चार उपप्रधानमन्त्रीको नयाँ रेकर्ड

बोर्ड फर्स्ट प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ नयाँ कीर्तिमान बनाउने क्रममा आज फेरि एउटा कीर्तिमान राखेका छन्। अहिलेको उनको नेतृत्वको मन्त्रिमण्डल नेपालको इतिहास मै सबैभन्दा बढी उपप्रधानमन्त्री भएको हो। पहिले हामीलाई एक जना उपप्रधानमन्त्री हुँदा नि के उप बनाइराहोला जस्तो लाग्थ्यो। तर अहिलेको मन्त्रिमण्डलमा एक हैन, दुई हैन, चार चार जना उपप्रधानमन्त्री छन्। यसअघि फोरमका विजयकुमार गच्छदार, काङ्ग्रेसका कृष्ण सिटौलासहित माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री थिए। आज एमालेका तर्फबाट सरकारमा गएका ईश्वर पोखरेल पनि उपप्रधानमन्त्री भएपछि उपहरुको संख्या ४ पुगेको हो।

यी ४ उपहरुको काम भने फेरि केही छैन। किनभने यिनीहरुको जिम्मेवारी नै केही तोकिएको छैन। मन्त्रिमण्डल विस्तारमा भागवण्डाको कुरा मिल्न बाँकी नै छ त्यसैले यिनीहरुका नामका मात्र मन्त्री, नामका मात्र उप। उप बनेपछि अलि धेरै सुरक्षाकर्मी र र्‍याङ्किङ बढी हुने मात्रै हो। जनताको नजरमा भने सबको र्‍याङ्क कस्तो छ, हामीलाई मात्र थाहा छ।

उपहरु मात्र हैन, मधेसी मोर्चाबाहेकका सबै मन्त्रीहरुको पनि विभाग तोकिएको छैन। सबै नालायकहरु जस्तो बिना विभागीय मन्त्री बनेर काम धाम बिना तलबभत्ता पचाइरहेका छन्।

आज एमालेमात्र हैन, राप्रपा र एक सिट जितेको दलहरुका अध्यक्ष पनि बिना विभागीय मन्त्रीको स्वाद चाख्न गएका छन्। सब सत्तामुखीहरु ! लाज शरम छैन !!

हेरौँ, कस्तो भएको छ अहिले मन्त्रिमण्डल-
१ डा. बाबुराम भट्टराई प्रधानमन्त्री
माननीय उपप्रधानमन्त्रीहरू
२ विजयकुमार गच्छदार (मधेसी मोर्चा) गृह
३ नारायणकाजी श्रेष्ठ (माओवादी) बिना विभागीय
४ क़ष्णप्रसाद सिटौला (काङ्ग्रेस) बिना विभागीय
५ ईश्वर पोखरेल (एमाले) बिना विभागीय
मन्त्रीहरू
६ हृदयेश त्रिपाठी (मधेसी मोर्चा) भौतिक योजना तथा निर्माण
७ पोष्टबहादुर बोगटी (माओवादी) बिना विभागीय
८ टोपबहादुर रायमाझी (माओवादी) बिना विभागीय
९ राजेन्द्र महतो (मधेसी मोर्चा) स्वास्थ्य तथा जनसङ्ख्या
१० वर्षमान पुन (माओवादी) बिना विभागीय
११ दीनानाथ शर्मा (माओवादी) बिना विभागीय
१२ महेन्द्रप्रसाद यादव (मधेसी मोर्चा)सिंचाई
१३ राज किशोर यादव (मधेसी मोर्चा)सूचना तथा सञ्चार
१४ सुर्यमान गुरूङग (काङ्ग्रेस) बिना विभागीय
१५ राधा ज्ञवाली (एमाले) बिना विभागीय
१६ अनिल झा (सङ्घीय सद्‍भावना) बिना विभागीय
१७ चन्द्रदेव जोशी (नेकपा संयुक्त) बिना विभागीय
१८ परशुराम खापुङ (राप्रपा) बिना विभागीय
१९ केशवमान शाक्य (नेपाः पार्टी) बिना विभागीय
२० एकनाथ ढकाल (परिवार दल) बिना विभागीय

82 Comments

  1. हो हामी हरु सबै मिले र हाम्रो सिगो नेपाल एक बनाउनु पर्छ.देस हाम्रो सिगो हुनु पर्छ टुक्रा नपरु नेता हरुहो फिरी इदध हुन्छ ….,

  2. अहिले पार्टी अनुसारको उप प्र म , आगामी दिनमा जात अनुसारको उप प्र म ……आखिर सबैलाई देश बनाउनु भन्दा पनि पद र सत्तामा पुग्न नै परया छ …….

  3. everyone is opportunistic look at these hungry leaders. They should at least feel shame on them because how greedy they are about power. If they were honest towards people they would not accept deputy prime-minister post..

  4. अब अरु जागिर खान जानु भन्दा नेता भएर मन्त्रि हुनु नै सबै भन्दा श्रेयस्कर छ. मन्त्रि हुने बित्तिकै ( एकै दिनको लागि किन नहोस ) आजीवन तलब भत्ता पाईन्छ. किन बित्थामा थोरै पैसा को जागिरको मुख ताक्ने? गरीब जनता भोकभोकै मरे पनि भू पु मन्त्रि भए पनि राज्यको ढुकुटीको पैसा मा हालीमुहाली गर्न पाउने भएपछी यो भन्दा ठुलो जागिर के नै हुन्छा र ? त्यसैले त डाक्टर बाबुराम भट्टराई जी ले पढेर आफ्नो योग्यताको प्रमाणपत्र कोल्काटेको फुसको छानो भित्र घुसारेर मावोवादीको नया हुन जंगल पसेको थियो . आर्किटेक्ट को काम गरेको भए कतिनै कमाई हुन्थ्यो र, अब प्रधान मन्त्रि भए पछी नमरुन्जेल सम्म फोकटमा तलब भत्ता पाउने नियम बनाई हाल्यो. त्यसैले अब ४ वटा उप प्रधान मन्त्रि मात्र होइन सयौं उप को पनि उप बनेर देसको दुकुटी रित्याएर मुग्लान पसौं. यी देस र निमुखा जनता भनेको भद् मा जावस.

