शैलजाले रुँदै भनिन्- 'म राजावादी हैन'

मन्त्रिपरिषदको निर्णय अनुसार परराष्ट्र मन्त्रालयबाट राजदूत पदमा प्रस्तावित आठ जनाको आज संसदीय सुनुवाई विशेष समितिमा बयान दिए। नेपालको इतिहासमा राजदूतका लागि संसदीय सुनुवाई भएको यो पहिलो अवसर हो। यसअघि सरकारले राजदूतलाई सुनुवाई गर्नु पर्दैन भनी यो व्यवस्था हटाउन समेत खोजेको थियो। आठ जनामध्ये भारतका लागि प्रस्तावित शैलजा आचार्यविरुद्ध सबैभन्दा बढी उजुरी परेको थियो। सुनुवाइ प्रक्रियाअघि जनमानसबाट उजुरी आह्वान गरिएको थियो। यस क्रममा शैलजा आचार्यको नाममा फ्याक्स, फोन र इमेलमार्फत् सबैभन्दा बढी १३ वटा र बङ्गलादेशका लागि प्रस्तावित प्रदीपकुमार खतिवडाका नाममा सबैभन्दा कम एउटा उजुरी परेको थियो। सुनुवाईका क्रममा आफ्नो नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुपर्ने थियो।

शैलजा जनआन्दोलनका विपक्षमा रहेको, राजतन्त्रको पक्षमा अभिव्यक्ति दिएको जस्ता उजुरीका आधारमा उनलाई राजदूत बनाउन नहुने भनी सांसदहरुले कुरा उठाएका थिए। काँग्रेस र काँग्रेस प्रजातान्त्रिकका सांसदहरुले भने उनलाई राजदूत बन्न दिन अनुरोध गरेका थिए।

संसदीय समितिमा उठेका प्रश्नको जवाफ दिने क्रममा रुञ्चे स्वरमा शैलजाले भनिन्- मैले राजतन्त्रको पक्षमा कहिले पनि बोल्या छैन’

जनआन्दोलनका क्रममा टायफायड भएर बिरामी भएकोले सक्रिय हुन नपाएको भन्दै उनले अगाडि प्रष्ट पारिन्- मैले सत्र सालदेखि संघर्ष गर्दै आएको छु…धेरै वर्ष भयो, चौवालीस वर्ष भयो…अब चवालीस वर्ष भइसक्यो भने पछि मैले यत्रो लामो समय बिताएको छु आन्दोलनमा....(गला अवरुद्ध…भयो पुग्यो भन्ने सांसदको आवाज)

शैलजाको बयानको अंश सुन्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्-

शैलजाले राजतन्त्रको पक्षमा कहिले बोलेको छैन भनेर भनेकोमा तपाईँलाई विश्वास लाग्यो ? शैलजालाई भारतको राजदूत बन्न दिनु पर्छ त ?

72 Comments

  1. सुलेखा पण्‍डितजी,

    तपाईको तर्कमा तुक छैन। मानौ एकक्षणलाई बिर्सौ तपाईकी नेतृ राजावादी होईनन। उनले के गरे त एक नेतृको हिसावले जब जनआन्‍दोलन चर्किरहेको थियो? जनता मरिरहेका थिए। खोपीवाटै बक्‍त्‍व्‍य दिएकि भए कामै सकिन्‍थ्‍यो। अव लहरा तान्‍दा पहरा गर्जिएला। हाम्रा खोजी पत्रकारहरुले हेर्नपर्ने भयो उनी किन आन्‍दोलनताका राजदरवार परस्‍ती प्रकाश र मनिषा बाबुछोरी सगँ बारवार सम्‍पर्कमा थिइन। दालमे वहुत कुछ काला था।पशुपतिभक्‍त महर्जनलाई कुनै दिन स्‍नेहपुर्वक निचोरे सबै खुलेर आऊँला।

    हुनसक्‍छ चन्‍द्रशेखरको आग्रहलाई टाल्‍ने हिम्‍मत गिरिजाले लिनसकेन। सायद रामचन्‍द्र पौडेलको निम्‍ति शैलजालाई टाडा राख्‍ने यो मौका थियो दुवैलाई
    फायदा हुनेगरेर। कोईराला परिवारको चाप थियो यो सायद। सुजातालाई जताभावी
    सल्‍लाह दिन सहज हुनेभयो शैलजा काढा पन्‍छिए पछि।

    सारा नेता र नेपाली जनतालाई थाहा भएको कुरा हो सात वा आठ दलले रत्‍नपार्कमा अनसन र विरोध गरी आन्‍दोलन चलाएको। यो पनि थाहा भएको कुरो हो कि सो आन्‍दोलनमा त्‍यति शक्‍ति थिएन, दम घटिरहेको थियो, तेल सकिरहेको थियो नेताहरुका बदनामीले।

    हामी स्‍वीकार गरौ वा नगरौ, तर तथ्‍य के भने माओबादीले आठ दलसगँ मिलेर आन्‍दोलन नचरकाएको भए अहिले गिरिजा र माकुने को के हाल भईसक्‍नेथियो होला ज्ञानेको निरँकुश पावर गेमले। जनताको हत्‍या गर्ने माओवादी चोखा छैनन। जनतालाई नाजायाज उत्‍पीडन दिने माओवादी लाई अहिले अँकमाल गरिहाल्‍न पर्दैन। नेपाली जनताले शान्‍ति चाहेका छन।

    माओवादी जे सुकै हुन, हिँसा त्‍यागेर र कुटनीतिमा सलँग्‍न हुन सही वाटोमा आऊन खोज्‍छ भने एकपल्‍ट मौका दिन ठीक देखिन्‍छ। शैलजाले एकपल्‍ट होईन, नेपाली जनताले उनलाई सँयौ मौका दिईसकेका छन। ऊनी कि परिवारको कलहमा डुविन, नजीकका बेकम्‍मा नातालाई अर्थमत्री बनाउनमा चाप दिइन। समय र अनुभवले सिद्‍ध गरिसकेको छ, गिरिजामा शैलजालाई सदाउने न त क्षमता छ, न त नैतिकता। मँत्री हुदा स्‍थापित मर्यादाको उँलघन गरी भारततिर गईरहिन अनेकपल्‍ट। वादँरको पुच्‍छर ढुँग्रोमा हालेर के भयो र?

    सुलेखा पँडितजी, तपाईले जति नै तुकहीन तर्क राखेपनि तपाईको सामान ठीक छैन। बिक्री हुने होईन। बाजी। बरु अलि सुधारेर केहि समयपछि ल्‍याए जनताले माझ गरिदेला।

  2. शुलेखा जी!!

    तिम्रो कमेन्ट त खै कस्तो प्रकारको कमेन्ट भनौं???? कोही प्रजातान्त्रिक व्यक्तिहरुलाई पचाउन नसक्नेखालको छ त????

