राजा महेन्द्रको मृत्यु आत्महत्याबाट ?


संविधान सभाको सट्टा संसदको चुनाव गराएर पनि जननिर्वाचित सरकारलाई सैनिक ‘कू’ गरी निरंकुश पञ्चायती व्यवस्था लादेपछि जारी नयाँ शिक्षा अन्तर्गत ‘महेन्द्र माला’ लगायतका पुस्तक पढेका हामीले राजा महेन्द्रको मृत्यु हर्ट अट्याकबाट भएको बुझेका थियौँ। तर राजा महेन्द्रको मृत्यु आत्महत्याका कारण पो भएको रहेछ। मानसिक तनावका कारण उनले आत्महत्या गरेका रे।

यस्तो दावी गरिएको छ भर्खरै बजारमा आएको राजदरबारका भित्री कुराहरुको पर्दाफास गरिएको पुस्तक ‘रक्तकुण्ड’मा। पत्रकार कृष्ण अविरल (उनी त मेरा एक जमानामा पत्रकारिता पढ्ताताकाका सहपाठी पो रहेछन्- पुस्तकमा फोटो हेर्दा पो थाहा भयो) द्वारा दरबारका धाई, सुसारे, इतिहासकार आदिसँगको प्रत्यक्ष कुराकानीमा आधारित भएर रिपोर्टिङ शैलिमा लेखिएको यो पुस्तक मैले पूरै पढि सिध्याएको छैन। यसमा दरबार हत्याकान्डसम्बन्धी पनि सनसनीपूर्ण विवरण रहस्योदघाटन गरिएको छ रे। पुस्तक पढिसकेपछि त्यसका कुराहरु लेखौँला है त !

आज मैले यो पुस्तक, जसलाई ऐतिहासिक उपन्यास भनिएको छ, तर जसलाई हेर्दा रिपोर्टिङ जस्तो लाग्छ, किनेको थिएँ र सर्सर्ती हेर्दै जाँदा महेन्द्रको बारेमा यो कुरा हेर्दा छक्क परेँ। वीपी कोइरालाको आत्मवृत्तान्तमा पनि यस बारेमा कुनै उल्लेख गरिएको छैन।

त्यसमा लेखिए अनुसार २०२८ सालको माघ महिनाको मध्यतिर राजा महेन्द्र चितवनको दियालो बंगलामा बसेका रहेछन् र एउटा भव्य भोजको आयोजना गरिएको रहेछ। राजपरिवारका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि भनिएको थियो रे त्यसमा। लेखकलाई यो कुरा सुनाउने चाहिँ वडामहारानी रत्नराज्यलक्ष्मीका सुसारे रहेछन्। उनी पनि त्यहाँ थिइन् रे।

७ बजेसम्म पार्टी भएपछि राजा महेन्द्रले रानी रत्नलाई हेलिकप्टरबाट काठमाडौँ फर्कन भनेछन्। रत्नले भोलिमात्रै फर्कन्छु भन्दा पनि युवराज (वीरेन्द्र) र अधिराजकुमारहरु (ज्ञानेन्द्र र धीरेन्द्र) एक्लै भएकोले जानुपर्ने जिद्दी महेन्द्रले गरेछन्। माघ १६ गते रत्नसहितका फर्किएछन्।

तर फर्किएकै बेला अचानक राति दियालो बंगलाबाट राजा महेन्द्र सिकिस्त बिरामी भएको खबर आएछ। राति हेलिकप्टर नउड्ने भएकोले भोलिपल्ट बिहान त्यहाँ पुग्दा त राजा महेन्द्र राति नै परमधाम् भइसकेका रहेछन्।

अघिल्लो साँझ मात्रै हाँसीखुसी गरिरहेका राजा अकस्मात् मरेपछि सबै अचम्ममा परेका थिए। भोलिपल्ट राजपरिवार र राजदरबारका कर्मचारीहरु काठमाडौँ आएपछि नै राजाले आत्महत्याको गरेको बारेमा गाइँगुँइ सुनिन थालेको थियो रे।

त्यसदिन दियालो बंगलामा नै भएका अरु कर्मचारीहरुलाई उदधृत गर्दै पुस्तकमा भनिएको छ- विषको असरले छटपटाउन थालेपछि मात्रै उनीहरुले थाहा पाएका रे। नजिकैको भरतपुर अस्पतालबाट डाक्टर, नर्स बोलाउन खोज्दा पनि राजाले अनुमति दिएनन् रे। उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पनि ल्याउन अनुमति दिएनन् रे। मलाई यहीँ मर्न दिनू भनेछन् रे। आर्मीका बिग्रेडियर जनरल सुशीलचन्द्र हल्डर भन्ने डाक्टरले अन्तिम अवस्थामा उनको रेखदेख गरेका थिए रे।

दरबारप्रति नकारात्मक धारणा उत्पन्न हुने डरले आत्महत्याका कुरा सार्वजनिक नगरी ह्रदयाघातको कारण बताइएको रहेछ। रानी रत्नलाई साँझ जबर्जस्ती काठमाडौँ पठाउनुको पछाडि पनि आत्महत्याको योजनामा अवरोध आउँछ भनेर रहेछ भनी ती सुसारेले पुस्तकमा भनेका छन्। त्यसैले त्यतिबेलादेखि चितवनको दियालो बंगलामा राजपरिवारका सदस्यहरु सवारी हुन छाडेको रे।

