'माकुरा मानव' हेरिसकेपछि…

धेरै समयपछि केही दिनअगाडि हल मै गएर एउटा फिल्म हेरियो- माकुरा मानव अर्थात् स्पाइडरम्यान। त्यतिबेला नै यो ब्लग लेखेको भए पनि भटट सप्ताह चलिरहेको बेला यस्तो ब्लग के राख्नु भनेर केही समयका लागि स्थगित गरेको थिएँ। आज चाहिँ मौका पाएर अलिअलि थपथाप पारेर यहाँ पस्कँदैछु।

माकुरा मानव (स्पाइडरम्यान थर्ड) विश्वका विभिन्न देशहरुसँगै नेपालमा पनि एकै पटक रिलिज भएको थियो। चर्चा कै कारण पनि हो यो फिल्म हेर्न मन लागेको मलाई। फेरि सानो बेलामा ब्याटम्यान, सुपरम्यान र स्पाइडरम्यानको कमिक्स भनेपछि हुरुक्कै हुने बच्चा थिएँ म। फिल्म लागेको थियो जय नेपाल हलमा। काठमाडौँको सबैभन्दा सुविधासम्पन्न र महँगो हलका रुपमा लिइन्छ यसलाई। एक जमानामा खत्तम हलको सूचीमा सबैभन्दा अगाडि आउने यो हल पुननिर्माणपछि भने सबैलाई उछिन्ने हलका रुपमा छ।

साँझ ६ बजे सुरु होला भनेको त अलि ढिलो सवा ६ बजे पुग्दासम्म सुरु भइसकेको रहेनछ। बल्ल ट्रेलरहरु चलिरहेको रहेछ। कहिलेकाहीँ त फिल्मभन्दा ट्रेलर मजाको हुन्छ। माकुरा मानवको चर्तिकला हेरियो ट्वाल्ल आँखा पारेर। स्पेसल इफेक्टसको त के कुरा गर्नु र। स्पाइडरम्यानले स्पाइडरको जालोमा झुण्डिएर आफ्नी प्रेमिकालाई के चुम्बन गर्न लागेका थिए झ्याप्प बत्ती गयो। लौ- लोडसेडिङ भएछ। घरमा लोडसेडिङ होला भनेर हलमा आएको त यहाँ पनि लोडसेडिङ ? एकैछिनमा हलको बत्ती बल्यो। छेउछाउमा बच्चाबच्चीहरु थिए। कतिपय अभिभावकहरु बालबालिकाको आग्रह टार्न नसकेर हलमा आएका रहेछन्।

जेनेरेटरबाट बत्ती बालिएको भए पनि फिल्म भने सुरु भएको थिएन। त्यसैले यसो अघि काटेको टिकट हेर्न थालेँ। बाल्कोनीको टिकटको मूल्य रहेछ- 129 रुपैयाँ ६ पैसा। अनि त्यसमा तीन थरिका ट्याक्स जोडेपछि कूल मूल्य भएको रहेछ 175 रुपैयाँ। के कर जोडेको रहेछ त ? हेरेँ- फिल्म विकास कर भनेर १९ रुपैयाँ ३६ पैसा जोडिएको रहेछ।

मैले यसो सोचेर हेरेँ- एउटा फिल्म हेरेवापत् यत्रो रुपैयाँ तिरेको छु कर, यसले नेपाली फिल्मको कति विकास भएको छ त ? मैले तिरेको करको रकमको उपयोग कसरी भइरहेको छ त ? कतै यो करको रकम नेपाली चलचित्रको विकास र संविधान सभा जस्ता विषयमा गोष्ठी गरेर त्यसमा पेयपदार्थ खर्च भन्दै बियरका बोतल खाएर त उपयोग भइरहेको छैन ? कसले सोच्ने यो ? आफूले तिरेको करको उपयोग कसरी भइरहेको छ भनी जान्न पाउनु त हाम्रो अधिकार नै हो नि। तर कहाँ थाहा पाउनु ? हाम्रो यस्तो बानी नै छैन। सूचनाको हकको कुरा खुब उठ्ने गर्छ। त्यो सूचनाको हक भनेको पत्रकारहरुलाई मात्र थोरै हो ? हामी जस्ता नागरिकका लागि पनि हो नि। अब मलाई जानकारी चाहियो, पारदर्शी गर्नुपर्‍यो मैले तिरेको करको रकम कसरी उपयोग भइरहेको छ भनी। तर कहाँबाट पाउने यस्तो जानकारी ? यस्तो जानकारी खोज्न गयो भने त बौलाहा भनेर धपाउँछन् होला।

