भोलिदेखि सिक्कामा गणतन्त्र आउने

दुई वटा ऐतिहासिक घटना भएका छन् आज र भोलि गरी। आज राष्ट्रप्रमुखका हैसियतले पाटनको कृष्णमन्दिरमा राजा जाने परम्परा अन्त्य भएको छ। अन्तरिम राष्ट्रप्रमुखका हैसियतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कृष्ण मन्दिर गई प्रसाद ग्रहण गर्नुभएपछि राजनीतिक अधिकारसँगै सांस्कृतिक अधिकारसमेत कटौति गर्दै लाने महत्त्वपूर्ण कदमको दोस्रो चरण सफल भएको हो। पहिलो चरणमा भोटो जात्रामा राजाको सट्टा प्रधानमन्त्रीले उपस्थिति जनाउनु भएको थियो। यसको तेस्रो तथा महत्त्वपूर्ण चरण अबको इन्द्रजात्रामा हुनेछ। इन्द्रजात्रा कै अवसर पारेर शाहवंशको राज्य काठमाडौँमा सुरु भएको थियो। र यस वर्ष २५० अ‍ौँ वार्षिकोत्सव मनाउने गरी हुने कुमारी जात्रामा पहिलो पटक शाहवंशका राजा जान पाउने छैनन्।

सांस्कृतिक परिवर्तनः प्रधानमन्त्री राजाको ठाउँमा। फोटोः NPA/RSS

आज दुई वटा धक्का राजाले महसूस गरेको हुनुपर्छ। २१ अ‍ौँ शताब्दीका राजा देखिने र सुनिने हुन्छ भन्ने अहं देखाउँदै शासनसत्ता हातमा लिने राजा अहिले आफूले नदेखिने र नसुनिने बनी खुम्चिन बाध्य भएका छन्। आज कृष्ण मन्दिरमा आफै जाने इच्छा देखाए पनि स्थानीय प्रशासनले सुरक्षा दिन अस्वीकार गरेपछि राजा त्यहाँ जान नसकेका हुन्।

सोमबार दिउँसो दरबारको सैनिक प्रहरीले कृष्ण जन्माष्टमीमा राजाको सवारी चलाउन सुरक्षा बैठक बोलाउन आग्रह गरेको रहेछ। तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी मोदराज डोटेलले गृहसँग परामर्श गरी राजाको सवारी चलाउन नसकिने भन्दै ‘साहसीपूर्ण’ रुपले पहिले झैँ जे चाह्यो त्यही गर्न राजाले नसक्ने यथार्थ बोध गराएका थिए ।

काठमाडौँमा शृङ्खलावद्ध बम विस्फोट हुँदा राष्ट्रप्रमुखको रुपमा कोइरालाले गर्नुपर्ने अत्यावश्यक कामहरु तत्काल नगरी आलोचित भएका भए पनि राजाका अधिकारहरु क्रमशः कटौति गर्दै लान सफल भएकोमा भने उहाँ प्रशंसाका पात्र हुनुहुन्छ। तर पनि उहाँले एउटा कुरा भने बुझ्नै पर्छ- – राष्ट्रप्रमुख भनेको जनतासँग टाढिने पद हैन, अझ नजिकिने पद हो।

राजाले एउटा मात्र धक्का आज खाएका हैनन्। आफ्नै आमाको नाममा स्थापित प्रसुति गृह, थापाथलीमा गई वार्षिकोत्सवमा पहिलेका वर्षहरुमा झैँ सहभागी हुने इच्छा पनि त्यहाँ आयोजकहरुले बदलिँदो राजनीतिक परिस्थिति र सुरक्षाको कारण देखाउँदै अस्वीकार गरिदिए। दोस्रो धक्का त्यहाँ उनले खाए।

तर सावधान, यस्तै नदेखिने र नसुनिने गरी कुण्ठित बनाइएको कारण अस्तिको विस्फोट भएको हुनसक्छ। त्यसो हो भने द्वन्द्वविज्ञ इन्द्रजीत राई कै शब्दमा त्यो ‘ट्रेलरपछिको पूरा फिल्म’ कुनै पनि बेला सुरु हुनसक्छ, यसका लागि हामी सबै सजग हुनुपर्छ।

सिक्कामा गणतन्त्र
यसैबीच, अर्को एउटा ऐतिहासिक कदम। भोलि (सेप्टेम्बर ५, बुधबार) देखि नेपालको सिक्कामा गणतन्त्र आउँदैछ। नेपाल राष्ट्र बैंकले भोलिदेखि राजाको नाम नभएको र श्री ५ को सरकार नलेखिएको २ रुपैयाँको सिक्का बजारमा ल्याउँदैछ।

