"नेपालमा अब राजतन्त्र राख्नै हुँदैन"

-भीमसेनदास प्रधान-

[प्रधानले शनिबार भएको वृहत् नेवाः गणतान्त्रिक सभामा गरेको सम्बोधनको भावानुवाद यहाँ राखिएको हो। मूल सम्बोधन भित्र अडियो ब्लगमा सुन्नुस्]

म नेपाली काँग्रेसको एक जना सदस्य भएको नाताले भन्दैछु- हामी सँधै संवैधानिक राजतन्त्रको पक्षमा रहेका थियौँ। २००७ सालको क्रान्तिमा भागिसकेको राजा त्रिभुवनलाई पनि भारतबाट फिर्ता बोलाएर ल्याएर फेरि राजा बनाएर राखी जनतालाई संविधान बनाउन दिन संविधान सभाको निर्वाचन गराउने सहमति गरिएको थियो। तर राजाले त्यसलाई तोडे। त्रिभुवनले त्यसरी सहमति तोड्दा पनि काँग्रेसले नेपालमा राजा चाहिन्छ भन्ने आवाज उठाइरह्यो। हामीले संवैधानिक राजतन्त्रविरुध्द नारा लगाउनु पर्ला भनेर कल्पना पनि गरेका थिएनौँ। तर विशेष गरी दरबार हत्याकाण्डपछि यसमा परिवर्तन आयो। दरबार हत्याकाण्डमा जसरी राजपरिवारका सबै सदस्यहरुको जसरी हत्या भयो, त्यो हत्याका पछाडि पनि संवैधानिक राजतन्त्र कमजोर हुन्छ भन्ने डरले वास्तवमा हिजोका सेनापतिहरु, दरबारियाहरु र राजा ज्ञानेन्द्र पनि स्वयं सहभागी भएको भनी सबै नेपालीलाई थाहा छ।

माघ १९ पछि जनताले निर्णय गरिसक्यो- अब संवैधानिक राजतन्त्र यो देशमा रहने छैन। त्यही क्रममा नेपाली काँग्रेसभित्र पनि अब राजतन्त्र राख्ने कि नराख्ने भन्ने बहस उठ्यो। हामीले हरेक क्षेत्र, इलाका, जिल्ला कमिटीहरुमा प्रस्ताव पारित गर्‍यौँ।

राजतन्त्र अहिले कोमाको अवस्थामा पुगेको छ। कुनै पनि हालतमा त्यसलाई बिउँझन दिनु हुँदैन। यदि हामीबीच विवाद र झगडा बढ्यो भने त्यो फेरि ब्युँतन सक्छ। यसको संभावना प्रवल छ।

इतिहास हेरेर पनि हामीले के बुझ्नु पर्छ भने नेपालमा अब राजतन्त्र राख्नै हुँदैन। त्यसैले संविधान सभाको निर्वाचनमा घर-घरबाट गणतन्त्रको पक्षमा भोट दिनुपर्छ।

विदेशीहरुले नेपालमा गणतन्त्र आयो भने कम्युनिस्टकरण हुन्छ, कम्युनिस्टहरु हावी हुन्छन् भन्ने गर्छन्। वास्तवमा गणतन्त्र भनेको कम्युनिस्टहरुको नारा होइन। अमेरिकामा स्वतन्त्रतापछि पहिलो राष्ट्रपति चुनिँदा कार्ल मार्क्स आएकै थिएन। तर त्यतिबेला नै त्यहाँ गणतन्त्र आइसकेको थियो। फ्रान्समा क्रान्ति हुँदा पनि कम्युनिस्टहरु आएकै थिएनन्।

टाढा किन जाने, हाम्रै नेपालमा पनि पुरानो इतिहास हेर्ने हो भने, बाबुराम आचार्यले लेखेको इतिहास पल्टाउने हो भने किराती राज्यमा पनि देशको मूल नेताको चयन एक किसिमले चुनाव गरेर गर्ने गर्थे। त्यसैले नेपालमा ७५० वर्षअघि नै गणतन्त्रको अभ्यास सुरु भइसकेको थियो जतिबेला फ्रान्समा भएको थिएन। अझ भन्ने हो भने बुध्दकालीन समयमा पनि राजा जनताले चुन्ने चलन थियो।

अझ पृथ्वीनारायण शाहले एकीकरण गर्नुअघि द्रव्य शाहको कुरा निकाल्ने हो भने पनि लमजुङ र गोर्खामा दौडेर प्रथम हुने राजा हुने चलन थियो। त्यो पनि वास्तवमा छानेर राजा हुने एउटा प्रक्रिया थियो। तर त्यतिबेला द्रव्य शाहले सोझा मगरहरुलाई झेल्ली गरेर बीचमा घुसेर म पहिला भएँ भन्दै राजा भएका थिए। त्यसबेला देखि उनले मेरो छोरा राजा हुन्छ भनी त्यो प्रक्रियालाई भंग गरेका थिए।

