साढे दुई करोडको आकाशे पुल आजदेखि खुला

सबै फोटोहरुः उमेश
DSCI0084
रत्नपार्कको एकदमै व्यस्त स्थानमा बनाइएको आकाशे पुल आजदेखि खुला भएको छ। साढे दुई करोडको लागतमा यो पुल तयार पारिएको हो। यो नेपालको सबैभन्दा ठूलो आकाशे पुल हो। आउनुस् तपाईँलाई यो पुलको साइबर भ्रमण गराउँछु म।

DSCI0084
काठमाडौंको अति व्यस्त स्थानमध्ये एक यो ठाउँमा बाटो काट्न निकै गार्‍हो र अप्ठ्यारो हुने गर्थ्यो।

DSCI0084
पुल त नयाँ नै हो तर त्यहाँ राजनीतिक नाराहरु भने पोत्न थालिसकिएको छ।

DSCI0084
असोज १८ को प्रतिगमनपछि तत्कालीन पाँच दलले यही रत्नपार्कमा दिनहुँ धर्ना र विरोध प्रदर्शन गर्ने गर्थ्यो। तर प्रतिगमन आधा सच्चियो भन्दै एमाले सरकारमा गएपछि त्यो आन्दोलन अप्रभावकारी भएको थियो।

DSCI0084
यो पुल बनाउन विद्युत प्राधिकरणको प्रख्यात प्रजातन्त्रको भित्तो र अखिलको कार्यालय बसेको रातो घर पनि भत्काउनु परेको थियो।

DSCI0084
पुलबाट देखिने उपत्यका प्रहरी कार्यालय।

DSCI0084
अहिले त पुलमा कुनै विज्ञापनहरु देखिएको छैन। तर छिट्टै नै अरु ठाउँमा जस्तै यहाँ पनि विज्ञापनको भरमार हुने होला।

DSCI0084
पुलमाथिको दृश्य भने यस्तो छ।

DSCI0084
पुलबाट देखिएको पुरानो बसपार्कतर्फ जाने सडक।

DSCI0084
पुलबाट दृश्यावलोकन गर्दै मख्ख परिरहेका दुई पत्रकार साथी कृष्ण र मणि।

DSCI0084
पुलमाथि नै रहेको रेस्टुरेन्ट। यहाँ पुलको भूँइतला र माथि गरी ४० वटा पसल शौचालयको व्यवस्था छ।

DSCI0084
अरु ठाउँमा भए बटुवाहरु सकेसम्म पुल चढ्न चाहँदैनन्। तर यसमा भने पहिलो दिन नै बटुवाहरुको भीड देखियो। दायाँ छेउको होर्डिङ बोर्डमा भने काठमाडौंमा भर्खरै भित्रिएको ‘भाइब्रेटिङ कण्डम’ को विज्ञापन देखिन्छ।

DSCI0084
यो पुल इनोभेटिभ प्रा लिले दुई करोड लगाएर बनाएको हो। यो पुलबाट हुने सम्पूर्ण आय र यसको व्यवस्थापन सोही कम्पनीले गर्नेछ २० वर्षसम्म। त्यसपछि कम्पनीले पुल महानगरपालिकालाई हस्तान्तरण गर्नेछ।

DSCI0084
अहिले त यो पुल फुटपाथे व्यापारीहरुबाट मुक्त छ। तर कति दिनसम्म हो कुन्नि ?

DSCI0084
भोटाहिटीको पुलमा देखिएको यो दृश्य अब त्यहाँ पनि दोहोरिन कति दिन लाग्ला र !

DSCI0084
भोटाहिटीको पुलमा फुटपाथे व्यापारीको फोटो खिच्दै गर्दा फोटोमा देखिनुभएका मध्ये दोस्रा व्यापारीले ‘कसको फोटो खिच्नु भएको’ भनेर सोध्दै हुनुहुन्थ्यो। मैले पख्नुस् न तपाईँको पनि खिचिदिन्छु भन्दै यो फोटो खिचेको थिएँ।