पुस्तक लेखकले यो कुरालाई पुष्टि गर्न राजदरबारका विषयमा डाक्टरेट गर्ने सानुभाइ डंगोल, इतिहासकार पुरुषोत्तमशमशेर जबरा, अवकाशप्राप्त सैनिक अधिकारी दीप्तप्रकाश शाहसित पनि कुरा गरेका रहेछन्। उनीहरुले पनि ह्रदयाघात नभई आत्महत्या नै कारण भएको आफूहरुले थाहा पाएको बताएछन्। कतिपयले त्यसबेला त्यहाँ उपस्थित तत्कालीन प्रधानमन्त्री तथा वर्तमान राजाका उपाध्यक्ष भएर शाही शासनकालमा दमन मच्चाउने कीर्तिनिधि विष्टलाई भेटेर थप पुष्टि गर्न आग्रह गरेका रहेछन् लेखकलाई। तर विष्टले किन राजाको नराम्रो हुने कुरा भन्थे रे ?

भनेपछि इतिहास यसरी लुकाइएको रहेछ ? कि कसो हो ? मैले त बुझ्नै सकिनँ बा !

आत्महत्या गर्नुको कारण चाहिँ के रहेछ त ? त्यसका लागि भने पुस्तकै पढ्नुस्। म पनि आज रातभरमा यो पुस्तक पढ्न सकाउँछु होला र अझ कुनै रोचक कुरा भेटिएमा तपाईँहरुलाई सुनाउने नै छु।


66 Comments

  1. Maile yo site pahilo patak hereko ra yasma rajdarbar ko barema lekhieko kura sarai nai chakit pareko chu.
    Malae jahasamma lagcha mero genration la yo kura ko kehi pani thaha chaina hola. Jasle yo site ko awadharana bikas gareko ho tyo byakti lae sarai nai dhanyabad.

  2. KRISHNA JI
    THANKS FOR INTERESTING BOOK .WAITING TO FIND ONE IN MY HAND , NEPAL KO HISTORY SABAI TRUE CHAINA BECAUSE TRUTH IS FORCED TO BE HIDDEN BY POWER. KOT PARBA, BHANDARKHAL PARBA,ALLOU PARBA, PUSTAKALAYA PARBA, 38 SAL PARBA,39 SAL PARBA, MAKAI PARBA DEKHI NARAYANHITI PARBA SAMMAKA KURAHARULAI NIYALDA SABAI WRITER HARULE SAKDO TRY GAREKO SAMMA DEKHIYO TARA TRUTH CHAI DIFFERENT PAIYO,KUN WRITER LAI THIK MANNE RA? THE NUMBER OF MURDERED KINGS IN NEPAL SHOULD BE 3 IN THEORY BUT 4 IN PRACTICAL WHICH INCLUDES RAN BAHADUR, TRILOKYA ,BIRENDRA AND DIPENDAR AND ONE SUICIDE AS THIS BOOK TELLS US, I APPRICIATED THE HARD WORK TO WRITE THIS BOOK AND ENCOURAGE TO WRITE THE TRUTH ABOUT NARAYANHITI PARBA IN THE FUTURE,
    THANKS
    T (UK)

  3. There was somthing abnormal in royal place.It is all over accepted matter. The book written by krishna abril is highly magnified and sychronized by tric technology.some question can arise over krishna abiral.why did the woman give all data to him?
    Is it the right time to publish it?.Anyway we should get to obtain the actual accident of that day in royal place. The published book should not play the role of barier to comeout the mysterious accident of royal place.

  4. i just think the whole story sounds so fake and movielike.ist like there is nothing new or important to talk about.i just think the writer wrote everything to make the book more interesting.its like he is writing what people want to hear or find exciting ignoring the facts.why in the world would king mahendra commit sucide???its just a bunch of gossips and it actually made me worried because if every historical event is written like this then i doubt the truthfulness of all the history i have learnt so far…

  5. very interesting and it seems gossips but I think most of the events written might be true. Often the power in politics brings the opposite story in the public for self-interest to remain in power life-long.These gossips may be 100% true – who knows.
    There are many facts in political history which are shaped according to the best interest of the power in the specified period. most often 75% of the gossips come true later. As for example, if a history written by the present govt of Iraq, Saddam will be called a traitor but in case if another party (sunni) comes to power and write history he will be called a martyr or a sort of god of Iraq. So we can not believe the political history 100%. The above story of Queen Ratna may be true too because a mother always looks for the interst of her own children than other’s (includins sister). Example: see Zee TV drama Satphere ( an elder sister trying to kill her own sister for power and property).

  6. History always guide the future, so this is the right time to expose the truth.Each and every responsible people should stand up and help to explore the truth. so the future generation will live unscared & upright.
    e

  7. Raj kumar Rabindra bhanne garithyo unlai. Unka kavita ka kitab haru ra kehi geet haru prakashit bhayeka thiye. Euta chhoro pani thiyo unko.
    Unki aama lai Battisputalima ghar jagga kinera rakhidiyeka thiye Mahendra le, pachhi Kalansthan tira chhan bhanthe.

    ma sano hunda battisputali ko gharma Mahendar ayeko bhani police le chhekeko dekheko thiyen. Ratna sanga dikka lagera tyahan ayeko apni huna sakchha.