भन्नलाई पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेको भन्ने गरिन्छ। तर वास्तवमा एकीकरण भएको छैन। पृथ्वीनारायण शाहले यो नेपाल मण्डललाई त्यतिबेला अतिक्रमण गरेका थिए। यहाँको भाषा यहाँको संस्कृति सबै नाश गर्ने रणनीति लिएका थिए। उनले यहाँका मल्ल राजालाई अहिलेका राजाले पार्टीहरुलाई लडाए जस्तै गरी लडाएका थिए।

पृथ्वीनारायण शाह यहाँको सिंहासनमा त बसे। तर नेपालको इतिहास हेर्ने हो भने शाहवंशका राजाले न मठमन्दिर बनाएका छन्, न गाउँको विकास गरे- केही गरेनन्। त्यसैले शाहवंशी राजा विकास र लोकतन्त्रका बाधक हुन्। गाउँगाउँमा केही विकास नगरेका हुनाले त्यहाँका बासिन्दाहरु सबै गणतन्त्रवादी हुनुपर्ने हो।

मूल भाषण नेपालभाषामा रहेको छ।

सुन्नलाई यहाँ क्लिक गर्नुस्।

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

[नेवाः पासापिंसं थ्व अडियो ब्लग न्यनादीगु दु ला कि मदु धकाः सीकेत न्यनेधुंका बचाहाकलं जुसां कमेन्ट च्वयादीत इनाप यानाच्वना। अथेहे जातीय स्वशासनया बारे खँ वइबलय् बर्मू अहंकारवादीतयसं लाक्वपाक्व च्वयाहइबलय् तर्कपूर्ण लिसः कमेन्टय् बिया झीगु खँ उमित उमिगु हे भाषं थुइकादीत नं इनाप यानाच्वना।]

30 Comments

  1. umesh ji,
    raja chainchha bhanne ta murkha nai ho tara hamilai deshko sahi netritwa garne sachhha neta bhane chinchhabhanne kura ma kasaiko dui mata nahola.
    aja ko nepal ma raja neta ra bharaute haru chor nai chor chhan ko hola tyo margadarsak jale matra desh ko sochos.

    nepali janata lai aphno bibek le neta chhanne adhikar sahi arthama bhae raja bhanne kura ko chihan na kotyae hunchha.

  2. Rajtantara? i dont like that words so it should be replace from nepla soon,so that our country will be good .

  3. पृथ्वि नारायणको नेपाल एकिकरणलाई त्यसबेला राम्रो मान्न सकिन्थ्यो, जुन वेला उनले विजित राज्यहरु र प्रदेशका विशेषताहरुलाई अक्षुण्ण राखेका हुन्थे। जित्नेले सबै चिज पाउने र हार्नेले सर्वस्व गुमाउनु पर्ने गलत मान्यता अनुसार पृथ्वी नारायणले जितिसके पछि के-कस्ता कु-कृत्यहरुलाई फलिभूत गरेका थिए, त्यो त यसै ब्लगमा धेरै मित्रहरुले पढिसकेको हुनु पर्छ। जनतालाई दास र रैती तुल्याएर, सो क्षेत्रको मालिक म हुँ भन्ने अप-सँस्कृतीका जननी पक्कै पनि पृथ्वी नारायण हुन। र यसलाई आधुनिक कालमा राजा महेन्द्रले “मन्डले राष्ट्रवाद”को खोलमा ढाकेर अन्तर्राष्ट्रिय समूदायमा शासक वर्गले तोकेको ढाँचामा मात्र नेपाल र नेपालीपनको परिचय दिन काम गरेका हुन र यो शाहवँशलाई लामो समयसम्म कायम राख्ने कुचेष्टाको परिणाम हो । यस्तै, विदेशीसँगको लडाई र झै-झगडामा नेपाल नामक राज्यतन्त्रका सँचालकहरुलाई विजयी बनाउँदै राज्यतन्त्रका भौतिक सीमालाई बचाउनु र नेपालको निर्माता/एकिकरणकर्ता हुनु भनेका पृथक कुराहरु हुन । जसत्ै, अमर सँिह थापा, बलभद्र कुँवर देखि लिएर प्रधानमन्त्री भईसकेका भिमसेन थापासम्मलाई हामी देशभक्तका रुपमा मात्र लिने गर्छौँ। उनीहरुका योगदान नेपालको भौतिक परिधिलाई जोगाउनमा पृथ्वीनारायणको भन्दा कम अवश्य पनि थिएन, तर पनि हामीहरु यि बहादुर नेपालीहरुलाई “देशभक्त”कै रुपमा मात्र हेर्छौँ । जहाँ सम्म जँग बहादुर बहादुरका कुरा छन, यिनि पनि पृथ्वी नारायण भन्दा कम होईनन। तर, राणाशाहीको सुत्रधार भएकाले यीनलाई भने अरु देशभक्तहरुलाई प्राप्त सम्मान पनि प्राप्त छैन । भन्न खोज्या कुरा के हो भने, सीमाना बचाउने र बढाउने कामहरु सैनिकीकरणका अभ्यास मात्र हुन र एकिकरणको मियो चाँही कदापी होईन।