DSCI0084
यो पनि भोटाहिटी कै आकाशे पुलमा देखिएको दृश्य हो। सबै फोटोहरुः उमेश

54 Comments

  1. “हाम्रो राज धानीमा एसो माथी उक्लेर अलीकती टाढा सम्म हेर्नलाइ कतै ठाँउ छैन, धरहरा चढेर हेर्न पैसा लाग्ने फेरी महंगो ! फेरि जाडोको बेला हुनु पार्छ यी पुलहरुमा मान्छैको खचा खच हुन्छ घाम ताप्न लाइ होला, फुटपाथेहरुले पनी ठाँउ नपाइराको उनिहरुले पनि केगरुन जता मान्छे धेरै देख्छन तेतै थुपार्ने हो त्याहाँत हिड्ने ठाउँछैन ! कहिले बुद्दी आउने हो हामी नेपालीहरुको कामनलाग्ने चिज त जहाँमन लाग्छ त्याही फाल्ने हो ! एस्तै एस्तै ले गर्दा यी पुलहरु मात्र होइन धेरै ठाउँमा, सुरुमा सफ्फा भएपनि त्याहाँ तुरुन्तै फोहोर हुन्छ ! के गर्ने उमेशजी एस्तै छ हाम्रो देशको चलन !
    Rajan From France

  2. sansar ma huna sakcha Nepal bhanne deh ma kina huna sakdaina ?

    tyo bridge ma manchey lai tesari pasal thapna , saman bechna banda garna mildaina ???? kita …pool banauda nai 4 foot wide banauna parhca pasal ko lagi chuttayera …….

  3. नमस्ते उमेश जि ,धन्यबद, आकासे पुल को साह्रैइ राम्रो फोटोहरु मेरो संसारमा राखिदिनुभयकोमा।पुलमा पेन्टिङ् साह्रैइ राम्रो गरेको रहिछ। जस्तो राम्रो अहिले छ तेस्तै आउदो दिनहरुमा पनि रहोस्,र यो सफा राख्न्ने काम इमान्दारिताका साथ् सरकार र जनता दुबै को हो।यस्तो सार्बजनिक ठाउमा राजनितिक मन्त्रले न रङगाउनु नै राम्रो होला।

    बिकाश कन्डेल
    बेल्जियम बाट!

  4. umesh ji
    thanks a lot,for beautiful photos because malai yo overbridge herna man lagi raheko thiyo , thayo tapaiko photo chhayancan le pura gari diyo

    thank u very much once again

    sonu
    florida ,u.s.a

  5. The flyover pedestrian bridge not only looks ugly because of its size but also looks ridiculous because of its color design. At first glance I thought I was looking at a bridge somewhere near Raxaul or Mujaffarpur. Couldn’t they choose a more sober color?

    ESSEN in Maryland, USA

  6. rij, umeshji,

    Cracks of that shape isn’t common in a circular structure, but yes, it would be worthwhile to enlarge the picture and take a good look again…

    A bridge of this type doens’t have 20 year life span – I don’t understand why it is going to be handed over in such a long time!!! and I also don’t see why this project should cost 2 and half crore (if it doesn’t involve cost for land lease)!!!

    Just as advertisements on TV, Radio, websites or billboards – posters, banners and painted advertisements/announcements should be made to pay a huge amount (by law) to the owner of the site where the advertisements are placed. Best if such practices are made illegal (for the sake of the city’s beauty – some cities don’t even allow drying clothes in open air even if it belongs to the owner).

    ******
    हैन साथी हो, त्यो चर्किएको हैन। जहाँसम्म मलाई लाग्छ, त्यो कुनै तार वा डोरी हुनुपर्छ। म कुनै दिन हेरेर निश्चित रुपमा भनुँला नि है !

  7. My attention was drawn towards the second picture from the top. The Huge round beam already seems to have cracks in it where it meets the balances the actual bridge? Am I seeing it right?

  8. Pul ta banyo tara design bhane….rang pani tyestai.
    kunai pani kam ma kam sakyaune ra napha matra hoina sundarata lai pani samjhane garau.

  9. उमेश जि ,धन्यवाद,२ बर्ष पछी आज रत्नपार्क देख्न पायिओ अनि त्यो एरिआ मा पाइने मो मो पनि साह्रै याद आयो त,,अहिल त मुखै रसाउनदै छ ,,अनी ति पढे लेखेका मुर्ख बिद्यार्थि हरु ले किन त्यो नयाँ बनेको पूल मा पनि नारा लेख्नु परेको होला,,,गजब छ बा!!!कुरा मात्रै ठुला ।

  10. it would be value for using that huge amount in some of contryside making insted of making that bridge or… what u think nepalese brosssssssssss..
    rabin pun

  11. नेपालमा हर राजनितीक पार्टीहरुको आफ्नै मुख पत्र भनु या पत्र पत्रीका भनु, दैनिक साप्ताहिक तथा मासिक आ-आफ्नै छन् तर पनि किन सार्बजनिक भित्तो नै कुरुप बनाउन यिनीहरु अघि सर्छन ह ? नगर सुन्दर र सफा राखु भन्ने कुरा यिनीहरुको गिधीमा कहिले पस्ने हो हे ईश्वर् बुद्धी कहिले आउनेहो यिनीहरुको!!!!!!!

