"बिहीबारसम्म ऐतिहासिक सहमति हुन्छ"

सात दल र माअ‍ोवादीबीच आज भएको दोस्रो चरणको शिखर बैठकपछि भएको पत्रकार सम्मेलनका बारेमा यो अडियो ब्लग यहाँ प्रस्तुत गरेको छु। यसमा दुवै वार्ता टोलीका संयोजक कृष्णहरु अर्थात् सरकारी कृष्ण सिटौला र माअ‍ोवादी कृष्ण महराका आवाज सुन्न सकिन्छ। दुवैले बिहीबार हुने वार्तामा ऐतिहासिक सहमति हुने विश्वास राखेका छन्। अडियो सुन्न भित्र आउनुहोला।



अडियो सुन्नलाई यहाँ क्लिक गर्नुहोला।

वा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

29 Comments

  1. के को सहमती हुँदैछ ह ? देस् लाई उखु पेल्ने मेशिन म राखे पछि जती झोल आउछ त्यो कस् ले कति कति पिउने भन्ने सह मती ?

  2. umeshji, blogger haroo ko coment baata tapai le peer na lenoohosh. ajai hamee nepali haroo ma education ko thoolo khacho cha,saccharata ko partishat ajha badhna baki cha.until,which is wrong or right,we couldn’tfind out,because of the lake of maximum an education,solet’s coordinate to make our people atleast85% educated.malai ta lagcha shikcha ko abhab le nai blog padhne haroo apash ma galee………. hamee haroo afai ma lade pachi faida swarthe netaharoo le oothai halchan ni ta. -hyderaba AP INDIA

  3. होइन सबै लाइ यो राज भन्ने मन्छे सङ्ग किन रिस् उठेको ह्? येदि उ माओबादि हो भने तिमिहरु को नि मन्डले? उ आफ्नो ठाउ मा सहि छ किन भने भेदभाब हुनु हुन्न । सङ्गै मा एक् जना लाइ तपाइ र एक् लाइ त या तिमि? किन? किनकि उनिहरु बिद्रोहि हुन् भनेर्? जे होश् साथि हरु हो येदि माओबादि नहुदो त कृस्न सिटौला मन्तृ हुने थियन होला अनि देश् गनतन्त्र वा लोक्तन्त्र पनि आउने थियन अनि देश् म उहि ग्याने जस्ता को राज् हुने थियो अनि अहिले का नेता हरु दर्बार् मा सरकर् को जय होस् भन्दै हुन्थे अनि देश् झन् बर्बाद् हुन्थ्यो ।सो साथि हो रिस् राग् छोडेर् आउनुस् तपाइ हामि सबै मिलेर यो देश् लाइ सुइश् जस्तो बनाउ न कि सोमालिया ।।।।।।
    thanks
    aasish
    swiss

  4. umesh ji namaskar,netaharu ko kura sunaunu bhayako ma danneyabad ,taja khabarko apechha gardachhu,mero sansar ma yasai gari
    jagat p. paudel ,from south korea.

  5. Let them take time, no problem as long as they keep talkng and not get confrontational. Now the willingness to solve the problems are coming from the both sides which is good. As long as they send the king packing and make the people safe from the Maoists and Nepal army (Making sure that they will not go against the people and democracy) we will be happy. Once those two problems are solved rest will move smoothly beacause Pashupatinath is on our side..

  6. Do not over trust into referendum,King persoion has too much corropeted money they can misuse that money on referendum so we will only go constituional assemly and what ever that give decision we must follow them,Once very good is that maobadi are also coming on open and election poltics that is good for democratic system.Once we must do that aware people that” king is not good for this country and social devlopment” we are so poor country we can’t afford rich king and his expenditure,

  7. kam chhaina yo site ka bloger haru ko. comeents ma kehi naya kura dinu sinu pardaina khali yekle arkolai gali garna bahek kehi najanne. huna ta ramra tarka dine khubi bhaye po dine. tyesaile kali arkali gali garne ra aaphu k k na hune. jo je bhaye pani sabailai aapanai adikar chha. kina tyo yesto ra usto bhnna paro ? ali bichar gari comment lekhnu hai saati ho.