    तर, मुल कुरा ईतिहासको अपव्याख्या नै हो जस्को अन्तय नेपालमा राजतन्त्रको अन्त्यका साथ मात्र हुने देखिन्छ। र यो हुनु अत्यन्त जरुरी छ। हाल आएर जातीय स्वशासन विरोधीहरु, र सँघिय राज्यतन्त्रका विरोधीहरु “नेपालीपन”को परिचयका नाममा भ्रामक अभिव्यक्तीहरु दिन थालेका छन। हो, विदेशमा चाहे दलित हुन, चाहे मधिसे हुन, या चाहे नेवार/तामाङ्ग/राई/गुरुङ्ग/मगर/लिम्बू हुन, या चाहे वाहुन, क्षे्तरी हुन सबैको परिचय “नेपाली” नै रहन्छ । नाक, आँखा र रँगमा आएको भिन्नताले नै कुनै पनि विदेशीले नेपालीहरु भनेका यस्तो वर्णका वा यस्ता शारिरीक बनोटका वा यस्ता मूलका हुनु पर्छ भनेर कहिले पनि भन्ने वाला छैनन किनभने सबैलाई थाहा छ -नेपाल सानो राष्ट्र भएपनि जातीय र भाषीक विविधताले भरिपूर्ण राष्ट्र हो। तसर्थ, विदेशमा वा कुनै विदेशीले हामी र हाम्रा राजनैतिक सँरचनामा एकरुपता खोज्छ भन्ने वहानामामा सयौँ वर्ष देखि कुन्ठीत भावनाहरुलाई पुन: दबाउने र सो पश्चात नेपालीहरुका जातीय विविधतालाई पुन: “नेपालीपन”को नाममा ओझेलमा पार्ने कोशीस गरिन्छ भने पृथ्वी नारायण शाहले भोग्नु नपरेको विस्फोटक स्थिती नेपालका वर्तमान शासकहरुले भोग्नु पर्ने हुनेछ । तसर्थ, नयाँ नेपालको “नेपालीपन” भनेको सम्पूर्ण नेपालीहरुका परिचयलाई समेटनु र सँबोधन गर्नु हो र यसका लागी जातीय स्वशासन र सँघीय प्रणाली राम्रा विकल्प हुन । उदाहरणका लागी भारतकै उदाहरण हाम्रा लागी धेरै हुन्छ। दक्षिण भारतमा समेत तमिल, केरलावासी र अान्ध्रप्रदेशका हरु एक आपसमा छुट्टीएर बसेका छन। यस्तै, महारा्ष्ट्रीयन, गुजराती र राजस्थानीहरु हिन्दी भाषी अन्य उत्तर भारतका राज्य भन्दा पनि पृथक छन। र यी भारतीयहरु जहाँ पुगे पनि जहिले पनि “ईन्डीयन” नै रहन्छन। र अन्तर्राष्ट्रिय समूदायले समेत यिनिहरु सबैलाई “भारतीय” भनेर सँबोधन गर्ने गर्छ। यदी सँघीय राज्यतन्त्रलाई जातीय र भाषीक रुपमा निर्धारण गर्दाखेरी देश टुक्रिने हो भने किन भारत अहिले सम्म एक छ त? सोभियत सँघको विघटनको बेलामा भारतभित्रै पनि “फेडरेल स्ट्रक्चर” खलबलिने त होईन भन्ने आवाजहरु उठेका थिए । तर, यस्को विपरित भारतमा भारतिय राष्ट्रियता झन-झन बलियो हुन गएको छ र उत्तर-पूर्वी भारतका सिमित क्षेत्र र जम्मु-कश्मिरमामा बाहेर भारतमा कतै पनि पृथकतावादी आन्दोलन छैन। यो किन भयो त भन्ने कुराहरु हामीले बुझ्नु पर्छ र एउटा कारण चाँही अवश्य पनि जातीय स्वशासन र सँघीय राज्यतन्त्रको राम्रो सँग जरो गाडेको अवधारणा हो भनेर हामीले बुझ्नु पर्नेछ।

    तसर्थ, गणतन्त्रको मुद्दालाई जातीय स्वशासन र सँघीय प्रणालीसँग जोडनु आजको आवश्यकता हो । वर्तमान राजनैतिक माहौलले देखाईसकेको छ गणतन्त्र त्यसरी नै जातीय स्वशासन र सँघीय प्रणालीसँग जोडिन पुगेको छ जसरी हिजोका दिनमा राजतन्त्र र मन्डले राष्ट्रवाद जोडिएका थिए । जातीय स्वशासन विरोधीहरु कहिले पनि सक्कली गणतन्त्रवादी हुन सक्दैनन किन भने जातीय स्वशासनको विरोधको जडमा जहिले पनि राजतन्त्रलाई मलजल गर्ने ईच्छा लुकेको हुन्छ । तसर्थ, साथीहरुले निश्चिन्त भएर २०० वर्ष पछाडीको नेपाल एक सुखी र समृद्ध गणराज्य हुन्छ भनेर सोचे हुन्छ जहाँ हरेक नेपाली आफ्ना पहिचान र आत्मसम्मानका साथ जीवनको गोरेटोमा हुनेछन।

