जर्मनीमा विश्वकपको सांस्कृतिक क्रान्ति

-शब्द र फोटोहरु: दिनेश मानन्धर-

काठमाडौँमा दशैंको समयमा चंगा उडेजस्तै के-टाउन सहरभरि नै देशविदेशका झन्डाहरु उडेका छन। फुटबल सुरु हुनुअगाडि रंगशालाको मैदानको बीचमा ओछ्याइने सेतो गोलो कपडामा लेखिएको दुइटा वाक्यहरु “ए टाइम टु मेक फ्रेन्ड्स” र “से नो टु रेसिजम”ले भने जर्मनीमा एक किसिमको सांस्कृतिक क्रान्ति नै ल्याएको छ। जर्मनहरुको पाहुनाहरुलाई प्रस्तुत गरिएको शिष्टाचार, बहुसांस्कृतिक भावनाप्रति हृदयदेखिको देखाएको उदारवादितालाई हामी जस्ता विदेशीहरुले प्रशंसा गर्नै पर्छ। यो कुनै पनि मुद्राले खरिद गर्न सकिने चानचुनको कुरा होइन। मैले यो विश्वकपको ठूलो उपलब्धि मात्र नठानी वरदानै ठानेको छु।


विश्वकपको विषयमा वर्णन गरी नसक्नु छ। जता गयो उतै विश्वकपको चर्चा छ। यो विश्वकप हावाको काउकुतिले हरेक ब्यक्तिको मुस्कान अझ दायाँ र बायाँ फराकिलो पारिदिएको छ। जताततै यसै विषयले ठाउँ ओगटेको छ। कुरा, ठट्टा, हंसाइ र रमझम भने झन झन बढ्न थालेको छ। दुई वर्षको बालक देखि पेन्सन पाकेका बुढासम्मैलाई फुटबलले मख्खै पारेको छ।


अमेरिकामा फुटबल एसिया र युरोपमा जस्तो त्यति लोकप्रीय हुन सकेको छैन। उनीहरुको आफ्नै किसिमको फुटबल छ। यसमा दिमाग मात्र नभै मुढेबल निकै आवश्यक हुन्छ। फ्रीस्टाइल कबर्दीमा जस्तो धेरै घाइते हुनसक्ने सम्भावना भएकोले हेल्मेट र किंगकंग जस्तो देखिने गरी शरीरको चोटपटकबाट बच्न विशेष लुगा लगाइन्छ। चार वर्षअगाडिको विश्वकपमा अमेरिकी टीमले देखाएको खुबी हेर्दा त धेरै आफ्नै किसिमको मुढेबलले नै प्रयोग देखिन्थ्यो भने यसपालि फुटबलमा सीप र कुशलता सफलतापूर्वक प्रदर्शन गरेको देखियो। विश्वकप जितिसकेको सिपालुलाई पनि धौधौ नै परेको थियो। खेलमैदानमा अमेरिकी खेलाडीको अनुहारबाट रगत बहँदा धेरै दर्शकहरुमा खेलपछि हुनसक्ने दंगाको डरले भयभित भएको महशुश भएको थियो। लगातार तीन वटा रातो कार्डपछि दर्शकहरुमा आच्छुआच्छुको भावनामा सन्तुलन आएको थियो। तर घानासँग भएको अन्तिम खेलमा पनि प्रगति गर्न नसक्दा भने अमेरिकी टिम विश्वकपबाट अलग्गिसकेको छ।


संसार भरिका दर्शकहरुलाइ प्रत्यक्ष दृश्य प्रसारण गर्न फुटबल सँगसँगै आफ्नो आँखा तल माथि दायां बायां गर्दै स्टेडियम भित्र ठाउं ठाउंमा छरिएर रहेका ब्यस्त अनगिन्ति डाइनोसोरस साइजका टिभि क्यामेराहरु ।


बिशिष्ट श्रेणीका पाहुनाहरुको शिष्टाचार स्वागत गर्न खटिएका बिशेष तालिम लिएका महिलाहरु फेरि एक पटक मेरो संसारका लागि फराकिलो मुस्कान चढाउँदै।


