खसाउनु भयो त तपाईँले भोट ?

मैले त खसाइसकेँ, तपाईँले खसाउनु भयो संविधान सभा निर्वाचनको मत ?

यदि आठ दल संविधान सभाको निर्वाचनमा इमान्दार भएर लागेको भए माथिका शब्द जोक हैन, वास्तविकतामा परिणत हुन्थ्यो। किनभने आज जेठ मसान्त हो। मुखले धेरै पटक जेठ मसान्तमा संविधान सभाको निर्वाचन गर्ने भनेर भनियो, तर व्यवहारमा कहिले पनि त्यसो भएन। जेठबाट असार ६ गते भनियो, अनि अब मंसिरमा भन्न थालिएको छ। तर मंसिर मसान्तमा फेरि यही ब्लग दोहोर्‍याउनु नपर्ला भन्ने कुनै ग्यारेन्टी छैन। किनभने कछुवा चाल देखिसकिएको छ। जेठ मसान्तमा संविधान सभाको निर्वाचन हुनुपर्नेमा आज बल्ल अन्तरिम संसदले संविधान सभा निर्वाचन विधेयक पारित गरेको छ।

आज पास भएको विधेयक अनुसार समानुपातिक निर्वाचन भनेर महिला ५० प्रतिशत, मधेसी समूहबाट महिला र पुरुष १५.६ । १५.६ प्रतिशत, दलितबाट महिला र पुरुष ६.५ । ६.५ प्रतिशत, उत्पीडित जाति/आदिवासी जनजातिबाट महिला र पुरुष १८.९ । १८.९ प्रतिशत, पिछडिएको क्षेत्रबाट महिला र पुरुष २/२ प्रतिशत र अन्य समूहबाट महिला र पुरुष १५.१/१५.१ प्रतिशत छुट्याइएको छ ।

पिछडिएको क्षेत्रका रूपमा अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला रहेका छन् ।

सो विधेयकमा राजनीतिक दलले उम्मेदवारको बन्दसूची तयार गर्दा समानुपातिक निर्वाचन प्रणालीअर्न्तर्गत निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिने गरी हुनुपर्ने उल्लेख छ ।

महिलाको उम्मेदवारी सूचीकृत गर्दा दलित, उत्पीडित जाति । आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेसी र अन्य समूहसमेतको समानुपातिक प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तअनुरूप गर्नुपर्ने विधेयकमा छ ।

मधेसीबाट उम्मेदवारी चयन गर्दा दलित, आदिवासी जनजाति र अन्य समूहसमेतको जनसङ्ख्या प्रतिशतको आधारमा समानुपातिक प्रतिनिधित्व हुने गरी उम्मेदवारीको सूची तयार गर्नुपर्ने छ ।

निर्वाचन आयोगले उम्मेदवारको छानबिन गर्दा प्रत्येक वर्गको कुल सङ्ख्याको दशप्रतिशतसम्मको घटीबढी भएमा त्यसलाई आयोगले स्वीकार गर्ने विधेयकमा भनिएको छ ।

14 Comments

  1. Mangsir ma hunchha bhaneka chhan tara kun sal ko bhaneko chhaena tesailey saed sarna ni sakchha k garney hamro neeta haru batho chhan.

  2. Dear Not Much Hope,

    There is a hope in Nepal, if we do not accept these corrupt leaders as such or we change ourselves.

  3. We have been watching different thugs (leaders) saying one thing in parliament and entirely opposite outside the parliament. So it always puts us on doubt what these mobs of gaphadi realy up to. My conclusion is they just talk and do nothing most of the time. But one thing is sure they know very well how to waste the time. Because that has been their way of life. These are the same thugs, did not study well during the student life ( except for very few). They never knew and even try how to work hard. Did not know how to do good business. When they failed as good person in life then they became politicians ( a typical definition of nepalese politicians). Even worse is they have criminal and corrupt brought up so these the thugs with zero reliability. They some sort of unwritten agreement with Gyanendra, for “bandi chundi khaun, nepal and nepalese blood.
    They are alawys fighting for trivial things and do not want to dealwith the priority and real problem. What is stoping them with the army and gyanendra direcly then go for fair election than the otherway around which not going happened. If these mobs of thugs are the most powerful govenment in Nepal’s history, where is their courage and honesty do something useful. Neither these thugs havy any political road maps, nor a economic policy or commitment for law and order. I think first we have to take out toungues so that they can not irritate us just barking whatever comes to their mouth without even thinking. I think the parliamentary meeting should be conducted in tundikhel rather than in shingha durbar. Then we need people to watch them and fix them when they start playing cunning tricks. If they are so called leader, they must work without pay and they should proceed towards nationalising gyanendra’s loots of 237 years.