    अन्त्यमा भिमसेनदास प्रधानजी लगायत अन्य राजनैतिक पार्टीका मित्रहरुलाई उहाँहरुको राम्रो शुभारम्भका लागी हार्दिक बधाई तथा धन्यवाद।

    सुरेश भक्त श्रेष्ठ
    टोक्यो विश्विध्यालय, टोक्यो, जापान

  4. zz Sir,
    धेरै त म जान्दिन, तर पनि पृथ्वी नारायणको २०० सय बर्ष अघिको भुत्ते दिमागले जे जसो बिचार गरेर भए पनि राज्य बिस्तार गर्न तिर लागे|निस्वार्थ भावनाले आफ्नो अग्रजको अनुसरण गरे, बहादुर शाहले|अनि सामन्तीहरु धेरै धेरै पछि, अर्को एक सामन्ती, महेन्द्रले बिश्व सामु अलिकति भए पनि united nation सम्म नेपाल चिनाउने गरे|(त्यस समय सम्म, बिश्व सामु महेन्द्र त्यति नराम्रा थिएनन् कारण-बिश्वभरि democracy ले मूहुर्त रूप लिईसकेको थिएन)
    अब अहिलेको सन्दर्भ तपाइ हामी त शिक्षित बर्ग, त्यहि पनि अहिले त भीरको गोरुलाइ राम राम भन्दा अरु शब्द हामीसँग छैन|यो 21st century,globalization,information technology र liberalization को जमानामा हामी यति ज्ञाता छौ कि ति भुत्ते,असभ्य, अनपढ, बिलासी राजाहरु को कर्ततूत हरु हाम्रो यो निखारिएको बुद्धिले त राम्रो त भन्नै मिल्दैन|तर पनि retrospect मा हेर्दा इतिहासको राम्रो कुरा मात्र केलाउने र सिक्ने र सिकाउदा सबैलाइ फाईदा नै हुन्थ्यो जस्तो मलाइ लाग्दछ|

    हाम्रो यो बुद्धिले आज गरेको सर्वकृष्ट कार्यहरु , भोलि हाम्रै पनातिहरुले २०० बर्षपछि वाहियात मान्लान्|किन नमान्नु, परिवर्तन यति परिवर्तनशील छ कि यसले कुनै कुरा स्थिर त राख्दै राख्दैन, राम्रोको लागि|भोलिका दिनहरुमा issues हरु अरु नै होलान भन्दैमा आज हामीले गरेको उत्कृष्ट निर्णयहरुको कुनै औचित्य छैन र, भोलि नाती पनातिहरुले नमान्दैमा? तर पनि आशा गरौँ , भविष्यले हामीलाइ चैँ दोष मात्र नदिउन|थोरै लागे पनि राम्रोलाइ राम्रै भनिदिउन|

  5. ** Federal Republic or Democratic Republic of Nepal ? **

    Views presented by X Berlin is indeed enlightening one for the present context in the country. The country is at the crossroads and we need to select the correct path which will take the country for the bright future. The new system should not be discriminating based on race, castes, ethnic origins, languages or religious beliefs. The country has already been declared as secular country and hopefully there will not be any discrimination based on religious beliefs.

    There are mainly two issues left to be resolved in the country.

    1. Abolishing the Monarchy institution by declaring the Republic of Nepal

    2. Form of Proportional Representative Government based on Federal Republic or Democratic Republic

  6. casanova, के जोक गरेको? मैले त जताबाट हेरे नि शाहबंशी राजाका पुर्वजले गरेका कुनै पनि सकारात्मक योगदान देख्दै देख्दिन । नकारात्मक मात्रै देख्छु तिनका योगदान । लौ न त जाओस कस्तो योगदानको कुरा गर्या हो? हामी नि सुनम ।।।

  7. प्रतेक जाती र भाषा भासी हरुले आफ्नो जतिय उत्थान को प्रयास गर्नु राम्म्रो हो, तर एक्ले आर्को जाती लाई होच्याउनु हुँदैन । नत्र भाई फुते गवार लुटे हुन्छ ।
    भिम्सेन डास् जि युगु लेख सिके वाला ताल
    हाना हाना न चोयादिस् ।

  8. Absolutely right, shah regime is not nepali even they can’t speak nepali well , they don’t wear nepali cloths, they don’t eat nepali food , they aren’t nepali and they never work for nepal so why should keep them as a expensive animal of a zoo ? Noway,let’s make them to leave country.
    Democratic republic of nepal Jindabad.