  8. Thanks to Mr. Krishna Abrial. Who is trying to explore the secerets of Royal Family of Nepal. My all friends i’m not reading the book ” RATKAKUNDA” but the book seems a fairy tell of ancient age. On the one hand writer is trying to protrayed the real figure of DURABAR, and the other hand it express the ugly figure of our country Nepal. Because the writer is trying to point the most of negative aspects of Darabar. What he want to prove to us by writing all these stuffs? he is able to change the history? The Dark history of Roayal Family since many many years. The other thing i’d like to tell the writer attempts to prove his truth by showing the witness of durabar like sushare, and other. How all they told only to him not to other that is true? It seems suspiciable? than the actual time and “the accident of Mahindra RAJA to give him poison” time has not been cleared. Which Poison he would take. How did they know that he has given a posion? what shows the medical report, after death? is not clear. I think the writer is place all these things as a imagination.

  9. The stories of cuprits, rotten criminals of the palace will be more pubic with the time. It is not for us to judge how truthful are these storie. But is obvious that dirty games, conspiracies, criminal activities are routine practice of Palace and the Ranas. So it is not a credible institute to be power for the modern Nepal. To my surprise who are those conspiracy minded power and people who wants to keep this rotten institute and waste Nepal resources while country is desperately looking for new leaders who has the vision and well targeted for future development plan ( definitely not maoists the force of destruction)not Napungshak Government like Girija, not hoodlooms of panchayat, not blind direction less makune. May be some people from civic society if they are still clean intectuals. The murders guange of Palace must be hanged in Tunnikhel in front of millions of Nepalese there is still justice in Nepal.

  10. सानो छँदा हाम्ले नि सुन्याथ्यम महेन्द्रको जात नमिल्ने स्वास्नि पट्टिबाट जन्मेको छोरा रबिन्द्र राजा बिरेन्द्रभन्दा नि जेठो छ २ बर्षले । उनलाइ राजपाटमा आँखा नलाउ जिन्दगि मोजले जिउ भनेर दरबारले नै पालेर राखेको छ भन्थे । स-सानो परिवारिक जमघटहरुमा देखा नपरे नि ठुला भोजभतेरहरुमा यिनलाइ पनि डाक्दा रैछन दरबारियाहरुले । दरबारि सर्कलमा यिनलाइ रबिन्द्र सरकार भन्थे । यिनले राणाजिहरुसित मिलेर ब्यापारिहरुलाइ ब्याजमा ऋण दिने काम पनि केहि समय गर्याथ्यो अरे । मैले सुनेको यस्तो कुराहरु एक कानले सुनेर अर्कोबाट उडाइदियाथे, तर अहिले यहि गन्थन हेर्दाहेर्दै सम्झ्या हुनाले कमेण्टमा ठोक्दिहाल्या नि । यिनको आमा शायद काभ्रे तिरको तामाङनि पो हो कि, गुरुङ लामा त होइन होला । किन कि काठमाण्डौ खाल्डो भित्र र वरीपरीका राम्री राम्री तरुनिहरुलाइ बैशले मात्तेर शिकार गर्ने र आपत आइलागे दरबारमा सुसारे बनाउने भनेर लिएर जाने मामिलामा राणा-शाह खान्दानका ठिटाहरु खल्लि थिए नि । तामाङनि होला भनेर मैले गेस मात्रै गर्या है ।

  11. धनन्जय लेख्छन्
    मैले माथि लेखेका कुराहरूमा केही प्राविधिक त्रुटी हुँदा त्यसलाइ सच्याएर पढ्न अनुरोध गर्दछु

    जसमा स्लो पोइजनद्वारा मारिएकी इन्द्रराज्य लक्ष्मी हुन् महेन्द्रकी जेठी विवाहिता श्रीमती । उनकी बहिनी हुन् हालकी मुमा बडामहारानी रत्न राज्य लक्ष्मी । हेर्नुहोस बी पी कोइरालाको आत्म बृतान्त जसमा बीपीले स्पष्ट शब्दमा भनेका छन् कि तत्कालिन युवराजधिराज महेन्द्र आफुले छानेको केटी विवाह गर्न नपाए राजा नबन्ने र गद्दीको उत्तराधिकारी पद त्यागिदिने कुरा गर्थे। बीपीले त्यसै लहडमा भनेको कुरा होइन त्यो। त्यसले महेन्द्र उनले मन पराएको रत्नलाइ भित्र्याउन कति लालयित थिए भन्ने कुरा यसले स्पष्ट पार्छ।

    अर्को एक जना पाठकले रविन्द्रको आमा को हुन र के रविन्द्र जिवितै छन् त भनि सोधेका रहेछन्।

    यो लेखकलाइ रविन्द्रको आमाको वारेमा कुनै जानकारी छैन तर रविन्द्रलाइ भने काठमाण्डौंको रवि भवनमा दरबारले विशेष सुख सुविधा प्रदान गरी राखेको थियो । उनको केही वर्ष अघि राजा विरेन्द्रको कार्यकालमा नै निधन भएको थियो। र महत्वपूर्ण कुरा यो लेखक हाल तिनै रविन्द्र शाहको दरबार नजिकै घर भएको व्यक्ति हो थप कुरा पछि उचित समय आएपछि उल्लेख गर्नेछु।

