कम्युनिस्टहरु किन फुट्छन् ?

-मणि दाहाल/काठमाडौँ-

नेपालमा कम्युनिस्ट र पञ्चलाई पार्टी फुटाउन र जोड्नलाई कुनै कारण नै चाँहिदैन। पञ्चहरु राजालाई झुकेर मात्रै ढोग्ने कि लम्पसार परेर भन्दै झगडा गरी पार्टी फुटाउँछन् भने कम्युनिस्टहरु माअ‍ोको स्वास्नी चेङ चिङ (मलाई नाम यस्तै हो जस्तो लाग्छ, गलत भए सच्याई दिनुहोला)लाई क्रान्तिकारी नेता मान्ने कि गद्दार मान्नेजस्ता कुरालाई झिकेर पार्टी फुटाउँछन्। हालै तीन चिरामा विभाजित भएको जनमोर्चा नेपालको विवादका २४ बूँदामध्ये एउटा बूँदा माअ‍ोको स्वास्नीलाई क्रान्तिकारी नेता मान्ने कि नमान्ने भन्ने विषयमा समेत रहेको छ। माअ‍ोकी स्वास्नीलाई चित्रबहादुर केसी समूहले गद्दार मान्छ भने अमिक शेरचन पक्षले क्रान्तिकारी नेतृ।

पञ्चहरुको पार्टी सिद्धान्तभन्दा पनि व्यक्तिमा चलेको छ। त्यसैले त होला उनीहरुको पार्टीलाई ‘दल’ हैन ‘क्लब’ भनिएको। दलहरुसँग कुनै निश्चित सिद्धान्त हुन्छ र त्यस उद्देश्य प्राप्त गर्नका लागि त्यसका नेता कार्यकर्ता लागि पर्दछन्। दलविहीन राजनीतिक पद्धतिमा हुर्किएकाहरुले बहुदल आएपछि बनाएको दललाई सत्ताका लागि पटक-पटक फुटाए। आफ्नै सरकारका विरुद्ध अविश्वास प्रस्तावमा मतदान गर्ने र नयाँ सरकारमा सामेल हुने कमल थापालगायतका झुण्डहरुले संसदीय राजनीतिलाई उपहासको विषय बनाए। उनीहरुको यस्तो कार्यले आफ्नो सरकार ढल्ने निश्चित भएपछि वाक्क भएका महापञ्च लोकेन्द्रबहादुर चन्दले कमल थापालाई “मुसा” उपनाम दिएको। हाल पनि थापा त्यसै नामले चिनिन्छन्।

तर नेपालका कम्युनिस्टहरु शास्त्रीय सिद्धान्तमा निकै चंख छन्। सिद्धान्तको कुरामा घण्टौ बहस गर्दछन्। नेपालका कम्युनिस्टहरु रुसलाई “सामाजिक साम्राज्यवादी” मान्ने कि नमान्ने वा चीन र रुस कसको पक्षमा उभिने, चीनमा देङ स्याउ पीङको उदयपश्चात् त्यो देश पूँजिवादतिर फर्कियो वा कम्युनिस्ट देश रह्यो कि रहेन भन्ने विषयमा घण्टौँ चर्काचर्की गर्दछन्। नेपालका यस्ता प्रवृत्तिको कारणले नेपालका कम्युनिस्टहरुले मस्को वा बेइजिङमा हिउँ पर्दा काठमाडौंमा अ‍ोभरकोट लगाउने भनेर भनेको। उनीहरु देशको सामाजिक राजनीतिक र आर्थिक विषयको व्याख्यामा विवाद गरेभन्दा पनि रुस वा चीन कसको धुरीमा बस्ने भनेर पार्टी फुटाएका छन्।