  5. अब चार प्रधानमन्त्रि मात्र बनाउन बाकी छ |. यति गरे सम्पूर्ण कुरा मिल्छ |. अनि सहमति हुन्छ र संबिधान बन्छ त्यसपछि देश स्वित्जर्लायंद बन्छ |

  6. प्रधानमन्त्री पनि ३-४ जनै ठोके कसो होला ? कस्को बाउको के जान्छ र ?

  7. अब चार प्रधानमन्त्री पनि बनाएर नया विश्वो रेकर्ड राखने पो हो कि ? आखिर सबैलाई पद नै त चाहिएको हो रहेछ त !

    • किर्तिमानधारी बोर्ड फर्स्ट १००८ प्रधानमन्त्री श्रीमान बाबुराम भट्टराईले पायो भने यो रिकर्ड पनि तोड्ने छ !

  8. कालले बिर्सेका नेताहरु बोरामा हालेर कोशीमा हाल्नु खालको …..सितैमा पायो भने कात्रो पनि नछोड्ने कुनै मन्त्रालय खालि हुनु परेंन मन्त्रि भन्ने सात राल चुइगायो ,,,,

  9. संक्रमण कालमा यस्तो देखिनु कुनै आपत्तिको कुरा जस्तो त लाग्दैन तर अध्यादेस मार्फत ल्याईएका आजीवन सुविधाहरु भने यी केहि दिनको लागि उप-प्रधानमन्त्री आदि बनेकाहरुले घिच्ने नै भएर पो त समस्या . अझ त बिना-विभागीय मन्त्रि त कति हो कति !!!
    हे भगवान कस्तो यो संक्रमण काल, यो त नेता र पार्टीका कार्य कर्ताहरुलाई फलिफाप पो बनाउने भो त गाँठे .

  10. हामी सबै लाइ थाहा भएको कुरा हो देश र जनताको लागि भए एउटा प्रधानमन्त्रि र एउटा उपप्रधानमन्त्रि र केहि विभागीय मन्त्रिहरु भए पुग्दछ . ४ /४ जना उपप्रधानमन्त्री र लटरम्मै बिना विभागीय मन्त्रिहरु देश र जनताका आबस्यकता होइन. माओबादी त लुटेरा नै हो, अरु पार्टीका नेताहरु भनाउदाहरु पनि लुटेरा हुन्, देशका ठुला सत्रु हुन्, यी लुटेराहरुलाई जनताले राम्रो संग कारबाही गर्नु पर्दछ . मुस्तांग गाडी चढेर मिताबियता अपनाउने बिध्वान डाक्टर प्रधानमन्त्रि महोदय यसरी नेपाली जनताको अगाडी लाज सरम पचाएर कहिले सम्म नागै हिड्नु हुन्छ
    कमसे कम लाज जोगाऊन एकसरो धरो त बान्नुस.

  11. अब हामी नेपाली हरु ले हाम्रा देशद्रोही भ्रस्टचारी गदार नेता भनौदा हरु ले आफ्नो स्वार्थ पुरा गर्न को लागी ४ वोटा नलाएक प्रधान मन्त्रि ४ वोटा रास्ट्रपति बनाए पनि सम्जोता गर्न बाहेक अरु कही गर्न सक्दैनौ ! किन कि यो देश मा अहिले जनता नै छैनन् !

  12. “हग्ने लाई भन्दा देख्ने लाई लाज “भनेको यही नै हो । उपप्रधानमन्त्री बनाउने लाई भन्दा बन्नेहरुलाई अवस्य पनि लाज लागेको होला !हरेक पार्टीहरुले पूर्णता
    लाज पचाई सके पछी ,कस्को बाउु को के लाग्छ र । शायद ईतिहासका भावीपुस्ताका विद्यार्थीहरुको लागि नयाँं बिषय बन्ने भो।

  13. अब क भन्नु !! जय होस् नया नेपाल को !! 😀

  14. आहा कति रमाइलो !!!!!!! ४ जना उप-प्रधान मन्त्री यौटा देशमा ….प्रधान मन्त्री पनि २ त चाहिने नै हो. ल बधाई छ बाबुराम सरकारलाई ……….हामी नेपाली हुनुमा गौरब गर्छौ. जय नेपाल जय ४ उप-प्रधान मन्त्री ……

  15. अब बन्ने संबिधान मा उप प्रधानमन्त्री पनि एक जाना मात्र बन्न पाउने हुनु पर्छ. हैन भने भोलि गएर एक प्रदेश एक उप प्रधानमन्त्री हुने अवस्था आयो भने ११ प्रदेश को ११ उप प्रधानमन्त्री हुन बेर छैन

  16. ४ दलका मात्रै उप-प्रधानमन्त्री भएर कहाँ हुन्छ, २९ दलका २९ उप-प्रधानमन्त्री हुनु पर्छ । ४ जना हुँदा यत्रो आपती किन नि ?

  17. पहिले राजाहरुको पालामा आफु श्री ५ महाराज हुनको लागि साना साना राजाहरु हुनु पर्ने भयको ले नेपालमा ४ जना साना राजाहरु लाई सरकारी भत्ता दियर सानो राजा कयम राखी आफु श्री ५ भय थियो भने आहेले हाम्रो महान प्रधानमन्त्री ले पनि आफु महान श्री ५ प्रधानमन्त्री हुन ४ जना उप प्रधानमन्त्री हरु नियुक्त गर्नु भयको छ । thats why mr baburam is also shree 5 pradhanmantri from yesterday.

  18. होइन यो कृष्ण सिटौला, भारतको agent फेरी सम्भिदान बन्ने बेलामा उपप्रधिन्मिन्त्री भयो, भारतको इशारामा के अब यो र एसको सहयोगी बाबुराम, दुवै भारतीय agent हरु मिलेर, भारतले लेखेको ready made सम्भिदान जारी गर्न लागेका हुन् ?
    होइन भने उपप्रधिन्मिन्त्री हुने बित्तिकै जेस्ठ १४ भन्दा अगाडीनै सम्भिदान जारी गर्छु भनेर कुर्लिदै हिन्नु को क अर्थ हो ?