    ठिकै छ शैलजा महिला नेतृ हो तर किन राजाको समर्थन गरिरहन्छे त??? यदी शैलजाको ठाउमा अरु नै महिला स्वच्छ प्रजातन्त्रबादी नेतृ भएको भए कसैले पनि यस्तो किचलो गर्नेवला थिएन। सबैले चुपचाप समर्थन गर्थ्यो तर यो शैलजा र सुजाता भनेको यस्तो रद्दिको टोकरीमा फालेको वस्तु हो जुन त्यसै सडिरहेको छ टोकरीमा। तर तिनीहरुको आलावा अरु महिला नेतृहरु राखेको भए कसैले पनि बिरोध गर्ने थिएन।

    अस्तु!!!!!!!!!!!!!!!!!

  3. शैलजा आचार्यज्युलाई यो वेब फॉरम हेर्ने मौका कहिले मिल्छ ? या वहाँलाई नियुक्त गर्ने ब्यक्तिलाई ! यो फॉरम को आवाज हामी बीच मात्र सीमित नराख्न शैलजा आचार्यज्यू को ईमेल ठेगानामा यो लिंक उपहार स्वोरूप पठाउनू पर्यो !

  4. Atenntion to all reader;
    ————————-
    KINA SABAI JANA YO COMMENT HARU MA FAT FATUCHA/?
    NEPAL KO SATYE,KO JHUTHO,KO FATA,KO DADA GIRI,KO RAMRO KO NARAMRO,KO KANUN KO PALANA GARNE,KO DESH KO LAW ANUSAR CHALNE,K BOL NU HUNE,K NABULNU PARNE,KASAILE WASTA GAREKO CHA TA?
    I AM NOT IN FAVOUR OF KINGSHIP BUT HOW WE GONNA FIND GOOD LEADER WHO STANDS FOR THE VOICE OF POOR PEOPLES?

    ALL ARE FIGHTING FOR POWER AND MONEY DID N,T YOU GUYS SEE THAT GIRIJA HIMSELF IS VERY HUNGRY FOR POWER,CAN U GUYS TELL ME THAT THERE IS NO ONE BETTER THAN IN NEPAL CONGRESS,OFCOURSE THERE ARE LOT WHO CAN LEAD THE
    NEPAL CONGRESS BUT WHY GIRIJA HAVE TO OCCUPIED BOTH POSITION PM AN PRESIDENT?

    LOOK ON PRACHANDA,HE SAYS HE IS COMMITED FOR THE GOOD FUTURE OF NEPALESE PEOPLES BUT HOW DO YOU BELIEVE IT?
    HOW MANY INOCENTS POOR PEOPLES AND POOR REBELS ARE KILLED BECAUSE OF HIS DIRECTIONS.WE ALL DO KNOW THERE IS NO LAW FOR ROYAL FAMILY BUT SO DO PRACHANDA TOO.

    WHY ALL ARE BLAMING ONLY KING BUT WHAT IS DIFFERENT BETWEEN KING AND PRACHANDA?

    IF THERE IS FREE AND FARE ELECTION HELD TODAY AND IF BOTH PRACHANDA AND KING GYANE RUN FOR WARD MEMEBR THERE IS 100 PERCENT SURE THEY BOTH GONNA LOSE THE ELECTION.

  5. Sulekha Ji,
    The matter is not how many people got killed because of your political protest but, I think, what you personally had done for the people and the politics. Our nation is going to the republic setup which was what Janaandolan II had mandated and Maoist were the major player of that. But where was Sailaja???? She had already deleted her political past by standing against people’s aspiration. Situation has changed now. Personally I believe Sailaja is politically corrupt and does not deserve to represent our country.

  6. I do not know the politics of Nepal. Why every time they select same people for the prestigious post it that mean they are the only capable to run posses and stand for Nepal. There are may intellectual and trustworthy politician in Nepal. Try for the youngsters not repeat again same oldies and boldies. Many Thanks.

  7. “राजा संग मिल्ने” भन्ने को हो? यही आईमाई हैन? अहीले बहाना बनाएर आउन सक्ने? यो र गिरीजा-पुत्रीमा के फरक छ? यस्तो सिधा-सिधा ठगि गर्न सक्ने “ठग” आईमाई लाई कुनै हालतमा दिन हुन्न राजदुत पद। शहीदहरुको रगतको खिल्ली उंडाए जस्तो हुन्छ।
    यस्तो निर्लज्ज आईमाई।
    साग, अमेरीका बाट.

  8. Shailaja is a politician and she showed the real character of a politician. We have read many news and we have watched many news in TV, shailaja speaking in favor of Monarchy. Another important point is, she was laready became under PM so she should not be appointed as Ambassedor to India. No matter how much crocodile tear she pour. It was not coincident that she had Typhoid during “Janaaandolan”.
    In nutcell she should not become Envoy to India otherwise it would be blunder.

    Birkhe

  9. why she have to cry?if she is right always and if she is doing what is important for the country.if she stand honest than she doesn.t need to cry,she doesn.t need to wait for others support.what ever it is responssibility is a hard job,why you have to cry to take it such a tuff job? so if you have goodwill there is no one can stop you.also you don.t have to be hesetate.

  10. “शैलजा भंदा माओबादी झन राजाबादी हुन”

    अहीले नेपाल मा नेता हरु को निर्लज्जता को र अनैतिकता को कुनई सीमा छैन
    अहिले को संसद र सरकार भनेको लाठी र खुकुरी को मात्राका (amount) आधार मा गरिएको दामाशाही को समन्वय बाहेक अरु केहि होइन, शायद यति अप्रजातान्त्रिका र अलोकतान्त्रिक सरकार र शक्ति का निकाय हरु कहिले पनि भयेका थियेनन;
    डरलाग्दो संस्कार अझ दिन व दिन प्रस्फुटित भई स्थापित हुदई छ, माओबादी का अगुवाई र प्रशिक्ष्यण मा स्थापित भएको ह्त्या हिंशा अपहरण र निर्दोष लाइ सुराकी को नाममा परिवारजन कै सामू न्रिशंश ह्त्या गर्ने संस्कार ले पूर्ण बैधानिकता पाई सकेको छ
    अर्को बिडम्बना यो पाषाण युगी नेपाल मा अहिले सबै लाइ हात हात मा सेल फोन, ल्यापटप र इन्टर्नेट पनि चाहियेको छ जुन देश उत्पादनशुन्य भएको बेला अपराध बाट मात्र सम्भव छ र त्यसका लागी सबै किसिम का अपराध हरु बैध भयेका पनि छन

    शैलजा ले माथिको उत्कर्ष मा पुगेको बर्तामान नेपाल मा हिसिला यमी, उमा भुजेल वा पम्फा भुसाल ले झै कम्सेकम मान्छे मारेकी छैनन, बैक लुटेकी छैनन, हुन ता मैले माथी भनी सके यी सबै अपराध हरु नेपाल मा बैधानिक भै सके, तर अपराध जति नै बैधानिक भये पनि अपराध नै हो