    जहाँ सम्म केही पाठकहरूको अनुमान गलत सनसनी फैलाउने इष्टिमेसन भनेका छन् तिनलाइ सोचाइका मामिलामा दरबारको दास भन्न चाहन्छु । नयाँ नेपाल भनेको नयाँ इतिहासको लेखन होइन कि नलेखिएका इतिहास लेख्ने अवसर भनेर बुझ्नु पर्छ।

    रह्यो रत्नको कुरा उनले उनको जिवनमा नै उनका पाप र कर्तुतहरू हेरेर मर्नुपर्ने छ । रत्न नै दरवार हत्याकाण्डको बास्तविक खल नायिका हुन् भने उनको माइतिखलकका तत्कालिन प्रधानसेनापति राणा त्यसका सारथी।

    [पुस्तकमा रवीन्द्रकी आमा गुरुङ वा लामा जातकी भएको र रत्नसित बिहे हुनुभन्दा अगाडि नै धाईसुसारेका रुपमा काम गर्ने उनीसितको सम्पर्कले रविन्द्र जन्मिएको उल्लेख छ। महेन्द्रको जेठो सन्तान भएको नाताले युवराज हुने हक उनलाई भए पनि राजाज्ञाको उल्लंघन उहाँले कहिले गर्नुभएन रे। रवीन्द्रले ‘झरेको फूल’ भन्ने किताब पनि निकाल्नुभएको थियो रे। कसैसित त्यो कविताको पुस्तकका बारेमा जानकारी छ भने दिनुहोला। त्यो किताब निकाल्दा महेन्द्रले दरबारमै डाकी गाली गरेछन् रे। उनका छोरा भएनन् रे दुई छोरी मात्रै भए रे। उनीहरु काठमाडौँमा नै कतै भएको पुस्तकमा लेखिएको छ। धनञ्ज्य वा अरु कोहीलाई यसबारेमा कुनै जानकारी छ कि ? – मेरो संसार ]

  12. Dhananjay ji
    Thanks for your writeup. Please I hope more details from you regarding this
    plz mail me in more detail: [email protected]
    I am also trying myself for finding the fact of darbar hatyakanda……………, I am going to publish some artical on it with some new informaion…………………, mail me your views about darbar hetya kanda
    budo kaka

  13. Everyone should check out the website given by joel, above. These reports materialize from someplace, somwhere and not made up entirely.
    Also, I want to add that we should learn to trust our first instinct, and the day we heard about the palace massacre, the first thing that came to lot of our minds was: this has been done by Gyanendra and not Dipendra.
    From reading above mentioned website I’ve started to think that maybe Girija Koirala is being manipulated in some way to keep this king too.

  14. Thanks Dhananjay ji for the “Bhand Bhailo” of Royal Family. Hope, we will get more such realities in future.

  15. Dear All
    Sarai Na patyaunee kura jasto , tera bastbikthaa titoo hun6a, aba 2 4 din pachii raja birendra lai kasari mariyoo paras lay tiyoo pani chitai anuhcaaa

    Hope chadai padna paiayosss.

    your

  16. Khoi sathi haru le lekheko kura lai satya wa asathya bhanna lai kehi pani praman kunai patti pani pakkai chainan. Tara yeuta kura k chai sachho ho bhane YO SATI LE SARAPEKO DESHMA” koi pani kaal gati le marna paudainan, tesma pani darbaar ma tiha ta sabai sabai ka dusman. Tehi bhayera gyanendra le paras lai afno kotha ma jada purai check garera matra chirna dinchhan bhanne kura aayeko thiyo.

  17. parshanga ramailo chha. nepal ma yati dharai itihas kar rahechhan tara aaja samma kun dulo ma lukera baseka thiya kunney? yaha ko parsangha ma paudel le lekheko comment sarai ramro lagyo baru paudel la yatika dharai thaha chha bhane yaso pustak prakashit garne kam gare kasto hola kunney? just for your reminder poudel ji//// please try to release some books about these history na hai/// thanks

  18. लौ बधाई छ,पण्डित पौडेल तथा अविरल अन्तर्यामीद्वयलाई|याँहाहरुलाई त यस्ता भित्रि कुराहरू त दरबारका र अघिल्लो generation का मनिसहरुलाई लाई भन्दा बढि थाहा लाग्दो रहेछ|आन्दोलनले त नव-नेपालको लागि नव-नेता मात्र नभई नव-ईतिहासविदहरु पनि च्याउ जस्तै उमार्दो रहेछ|२% सत्यता मा ९८% “guesstimation” घोलेर ईतिहास हुन्छ र? “मैले सुनेको” “हुन सक्छ” जस्ता तपाईहरुको अभिब्यक्तिले Grand design जस्तो कुरामा अर्को पाना थप्न मिल्ला तर इतिहास रच्न त factual evidences चाहिन्छ, fictious skill होईन|

  19. Nice update Umesh jee keep going on. Thanks.
    Dhananjaya jee, tapaile lekhnu bhayeko kurama kehi sodhan man lagyo. slow poision bat kasko hatya bhayeko ho clear bhayen. yadi gyane Ratnako chora ho bhane kin Birendra lai Raja banayeko hola?