  19. यही गर्न नपाएर १३ हजार नेपालीको ज्यान जाने युद्दमा देशलाइ धकेले बाबुरामले, यो कस्तो मुर्खता, कस्तो आरिश, कस्तो डाह, के-के विशेषणले बयान गरौ एस्लाई ????

  20. प्रधानमन्त्री को बुद्धि एस्तो छ
    अमेरिका भ्रमण मा जादा बरक ओबामा ले सोधे रे प्रधानमन्त्री जी तपाई यो राजनीति बाहेक खान बस्न छोरा छोरी पाल्न आफ्नो दैनिकी चलाउन के काम गर्नु हुन्छ ?
    .
    प्रधानमन्त्री:- चन्दा,भ्रस्टचार ,घुस ,लुटपाट ,कमिसन येस्तई त होनी .
    ANI अरु नेता ले नि त्यो पनि माथिको कापी पेस्ट गर्नुस न

  21. हैन यो लिस्ट मा माओबादी को प्र म बाहेक सबै बिना विभागीय मात्र छ त

    • बिभाग तोकेर पो कसले क काम गर्ने हो र..

  22. हामीले देश बिकास त गर्न सकेनौ, सकेनौ र चाहेनौं पनि ! झन् यसरी नौलो रेकर्ड नराखे लाज मर्नु हुन्छ नि !! अब सहमतिमै प्रधानमंत्री पनि चारै जना बनाए सबै काम पुरा हुन्थ्यो कि ? नयाँ विश्व रेकर्ड !!!

  23. यस्तै हो साथी हो, जनता को त नाम मात्र हो । राजनीती भनेकै फूटाउ र राज गर हो । जनता फुटाउ राज गर । जनता एक भए भने त खैरियात नै छैननि । एउटै थिए नेपालीले आश गरेका बाबुराम त्यैपनि यस्ता भएर निस्केकि, गिरिजा र माकुने भन्दा केही फरक देखिएन । उहाँको रिमोट कन्ट्रोल पनि उतैबाट चलेको रैछ ।

    अहिले मच्चाइएका जातिय भाँडभैलो र यो उपप्रधान्मन्त्रीको जात्रा भनेकै उनीहरूले गोप्य रुपमा भारतसंग भएको संझौताहरू बाहिर आउने डरले र जनताहरूको ध्यान अन्यत्र मोडाउन रचिएको चाल हुन सक्छ । ताकि जनताहरू सडकमा नआउन । आउन् पनि कसरी पार्टी, जात, धर्म, क्षेत्र आदिका नाउँमा जनताको शक्तिलाई टुक्र्याइएका छन् ।

    खुलेआम रुपमा सत्ता हत्याउन देश र जनताको भविष्यमाथि खेलबाड गर्दैछन् । हामी आफ्नै सपनाहरूको हत्याको साक्षी भएर बस्न सिवाय केही गर्न सकेका छैनौ । जबसम्म नेपालमा बाहिरी विशेष गरी भारतिय प्रभाव कम हुन्न, नेताहरूले यस्तै चटक देखाइरन्छन् र हामीलाई गुदी कुरा थाहै हुन्नन् ।

  24. अर्को सरकारमा प्रधानमन्त्री पनि हरेक पार्टी बाट राख्नुपर्छ !

  25. अनी हामी नेपाली जनता पनि कती मुर्ख? देश बिकास भयन भयन भन्छोउ! एत्रो बिकास भि र छ! चार, चार जना उप प्रधान मन्त्री छन! हामी कत्ती भाग्यमानी? जनता जती भरोस, नेता जती मरोस!

  26. देश ले अलिकति भय पनि राहत पाउछ कि भन्ने बेला मा सबै पार्टी हरु मिलेर राज्य संचालन मा सहभागिता जना उन लागेको बेलामा १ अई चोटी ठ्याक्क मिलेर बस्दैन यो सुरुवात मात्रै हो अरु कुरा बिस्त्रि हुन्छन तेसैले साथी हरु साबि कुरा लै नकरात्मक हेरेर कहिल्यै उवों लगिदैन transit period को बिरोध भन्दा समर्थन गरौ …

  27. At least all parties came together…..
    At least constitution is going to come….
    At least peace process completed…..
    AND this is only for few days….

  28. यहाँ नेता भन्दा पनि जनता भेडो भएर नेता हरु को हाली मुहाली हामी ले टुलुटुलु हेरेर बस्न बाध्य भएको /अरु बेला खुखुरा को चल्लो मर्दा पनि बन्द ,तोडफोड हुने हाम्रो देस मा किन नेता हरु को हर्कत ,गाइजात्रा माथि आवाज उठ्दैन ?जतियेता को नाम मा हामी भाई,दाई लड्नु भन्दा यी अजात हरु लाई किन समाज मा बहिस्कार गरिदैन? हुदा ,हुदै गाइजात्रा मा ४ उपप्रधान मन्त्रि को प्रहसन पनि हेरेर नै बस्ने होला नि कि कसो??संबिधान बनेन टुलुटुलु हेरियो,देस रागो काटेर भाग लाए झैँ भाग लाउदै छन् फेरी टुलुटुलु हेरियो,जातियता को आगो देस मा बलिरहे को छ तेता पनि टुलुटुलु हेर्नु परेको छ हुदा हुदा अब ६०१ मन्त्रि भैं सके र पनि सहनु पर्ने हे कर्म???कहिले यी लठक,नकाम,बेसरम ,भडुवा,अजात हरु को बिरोद गर्ने???बाबु राम भट्टराई जी सबै कुरा मा बोर्डफस्ट भएर होकी के भएर तपाई को मति सकिएको?? एस्तो काम गरि रहनु तपाई तक्मा पाउनु हुनेछ /खानुस ,चुस्नुस नेपाली लाई बधाई छ सबै नेता हरु लाई /

    • दिमाग र बिचार भनेको फुट्टी छैन रैछ! देख्नु न जान्नु तेसै प्यार प्यार ! बुझ्नु न सुझ्नु तेसै न्ह्यर न्ह्यार!