  4. Do you know, ADB is considering Melamchi again. Why? They were very rigid last time, now why they are bending? ‘Cause, if it fails, then the chief of ADB Nepal will have hard time and regional office of ADB will also feel pressure. Not only that, reputation of ADB will be down as failure. Hence, they are ready to reconsider it again.

    You are great HISILA.

  5. ब्लगर महोदय जेठ, असार र मंसीर वा ६ , ७ र ८ गतेको कुनै माने छैन ।
    तपाईँलाई लाग्ला सब ठीक छ , तर कुरा त्यसो हैन । लोकतन्त्रका लागि प्रवृत्ति र वातावरण चाहिन्छ , यति गते भित्र भएन भने त्यो कुरा लोकतन्त्र विरुद्द हुन्छ भन्ने छैन । चुनाव पछि सार्दा दरबार बलियो हुनेछ भन्ने तर्क जति उचित छ , त्यति नै उचित माओवादी र वा सि एलवादी वर्तमान संविधानसभाको चुनावी माहौल बन्न नदिन जिम्मेवार छ । तर तपाईँलाई त्यो सत्य स्वीकार्न गाह्रो हुनसक्छ ।
    “तात्तातै खाऔँ र चाँडै मरौँ” भन्ने उखान चरितार्थ पार्ने संविधानसभाको रट भन्दा त्यो चुनावका लागि माहौल बनाउन पर्ने कुरा महत्वपूर्ण हैन र ?

    जेठ ६ असार र मंसीर भन्दा ठूलो कुरा हो , जनताले निर्भय मतदान गर्न पाउने कुराको ग्यारेण्टी । जब सम्म जनता र बाहिरी संसारले समेत निर्भय चुनावको माहौल बन्यो है भन्ने कुरा देख्न सक्दैन , जबर्जस्ति गराइने चुनावको कुनै औचित्य रहन्न र त्यो लोकतान्त्रिक पनि मान्न सकिन्न र त्यस कुराले स्थायी शान्ति पनि दिँदैन ।

    कसैलाई लागेको होला संविधानसभाको चुनाव भएपछि , नेपालका सबै समस्याहरू छूमन्तर भएर हराउनेछन र ज्ञानेन्द्र पनि सुकुल गुन्द्री पोको पारेर तीर्थाटनमा जानेछन । यो नै बुझाइ हो भने , तिनीहरूका लागि केवल हाँस्न सकिन्छ ।
    देशको भाग्य फैसला लोकतान्त्रिक रूपमा अगाडि बढाउने हो भने , त्यसकालागि चाहियो दृड राजनेतिक इच्छाशक्ति र फेरि भोलि कहिल्यै कुनै पनि खालका तानाशाही प्रवृत्तिमा नफर्किने सर्वपक्षीय उद्घोष , तर अफशोस नेपाली राजनीतिको वरतमान हेर्दा के देखिन्छ भने हामी बाघको आहाराबाट जोगिएर गोमन सर्पको गूँड तर्फ स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै विस्राम गर्न पुगेका छौँ ।
    तर मेरो इच्छा छ , जहिले होस जनताले आफ्नो संविधानसभा बनाउन पाउन र आफ्नो मुलुकको विदान लेख्न पाउन तर कुने तानासाहको गुलियो एजेण्डाको दलदलमा फँस्न हैन ।

  6. I don’t think that the CA Election will be held on November, too. Though we should build up positive thinking, the reality bites. The election may be possible either the end of this year 2064 or in the begining of 2065, seeing the behaviour and activities of this 8 parties.

  7. ** Hope for the best but prepare for the worst **

    Let us hope the CA election will be conducted by November. Before the election I believe there will be a lots of violence. If major parties do not get in violence, the CS election will be conducted smoothly.

  8. नेपालमा के साच्चीकै सम्बिधानसभाको निर्वाचन होला त?