    पम्फा भुसाल लाइ राजदूत दीदा बिडम्बना नहुने, शैलजा लाइ दीदा चाई आकाश खस्ने होइन, यसले हामी नेपाली को एकोहोरो नजरले मात्रई हेरनेपन अर्थात घोइरोपन को पुस्टी गर्दछ
    ज्ञानेंद्र को समर्थन गर्नु उनको अदुरदार्शिपना थियो, अविवेकिपना थियो, अनैतिकपना थियो,
    हो, यो यथार्थ हो, तर अपराध को त्यों पराकाष्ठा थियेन जुन आज का मान्छे मारने सांसद हरु र मंत्री हरुमा छ
    उनी आजका महान नेता हरु जस्तई उमा भुजेल, कृष्ण महरा, गोबिन्द राज जोशी, खुम बहादुर खडका, र हाम्रा हाल का वाई. सी. एल. का संचालक प्रचंड भंदा चाई पक्की चोखी छन

    मैले माओ बादी लाइ गाली गरेको कसैलाई चित्त नबुझला, यो गाली उनिहरू को पछिल्ला हिन्शात्मक गतिबिधि हरु लाइ सोचेर गरेको हो; ज्ञानेंद्र को तानाशाही शाशन पतन गरौन हामी नेपाली जुन पनि मुल्य चुकौन तत्पर थियौ तर त्यसले अर्को झन डरलाग्दो बिस्फोटन भयेर देश को संपूर्ण अस्तित्व नै खतम हुन्छ भंने चाई शायद थाह थियेन होला

    अहिले ज्ञानेंद्र भई मा uttaano parer लड़ी सकेको छ, तेस्का हात-खुट्टा मा गोरखे लौरी कसेर भिर बाट “झ्यांग कुटी झाई” गरेर हुत्त्याई दिन मात्र बाकी छ र यो आगामी हुने सम्बिधान सभा बाट मात्र सम्भव छ तर त्यही सम्बिधान सभा को सबै भंदा ठुलो बिरोधी अहिले माओबादी भयेका छन त्यसैले शैलजा भंदा त यी माओबादी अझ राजा बादी हून

    अन्त्यमा शैलजा एउटा महिला नेत्री हून, उनको नेपाल को प्रजातंत्र मा लामो योगदान छ, उनी मान्छे मारेर राजनीति मा प्रवेश गरेकी होइनन, जुन आजको परम्परा छ त्यसैले उनलाई राज दूत को काम दिन नहुने केहि छैन

    सुलेखा

  11. There are lots of logical comments why Shailaja should not be appointed as an ambassador to India. If Girija had even least amount of morality he would not have supported her candidature. This is insult to the lot of other educated, capable and who have the skill of diplomacy who can contribute meaningfully for the cause of Nepal not for cause of monarchy or for the cause of Girija. This lady does not have morality and self esteem otherwise would not cry. Why there are not altenate candidates and let us take them through the debate what policy and strategy they have and how they are going to conduct as an ambassador. Base on their character and the power of debate and their knowledge of international and domestic politcal situation and their commitment towards their role only should determine these positon. Otherwise for me it just like to buy a goat for dashain from tundikhel while it may be important for Girija to put his nephew in such position. Anyway why this particular position should go to congress and why Shailaja is a geniun question to be unswered by Girija.

  12. हे भगवान नेपालीहरुको सोचाइ खाली सिसी पुरानो कागज नै छ। देश बिदेशमा बसेको छ। २ १ औ सताब्दिमा पनि कस्को केटा कस्को केटी को कस सँग लागेको यस्तो कुराहरुले ठाउँ पाइरहेको हुन्छ संसार कहाँ पुगी सक्यो ? र कतिलाई त चन्द्रशेखर नुन बोक्न गएको सम्म थाहा रहेन्छ । र कुरा शैलेजाको सानो गल्ती हाड नभएको जिब्रो ले फुत्केको बाणिले गर्दा देशको पहिलो महिला प्रधानमन्त्री हुने धन्न भारतको राजादुत सम्मा पाएकी छे। जे होस देश बनाउनु छ भने नेताहरु भन्दा पहिले आँफै सुध्रिऔ।

  13. सम्बन्धित क्षेत्रमा कुनै अनुभव,बिशेषअज्ञता,अन्तरराष्ट्रिय सम्बन्ध जस्ता महत्वपूर्ण कुराहरुलाई ओझेलमा राखेर दामासाही भाग बन्डाका आधारमा सबैको मिलेमतोमा यि नामहरु सिफारिस भएकोले तपाईं हामी जती कुर्ले पनि कान्लामुनिको कान्लामुनी नै हो | तर यो सार्वजनिक सुनुवाई समितिको तगारोले धेरैलाई बाधा पुर्याएको भने पक्कै छ| गडबडी गरे उजुरी पर्छ अनी उजुरी परे खुट्किलो चाडन असमर्थ हुइन्छ भन्ने डर पलाउनु भने राम्रै कुरा हो | तर कतिपयले भन्ने गरेका छन आधार हिन कुराहरु उठाएर एक रुपैयाको टिकाट टासेर निबेदन दिदैमा बयान दिनु पर्ने भएकोले यो सरासर अब्यवहाँरिक छ | यसरी निबेदनको नै अवमुल्यन हुने गरी गरिएको टिप्पणी खेदपूर्ण छ | सुनुवाई समितिमा रहेका सबै सदस्यहरु दुधले पखालिएका छन भन्ने होइन | त्यहा पनि कमिकम्जोरी झल्कान्छा निर्णयका बखत | त्यसैले त्यहा पनि केही सुधारअको सख्त जरुरत देखिन्छ | राजनैतीक बिचरा र आस्था बोकेका सुनुवाईसमितिका सदस्यहरुले पनि प्रश्न उठ्न नपाउदै आचरणमा सुधार ल्याउन पर्छ जस्ले गर्द भरोसा र महत्व एवम रितले रहिरहोस | न कि आफुले प्रहार गरेको तिर आफु तिरै फर्कियोस | स्वभाबैले समितिमा जजस्को बिषयमा बिबाद बढेको छ तिनिहरुको बिगतको सार्वजनिक अभिब्यक्ती र निर्णय बिबादास्पदा रहेकै हो | यसमा दुई मत रहेन | बिमती रहदा रहदै पनि नियुक्ती गरियो भने सुनुवाई समितिको औचित्य के भन्ने प्रश्न पनि नुठ्ला भन्न् सकिन्न | प्ररम्भिक चराणमा केही गल्ति,कमिकमजोरी हुने भए पनि पारीप्क्व निर्णय गर्नु समिती चुक्नु हुन्न जो जनाआस्थाको धरोहरको रुपमा रहेको छ | कोही एकले बयानका क्रममा रोए कराएका भरमा राष्ट्रको गरिमा मायापदहरुमा नियुक्ती गर्नु उपयुक्त हो होइन बिचार पुर्‍याउनु पर्छ | सम्बन्धित क्षेत्रमा दख्खल बिनाका राजादुतहरु भनेका अक्कल बिनाका मनुश्य भएकोले तलव भात्तामा अल्मलिनु भन्दा खासै उपलब्धिपूर्ण कार्य गरिहल्लान भन्ने आश गर्न सकिदैन | गाडीको चालकअलाई प्लेन चलाऊन दिने अनी प्लेनको चालक लाई रिक्सा चला भन्नु मुर्खता सिवाय अरु केही नहोला | त्यसैले छनौटमै पार्दर्शिताको खाचो छ | ठीक मान्छे,ठिक ठाउमा, ठीक समयमा राख्ने निपूर्णता सम्वन्धित छनौटकर्ताहरुमा हुनुपर्छ | नत्र जुना जोगी आएपनी कानै चिरेको भने झै पहिले भकै हो र फेरी फेरी पनि भाई नै रहला |
    टाइप गर्ने क्रममा केही गल्ती भएका होलान सच्याएर बुझिदिनुहुन अनुरोध |
    धन्यवाद |||||||||||||||||||||||||||