नेपाली फिल्मको विकासका लागि १९ रुपैयाँ ३६ पैसा कर तिरेको रहेछु मैले भन्यो, चित्त बुझायो। अनि अर्को रहेछ स्थानीय विकास कर। यो चाहिँ ६ रुपैयाँ ४५ पैसा रहेछ। यी दुई थरिका कर थोपरेर मात्र नपुगेर अझ भ्याट पनि जोडिएको रहेछ २० रुपैयाँ १३ पैसा। बा..बा…करै कर। स्पाइडरम्यानको जालो जस्तो रहेछ करको जालो पनि। एउटा फिल्म हेर्न यति धेरै कर तिर्नुपर्ने ? यस्तै सोच्दै थिएँ- फिल्म सुरु भयो। यो सब कुराको ह्याङअ‍ोभर भएर कि के हो, फ्यान्टासी फिल्मलाई आर्ट फिल्म ठान्न पुगेछु। अब त्यो स्पाइडरम्यानलाई बेस्कन हुत्याएर बजार्दा मैले त कम्तीमा ६ महिना उठ्दैन होला भन्ने पो ठानिरहेको ! कति हाँसो उठ्दो ! हुन पनि साँच्चिकै त्यस्तो भएको भए त हातखुट्टा भँचाएर स्पाइडरम्यान अस्पतालमा बसिरहेको हुन्थ्यो होला वर्षभर।

हाफटाइम भयो। अब एकछिन निस्कन पर्‍यो। सानो रहेछ ट्वाइलेट- लाम लाग्नु पर्ने ! पेट्रोलको लाइन, ट्राफिक जामका कारण बाटोमा लाइन, अब हुँदाहुँदा मूत्रत्यागका लागि पनि लाइन ? एकछिन पछि पालो आयो। ट्वाइलेट भने सफा रहेछ। एकदमै सफा। नत्र त सार्वजनिक ट्वाइलेटको हालत कस्तो हुन्छ भनिरहनु पर्दैन।

अब यसो केही खाउँ न भनी गएँ। यो हलको कुरा अलि बेग्लै छ नि तपाईँहरुलाई थाहा छ कि छैन। यो हलको टिकट मूल्यका कारण होला- यहाँ प्रतिष्ठित र अप्रतिष्ठित (कुख्यातहरु- जस्तै मिलन चक्रे र दीपक मनाङेको ग्याङको भिडन्त यही हलमा भएको थियो, एकजना ‘डन’ फिल्म हेर्न आएको बेला) फिल्म हेर्न आउँछन्। अनि यहाँ कुनै पनि खाजा ल्याउन बन्देज छ। अर्थात् बाहिरबाट कुनै खानेकुरा ल्याउनु भएको छ भने तपाईँलाई गेट मै सुरक्षाकर्मीहरुले रोक्छन् र खानेकुरा त्यहाँ छाडेर मात्र भित्र पस्न पाउनु हुन्छ। कारण- तपाईँले बाहिरबाट खानेकुरा किनेर ल्याएर खानुभयो भने त्यहाँभित्रको पसलको बिक्री कम हुँदैन ?

भित्रको पसलको मूल्य चाहिँ फेरि कति चर्को ? एउटा रियो जुस किनेको थिएँ। बाहिर पर्छ १६ रुपैयाँ त्यसको। त्यहाँभित्र त ३५ रुपैयाँ रे। बा..बा….यो त हदै भएन र भन्या ? शोषणको पनि हद हुन्छ नि। एउटा रियोमा डबल भन्दा बढी मूल्य असुल्ने ? सेवा दिन बसेका हैनन्, व्यापार नै गर्न बसेका हुन्। तर यति बढी शोषण गर्न त भएन नि। त्यसो त १६ रुपैयाँमा नै बेचे पनि नाफा नहुने हैन। तर उस्तै परे ५-६ रुपैयाँ बढी लिएर बेच्नु भनेको बेग्लै कुरा हो तर ३५ रुपैयाँ ? कुनै निकाय छैन यस्तो सरासर ठगीलाई रोक्ने ? कि विदेशतिरका हलहरुको पनि त्यस्तै हो प्रचलन ?