  8. ** Any hope left on those political leaders ? **

    Very good Comments by Infidel.

    If leaders can not decide, let people decide the fate of monarchy by referendum. Very narrow minded political leaders who want to fix their futures but not of the nation and who do not have dynamic leadership qualities with good vision for the future of the country.

    Maoists want to legalise all their wrong doing, excess and human rights violations by insisting on the election of Constituent Assembly. After all if they can not break the ice on critical issues, what can we expect out from them.

    Very shame to all those so called political leaders ! After talking for two days, they could not come to any decision on critical issues.

  9. Other easy solution to peace process is before the decision of monarchy nationalise all the assets of Gyanendra. This is completely fair in anynody’s sense. Because all his possession are ellegal and I hope no body will argue on this. If he does have money and power, then army would not will not support him and he can not influence the outcome of either referendum or the CA. In any future choice he should be brought to the commoners level who can not influence any outcome on the basis of force or money. If he has earned some secotrs heart even losing money and army then that will be genium support for him. In the meantime his vast wealth can be used in many usefulway, like cleaning cities, health, education and other development work. I am sure he owns more than few years of Nepal budget. Then nepalese government get enough goodwill from friendly nations and additional aid, including the inspirational factor of people will really give boots to the national economy. So do not scared of making harsh but positive and couregious decisions that benefits most sector of society.

  10. I really liked infidel’s analogy and arguement. We commenters in the blog can share thoughts and can see the benefit of sensible decisions. But I wonder whether any of the participating leaders (congress, maoist and SPA) have even tried to understand people’s frustation. They are not the legitimate government, neither people have given them right to decide everything now. If these people are honest and sincere only thing they can do is look for people’s verdict. Keep all the destabilising force out of the CA and any other fair election. These forces are king, maoists weapon and the rNA army. Once these dangerous elements are managed by sensible institution like UN (watch it is not working on US interest). I had suggestion yesterday, the good trade of will be maoist weapen verses king. Both elements are most destructive and has been the biggest hurdle for the political change and in the peace process. Get rid of both of these useless elements which have destroyed thousands of people’s life over the years.
    Let the common sense prevail and don’t waste time like stupid arrogant on status quo useless issues.
    Try to trust people. Once people have the power they will deal with any unfair party. So most important thing here is to empower people. But SPA and maoist looks like fighting like vultures for caracusses and the king supporters will try to destroy everything that will give positive exit for political dilemma.

  11. माओवादीको कारण १५००० नेपाली हरुको ज्यान गयो । कति बेपत्तापरिएका छन्, कति घर बार बिहिन र टुहुरा भए त्यस्को लेखाजोखा छैन । हो राजा को कुकर्मको कारन् सात् दलले यि दुस्मन् हरुलाइ आबतरन् गर्ने राम्रो मौका दिएकाछन्। तर के गर्नु “औला दिदा डुडुल्नो निल्ने” दाउ छ यि पापिहरुको।
    हे हे हे ……. महरालाइ उमेशजिले तिमि भन्नु भो भनेर रोइरहेको छ एउटा माओ-चम्चा। ए जा त जङल्मा नै तेरो काम् Blog पढेर कमेन्ट गर्ने होइन, बसमा बम् राखेर जनता मार्ने, बालक बालिका अपहरन् गर्ने / मार्ने, पुल् /टावर् भत्काउने होलानि?

