सेनाको निम्तो, पत्रकार महासंघलाई होइन पत्रकार संघलाई

-दीपक भट्टराई-
लामो नै त नभनी हालुँ, तर केही समयको अन्तरालपछि नेपाली सेनाले आज फेरि केही पत्रकारलाई रात्रिकालीन सोमरससहितको भोजनका लागि निम्त्यायो। पछिल्लोपट नेपाली सेनाले एभरेस्ट होटलको टाकुरामा दिएको भोजन (९ महिना अगाडि, उति बेलाको ब्लग) पछि अस्ति नयाँ वर्षको उपलक्ष्यमा पनि सेनाले रात्रिकालीन जाँड पार्टी दिएको थियो।

तर त्यो सामूहिक भोजनमा पत्रकारमात्र भन्दा पनि समाजका सबै क्षेत्रका लब्धप्रतिष्ठित (!) भनिने व्यक्तिहरु सहभागी थिए। जुन भोजमा माओवादीका तर्फबाट मन्त्री बनेका कृष्णबहादुर महरासहितको टोलि पनि सायद पहिलोपटक (लोकतान्त्रिक!) सेनाको हेडक्वाटरमा प्रधानसेनापति रुक्मागंत कटवालको निम्तोमा पुगेका थिए। सेनाले विगतमा हरेक नयाँ वर्षको रात्रिकालीन भोजमा राजारानीसहित राजपरिवारका सदस्यहरुलाई बोलाउने गरे पनि यसपटक पुरानो चलनको सट्टा प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाएको थियो।


नेपाली सेनाको भोज भनुँ कि पत्रकार सम्मेलन, म जस्तो पछिल्लो पिढींका पत्रकारका लागि सँधै कौतुहलपूर्ण हुने गर्छ। किन बोलाएको होला, बिना कामको भोजमा भन्ने प्रश्न त उठिरहन्छ, त्यो भन्दा पनि त्यस्ता ठाउँमा पुराना पुस्ताका केही पत्रकारहरुलाई देख्न पाइन्छ जस्को पत्रिका कहिल्यै बजारमा देखिएको हुन्न। उनीहरुले भोजको लिइरहेको मस्ति दर्शनीय नै हुन्छ। आज पनि सायद लामो नै सोमरसपान चलेर हुनुपर्छ, सेनाको एक मेजर माइकबाट भन्दै थिए, भुजा ज्युनार गरिदिनु भए हामी आभारी हुने थियौं। यस्ता पत्रकारले विगतमा सेनाको पत्रकार सम्मेलनमा कहिले माओवादीविरुद्ध त कहिले सात दलविरुद्धको बेतुकको प्रश्न सोधेर रमाइलो पनि दिने गर्दथे। एकपटक उतिबेलाका नाम चलेका लोकगायक समेतका पत्रकार रामप्रसाद खनालले सेनाको एउटा पत्रकार सम्मेलनमा सोधेका थिए, माओवादीसित मिल्ने सात दललाई आतकंकारीको व्यवहार गर्न सेना किन हिच्किचाइरहेको छ ?

सेनाको प्रवक्ता बनेर आउने जनरल भने धेरै जसो असाध्यै बाठा हुन्छन्, त्यति बेलाका जनरल दिपक गुरुङले भनेका थिए, सरकारको निर्देशन शिरोपर गर्न शाही नेपाली सेनाले, सरकारले जे आदेश दिन्छ, त्यही मान्छ र जे भन्छ, त्यही भन्छ।

यस्तै खाले पत्रकारको विषयमा जान्ने उत्कुसता भइरहन्थ्यो। कहाँका पत्रकार हुन् यिनीहरु कुन पत्रिका निकाल्छन्, भनेर बुझ्दै जाँदा थाहा लाग्यो, सय दुई सय प्रति पत्रिका निकालेर राजदरबार, त्यसवरपरका केही मानिस र सेना जस्तो केही संस्थामा पत्रिका पुर्‍याएर यिनीहरुले पत्रकारिता गरिरहेका हुनेरहेछन्। नेपाली सेनाको लिस्टमा त्यस्ता पत्रकारको नाम अहिले पनि छ र आजको भोजमा पनि त्यस्ता मानिस देख्न भेट्न पाइयो।

सेनाले किन आज पनि एक डेढ सय पत्रकारलाई जाँड पार्टी दिएर रात्रिकालीन भोजन गरायो होला भन्ने प्रश्न चाँही भोजमा सरिक भएर आएको दुई घन्टा (अहिले यो लेख्दा रातिको ११ बजेको रहेछ) भइसक्दा पनि अहिलेसम्म ठम्याउन सकेको छैन। उसो त, सैनिक जनसर्म्पर्क निर्देशनालय (जसले सेनाको संचार माध्यमसंगको सम्वन्ध हेरिरहेको छ) ले भोजनका लागि बोलाइएको कार्डमा नै लेखेको थियो, सेना र संचार माध्यमको संवन्ध विस्तारका लागि (To enhance Military-Media Relations) रात्रिकालीन भोजको निम्तो भनेर।

तर, सेना र संचार माध्यमको संवन्ध विस्तारका लागि भनेर बोलाइएको भोजमा नेपाल पत्रकार महासंघका सभापति विष्णु निठुरी भने कतै देखिएनन् बरु नेपाल पत्रकार संघका, मैले थाहा पाएदेखिका अध्यक्ष मञ्जुरत्न शाक्य देखापरे। पञ्चायत कालमा पंचायती व्यवस्था समर्थक केही पत्रकारहरुले यिनै मञ्जुरत्न शाक्यको अध्यक्षतामा पत्रकार संघ हडपेपछि एक दलीय पंचायती व्यवस्था विरोधी पत्रकारहरुले नेपाल पत्रकार महासंघ गठन गरेका हुन्। मञ्जुरत्न २० वर्षभन्दा लामो समयदेखि त्यही पत्रकार संघको सभापति छन्।