कम्युनिस्टहरु आफ्नै साथीहरुलाई गाली गर्न माहिर नै मानिन्छन्। कम्युनिस्ट स्कुलिङको कारणले नै होला खगेन्द्र संग्रौलालाई लेखमा सबैभन्दा बढी गाली गर्न आएको । अझ प्रदीप नेपाल कमरेडको कुरै नगरौं। उहाँले कलमबाट सहकर्मी र आफ्नै नेताहरुलाई पटक तुच्छ गाली गर्नु भएको छ। कम्युनिस्टहरु आफ्नो सहकर्मी मन परेन भने अनेकौं आरोप लगाउँछन्। व्यक्तित्वको टकरावको कारण कम्युनिस्टहरु फुट्छन्। मन नपरेको नेताले जुँगा पालेको छ भने उ “जडसूत्रवादी” हुनसक्छ जुँगा काट्छ भने “संशोधनवादी”।

लेनिनवादी सं‍गठनात्मक पद्धतिमा रहने कारणले होला- कार्यकर्ताहरु टाउको गन्यो आफ्नो पक्षमा कति छन् हेर्‍यो अनि पार्टी फुटाइहाल्यो। त्यसैले होला काँग्रेस वा अन्य मास बेस पार्टीहरुभन्दा सैद्धान्तिक कुरा गर्ने कम्युनिस्टहरु धेरै छिटो फुट्छन्।

त्यसो त अहिले कम्युनिस्टहरु मिलेर ग्रान्ड कम्युनिस्ट पार्टी खोल्ने कुराहरु आइरहेका छन्। तर कम्युनिस्टहरुको विगत हेर्दा भने त्यसो हुन सक्ला र भन्ने प्रश्न उठ्छ। गणतान्त्रिक मोर्चा बनाउन काँग्रेसले अस्वीकार गरिसकेको अवस्थामा गणतन्त्रको साझा उद्देश्य प्राप्तिको न्युनतम लक्ष्यका साथ कम्युनिस्ट पार्टीहरु एकीकरणको बिन्दूमा आउलान् त ?

21 Comments

  1. hello frens let the use individual freedom FOR ALL why we worry if some body write TO some body if we are honest to nepal AND PEOPLE ARE DOING THE JOB.

    no things WILL happen question is ,
    are we in right tracK,?

    WE ARE NOT MONDALE WE ARE NOT GURELLA WE are NEPALI
    AND WISH TOHAVE A BEAUTIFUL LIFE IN NEPAL .

  2. हेर एक आपस् मा गाली गरा गर्,एही हो अर्को बिशेषता,फुट कस्मा भएको छैन ,यो सबै ब्यकिगत इगो टक्राब ले गर्दा हो ।अन पैसा पनि अर्को कारण हो,
    its personal ego conflict,that makes all divided ,not only communists,but see congress and all the parties !!!

  3. श्रीकमलजीले भन्नु भएको नेपालीहरुको बिषेशताहरुमा केहि थप्न मन लाग्यो;
    १.गोरो छाला भने पछि भुतुक्क अन्धो भक्त्त भईहाल्ने|
    २.काम भन्दा बढि भाग्य र आशिर्बादमा आस्था राख्ने|
    ३.एउटाले जे गर्यो अर्को लाई पनि त्यस्तै नगरी नहुने ( काम,बिहेबारी, प्रेम,घर, ब्यापार, गाडी आद) चाहे नराम्रै किन नहोस्|
    ४.आफ्नो छोरा छोरी र अर्काको श्रीँमती असाध्य राम्रो लाग्ने|
    ५.फोकटमा पाईयो भने बिष पनि पचाउन पछि नपर्ने|
    ६.अरुले गरेको सहयोगलाई “granted” लिने, सहयोग गराईलाई सहयोगकर्ताको “hobby” भन्ठान्ने|
    ७.छिमेक (घर,मुलुक)को नराम्रो पक्ष मात्र देख्ने,आफ्नो भने आङको भैँसी पनि नदेख्ने|
    ८.बिच बजारमा कसैले दुख पायो भने, मूक दर्शकहरुको भीड लाग्ने, निशुल्क अवलोकन गर्ने र मद्दत गर्न डराउने (सानो भईन्छ कि भनेर)तर घर फर्कि तानाबुना थपेर BBC जस्तै जो भेटे पनि भट्ट्याउने मर-मसला थपेर|
    ९.समबेदनशिलताको ख्यालै नगरी सँसद भवन,युद्धस्थल,पार्टी बैठक, आर्यघाट,हस्पिटल,बाजारमा “camera” को आगाडि ङिच्च ङिच्च बत्तिस दन्त देखाउनै पर्ने |
    १०. बाहुबलमा आस्था राख्ने|लक्ष्य प्राप्तिको लागि कुनै पनि हतकन्डा जाहेज ठहरिने|