  12. DEAR UMESH JI
    THANKYOU VERY MUCH,YOU ARE REALLY DOING GREAT JOB FOR US. OVERBRIDGE SEEMS TO BE NICE ONE BUT AS COMMENTED BY MANY PERSONS HERE,IT SHOULD BE MAINTAINED AS OVERBRIDGE NOT AS BEGGING PLACE.

  13. राम्रो हो आकाशे पुल। तर बाटो काट्नेहरुले साधारणतय प्रयोग गर्दैनन्, त्यही हालत भोटाहिटीको आकाशे पुलको पनि छ। अब चाहिं निकै कडा नियम नै बनाउन पर्ला आकाशे पुलको तलबाट बाटो क्रश गर्नेलाई।

  14. la thik cha umesh ji ..ramailo lagyo..
    ani tyo rato pata chai ..jenten banayera pata thokeko jastai lagyo ..pulbannu ramro bhaye pani 20 barsha pachi nagarpalika le line bhanda pani bigarna lai tender halnu parne huncha ..malai ta 20barsha tikla jasto lagdaina ..hehehe..
    finishing herdai thaha huncha ..
    manandhar japan

  15. के कन््डम् रे? हम् यौन शिक्ष्या । interesting

  16. Hello DearUmesh jee,
    Thanks for the update crossover bridge.It””””””””s very nice this photo….but…..tara thow pul bata kihi din pachee manche haru lay chaddai umesh jee..kina aru pull bata panee testai ho…….sadak bata herna paye pachee ko….dukha garows bridge bata chadna nee….
    Comment by Surendra

  17. umesh ji lai mero namaskar ani dhanyabat ! ho ni sachchai nai raato rang le vayena vane testai chhare rog lagne manis lai chahi ..baki rakhdaina ni! kaso..? umesh ji… tiyo colourful footbridge ko pic lida kaso camera sahit tapai haru pani dhalnu vayena …! mind nagari dinush…umesh ji jindabat..sadhai hami lai naya naya news update gari dinu hunchha tapai katti ramro hunu hunchha hagi .

  18. rato ta vayana..sari naramro dekiyo…karani rang launu parthiyo.ani to bacha ko story banauda ramro huncha hola umesh ji.

  19. Well done Umesh ji,
    Not only politics these types of postings also draw attention of merosansar visitors, I like this tendency. And, we will be proud to say we are ‘rapidly developing’ if such big projects are accomplished in every cities, towns and villages of Nepal.

    Sandesh

  20. I hate to see political slogans and reckless postering in public place. Can they just keep their promotional activity away from public places, and streamline them in a cleaner and planned way.

  21. thanks for the update. it is nice to this kind of development in the country.oh greattttttttttt.thanks again for everyone involved.
    preeti

  22. हरे शिव उमेश जी त्यो बच्चाको खुट्टा के भएको? अघी त मैले राम्ररी यादै गरिन प्लिज त्यो फोटो यहाँ मलाई मेरो इमेलमा फरवार्ड् गरिदिनुस न प्लिज।

  23. i was really waitin 2 see dis bridge. it was underconstruction while i was in nepal. the crowed i always passed through on dat area, now, hope gonna end.

    thanx 4 the pics……..
    umesh jee rocks……!!!