युरोपको सबभन्दा बढि दर्शकहरुले हेर्ने जर्मनीका जर्मन भाषामा प्रसारण गरिने “भेतन दशका” प्रख्यात उदघोषक थोमास गोत्चाल्क बिशिष्ट श्रेणीमा आफ्नो ठाउँको खोजिमा।


बिशिष्ट कक्षमा ३२० युरो पर्ने ठाउंबाट देखिने खेल मैदानका पानोरामा दृष्य।


सुरक्षाका लागि स्टेडियम वरिपरि उडिरहेका प्रहरीका हेलिकोप्टर।


संसारभरिका संचारकर्मीहरुद्वारा लाइभ प्रसारको ब्यबस्थागर्न अत्याधुनिक उपकरणहरु जडिएका कार्यस्थलका पानोरामा दृष्य।


स्टेडियमका रेड एरिया अर्थात् काठमाण्डौंका सिनेमाहलका फर्स्टक्लास सरहका दर्शकहरु।


घण्टौको रेलयात्रापछि बल्ल हेर्न पाएको वर्ल्डकप, त्यस्मा पनि संसार प्रसिद्द जर्मन बियर, दुइकप जत्ति चिइइसो तीइइतो झोलले पेटमा ठाउं लिइसकेपछि त पृथ्बीको गुरुत्वाकर्षण सक्तिमा पनि कमि हुंदो रहेछ।


बहुसंस्कृतिको नाउंमा कमै कृयाकलाप हुने यो के-टाउनमा भने वर्ल्डकप शुरु भए देखि हरेक दिन बिभिन्न देशका संगीत, नाच, झांकी र अन्य कार्यक्रम हुने गर्दा सुन माथि सुगन्ध थपिएको अनुभव हुन्छ। त्रीनिदाडका २६ स्टिलड्रमरटिमद्वारा प्रस्तुत गरिएको कन्सर्ट अत्तिनै रोचक थियो। यो बिश्वकपले खेलमा हारजित भन्दा पनि हतपति नसुनेका देशहरुले भने आफ्नो देशको परिचय दिन भने ठुलै मौका मिलेको छ।

एउटै सडकमा बिभिन्न देशहरु प्रतिनिधित्व गरिआएका बिभिन्न ध्वनि, संगित र नाचले नेपालमा हुने जात्राको हुलमुलको आवाजको संझना आउंछ। सडकको अर्को कुनामा भने इटाली एक ब्याण्डले लोक धुन सुनाउंदै।


वर्ल्डकपले गर्दा लत्ताकपडाको पसलहरुमा मानिसहरुको घुंइचो लाग्छ। के-टाउनको सेन्टरमा नेपाली साथी चैत्यरत्न कंसाकारको दुकानमा पनि बिहान ९ बजे देखि अर्को बिहान ३ बजे सम्मनै टिमहरुको टिसर्ट, झण्डा र अरु फुट्बल फायन सामाग्रीहरुको खोजिमा आउने ग्राहकहरुको आवतजावतले बिचरालाइ खाना खाने फुर्सत निकाल्न पनि गार्हो छ। साथि कंसाकार, यस्तो रुपले ब्यापार हुने थाहा पाए अर्कै किसिमले सामानहरुको ब्यबस्था गर्थें भनेर मन दुखाउंछ। ग्राहकहरु त नेपालमा बाढि आए जस्तो आउने रहेछ, जति सामान हाले पनि नपुग्ने, काउन्टरको घन्टि त म्युजिक बजेजस्तो बज्ने रहेछ, के गर्ने! यस्तो समय फेरि कहिले आउने होला, वर्ल्डकप बर्षैपिछ्छे भए पनि हुन्छ भनि अचानक बढेको ब्यापारबाट अत्तिनै सन्तुष्ट भएको खुशि प्रकट गर्दछ।

