युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

माइसंसारको यो आर्काइभ हो

माइसंसारका पुराना ब्लग र कमेन्टहरुको यो संग्रह (आर्काइभ) साइट हो। नयाँ ब्लगहरु हेर्नका लागि यहाँ क्लिक गर्नुस्।

को दोषी संविधान सभा विघटन हुनुमा ?

चार वर्ष अघि हामीले यसरी भोट दिएर संविधान बनाउन सभासदहरु चुनेका थियौँ। तर संविधानै नबनाई हिजो संविधान सभा भंग भयो। २ वर्षमा बनाउनु पर्ने संविधान पटक पटक गरी थप दुई वर्ष म्याद थप्दा पनि बन्न सकेन। यसका लागि को दोषी ?

दलहरु प्रमुख दलका नेताहरु आफ्नो कमी कमजोरीको आत्मसमीक्षा नगरी एक अर्कालाई दोष दिँदैछन्। [...]

संविधानै जारी नगरी संविधान सभा विघटन

अपडेट (बिहान १३०)- भर्खरै अफिसबाट घर फर्किएँ। मन दुखेको छ। निराश छु। ४-४ वर्ष लगाएर यत्रो दुःख गरेर, सहमति गरेर अघि बढ्दै लास्टमा भने फेरि देशलाई सून्यमा पुर्‍याए। यो दल र त्यो दल हैन, सबै दल नालायक ठहरिएका हुन्। सबै नेता नालायक ठहर भएका हुन्। अब त मलाई कुनै नेताको पनि कुरा सुन्न मन छैन। [...]

केही घण्टामात्र बाँकी रहँदा के-के भए ?

रातभर ठण्डा दिमागले सोच्ने र भोलि बिहान ८ बजे भेटेर बैठक गर्ने भनेर हिजो साँझ नेताहरु बैठकबाट उठेका थिए। हिजो राति १२ बज्दा संविधान सभाको म्याद सकिन ४८ घण्टा बाँकी थियो। नेताहरु सायद निद्रा मै थिए। बिहान अबेला उठे कि कुन्नि, आठै बजे बैठक बसेन। पछि बसेको बैठकमा एमाले उपस्थितै भइदिएन। वामदेव गौतम पुग्या रैछन्, [...]

अब के होला तपाईँको विचारमा ?

सर्वोच्चको फैसलापछि संविधान सभाको म्याद सकिन अब केही घण्टा मात्रै बाँकी छ। देशको राजनीति अब कसैले अनुमान गरेर अनुमान नै गर्न नसकिने मोडमा पुगेको छ। एकल पहिचानसहितको संघीयताको एक कित्तामा माओवादी र मधेसवादी उभिएका छन् भने बहुपहिचानसहितको संघीयतामा एमाले र काङ्ग्रेस उभिएका छन्। दुवै आफ्नो अडानबाट हट्न तयार छैन। यही अडानै अडानको तानातानमा संविधान सभा [...]

६०१ को जागिर जान लागेको ठान्नुभा? गलत!

संविधान सभाको म्याद जेठ १४ भन्दा बढी कुनै हालतमा नहुने भनी सर्वोच्च अदालतले फैसला गरेपछि एक तप्का लौ अब संविधान सभा भंग हुने भो, ६०१ को जागिर खुस्कने भो, खुच्चिङ पर्‍यो भन्दै उफ्रिराछन्। संविधान बन्छ कि बन्दैन, कस्तो बन्छ, सबले स्वीकार्ने बन्छ कि बन्दैन भन्नेमा भन्दा पनि ६०१ को जागिर खुस्कन लागेकोमा उनीहरु त्यसै-त्यसै खुसीले [...]

अब भ्रष्टाचार मुद्दामा नि सर्वोच्चलाई जगाउनु पर्‍यो

सर्वोच्च अदालतले संविधान सभाको म्याद सकिन चार दिन बाँकी रहँदा म्याद थप्न पाइन्न, जेठ १४ मै संविधान जारी गर्नू भनी आदेश दिएको फैसलाको सर्वत्र चर्चा छ। ६०१ र संविधान सभा शब्द सुन्यो कि एलर्जी हुने सबैलाई यो फैसलाले खुसी बनाएको छ। जनचासोका अधिकांश मुद्दामा ‘आलटाले’ शैलि अपनाई फैसला लम्ब्याउने विगत देखिआएकाले यो मुद्दामा पनि त्यस्तै [...]

सर्वोच्चले त फैसला गर्‍यो अब के ?

उता मुद्दाको सुनुवाई हुँदै गर्ने यता विवाद सल्टाई संविधान पनि बनाउँदै गर्न भइहाल्ला नि भन्दै संविधान सभाको तीन महिना म्याद थप गर्ने सरकारको प्रस्तावलाई सर्वोच्चले आज बेसक्न झापड हानेको छ। प्रधान न्यायाधीश खिलराज रेग्मीको एकल इजलासले हिजो यसविरुद्ध परेको मुद्दाको आज सुनुवाई गर्दै म्याद थप्न मिल्दै नमिल्ने आदेश दिएको छ। उनको अन्तरिम आदेशमा कडा शब्द [...]

बन्द- एउटाको सकियो, अर्कोको पालो

उता फेरि अ.सु.प.को सुरु, यता बाहुनक्षेत्रीको काठमाडौँमा हुँदै बन्द कै भरमा सरकारसित आफ्ना माग पूरा गराउने सहमति हुने क्रम सुरु भएपछि परस्पर विरोधी समूहहरुले बन्दको शृङ्खला सुरु गरेका छन्। एउटा समूहले फलानो माग राखेर बन्द गर्‍यो, सरकारसित सहमति गर्‍यो, बन्द फिर्ता लियो। लगत्तै अर्को समूहले त्यस्तो सहमति किन गर्‍या, फिर्ता लिनुपर्छ भन्दै अर्को बन्द गर्‍यो। [...]

दरबारमार्गमा ‘सद्‍भाव’ र्‍याली

काठमाडौँको दरबारमार्गमा व्यापारीहरुको आह्वानमा भएको सद्‌भाव र्‍यालीका क्रममा सोसल मिडियामा यस्ता आवाज पनि उठे। [...]

eXTReMe Tracker