  12. पत्रकार सम्मेलनमा कृष्ण सिटौला जत्तिको आशावादी अर्का कृष्ण देखिएनन् । बुझ्नु पर्ने कुरा के हो भने माओबादीले चाहेजस्तो सम्पुर्ण क्रान्ती बाट आएको परिबर्तन यो होइन । यहाँ निरङ्कुश राजतन्त्र मात्र हारेको छ ,माओबादीहरुको आँशीक जीत भएको छ भने सम्पुर्णरुपले सात दलले नै जीतेका छन । यस अर्थमा आम जनताको जीत हो यो । यो परिवर्तनलाइ ब्यवस्थीत गर्ने कुरामा पनि सात दल जति लचकदार देखिएका छन् त्यो लचकता माओबादीमा देख्न्नमा आएन । जब यो सम्पुर्ण क्रान्ती नै भएको होइन भने उहाँहरुले जे जे भन्नुहुन्छ त्यो त्यो कसरि सँभव हुन्छ? सम्झौता भनेको केहि लिनु र केहि दिनु होइन र ! माओबादी ले यो कुरा छाडे है भन्ने कुरा अहिले सम्म एउटा पनि सुन्न पाईएको
    छैन । अपहरण ,हत्या , आतङ्क ,जबर्जस्ति चन्दा सबै यथावतै त छ नि ! बिस्थापितले घर फर्किन पाएका छैनन् ,खोसिएको सम्पत्ति फिर्ता गरिएको छैन ! अनि दुरदराज गाउँतिर गुण्डागर्दी र दादागिरिका कहालिलाग्दा प्रसङ्गहरु ! मैमत्ता छन् ,फाँट फुकेका छन् । राज्यको उपस्थिति नभएपछि रोक्ने को? युद्धबिराम र वार्ताको मौसममा यो सबै सुहाउने कुरा हो र? अर्कोतिर सरकार र सात दलले धेरै कुराहरु छोडिसकेका छन् जो यहाँ गनिरहनु नपर्ला । हामि नेपाली फेरि उस्तै ! कसले फुल पारिरहेको छ र कसले फुल चोरिरहेको छ भन्ने सम्म चाल नपाउने । बार्ता को रट लगायो ,सरकारलाइ सत्तोसराप गर्यो बुढा गिरिजालाई तथानाम् भन्यो बस् ! मलाई के लाग्छ भने यदि माओबादी उनिहरुले भने जस्तै साँच्चिकै शक्तिशाली भएका हुन र जनताको साथ पाउँछन् भने र सिद्दान्तबाट अलिकति पनि तल-माथि नहुने हो भने तथाकथीत अक्टोबर क्रान्ती छेडेकै बेटर् । किनभने अन्तिममा गएर सुधारिने भनेको माओबादी नै हो । मानव र मानवता बिरोधि सिद्दान्तहरु को सुरक्षीत अवतरण बिना सँशोधन् र बिना पश्चाताप कहिल्यै सँभव भएको छैन । र हुँदैन पनि ।

  13. I read comments written above. many people have commented upon the comment of Raj. Raj is absolutely right because Home mininster himself addresses him as Mahara ji. GP korala addresses them respectfully. These days Nepali people addresses them respectfully. No one can under estimate Maoists.
    Maoists are the center of changes in Nepal. The people who cant even hear a single word for the maoists cant be democratic. As a matter of fact they are more autocratic and against the changes.
    A single sentence for Mr Umesh, is Raj wrong to comment on your language? dont you realize? does it look good to address to people(I would say both of them weigh samebeing both leaders of dialogue team) if different way? You say “timi” for any people. still it depends on your opinion and faith to them. finally no comment

  14. Ramro example! eha blagar pathak bich ta sano kurama phato ra bhanabhan chha bhane rajnaitik netaharuma jhan kin kura milos? ani kasari barta saphal hos? Sano kurama sabailai ris uthchha, sabai thulo hunu parchh!

  15. lets hope it will be success because both are frightened and enthusistic to sit on the chear of government.
    sangita

  16. दुबैको निस्कर्श २६ गते सम्म निचोड् निस्कन सक्ने सम्भाबना मात्र रहेको देखिन्छ।
    सुभकामन एउटा एतिहासिक सफलता मिलोस नेपालि जनताको यहिकामना गरौओ।

    राजाको सम्पत्ति राष्टियकरण गरेर सेनाको परिक्षण गर्ने तर्क राम्रै हो।

  17. यो राज भन्ने मन्छे पनी मायोबादीको गोट्टी परेछ उसलाइ के थीहा उसको मवोबादीहरुले देस र जनताको घाटी रेटी लाखोउ नेपालीको घरबास बीहीन बनायको छ तीमीलाइ थाहा छ साथी तीम्रो मायोबादीको हातबाट हतीयार हटेपछी अनी नेपाली जनताले तीमीजस्तो मायोबादीको गोटीहरुको हालत कस्तो हुन्छ त्यो कुरोत हेर्‍उनै छ