    नेपालको सम्बिधानमै उल्लेख गरि घोषणा गरिएको सम्बिधानसभाको मिति टरिसकेको छ। उल्लेखित मितिमा निर्वाचन हुन नसके पछि मसिरमा हुने भनिएको छ। आशा गरौ मसिरमा निर्वाचन सम्पन्न होस।तर पनि जति सकारात्मक सोच राखेपनि एथार्थ आर्कै पनि हुन सक्छ।सात सालको परिवर्तन पछि हुने भनिएको सम्बिधानसभा राजा,दरवार अनि नेपली काङ्रेशले सम्बिधानसभाको माग त्यागेपछि ढिसमिस भएको थियो।४६ सालको आन्दोलन पछि पनि सम्बिधानसभाको निर्वाचानको लागी अवाज नऊठेको होइन। नेकपा मसालले सम्बिधानसभा निर्वाचनकै लागि तत्कालिन सम्सदिए निर्वाचन बहिस्कार गरेको थियो अनि उल्लेखनिय कुरा के छ भने तेतिबेला अहिलेका माओबादीले उक्त मागलाई “यो माग कम्युष्टहरुको होइन” भनि उक्त मागको बेवास्ता गरेका थिए। पछिल्लो समयमा माओबादीको मुख्य मागनै सम्बिधानसभाको निर्वाचन हुन गयो। खासगरी पहिलो र दोस्रो वार्ताको क्रममा सम्बिधानसभाकै माग पुरा नभएको कारण वार्ता भङग भएको थियो। गत सालको महान जन्-आन्दोलनको एक मात्र माग थियो निरन्कुशताको अन्त्य, शान्ति स्थापना-सम्बिधानसभा मार्फत ग्यारेन्टि गर्ने। जन्-आन्दोलन एक किसिमले सफल भयो अनि आठ पार्टीहरुको सर्बशक्तिसम्पन्न सरकार गठन भयो जसलाई सो कार्य पुरा गर्ने जिम्बेवारी छ।

    तर पनि तोकिएको समयमा निर्वाचन हुन सकेन। राज्य सन्चालक उनै हुन।अनि प्रश्न उठछ-फेरी पनि निर्वाचन होला कि नहोला? यसको लागि जेस्ठमा किन हुन सकेन त? यो प्रश्नको उत्तर नखोजीकन मन्सिरमा निर्वाचन हुन्छ हुन्दैन भन्न सकिन्छ।अन्य कारणहरु सङगै मेरो बिचारमा सम्बिधानसभाको निर्वाचन हुने नहुने सम्बन्धमा नेपालका प्रमुख दुई पार्टीमा निर्भर रहेको थियो र हुनेछ पनि।

    पहिलो, नेपली काङ्रेस। अहिलेको राज्य-सन्चालनमा प्रमुख भुमिका रहेको छ। यो पार्टीको मुल नेत्रीत्व अग्रमुखी भन्दापनि जबर्जस्त रुपमा अहिलेको परिवर्तनमा सामेल छ। खासगरि अंेरिका र भारतले पत्याएका कारणले पनि उनिहरुको interest भन्दा बाहिर जान उसलाई गार्हो छ। उनिहरुले अन्य पार्टीहरु सत्तामा आएको रुचाउदैनन। त्यसकारण काङ्रेसले जित्ने sure नभएसम्म सम्बिधानसभाको निर्वाचन हुन सक्छ जस्तो मलाई त लाग्दैन। त्यसको लागि दुई काङ्रेस पार्टीको एकिकरणको पनि प्रयास भैरहेको छ। जसलाई नकरात्मक रुपले लिन खोजेको होइन तर यि दुई पार्टीको एकिकरण नहुदासम्म सम्बिधानसभाको निर्वाचन नहुनु को कुनै तुक छैन नि।