  24. उमेश जी, मुरी मुरी धन्यवाद आज धेरै समय पस्चात एउटा राम्रो कुरा देखाइदिनु भएको मा ।नत्र त धेरै भयो ,यहाँ खाली राजानैतीक चलखेल्,लुटपात्,हत्या ,हिंसा बाहेक केही राम्रो कुरा देख्न सुन्न नपाएको ।हाम्रो गरीब मुलुकमा आफुले मुनाफा लिने हिसाबले भए पनि इनोभेटिभ प्रा .लि ले बिकास को एउटा सानो स्वाद त चखाइदियो कान्तिपुर नगरिलाई ।अब तेस्लाई जगेर्ना गर्ने ,तेस्को सुन्दरतालाई कालान्तरसम्म सजिव राख्ने,जोगएर राख्ने कर्तब्य सम्पूर्ण नेपालीको हो न की पुलिस र प्रशासनको मात्र,तेस्मा पनि प्रमुख भूमिका त तपाईंहरुकै हुनुपर्छ है उमेस जी? तपाईंहरु सरकार र नेताहरुलाई खबरदारी गर्दै आउनु भएको छ
    ,अब नेता र सरकारसंग संगै तपाईंहरुले जनतालाई पनि कडा खबरदारी गर्नु पर्‍यो ।अहिले जसरि त्यहाँ गएर तस्वीर खिचेर हामीलाई देखाउनु भयो,त्यसरी नै दिनमा एकपल्ट गएर त्यहाँ मानिसलाई फोहर नगर्न, भित्ता मा नकोर्नलाई आफ्नो नैतीक जिम्मेवारी संझाउने,आफु मात्र होईन काठमान्डूमा समाजसेविको नाममा डलर खाएर अघाइ बसेकाहरु अनेकौ संघ संस्था राजनैतीक पार्टिहरु लाई पनि तेस्कोलागि अभिप्रेरित गर्ने मानेन भने तिनिहरुलाई पनि अस्ती संचार मन्त्रालय मा जस्तै धर्ना दिने ,भित्ता मा नारा कोरने र अनेक थरि बिज्ञापन लेख्ने कम्पनिहरुलाई पनि कडा शब्द मा नोटिस र चेतावनी दिने ।
    मलाई बिश्वास छ तपाईंको नेतृ्तवमा भएको यस कामकोलागि तपाईंको सम्पूर्ण प्रशंसकहरुले दिल खोलेर सहयोग गर्नु हुनेछ र नेपाली ईतिहासमा तपाईंको नाम सधैं आदरले लिइनेछ ।म पनि आफ्नो सहयोगको लागि छिट्टै नै यहाँसंग संपर्क गर्ने नै छु । अनि अन्त मा एउटा कुरा उमेस जी बाटो मा पसल थपेर आफ्नो पेट पाल्ने यि बिचराहरु पसल थाप्न पाएनन भने त सांझ बिहान हात मुख जोर्न नै पाउदैनन्,यिनिहरुको लागि मात्रै एउटा छुट्टै एरियाको बन्दोबस्तको लागि पनि यहाँहरुले पहल गर्नु भयो भने सुनमा सुगन्ध थपिने छ ।

  25. माओवादीलाई चन्दा दिन नसक्दा “कर्ण बदुर बुढा” को परिवार र “तोयानाथ पौडेल” को परिवारै विस्थापित हुनु परेको छ, समाचार तलका लींकहरुमा क्लीक गरेर हेर्न सक्नुहुन्छ
    http://www.enepalnews.com/1june/27june3.htm
    http://www.enepalnews.com/1june/1/index.htm

  26. Umes jee,
    Thanx for your effort.every updated news are remarkable and appreciable.just keep it up.
    bimal k g

  27. ** No bridge for disabled and old people **

    The idea of building the bridge at the heart of the capital is fantastic. Now thousands and thousands of Nepalis are able to crosss the road without any fear of accident. Had anybody thought of disabled and old people’s plight when the bridge wass built? Are they second class citizens?

  28. Vibrating condom ko ad daami thiyo…aru ta kehi din ko laagi aakha lai jhukkaune baato ho…1-2 months pachhi tyahi hagchan,mutchan,footpaathe pasal khulchan.amighin lagdo ganaune bhayera feri mancheharu tala baata nai baato kaatchan.