  14. शैलजा लाई राजदूत बनाउनू भनेको सुजाता लाई अझ बड़ी देश बिरोधी काम गर्न लाई उक्सौनू बराबर हो.
    येदी आज शैलजा राजदूत भयिन भने भोली सुजाता नेपाल को रास्त्रपती हुन्छे त्यों चाहीं १००% sure हो.

  15. I do not belives sailaja is sutiable for that post.Because it is the beggning of problem,u know india is vital role of nepali politics,if we sends week people like sailaja,what benefit we recive from this country.Like korila family profison manisa, sujata and sailaja became “bhahar wali “or RAKHAL of indian people.They used ther thisty one and only remaning zero for country.UNTIL WHEN U HAY CONGRESSI WANT TO PLAY PHOOTBALL TO NEPALI PEOPLE.Please wake up nepali people we need third war.

  16. नारोऊ शैलजा यो तीज को समय मा शिव जीं ले तीम्लाई
    माईत जान लाई छूटी दीन्छान! अनी जति रुने हो अफ्नी आमा संग रुनू अरुला

  17. there no more believe on Sailaja coz the leaders of nepali congress always deceive each other. last week girijas suputri also was talking like that not only her KP Bhattarai also called a same dyanko mula hun.

  18. We all know that Sailaza used to support autocratic Government lead by Gyanendra.So,if this government make her ambassador of Nepal then that is great mistake.Sailaza worship Monarchy as temple.

  19. अबसर बादी को गोहिको आसु हो यो| खबर्दार! सबै जना होसियार हुनु पर्छ|

  20. गिरिजा लाई प्रधान मन्त्री मान्ने अनी सैलजा लाई राजदुत पनि नामआन्ने यो पनि कुरा हुन्छ , कीन न्मान्ने नी, बरु राजदुत नभनी कन देशदुत भ्न्नेकी ? फेरी किन राजदुत नै भन्ने लोकतन्त्र अनी राजा हतौने भयपछी ? बरु यत तिर
    sochau ki??

  21. The present Govt. of Nepal is nothing but old wine in new bottle.If Sailaja is accepted as the Ambassador why not Taranath Ranabhat gets respectable portfolio ? So long Girija is alive nothing new can be accepted . We are most unlucky to have Girija as our P.M.

  22. India ko Rajdoot banna dinu parchha.

    Kina vane Shailaja ko political height aruko vanda ma dherai mathi chha. matra 1 event ko count garnnu hudaina.

    Shailaja je vaya pani vastrachar birodi vane hun.

    Girija vanda shailaja nai thick ho jasta lagchha.

  23. Pahileko Kagaji ra video interview holan ni tyai herera chhinophano gare bhai halyo ni? Pramanit bhayo bhane ta dinu parne aabasyak chhaina, ma pani runchhu ni america ko rajdut chaiyo bhanera kasle dinchha?

  24. कुनै देशको राजदुत नियुक्‍ति प्रस्‍तावको क्रममा सो ब्‍यक्‍ति कति लायक, योग्‍य र क्षमताशाली छन देशलाई सही अर्थमा प्रतिनिधित्‍व गर्ने भन्‍ने कुराको विवेचना हुन आवश्‍यक छ। तर मुख्‍यत, छनौटमा जनआन्‍दोलन २ को भावनालाई पुर्णरुपले कदर गरिनुपर्छ जतिकै लायक किन नहोस। अहिले आएर जो पनि राजा पक्ष नभएको वयान दिन तयार छन।

    सो देशमा गएर राजदुतले के गर्ने, लक्ष्‍यहरु के के हुन र ती लक्ष्‍यहरु उपलव्‍ध कसरी गराउने र लक्ष्‍य हासिल गरिने समयावधि के हुन भन्‍ने पनि सोधिनु पर्छ। विगतमा राजदुतको काम केही बर्गको स्‍वार्थ पुरा गरिदिने र भोजभतेरमा मस्‍त रहने मात्र भएको छ।

    अमेरिका, थाइल्‍यान्‍ड, जापान र वेलायतमा नेपाली राजदुतले भोजभतेरमा मस्‍त अनि आफु जुन समुदायको भयो त्‍यसैको स्‍वार्थरक्षामा मात्र ध्‍यान दिने, भ्रमणरत मँत्रीहरु, साँसदहरु र नाता मित्रवरका लागि राजदुतावास सरकारी गेस्‍ट हाउस र ट्राभल एजेन्‍सी मात्र भएको थाहा भएका छन। कुनै उत्‍पादक कुटनीति गरेर नेपाललाई फायदा गराउनतिर छैन। विदेशी मुद्रा खर्च गर्ने ठाँउ मात्र भएका छन हाम्रा राजदुत र राजदुतावासहरु।

    फलानो यति वर्ष राजदुत भएर के गरे त भन्‍दा केही छैन खास। केवल छोराछोरीहरु र नातागोताहरुलाई पढाए, विदेशमा राखे। नेपाली जनता गरीवका गरीव।

    परराष्‍ट्रले राजदुतावासको मुल्‍याकन गर्नुपर्छ र फायदा हुने देशमा मात्र राजदुत वा राजदुतावास राखिनुपर्छ। दुवइ वा साउदी अरव जस्‍ता ठाँऊमा नेपालीहरुका लागि छुटटै लायसन अफिस राखिनपर्छ। काम न दामका कर्मचारी राजदुतावासमा राखेर तलव र भत्‍ता मात्र दिएर के गर्ने?