  4. Kunai naya Sidhanta Pratipadan Garana yar. Sandhai Maobadi. Maoko Swasnibadi, Kaile lenin Badi, Samagbadi Ke ho yo? Aru kehi paenau? Nepalbata Kunai Euta Naulobad Nikalana Ho. Jo sabai Desle Anusaran garos. Ani Hunchha Hai Hai Nepal.Arkako nakkal garne Hoina. Hamro Nakkal Arule garos. Hoina Bhane Malai Deo mauka Ma Naya Bad Janmaidinchhu Nepalma. kasto lagyo Mero kura?

    Smriti USA

  5. Mani Dahal jee,

    Good analysis of Communist parties in Nepal.

    What do you think about the splitting of Nepali congress? Is that the one and only reason, greediness of position and money..! or something different !

    Want to read your analysis on that topic too!

  6. ** What do you expect from Communists with Bankrupt Ideology? **

    Days are gone when you say the power comes out of the barrel of the gun. People are no longer animals that you can keep them in dark and drive them with force. The main ideology of communism is the propaganda where the people’s aspirations are painted nicely on paper and the leadership demands the deep respect for their “Dear comrade leader”. The leader becomes the tyrannical comrade who takes the stature of saviour of the country and demands the blind faith on him. When the leader dies, the new leader starts criticizing the past away leader and categorizes the old leader as the despotic. He, in turn, takes the country into new direction of unknown nature. This keeps on repeating as long as the country stays as a communist country. In Russia you find leaders like Zoshep Stalin, Nikita Khrushchev, Leonid I. Brezhnev, Yuri Andropov and Mikhail Gorbachev who criticized their predecessors. The same story is repeats in China – Mao Zedong, Deng Xiaoping and so on

    We saw all countries that fell as the victims of communism. The country which adapted the communism after the people’s revolution has in fact became the totalitarian country. The communist ideology itself is a big uncertain doctrine. It had failed in eastern European countries and it had proved itself as a bankrupt ideology.

    So in Nepal, we can keep our peace and freedom (Democracy) only when Maoists respect “Ballots” but stop worshiping “Guns”.