  29. पुल बनाएर राम्रो काम गरेको हो तर त्यो राआआआतो गोविन्दा कलर पोत्ने अनुमती दिने कुन चाइ गोबिन्दा हाकिम पर्‍यो नि फेरी । त्यो भित्ता रङ्याउने कार्यकर्ता हरु लाई चै तेही भित्ता म पोस्टर बनाउन न पुगेको । बाँदर ले आफ्नो पनि घर बनाउदैन अरु को पनि बनाउन दिदैन भनेको यिनिहरु नै हो । हामि नेपलि को पुर्पुरो मा कहिले हो घाम् लाग्ने। फेरी त्यो माग्ने र नम्ग्लो पसले हरु लाई प्रशासन ले हताउन पर्ने थियो । अलि standard राख्नु पर्छ नि तेत्रो पैसा खर्छ गरेर । बिदेशी ले देख्दा के भ्न्लान ।

  30. Dear Umesh jee,
    Greetings from Ashok.
    I am a regular reader on your blog.I thought you are a right jurinalist on my mind but from today i am a confuse. The reson you have to publish on your blog so many photoes from new bridge in Rantnapark you thin you you did weldone and i also thought it was weldone until second last picture. But i saw a last picture in your blog and topic (it seems from high bridge from Rathapark).The picture from child who have only one leg. he don’t have two ledge. Oh my god why our nepalese peopel don’t see like that people. That is very very mistake your to write on your blog umesh jee.
    please you have to feel about his life and write again sorry. yes i am living outside of the country but i am very serious about like this child life. why you print your last picture on your blog this child and why you don’t sirous about this child life?
    unesh jee it is not fear.
    If you are kindly such a jurniolist please focus this child and write to help this child. then we will help defenetaly somethings.
    ok umesh jee don’t mind me you know the real is always not good.
    see you again. but in the last i like your blog not only me it is the voice from swiss nepalese people.
    bye
    ashok chulagai
    Bern, switzerland

  31. पुल सुन्दर छ , तर कुनै पार्टी अफिसको भित्ता जस्तो बनाउनेहरुलाई चाँही कहिले चेतना आउने हो खै? त्यो त सार्वजानिक स्थान हो नि
    नाराबाजीलेख्न भनेर निश्चित् केहि ठाउँ हरु मात्र फोहोर् गरे हुदैन? फेरि लेखेपछि मेट्न पनि जान्नु!! भन्न मन् छैन त्यसैले “कुकुर लै भित्ता देख्नु हुदैन….” भन्ने कुरो यहाँ मिले पनि भनिहल्दिन ।

  32. Can someone describe which road it crosses? This bridge looks much longer than the existing ones. Does this bridge only cross the road between Electricity office and Ratna park?

  33. ओहो किन यती बिघ्न सिम्रीक रंग पोतेको नि? यो पुलको डिजाईन कसले गरेको रहेछ? खै, मलाई थाहा नभएको हो कि के हो, मेरो केहि comment हरु:

    overhead crossover ले view मा अवरोध ल्याउँछ त्यसैले बनाउँदा जतिसक्यो त्यती transparent बनाउनु पर्छ तर यो पुल त त्यहाँ भित्ता झैं ठडिएको छ ।

    चालकको सुरक्षा पुलको commercial value माथि आउँछ र त्यसैले यस्ता पुल माथि उचाई र traffic sign बाहेक अरु कुनैपनि बिग्यापन राख्न मनाही गर्नु पर्छ । रंगको प्रयोगमा पनि यसै अनुसार बिचार पुर्‍याई सेतो, खरानी जस्ता आँखा नखाने neutral रंगको उपयुक्त हुन्छ ।

    Construction material को प्रयोगमा पनि त्यती ध्यान नदिएको जस्तो लाग्छ । maintainance र भविश्यमा कुनै परिवर्तन लाई सजिलो बनाउन जतिसक्यो त्यती हलुको र re-usable+modular सामाग्रीको प्रयोग गर्नु राम्रो हुन्थ्यो ।

    फोटोमा त राम्रो सँग देखिएन, तर भर्‍याङमा anti-slip strip पनि रखेका छैनन् जस्तो छ । अनि धेरैनै steep पनि देखिन्छ यो भर्‍याङ । घर बाहिर प्रयोग गरिने भर्र्याङको runner (पाइला टेक्ने portion) कम्सेकम पनि १ फुटको हुनुपर्छ ।

    उदेश्य त राम्रो हो, र अहिले सम्म हाम्रो देशमा कुनै building/planning code खासै छैन, तैपनि कति कुरा आँफैले राम्रोसँग सोचेर डिजाईन गर्नु पर्थ्यो । अनि आज भर्खर खुला गरेको रे, अनि अहिल्यै नारा पनि पोत्न भ्याइसकेका रहेछन अनिरास्वबियुले!

