तपाईँ ८० प्रतिशतमा कि २० प्रतिशतमा ?

प्रधानमन्त्री जब-जब विराटनगर जान्छन्, तब-तब एउटा नयाँ बोली बोल्छन्। पछिल्लो पटक ‘डन्ट से किङ ज्ञानेन्द्र, से वन्ली ज्ञानेन्द्र’ भन्ने वाक्य चर्चित भएको थियो भने यस पटक चाहिँ राजतन्त्र ८० प्रतिशत खत्तम भइसक्यो, २० प्रतिशत मात्रै बाँकी छ भन्ने वाक्यले चर्चा पाएको छ। यही कुरालाई लिएर आज हामी साथीहरु दिनभर जिस्कँदै बस्यौँ। हाम्रा केही मण्डले साथीहरुलाई अ‍ोए तिमी २० प्रतिशतमा कि ८० प्रतिशतमा भन्दै। हुँदाहुँदा खाजा खान जाँदा समेत एक जना साथीले मैले २० प्रतिशत मम छाडेँ है भनी दुई वटा मम छाडेर हसाउनु हसाँए। ८० र २० को फर्मूला त निकै चलेको फर्मूला हो नि। प्रधानमन्त्रीले कहाँबाट यसलाई राजतन्त्रको विषयमा लागू गर्न पुगेछन्। ८०-२० को यो सूत्र सन् १९०६ मा इटालियन अर्थविद विलफ्रेडो पारेटोले गरेका हुन्। उनको सूत्र भन्छ २० प्रतिशत मान्छेले ८० प्रतिशत सम्पति कब्जा गरेका छन्। यो सूत्रलाई अरु विद्वानहरुले पनि मान्यता दिँदै गए र यसलाई पारेटो सिद्धान्त कै रुपमा जान्न थालियो। २० र ८० को यो सिद्धान्त हरेक कुरामा लागू गर्न सकिन्छ।

ध्यान दिएर सोच्नुस् त, तपाईँले आज दिनभर गर्नुभएका काममा २० प्रतिशत मात्रै महत्त्वपूर्ण हुन्छ। २० प्रतिशत खराबीले ८० प्रतिशत समस्या निम्त्याइरहेको हुन्छ। २० प्रतिशत अ‍ोपिनियन लिडरहरुले ८० प्रतिशत जनतालाई सञ्चालन गरिरहेका हुन्छन्। २० प्रतिशत पाठकले मात्रै मेरो संसारमा ८० प्रतिशत कमेन्ट लेख्छन्।

वास्तवमा ८०-२० को यो सिद्धान्तमा २० लाई महत्त्व दिइन्छ ८० लाई दिइँदैन। त्यसैले गिरिजाबाबु, २० प्रतिशत मात्रै राजतन्त्र बाँकी छ भनेर ढुक्क नहुनुस्, २० प्रतिशतबाट सतर्क रहनुस्। २० प्रतिशत पनि सकिएपछि गणतन्त्र आउँछ भन्नु त एक र एक जोडेर दुई हुन्छ भन्नु सरह हो। एक र एक जोड्दा दुई त स्वतः हुन्छ। राजतन्त्रको अस्तित्व सकिएपछि त गणतन्त्र स्वतः आउँछ। त्यो भनिरहनु पर्ने कुरा नै हैन। २० प्रतिशत भनेर कमजोर आँक्न थाल्नुभयो भने तपाईँको ८० प्रतिशत कामलाई यही २० प्रतिशतले खाइदिन सक्छ।

प्रधानमन्त्रीले २० प्रतिशतमात्रै राजतन्त्र बाँकी छ भनेर भन्दा २० प्रतिशत चाहिँ किन नि भनेर एक पत्रकारले सोद्धा कोइरालाले राजा लुसुक्क दरबारबाट निस्केर मन्दिर जाने र भाकल र पूजाआजा गर्ने भएकोले २० प्रतिशत बाँकी छ भनेका रहेछन्। प्रधानमन्त्रीको ८०/२० को सिद्धान्त उनकै मुखबाट सुन्नुस्-

20 Comments

  1. Hi readers:

    Girija never knows what he says. In terms of 20/80 percent peoples’ vote, if Girija has statistical proof (real research data), I will never drink water. Girija is a nonsense Primeminister. He is embarassing Primeminister to represent great Nepali people. “Budho manche hawama 20/80 percent; kehi statistical survey hoina; yesta Mantri, neta, sabai aalu hun.”