    बैककमा जादा नेपालीले कत्रो वेइजत सहनुपर्छ। एकरात वस्‍नपरे पनि एयरपोर्रटमा
    पैसा तिरेर पनि भिसा दिँदैनन नेपाली पासपोर्टलाई। भारतीयलाई यो सुविधा उपलव्‍छ छ, दिल्‍लीका कुटनीतिवालाहरुले यो नेगोसियट गरे थाई सित। हाम्राले ध्‍यानै दिएनन।
    काठमाडौमा थाई राजदुतावासले करोढौ आम्‍दामी गर्छन नेपालीलाई भिसा वेचेर।
    बैकक स्‍थित नेपाल एयरलाइन्‍सका कर्मचारीले घरि घरि इनकम टैक्‍स क्‍लियरेन्‍सको कागज थाइ सरकारवाट नलिइ भित्र वाहिर गर्रन निषेध गर्छन। हाम्रो नेपालमा त्‍यो रिसाईप्रोकल गरिन त परै जावस, थाई एयरलाइन्‍समा काम गरने नेपालस्‍थित कर्रमचारीहरु एयरपोर्टमा भीआईपी सरह भएर आवतजावत गर्छन। दुईचार जनालाई फ्री टिकट दिएको भरमा र केही नाजायज फायदा दिएको भरमा नेपाल सरकारका टैक्‍स कर्मचारीहरु मौन छन। किन? यो हाम्रा अकर्मण्‍यताको चरम सीमा हो।
    थाईलैडमा जाने राजदुतको कामको एउटा लक्ष्‍य नेपालीहरुलाई भीसा निशुल्‍क केहीदिन सम्‍म वस्‍ने गरेर दिलाऊने हुनपर्ने। कहिले घैँटोमा घाम लाग्‍ला हाम्रा नीति निर्देशकहरुको?

    विगतमा नेपाली काग्रेँसको राजमा सुजाता मेडमको जिददी र निगाहमा ट्राभल एजेन्‍सीमा टिकट वेचनेलाई सोझै युएन को दुइ नम्‍वरमा नियुक्‍ति दिदा हल्‍ला मचियो र पछि फेरि मेडमकै निगाहमा स्‍वीजरलेन्‍डमा पठाए। भनिरहनु नपर्ला, ती व्‍यक्‍तिले खालि मेडमको इशारामा मात्र काम गरेको र भ्रष्‍टचारको आरोप लागेको पनि पढन पायौ तर पछि केही एक्‍सन लिइएन।

    बिज्ञहरु समेत सम्‍मिलित ससदको समितिले राजदुतावासको मुल्‍याकन गर्नपर्छ। त्‍यसैगरेर राजदुतको कार्यअवधि दुई बर्षमा कार्यको मुल्‍याँकन गरिनपर्छ।
    अन्‍तमा राजदुत यस्‍तो ब्‍यक्‍ति हुनपर्छ जसले खालि कुनै विशेष जाति, धर्म, पार्टीलाई मात्र अधि नराखेर सम्‍पुर्ण नेपाल र नेपालीको प्रतिनिधित्‍व गर्नसक्‍नुपर्छ। नियुक्‍तिमा परेका कतिपय व्‍यक्‍तिहरुका विगत हेर्दा उनीहरुमा यस्‍तो
    माथि उठेर देशलाई सर्वोपरि राखी काम गर्ने हविगत छ जस्‍तो लाग्‍दैन।

    शैलजा आचार्यले चाहेमा राजदुतको नाम पदवि र भत्‍ता नलिई पनि अनौपचारिक रुपमा नेपालको काम गर्न सक्‍छन। जनताको काम गर्नेले राजदुत नै हुनपर्छ भन्‍ने छैन। पहिले दुईचार बर्ष जनताको पक्षमा काम गरेर साँचोरुपमा जनताको साथमा रहेको प्रमाणित गर्नपर्‍यो। जनान्‍दोलनमा मौन रहेको, राजालाई अप्रत्‍यक्ष
    रुपमा भएपनि समर्रन गरेको प्रायश्‍तित गर्नपर्‍यो कर्मले। नत्र जनान्‍दोलनका शहीदहरुका रगतले पिरोल्‍नेछन।

  25. In my view, politics and diplomacy are two different things, so is the sacrifise. Looking at her as a lady to fight against Monarchy during 60s’, most of the commentors are wrong in this page. (Sorry, if offended!!) However, Sailaja is not capable to be ambassedor, i shall agree because SAILAJA has inconsistent nature, this is completely against the character of diplomat.
    Regarding her statements on Jana-andolan II, we should not forget KP Oli’s statement as well who had become the DPM right after political overturn. Therefore, it should be tackled not by saying Sailaja is pro-palace, it should be taken as Sailaja is inconsistent and which is not the character of a diplomat. After all, diplomacy is definitely needed for us especially while dealing with India.
    PS Marahatta
    Rotterdam

  26. 100% dinu hudaina.yesari royera rajdoot paune bhaye jo pani runthe hola.kasto laaj nabhayeko hola saileja la lai.bigat ma testari rajabadi bhayeko manche yesari yeuta rajdoot pad ko lagi royera hoina bhancha.yestai ho nepal ko neta haru.nepal na paryo yeha je pani huna sakcha.
    k,japan

  27. I think she is lying right now, because every body knows what did she said at the that time. So that she has no right to be ambassador and i know that she is getting this time only by the reason of Korala family. As she told that she is in politics since long time she will not be in favor of monarchy, but if this is right then how could Krishna Prasad is in favour of Monarchy

    Actually I have no idea to comment in nepali so i did in english

    Panas

  28. couple of days back read some news about Saileja and we have been watching her activities for years but she always tried to proctect Monarcy and if she says now she did not try to protect to king then it’s only for this current POST.
    Every body knows, how our some of leadrs are.

  29. Crocodile’s duplicate tears.Thief never told that i am thief.IF she is fair why she have maximum complains ? People never complain with out fault.Yasailai bhnachhan “Dahi chiure”.Jo aaye pani thikka.Ani unle bayan diyen bandai ma uni fair chhin bhanna mildaina.Complain garne manchhe pani jhikaunu paryo ani decision garnu paryo.Ek tarfi sunuwai matra sunne ho bhane bhane ta ujuri namage pani bhayo ni haina ra ?Andolan ka belama chhaya devi jasta bridda aama haru ta upasthit thiye bahne sailaja aauna nasakne kurai bhayena.Sadhin birami nai ta thinan hola.Kamtim ek din samma upasthit huna sakthin.Birami ko bahana banayera rajdut banne sapana kahiel pani dinu hunna.Sathi haru maile ta andolan ka kram ma kahile pani dekhina sailaja lai.Tapain haru le dekhnu bhayo ?

  30. sailagale giraftari diyako ho but sailajalai giraftar gareko hoina. giraftar hunu ra giraftari dinuma diffrence chha ni ho

  31. No absolutely not if she had spoken against the spirit of janaandalon II at that time. Ke radhakrishna mainali le rudai maile 46 sal ma teti sangharsha gare bhane bhane hamile rajdoot banaune uslai????

  32. She is a traitor.Dont let her become the ambassador to India. India has a crucial role to play in the ploitics stability of Nepal so plz we need to select any diplomatic person rather than Sailaza……….