  29. मित्रहरु किन भ्रम र एक आपसमा तेरो र मेरो भावना राखी नकारत्मक कुरा मात्रै गरिराख्ने । मित्रहरु, कुरा एकदमै स्पस्ट छ (१) राष्ट्र र जनताका नाममा भाषण छाडी पदिय स्वार्थ,सप्ता र भत्ताका लागी मरी मट्ने कारणले गर्दा धेरै उप प्रधान मन्त्री नियुक्ति गराए (२) डा० बाबुराम भट्टराईलाई थाहा हुंदा हंुदै पनि पक्क्ष /िपक्क्षका नेताहरुलाई त्यो उप प्रधान मन्त्रीको पद दिनु बाध्यता आई परेको हुनाले ।यसो नगरिए फेरी पुरानै स्थितीमा जान सक्ने कारण अर्थात अबिस्वासको वाताबरण सिर्जना हुने र फेरी नेपालको नयां सम्बिधान नबन्ने स्थिती हुने देखे पस्चात सबै दलहरु सहमतीको जगमा टेकी यस्तो निर्नय गरेका हुन ।। यस्तो स्थितीमा जुन सुकै पार्टी नेताहरुले सरकार गठन गरिएका भए पनि यस्तो गर्नुको बिकल्प अर्को बाटो थिएन ।

  30. Friends and commentators, it is not Baburam that is controlling corruption, it is corruption that is controlling Baburam.

  31. धेरै जनाको कुरो सुन्दा लाग्छ,

    माओबादी ————उग्रबामपन्थी
    एमाले—————–ढुलमुले / दहीचिउरे
    कांग्रेस —————-सामन्तबादी
    पन्चे——————-राजाबादी
    मधेशबादी————-अवसरबादी

    सबै गलत कुरो हुन्,
    बास्तवमा नेपालमा राजनैतिक पार्टी नै छैन मात्र स्वार्थ समुह छ/ आफ्नो स्वार्थको लागि तिनीहरुले बिभिन्न तरिका अपनाएको मात्र हो

    माओबादी ————मान्छे मारेर आफ्नो दुनो सोझ्याउने समुह
    एमाले—————–आफ्नो दुनो सोझ्याउन जे पनि गर्ने रकमीहरुको गूट
    कांग्रेस —————-प्रजातन्त्रको खोल ओढेको शोसकहरुको डफ्फा
    पन्चे——————-राजाको चाकरी गरेर सारा नेपालीलाई आफ्नो नोकर-चाकर सम्झने स्वार्थ-मण्डल
    मधेशबादी————- राज्य र पहाडेहरुबाट पिडित निरिह नेपालीहरुलाई उचालेर सधै सत्तामा टासिने अघाएको जुम्राहरु /

    कि मैले नबुझेको पो हो कि ?
    लौ न मलाई बुझाई दिनुस,
    राजनैतिक पार्टीको रुपमा हेर्दा माओबादी, एमाले, कांग्रेसमा फरक के छ ?

    जदौ
    तेन्जिंग गाबा

  32. अब कोइ पनि मन्त्रि खान मान्दैनन, कम्तिमा उप खोज्ने भएका छन् . केहि वर्ष पछी सबै उप प्रधानमन्त्री हुनेछन, मन्त्रि बिनाको के .

  33. अब एक अर्का लाई दोस दिन भन्दा पनि बुज्नु पर्ने कुरा हाम्रो देस का कुनै पनि नेता र पार्टी हरु देस विकास गर्न का लागि होइनन. अब यिनले फलाक्ने नारा हरु का औचित्य पनि बुज्नु भयो होला नि ! सब वाईगात हुन् . हा..हा .. हा…अब बन्ने संबिधान मा ३८० सभासद रे..यो पनि खाने चाला त हो नि …… अनि दलित, जनजाती का नाममा …..अर्को लफडा निकाली राजनीति गर्ने……सबै लाई मुख्य मन्त्रि हुनु परेको छ …तेसैले जनजाती को राज्य भए पनि गरिब को भलाई त केहि गरि हुदैन . ..मधेसी नेता पोसिए जस्तो गरि मदेश का को भुडी भरिएको छ र? बिजय कुमार गच्छदार को जस्तै मोज अरु थारु को होला भन्ने नसोचे हुन्छ…दुइ चार वोटा बाहुन छेत्री जस्तै सब्बै को तेही अवस्था र सोच छ भन्ने भ्रम फैल्येउने परिवर्तन जी ले पनि अब कुरा बुज्नु होला नि …..

    साथी हो अरु केहि होइन हाम्रा अहिले का नेता को सोच नै देस तुक्र्येउ अनि मोज गरौ भन्ने छ …भारत तेस सोच भएका नेता हरु लाई पोसि राखेको छ ..
    ..यो जातिय पहिचान को नाम मा जनजाती का साथीहरु ले नचाहिदो बबाल नगरे पनि हुन्छ..हाम्रो जस्तो देसमा ७० भन्दा बादी जति को एकै किसिम को पहिचान गर्न सके त अति नै राम्रो तर हाम्रा नेता का चाल हेर्ने हो भने एस्तो सम्भब नै देखिदैन . भोलि एक मधेस एक प्रदेस भए पनि मोज गर्ने गुप्ता नै हो, थरुहट को तेही बिजय कुमार नै हो, अनि हामी बाहुन छेत्री को पहिचान खोइ भन्ने अर्को रडाको निकालेर मोज गर्ने यिनै प्रचण्ड, बाबुराम, झले अनि देउबा हरु नै हुन्छन ….
    साथी हो अब बर्गीय संघर्स गरौ , जात जात को झगड नगरौ ..अहिले हिजो को जस्तो एक दलिए प्रणाली त छैन नि .
    …अनि सबै जाती,,, . लगाएत बाहुन छेत्री ले बुज्नु पर्ने एउटा कुरा के भने शंघियेता ले पक्कै पनि सबै नेपाली को भलो गर्छ तर हाम्रा नेता हरु ले जातिय पहिचान का नाममा नचाहिदो बबाल पनि गर्दै छन्, जसले समग्र नेपाली र गरिब लाई कुनै हित गर्न सक्दैन.