नेपालका केही नोटमा श्री ५ को सरकारको साटो नेपाल सरकार लेखिसकिएको भए पनि नेपालका मुद्रामा राजाको अस्तित्व मेटिएको यो पहिलो अवसर हुनेछ।

२ रुपैयाँको यो सिक्कामा अग्रभागमा सगरमाथाको चित्र अंकित छ भने पछाडिको भागमा हलो जोत्दै गरेको किसान रहेको छ।

36 Comments

  1. अब राजपरिवारलाइ दिईदै आएको भत्ता पनि खारेज गर्ने हो कि? बेकामे मान्छेलाइ किन नेपालीको पसिना फोकटमा खुवाउने( यो पैसा त गरिब नेपालीहरुको हितहुने काममा खर्च गर्न पाए कस्तो हुन्थ्यो होला )? यसबारेमा तपाइहरुको के छ बिचार ??

  2. आदर्श प्रेस

    सुन्दर,आकर्षक,रंगीन तथा सस्तो छपाईको लागी सधई हामीलाई सम्झ्नुस ।

    मुरली बग्गैंचा, बीरगंज।फ़ोन # ०५१५२२९३८

  3. राजाद्वारा हुने तामाझामपूर्ण भ्रमणको परंपरा तोडिएकोमा राम्रै हो, तर शामन्ती संस्कारको अन्त्य भने अझै भएन। फोटो हेर्दा त गीरिजाप्रकोईरालाको भ्रमण पनि कम तामाझामपूर्ण छैन है।
    जसरी हिजो राजा सुरक्षा कवचले घेरिएर, राज्य स्रोत र साधनको प्रयोग गरेर हिंड्दथे, अहिले गिरिजा प्र कोइरालाको तालमाल त्यस्तै छ।
    जनताले एउटा राजाको सट्टा अर्को राजा खोजेका होइनन। यस्तै यस्तै आडम्बर देखाउदै हिंड्नू, पछी थाहा पाउंनेछौ। मन्त्री पारीषदको बैठक बस्न चाँही तिम्रो स्वास्थ्यले दिदैन। जब जब तिम्रो इच्छा बिपरीतको निर्णय गर्नु पर्ने हुन्छ वा छलफल हुनेवाला छ, अनी तिमी बिरामी हुन्छउ अनी meeting स्थगित हुन्छ, तर यो गर्मीमा, भीडभाडमा निस्कदा चाँही के को फूर्ती हो?

  4. Hi Jeevan,
    Just wanted to pass you my E mail ID .

    I use another E mail ID to comment on MySansar but dont use it anymore as it seems it was hacked !!!

    With best wishes,

    Newar

  5. I like the comment of Newar from UK. If the government wants to do something positive they should take the list and do one thing everymonth from that list that will start showing some result in Nepal towards democrcy, restoration of law and order, faith of people towards government, and people will be motivated towards good thing when wrong doers get punishment. Otherwise doing insignificant thing neither they can keep gyanendr out of power or any of the eight parties bakamphuse gaf and thugi will bring any hope to Nepalese people. By the way the if Gyanendra was sent out of Narayanhiti Palace who allowed him to get back to Narayanhito for worship of Krishna during Krishna Ashthami. This most hatred criminal is trying to wash his sin and trying to get some sympathy from people but most people know his sins are not be forgiven. WHY THE ARMY ANIMALS HAVE NOT BEEN ABLE TO DISOBEY THIS CRIMINAL? Do they have any heart or do they believe in God and have respect for Nepal and Nepali.

  6. Great news but still everybody has to be careful with Gyanendra and Girija has to develop the country as well. If he visits the place where Gyanendra visited people will not be satisfied. Think for our lovely Nepal

    Amsterdam, The Netherlands

  7. My comments for Blogtantra!!
    Katai Bol Bol Machali Mukhbhari Paani bhayera ta hoina Govt le bolna nasakeko?? Chunab ma gaye bahumat lyauna sakdainaum bhanne SHatabdipurush(??) ko boli BBC ma suniyekai ho, uniharunai aba feri yo Darbarko khel ho bhanera pahilenai Ganatantra ghoshana garum bhandaichhan, aafai boksi afai dhami ho ki jasto lagyo? Tapayi hamro adhikaar khosera yinai bebkoof(??) neta harule ghoshana gareko Ganatantra katinjel tikla ra? Sambidhan Sabhama ta tapayihamro pratinidhitwa hunchha nai pakkai!! Ani po tyasma hamro adhikar rahala ni, hoina ra?? Raja le deko adhikar rajale khosejastai Shree 8 le deko Ganatantra Shree 8 le nai khosna ke ber??

