समयको कठघरामा भरतकिशोर सिंहहरु

-उत्तमबाबु श्रेष्ठ-

घटना विद्यार्थीको आक्रोश र उद्दण्डताले भन्दा पनि भरतकिशोरहरुको बदलिन नचाहने स्वाभाव र बानीको कारण भएको हो। उनीहरुको जनतालाई धुलो पनि नठान्ने र आफूलाई सर्वशक्तिमान ठान्ने सामन्ती सोचको कारणले घटेको हो। भरतकिशोरहरुलाई लाग्दो हो, जेठ ४ को घोषणाले हाम्रो केही लछारपाटो लाउँदैन, हामीहरु हिजो कै कानुनले नछुने कोटीका मानिसहरु हौं तर वैशाखयता नेपालका नदिनालाहरुमा धेरै पानी बगिसकेको छ, भरतकिशोरहरुलाई चेतना हुनुपर्छ।
विद्यार्थीहरु साँच्चिकै उद्दण्ड र अराजक भएको भए जनआन्दोलन २ का दोषी भरतकिशोर सिंहहरुको घरमा पहिले नै आगो झोस्न जान्थे, कमल थापालाई कुट्थे, निक्ष सम्शेरहरुलाई निस्लोट हुने गरी पिट्थे। कर्फ्युले रोक्न नसकेको उनीहरुलाई त्यतिबेला कसैले रोक्न पनि सक्दैन थियो। तर त्यसो गरिएन किन ? किनकि उनीहरु त जनआन्दोलनका दोषीहरुलाई कानुन अनुसार कारवाहीको माग गर्दे सडकमा ओर्लेका न्यायप्रेमी चेतनशील विद्यार्थीहरु हुन्। घटनामा उनीहरुले देखाएको संयमताले त्यसलाई प्रमाणित गदैन र –

समयको कठघरामा भरतकिशोर सिंहहरु
-उत्तमबाबु श्रेष्ठ-

डार्विनको प्रकृतिको सम्बन्धी सिद्धान्तले भन्छ – जीवहरु, जसले वातावरण अनुसार आफूलाई बदल्न सक्दैनन्, कालान्तरमा उसको अन्त्य अवश्यंभावी छ। भीमकाय शरीर भएका अति शक्तिशाली डाइनोसरहरु पृथ्वीबाट सदाका लागि हराएर गए, किनभने उनीहरुले पृथ्वीको बदलिँदो वातावरण अनुसार आफूहरुलाई बदल्न सकेनन्।

त्यसैगरी इतिहासका अनुभवहरुले प्रमाणित गरेको छ, जनताका चाहना अनुसार आफूलाई बदल्न नसक्ने वा नचाहने शासकहरुको अन्य ढिलो-चाँडो जरुर हुन्छ। गएको २ महिनामा नेपालमा पनि इतिहासको त्यस प्रमाणित सिद्धान्तको सफल परीक्षण हामीले देख्यौं र भोग्यौं। जनताको चाहना अनुसार नचल्ने राजा नेपाली जनतासामु झुक्न बाध्य भए। राजनैतिक रुपमा राजा र राजाको सहयोगीहरुको त्यो हार व्यवहारिक रुपमा रुपान्तरण भइनसकेको कुरा गत असार ७ गते राजाका प्रमुख सल्लाहकार मानिने भरतकिशोर सिंहहरुले अस्कलअगाडि देखाएको घमण्ड र शानले पुष्टि गर्दछ।

तर नेपाली जनता पनि राजा र राजाको सहयोगीहरुलाई त्यो हार छिटोभन्दा छिटो व्यवहारिक रुपमा परिणत होस् भनेर चाहिरहेका छन्। जुन कुराको कुराको संकेत, उनीहरुले आफूलाई कानुनभन्दा माथि ठान्ने भरतकिशोर सिंहहरुलाई त्यसै दिन पिटेर दिएका छन्।