  34. Now let’s get few prime ministers too to sustain govt and to secure good future for ever with these selfish leaders. Now it is not far public will punished them soon!

  35. होइन हो मैले बुझ्न नसकेको कुरा यी ऊपप्रधान मन्त्रि हरुले चाही के गर्छन ?? के के हुन् यीनीहरु का काम कर्तब्य र अधिकार हरु ?? की कुर्ची मा बसेर भर्स्ताचार गर्नु नै यिनी हरुको काम कर्तब्य र अधिकार हरु हुन्!!!!

  36. हैनहो साथीहो, पाचौ उपमा उठ्ने कोहि हुनुहुन्छ भने भन्नु होला है, अमेरिका तिर पनि सिफारिश गरि हेरौला | साउथ ब्लक ले चार बनायो एक ओटा लाई उप बनाउन कसो नामान्लार ? हुनत देउबा सहभागी छैनन् सरकारमा ## ##

  37. नेपाली जनता जति कराए पनि जति रोए पनि जनताको हात बाट सबै कुरा ३ पार्टीका नेताको हातमा गैसक्यो/नेता कहलिएकाहरु कसरि आफ्नो स्वार्थ पुरा गर्ने त्यस उद्द्योगमा लागिरहेका छन/जनताको कुनै वास्ता छैन् /कसैले उधारो धतुरो नबजाए हुन्छ/देशमा राम्रो हुन्छ,जनताको राम्रो हुन्छ भनेर कसैले आशा मात्र गरेको छ भने त्यो मात्र दिवा सपना हो/गरिब मुलुक नेपालमा ११ प्रदेश ,त्यसका सांसद मन्त्रीको खर्च,केन्द्रमा भारिभर्कम सांसद संख्या,४-४ जना उप प्रधान मंत्री/जम्बो मंत्री मण्डल / यता देशका नागरिक अरबको मरुभूमिमा बालुवा निचोरेर पैसा देशमा पठाउन बिबस/त्यहि पैसाको भरमा राजनैतिक नाङ्गो नाच? देशको राजश्वले कर्मचारी पालन पुग्दैन भने यत्रो राजनैतिक खर्च कहाबाट ल्याउने? उद्द्योग छैन,बिद्द्युत छैन,कलकारखाना सबैमा खिया लागेको छ/अनि…? देश त सुडान उन्मुख भयो/ बरु देश बचाउन जुर्मुराउ/यी देश माराहरुको भरमा नपरौ

  38. के गर्न हाम्रा नाता अलेकती लाज सरम भैदेयको भय सायद यो दिन नेपालीली . . . . . . . . . . . ……….

  39. म मवोबादी होईन र बाबुराम को समर्थन पनि गर्दिन, म कम्युनिस्टमा विश्वाश पनि गर्दिन। तर यो लेख र केही साथीहरूको कमेन्टस् हेर्दा एक तर्फी लग्यो। अवस्य पनि जम्बो मन्त्रिमन्दल राम्रो होइन, तर बाबुराम प्रधन्मन्त्री भएपछी धेरै सकरात्मक ईतिहास रच्ने काम भने हुदैछन्। बर्सौ देखि अड्केर बसेको सेना समयोजन तुङियेको छ। सम्भिधान बन्ने बातावरण बनेको छ। आफ्नो पार्टीको बिरोधको बाबजुध प्रचन्डको सहयोग लियेर सम्भिधन बन्ने बतावरन बनएका छन् । पार्टीको छिमेकी राष्ट्रहरू सँग बिग्रियेको सम्बन्धमा सुधार गरेका छन् । बर्सौ देखि कसैले हिम्मत नगरेको काठमाडौंको बाटो मिचेर बनयेका घरहरू भत्कायेका छन्, काठमाडौंमा सार्वजनिक जग्गामा सुकुम्बसी बसेर मिचेका जग्गा खाली गरयेक छन् । खाली गरयेका तरिकामा भने मेरो असहमती छ, यसलाई ब्यवस्थित गर्न सकिन्थ्यो । तर मिचह प्रब्रिती हतोत्सही भएको छा । त्यो राम्रो पक्छ्य हो । बाबुरामले हालको जटील परिस्थिती लाई कसरी सहज ढंगले अगाडि बडयेका छन् ईतिहासले अवस्व मुल्याङ्कन अवस्य गर्ला …

  40. खोइ अब भन्न नै के बाकी रह्यो र. यी लाज नभएका हरु को ताल हेर्दात अब ११ प्रदेश मा ११ जानै प्रधानमन्त्री हुन्छन होला, फेरी ४०-५० जना मन्त्रि हरेक प्रदेश मा, मात्र यिनी देश लुटेराहरुलाई देश को सम्पति, चिल्लो गाडी र कुर्सि त चाहिएको छ नि/ इतिहास रच्नु नै छ भने यी देश लुटेरा हरुलाई गोलि ठोकेर रच्नु पर्यो/

  41. पहिला पहिला प्रधान मन्त्रि, मन्त्रि, राज्य मन्त्रि र सहायक मन्त्रि हुने प्रचलन थियो | अब त्यो सहायक मन्त्रिको प्राबधान हटेजस्तो छ | सायद सहायक मन्त्रि – राज्य मत्रिमा बढुवा भएको होला | सबै मन्त्री पदहरु एक-एक तह बढुवा हुदा हिजोको मन्त्रि पद आज उप-प्रधानमन्त्रि भएको हो | त्यसैले अहिलेको सरकारमा ४ जना मात्रै मन्त्रि हुन् अरु सबै राज्यमन्त्री हुन् | यसरि कुरो बुझौ न | 🙂 🙂

  42. चार गोटा उप-प्रधानमन्त्री सहित काशी कश्मिर अजब नेपाल भनेको यौटा यो पनि भयो !!!!!