३५ रुपैयाँ असुलेको देख्दा स्पाइडरम्यानले जस्तो हातबाट जालो निकालेर पसलेलाई भित्तातिर हुत्याएर चड्याम्म गालामा दिउँ जस्तो हुने के ! तर के गर्नु यो फ्यान्टासी हैन, रियालिटी हो। ल-ल, फिल्म सुरु भयो, फेरि भित्र पसौँ होला।

हाफ टाइमपछिका दृश्यहरु झन् रोमाञ्चक थिए। कथाले झन् गति लिएको थियो। रमाएँ फ्यान्टासीमा।

फिल्म सकिएपछि स्पाइडरम्यानका चर्तिकला सम्झँदै फर्किएँ घरतिर। असनको बाटो हुँदै फर्केको थिएँ। साँघुरो गल्ली र सडकमा तारबारको जालो देख्दा लाग्यो- नेपालमा स्पाइडरम्यान आउँदो हो त यहाँ केही गर्नै सक्दैन थिए होलान्। किनभने उसलाई उफ्रनका लागि बाटो नै छैन यहाँ। सके तारबारमा जेलिएर फुत्त खस्थ्यो कि !

हलको टिकट, त्यसमा रहेको कर, साँघुरो गल्ली र तारबारको जालोका दृश्य हेर्न तलको भिडियो प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्।

24 Comments

  1. manisharu khali subidha matra khojchhan umesh ji. tara tyo paunu matra paryo. domestick flight ko ticket average 4000 puryaye pani chadchha tapaile jastai ali ali complain gardai. kina thaha chha ni kina bhane bikalpa chhaina. ra nepali janta bikalpko parkhaima chhna tara afain bikalpa khojne jagar chahi kasaima chhaina. aba nepal nai ktm matra ho jasto garera manishru thupriyeko chha tesko bikalpa kehi chhaina

  2. Umeshji,
    Its glamour! to go to a theatre is a glamour. One thing you did not mention is how did you reach the theatre. Don’t tell me that you rode a Herohonda .. shame unless you have a sleek shining car. Its not for the people who gets haunted by the price after the show. For people like us there is a cheaper option play DVD at home.ha..ha…

  3. umesh jee,
    i had also seen spiderman 3 two weeks ago. we paid 8 euro per person . but the price of eating and drinking items is not so different from outside the hall .
    here never occurs loadsheding, if this kind of thing happens in such a public place, it will be a BIG issue here.

    SMRITI,BELGIUM

  4. सर को यो माकुरे ब्लग मा चलचित्र हल, तेस्को ब्यबस्थापन अनि तिनिहरुको ब्याबसायिक नियत को बारेमा कुराहरु धेरै नै होलार त्यो बिभिन्न साथिहरुको कमेन्ट हुदै गर्ला त र म यहा यहि त र तेहि कुरा गरुम् है।
    कुरा के भने,
    १: सर् त्यो कर बाट ठालुहरुले मोज गर्दै बियर त खन्छ होला तर बियर को बोत्तलै त खाला र भन्या?, के बेर् मलाई त संकै छ हो त र पनि बोत्तल त खान गाहरो पो हुन्छ हो जो पयो तेहि लाई।

    अब कुरा आयो यो माकुरे म्यान्, spiderman को ।
    यो सब् पश्चिमेलि हरुले हाम्रोनै नक्कल् गरि गरि हामिलाई नै घुमाउदै छ क्या।
    अम्रिकने ले ब्याट म्यान्, (batman) बनायो।
    ब्रिटिश् ले स्पैडर् म्यान, (spiderman) बनायो।
    धोटिभाई हरुले शक्ति म्यान, (shaktiman) बनायो।
    यो सब् हम्रो हनु म्यान् को नक्कल गरेको चाहि थाहै भयन

    तेसैले हामिले हाम्रै हनु म्यानलाई, (hanuman) अलि जोड्दार प्राथामिकता दिनु पर्ने देखिन्छ। यदि हाम्रो हनुम्यान् अगाडि पर्यो भने तेस्का ब्याटम्यान्, स्पाईडरम्यान, शक्तिम्यान् नाचोम्यान स्यान कता पुग्छ कता।
    अनि हाम्रो राजदर्बारमा बस्ने स्रीम्यान्, (sriman) लाई पनि अब हनुम्यान (hanuman) लगाइदिने होकि?
    कि कसो?