  8. मेरो संसारको जमकर्ोलाइ बधाइ नदिइ रहन सकिदैन ज्ञानेको अन्तिम अवस्था आएर नै होला उस्को ब्ुद्धि विगरेको नत्र च्ुपचाप जनतालाइ शासन गर्न दिएको भए उस्ले यो दिन देख्न्ु पर्ने थिएन तर जे गरयो ठिकै भयो देशमा २५० बर्ष देखिको एकतन्त्रशासनको दिनगिन्ती श्ुरु भएको छ । अव सवैजना मिलेर एउटै विषयमा ध्यान दिइ सम्विधान सभालाइ सफल बनाउनेतफ सवै लाग्न्ु पर्छ।। मेरो संसारले अव समाजमा बढदै गरेको बिकृती तफ पनि ध्यान दिन्ु पर्दछ । जस्तो ठमेल क्षेत्रमा यसको ज्वलन्त उदाहरण पर्यटनको केन्दको रुपमा विकसित ठमेलको वारेमा पनि सोत्रखोज गर ी त्यहा ह्ुने गरेको बिकृतीको वारेमा पनि केही उदांगोि पारी दिन ह्ुन अन्ुरोध गर्दछ्ु ।
    किरण श्रेष्ठ

  9. namaste sabailai

    malai ta thik lagen rajako adhikar khoseko.kinki hamro nepalma hal bhairaheko neta haru chahi kun chahi ramro khalko chha ra hal rastha parmu bhane nai lauda kanda muchhiyeko chha jantale koi karbai garnu sakeko?maubadi chahi 20,25, hajar janta marera satama ayeko chha.paila suruma ta parchand lai nai janatale jhundaunu parne ho koi ta?paila des

  10. I DONT THINK, ITS A RIGHT WAY BY PRIMINISTER.
    EITHER YOU JUST THROW OUT THE KING, OTHERWISE IF YOU WANT TO PERPETUATE KINGSHIP IN WHATSOEVER FORM (NO MATTER IN DORMANT STAGE), YOU CAN NOT IGNORE THE KING. THIS IS A VERY AMBIGUOUS.
    ITS BETTER TO GIVE AUDIENCE BY CULTURAL MINISTRY INSTEAD OF PRIMINISTER IN THIS SORT OF CEROMONY.

  11. सुलेखा जी,
    आज बल्ला पहिलो चोटी तिमीसंग सहमत भए | कमेन्ट राम्रो छ |

  12. We have a rich king in the poor country. The monarchy institution has no place in 21 century Nepal. It has to be abolished before all troubles will cease.

  13. Great Newar! We spoke my mind. Gyanendra has already transferred his billions. They cannot go after that money. They are nationalizing things which Gyanendra cannot take anywhere. Its a farce!

    The problem is Nepali duniya is gadha. Even most of the people who write here they don’t use logic. Total irrational ramblings! How will Nepal move ahead in future – its seems its next to impossible

    newar, can i have your email address. mine is [email protected].

    Thanks

    There are at least 10,000 multi-millionares who control whatever economy we have. Once Gyanendra goes they will also take the flight. So we will be in deep shit.

  14. होइन कती सुनने येहि जात्रा मा गयेर एतिहासिक भएको कुरा ??
    राजा को अधिकार एक पटक निलंबन गरे पछि अब हरेक पटक एतिहासिक भनेर त्यही कदम लाई कती पटक एतिहासिक भनेर बधाई दियी राखने ??

    अब बरु नया एतिहासिक कुर हरु सुन्न पावोस उदहारण को लागी :
    १. राजतंत्र मात्र होइन सम्पूर्ण हैकमबाद र् तानाशःतंत्र को बंद हनु पर्यो, चाहे त्यों पार्टी भीत्र को होस, कर्मचारी तंत्र मा होस या समाज मा होस.