क्रिया भएपछि स्वतः रुपमा प्रतिक्रिया हुन्छ नै। घटना घटिसकेपछि विभिन्न प्रतिक्रियाहरु देश विदेशबाट स्वभाविक रुपमा आए। बहुसंख्यक सोझासाझा न्यायप्रेमी नेपाली जनताहरुले त्यस घटनालाई स्वभाविक रुपमा लिए र खुच्चिङ भने। कानुनी राजको अनुभव भएका देशहरु अर्थात युरोप अमेरिकामा बस्ने ‘विद्धान’ नेपालीहरुले उनलाई त्यसरी पिट्न नहुने बरु उसले गल्ती गरेको भए कानुनी रुपमा सजाय दिनु पर्थ्यो भन्दै विद्यार्थीहरुलाई अराजक र उद्दण्ड भनेर आरोप लगाए। अझ अर्काथरी मानिस अर्थात् दरवारियाहरुले घटनालाई अस्वभाविक रुपमा लिँदै घटनामा संलग्न अमृत क्याम्पसका विद्यार्थीहरुसँग प्रतिशोध लिएर छाड्ने भन्दै उनीहरुलाई फोनमार्फत् धम्कीहरु दिए।

घटनाअनुसार भरतकिशोर सिंह र उनका परिवार सवार गाडीले एउटा मोटरसाइकललाई धक्का दिन्छ र आफ्नो गल्ती हुँदाहुँदै पनि उनी र उनका छोराहरु उल्टै पिडित मोटरसाइकल चालकमाथि जाइलाग्छन्। घटना थाहा पाएर जम्मा भएको जनसमूहले गल्ती भरतकिशोर कै भएको भन्दै माफी माग्न र पीडित मोटरसाइकल चालकलाई क्षतिपूर्ति दिन अनुरोध गर्दा उनी उल्टै म को हुँ चिनेको छस् भन्दै शक्ति र पहुँचको धाक लगाँउछन्।

त्यसपछि त के चाहियो, उनी त्यहाँ जम्मा भएका विद्यार्थी र स्थानीयवासीहरुद्वारा पिटिन्छन् अर्थात् उमेशजीको बहुचर्चित शब्द सापटी लिएर भन्ने हो भने भकुरिन्छन्। जनआन्दोलन २ मा जनतासामु २० दिनमा नै प्रचण्ड प्रतापि भूपति भनिने राजा त झुके, विद्यार्थीहरुको दबावमा १२ घण्टा नबित्दै प्रधानमन्त्री कोइरालाले त बोली फेरे, भने झुक्न नचाहने भरतकिशोरहरु त्यस घटनामा किन टिक्न सक्थे र – उनी नराम्रोसँग भकुरिए। तर पनि विद्यार्थीहरुले शुरुमा सभ्य रुपमा अनुरोधको भाषा बोले, सम्झौता गर्न भने, माफी मागेर घाइते मोटरसाइकल चालकलाई क्षतिपूर्ति दिन भने। तर बदलिएको नेपाली समाजलाई नबुझ्ने वा बुझ्न नचाहने, त्यसअनुसार आफूलाई बदल्न नचाहने र हिजोमा बाँच्ने भरतकिशोर सिंहहरु माफी माग्न राजी भएनन् र गरिमामय इतिहास बोकेको अस्कलका भाइबहिनीहरुलाई फुच्चे देखे, अनि आउटडेटेड भइसकेको दम्भ र सकिइसकेको शक्ति देखाउन खोज्दा त्यही फुच्चेहरुकै हातबाट भकुरिए।

त्यसकारण घटना विद्यार्थीको आक्रोश र उद्दण्डताले भन्दा पनि भरतकिशोरहरुको बदलिन नचाहने स्वाभाव र बानीको कारण भएको हो। उनीहरुको जनतालाई धुलो पनि नठान्ने र आफूलाई सर्वशक्तिमान ठान्ने सामन्ती सोचको कारणले घटेको हो। भरतकिशोरहरुलाई लाग्दो हो, जेठ ४ को घोषणाले हाम्रो केही लछारपाटो लाउँदैन, हामीहरु हिजो कै कानुनले नछुने कोटीका मानिसहरु हौं तर वैशाखयता नेपालका नदिनालाहरुमा धेरै पानी बगिसकेको छ, भरतकिशोरहरुलाई चेतना हुनुपर्छ।