  5. Umesh Ji, i really enjoyed reading this your journal of that day. You are right, it’s better not to eat there anything since the price is double than the current rate. It seems like their DADA-GIRI but normally, some people(economically unsound) don’t dare to enter such halls and argue on the charge rates.

    i once read their press release where they told that this hall has everything which one can find in developed country and to some extent they are true. Such a Surround Sound System, seats are luxurious(very ergonomics), restrooms everything, they are good and for the brunch rates, i think they are targetting foreigners. That may be foreigners rate. Jai Nepal is the only hall which is generally preferred by the foreigners. But considering Nepalese market, it’s plain loot. What can else we do?? In such a nice environment, anyone is ready to cough up double the price. In addition, people pay to show up too. To show there status symbol by paying,buying things inside it.

    I think it’s already been 6 days, ‘pirates of caribbean :At world’s end’ is running these days.

    Seems this post got little late and for such a nice read, i clicked on your Ad.
    Thank you

  6. Umesh ji,
    Ma pani tapai jastai Spider Man 3 ko charcha sunera herna gayeko thiya. Ticket ma tax ma pani VAT tax lagayeko dekhda yo desh ma thagne harule ta thagi raheka nai chhan tara Sarkarle pani tehi kura lai pachhyayeko dekhda zilla parnu parne hunchha. Jasari bhaye pani sarkarlai pani paisa chahiyeko chha. Tara ke garne kag karaudai garchha pina sukdai garchha.
    yestai ho yeha ko chalan.

  7. tehi ta umeshjee, how expensive !! more than 50% Nepalese earn only Rs. 200/day so how they can afford. everybody wants to do entertainment. its not only for rich people. ticket ma ta bhayo bhayo but foods ma pani yesto atyachar kin???? we have to think about it in time. Thanks !

  8. Good. I like this stuff. If we get more people like you then soon we will be able to do something.

    raj

  9. ho bhane…government lai dos dine ki kaslai dine ho..
    nepal ma jati mahango tiryo teti manche la afule afulai thulo thanchan..ke ho ke bujinasakdo cha yaha ko chalan…

  10. sabai le tireka chhan karya jati bhane pani paisa
    ani ke chahiyo ra. hal bhitra jati liyepani ke bhayo ta bolne kohi hoina kya re

  11. Going to movie is for the sole purpose of entertainment and unfortunately entertainment does not come with cheap price. This is also voluntary. You had to pay the higher price…think about how much it costs to produce a movie. Also, I am glad you have enjoyed the movie…infact I enjoyed it too!!

    This is not why I am writing. Few things, I have notices and worth commenting:

    1. You showed and at least gave a resonalble thought as where all these so called Tax Rupees go? I do not live in Nepal, but let me guess….in some loop hole, tax evasion..which is back to the Theatre owner’s pocket.

    2. Following up with my point one, can you please request Tax office to show how much of Taxes have been paid by Jai Nepal theatre last year…and you can do your calculations. This is a public data and should be available to you if requested politely. Time to unvail the ‘makhmal’ curtain off these corrupt (I am assuming they are guilty before proven innocence).

    3. Food, snacks and drinks vendors…you know this is the universal truth that you pay higher price for them. Think about it, unless the movies are 3 hrs long such as Hindi movies, you don’t have to buy their food. Yes, they are expensive…but sometime it is worth an experience. It is generally acceptable in the United States if you buy a movie ticket for 10 bucks, you can easily spend 7-8 bucks for a sack, yeah sack!, of pop-corns, soda, and a candy! You know this is how it is.

    Any way, that was my two cents. Lastly, go see Pirates of the caribbean III. You will enjoy it!!

  12. Malai pani testo lageko thiyo jab ma nepal ma huda kheri dhoom 2 ko first day 3rd show herna jaynepal ma gayeko thiye tyo belama ticke price 300NPR thiyo ani maile soche yo ta USA ma bhanda pani mahingo bhayo ni USA 1 ta multiplex 1 ta movie ko ticket maximum $8 lagcha maile kina aja ticke yeti ni bhanda khoi k ko charity show re la thick 6 bhane here bhitr ko junk food barema testi bahira bata khei lana napaine 300 NPR bhaneko 1 ta sadharan nepali 2 din ko payroll po ho ta kasri afford grcha hola jasto lagyo ?