    Limbu from Tehrathum

  2. उमेशजी
    यो ब चालाई पापा खिलाएर् भुलाको जस्तो भो नि!अब् पानी के २० र् असी प्रतिसत् को कुरा।सरकार ले अहिले सम्म् के काम गर्‍यो त्यो कुरा गरौ न्।जनता लाई तत्काल् राहत् को लागि के गर्‍यो?के के सुधार गर्दै छ्?कुन् कुन् नयाँ बिकास आयोजना लेउदैछ्??
    नेपाल लाई ठग् र् चोर हरुको देश् बनाउने कि के हो?काम् को कुरा छैन् सधैं हल्ल्ला!
    गण्तन्त्र् लेउने भए त्यही बेला मा घोषणा हुन्थ्यो!नेता हरुको सक्काली अनुहार त् सितरम् को भोज् मा देखिहाल्यो नि??

  3. Girija’s only 20% of workable brain is active now.

    Girija is only 20% loyal to people & 80% loyal to Palace.

    Girija is betraying nepalese people.

  4. You guys should know and it is universal as well: when people get old they behave like child what we been seeing it on Girija father. How come he is too old be the sate of head? He is not able to look after himself how come he calims that he can look after 25 carod nepali people. Its ridiculous.

    Hope one day we get slavation from Girija tantra and makune tantra too. Makune pretending working against king however he is not. we saw previous article from the blogger he was whipering with notorious cheater of the finance company, who is the criminal in the eye of police. But having fun with powerful so-called leaders. Can you guys imagine being nepali and having seen such low level act by leaders.

    Jai corruption free Nepal. In particular nepali mentality.

  5. hi namaste all
    girija is great of all!!! u should appreciate instead he is not only nation hero he is born to be internationalise hero he is determined with his dignity and keep nepal peace once agian. thus he is holding not to declare replubic yet.just because of maoist he is not bothered at all. watch him out so that u will get best out of him heheheh
    good bye

  6. यस्ता पनि नेता अरे। नेपाल का नेता को “बुद्धी कम कुरा बडी”
    यिन्ले कहिले सोचे होलान् त नेपाल को Per Capita Income
    कति छ भनेर??? यिन्ले कहिले सोचे होलान् त नेपाल को Literacy just 48% छ भनेर?

    बुद्धी भए पो सोच्छन्…यिन्का लागि Party नै देश, कार्यकर्ता नै जनता

    नेपाल ले छिट्टै बुद्धी भएका नेता पाओस्
    मेरो शुभकामना

  7. यो सवैकुरा गिराजा तथा नेपाली कङ्रेसको जनता छक्याउने बहाना मात्रै हो । जनता गणतन्त्रको माग लिएर अगाडि बढी राखेको बेलामा मत्थर् पार्ने नयाँ उपाय हो । जनता त्यती लाटो त छैननी हो ।

  8. Nice mathematics on old and mind. Did he ever think about his personal view towards the King that how fair. Hello GIRIJA BAJE! Please be retaired and spend ur rest of life with relax. Take it eassily and handover the power to somebody new personal. Not the other people who follows you. To that person who have never made even Minister so far!!!!!!

    Take it HARDLY though Mr. BAJE!!!

  9. 2 ..2 choti huge majority in parliament ma dida pani full time government chalauna nasakne sansar kai nalayak Congress party ra yeska boss lay bhaneko kura lai kasari patyauna sakeka or manparayeka holan?? Nepal ko path of democracy lai Girja ra Congessi ko 2..2 choti ko full majority ko sarkar, aafnai karan lay chalauna nasakera kati dakka pugyo aanuman lagausta? sayad tyo Raja Gynendra lay Magh 19 ma gareko kadam jati nai hoina ra??

  10. Brother Umesh!

    PARETO ANALYSIS HOLDS NO MORE SENSE IN OUR CONTEXT. NEPAL WORKS UNDER 98 Vs 2 PRINCIPLE. WE HAVE 98% STUPIDS RULING OVER 2% WISE CITIZENS.