[फोटोमा पीडित शेर्पा दम्पति। फोटो साभारः विकास कार्की/कान्तिपुर] विद्यार्थीहरु साँच्चिकै उद्दण्ड र अराजक भएको भए जनआन्दोलन २ का दोषी भरतकिशोर सिंहहरुको घरमा पहिले नै आगो झोस्न जान्थे, कमल थापालाई कुट्थे, निक्ष सम्शेरहरुलाई निस्लोट हुनगे गरी पिट्थे। कर्फ्युले रोक्न नसकेको उनीहरुलाई त्यतिबेला कसैले रोक्न पनि सक्दैन थियो। तर त्यसो गरिएन किन ? किनकि उनीहरु त जनआन्दोलनका दोषीहरुलाई कानुन अनुसार कारवाहीको माग गर्दे सडकमा ओर्लेका न्यायप्रेमी चेतनशील विद्यार्थीहरु हुन्। घटनामा उनीहरुले देखाएको संयमताले त्यसलाई प्रमाणित गदैन र – हामी युरोप अमेरिकाका कानुनी राज र विधिको शासन भएका मुलुकहरुमा बसेकाहरुले यहाँको स्थितिलाई तुलना गरेर हेर्दा घटनालाई उदण्ड र अराजकता देख्नु सही हुनसक्ला। दोषी भरतकिशोरहरुलाई समातेर कानुन अनुसार कारवाही गर्नुपर्ने तर्क उचित मान्न सकिएला। किनभने यहाँ राष्ट्रपति जर्ज बुसकी छोरीले गल्ती गर्दा (कम उमेरमा बारमा गएर रक्सी खाँदा) उनीमाथि प्रचलित कानुन अनुसार सजाय भएको हामीले देखेका छौं, सुनेका छौँ। तर जुन समाजमा भरतकिशोरसिंह र उनका आसेपासेहरु आफुलाई कानुन भन्दा माथि ठान्छन्। जहाँको कानुन प्रणालीले दोषी उपर कारबाही गर्नुको साटो निर्दोष इन्स्पेक्टर आभुषण तिमिल्सिनामाथि कारवाहीको लागि पत्र काट्दछ। त्यस्तो समाजमा जनताले त्यहाँको न्यायप्रणालीलाई विश्वास नगर्नु स्वाभाविक हो।


नायक र खलनायकः इन्सपेक्टर आभुषण भरतकेशरलाई हत्कडी लगाउँदै। फोटो साभारः कान्तिपुर (मार्फत् युडब्लुबी)
अनि उनीहरुले दोषीहरुलाई आफ्नै पाराले कारबाही गर्नुलाई न्यायसंगत नै मान्न सकिन्छ। घटना घटेपछि शुरुमा उनलाई हत्कडी लगाउने इन्सपेक्टरमाथि भएको कारवाही, चर्को विरोधपछि भएको उक्त कारवाहीको फुकुवा र अन्त्यमा भरतकिशोरहरुले पीडितहरुसँग गल्ती स्वीकार गर्दै माफी माग्नु र क्षतिपूर्ति दिन राजी हुनुले यो प्रमाणित गरेन र – घटना विद्यार्थीको आक्रोशको कारणले भन्दा पनि भरतकिशोरहरु कै घमण्ड र धाकको कारणले भएको हो भनेर। चर्को विरोध नभएको भए यो लोकतान्त्रिक भनिने सरकारमा पनि दोषी भरतकिशोरहरु उम्कने थिए। हिजोको दिनमा प्रवीण गुरुङलाई गाडीले किचेर मारेर त्यसका अपराधीहरु उम्किए जस्तै।