  13. Dear Administrator,

    When I opened your blogging site today reading the title of this blogand looking at the picture of Spiderman,I remember last weekend when I went to see the same movie spiderman 3 with a friend Erin.
    The movie was ordinary and I liked it till I watch it
    mostly the fantasy part was well executed.
    With reference to the administrator refering to Jainepal Hall, my memories watching few movies at Jainepal(after it was remodelled in the year 2004 & 2005).Thanks for U I had good time there.
    The theater where I watched this movie in one of the 4mc theater in Denver USA,
    which is one of the popular chain theater here
    is not much better than Jainepal.
    Possibly because of”motherland ko je pani ramro lagne
    bhayera hola “,
    I liked the Jainepal and Kumari hall better,
    However whatever times I went to watch movies in Jainepal, all of them were western and Indian movies.
    So 175 ruppeess we spent for the ticket as you said it goes to theater owners,vat and others,but we didn’t
    contributed much to develop our nepali film industry
    For that Jainepal should take some social motive or help nepalese movie show time in these theatres so that the money people spent to buy tickets and expensive foods we buy will help to promote nepalese film industry,

    Caspar
    USA

  14. 1. We shouldn’t complain when we pay tax to govt.
    2. Since mostly only rich people go to those cinema hall, the govt is right to tax them highly.
    3. shops inside halls are expensive everywhere. We are free not to eat if we don’t.
    4. The last thing I want now is for Maoists to go that cinema hall and get tax out of those shopkeepers. They are not ‘thag’ as you claimed.

    Just relax.

  15. तपाईको पोस्ट त ठिकै हो सर, तर मैले त्यो मुभि क्यानाडामा हलमा Can $9.75 (‍नेपाली ६०० भन्दा अलि बढि)तिरेर हेरेको हुँ, नेपालका नया हलले पनि झन्डै यहाँकै जस्तो सुबिधा दिन्छन् नै २०० ने रु मा, तर बत्ति चाही यता निभ्दैन है। बास्तबमा यो अङ्गरेजि मुभि सम्बन्धि नेपालीहरु लक्कि नै हो भन्नु पर्छ। मलाइ कति नया अंगरेजि मुभि नेपालमा हलमा न्यु रिलिज हुँदा किन हेरिन जस्तो लाग्छ अहिले। तपाइ नै भन्नुस अब।।

  16. उमेशजी, तपाईंले आफ्नो टिकटमा कर माथि पनि कर लगाईएको कुरा उल्लेखनै गर्नुभएन । नेपालको भ्याट भन्ने चिज पनि अचम्मको छ । माथिको टिकटमा हेर्नुहोस् त भ्याट FDB Tax र LD Tax हरू सरकारलाई तिरे बापत तपाईंले तिनीहरूमा पनि भ्याट तिर्नुभएको छ । यदि तपाईले टिकटको मूल्य रू 129.06 मा मात्र भ्याट तिर्नु परेको भए भ्याटको रकम हुन्थ्यो रू 16.78 । तर मूल्यमा अन्य कर जोडेर भ्याट निर्धारण गर्दा दोहोरो कर मारमा परेका छौं हामी । यो त एउटा उदाहरण मात्र हो । यस्तो तरिकाले कर कयौं चिजमा लगाईएको छ । हाम्रा लागि को बोल्ने ? दलहरू लुटमा ब्यस्त छन् । यसरी कर नलगाए लुटको लागि पैसो कहाँ बाट आउँछ त ? होईनत उमेश जी ?

  17. ** Where does the tax payers money go ? **

    I hope this article will bring some consiousness among all readers and start asking where does the tax money go. “The Tax payers rights !”

    Government is run by tax payers money – money raised from people of the country. Government should be accountable to the people. It has been norms in Nepal that the political leaders deliberately consider that they are privilege to swindle the money.

  18. Bidesh ko hall haru ma pani estai ho. kain pani bahira ko khanekura lagna paidaina ani bhitra chain ekdum charko mulya tirna parchha. America ma Cinema herna tham herikana ticket ko 9 dekhi 12 dollar samman tireko chu maile. Ani euta medium size ko pop corn ko 11 dollar jun bahira 2 dollar jati ma painchha.

  19. janta le tireko tax ko jankari linu abasyak cha. kamse kam teti kar tirepachi halko canteen ma subsidise rate ma bikri garnu parne hoinara?

  20. Yes, it’s expensive in US too, not only in movie theatres but also in different theme parks. त्यसैले कतै जानु परे घर बाटै टन्न खाएर जानु पर्छ 🙁

Comments are closed.