  11. यो त एमालेले प्रतीगमन आधा सच्चीयो भनेर देउबाको बुइ छोडेर शाही सरकारमा गए जस्तै भएनर गीराजा बाबु? मलाइ त राजनीती प्रतीसत सीकाउने गणीतको कीताब भन्दा पनी खीचडी पकाउने कसौडी जस्तो लाग्छ, ज़ुठो कसौडी कही आधा चोखो र कही आधा जुठो हुन्छ र भन्या?
    के को ८० % सफा र २० % फोहोरको कुरा?
    म त आधा मात्रै माजेर पुरै सफा नगरेको भाडोलाइ त पुरै ज़ुठो मान्छु है उमेशजी बाहुनबादी सोच भने पनी भन्नोस म त मरी गए खलानको आधा जुठोमा पकाएकोमा खानेवाला छैन/
    खीचदी पकाउने भाडो न राजा नामको नेपालको घाडो की सत प्रतीसत सफा की सत प्रीतीसत ज़ुठो र फोहोर /
    म भन्छु फेरी पनी भन्छु के भन्छु भने भन्छु
    मेरो मत न त २० प्रतीसतमा न त ८० प्रतीसतमा

  12. गिरिजा बाबु को दिमाग कहिले सफा होला र सर्मोनियल् र २०% ले आल्झायो फेरी देस को लागि कुनै ठुलो काम गर्ने होइनन् फेरी गिर्ह जिल्ला घर बिराटनगर जा दा के भन्ने हुन् कोनी ८०% लाई बडा यर् ८५% भन्ने हुन् कि २०% लाई बडा यर् २५% भयो भन्ने हुन् प्रतिक्ष् मा बस्ने हामी जनता नै होउ !!

  13. **** Indecisive PM will Hunt the Country ****

    It is indeed a misfortune for the country not to have a healthy and a dynamic leader who has a clear vision and who can understand people’s aspiration and who can lead the country at this transitional period.

    Instead, we had no choice but the frail old man GP Koirala became the Prime Minister and he is saying the country has become 80% republic but does not show the courage to take a decisive step to declare the country ‘The Republic of Nepal’.

    P.R. Shakya’s comment needs attention and good food for thoughts.

    We have a rich king in the poor country. The monarchy institution has no place in 21 century Nepal. It has to be wiped out before all troubles will cease.

    With GP Koirala’s leadership, the dream of having “The Republic of NEPAL” may still remain doubtful.

  14. गिरिजाको कुरा २०% मात्र स्त्य भएको हुनाले मेरो गणीत अनुसार राजतन्त्र ((२०*८०)/(१००*१००))*१०० = १६ प्रतीशत मात्र गई सकेका छ, बांकी ८४% जिवितै छ।

  15. congress party ta jimmedar party hola tara tapai jimmedar kahile ni huna saknu bhaena baaje. mauka payo ki sujata, sushil, ra anya bhai bhatija bhanepachhi bhutukkai hune tapai hoina. tapaima bhaibhatijawad, congresswaad ko gahiro bhoot chha. deshwaasi, samanya janata, kunai pani rajnitik astha nabhayeka wa anya party manne janata prati jimmedari kasko ho ta? saknuhunchha bhane sodhnus basudev olilai sodhnus sitaramlai pakrau nagari kina bhoj matra khayera aayeko. deshka jimmedar netaharu ko khoi jimmedari, deshko dhukuti rityaune, janatako paisa usko bauko sampati sari baddai hidnelai karwahi garna sakeko khoi… euta sitaram ko rau godna nasakne le ke ko gyanendra ko 80% hisab gareko… huna ta umer anusar hisab bhulne samjhine ta tapaika nimti swabhikai ho…

  16. Girija Babu is old enough. No body knows when he will die. Nepalese life span is very short. In this sense Girija Babu is living extraordinaryly long life. Usually in political worlds in other countries leaders retires voluntarily before entering in to advanced age. If power concerntrates to the old man, in case something happens to him. Twenty percent of power will jump to hundred. Is Giriza Babu thinking this point seriously?

Comments are closed.