  18. वार्ता वार्ता वार्ता, सँधै वार्ता । के को वार्ता ? सँधै वार्ता मात्र भनेर जनता झुक्याउने अनि र्‌याडिसनमा प्याग लडाउँदै कुखुराको खुट्टा चपाउने? नेपाली जनताले एउटै चाहना हो, अनि त्यो हो शान्ति। यो बारुदको डंगूरमाथि बसिरहेको त्रासलाई हटाउने कोशिस गर न। तरकारी बजारमा आलुप्याजको मोलमलाइ गरेको जस्तोलाई वार्ता भन्न मिल्छ ?

    जो हे्र्‍यो उही साँचिलो बन्न खोज्ने। लाग्छ कि नेपालको भविष्यको निर्माण गर्ने ठेक्का टेन्डर हालेर पार्‍याजस्तो। काँग्रेसलाई राजतन्त्रको मोह, माओवादीहरु कसरी आफूलाई देशभक्त देखाउने भन्ने चक्करमा , एमाले हावा कतातिर बग्छ त्यतै ढल्किनुपर्छ भन्ने सोचाइमा अनि जनताको चाहना माटो बराबर। जनताको इच्छाको त्यतिकै कदर भएको भए आफू आफूमा शक्ति प्रदर्शन गर्न छोडेर स्थाइ शान्तिका निम्ति एक कदम भएनि चाल्नु नि।

    राजतन्त्रको बारेमा कुरो मिलेन रे …. हे भगवान, राजतन्त्रको बारेमा कुरो मिलाउने अधिकार तिमीहरुलाई कल्ले दिएको छ ? तिमीहरु जे सुकै खोक्दै गर न अहिले, त्यसको वास्तविक निर्णय गर्ने अधिकार, जनता र मात्र जनतामा सिमित छ। त्यो चाहिने नचाहिने कुरोमा झगडा गरेर हुन्छ ? खुरुक्क लाएर संविधान सभाको चुनाव गर्ने वातावरण मिलाउ न , त्यसको निर्णय भइहाल्छ।

    एमाले ले जनमतसंग्रह गराउने रे ….. जनमतसंग्रह को नाम गरेर यो काम न काज को संसदलाई झन लम्ब्याउने ? अनि पैसो ? फल्छ, कि फोकटमा गराउन सकिन्छ ? एउटा कुरा मैले नबुझेको। जनमतसंग्रह राजा राख्ने कि नराख्ने भन्ने विषयमा गरेपछि , राजा राख्नेभन्ने मान्छेहरुको पनि कुरा सुन्न सक्ने आँट हुनुपर्‍यो। दुवै पक्षका चुनावी प्रचारहरुले ठाँउ पाउनुपर्‍यो, ज्ञानेन्द्रका चमचाहरु कति हदसम्म जालान् , त्यो कसैले सोचेको छ?

    काँग्रेसको त के कुरा गर्ने । राजतन्त्रको नाममा खेलेको जुवाले भोलि उचाल्ने हो कि थचार्ने, समयलेनै देखाउने छ। काँग्रेसीहरु राजतन्त्रको पक्षमा जान्छन् भने जाउन तर अरुलाई त्यो बारेमा घोटेर पिलाउने बानी भने त्यागेकै बेस्।