  20. हँ!!!!
    ओ हो धनञ्जयले लेखेको कथा साँच्चै हो र भन्या ? अविरलले लेखेको सम्म त होला भन्ने जस्तो लाग्याथ्यो है मलाइ पनि । कि यो अनेक खालका सनसनिपुर्ण कहानि बनाएर आत्मतुष्टी गर्ने मेसो मात्रै पो हो कि ? यदि यो कुरोहरु साँचो नै हो भने त नेपाली भएर नि हामीले नेपाल पटक्कै नचिनेको नै भयो नि त हो अब ।

    दरबारको कुरा त जे पनि झुठो मात्रै हो कि क्या हो? अरु जे भए नि बालमन्दिर जस्तो समाजसेवि काम गरेको भन्ने सोचमा रत्न माथि मेरो नकारात्मक सोचाइ थिएन । जेठको दरबार काण्डमा उनि पनि षडयन्त्रकारीको लाइनमा होला भन्ने त झन सोच्दै सोचियाथेन । खै के हो के हो?

    एकबारको मान्छेको जुनिमा नकाम र पाप गर्नु हुन्न अरे, मरेपछि नर्कमा गइन्छ अरे । सानो हुँदा यस्तै कथा खूब सुन्छम हामी । तर अहिलेसम्म जिएको जिन्दगिले देखेको छ कि नकाम र पाप गरेकाले नर्कको पीडा मरेपछि होइन बाँच्दा बाँच्दै पाउँदो रहेछ । राजखान्दानमा जन्मि हुर्कि शान सौकतले भरीपुर्ण जिन्दगि भएकाहरुले पृथ्वीले धान्नै गाह्रो हुने पाप अत्याचार गरेकोले नै होला अहिले धमाधम तीनको ओरालो झर्ने क्रम बढेको बढेइ छ । कठै बरा !!!!

  21. What a great news Dharanidhar ji. I had heard part of this story, but not all. Thank you for bringing such hidden truth. Do Girija and Makune know this story or they are simply pretaining unknown. Anyway, dear Umesh ji and readers of Mysansar bring such truth to the public and each and evewry Nepalese whereever they are must be known about these truth.

    Recent Darbarkanda was the idea of Ratna + Gyane, definitely yes, and she was simply kept silent throughout the period.

  22. ल अब सुन्नुस यस बारेमा मैले सुनेका कुरा जुन त्यो किताबमा पनि लेखिएको छैन।

    राजा महेन्द्र महिला प्रति अलि बढी नै आशक्ति राख्थे रे त्यसो त उनका बाबु कसै गर्दा पनि आफ्नो ‘..’ नउठेपछि काम गर्न दरबारमा बसेका नोकर नोकर्नीहरूलाइ यौनक्रिया गर्न लगाउने र त्यो देखेपछि ‘..’ अलि सकृय हुने अनि त्यसपछि रानीमाथि जाने गर्थे रे। सुनेको कुरा है।

    महेन्द्रकी जेठी श्रीमती हालकी मुमा बडामहारानी रत्न कि दिदी इन्द्रराज्यलक्ष्मी सरल स्वभावकी थिइन रे र कम उमेरमा नै आमा बनेकी उनी अलि सोझो र यौन मामिलामा त्यति सेक्सी नभएको र राजा महेन्द्र राम्री महिला भनेपछि भुतुक्कै हुने गर्थे रे। त्यसैबेला उनको साली तथा वर्तमान बडा महारानी रत्न सित लसपस हुने गरेको कुरा त्यसबखत दरबार निकट रहने गरेकाहरूले बताउने गरेका थिए।

    रक्सीले मातेपछि बेहोसी हुने राजाले सालीसित खेल्दा खेल्दै उनलाइ दुइजिउको बनाइदिएपछि रत्नलाइ बिशेष निगरानीका साथ माइतमा राखिएको र पछि विस्तारै स्लो पोइजनद्वारा उनको हत्या गरिएको कुरा कमैलाइ जानकारी भएको कुरा हो।

    भनिन्छ ‌‌राजा ज्ञानेन्द्र रात्नको त्यही गर्भका पुत्र हुन् । तर आम रूपमा यो कुरा दरबारले कहिल्यै प्रकाशमा ल्याएन र इन्द्रराज्यलक्ष्मीले आफुले नजन्माएको छोरालाइ छोरा भनेर मान्न बाध्य हुनुपरेको थियो।

    त्यसै भएर राजा ज्ञानेन्द्रलाइ सानै देखि प्राय मावली घरमा राखिएको थियो र भागेर दिल्ली जाँदा पनि उनि छुटेका थिए जसलाइ राणा प्रधानमन्त्री मोहनशम्शेरले राजा बनाएका थिए।

    इन्द्रराज्यलक्ष्मीको मर्त्युपछि राजा महेन्द्रले आफ्नो लसपस रहेको सालीलाइ दुलही बनाउन मरिहत्ते गरेको कुरा त यसअघि बाहिर आएको कुरा नै हो।

    रत्न आफ्नो प्रिय पुत्र ज्ञानेन्द्रलाइ राजा बनाइनु पर्ने मागका साथ महारानी बन्न तयार हुन्छिन। तर महेन्द्र त्यसलाइ अस्वीकार गर्छन् र रत्नलाइ दुलही बनाएर दरबार लैजान सफल हुन्छन्।