    अर्को महत्वपुर्ण भुमिका माओबदी पार्टीको छ।ुनिहरुको कार्यनिति बेला-बेलामा फेरिहिरहन्छ। अहिले अधिकान्स माओबादी नेताहरुको कुरा सुन्दा पनि त्यसको झझल्को पाइन्छ। उनिहरु भन्छन-गणतन्त्र घोसणा नगरिकन सम्बिधानसभाको निर्वाचन गर्न हुदैन। एसलाई उनिहरुले कत्तिको serious रुपले लिएका छन।त्यसै अनुसार निर्वाचनको भविश्य निर्धारण हुनेछ।किनभने बिगतम उनिहरुले के सिध्ध गरेका थिए भने उनिहरुले चाहेनन भने केहि पनि हुन नदिने सामर्थ्य राख्छन। मधेशको आन्दोलन पछि माओबदिको खस्कदै गएको लोकप्रिएता अनि बड्दै गएको असुरक्षा(माओबदि मारिदै छन् नि)को कारणले माओबादि निर्वाचनको नतिजाप्रति ढुक्क हुन सकेको छैन। त्यसैले पनि उसले सिदै गणतन्त्रको घोसणाको माग गरेको हो कि भन्न सकिन्छ। अनि वाईसिएल को गतिबिधिलाई पनि सम्बिधान सभाको निर्वाचन सङग जोडेर हेरिएको छ। माओबादिले यो सङगठन मार्फत आफ्नो प्रभाव जमाउन खोज्दै छ भने अन्य पक्ष चाही yclको गतिबिधि जारि रहे निर्वाचान हुन नसक्ने भन्छन। देउवाले डडेलधुरा पुगेर मङ्सिरमा पनि चुनाव हुन नसक्ने भनेका छन।

    यसरी सर-सर्ति हेर्दा तेति सजिलो सङग सम्बिधान सभाको निर्वाचन समयमा होला भन्न सकिदैन। तर पनि आशाबादि हुनै पर्छ।

    बिकल्प

  9. Election !!!!! Why should Eight Party Alliance (EPA) need election? They can keep on going though they are more than Eight-Year Old (EYO) and mor than 36% (73+48) are nominated just last year. Let them eat HUNDI for some more years. When Rana ruled for 104 years and so Panchyat for 30 years. Is it any harm them ruling till GIRAJA is alive. Who cares for people of Nepal. Once King Gyanendra was autocratic. We should be proud of under autrocratic EPA government.

  10. कहिले काहिं त सकरात्मक सोच राख्ने गरौं मित्र हरु। खास गरी उमेशजी लाइ आग्रह छ, कर्ण शाक्यको प्रशंसक तपाईं, नकरात्मक सन्देश दिने खालको मात्र सामाग्री राख्नु हुन्छ तपाईले किन? त्यहि समाचार र घटना मा पनि त केहि सकरात्मक सन्देश लुकेको हुन्छ नि होइन त? २०४७ साल को परिवर्तन पछि देशले बिभिन्न क्षेत्रमा गरेको ब्यापक प्रगति भन्दा केहि कुलाङ्गार नेताले गरेको भ्रष्ट्राचार मै केन्द्रित रह्यौं हामी। अँकडा मा खै बिश्लेषण भाको? ३० बर्षको पन्चायत र बहुदल् को ५-७ बर्ष मात्र तुलना गरौं न त। शिक्षा, संचार्, यातायात र समग्र अर्थ ब्यबस्था भएको सुधार्।
    अब संबिधान सभाको चुनाव हुन सकेन जेष्ठ मसान्त मा भन्दै मा हिजो र आज संसदले पारित गरेको संशोधन र बिधयक के संबिधान सभा तिर् उन्मुख भै राख्या हैन र भने? ढिलै भए नि सकरात्मक संकेत गर्दैन र भने?

  11. Do you think 7+1 are interested in CA? I do not think so, they are interested in free dinner (?) with Sitaram and such businessmen. They will eat our share of Lunch and Dinner too.

  12. No kidding!!
    It Must be election on November anyhow otherwise It will be late for everything to do!

    Ye Ghamad Neta harule kahilya bujhne parayash garenan Desh ra Janatako samasya, these all are so much Ghamad hun.

    Lets hope, Mansir ma ta pakkai ramro kisim le chunab, hola, bikash hola ra janatale santi ko shash ferna paulanki!
    Thank You,

    Megh Singh Adhikari!
    From, Samundra pari!

  13. खै!
    ८ पार्टी को सरकार को चाला देख्दा मङ्सिर महिना मा होला जस्तो लाग्दैन। अहिले सम्म कानुन तयारि भएको छैन कहिले चुनाब हुने हो? हुन त होला चुनाब एक दिन त, तर मङ्सिर मै चाहिं त खै कुन्नि?

Comments are closed.