    सुरज श्रेष्ठ

  43. चार जना उप प्रधान मन्त्रि ठिकै हो , मिल्छ भने आठ जना जति सहायक प्रधान मन्त्रि पनि बनाउने कि ??

  44. Thukka !! laaz saram pacheko harami haru ! desh ko sampati ra srot nass garne guh ko kira..Arko chunab ma dekhlaash !!! bhikh mangante khana na payeko vhikhari haru..Timi haru laai Janata le thuki thuki marun ..timi haru upa PM hunu bhanda nagar panchayet ko chyame le baru respect paula tara timi haru ta guh ko kira nai ho !!

  45. भन्नि कि नाभन्नी !
    भन्यो भने हाम्रा पुष्प जी शसांक जी हरुले बिस्बासै गर्नु हुन्न मलाई राजसस्थाबादी भनेर !
    तैपनि अब मनमा लागेको कुरा भन्नै मन ला’र हो , सत्य सत्य ऐले मलाई हाम्रा प्रम बाबुराम देखेर एकदम टिठ ( माया नै भन्दा हुन्छ ) ला’छ .
    कठै त्यतिका बिद्द्बान व्यक्तिले यस्तरी निर्णय गरे त ???!!! चार चार ओटा उप प्रम हरु अनि कति हो कति त बिना विभागीय मन्त्रि — ??? अनि त्यस मध्ये मा विभागीय मन्त्रि हरु चै मधेसी मन्त्रि हरु कै संख्या बढी बाबै !!!??? अरु हरु चै ऐलेलाई ” बिना विभागीए मन्त्रि ” का पोस्टमा तुर्लुङ्ग झुन्डेर बसिरा’छन —
    तुर्लुङ्ग झुन्डेर हावामा काबा खाए पनि सत्ता रसमा डुबेसी तलब सुबिधा भत्ता मज्जैले पचाई हालछन् लाजै नमानी —
    उसो त यसो पनि कति दिन नै होला र ! फेरी उताबाट तिनका प्रभुले को कुन विभागको मन्त्रि बन्ने भन्ने पनि फिक्स गर्देलान् नै —
    के भन्नि ! यस्तो भई रा’छ मुलुकको राजनीति — —
    यस्तो नेपाल चाहेको हो नेपाली जनताले ?????????? हैन नि !
    त्यै भ र भन्या ” संबैधानिक राजतन्त्र ब्युताउ ! देश बचाउ !!”
    पुष्प जी हरु बौलाउन लायो भन्नु हुन्छ मलाई !
    त्यस्तो हैन , डर चै लाई’रा हो . आज चै पक्कै पनि झसंग चै तपाई हरु पनि हुनु भो होला फेरी एक पल्ट — यस्तरी पटक पटक कति पटक झस्कि सक्नु भो होला तपाईहरु पनि —
    बिचरा ! झस्केर पनि तपाईहरु चुपचाप हुनुहुन्छ किनभने तपाई हरुलाई ‘कम्युनिस्ट’ नाम को भूतको डोरीले बाध्या छ —
    त्यो डोरी फुकाई हेर्नुस अनि कुनै पार्टी नसम्झी मात्रै नेपाली सम्झिनुस त ! तपाईहरु पनि म जस्तै गरि कराउनु हुने छ —
    त्यो बेला तपाईलाई गगने जी हरुले ‘ बौलायो ‘ भन्नु हुने छ अनि तपाई रोएर हास्नुहुने छ ——————————–

    • आफ्नो श्रीमतीलाई क्रिस्तानी धर्म फैलाउन मदत गर्ने डा तुलसी गिरि स्वच्छ छविको रुपमा प्रधानमन्त्री हुने ठाउँ नेपालमा ४ उप प्रम कुन आश्चर्यको कुरो भयो र !? दिनेले त बाध्य भएर दिए अरे, लिनेलाई पनि त लाज लाग्नुपर्ने! संक्रमण अवधिमा यस्ता उटपट्यांग कामहरु भएर ल्याउँछ है लुनाजी ! राजारहितको संबिधान बन्न लागेकोमा लुनाजीलाई बिस्मात पो लग्यो कि ??!!!

      • हाहाहा!
        लुनालाई त्यो, हाम्रो राजा हाम्रो रानी प्राण भन्दा प्यारो छ भन्दै शहर बजार घुमेको र चौर मा चकलेट मिठाइ हारालुछ गरि राजाको बर्थडे मनायको सम्झनाले सतायो जस्तो छ! खुबै मिस भै रहेको जस्तो छ!

    • केहि पाउन को लागि केहि गुमाउनु पर्छ लुनाजी तपाईको शाह राजाहरु को पनि धेरै भएर नै आज यो भएको हो ।

    • जे होस् लुना ले पनि बल्ल मान्छे छिन्न थालिछान . तर लुना जी को अतिबादिता चाहि ध्यान दिने पर्ने भयो . हिजो अस्ति बाबुराम ले के के नै लाछार्छा भन्थिन अहिले राजा औ रे . अब राजा चाहि आउन सक्दैनन् . अनि भागबण्डा भाको बेला जसले नि माग्छन यति बेला नमागे फेरी पाइदैन पनि नि . कि कसो

    • अहिलेको मेलो भनेको नयाँ संबिधान बनाउने हो । तर संबिधान बनाउनेहरू जति सक्रिय छन्, त्योभन्दा बढी बन्न नदिनेहरू सक्रियरुपमा लाग्याछन् । ५० थरि पार्टीका ५० थरि मत छन् । तर मुख्य रूपमा रहेमा पार्टीहरूको साथ् नलिई यो सम्भव छैन । चित्रे, कमलेहरुका त दिन गैसके उनीहरूको कुरा नगरौं । त कुरो के भने, मूलधारे पार्टीहरूका हर्ताकर्ता अझै पनि जनताले हराएका, नकारेका, थुकेकाहरू नै छन् । उनीहरूका लागि पद नै सबथोक हो । त्यसैको परिणाम हो यो चार उपप्रम ।

      • चित्र बहादुर र कमल थापाको को त दिन फर्केको जस्तो लाग्छ आखिर उनीहरुले भनेको कुरो नै सत्य साबित भई राखेको छ. दिन त भारतीय दलाल बाबुराम र प्रचंदेको गएको जस्तो छ जसले यो देशमा हत्या हिंसा मात्र गरेर नपुगेर देशनै टुक्राउने सदयंत्र आफ्नो मालिक हरुको इसारा मा गरि राखेका छन्.