    अरु एतिहासिक कुरा हरु ……………….
    २. स्विस बैंक र भारत को बैंक मा राणा शाशन देखी अहिले सम्म का शासक ले लुकाई राखेको अकाउंट फेला पर्यो . सो पैसा नेपाली जनता को बिकास मा प्रयोग हुने भयो.
    ३. सरकारी कर्मचारी ले जनता लायी दुख दिन र् घूस खान छाद्यो .
    ४. नेपाल बंद अब देखी ग़ैर क़ानूनी हुने भयो
    ५. धारा बाट अब देखी ठूला ठूला मोटर र् हात दुखने पम्प नराखीकन पानी आउने भयो
    ६. जून ब्यवस्था र सरकार र पार्टी आये पनि नेता र उनका श्रीमतीजी लाई चाकदी गरेर अहिले सम्म जनता र देश खायेर बसेका “अवसर बादि” गुट लाई नेता र जनता मिलेर धोबी घाट मा पुर्याये
    ७. सरकारी कर्मचारी हरु गाड़ी मा होइन साइकिल चलायेर ऑफिस जाना थाले , सरकारी गाड़ी हरु बिरामी बोक्न र बिकट जिल्ला मा खाद्य बस्तु पुर्याउन को लागी प्रयोग हुने भयो.
    ८. ब्यापारी बर्ग र यो बिग हॉउस का मालिक हरु ले कर्मचारी को तलब बड़ाउने भयो र कर पनि तिर्ने भयो.
    ९ . महंगी घटयो
    १०. नेपाल शान्ति छेत्र र भगवान बुद: को देश जस्तई भयो.
    ११. हत्या हिंसा घटेको ले जेल मा बसी राखेका स्विस बैंक का अकाउंट होल्डर पुर्ब शाशक र नेता हरु लाई जेल मा तास खेल्न साथी हरु को कमी भयो
    १२. घरी घरी मुटू थामेर मेरो संसार हेर्ण न पर्ने भयो.

    भयो के लेख्नू दिक्क लाग्यो लेख्दा लेख्दा रात बित्ला जस्तो लाग्यो. एक पटक पढेर हेरेको त फेरी सबैजना जोक भंथानेर हास्ने पो हो की जस्तो लाग्यो.

    देश र जनता रोई राखेको छ, अब जनता लाई नभई नहुने कुरा लेख्यो भने चुटकिला जस्तो देखिन्छ . न रुनू न हास्नू ऐसतई छ देश को अवस्था .

    अब साथी हरु ले लेख्नुस के कस्तो कुरा लाई एतिहासिक भंने भनेर ……….

    अंत्य मा भगवान् कृष्ण ले हामी सबै लायी सद बुद्धि देवोस……….. गिर्जाऊ , प्रचंड , देउबा , माकुने र अरु नेता हरु र तिनिहरु भंदा पनि ठुला जून सरकार आये पनि संदई मोज गर्न पाउने ठुला कर्मचारी बर्ग हरु को कमलों मन लायी सही मार्ग मा लगोस् . के गर्ने भगवान, नगद देखने बीतीकई लक्ष्मी माता रिसा उंला भनेर सबैलाई नगद सोर्न पर्ने , काम देखे पछि फेरी कोही पनि भगवान बिस्वकर्मा रिसा उंला भनेर नसोच्ने, सबै को बानि नै बिग्र्यो भगवान

  15. यो राम्रो काम हो, हुन त धार्मिक काम मा राजनितिक नेता को खास औचित्य नहुनु पर्ने हो, तर नेपाल को चुसक नर पिशाच दाइ मारा जनता मारा मुर्ति चोर नास्तिक लोभि पापि ग्यानेन्द्र लाइ चै यो राम्रै लात हो, अब हामि सबै मिलेर तेस्का बाउ छोरा र शाखा सन्तान लाइ समेत “कापे (रुख को हागा बाट बनाइने) तिखारेर हामि सब ले हात हात मा ति कापे लियेर अहिले बसेको ठाउ बाट पनि घोक्रे ठ्याक लगायेर डाडा कटाउनु पर्छ, तर तेस्ले आफ़्नो चल अचल सम्पत्ति चै कुनै हालत मा पनि लान पाउनु हुदैन
    अनि शहिद हरु को बलिदान को अर्थ हुन्छ

    सुलेखा

  16. sorry folks, there is a typo in my previous writing, in the first paragraph. It should read:

    International community will not trust nepalese leaders and it’s people.

  17. Hello Friends,

    You guys are sick. They should just focus on CA Election ,only if it is necessary for establishing peace in the country otherwise it’s just waste of money. I am so sure if the upcoming election cannot bring the peace, international community will not Nepalese leaders and it’s people.