  9. In the current political context of nepal ushering in a new poltical system addressing the spirit of Janaandolan-2 is inevitable. Now the question is how should the new political system look like?

    Loud voices advocating republican setup in nepal are echoing all around the country and they are so strong, vivid and intense that even expatriates living in every corner of the world are hearing it. The term republic, in my understanding, is broad. Many forms of republican setup exist around the globe. In some popular republics like germany, india etc, the president, who is head of the state, has a defacto ceremonial role and the prime minister heads the executive body of the state. In USA, the president has a dual function, namely the function of head of the state and that of head of the executive body of the state. As far as I know Syria, a country lying in the middle east, is also a presidential republic. But everyone interested in global politics is aware of the condition of democracy in Syria. One another example of republic of dictatorial nature is North Korea. Yet another form of republic is switzerland. I personally find it an interesting republican setup and it is worth spending some time studying it since switzerland is, like nepal, not only naturally gifted but also heterogeneous in terms of languages spoken and cultures. The languages spoken in switzerland are french, german, italian and romanish and it indicates that culturally different people live in peace and harmony in switzerland. Switzerland is a confederation of 26 autonomous cantons. It has a legal body called Federal Council which is the top executive body and collective head of state. The Federal Council consists of 7 members representing the four major parties proportional to their representation in the federal parliament. The President of the Confederation is elected from the seven to assume special representative functions for a one-year term.

    The facts mentioned above show that a republican setup is not necessarily democratic. If majority of people from all ways of life embrace the republican setup, the time is ripe to discuss which kind of republican setup do the people of nepal desire?

    I would prefer the adjustment of the swiss republican set up in context of nepal. It would, on one hand, minimize the risk of emergence of a new dictator in disguise of a person with communistic or democratic or nationalistic ideals and, on the other hand, prevent shortsighted, selfish leaders with nepotistic attitude from making unilateral and wrong decisions on matters of national interest. Moreover it is the most inclusive form of democracy which I can imagine.

  10. काग्रेस ले राजा जब सम्म बलियो थियो ।।। तब सम्म राजा चहिन्छ भन्दै हिड्यो। अब राजा कडापि नरहने देखे पछि दर्बार को आद् लियेर सोसन् गर्न पल्केको कग्रेस् ले अब गनतन्त्र को बातो रोज्दै छ ।।।तर दुर्भग्य वस नेपालमा राजा र कागएस अकै चोति सखाब हुदै छन ।यसमा दुइ मत छैन।

  11. I think we should not overdo any thing. The First meeting of The CA will decide about the fate of Monarchy. Recently King is very much affraid and he even cancelled his visit to Hetaunda.He should remain like that till the results of the elections to CA.His son should also stop his tantrum and should not look for other women for f&&king besides his wife.But do you think the elections of CA will happen in time ? I have doubts whether it would ever happen ? There is still a possibility of anarchy because the Government and particularly UN is too slow for Nepal’s peace.

  12. tesho bhaye nepal lai pheri 22-24 rajya ma divide garu ani herau k huncha, nepal bancha ki india ko aarko new rajya bancha……….. pirthivi narayan shah ko life ta nepal banuda ra ladai garda garda bityo……. desh bigareko ta tesh paachi ko raja le ho…… purkheuli sampati ma moj gardai basne

  13. कहिलेकाँही त शँका लाग्छ कि
    अहिलेसम्म नेपालमा मल्लहरुले शासन गरिरहेको भए, नेवारहरुले अर्थात खाल्डो बासीहरुले राजाको अर्थात राजतन्त्रको यसरी बिरोध गर्थे होलान र ?
    कतै यो राजाको बिरोध मात्र नभई, सम्पूर्ण खस माथिको प्रहार त होइन| होइन भने शाह वँशीय पुर्वजहरुको योगदान पटक्कै नदेख्नुको अर्थ के हो?

  14. भिमसेनदाश प्रधान जु या न्वचु तसक हिसिला ।

  15. साथिहरु
    अब राज्तन्त्रको नामलाइ आर्यघाटमा दाहासस्कार गरेर नया गणतान्त्रिक नेपालको निर्माण गर्नुपर्छ’
    देस तथा बिदेसमा रहेका सबै नेपालिले नया गणतान्त्रिक नेपालको निर्मानणमा आ-आफ्नो तर्फबाट सहयोग गर र सहिद्को सपना सकार पारौ.

  16. ** The monarchy has no place in 21 century Nepal **

    The root cause of all problems we have in Nepal is the feudal system associated with the monarchy institution. It is because of this feudal and corrupt monarchy system that gave the reason for Maoists to start armed revolution.

    The history of Nepal will describe the reign of Shah Dynasty as the dark ages of Nepal. If we analyse the history of Nepal, we only find that the power struggle within royal families and within their cronies and too much violence. Kings of Shah dynasty never did any patriotic acts and they never thought of developing the country. They established the feudal system. They created the privileged class of people who were enjoying out of state coffer while the rest were living in destitute.