मैले महासंघको सभापतिलाई भोजमा नदेखेपछि एउटा मोबाइल सन्देश पनि पठाइ हेरेँ कतै निम्तो पाएर पनि पो नआएका हुन् कि, तर त्यसो होइन रहेछ, उनलाई भोजको पत्तै रहनेछ।

भोजमै आएका केही पत्रकार खासखुस गर्दै थिए, सेनाले आज किन भोज बोलायो हँ भनेर, तर अब निम्तोमा नै स्पष्टसँग सम्बन्ध विस्तारका लागि भनेर लेखिसकेपछि कोट्याइरहने कुरा पनि भएन। तर, सम्बन्ध विस्तार त विस्तार पत्रकार महासंघका सभापतिलाई नबोलाउने, पत्रकार संघका अध्यक्षलाई बोलाउने कस्तो खालको सम्बन्ध विस्तार। शंका त गर्ने पत्रकारको जातै भो, कसैले यही बेला भने बुझ्नुस है, देशमा केही हुँदैछ, सेनाले पत्रकारलाई बोलाएर किन स्कच व्हिस्की, फ्रेन्च वाइन र नेपाली बियर सित्तै खुवाउथ्यो, केही त पक्कै छ।

8 Comments

  1. ए बाबुहरु हो,

    अस्ति राजा दीक्षणकाली पूजा गर्न जाँदा त्यस भेगका सारा प्रजालाई बाटामा हिंड्न र गुड्नबाट पूरै दिन बिदा दिंदै ३ हजार सेना परिचालन गरियो, श्रीमान गंभीरको सलामी चढाइयो तर नेपाली सेनाको जर्नेलहरुलाई थाहै ग्भएको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । हालको श्री ८ को सरकार जनताका लागि बोझिलो भएकोले त्यस बोझलाई कम गर्दै जनतालाई राहत दिनका लागि त्यसलाई श्री ५ मा झार्न हिजो मात्र “को राजा ज्ञानेन्द्र? किन राजा ज्ञानेन्द्र?” ले श्री ८ को सरकारका अर्धराष्ट्राध्यक्ष तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी सुपुत्री श्री ८ दलकुमारी सुजाता कोइराला जोष्टलाई भेट्नका लागि दर्खास्त हालेको सबैलाई थाहै छ । भोली श्री ८ को ठाउँमा श्री ५ हुने भएपछि श्री ५ का अनन्य भक्त तथा महाभाट मञ्जुरत्न शाक्यलाई नबोलाई भोली ठिंगुरा लगाएर भद्रगोल बर्साईं र्सार्नु पर्ने विष्णु निष्ठुरीलाई बोलाउने त? कस्तो केटाकेटी कुरा गरेको !

    तिमीहरुलाई माया गर्ने – बडाबा

  2. Dear Deepak Jee,

    Thanks for timely information. Certain players are definitely playing their games. There is no doubt about it. The only question is how these games will be defeated.

  3. k ko sanka mannu paryo.

    Nisthuri lai man parayanan hola ani bolayanan.

    Nisthuri bichara ko jad pani chhutechha.

    Y

  4. बिस्नु निस्ठउरि को नाम नै खत्तम छ क्या

  5. This is another try to measure the strength of conciousness and strength of real nepali. Army try to play a grand game through different ways to maintain its grip in the the country. This corrupt institution is playing very dangerous role to save its senseless history and all anarchy. For the continuation of its hundreds years monopoly it has forward its dirty hands infront of so called present politician. This is another way to save Gyan bahadur’s philosophy and his prestige. If there is doubt it will come true in the past. Girija is happy becuse he does not have to do anything in his life. He will die within few year, first of fall he does not have good vision. We already understand since 1990. At this time whatever he had in 90 it is already degenerated. He only want to hold that position as a old bull does until his last ritual. If not this is a time for construction and commitment for the develoopment of country. Where is democratic repulbic? where are all these greedy senseless leader. Is this the time for party in the so called national army camp? As a chief of the government and a old degenerated man girija has no ability to handle the situation eventhough more than 90% people are supporting for the good decision. Umesh ji it is nice to spread out this kind of conspiracy. Everything is design in this country under the name of party,sabha, miting and vela in the past like bhandarkhhal, kotparba, narayanhitikanda, madan ashritkanda, there are uncountable kanda. Are we waiting for similar kandas? So be careful. This is not a good sign. Thank you.

  6. ** Who cares what goes on the behind the scene **

    Who ever attended in booz party is not important but the intention of organising that sort of party should be exposed.

  7. Yes, Nisthuri is having unlucky this year so much,
    I am also wondering why he didn’t get the USA visa this year,
    Bishnu Nisthuri having really so much nisthuri but We loved him don’t worry much Bishnu sir!
    Thank You,
    Megh Singh Adhikari
    Minneapolis,MN,USA!

  8. बिचरा पत्रकार मासँघका सभापति नामै निष्ठुरी सबैले निष्ठुरी बेबहार गर्दिने
    मोरियार्टीले पनि भिसा नदिने
    आर्मीले पनि बाल नदिने
    आर्मी र अमेरिकाको साथ नपाउने निष्ठुरी

Comments are closed.