        • भविष्यको परिस्थिति जस्तोसुकै खालको भएपनि चित्रे अनि कमलेहरूको दिन झन् खराब हुँदैजानेछ । प्रचण्ड अनि बाबुरामको अवस्था ठीक यसको उल्टो हुनेछ; चाहे जुनसुकै अवश्थामा पनि । विचार गरी ल्याउनुस त !

          • पुष्प जी:

            चित्रे, कमले, कांग्रेस-एमाले, बाबुराम-प्रचंडे आदि सबैको हालत ‘हात्ती र हात्तीछाप चप्पल’ जस्तै हुने देखिन्छ…जनताको चेतनाले त्यहि संकेत गर्छ./ बढीमा ४-५ बर्ष कुर्नु पर्ला…धैर्य धारण गरौ ….

            • होइन शीलाजी । जबसम्म नया नेतृत्वको उत्तम विकल्प हुदैन त्यसबेलासम्म बाबुराम अनि प्रचण्डको विकल्प छैन । अर्को विकल्पका लागि नयाँ अनुहार चाहियो, तर त्यस्तो अनुहार सजिलै पाउन गाह्रो छ । कमसेकम जनयुद्ध को ह्यांगओभर नसकुन्जेल अर्को अनुहारको कल्पना गर्न सकिदैन । यसका लागि कमसे कम दुई चारदशक त लाग्छ नै । त्यसबेलासम्म अहिलेको जस्तो यो राजनीतिक परिस्थिति नरहन सक्छ । तर पनि जुनसुकै राजनीतिक अवश्था आएपनि मैले माथि भनेजस्तै हुनेचाहिं पाका छ ।

              • आग्रा, राची तिर उपचार हुन्छ रे, बिचार गरौ है पुस्पजी

                • लगनखेलमै छ भन्ने बिर्सेर आग्राका कुरा गर्नु … कतै … होस् पुर्याउनुस् है रमेशजी ।

              • जति दसक कुर्न परे पनि बिग्रेकालाइ ‘बिग्रिएकै’ भन्नै पर्छा, the emperor is naked… आँट गरौ, बादशाहलाई घोडाबाट खसाल्न सकिन्छ/ नत्र त हामी पनि सालाखाला मान्छे भन्दा कहाँ फरक भयौ र…

          • कसको भविष्यके हुन्छ थाहा छैन, देश को चाही अन्धकारमय छ !

    • The alternative of democracy is more democracy…….. No form of autocracy or kingship can replace democracy…..

    • “प्रजा मोटा भया देश बलिया हुन्छ ” भन्ने उक्तिका साथ् सुरु भएको सासकीय परम्परामा चक्र प्रणाली त हुनै पर्यो हैन र ?? शाह बंशीलाई नै कति पोसी राख्ने देशले ???
      लौ न त राजतन्त्र नै कायम गरौ केहि छैन, तर राजा सब भन्दा शोषित पिडित र पिछदिएको व्यक्तिलाई राखौं | तपाईलाई मन्जूर छ त ???

    • राजतन्त्रले देश बनाउला भनेर तपाई जस्ताले बिश्वास गर्नु डुब्नेले तिनका समातेर बाच्न खोज्जे आश गर्नु मात्र हो/ लुनाजी, तपाईको धर्यताले अब भने कुलेलम ठोके जस्तो लाग्यो मलाई त/

  46. ल, नेपाल मा जुलुस निकाल्नेहरुले यस्ता क्रियाकलाप को बिरोधमा केहि पैला अगाडी बढाए हुनेथियो नि प्रभु!!!

  47. खाओ डाकाहरु बाडी बाडी खाओ, छेरुन्जेल खाओ, देश जनता को होइन रहेछ, तिमीहरुको बाउ को सम्पति रहेछ क्यारे, मनपर्दी गर | जनता लाइ बिहान बेलुका छाक टार्न गार्हो छ, जवान युवा र युबतीहरु मरभुमिमा ज्यान को बाजी लगाएर, परिवार संग छुटिएर, कति कस्टले रगत र पसिना बगाएर देशमा पैसा पठाएका छन तिमीहरु तिनै गरिबका रगत मा होली खेल| त्यो दिन पक्कै आउने छ जुन दिन तिमीहरुले गरेको यो कुकाम को एक एक पैसा को हिसाब हुनेछ | देश ले एउटा जंग बहादुर मागेको छ, देश ले फेरी एउटा कोत पर्ब मागेको छ | यी सबै डाकाहरुको चिता मागेको छ |

  48. होइन कति लाज पनि नलागेको हार्मो नेताहरुलाई यिनीहरुलाई सरकारको भुत कति सरो चढेको छ कुन्नि मलाई त दिक्क लागिसक्यो यिनीहरुको कुरा सुन्दा सुन्दा सरकार सरकार अनि सरकार मात्र सरकार ………..

  49. अजब देश को गजब चाला —
    धन्य हो प्रभु, यी हातहरुले यी पांग्रे नेताहरुलाई भोट हालियन !
    थाहा थियो, यी कुवाका भ्यागुताहरु को क्षेमता कुवाभान्दा बाहिर देख्न सक्न्ने खुबी छैन भनेर ! थाहा थियो, यी चप्पलेहरुले देश को बिकाश होइन आफ्नो तुस्ती अनि भुँडी बिकाश पक्कै गर्छन भनेर ! यी पांग्रे नेताहरुलाई पाखा लगाउने

    एउटा सुझाब: (१) रेमिट्यान्स नाकाबन्दी सुरु गरौ ——-

  50. देश बिकाश मा पनि रेकर्ड नै राखून भन्ने आस गरम भर नपरम.