त्यसकारण, अझै पनि समयसँगै आएको यो परिवर्तनलाई आत्मसात् नगरिकन, देशमा आएको राजनैतिक, सामाजिक र सांस्कृतिक परिवर्तन अनुसार आफूलाई रुपान्तरण नगरिकन, इतिहासमा बाँचिरहने हो र जनताको शक्तिलाई अवमूल्यन गरिरहने हो भने समयको यस कठोर कठघरामा उभिनुबाहेक अरु कुनै विकल्प भरतकिशोर सिंहहरु सामु बाँकी हुनेछैन। डार्विनको त्यो सिद्धान्त र इतिहासको त्यो नियमले ठूलो-सानो, बलियो-निर्धो कोही भन्दैन, बेलामा चेतना होस्।

[उत्तम अमेरिकामा अध्ययनरत विद्यार्थी हुनुहुन्छ]

27 Comments

  1. “sahasi inspector”
    hero of the nepal police Abhusan.
    you must be cheif(main) in the police post.
    what are looking home minister + pm girija ?
    you must respect the police inspector Abhusan.

    rajeshmaden+babasubba
    doha qatar.

  2. SYABASS.. MR BABU..
    good job..
    i really appreciate the way u have presented u’r feelings..now in our country there should be the rule of law not the rule of people.. importantly i would like to thank Mr Abhusan Timilsina from the core of my hearet for havin a great courage to handcuff the right hand of the King..
    Mr Abhusan timilsina really deserves respect for what he did and what he said “” like if they can handcuff the two times ex- prime minister then why can’t to the Bharat Singh..”
    rai from Colorado USA..

  3. Well done Abhushan ji.

    You are great.
    SARKAR LE TAPAIN LAI SACHHAY NAI ABHUSHAN DINU PARCHA JANTA KO TARPHA BATA.
    BADHAI CHHA TAPAI LAI DHERAI.

  4. very,good comment man,i like it
    keep on writng n wish u good luck
    aajkal yesto comment haru padhna paunda hamro desh nepal ma sachhai nai kehi hunchha jasto chha aba,ho ni ma pani ekadamai agree chhu uttam ji ko kurama,jabasamma yi yesta bharate jasta person haru banki hunchhan hami gerneral nepali haru le aafno tauko uthayera bachna paundainau,they should be eradicated from nepal,then we can feel what the the the nepal is n nepali too.

  5. सूचना र प्रविधिको यो युगमा बाँचेका भएर नै , उत्तमजी जस्तै बोष्टनमा बसेर लाजिम्पाटको घटनालाई narrative present tense को चित्रात्मक लयमा लेख्न र पढ्न सक्ने भएका हामीहरु , अर्कोतर्फ इतिहासकै गतिलाई चौधौँ शताब्दि तर्फ मोड्ने मानसिकताका दम्भी र अहंकारीहरूका occasional misadventures हरूलाई पढ्न र कमेण्ट गर्ने स्थगित समयको एउटा बिन्दुमा अभिशप्त हामीहरू बाँचेका छौँ जस्तो लाग्छ।
    ऊत्तमजी को लेखाई सन्तुलित र माझिएको टिप्पणिको रुपमा छ । डार्विनको survival of the Fittest सिद्धान्तलाई जुन रुपमा नेपाली राजनीतिक परिदृशय अनुकूल पार्ने प्रयाश सह्रानीय छ । अग्ला पर्खाल भित्र जनताबाट टाढिएर सुख र विलाशिताको जिन्दगीलाई पुस्तौनी पेवाको रुपमा बाँचेकाहरु जब सडकमा निस्कन्छन र जनसामान्यसंग उनीहरुको सम्पर्क बन्न पुग्छ, उनीहरुलाई सामान्य औकातका हरु संगको संसर्ग औधी घिन लाग्दो लाग्छ र बौखलाहटमा उनीहरु यस्तो केही गर्न पुग्छन जस्तो रुपमा भरत केशर प्रकरण सडकमा छताछुल्ल पोखिएको छ।
    राजा ज्ञानेन्द्रको राजकीय हैकमका असली हिमायति अनि ऊनको निरंकूश राज्यसत्ताका महत्वपूर्ण कारिगरहरु त भरतकेशर, सत्चित शमशेर , निक्षे र शरदचन्द्र थिए र त्यही पारिवारिक राज्यसत्ताको महत्वाकांक्षी योपजनामा सांक्षी बस्न पुगेका थिए लोभी र पापी राधाकृष्ण मैनाली र प्रकाश कोइरलाहरु ।
    गटना स्वयं जुन परिस्थितिमा भएको थियो त्यसमा कुटाइ मागेकै हुन भरतकेशर र उनका भुस्तिघ्रे छोराहरूले। भिडले त कर्ण ह्योजुको नियति बनाउन सक्थ्यो उनलाई तर उनी या त विद्यार्थीको संयमता वा पुलिसको हस्तक्षेप वा नियति बलियो भएर नै बाँचे ।
    यो घटना अग्ला पर्खाल भित्र आलिशान महलमा बसी सर्वसाधारणलाई पाउको धूलो सम्झनेहरूलाई बद्लिँदो समयले चखाएको सटिक पाठ हुनसक्छ ता कि सँधै आकाशतर्फ आँखा उठाएर हिँड्ने हरुले जमिनी वास्तविकतालाई पनि हेरून। हुन त यो राजषी प्रवृत्ति जतासुकै विद्यमान छ नेपाली जनजीवनका सबै अन्तरकुन्तरहरुमा।

