युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By Salokya, on May 16th, 2012 बोर्ड फर्स्ट प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ नयाँ कीर्तिमान बनाउने क्रममा आज फेरि एउटा कीर्तिमान राखेका छन्। अहिलेको उनको नेतृत्वको मन्त्रिमण्डल नेपालको इतिहास मै सबैभन्दा बढी उपप्रधानमन्त्री भएको हो। पहिले हामीलाई एक जना उपप्रधानमन्त्री हुँदा नि के उप बनाइराहोला जस्तो लाग्थ्यो। तर अहिलेको मन्त्रिमण्डलमा एक हैन, दुई हैन, चार चार जना उपप्रधानमन्त्री छन्। यसअघि फोरमका विजयकुमार [...]
By Salokya, on May 16th, 2012 आज काम्रेड ईश्वर पोखरेलको नेतृत्वमा एमाले बाबुराम सरकारमा सहभागी हुँदैछ। उनी उपप्रधानमन्त्री पनि बन्नेछन् संभवतः। बाबुराम सरकारमा सहभागी भएपछि संविधान सभाको निर्वाचनपछि बनेका प्रत्येक सरकारमा एमालेले हिस्सा पाएको छ। दुई पटक एमाले ‘भाले’ भयो अर्थात् प्रधानमन्त्री कै कुर्सी पायो। जुन दिन जान्नँ जान्नँ भन्दै पनि एमाले बाबुराम सरकारमा सहभागी भएको छ, त्यही दिन संयोगले [...]
By Salokya, on May 15th, 2012 दलहरुबीच लामो समयदेखि भइरहेको बार्गेनिङ बैठकले विवादित विषयहरुमा सहमति जुटाएको छ। सहमति अनुसार अब बन्ने संविधानमा यस्तो हुनेछ-
प्रदेश ११ वटा हुनेछ। अहिलेलाई नम्बर १, नम्बर २ र नम्बर ३ भएकाहरु। नाम के राख्ने भन्ने चैँ जेठ १४ पछि, धेरैपछि राष्ट्रिय (राष्ट्रपति चुन्ने, संसद) चुनाव भइसकेपछि, प्रदेशको चुनाव भएपछि प्रदेश व्यवस्थापिकाले गर्नेछ। मानौँ एक नम्बरे [...]
By Salokya, on May 15th, 2012 अग्नि एअरको हिजो भएको दुर्घटनामा ६ जना बाँच्नुलाई चमत्कार कै रुपमा लिँदा हुन्छ। यस्तो विमान दुर्घटना हुँदा सितिमिति मान्छे बाँच्दैनन्। त्यसैले विमान दुर्घटनालाई बढी खतरनाक मानिन्छ। हिजोको दुर्घटनामा चालक दलका तीन सदस्य मध्ये एअर होस्टेज रोशनी हाइजु एक जना मात्र बाँचिन्। यात्रुहरु १८ मध्ये पाँच जना (दुई डेनिस र तीन भारतीय) मात्रै बाँचे। नेपालको [...]
By Salokya, on May 15th, 2012 पुराना कानुनले त्यतिबेलाको समाज, त्यतिबेलाको व्यवहार र त्यतिबेलाको सोच देखाउँछ। त्यतिबेलाको समाजको अध्ययन हो यो एक किसिमले। मेरो हातमा मुलुकी ऐन परेपछि र त्यसलाई सर्सर्ती हेरेपछि त्यसमा रहेका अनौठा कुराहरु तपाईँलाई बाँड्नबाट रोक्न सकिनँ। विक्रम संवत् १९१० मा लागू भएको नेपालको पहिलो लिखित कानुन थियो यो। हेरौँ अहिलेको अवस्थामा अचम्म लाग्ने थप केही प्रावधानहरु-
यो [...]
By Salokya, on May 14th, 2012 अग्नि एअर विमान फाइल फोटो। नराम्रो खबरका कारण दिक्क भएकाहरुले आज बिहान फेरि एउटा दुःखद खबर सुन्नुपरेको छ। जोमसोम उडेको अग्नि एअरको १८ सिटे डोर्निएर विमान जोमसोम विमानस्थल नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको छ। विमानमा चालक दलका ३ सदस्य थिए- पाइलट प्रभुशरण पाठक, को पाइलट एसबी महर्जन र एयरहोस्टेज आर हैजू। विमानमा सबै यात्रु [...]
By Salokya, on May 13th, 2012 विक्रम संवत् १९१० मा लागू भएको नेपालको पहिलो लिखित कानुनमा भएका केही प्रावधान अहिले हेर्दा अचम्म लाग्न सक्छ। हेरौँ केही त्यस्ता प्रावधान-
[...]
By Salokya, on May 11th, 2012 पिजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा कुन विधामा कुन कुन फोटोले पुरस्कार जित्यो ? हजारौँमा छानिएका डेढ सय फोटोहरु कस्ता थिए ? आउनुस् हेरौँ- शशिश महर्जनको माथिल्लो मुस्ताङमा साइक्लिङ गर्दै गरेको यो फोटो मलाई निकै राम्रो लाग्यो। यो फोटो टुरिजम विधामा दोस्रो भएको हो। क्यामेरा Nikon D90
[...]
By Salokya, on May 11th, 2012 पीजे क्लबले आयोजना गरेको नेपालको सबैभन्दा धेरै रकम भएको फोटो प्रतियोगितामा नरेन्द्र श्रेष्ठको यो फोटोले वर्षको उत्कृष्ट फोटो पुरस्कार जितेको छ। पुरस्कार रकम एक लाख रुपियाँ हो। तपाईँहरु धेरैलाई थाहा हुनुपर्छ यो कान्तिपुरमा विजयकुमारको एउटा मार्मिक समाचार छापिएको थियो। यो त्यसैको फोटो थियो। अनुहारमा रौँ पलाएका कारण बोक्सी भनेर सताउने गर्थे यिनलाई धेरैले। पछि [...]
By Salokya, on May 10th, 2012 रविभवनमा देखिएका बन्दकर्ता।
|
|
Recent Comments