जाल थापेर भुँवरीमा पार्दैनन| छेत्रिहरु पनि बाहुन पीडित छन्| देउबालाई हेर्नोस, कसरि घुमाएका छन् उनलाई बाजेहरूले फनफनी| छेत्रिहरुलाई पहिचानको प्रदेश दिन वाधा हाल्यो भन्न पाइदैन|

    • साथी रमन
      इश्वर पोख्रेल बाहुन होइन क्षेत्री पोख्रेल हो | अब कस्तो लाग्यो नि मिस्टर क्षेत्री रमन ?

    • तपाई कुन जात को हो ? कतै तपाई बाहुन क्षेत्री हरु को बीच मा पनि फाटो ल्याएर फाइदा लुट्ने भिजिलान्ते त होइन? मलाई त पक्कै त्यहि जस्तो लाग्यो | र साथी रमन म त पक्का छु कि तपाई क्षेत्री पनि होइन किन कि तपाई क्षेत्री भएको भए आफ्नो जात ” छेत्रिहरु पनि बाहुन पीडित छन् ” भन्ने मा “क्षेत्रीहरु पनि बाहुन पीडित छन् ” भन्नु हुन्थ्यो होला | कुरो बुज्नु भयो ? नबुझे मलाई सोध्नु है | जसरि सोधे पनि हुन्छ | जबाफ बिनम्र पारा मा नै आउनेछ |

  38. एमाले अरुले छाडेको जुठो खाँदैनः भनेका थिया झलनाथले
    तर खायो त किन होला ?

    • एस्तो हो अरे मैले सुनेको त के भनि नि कृष्ण जी झलनाथले जुठो खानु हुन्छ तर ताजा जुठो होइन बासी जुठो रहल पहल पनि खानु हुन्छ तर भोक लग्यो भने मात्रै भोकै नलागी किन जुठो खाने भनेर भन्नु भाको रे मेडिया ले अर्कै अर्थ पो लगाई दिएछ पछि झलनाथ जीले के कुरा मनन गर्नु भयो भने नि ताजा झापड खानु भन्दा बासी जुठो खानु राम्रो हो भन्ने कुरा पार्टी को निर्णय बाट पारित भएकोले जुठो खानु भएको हो तर उहा ले म जुठो खांदै खान्न त भन्नु भएको थिएन नि !

      लोक नाथ सिग्देल usa

  39. मैले ‘र ‘ले गराएको भने भने पुरानै कुरा जस्तो लाग्छ | नेपाल मा जातीय ग्रिह युद्द्द मचाउने देखि मदन भण्डारी ,बिरेन्द्र सबैको हत्या मा भारतीय जासुसी संस्था कै हात रहेको संका गर्न सकिन्छ | खै यो कुरा तपाईलाई प्रकासित गर्न गाह्रो भए माफ पाउ |

    यी बिभिन्न देश का जासुसी संस्था अति खतरनाक हुन्छ ,इरान को न्युक्लियर साइन्टिस्ट लाइ
    इजरायली जासुसी संस्था मोसाद ले मार्यो भनिन्छ | बम्बाई काण्ड मा धोति हरु आइ यस आइ को हात रहेको भन्छ | तर हाम्रो देश मा चै धोति ले धोति फुकालेर नाचेको नाचेई छ |
    गहिरिएर सोचे सत्य त्यहि हो है |
    विश्व आर्थिक बजार मा प्रतिस्पर्दा गर्दै रहेको चीन र भारत एक आर्काको प्रतिद्वन्दी रहेको सर्ब विदित नै छ |चीन हंग्क्नाग ,मकाउ ,ताइवान खाने सपना देक्छ भने आफुलाई चीन को कम्पितितर ठान्ने धोति ले हाम्रो देश खान यो माकुरे जालो बुनेको कुरा बिस्वास न गर्ने लाइ के भन्नु खै |
    तेसैले मैले पहिले देखि भन्दै छ ,जुगा राख्दैमा प्रचंडे लेनिन ,स्टालिन हुने भए ,धोति लाउदैमा गच्छेदार गान्धी हुने भए , गोरु को ठाउ मा बोका ले दाइ गर्दा हुन्थ्यो |

    • म दुइ ओटा संभावना देख्छु
      कि मदन भण्डारीको हत्या द्रोण जी ले भने जस्तै भारतीय र अमेरिकी गुप्तचर संस्था हरुले नेपालका केहि प्रभावसाली नेताहरुलाई हातमा लिएर गरेको हुन सक्छ, तेसैले एमाले आफैले सरकार चलाउदा अथवा बिद्या भण्डारी आफै रक्षा मन्त्रि हुदा पनि यो कुरा निकाल्न डराइन , वा हिम्मत गर्न सकिनन्

      वा

      त्यो बिसुद्ध एउटा नेपालीको लागि अकल्पनीय र असह्य दुर्धटना थियो, जसलाई एमाले ले राजनीति गर्ने हतियार बनायो – आफ्ना महान नेता को मृत्यु लाई राजनीतिक प्रयोग गरि सत्ता म़ा जाने भर्यांग बनायो

    • द्रोण ज्यु
      गुगलमा ” Nepalese Palace Massacre-2001 & Indian Conspiracy ” !!!!!!