    तर इतिहासको अभिसाप महेन्द्रको मन फर्किन्छ।

    रत्नलाइ विस्तारै उनि घृणा गर्न थाल्छन्।

    अनि महेन्द्रको मन आफ्नी जे‌ठी जसले विरेन्द्रको पनि दाजु रवीन्द्रलाइ जन्माएकी थिइन फर्कन्छ । उनी विरेन्द्रलाइ हटाएर रविन्द्रलाइ युवराजाधिराज तथा गद्दिको उत्तराधिकारी बनाउने योजना बुन्छन। तर रत्न त्यसको विरोध गर्छिन। भारदारहरू पनि त्यसको खिलाफ हुन्छन्।

    महेन्द्र समयमा रविन्द्रलाइ युवराज नबनाएकोमा पछुतो मान्छन। दरबारमा राणा खलकको दबदबाका सामु उनको केही चल्दैन। रानी रत्नलाइ मनाउन असफल भएपछि उनी अब रत्नको ज्यान लिने प्रयास गर्न पछि पर्दैनन्। र चितवनमा शिकार खेल्न जाँदा महेन्द्र रत्नमाथि गोली हान्छन्। तर रत्न बाँच्न सफल हुन्छिन । गीली उनको शरिरको तल्लो भाग घुँडा वा तिघ्रा तिर लाग्छ। आम जनतालाइ शिकार खेल्ने क्रममा असाबधानीसाथ पड्केको गोली लागेर महारानी रत्न घाइते भएको समाचार गोरखापत्र ले छाप्छ र आम जनतालाइ गुमराहमा राखिन्छ।

    अनि त्यो घटनाबाट क्रोधित बनेका राणाहरूले रत्नको सुरक्षा आफ्नो हातमा लिन्छन । रानी र राजाको दुरी बढ्दै जान्छ।

    त्यसकी केही समयपछि बदला लिनको लागि कामुक शरीरकी रानी रत्न राजा महेन्द्रसित नजिक हुने कूटिल चाल बुन्दै आफ्नो यौवना रूपको माध्यमबाट शक्ति बढाउन सफल हुन्छिन। अनि एकदिन चितवनको दियालो बंगलामा भोजको आयोजना गरेर उनकै निर्देशनमा राजा महेन्द्रलाइ विषाक्त खाना खुवाइन्छ।

    त्यसअघि नै काठमाण्डौंमा विरेन्द्रलाइ राजा घोषणा गर्ने तयारी राणाहरूले पुरा गर्छन।
    अनि राजा महेन्द्रको मुटुको रोगबाट निधन भएको समाचार प्रसारण गराइन्छ। आम नेपालीहरू गुमराहमा राखिन्छन्। जनतालाइ भेंडा बनाएर राजा विरेन्द्र गद्दीमा आसिन हुन्छन्। मुमा महारानी रत्न पति मारेर विधवा बन्छिन।
    दरबारमा उनुदारबादीको चकचकी शुरू हुन्छ। तर हावार्ड पढेका विरेन्द्र पन्चायत व्यवस्थालाइ उदारवादी बनाउन असफल हुन्छन् ।

    केही बर्षपछि डाक्टर तुलसी गिरी मुमा बडा महारानीको ब्योय फ्रेन्ड बन्न सफल हुन्छन्। भनिन्छ राजा विरेन्द्र मन नपरे पनि त्यसलाइ आँखा चिम्लन र रत्नको दबाबका कारण डाक्टर गिरीलाइ प्रधानमन्त्री बनाउन विवश थिए। त्यसो त माघ १९ पछि उनैलाइ राजा ज्ञानेन्द्रले आफ्नो प्रथम उपाध्यक्ष नियुक्त गर्नुको खाँटी कारण उनलाइ राजा बनाउनुपर्ने रत्नको सुरूको लाइनलाइ उनले समर्थन गरेको र बंगलोर बसेपनि बेलाबखत मुमा बडामहारानी सित हिमचीम राखिरहेकोले हो भनिन्छ।

    अनि जसरी हुन्छ आफ्नो उद्देश्य पुरा गर्न माहिर रत्नले आफ्नो छोरालाइ राजा बनाउन उनद्वारा रचिएको षडयन्त्र थियो त्यो दरबार हत्याकाण्ड जुन रत्न द्वारा रचित तथा निर्देशित अनि सच्चित शम्शेरद्वारा अभिनित कृयान्वित ।

  23. Hello , Umesh ji
    Thanks for your reporting for us about Royal Family
    We want to buy those Books writen by Krisna Abiral. How do we buy ? please send to us
    Ramesh
    USA

  24. umash jee,thikai cha j jasari marepani aakhir yek din ta marnunai cha .gaynendra jee le aafu king hune sapana pani deknu bhayeko thiyana hola aaja raja huna pauda …………

  25. Haina, Poisoining and Heartattack ko simptoms Ekai Khale hunchha ki ke ho? Maile ta kurai Bujhina. Kinaki Poisoining le Mareko bhaye ta vomitting ani mukha bata phij aune jasto po hunu parne ho, haina Ra? Ani Chhatpataune ta Heart attack le nai hunchha jun chahi 1/2 ghantama sahi upachar huna nasake mirtu hunchha. J hos, postmartam nagari kasle pani mirtu ko karan bhanna sakdaina. so malai lakchha yo pustak kathit matra ho.
    dr.magar

  26. मलाई त यो किताबमा ५% मात्रै सही कुरा र बाँकी ९५% चाहीं वाहियात गफले भरिएको छ जस्तो लाग्यो। जनआन्दोलन-३ पछि मपनि यस्तै किताब छपाउनु पर्ला। जनआन्दोलन-१ ताका भण्डाफोर निकालेका थिए। अहिले रक्तकुण्ड। जनआन्दोलन-३ पछिको लागि नाम चुन्न सुरु गर्नुपर्ला बिस्तारै। त्यसमा चाहिं राजपरिवारको नभएर माओवादि, गिरीजा, कांग्रेस, एमाले इत्यादिको बारेमा लेख्‌नुपर्ला।

  27. Umesh ji
    Thanks for nice video about the book
    I think there are a lot of hidden things about the palace of nepal. I want more update.