  33. मेरो बिचारमा यो शैलजालाई चाही मरे पनि राजदुत बन्न दिनुहुंदैन।
    किनकी उनको मुखले त राजावादी होईन त भन्छे नी तर वास्तविक चरित्र हामी सबै नेपालीहरुलाई थाहा पाईसकेको छौं। त्यसर्थ जति बिन्तीबिलौना गरेनी यसलाई चाही राजदुत मरे दिनुहुन्न।
    आखिर छेपारेहरुले रङ्ग फेरीरहन्छ नी हो त्यस्तै हो यो शैलजा पनि अवसरवादी छेपारे नै हुन। अब यसलाई राजदुत बनायो भने नेपालमा मरे नी राजतन्त्र उन्मुलन हुंदैन र झन भारतको दिल्ली बाट रिमोटमा फेरी नया पावर चार्ज गरेर राजतन्त्रलाई झन मजबुत बनाउछ र नेपाल फेरी उही १२औ शताब्दीमा अवश्य फर्किनेछ।
    तर बिडम्बना गिरिजाको एकतन्त्रिय जहानिय शासनले अरुको के कुरा लाग्थ्यो र???? गिरिजाले जे गर्न मन लाग्छ त्यै नेपालमा सदर हुन्छ र के गर्न मनलागेन त्यो बदर हुन्छ। त्यसर्थ शैलजालाई त राजदुत बनाउछ बनाउछ किनकी गिरिजालाई कसैले केही गर्न सक्दैन जनताको बोली गिरिजाको लागी डकार हो त्यसर्थ जनताको बोली त्यसै नि डकारेर फाल्छ र आफुखुशी मनपरी गर्छ।

    गिरिजा बाचिञ्जेल देशले नया नेपालको मुहार फेर्ने छैन। उही रद्दिको टोकरीमा फालिसकेको राजालाई फेरी बोकेर सिंहासनमा अवश्य ल्याउने छ यो गिरिजाबाजेले। अनि यो नेपाल भन्ने देश उही ढुंगेयुगको कथामै अड्किनुपर्ने बाध्यता हुनेछ।
    अस्तु!!!!!!!!!!!!!!!!!!!!!!

  34. यस्ता रुन्चेले के भलो गर्लान देशको । रोएर राजदुत हुने हो भनेत वेपत्ता नागरिकका आमा बुबालाई राजदुत बनाए भैहाल्यो नि, शायद ऊनिहरु जस्तो रोएको कोहि पनि छैन यो देशमा ।

  35. diplomats should not be appointed/recommended who are pro monarchy. it is very clear that she is pro monarchy. she needs to remember her wrong doings of her act against people of nepal. she should be barred so that other political leader also can learn the lesson (specially sujata. 0

  36. नेपालमा राजदुत पद सरकारमा बसेकाले आफूनजिकका मानिसलाई ‘गरिखाउ’ वा ‘मोज गर’ भनि दिने बक्सिस जस्तो छ । यो परम्परालाई लोकतान्त्रिक भनिएको सरकारले पनि त्याग्न सकेन । शैलजालाई राजदुत पद उनका मामा गिरिजाले भारतमा बसेर आनन्दको जीवन बिताउन दिएको अवसर हो भन्ने कुरा छर्लङ्गै छ । तर, बाँकि अरू ‘उम्मेदवार’ मा पनि राजनीतिक, आर्थिक र साँस्क्रितिक कुटनीतिको ग्यान भएजस्तो लागेन । राजदुत जस्तो संवेदनशील जिम्मेवारी कुनै व्यक्तिलाई खुसि बनाउन दिइने उपहारका रूपमा बुझ्ने सरकार र राजनीतिक दलबाट के अपेक्षा गर्ने खै !

  37. diplomats should not be appointed/recommended who are pro monarchy. it is very clear that she is pro monarchy. she needs to remember her wrong doings of her act against people of nepal. she should be barred so that other political leader also can learn the lesson (specially sujata.

  38. उमेषजी
    लौना म त झन राम्रारी नै रोइदियुला बाजा बजायेर|मलाई पनि राजदूत बनायिदेये हुन्थ्यो बाजा बजायेर|भोली
    मनमोहन सिंघ का पनि रोइदियुला बाजा बजायेर||नेपाल भारत बिच कही केही समस्या खडा भैदियो भने झन ठुलो ठुलो सोर माँ रोइदियुला बाजा बजायेर|||

    शैलजा संगई शम्भुजित बास्कोटा लाइ पनि पठायिदिने||शैलजा रुने शम्भुजित बाजा बजाइदिने|तर उमेषजी यो कुरा चंद्र सेखर ले थाह न पावोस्नी सुटुक्क भनेको बाजा बजायेर ?????

  39. गिरिजाको प्याओ सरकार भएको बेलामा के यस्तो प्रश्न गरिराख्या भन्या। हामीले नदिने भनेर नदिने भएपो। दिए हुन्छ दिए हुन्छ। अब देशै दिन मात्र बाँकि छ।

  40. Tyo budhi ta kam chaina. Congress ko bhag ma India ko rajdoot parekale arukasailai patahuda huncha. Rajdoot bannalai natak gareki hun unle. Bhatarai baje, Sailaja unty, manisha ra unko bau ta pakka rajabadi huna. Nautaki baj

  41. I don’t have that much of idea about her boigraphy but I think non of the political parties leader should be a embassador. There might be a possibility to spoil the relationship due to personal as well as party’s benefits.

  42. Umesh ji !
    she is lying !!!!!! Time came to become Ambassador tha’t why she is crying !!!!!!! I can say she is stupid women.

  43. Saileaza “Magarmach ki Ashu”.

    Sansadiya Sunawai ma gayera bewakuf banauna Sajilo Chaina aba. Janata le pani bujhchan satya tathya.

    Yesto Dahi chiure para aba chaldaina… Mero Suggestion. She has to resign from Politics.

    Bottom Line: I dont want to She her As ambassedor for India.

  44. yi netaharu le boleko k biswas garnu. jhuto bolna ma mahir chan yini haru. rajabadi ko aarop ta pahile nai khandan garnu parthyo, rajdoot banne belama hoina.

  45. नेपाल मात्र यस्तो देश हो जहाँ जती अपराध गरे पनि सजाय भोग्नु पर्दैन \
    यो कुरा राजनैतीक क्षेत्रमा सय प्रतिशत लागु भएको छ \
    जनता को बिरुद काम गरे पनि पुरस्कार राजदुत पाउन सफल हुनु भयकोमा सैलजा लाई
    बधाई छ \ नेपाली कङ्ग्रेसलाई लाज लाग्नु पर्ने हो यस्तो निर्णय गर्न, कहाँ गएे गगन थापा प्रचन्ड सँग लडाईं को कुरा गरेको बिर्सेंे कि कसो\ आफ्नै घरमा
    खराब सँग लड्न नस्क्नेले अरु सँग लद्छु भन्नु सारालाई हसाउनु मात्र हो \
    जनता अब उल्लु बन्न तयार छैनन \ गल्तिको सजाय सैलजाले नपाए पनि भोली नेपाली काङ्ग्रेसले पाउन सक्नेछ यदी समयमै गल्ती नसुधारेमा \
    Basanta Thapa
    Maryland,U.S.A

  46. She is Date expired. She has no contribution for the loktantra. To be a family member of ‘Koirala’ is not to enough. Dats why she is unqualified.