  40. आफ्नो सिद्दान्त र मौलिकता बिर्सिएको एमाले….गोरेटो भुलेको एमाले…बाटो बिराएको एमाले…अन्तरिक झैँ-झगडामा लिप्त एमाले…आफ्ना जननेताहरु मदन भण्डारी र मनमोहन अधिकारीलाई सम्झन सम्म नसक्ने एमाले…जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रित प्रति हार्दिक श्रदान्जली…नेपाली आमाको काखमा फेरी मदन भण्डारी जन्मिउन…अहिले देशलाई यिनको अनुपस्थिति खड्किएको छ….

  41. यो अलमल ढलमल गर्ने एमाले ले गाठी कुरा कहिले गर्दैन दिदैन पनि. काम कुरा सधै रहस्यमय गर्छ अनि सकेसम्म यता उता गरि फाइदा खोजिरहन्छ. आफ्नै बिबेकी नेता मदन भण्डारीको यत्रो १९ वर्ष हुदा नि घटना रहस्यमय नै छ कारण एमाले नै …. यसले देश कहिले बनाउछ र????? अझै एमाले भनेर केहि मान्छे छाती फुकायर हिड्छ सपोर्ट गर्छ लाज पचेका?????

  42. यो सरासर षडएंत्र थियो किनकि seatbelt लगाएका मदन भण्डारी र अर्का जीव राज आश्रीत कसरि tirsulima होमिए? जबकी driver अमर लामाको हातमा साँचो छ अनि उसलाई केहि पनि भएको छैन पछि मदन को लास धेरै तल भेटिन्छ तेती बेला ठुलो पानी परेको थियो ओरि परि बालुवा र भुसको थुप्रो सडकको side मा हुनु, तेही सारै डरलाग्दो दाश ढुंगा को खोंच मा सारै गहिरो ठाउमा नै सो घटना हुनु, अनि अमर लामा ले बोलि फेर्नु
    आफ्नै पार्टी को सरकार हुँदा पनि यसको बारेमा चासो नदेखाउनु अनि कालो सिसा भएको गाडी त्यहाँ बाट इंडिया छिर्नु , यसमा गम्भीर षडएंत्र भएको देखिन्छ तर कसले यो घटना गरायो भन्नेमा ठोकुवा गरेर भन्ने ठाउं छैन तेती बेलाको त्यो गीत बडो शोकाकुल थियो मलाई सम्झना आई रहन्छ १६ वर्ष अघिको ,म पनि घटना घटेको ठाउमा पुगेको थिया
    ” बालुवा र भुसको थुप्रो रहस्य को गाँठो छ
    बस खस्दानी driver को हात मा साँचो छ”

  43. एमाले पार्टी कार्यालय बल्खु मा गएर सोधे थाहा होला यो कुरो को गाठी /यो षडयन्त्र गरि हत्या गरेको हो कि दुर्घटना भन्ने कुरा /तेत्रो पल्ट सरकार चलाएको एमाले बन्धु हरु लाई राम्ररी थाहा छ कसले ,किन र के उदेश्य राखेर हत्या गरे भन्ने/नत्र त गिरिजा प्रधानमन्त्री हुदा हत्यारा पत्ता लगेन एमाले आफै सरकार मा ३ पल्ट पुग्दा किन हत्यारा पत्ता लाउन सकेन?”आफै बोक्सी ,आफै धामी”भएर किन बसेको छ एमाले????

  44. मदन भण्डारी जस्तो हुनहार नेता देश ले गुमायो सबै देश प्रेमी जनताको लागि त्यो दिन ठुलो दुर्भाग्य को कालो रात थियो | अब त्यो घटना, आफै घटेको थियो या घटाइएको थियो भन्ने प्रसंग मा भन्नु पर्दा, यदि तपाइँ ले अमर लामा को सबै अन्तरबार्ता हेर्नु भयो भने उसले हरेक अन्तरबार्ता मा एकै जवाफ दिएका छन, त्यो घटना थियो, मलाइ सुरु सुरु मा विश्वास लागेको थिएन, पछी जति पटक मैले उनको अन्तरबार्ता पढे, सुने उनले कहिले आफ्नो जिब्रो लर्बराएको देखिन| घटना भएको राजमार्ग मा त्यो प्रकृति का घटना धरै पटक भएका छन, र हजारौं जनता ले आफ्नो ज्यान गुमाएका छन् त्यस कारण मललाई लाग्छ , त्यो एउटा दुर्भाग्य बस घटेको घटना थियो| पानी परेको बेला त्यो राजमार्ग एकदमै चिप्लो हुन्छ अनि अलिकति ब्रेक लगायो भने गाडीले सन्तुलन गुमाईहाल्छ, त्यो हामी आफै ले भोगेको कुरा हो|यदि अमर लामा पनि मरेको भए साएद त्यो मात्र घटना हुने थियो , तर दुर्भाग्य बस बाचे अनि पाउनु सम्म को दुख पाए र अन्त्य मा आफ्नो ज्यान पनि गुमाए| अमर लामा चालक थिए सो उनले जीप खस्दै गर्दा हम फल्ने मौका पाए तर महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित ले त्यो मौका पाउन सक्नु भएन र ज्यान गुमाउनु भयो जस्तो मललाई लाग्छ | यदि यो घटना घाटाइएको भए अहिले सम्म कुनै न कुनै रुप मा यस घटना को पर्दा फास भई सकेको हुने थियो| यदि यो घटना घटाइएको थियो भने त्यो माधव नेपाल र ओली ले नै घटाएका थिए तर मलाइ भने यस घटना मा अरु कसै को हात थियो जस्तो लाग्दैन |

Comments are closed.