  6. malai yeuta kura yaad ayo photo herda..
    yo kunai hindi sinema ko photo jastai lagyo …photo herda herdai film herna manlagne ..raicha kya joshilo photo raicha ahahah..
    sachikai tyo police bhailai dherai dherai dhanne bad. manandhar JPN

  7. HELLO UTTAM JI,
    WHY ARE YOU TALKING GUF. STILL NO BODY ROOT OUT RANA AND ROYAL RELATIVES FROM NEPAL. LET’S KILL THEM.

  8. Uttamji,
    Thanks for the good comment. Nepalese people have to take action to this kind of man. I agree with this comment.

  9. लोक भनेको त्यस्ता डाइनोसर र यस्ता डाइनोसरका अण्डाहरुलाई लोप बनाउन सक्ने शक्ति हो। ‘स्वस्तिश्री गिरीराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान’ हिन्दु सम्राटलाई संविधान मान्न जरूरी छैन भन्ने भरतकेशर लोप हुनै लागेको डाइनोसरको अण्डा हुन्। मण्डले मोटा भया दरबार बलियो रहन्छ भन्ने भ्रम थोत्रो र क्षणिक रहन गयो। मातृभूमिका भार महामण्डले अहिले अघोषित ‘देशनिकाला’ भइसके। अब बिसे नगर्ची हैन, भरतकेशरहरुको बयान:

    मालिक!
    म यो गोरखा राज्यमा
    अढाई सय वर्षपछि बौलाएँ।
    मेरो टाउको फनफनी घुमिरहेछ
    जमिन आकाशतिर
    आकाश जमिनतिर भइरहेछ
    आँखा तिर्मिरतिर्मिर भएर
    हजुरको शिर दशवटा देखिरहेछु।

    मालिक!
    म बौलाएँ।

  10. उमेशजी,
    ओहो माथिको फोटो हेर्दा त मलाई कुनै सुपरहिट जनताको अदालत भन्ने फिल्मको पो होकि जस्तो लाग्यो अनि यती आक्र्सक फोटो त फिल्मी दुनियामा पनि देख्न पाइदैन। म इन्टेर्नेट् हेर्दै थिय मेरो भतिजो ले सोध्यो हैन अनकल् यो कुन् फिल्म् को फोटो रहेछ? भिलेन् भन्न सुहाउने कलाकर् त बल्ल आयेछ है नेपाली फिल्ममा पनि? खतरा लाग्यो बाआआआ।
    म भने वाल्ल परेर उल्लाइ हेरि रहे केहि पढ्नु बुझ्नु छैन बजीया जे मुखमा आयो प्वाक्क बोल्यो। तर पछि ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।यसो बिचार् गरेर फेरि फोटो हेरेको त कुरो त केटोले ठिकै गर्यो है जस्तो लाग्यो।