  28. i don’t really want to say anything, about the article but one of those comment about our history. ofcourse it was all wrong. we are very far from reality. whos fault was that?

  29. आम्मै…….कस्तो जानेको??????? हैन होला……..हो रहेछ भने त राम्रै गरेछन बुढाले। अब त्यो Gyanendra ले पनि बाऊको बिँडो थामे बेश हुन्छ। मेरो शुभकामना त्यो चोर, डाँका, दाईमारा लाई….

  30. नेपाल मा जब सम्म राजा रहन्छ तब सम्म हामि झुठो शिक्षा र झुठो इतिहास पढ्न बाद्धे भै रहेका छौ । त्यसै ले दर्बार को आढ लागेर खाने हरु ले नै झुठो इतिहास लेख्ने गर्छन् । झुठोशिक्षा र झुठो इतिहास पढ्ना ले हामि आत्म निर्भर पनि हुन सकि रहे का छैनौ । त्यसैले दर्बार र दर्बारिया हरु लाइ जरै सग उखेलेर फाल्नु अतिनै जरुरि भयको छ ।

  31. Nepal ko rajdarbar yati grinit 6 ki tyo history khotalda thaha hun6 . bahadur shah ka paladekhi nai hernus na Nepal ka raja haru kati dusta rahe6an . Nepal ka raja matrai hoina Rani haru pani uttikai plotist 6an . rajayalaxmi shah nai hrenus . kot parba hernus tyo ta janga bahadur ko hoina King Rajendra ko plot ho . Nepal ka Raja haru ko serial history haru study garnus . drabya shah ka daju bhai pani state ko lagr kata kat gareka hun . lamjung ka sojha magr haru lai plot garekai hun . 6ya kati lekhnu ghin lagdo kura pani…….
    pokhara .

  32. अरे साथी नेपाली राजा भनेको हामी नेपाली जनता का लागि
    न त मर्दाको मलामी , न त बाच्दाको जन्ती ।
    तेसैले जसरिसुकै मरेको होस्, फटाहा राजा । तर पनि गलत ईतिहासलाई प्रमाण् सहित् सच्याउनु भएको हो भने लेखक लाई धेरै धेरै

    धन्यवाद ।

  33. कस्तो अचम्म ! ईतिहासको पानालाई बुझ्नै नसकिने भइयो । ………अब हाम्रो इतिहासलाई पून: सँस्करण गर्नु पर्ने हुन्छ कि क्या हो ?? ………इतिहास जति सबै झुट्टा भैरहेको छ पृथ्वी नारायण शाहको पनि तेस्तै भयो………………

  34. प्रसंग फरक भएकोमा sorry है।
    “Amnestied rhino poachers at it again”

    गैंडा मार्नेलाई सरकारले संरक्षण गर्दै छ कि के हो? त्यस्तो को परेछ त जति गैंडा मारे पनि छुट पाउने?

  35. लौ मरेको बाघको जुङ्गा उखेल्दै जानुहोला, अविरलज्यू अविरल रूपमा|
    बाउ हजुरबाउले नबुझेका र पत्ता नलाएका कुरा तपाईले झापादेखि आई अनुसन्धान गरिदिनुभएकोमा तपाईलाइ पनि अविरल धन्यबाद !
    ५ वर्ष अघिको हत्याकाण्डको कुरो त अझै अस्पष्ट छ, कोहि ठोस प्रमाणका साथ आऊन सकेको छैन, कसरी ३५ वर्ष अघिको कुरा याँहालाई दिव्यदर्शन भयो, आश्चर्य!कि कतै यो तपाईको महा कृति पनि आलोचक शिरोमणि खगेन्द्र सन्ग्रौलाको जस्तो छेउ त पुछरको दरबार हत्याकाण्डको बारेमा निकालिएको पुस्तक जस्तो quick- selling, quick-money कृति त हैन?
    क्या गजब, नेपालीहरु त घडिको उल्टो दिशातिर हिड्न मात्र होइन, अब त दौडन पनि थालेछन्|
    छाप्नुस् छाप्नुस्, मौकामा, लोकतन्त्रमा तपाइको versions पनि केहि हदसम्म सुनिएला| तर कृपया लेख rational बनाउनुहोला र integrity मा ध्यान पुराउनुहोला| अब नेपालमा जनता ती रोल्पा र रुक्कुमका जस्ता मात्र सोझा र निमूखा छैनन् सुझ न बुझसँग रगत उमाल्ने र पछि लाग्ने|
    Umeshji तपाईको blog ले कस्तो vector पक्रिन थालेको हो बुझ्न गार्हो हुन थाल्यो|समसामयिक विषय राख्नुहोसन किन reverse gear मा हुत्त्याउनु हुन्छ?