  7. कम्युनिष्ट पार्टिहरुको टुट-फुट अहिले चर्चाको बिषय भएकोले होला मणिजिले पनि यस बिषयमा कलम चलाउनु भएको होला. तर हल्का फुल्का ढन्गले कुनै बिषयमा कलम चलाउदा अफ्नै ओजन घट्ने कुरालाइ ख्याल गर्नु पर्दछ भन्ने मेरो मणिजी लाइ सुझाव छ.कम्युनिष्ट पार्टिहरु मिलेर सकेसम्म एउटै भयो भने त्यसले पक्कै पनि देशको लागि केहि सकारात्मक योगदान सक्थ्यो.तर तपाइले कम्युनिष्ट पार्टिहरु बिच भयेका केहि स-साना बिभेदलाइ मात्रै लेख्नु भयो.य़ो भन्दा केहि महत्वपुर्ण बिभेदहरु उनिहरु माझ रहेको पाइन्छ.त्यसलाइ नजर अन्दाज गर्न मिल्दैन.जस्तै कुनै पार्टिले नया जनबादि ब्यवस्था ल्याउने भन्छ भने आर्कोले त्यो भन्दैन अनि कसरी उनिहरु बिच एकता हुन सक्छ?त्यस्तै कुनै कम्युनिष्ट पार्टिले शान्तिपुर्ण आन्दोलनले कम्युनिष्ट शासन ल्याउने बिश्वास राख्छ भने आर्कोले हतियार बन्द युद्ध्ले मात्रै यो सम्भव छ भन्ने मान्यता राख्छ.कुनै कम्युनिष्ट पार्टिले खुल्ला अर्थतन्त्र लाइ अपनाउनु पर्छ भन्छ भने अर्को ले हुदैन भन्छ.यि लगाएतका अरु पनि केहि गम्भिर मान्यता हरु को फरक पाइन्छ.यि प्रमुख बिबाद लाइ मत्रै ख्याल गर्ने हो भने मेरो बिचारमा हामिले कम्युनिष्ट पार्टि भनेका पार्टिहरुको संख्या २/३ वटामा मात्र सिमित हुन्थ्यो होला.कम्युनिष्ट पार्टि धेरै हुनुमा यि सैधान्तिक कारण का अतिरिक्त केहि ब्यक्तिगत कारणहरु पनि छन.तर नेपालमा भएका सबै कम्युनिष्ट पार्टिहरु साच्चिकै अर्थमा कम्युनिष्ट पार्टि हुन कि होइनन त्यो पनि बुझ्नु पर्ने हुन सक्छ अबका दिनमा.किनभने जस्ले पनि आफुलाइ कम्युनिष्ट र आफ्नो पार्टिलाइ कम्युनिष्ट पार्टि भन्दैमा हुन्छकि हुदैन?अब यो पनि बिचार गर्नु पर्छ.यसले पनि कम्युनिष्ट पार्टिहरुको संख्या कम हुनेथ्यो. कम्तिमा सबै कम्युनिष्ट पार्टिहरुले गणतन्त्र भनेका छन.संबिधान सभाको चुनावमा एक भएर गय भने नेपालमा गणतन्त्र ल्याउन सजिलो हुन्थ्यो.किन भने कान्ग्रेस यो मामिलामा प्रस्ट छैन.गणतन्त्रका लागि सबै कम्युनिष्ट पार्टि एक हुन इमान्दारीका साथ लाग्नु पर्छ.एकले अर्कोलाइ सन्का गर्ने स्थिति रहेसम्म त्यो पनि पुरा नहुन सक्छ.
    Bikalpa

  8. Nepal ma Communist Party jutnu bhaneko ta sapana dekhnu matra ho. Bharkhar matra Male phutyo tyo bhanda agadi Janamorcha 3 tukra bhayo….aba kun kun ko ko sanga milne ho….CP Mainali ra Mohan Bikram Singh jasta kahilei kohi sanga milera basna nasakne neta samet communist party haruma chan……so far i know Mohan Bikram Singh ko masal bata phuteka matra communist party Nepal ma 10 bhanda bhadhi bhai sake…..i think aba ko communist ko mul dhar UML or Maoist kasle lead garna sakcha teshma nepal ko communist andolan bhar parcha….

    GDN
    Germany

  9. Bishal Balkhu Darbar le nai yo pusti garcha ki tyas bhitra ka neta haru ma katiko communist bichardhara ra sidhanta bhariyako cha bhanera, tesaile ek aarkoko khutta tanne ra phutaune ta sadharan kuro nai bhayoni hoina ta?

  10. It is not true that only communists are splitting up since their inception. I guess the author of this article either chose to wink at or did not like to see back the history of Nepali Congress.If not,I advise him to read history seriously before tempting to write any article of this ilk. To remind him, here are some splinter groups and thier leadrs for authors information sake:
    a)where did the Dilli Raman group come from?
    b)where did the Matrika group come from?
    c)where did the Subarna group come from?
    d)which party Tulasi Giri, Biswo Bandhu Thapa, Shribhadra sharma belong to before they joined Panchayat?
    e)what about the Bakhan Sing Gurung group?
    f)and what about Deuba group?
    The point is, there have been a process of splitting almost in every party,but most of the time some ‘very smart’ people opt to chose not mentioning that in their writeups. To say that only communists are good at blaming and humiliating their fellow comrades is no more than a baisness. Whay Ganesh Man Singh chose to spend rest of his life almost isolated from the politics and dejected by the party? Why K.P. Bhattarai has been following the same path? Who can forget Girija blaming Gagan Thapa and Narahari Acharaya as royalists? At last but not least, it is worthwhile for the auther to evaluate himself before blaming the others(here Khagendra Sangraula)as dire cynic and verbal abusers.