बिदेशिहरुलाइ अर्कै दृष्टिले हेर्ने यो देशमा वर्ल्डकपले गर्दा यहांको मनमस्तिष्कमा नै एउटा ठुलो भैंचालो आएको छ।घर घरमा देश बिदेशका झण्डाहरुद्वारा सजाइएको छ। भित्ताहरुमा बिभिन्न भाषाहरुमा स्वागतम भनि लेखिएको छ।
बोलाइ र ब्यबहारमा पनि ठुलो परिबर्तन आएको छ। वर्ल्डकपबाट आएको सकारात्मक उपलब्धि संधैका लागि स्थायी होस र दिगो रहोस भन्ने जर्मनमा बसोबास गरिआएका हामी नेपाली मूलका बिदेशिहरुको ठुलो आशा रहेको छ।

10 Comments

  1. Umesh ji,
    Tapaile world cup ko barema jun janakari dine koshis garnu bhayeko chha tyo aafaima aditiye chha. Tapai dhanyabad ko patra hunuhunchha. Blog le hamilai ananda matra diyeko chhaina ki yesle hamilai naya sandesh haru pani diyeko chha. Dhnyabad!!

    V.Malla

  2. A TIME TO MAKE FREIENDS , SAY NO TO RACISM.

    we nepali need to learn alots from it. we havent started to learn yet about “no racism”. still we freely say this is bahun, this is gurung, this is dalit and this is so on……. can we please stop calling by family name and strat to recongise by their first name.

    many people who are in foreign land should have learned that someone are called racist if he/she decriminates between people regarding his/her race but i found himself/herself doesnt know about internal racism(i mean in terms of sub caste in nepal)

    lets start to learn not to decriminate by race, sex, region etc. can we please call someone by their first name than other those names which smells decrimination.

    lets imagine for honest world, lets imagine for better world.

  3. साच्चै नै राम्रा लाग्यो उहाका अनुभवहरु । बास्तवमै बिदेशि भनेपछि घृणा गर्ने जर्मनिहरुले उल्लेख गरेझै ब्यवहार गरेका हुन भने यसलाइ उल्लेखनिय उपलब्धि मान्दछु ।

  4. निकै राम्रा राम्रा छन दृस्यहरु।।।। उमेस जी तपाइको बल्ग धेरै लोकप्रिय छ है दश विदेश दुवै तिर ।।।

    कुनै नेपाली फुच्चेको हात मा नेपालको flag बोकेको दृश्यहरु पनि पठाउनुहोस है नेपाली प्रवासी दाइ भाइ दिदि बहिनिहरु ।।।। रमाइलो लाग्द रहेछ यस्तो दृश्य हेर्न पाउँदा।।।।।।।।।।।।।।।

    Keep it up!

  5. Well, this is the spirit “A TIME TO MAKE FRIENDS, SAY NO TO RACISM” WAA!…such a great thought should be rooted deep inside each and every human being. World will be a better palace to live in.“All composite things decay. Strive diligently!”->Last word of Lord Buddha. We have nothing to take with us be a nice human beijing. “IF YOU CAN NOT HELP, ATLEAST DO NOT HARM THEM”

  6. UMESH JI NAMASKR
    WORLDCUP NEWS BATA IDEA VAYO KI JARMAN FAMILIER PLACE HOENA RAHE CHHA ,ALTHOUGH ATIKHERA JARMAN MA JUN CHANGE AAKO CHHA THAT ‘S GREAT , I MEAN UNIHARU KO HABIT MA CHANGE DEKHINU , SABAI SANGA MILERA / HASERA KAM GARDA RAMRO HUNCHHA VANNE KURA KO SANDES WORLD CUP LE PARBAHA GARNU LE JARMAN MA AFTER WORLD CUP LOTS OF POSITIVE SIGN HARU DEKHINU JARMAN RA ALL OVER THE WORLD KO NIMTI RAMRO KURA HUNE CHHA .

    DIPENDRA GHODEPANI MYAGDI BATA..

  7. रमाईलो अपडेट लिएर आउनुभएकोमा दिनेशजीलाई धन्यबाद्।

Comments are closed.