  36. Nepal Ma Sasto lokapriyatako lagi yesto propoganda article haru pani lekhnee chalan cha. yedi sacho ho bhane yo yeuta naya nepal ko lagi acchaammaa lagnee kura nai ho. Umesh jee le pani yesta kura haru blog ma rakhnu bhnda pahila sabai paderaa tesko conclusion rakhda besh hola ki

  37. Hello Umesh ji,
    It is nice to read the write up by Krishna ji. As I see the picture, he is my classmate too,when I was studying B.A. in R.R. Campus. I remember that he had a great passion for journalisam.
    However, after reading his write up about Mahendra, I could not believe. It is because it sounds more fictious than it is based on true research.And, Krishan ji is very good to creat something very fictious.
    From Korea

  38. अब राजा महेन्द्र सही थे कि गलत यो बुझ्न धेरै कुर्नु पर्दैन ।यहि चालाले भोली पक्कै त्यो दिन आउछ्,नेपाली हरु राजा महेन्द्र लाई धेरै मिस् गर्ने छन । मैले यो कुरा यहाँ न लेख्नुपर्थ्यो,तर यही तितो सत्य हो ।

  39. Pohor maryo sasu ahile aayo aasu bhane jasto ahile thaha payer k garne. baru birendra hatyakanda patta lagaune ho ki patrakarg.

  40. Huna sakchha .malai chahi perna bishwasa lagyo.paple pida hun samma bhayeko thiyo hola kin nagarnu ni aatmahatya?

  41. but what i had heared in my early age that was not natural death that was some sort of killing!!! maile sune anusar ahile ko raja ko aama le goli hanera mareko re!!!! malai ta hoina jasto lagchha aatma hatya

  42. umesh ji
    yo tathyalai bahira lyauna ata garne himmatwala lai salam.
    sacho ra romanchak kura haruma chalphal garna chautari tayar gari dine umesh jilai pani salam.
    aphu ta thaha nahune kura ma ke bhanu ra tara yasma bigya haruka bichar absya nai padhna paune asha chha.

  43. Akhir Buddhi ta purayekai rahechha ni ta.

    “Ma Nepali ko Bhar hun..” bhanne bhawana jagnu ta ramro kura ho ni.

    Thakuri maila ra usko KUPUTRA le pani sike hune ni afno bau ko tarika. Hamlai tiniharuko NINDA CHARCHA ta garnu parne thiyena…Beccamma Samaya ko mattrai KHAPAT..

  44. Darbar hatya kand ko sabai grand desing thaha payeko 84 barsiya Girija prasad lai pani sodhe ma lekhak lai aali sajilo huntyho hola.
    Marne bela ma ta pakkai pani girija le sahi kura okal chha hola.

  45. proof bhaner khaassai proof ta k hola ra, taipani lekhak le jamarko bhane garaikai hun.

    lau ramro paisa kamaunu hai, best seller banera

    USA

  46. यो राजा महेन्द्र भन्ने जन्तु राणाको सन्तान हो भन्ने कुरा लेखकले लेखेका छन् कि छैनन हं ? हामीलाई भ्रम छ यो शाहबंशीय सन्तान हो भन्ने कुरामा । तर यो त राणा प्रधानमन्त्रीको सन्तान हो । राजबंश त त्रिभुवन पछि मासिएको हो । राजा त्रिभुवनले किन गणतन्त्रको कुरा गरेका थिए थाह छ ? घुमाइ फिराइ नेपालको प्रजातन्त्र राणँाहरुका हातमा नजाअोस भनेर । तर भारत र ब्रिटेनको धुर्त्याइले गर्दा महेन्द्र राजा हुन पायो ।

  47. ** Make Money with a Good Story **

    It looks almost like a James Bond spy story detecting the villains in underworld. Is it true? For the last 35 years, it was never released even in gossip circle. That time the heart attack story was a very credible story as it was known that king Mahendra had heart attack before.

    When Deependra was born, there was a rumour circulating that the astrologer has predicted that he will never become a king and it became true.

  48. I hope this book would bring the hidden truth of Royal Family of Nepal.

    And thanks for your reporting from that book on this blog.

  49. This could all be bullshit. Read carefully, if the names of susares or whoever who used to work in darbar those days have been explicitly quoted in the book.

    Otherwise, it’s quite easy to write a book like that, simply saying a susare, a gardener, subba who worked then in darbar said so and so… that’s called FICTION.

  50. ल थिकै च उमेस जि, तपाइले पड्नु भाऍ पचि अप्डेट गर्नु होल . वि अर वैतिन्ग फोर योर उप्डेत

  51. भनेपछि इतिहास यसरी लुकाउने होइन कि, नयाँ इतिहास यसरी बनाइन्छ भनेर बुझ्नुपर्छ । अस्तिताका कल्ले हो यहाँ ओरालो लागेको धोबीलाई साबुनले समेत लखेट्छ भनेर भनेकाथिए, कुरो त्यस्तै त्यस्तै हो। अहिले जे भने पनि भो, जे बोले नि भो। जनतालाई मन पर्ने कुरा समेटेर फिक्सन बनाए भो, पैसो कुम्लाए भो अनि नयाँ उतिहास रचे भो।

Comments are closed.