    We have a rich king in the poor country. The corrupt monarchy institution has no place in 21 century Nepal. The only solution is to wipe out the monarchy institution before we can expect any bright future for the country.

  17. Namaskar !
    Bhimsen jiu,
    Abasya pani janatale pachauna sakne + vaekai kura lekhanu vako 6 bahuta ramro lagyo,”satyako sadai bijaya huncha” lekhana nadaunus tapai loktantra’s pakchayama hunuhuncha vote tapailai ni jancha abasya pani bhandai bida hunchu namare bache daibale sache vet abasya ni dhanyabad ! Namaskar !

  18. Bhurtelji janajaati ko paktshyamaa rahenachha bhanne kura spasta chha. 238 barsha raaj garera pani Nepal kina gariba rastra bhayo ektaa ko nam maa sabai sankriti lai Nepali Sanskriti banaae tara Bhasa ko sandarbha maa kewal Khas bhasa maatra NEPALI rahyo. Swayat Shashan pani samayale maageko mang ho. Nepal laai jastaa ko tastai raakhada ke pharak parcha. dhon phukera ekataa ko naam ma sabai jaati harulai kina hutyaaune ? sambdaidhanik manyataale matra yaslaai jagerna garchha. Aba kasaiko biswas garnu hundaina jaba samma sambidhaanmaa ullekha hundhaina. Please post in Devnagari

  19. I listen to the speech and is very clear. Thanks for keeping us update on current situation. The aamsabha speech was in favour of Ganatantra and to abolish the raaj tantra. Some people are afraid of seeing ganatantra in NEPAL because it pushes more opportunity to Janajati.

    sampurna nepal baasi haru ko bhalo herne ho bhane jana jaati laai Tokarimaa raakhera UNO maa matra dekhaaune hoina. Naya Nepal of srijana le Jana jaati laai baliyo parchha bhanneharu sambidhan sabha nai huna nadine shaDyantra bhhiraheko chha. Umesh ji please write in Devnagari script.

  20. Umesh ji

    Absolutely right, they were just worthless from the beginning. We should not confuse to choose whether King or republican. Why should we? This is a golden opportunity to decide whether we choose republican and develop the nation or we choose the king and push the nation endanger.

    We need develop our country; we need to create employment for us and our generations, and this wouldn’t be possible until we change our mentality of the king is a God. What have they (Royal family) done for us? Aren’t they who have been consuming years and years of budget billions and billions of rupees just for them? What have they contributed to the nation? NOTHING. Therefore, let’s wake up and stop wasting billions and billions rupees on them instead we can invest the funds to develop our nation.

  21. म नेपाल भाषा बुज्दिन त्यस् कारण मलायि यहा भासन सुनेर बुज्ने भए पो सुन्ने ।सबैले बुउज्ने भाषान् म भासन गर्न सबैनेता हरु लायि अनुरोध गर्दछु ।के तारायि के पहाडीया के नेवार् सबै ले बुज्ने भाशा मा बोल्नपर्यो| येउता जाति व समुह को भाशा मा राजनिति गरे त्यो त्यहि सिमित् हुन्छ यो कुर सबै नेत हरु ले बुज्नु पर्यो अनि समुह र जाति हेरेर रजनिति गर्नु भन्दा समग्र देश् लायि लियेर राज्निति गर्नु पर्यो।