  11. after i read the article about the same topics in other weekly magizine website, i found that they are dividing to unite either into maoist or UML. ultimately maoist and UML will be united for republican front till election and altimately to unite as a communist party of nepal.

    this is the need of the situation since nepali congress is preparing to unite with royalist parties as non republican front. to defeat them republican front need to be formed at least if unification isnot possible.

  12. yo lekh ta sing na puchchar ko bhaisi jasto lagyo party futaune karanharu khassai patyauna sakine satyata chha jasto lagdaina.

  13. Ma ta testo achham kehi pani dekhdin. bichar milne samma eakai thauma rahane ho namili namili pani basirahnu parchh vanne kehi chhaina. Bichar ko kura ho, aajh namileko bholi milna pani sakchha. Deshma kati wata pary hunuparchha vanne kahi chha? Ho uddeshyachahi Desh ra Jantako lagi hunu parchh hai. Lekhak le communist ra Panchha matra futeko dekhechhan, Chasma lager here hune ho, congress pani futeko chha, ajha achhmma ta ke chha vane, singo kagress pani kahileyi ek bhayen. Fute pani communist Deshko khatir milchhan tar cagress kahile singo chhaina. Ganatantrik bichar rakhne lai Girija babu Raja ka manchhe dekhchhan. Seremonial Raja ka kura garne lai derai kangressi Gantrantrik dekhchhan. Ani parti le kuani nirnaya garn nasker sadhai adhhayachhaya lai jimma lagauchhan. jastai raja badi haru raja lai gachhan.