  51. कहिँ नभएको जात्रा हाडी गाउमा भनेको येही हो ..

  52. ठुलो कुरा होइन, शन्ति र प्रगति को लागि बाँकी ६०० जनैलाई उप प्रधानमन्त्री बनाए नि फरक पर्दैन

  53. बिचित्र बिचित्रका कामहरु हुन थाले नेपालमा । लाजमर्नु नै भयो आब त । जनताको रगत, पसिनाको बद्नाम गर्ने यस्ता पाजिहरुलाई सत्तामा बसिरहने कुनै अधिकार छैन । देश सिध्याउने दाउमा लागेका भतुवाहरुलाई सडकमा ल्याएर संबिधान जारी गर्न लगाउनुपर्छ अब । नत्र हामी नेपालीले संसारको सबै ठाउमा सधै हेपाई खानुपर्ने दिन आउन सक्छ ।

  54. लूट चोर हो लूट !!!! क बकिरकने भएउ र अब?दिने लाई भन्दा नि माग्ने लाई लाज लग्नु पर्ने थियो यी आमा बलतकारी हरु लाई .

  55. ए रात्ता मक्कै ! अहिले सम्म एमाले किन घुर्क्याउँदै बसेको भन्ठानेको त आज मदन भण्डारीको तिथि श्राद्द खाएर उप खान जानलाई पो रैछ.

  56. हैन, यी २० जनालाई नै उप- प्रधान मन्त्रि अनि अरु सबै थातःकथित सभासदलाई मन्त्रि बनाउन पर्ने हैन र भनेको ??

  57. देसको अस्थिर राजनीतिमा यो कुरा केहि हैन जस्तो लाग्छ मलाई त / राजनीतिक पार्टीहरु र मन्त्रि बनेकाहरु सबै खुशी छन् / भोका नांगा जनताहरु दाल, भात , औसधि खोजि रहेका छन् / रास्ट्रपति, पधानमन्त्री, मन्त्रीहरु मस्त छन् / तैपनि आस मरिसकेको छैन/ नेपाली जनताले आसा गरिरहय्का छन् / यदि आसालाइ निरासामा बदले भने तीन करोड जनताले छोडने छैनन् / नराम्रो सब्द किन पर्योग गर्ने ……ज्ञानेन्द्रको अवस्था नहोस नेता जीहरू …..समय बाकी छ / आफनोलागि नभई जनताको र रास्ट्रको लागि कही गर / पशुपतिनाथ रास्ट्रको रच्छा गर …

  58. बाबुराम ले थोडी बनाको हुन् र ?देश कसले चलाई रा छ ?भारतीय दुताबास,साउथ ब्लक ले |
    उसले जे भन्यो ,त्यो न माने प्रचण्ड जस्तो ”आशै आश मात्र पनि ,हैन रे छ जिबन ”
    भन्दै फेरी बुद्द ,गान्धी बन्नु पर्यो |खोला भरि माछा छ ,एक खुट्टा उचालेर ,पेट मा पटुकी बाधेर ब्रत बस्नु पर्यो अनि |
    बाबुराम ले ”हेरेर भन्दा छेरेर मर्ने ” नीति लिएकोले जे मन लाय्गो तेही गर्दैछ |
    पहिले यो पढौ
    १) http://www.indianexpress.com/news/too-many-cooks/९४५५५६
    फेरी यो पनि पढौ
    २) http://www.nagariknews.com/opinions/98-opinion/40789-2012-05-16-06-24-58.html

    • द्रोण ज्यु
      तपाईंले त् यो कुरालाई तलबार भन्दा तिखो हतियारै बनाउनु भयो नि/ यो हतियारले मधेशबादीहरुलाई ठुलै चोट पर्छ है, अलि कति होसियारी अपनाउन सल्लाह दिन्छु/ नेपालको तराईको ४ जिलाहरु जंग बहादुरको कारण भारत हुन् नसकेकोमा आक्रोस्त हुँदै बाँके बर्दिया कैलाली कंचनपुर नेपालमा फर्काउने जंगबहादुरलाई साला भनेर गालि गर्न सक्ने मधेश्बादिले केहि पनि गर्न सक्छ/ सुनिहाल्नु भयो थारु मैथिलि लाई मधेसी बन्न नमानेकोमा बम हानेको, तराई मधेश नभयको र थारु मधेसी नभयको प्रमाण संगालियाको थारुको संग्राहलय जलेको/ ईनिहरुले कसैलाई पनि केहि गर्न सक्छ/ सरकार आलोक जोसीको चेलाहरुकै हो मधेसी अपराधीलाई माफ गरि हाल्छ/

      • जानकारीको लागि धन्यबाद जान्छ तपाईलाई |
        एकदम सहि भन्नु भो ,ति भाइरस हरु माइसंसार मा पनि छिरी सक्यो |अब जसरि भए पनि
        हामीले माइसंसार लाइ बचाउनु पर्छ |
        हो विभेद छ ,बिबिध समस्या छ ,कहा छैन समस्या र विभेद , तर सार्बजनिक ठाउमा त् हामीले त् जातीय सदभाब बढाउने ,राट्रिय एकता बढाउने पो कुरा गर्नु पर्छ |एउटा जिम्बेबार नागरिक को ,देश को भलाइ चाहने को कर्तब्य हो यो |
        जथाभाबी अरुलाई उचाल्ने ,गालि गर्ने ले त् समस्या झन् बढाउछ हो |
        लेख्नु त् हिमाल ,पहाड तराइ लाइ जोड्ने हिसाब ले लेख्नु ,जाति पाती र बिकृति को अन्त को लागि लेख्नु ,एस्तो लेख्नु जुन पढेर हरेक नेपालि ले सद्भाव र एकता को सन्देस पावोस |
        यहा घृणा ओकलेको छ ,ग्रिह युद्द को लागि रिहर्सल गरेको छ ,तेत्ति हो |फेरी नेपालि आपस मा लडे कुनै जात ले जित्दैन ,सबैले हार्ने हो |

Comments are closed.