  22. एकात्‍मक केन्‍िद्रकृत एकल जातीय राज्‍यप्रणालीमा विस्‍वास गर्‌ने काँही नभएको जात्रा हाँडि गाँउमा भने जस्‍तै
    कथित उच्‍च जाति कहलाउन रुचाउने क्षेत्रि-वाहुन जो नेपालमा बसोबास गर्‌छन उनीहरुको सम्‍प्रादायिक संकुचित घैंटोमा सहिसुष्‍णताको ज्ञानको ज्‍योति
    पुराउन आवसयक छ । नेपालको जनजातिहरुले उठाउदै आएका स्‍थानीय तहमा आत्‍मनिरणयको अधिकार वा संघिय
    जातिय स्‍वयेततालाई राज्‍य विखण्‍डनवादी सोंच भन्‍ने साथिहरु हो, राज्‍यमा भएका विभिन्‍न जातजाति, भाषा लिपि,
    धर्‌म संस्‍कृति र रिती रीवाजको विकास र संरक्षणको लागि, के शाह वंसिय राजा पृथ्‍िव नारयण शाहको नारा ४जात
    ३६वर्‌ण भित्र नै पलाउन फूल्‍न सक्‍छ ? यदि सक्‍छ भने कारण सहित प्रस्‍तुत हुनुहोस होइन भने यी पहिचानी
    समस्‍याको समाधान उचित राज्‍य प्रणालि के त ? प्रस्‍तुत गनर्‌नुस जो जातिय स्‍वेयतताको विरोध गर्‌ने साथिहरुले ।
    कि यथास्‍िथति नै तपाईहरुलाई उपयुक्‍त छ ?
    जातीय स्‍वेयततावादी राज्‍य बिखण्‍डन वादी भनेर कुतर्‌क गरी राजनिति नगर्‌नुस, असलि राज्‍य बिखण्‍डनकारी त
    राजतनत्र हो जसमा एक जाति वर्‌ग क्षेत्रि-वाहुनको बहुल्‍यता थियो । तिनीहरुको अदुर दर्‌सि नीति जो अन्‍य समुदाय माथि जबर जस्‍ति हिन्‍दु धर्‌म संस्‍कृति
    लाद्‍ने द्दिष्‍टता गरे ।
    नेपालको समस्‍या भनेको खान नपाउने भोका गरीब वर्‌गको वर्‌गीय समस्‍या मात्र होइन यो पहिचान अस्‍तित्‍वको
    समस्‍या हो । कसैको अस्‍तित्‍व माथि धावा बोलिन्‍दै छ भने त्‍यो वर्‌गले जस्‍तो सुकाइ मुल्‍य चुकाएर भए पनि आफ्‍नो
    पहिचानको लागि लड्‍छ । कसैले भन्‍छन होला प्रतिस पर्‌दा गर भनेर तर अहिलेको अवसथा प्रतिस्‍पर्‌दा होइन अधिकार
    ग्‍यारेन्‍िट गरिनु पर्‍यो किनभने २३८बर्‌ष सम्‍म बिभेद पुर्‌ण नीतिले गर्‌दा राज्‍यबाट पाउने अधिकारबाट बन्‍िचत भई
    दबिनु पर्‍यो । उदाहरणको लागि ५वर्‌ष लगतार तालिम गरेको धावक र विना तालिमको धावक बीचको रेसमा अवस्‍य
    पनि तालिमवालले जित्‍छ त्‍यसरी नै २३८सौं वर्‌ष सम्‍म राज्‍यको स्रोत साधन माथि मोजमस्‍ति गर्‌दै आउने वर्‌ग कै जित
    हुन्‍छ । यसरी जनजातिले उठाएको माग जायज छ भनि उच्‍च जातिले स्‍विकार्‌नु नै बुद्घिमानि हो ।
    उपत्‍यकाका नेवारहरुको माग जायज छ । यो माग माओवादीको मात्र होइन सम्‍पुर्‌ण जनजातिको हो ।
    जनजाति एक हौं भन्‍ने नारा उत्‍कृष्‍ट नारा हो , सम्‍पुर्‌ण जनजाति एक हौं ।
    अब राज्‍यको अर्‌को विकल्‍प छैन चाँडो भन्‍दा चाँडो उनीहरुको माग पुरा गरी समुन्‍नत, सुन्‍दर रएकिकृत नेपालको
    निर्‌माणमा लागौं । लास्‍टमा आ-सेवारो = नमस्‍ते

  23. भिमसेनदासजी,

    लेख सान्‍दर्भिक लाग्‍यो। धन्‍यवाद।
    लेख पढेर मनमा लागेका एकदुई कुरा पोँखौ है।

    १. भगौटा, डरपोक र कठपुतली राजालाई ससुरालीमा गएर वस्‍ने प्रव्रल इच्‍छा हुँदा हुँदै पनि एउटा स्‍वार्थी समुहले फिर्ता ल्‍याएर परिचालन गराए। त्रिभुवनमा न हिम्‍मत थियो, न हुति नै। त्‍यही स्‍वार्थी समुह कालान्‍तरमा शक्‍तिशाली हुँदै गए, हागाँविगाँ फैलाउदै गए र देखावटी प्रजाँतत्र पचाँयतका हिमायती वने। त्‍यो समुह विस्‍तृत भई आखिर देशको निम्‍ति महारोग वन्‍यो। जजसले विलासी त्रिभुवनलाई हौस्‍याएर जनताका विरोधी वनाए, त्‍यही व्‍यक्‍तिहरु वा उनीहरुका हाँगाविँगा र चेलाहरुले फेरि पछिका राजाहरुलाई पनि त्‍यही वाटोमा अग्रसर गराए। नेपालको लामो इतिहासमा एउटा यस्‍तो उदाहरण पाँईदैन जँहा राजाले “समुह” को स्‍वार्थी सल्‍लाह लाई त्‍यागी जनताको पक्षमा साथ दिएका छन। क्रुर र
    निरकुँशी राणाशासनको त कुरै नगँरौ। देशवेचुवा र देशवासीको भेँडाबाख्रा सरी सौदा गर्ने जगेँ र चन्‍द्रशमसेरलाई देशभक्‍तको झुठो सज्ञा दिनेहरुलाई अनभिज्ञता भनौ वा चापलुसीको हद। कुरा के भने त्रिभुवनलाई सविँधान सभाको चुनाव नगराउन सुझाव दिनेहरु र उनीहरुका सन्‍तानहरु विगत ५० बर्षमा वेसकन फस्‍टाएका छन। यो भिन्‍नै कुरा हो कि अहिले उनीहरु रगँ वदलेर छेपारा हुनमा माहिर छन। हामीले यस्‍तालाई किन सजाय दिन सकेनौ, त्‍यसै प्रश्‍नमा भर पर्छ हाम्रो भविष्‍य। किनभने यी छेपाराहरु समय आउनसाथ वाधक वनेका छन जनताका
    आकाँक्षाका।