  14. हामी नेपालीहरु कस्ता छौं ?? हाम्रो समाज को सोच कस्तो छ? हामीले आफुलाई नै हेरेमा यस्को जवाफ पाउँछौ कि?? पत्रकार तिर्थ कोइराला ले हिमाल मा छापिएको एउटा लेखमा उल्लेख गर्नु भएको थियो- कुनै संस्थाले गरेको अध्ययन ले नेपालिहरु को निम्न लिखित बिषेशताहरु देखाएको थियो ॥
    १) दुख: गरि कमाउने , मोज गरेर उडाउने
    २) तथ्यमा बिश्‍वास नगर्ने, हल्लामा बिश्‍वास गर्ने
    ३) बिगत लाई चाँडै बिर्सने
    ४) बिद्रोही देखिने, तर शक्तीसंग तुरुन्तै सम्झौता गर्ने
    मलाई चाहिँ यस्मा अरु बिषेशताहरु पनि थप्न मन लागेको छ।
    ५) आफ्नो गल्ति स्विकार गर्दै नगर्ने। जे कुरामा पनि अरुकै गल्ति देख्‍ने।
    ६) नकारात्मक (destructive) सोच धेरै , सकारात्मक र रचनात्मक(constructive) सोच कम ।
    ७) प्राय: साघुँरो दाएराको सोच राख्ने ,समग्र बिश्‍लेशण नगर्ने, एउटै कुरा बाट तुरुन्तै जुनसुकै कुरा को पनि धारणा बनाई हाल्ने। (सय गुण यउटा अबगुण छ भने त्यहि एउटा अबगुण मात्र हेर्न।)
    ८) अरुको पिडा दुख:मा रमाउने ( sadistic) सोच र ईर्स्या बढि।
    ९) एक आपसमा आत्मीयता कम, घृणा बढि ।
    नयाँ समुन्नत नेपाल बनाउने हो भने यस्ता बानि तथा धारणा हामीले परिबर्तन गर्नु पर्छ। यस्ता बानी तथा धारणाहरु हटाउन शिक्षा प्रणालीमा परिबर्तन जरुरी छ। यो पक्कै पनि लामो बाटो हो, तर समाजलाई परिबर्तन गर्ने माध्यम यही हो। शिक्षाले मानिस को सोचाईको दायरा फराकीलो बनाउनु पर्छ, यउटा असल नागरिक उत्पादन गर्नु पर्छ । पढ्नु भनेको केबल प्रमाणपत्र लिनु मात्र हैन, बिना बौद्वीक
    चेतना पाएको प्रमाणपत्रको के काम? बरु यस्तो प्रमाणपत्र त कागजको खोस्टा सरह हो। यउटा शिक्षीत ब्यक्ती भनेको कागजको खोस्टा बोकेर हिड्ने मान्छे मात्र उत्पादन गर्ने शिक्षा प्रणालि ले दे्शको हित गर्दैन। हामीले किन बिकास गर्न सकेनौं, दोस्रो बिश्वयुद्ध मा ध्वस्त प्राय: भएको युरोप किन ४०-५० बर्षमै सम्बृद्धीको चुलिमा पुग्यो?? किन कोरिया र मलेसिया ( जुन देशहरु ३०-४० बर्ष अगाडि हामी भन्दा पछी थिए) को बिकास भयो?? किनकी, उनिहरु संग असल नागरिक उत्पादन गर्ने संयन्त्र थियो, ठुला बिश्वबिध्यालयहरु थिए। असल नागरिकको जमात भन्दा ठुलो संपदा अरु कुनै हुंदैन। यहि असल नागरिकको जमात बाट नै नेता, शिक्षक, डाक्टर , ईन्जिनियर आदि बन्छन, अनि धेरै पढ्न नसकेका मध्यबाट ड्राइभर, कुल्लि, डकर्मि सिकर्मि बनेका हुन्छन र त उनिहरुमा पनि नागरिक मानविय चेतना हुन्छ। खै त , युरोपमा त ड्राइभरले दुर्घटना पछि ब्याक गरेर मान्छे मारेको सुनिदैन त?? उस्लाई थाहा हुन्छ कि यस्तो गर्‍यो भने “ असल प्रहरी” ले समात्छ र “असल न्यायधिश” ले जिबन भरीको लागी गाडि चलाउन नपाउने गरि जेलमा हाल्छ भनेर। यस्तो काममा अरु “असल ड्राईभर” हरुले चक्काजाम गरेर यस्तो गलत कामलाई समर्थन गर्लान भनेर त सोच्नै नसकिने हुन्छ। हुन्छन यहाँ पनि ८-१०% “खराब नागरिक” हरु पनि, तर तिनीहरुलाई तह लगाउन संधै “असल संयन्त्र” तयार भएर बसिरहेको हुन्छ। हामी कहाँ चाँहि जो सुबिधा बाट बन्चित छन र दुर्गम गाऊँमा बस्छन, त्यहाँ बरु असल मान्छे छन, झन प्रमाणपत्रधारीहरु “बौद्विक बेश्याबृत्ति” गर्छन, आफुलाई पैसा आए विवेक लाई तिलान्जलि दिन्छन। म्यागासेसे पाऊने “सन्दुक रुईत” बा नोबल पुरस्कार पाउने बंगलादेशका “ ग्रामिण बैंक” हाम्रो आदर्श हुन सक्दैन, झन उल्टो हाम्रा “प्रशाईं” र “पिउष बहादुर” हरु रोल मोडल हुन्छन। अनि कसरि हुन्छ प्रगति??????

  15. Yestaa naatheharule k desh ma janataako laagi chetana ra bikaas layaaula. History kottyaayer jhagadaa gardai thikka chha…hoina?? kina chaahiyo Mao ko budhi je sukai bhaye pani, jo sukai ko sidhaanta jastai bhaye pani???? raamro-raamro sidhantaharuko aadhaarma desh lai aghi badhauna bhae haalyo ni. All we need is peace and prosperity in our Nation.