  11. यहाँ माथिको दोस्रो फोटो अतिनै राम्रो लाग्यो । यसलाई पोस्टरको रूपमा छापेर काठमाडौंका गल्लीहरूमा टाँस्नु पर्छ । अनि हाम्रा शाह, सिह र राणा हरूले थाहापाउने थिए केही महिना यता देशमा त ठूलै परिवर्तन भैसकेछ भनेर ।

  12. ****** Momentarily the rough justice paid off ******

    Any civilised person will hate violence on the street and expect justice through the law. But in Nepal, the law is not powerful enough to give justice to the common man. As long as the feudal system remains powerful, the event like this “the Rough Justice” will keep on happening in the country. It is the only method royalists will understand and dare to venture in future. If students have not taken the law in their hands where on earth the common Nepali Angdaba Sherpa gets his justice. Instead, even when he was not at fault, he was scolded and beaten by Singh brothers. Students intervention finally paid off but what will happen in future. Will royalists ever try to venture in the same way ? No ! for the time being.

    The feudal system is still powerful in the country. We still have to see its demise. The royal family and royalists are considered by themselves above the law and are untouchables and the common man can not get justice when confronted with them.

    It is because we still have unfinished job of wiping out the monarchy system. The monarchy has to be wiped out before all troubles will cease. The monarchy has no place in 21 century Nepal.

  13. उत्तम जि ! अत्ती उत्तम लेख्नु भो तपाईंले । । ।थ्यक्कै मैले पनि तेही लेख्ने बिचार गरेको थिए । अब म के लेखु ? । ।भै हाल्यो लेख्दिन ।

  14. Dear Uttam

    Congratulations for an encouraging article, but I don’t agree that Nepalese living abroad didn’t support to the action taken by students and residents against Bharat Kishore case. Please do not generalise the comments from abroad.

    South Africa

  15. महावीर जी, हो नि भरत केशर लाई भरत किशोर लेखेको छ तपाईं को कमेन्ट त छापियो र थाहा नहुने साथिहरुले पनि थाहा पाए तर अस्ति इन्स्पेक्टर आभुषण तिम्सिना लाई तिमील्सिना लेखियो भनेर कमेन्ट्पठाएँ झै लाग्छ उमेश जि ले मेटिदिनु भयो कि के हो कुन्नी नाम गल्ती हुनु ठुलो कुरा त हैन मान्छे उनिहरु नै हुन तर ठीक नाम लेखिए पढ्न पनि ठीक लाग्ने नि , हैन ?
    कि म oversensitive भएको हो less important matters ma ???

  16. the evaluation about current situations by mr. uttam is perfect.and nothing much to comment ….gimme five buddy !!!;)

  17. बधाइ छ अ्एरिका मा अध्यन रत इ बिदारति भाइ लाइ । यस्तो ग्यानमुलुक भाषा मा सुझाब को लागि। म श्रवण कतार बाट ।

  18. उत्तमजीको प्रतिक्रियात्मक लेख उत्कृष्ट लाग्यो । यो घटनाले भरत केशरले मात्र होईन उनीजस्तै प्रतिगामीका सयौ मतियारहरूलाई एउटा ठूलो चडकन सहितको पाठ सिकाएको हुनर्ुपर्छ । जनताको छातीमा कुल्चेर तिनले रजाई गर्ने दिन अब गए ।
    अर्को कुरा लेखमा उनको नाउँ पटक पटक भरत किशोर भनिएको छ तर उनको नाउँ भरत केशर सिंह नै हो ।

Comments are closed.