    Arjuna
    KSA

  47. Nope Sailaja lai kunai pani haalat ma rajdut hunadina hunna…. because She is poltician and we can got another person who can be ambasdor of India better than her.And another thing for Sailaja?? what happen on you?? Are you tired from poltical life? if yes then you can take on your own house otherwise you can continue on your way… Ok Bye

  48. यो संसदिय सुनुवाई पनि जन्ताको आखामा छारो हाल्ने काम हो जस्तो लाग्यो किन की शैलजा को हुन र् कसरी जनआन्दोलन को बिरोध गरेर राजतंत्र को पाछि लागेको कुरा पानी जस्तई छार्लंग छ .के सबै लाए बिर्शिसकेको छ र् कंग्रेश सम्बिधान सभा जनु भनेको दुबई हात काटेर फल्नू जस्तई हो भनेको त्यों पुरानो कुरालाई आधार मानने हो भने ता शैलजा लाई राजदूत माँ त होइन कुनई पनि सरकारि को पद दिनु राम्रो हुन्छ जस्तो लाग्दैन तर बिडम्बना को कुरा हिजो को दिन्मा माँ देसको प्रधानमंत्री को दाबेदार गर्ने मान्छे त्यसरी रुदा त सायद उनी घामले पाकेर मात्र बूढी भयकी रहेछां तर बूध्ही भंने त सानो बच्चा को जस्तो रहेछ बच्चाले पनि किन होम वर्क नगरेको भनेर सोध्यो भने त्यस्तई रुदई उत्तर दिन्छ .तर पनि जे भय पनि उनी राजदूत बनेर नै छाड़ने नै छन के गर्ने ………………… शैलजा लाई त बयान लीना नै जरुरी थियो र् ……………

  49. होइन, यो राजदूत भन्ने पद पनि गज्जब कै हुँदो रहेछ क्या ? थर्कयेर नेता बनेका, मंत्री (उप-प्रधान मंत्री) पनि बनीसकेकाहरु पनि रोई रोई राजदूत बन्ना खोज्ने!
    जे होस यो संसदीय सुनुवाई चाहि राम्रो थालनी हो, अरु केही नभए पनि नेता रोयेको त देख्ना पईने भयो ! कती जनता मात्रा रोयेको हेरेर बस्नू !

  50. royara rajdut huna paune bhaya ta ma 7 din samma ratnapark ma rune thiya. Tara Sailaja keti parin keti vaneko devi ho tesaile 1 patak chance diya huncha. PM huna suhaune manche rajdut jabok thulo kura bhayora. Girija le j bole ni hone tara sailaja le chai kehi bolnai nahune. teso ho bhane ta andolan takako kaju kancha kina upa PM bhayo ta. andolan ma usko k role thiyo ra.

  51. Aja ko change dekhera matra aansu jhareko ho.Janaandolan ko birodhi ho.Yestai lai relation ko adharma space dine ho bhane loktantra wala haru jholi tunba bokera bhage hunchha.

  52. This is really a good topic to debate. Shailaja was a political heaveyweight once upon a time. She was capable of being our prime minister sometime in the future. But she ruined her image by not supporting the april movement openly. The likes of Shailaja do not come on the street to show their face but remain silent, when innocent Nepalis were bing shot by Royal armies and police to supress them, it is clear to the people that she was supporting the monarchy. She is paying the price now. Showing tears in her face now does not help her image at all. All her struggle from 2017 BS was voided by her own action of silently siding with the Monarchy when all democratic Nepalis were bearing the full brunt of a tyrant monarch in the streets. This shows she does not have full faith in democracy and we do not need such leaders. Leaders should show full faith in the principles they follow and only then we can follow them. That is because believe it or not, our future always depends on their decision and vision. Cooking the reson of typhoid sickness in not being able to support the democratic movement is only a total lie. Only the fools will accept such reasons.

    Appointing ambassdor is not a big deal since she can be recalled anytime if the government is not satisfied of her performance. If she can show really some good performance for Nepali people while being an ambassdor in Delhi, she will get the second chance to work for the people again.

    We only have very few capable leaders in our country and I wish no further leaders like Radha Krishna Mainali and Shailaja would ever think of supporting the monarchy while we march ahead in eatablishing a great democratic country.

    Prayas,
    Washington, DC

  53. तटस्थ भएर भन्ने हो भने शैलजा लाई नै किन दिने भन्ने प्रश्न मूल रुप म आउछ। म त भन्छु दिनु हुँदैन। शैलजा लाई नै दिनु पर्छ भन्ने केही छैन .
    कसलाई दिने भन्ने कुर को निर्क्योउल गर्न, सुनुवाई गर्नु वास्तवमा नै राम्रो तरिका हो। यस्को सुरुवत धेरै पहिला नै हुनुपर्थ्यो। राजदूत भनेको औटा राष्ट्रको बिदेश म बस्ने सबैभन्दा ठुलो कुटनैतीक पोजिसन हो। एस्तो कुरा म खेलची गर्नु हुँदैन। राजनैतीक त्याग र बलिदान को मुल्य छैन भन्ने कुर होइन, तर को र कस्तो ब्यक्ती ले राजदूत्को जिम्मेवारी राम्ररी निभौन सक्छ, त्एस्तो ब्यक्ती छौनौत गर्नु पर्छ। यस्का लागि जती बहस र छलफल गर्नु पर्ने हो त्य्स्मा कुनै कशर छोड्नु हुँदैन।

    अब आशा गरौ कुशल ब्यक्ती हरु राजदूत हुने छन।

  54. Yes, she did not speak in the favor of monarchy. She had speak in the favour of constitutional monarchy which was the policy (not darshan) of congress party. She can not become royalist and can not go against multi party democracy.

    She is very respectable politican. It would be better to respect her for democracy, multiparty democracy and to learn better things from her life Darshan.

  55. This Sailaja is a stupid lady. In November 2005, she personally invited me to come to her flat at Chabel to attain a press conference. Since it was a personal call, I went there hoping it to be a serious meeting. When I got to her flat, she bluntly told me she did not know me. When I said that you have personally called me to come to the meeting, she said she had not phoned anybody. When I checked the telephone number in my mobile with her number in the flat, I found it to be the same number. I wonder how could such a stupid lady discharge diplomatic functions?

  56. I have read on so many news channel that you have supported the king. Manisha also supported the king. It is your fundamental democratic right that you can support anyone. But you can not lie. I do not belong to any political parties and I am not associated with any political affiliation but I do follow all kind of news and media of my country. You have clearly lied here and tried to justified with association with Congress and its struggle for democracy.

    You donot have any conscience, and guilt for your lie because you want a Kursi. I know ultimately you will get this job because you are nominated from a party.
    And unfortunately this will be the case for all other candidates nominated by the other parties. They are not getting the post not on the basis of merit but on the merit of your contribution to the party not to the country.

  57. I can’t believe how can you be an ambassdor where you can not answer a simple question. Your answer is so vague, unclear, and illogical that how can you deserve to be an ambassdor. You do not posses any quality of an ambassdor other than the bhanji of Girija.
    Dhikkar chha Nepali politicians lai, everyone can hear from her whether she deserves this post. Naatabad ra kripabaad le grasid chha Nepal ko rajniti, ani all political parties and leader.