    Goru haru…….

    Yo..”jun jogi aaye pani kaanai chireko” bhanne ukhaan ta tyaakai Nepali netaharulai laagchha.

  16. At this juncture, I recall what late Ganesh Man Singh used to say during Jan Andolan I days – “War ki Par”. Sad that the revolutionary Democrat is no longer with us. Had he have lived till date he would have now said “Par ki Par”. After being deceived by the Monarch so many times he would have led democrats, hand in hand with the Communists, for a Republican set up. Unfortunately, such a figure like Ganesh Man was also sidelined by the Girja chhap congressis, not because he has no support or he does not follow so called democratic principles – but simply because Congress as a political party was created and brought up by the feudals like Subarna Samsher and BP Koirala and poor Ganesh Man despite being feudal of Kathmandu started his political career as a Hukke of BP {?}. One thing we have seen many times, Congress always get united whenever there are opportunities. No doubt Sher Bahadur is going to get along with Girija congress after having exacerbated overall political situation in Nepal jointly with the former over the past decade. So they would form a platform for sure in support of feudals, possibly ceremonial monarchy (given the mood of the voters, they however would not dare to come openly for this though!).

    It is unfortunately true that Communists in Nepal may split for no reason, assuming for principles! They have shown it time and again. Now we see 25 different communist parties each claiming themselves to be the real communists, some of those parties without any followers, others are existing because of sympathisers, some others claiming to be more powerful without realizing the reality on the ground. At this point in time, it is also worth recalling Madan Bhandari, who from the podium at the “Khula Munch” once said one has to search for other communist parties (except for then newly formed UML) from the heights like Dharahara. It is certainly an ideal situation for the real communists to show that at least they have one common point in their agenda – Republicanism. If all communist parties get united, there is no need for further support from non- communists to bring a republican set up in Nepal. To put this in other words, if the communists will not get together this time, they all will disappear from the Map of Nepal for ever! for a simple reason – what can they give for country or people if they can not get united for one single reason what all they say they have been struggling for! In this Girija and Sheres may also join the movement since they have time and again declared republican set up as their party line. It would be a shame to discuss in this forum about so called National democratic parties, created 15 years ago just to defend royal interests and who always change colours using poor and illiterate rural population.
    Let us hope that all republican forces including the followers of Ganesh Man if there are any left within Congressis will get united for a Republican set up!

  17. हुन त म लाल झण्डलाइ अति माया गर्छु मार्क्स, लेनिन र माओको दर्शनलाइ म जीवनको अभिन्न अंग भन्छु तै पनि मलाइ लाग्छ नेपालमा कम्युनिष्ट पार्टीको कार्यकर्ता हुनु जति विडम्वना दुनिँयामा अरु केही पनि छैन !

    अविरलयात्री
    राजु विक्रम खतिवडा
    त्रिशुली नुवाकोट
    [email protected]

  18. Dhnyabad umeshji,
    gatilo bishya chhalphalma ayo.asha chha bicharak ra chintak haruka coments padhna painchha hola.

    Nepal ka garib janata haruka bachna paunaka lagi absyak adharbhut kura haruko jag ma tekera communist sangthan haru ubhinchhan. ani tinka neta haru (dheraijaso) partika aama karyakarta harulai jhuta ra khokra kuraharuka path padhauchhan bichara sojha karyakarta haru pani neta haruka adambari kura patyauchhan.ani marna ra marna tayar hunchhan. netaharulai kursi chahinchha kursi thorai , ani tiniharu le arko parti kholne kura garchhan.

  19. Dear Friend,

    This could be one of the reasons that some eminent Philosopher has said, ” The tragedy in not only the the tragedy from were we have to undergo, the real tragedy is the tragedy that we admire on ourselves …….!”

    Sachin

Comments are closed.