    २. जनताका पसिना र रक्‍त पिपासु राजतत्रँ अहिले कोमामा रहेको साचोँ हो तर यो जीवित रहन blood transfusion को निम्‍ति तडपिरहेछ। जनतावाट लुटेको धनले रगत किनेर आयु लम्‍वाउन प्रयत्‍नशील देखिन्‍छ। यहाँ जनता वढी सतर्क रहन पर्छ, नत्र भने ती “समुह” सगँ मिलेर कहालो मचाउन वेर छैन।

    ३. सिधा सोझा मगरहरुलाई छल गरेर राज हडपने वशको सन्‍तानलाई जरावाटै
    उखेलेर फाल्‍नपर्छ। नारायणहिटी र निर्मल निवास खालि गराउन पर्‍यो, ती जनताका रगत र पसिनाका सम्‍पति हुन।

    यँहाले उल्‍लेख गर्नुभे झैँ नेपालका राजतत्रको लामो इतिहासमा यस्‍तो कहिँ दिउसै वत्‍ती वालेर खोजेपनि पाईदैँन जँहा राजाले साधारण जनताका भलाईका लागि केहि गरेको होस। अस्‍तु!

  24. नेपालको समुन्नत विकाशको लागी राजतन्त्र अफाबसिद्ध छ त्यसैले राजतन्त्रलाई जरै देखी उखेलेर फ्याली दिनु पर्छ । प्रगतिशिल गणतान्त्रिक नेपालको निर्माण गर्नु पर्छ । हामी सबै नेपाली ले कुना – कुना , गाउँ – गाउँ , बस्ती – बस्ती अनि हिमाल ,पहाड, तराई जताततैबाट गणतन्त्रको विगुल फुक्नु पर्दछ । अब ढिलो नगरौं हामी सबै मिलेर नयां नेपालको निर्माण गरौं ।।
    हामीले के कुरामा ध्यान दिनु पर्दछ भने गणतन्त्र आउँदैमा कम्युनिज्म आउँदैन ,त्यसैले गणतन्त्र भनेको कम्युनिष्टको साशन हैन भन्ने कुरा हामी सबैले मनन गर्नुपर्ने बेला आएको छ ।

  25. Drabya Shaha dekhiko phatyai garne prachalan hamra raja Shaha khalakmaa nbhayeko bhaya yo din aaune kaha thiyora. Teti ramro dhakhal ta chaina itihasko baarema tara schoolmaa padheko ali ali kuralai kelaayera herda pani ke prasta huncha bhane Mall kalin samayama prajaa ko lagi rajaale gareko kaam ra samajmaa gareko saskritik bikash lai sachhinai sarhaniy cha ani……

  26. tyo itihas ko kura garera ahile chaldaina….testo bhaye nepal lai 22-23 rajya ma pheri bibhajit garuna ta…

  27. bastab ma esta kura le hami baise choubise ko jamana ma farkane murkhai gardai chhou .dhurba satya kuro ke bhane yo sansar ma samaya bhanda baliyo koichhaina samaya jasko satha ma hunch uhi baliyo ra satya hune niyati bhognu pareko matrai ho ,hijo samma raja baliyo huda sabai ka bisnu aabtar thie aaj samaya le kolto ke feryo u sabai bhanda nirih ra kamjor dekhieko chha ra hami sabai bahaduri ka sath mareko bhag ko junga tanna sakeko ma garba gardai chhou yo hamro galat sochhai ho .hijo jo bityo tyo farker aaudain bhanne samma bujhhane hami ma xyamata chain bhanne yo praman ho .ke aab prithiwi narayan ko palama farker ktm ,kirtipur mades pahad baxang mustang limbuwan rai wan bahun wan ko aastiwa bhandai nepal lai bhanne bibhajan garne? hami sab nepali ko eutai jat nepalibhanne mansikata kahile devlop hune?malla ko palako kathmandu ra aaj ko ktm farak bhaisakenara?feri kin newar bhaun ke ke ku ra uthaune ?orali lageko mirga lai sabai khedchha bhanne ukhan jastai chharam khedai sub hoina sadharan biralo lai pani dhoka thuner pitna lagyo bhanne manis lai mari dinchha Re u ta raja ho usko astitwo samet lai sahamati ko bato bat laijan sake des ra janata le sachhikai sukha paulan natra naya junge le ke gardachha samaya le dekhaune chha chhetana bhaya.

Comments are closed.