    बाँकी रहे माओवादी । १० वर्ष लडेकै थिए। घरि काँग्रेसीहरुसँग लडे, घरि आफ्नै कम्युनिष्ट कमरेडहरुको घाँटी रेटे। अन्त्यमा आएर मिलेको नाटक गरेकै भरमा अहिले खुल्ला राजनितिमा प्रवेश पाएकाछन्, नेपाली राजनितिक क्षेत्रमा एउटा पहिचान बनाउन सफल भएकाछन्, अखबारभरि छाएकाछन। हिजोसम्म आतंककारी भनिएको समूहलाई नेपाली समाजले एउटा राजनितिक दलको रुपमा स्विकार्न खुल्ला दिलले तयार भएको छ। ए, अझैपनि त्यो क्रान्तिकारीकै बिल्ला लगाएर बस्ने ? समयको सदुपयोग गरेर आफ्नो एउटा हस्ती बनाएर देशलाई कसरी योगदान दिन सकिन्छ भन्ने तिर लाग्ने कि, सँधै आफ्ना आदर्शलाई देश र जनताभन्दा माथि उचालेर त्यसमा रमाउने ? भैगो हतियार नबिसाउ, मन लागेको बेलामा, साइत पारेर हतियारलाई व्यवस्थित बनाउ तर भगवानको लागि जनताहरुलाई दुख: दिन त बन्द गर। एकचोटी कान्तिपुर पल्टाएर हेर, हरेक दिन तिमीहरुका चन्दा, अपहरण, दादागिरी हरुको बारेमा कतिवटा समाचार छापिएका हुन्छन् ? आफ्ना मान्छेमाथि कन्ट्रोल छैनभने खोइ के भन्नु तिमीहरुलाई।

    हेर नेताहरु हो , धेरै नाटक नगरम। देशको निम्ति निर्णय गर्ने न त गिरिजा, न त माकुने, न त पुकदाहाल तिमीहरु कसैलाई अधिकार छैन। वार्ताको निहूँमा भोलिको सरकारको भागबण्डा लगाउने काम बन्द गर। जे सुकै होस् एउटा निर्णय चाँडो गरेर अलिकति भएपनि यो नाटकबाट नेपालीहरुलाई मुक्त गरिदेउ।

  19. माथि राज (raj) भन्ने माओ बादि ले भनेको कुरा गलत् हो, आलोक् (Aalok) जि ले भनेको कुरा ठिक् हो
    मलाइ फेरि राजा बादि भन्लान्, त्यो होइन
    मेरो बास्तबिक् पहिचान् चाहियो?
    हत्यारा बाङ्गे मुर्दाबाद्
    दाइमारा मुर्ति चोर् बाङ्गोमुन्टे लाइ नख्खु मा कोच, बाङो मुन्टे लाइ नागेझार बनायेर जेल् मा कोच; बाङ्गे लाइ पनि कोच

  20. यो राज भन्ने खाटे माओ नै हो । हैन भने एस्तो सानो तीनओ कुरा लाइ लिएर टाउको किन दुख्यो? दादागिरी देखाएर ब्लग लाइ धम्की??
    त्यो एक जना ले ब्लग न हेरे ब्लग कसरी बन्द हुन्छ फेरि?

  21. यो राज भन्ने माउवादीकव टट्टु हो पक्कै । यसलाई क्यान टाउको दुखेको महरालाई तिमी भन्यो भनेर । उसको माउवादीका सेनाले पत्रकार सम्मेलनमा पत्रकारहरुलाई कस्तो दुर्व्यवहार गरेका थिए नि ? त्यो थाहा छ उसलाई ? बढी जान्ने हुन्छ मुला । ल है साथी हो खेद यो राज भनाउँदोलाई ।
    अर्को कुरा सिटौला यो देशको मन्त्री हो । महराको हो ? राजको बाउ ? राजालाई त तँ भन्ने बेला माउवादीको कुरा गर्छ…

  22. If they only believe like this and do not reach to any conclusion soon, then, all the discussion can be meaningless. These maiosts guriellas may develop frustration and may not obey the leaders and again these royal looteras may grip their position and can indulge in political conspiracy. So, We should urge these leaders to reach the solution soon , very soon, very very soon.

  23. ओ उमेश जि के छ खबर? कृष्ण प्रसाद सिटोला लाई बोल्दै हुनुहुन्छ अनि कृष्ण प्रसाद महरा लाई बोल्दै छन भन्ने? किन यती फरक ह? तपाईं भन्न सानो हुन्छु जस्तो लाग्छ? बोली सुधारनुस् तपाईंलाई माया गरेको राम्रो ब्ल्गर भनेर हो घमन्डी भय छिट्टै पाटन पनि हुन सक्छ तपाईंको यो ब्लग ।
    बाइ म्यान

Comments are closed.