    Those leaders should focus just on Peace and financial development and nothing else. Let me hear that there was no any killing last week, let me hear that we got projects, in nepal, from Microsoft/Oracle/Citigroup, let me hear that our leaders brought some big foreign industries into the country.

    All happening is just a crap. Common guys, we don’t even remember who was in a 10 rupees bill neither do we care. I don’t remember know who is printed in a coin.

    I start laughing when I hear news that 8 party did something against the monarchy. You want to know why? here is the answer:

    Who will cliam what during the CA election campaign?

  18. That respect getting from the people not for girija he is getting because of priminester. so don’t need to worry about it anyone who can be priminester be hunest n do your best . this coment for 3rd comenter .

  19. hi anurodh !!!
    may i ask one thing to you ? that are you royaliest that you try to dominate pm girija babu…. if we compare you with girija “you are nothing ” but you are not nonsence mandale now you have definately mobilized by thakuri maila (people dominated king ), its world records in present time that nepalese royal family is most hatered royal family in the world; no any royal family sent invitation them in any occasion only nepal army and madale are following wasted monarchy !!! if this king die !! present civilized society definately reject or paras directly .. but we see you only nonsence mandale who like to support monarchy blindly..
    may you come in this blog to request the people to protect wasted monarchy; that is why you called yourselfs . ANURODH !!!!!!!

  20. aba nepal ma republican system pani installment ma … hehehe … intrest dherai tirnu naparos … neta haru ali chanakho hunu paryo

  21. Madan, if Tribhuvan was not there India would have turned nepal into one of its state. – Pandit Jawaharlal Nehru decided that Tribhuvan was a capable king and he loved his people so decided to install him in the throne.

    Of course, if u believe what Nepali Congress says and others say then it was solely Nepali Congress which brought Prajatantra in Nepal.

    Anyways, its sad that you people who write in these blogs show little wisdom, just get carried away by emotions. Its sad.

  22. I agree with Anurodh. This guy anurodh is not defending Gyanendra so how can anybody accuse him of being rajabadhi? Raising voice against Girija doesn’t make anyone pro-Gyanendra. This whole thing is so ridiculous!

    The problem is with us – all of us – those who can read, write and type big-big things don’t even have a small sense of commonsense.

  23. All of you who are writing in favour of Girija you are writing from abroad. Stay in Nepal and see what Girija and Prachanda are going to do. We are looking for democratic leaders not someone who is going to take the place of Gyanendra.

    I am very sorry to say that but most of you who are commenting here are not being able to distinguish this problem.

  24. ए अनुरोध,
    रमाइलो लाग्यो तिमी जस्ता राजावादी तिल्मिलाएको देख्दा…यस्तै हो मित्र। यस्तै कुरा लेखेर आफ्नो हैसियत देखाउनु। ब्लगरलाई के दोष दिन्छौ, तिम्रो हैसियत सारा पाठकले देखे

  25. What a pathetic news……….That Girija…..He is the most dangerous person for Nepal…..Good luck to all the nepalese…..Bholi dekhi girija ko khutta dhogna gaye pani huncha you article ko writer…jarur esko ghar ma chamal ko truck chirako hunu parhcha….what a nonsense article…and look at to the girija and the way he has presented girija in the article………

  26. हैंन यो शाह राजा हरुले पनि गर्नु नाटक गरे का थिए यार!!!!
    तिनीहरु आफई राणा का संतान,फेरी बिबाह पनि राणा कई छोरी सीत,फेरी २००७ साल माँ जनातालाई प्रजातंत्र दियेको रे ,त्यती मात्र काहा हो र रास्त्रपिता पनि त्रिभुबान अरे !!!!
    सात साल पछि पनि उनई राणा को छोरी सीत बिहे !!!!फेरी उनिहरुलेने राणा सासन फालेको रे !!!!!!!!!!!!!!!
    यता चमचा हरुले रेडियो नेपाल माँ गीत गाये
    १)संकर देउ आसिर्बाद हाम्रो राजा जिंदाबाद ,ये ,ये ये-गौने प्रेम्धोज,तारादेबी,
    २)राजा रानी दैलो दैलो माँ —–गौने किरण प्रधान
    ३)चौतारी माँ राजा भेतियो ,चौतारी माँ रानी भेतियो —गौने डा. भोला रिजाल
    धन्न हाम्रा स्वार सम्राट येस्ता गीत गाऊंन बात बचे या भनौ कलंक बात बचे

Comments are closed.