    प्रत्येक पुलको लागि public voting गर्नु स्वभविक छैन तर नगरपालिकाले judging panel को मार्फत यस्ता public structure हरु छान्ने काम गर्नु पर्छ जस्तो लाग्छ । BOT (Build-Operate-Transfer)मा बनेको भएपनि डिजाईन approve गर्ने अधिकार नगरपालिका र city planning जस्ता संस्थाहरुमा नै रहनुपर्छ ।

    अनि अन्तमा, expressway जस्ता बहुमुल्य प्रोजेक्टहरु त ५ देखि १० बर्ष भित्र हस्तान्तरन गरिन्छ, एउटा पुलको लागि २० बर्ष किन? जहाँसम्म मलाई लाग्छ, यो पुलको आयु केवल ७~८ बर्ष मात्र छ – २० बर्ष पछी के खालको पुल हस्तान्तरन गर्ने हुन् कुन्नी?

    यो पुलको कुनै compliment नगरेकोमा माफि पाउँ है!

  34. pul khuleko ma chain ekdum khusi lagyo..tara rajnitik nara dekhera chain wakka lagyo…haina khai ta bhitta potne lai jarimana garne niyam chha kyare..kina yee thula thula party sangha sambhandit student organisations haru le niyam palan garna nasakya bhanya?? Desh ramro banuchhu bhanne haru le….bhitta potera sab fohor garcahn..sahar safa rakhna maddat garna sakdainan bhane..kasari aru kaam garchhan??

  35. I don’t like the color- too much red. Color doesn’t suit the environment and easily distract the drivers.

  36. उमेश जि
    त्यो अन्तिमम सानो बालकको दुईबाटै खुट्टा काटि मागि खाने महिला दिदि सगँ एकपाट सोधि कसरि काटेको त्यो सानो बालकको खुट्टा मागिखानलाइ होकि कुनै रोगले हो? बिचरा हेर्दा कति सुन्धर र स्वास्थ देखने त्योबालक पक्कैपनि रोगलेत होइन होला? हेर्नु होस्त देखदै रुनमलागने त्यो बालकलाइ कसले त्यो हालतमा पुर्‍याएको र ति दिदिले पनि कति त्यसरि ब्यबस्थित तरिकाले पनि नराखि त्यसै मिल्कायजस्तो गरि देखायर पैसा माग्नु पर्ने अबस्था यो देशलाइ कतिसम्म बिगार्न सेकक।

  37. On that last picture, a kid without limbs has been used as a mercy to beg.
    Is that kid, kidnapped?
    How did that limb got chopped off? naturally? by accient? or on purpose to use him as a means to beg?
    Is there anybody who can investigate?
    There should be a serious punishment for those who use kids in such an inhumane condition for them to earn money?
    Stop using kids for your personal benefit.
    Its a shame for all of us.

  38. राम्रो सुरुवत हो तर यहाँ पनि अरु पुल हरु मा जस्तै फोहोर र मैला नगरिदा मात्र यो पुल को महत्तो रहिरहेने छ ।
    रुद्र प्रसाद खनाल
    साउदि अरब,दमाम

  39. Well I am throughly disgusted with that revolting red color. They should use some other light color and shame on our political student, when will these politcally guided studnet will disappear from this earth..god..use that money for some productive work rather than painting your disgusting slogan..

  40. Excellent photos. Would you like to lead a campaign against “writing slogans (any kind)on the wall” ?.

    You are the only peoples’ journalists. Otherwise most of the journalists are “Hundi Eaters” from govt., embassies or business houses etc.

  41. एदी यस्तै नाराले फेरी भित्ता हरु फोहोर पार्ने हो भने कस्ले भन्छ हाम्रो, नेपालीको, मान्सिकता अलि माथि उठ्यो भनेर!! ढिक्कार छ त्यो निकाए जस्ले लेख्न लगायो । ढिक्कार छ त्यो जिम्मेवार निकाए जस्ले निएम बनाएर एस्ता कृयाकलाप रोक्न सकेन । फेरी एस्ता लेखाइ मेट्न के बिदेश सँग पैसा मग्ने ?

  42. रातो राम्रो गुलियो मिठो भने झै रातो रङग नै पोतिएको रहेछ, खै मिठो मा कहिले झिङगा भन्किने हो । अनि राम नवमिको दिन मा रथ चाँही त्यो पुलको माथिबाट ल्याउने हो कि क्य हो उमेश जि ?

Comments are closed.