  58. Yes, She is an honest woman, a little bit crazy though. But all other leaders are mad. A crazy woman is better than all leaders, right? 😉

  59. संसदीय लोकतान्त्रिक प्रणाली भएका मुलुकमा महत्वपूर्ण सरकारी नियुक्तिमा संसदीय सुनुवाइको महत्व ठूलो छ । यो राम्रो कुराको थालनी मान्नु पर्छ पद्दतिका हिसाबले । तर हाम्रा सांसदहरूको औकात र हैसियत स्वयंमा प्रश्नको घेरा भित्र छ, यदि कानूनी राजको पालना हुन्थ्यो भने आजको संसदका धेरै सदस्यहरू विविध खालका अपराधका दण्डका भगिदार हुन्थे होला । यिनको हैसियत हेर्‍यो भने धेरैजसो सडकमा जुलुम मच्चाउने र बन्द र आन्दोलनका नाममा तोडफोडमा रमाउने श्रेणीका संसदीय गरिमालाई धन्न नसक्ने बच्काना हरकतमा रमाउने खालका छन भने कतिपय त अपराध र भ्रष्टाचारका पर्याय नै छन । अहिलेको संसद न त जनअनुमोदित जनप्रतिनिधिबाट नै बनेको छ । यस्तोमा , ती हैसियत र योग्यता दुवै कुराले रहित भएका सांसदहरूले केदार गिरी, केशव उपाध्याय वा अरूलाई सही आरोप नै लगाएर र्‍याखर्‍याख्ती पार्लान वा तिनीहरू आ-आफ्ना राजनैतिक आग्रह, पूर्वाग्रह र दुराग्रहले प्रभावित नभएर विशुद्द मर्यादित र निष्पक्ष सुनुवाइ गर्न सक्लान र ? भन्ने ठूलो सन्देह रहिरहन सक्छ ।
    जहाँसम्म शैलजाको कुरा छ , उनको प्रजातन्त्रको लडाइँका लागि ठुलो योगदान थियो भन्ने कुरा छर्लङ्ग भए पनि ज्ञानेन्द्र शाहको पछिल्लो प्रत्यक्ष शासनकालमा उनी बर्बराएकी नै हुन । तर हिजोका अपराधी पनि मसिहा बनेर ठूलो भाग खोज्ने हैसियत राख्छन वा मुलुक नै एकलौटी बनाउन खोज्छन भने शैलजालाई यो सानो भाग पस्किँदा कसैको आपत्ति नभए हुन्छ । साँचै भन्दा अहिलेको नेपालमा आँफू शुद्द र सही भएर अरूलाई मात्र गलत भएको आरोप लगाउने सच्चा हैसियतवाला कोही पनि राजनीतिमा छैनन भन्दा हुन्छ , सबैका दावाहरू ‘ म मात्र ठीक’ भन्ने शैलि सम्मका मात्र हुन ।
    इसाई धर्ममा पादरीको अगाडि बसेर कन्फेसन गरेपछि र गल्ति दोहराउने छैन भन्ने प्रण गरेपछि गल्ति वा पाप पखालिन्छ । हिजो काङ्ग्रेसी समवयहरूका बिचमा आफ्नो तुजुक भिन्नै ढंगले देखाउन शैलजा बटारिएकी वा बर्बराएकी हुन तर अहिले ‘ म ‍कहिलै राजावादी थिइन भन्दै’ रोइन भने तिनले हाम्रा नया धर्मगुरू (!) रूपी सांसद समक्ष ‘कन्फेसन’ गरिछन् , त्यसैले तिनलाई भागमा परेको भारतीय राजदूतको पद खान दिएमा कसैको केही जाँदैन, जनताको बाहेक ।

  60. रुएर,भेटि/नजरान चढाएर सम्मानित पद(जिम्मेवार) प्रप्ति दिन गका हुत त …यदि यसो हो भने स्वगतयोग्य छ। लोकतान्त्रिक परिपटी सुरुवात हो। यो पुस्तामा त खै को छ र स्वाच्छ छबि भएका… आउदो पुस्ताकोलागी पाठ हुने छ ।

  61. सत्य बोल्ने को छ र यहाँ ! अझ शैलाजा त परिन खाट्टि नेतृ । यो नेताको नैसर्गिक गुण हो असत्य बोल्ने यस्मा अनौठो मान्नु पर्ने कारण नै छैन । हाम्रो देशका ९९% नेताहरु हात्ति हुन् जसको दुई किसिमका दाँत छ । सर्वसाधारण हामीलाई हात्ति पाल्न जति कठिन हुन्छ त्यति नै कठिन छ देशलाई यि नेता पाल्न । देशको निम्ति चाहिने कार्य गर्न सक्ने गुण भनेको हात्ति कै बरावर छ जुन असमबाट पूर्वी नेपालको झापा मोरङ् र सुनसरी तिर छिरेर गर्छ । कहिले दर्वार छिरेर जनता माथि दाइ गर्छ र सुनपानी छर्किन्छ दर्वारलाई सहयोग गर्नु हाम्रो पार्टीको यौटा भूल थियो त कहिले “राजालाई मैले‍-हामीले सहयोग गरेकै छैन, राजा राख्नु पर्छ भनेकै छैन ‘पीत पत्रकार’ले नाना भाँतिका कुरा लेखेर मेरो-हाम्रो छबि बिगार्ने कोसिस गरे” भनेर शरीरमा सुनपानी छर्किन्छ । त्यसैले शैलाजा चोखि छिन काँग्रेसले गँगाजल छर्कि दिएकि । पुरुष साँसद त सुत्केरी हुने देशमा जनआन्दोलन-२ ताका भइन होलिन् नि बिचरी शैलाजा बिरामी कतै हाइड्रोसिल नै पो भा’थ्यो कि उनलाई ! बिचरीलाई पर्दा एक घुट्को पानी दिने पनि कोही छैन । उनलाई हेरिदिने चन्द्र शेखर पनि बाँकि रहेनन् । त्यसैले फुल टाइम खोजिमा इण्डियाको राजदुत पाउनु पर्यो नि बिचरीले बाजपेइ त जिउँदै छन् नि गाठे ।

  62. No way!

    What she knows about diplomacy especially with India there are several things to stand strong for the sovereignity of the country. She just wants to live in India rather than in Nepal….

  63. *** The power of nepotism ***

    Sailaja Acharya is one of the royalist in Congress Party like the former Prime Minister Krishna Prasad Bhatarai. These people are opportunists. Since sailaja was in favour of the royalist government and one time she was tipped to become a Prime Minister but but the Janandolan II took a different turn and sailaja’s political fate was sealed.

    Now with the power of nepotism sailaja is seizing the opportunity to become the ambassador of India. I believe GP Koirala will definitely make Sailaja, the ambassador of India.

  64. यस्तै हो, काम् गर्ने नेताहरु त्यसै खुम्चेर बस्नुपर्छ,आन्दोलन् को बिरोध् गरेर राजतन्त्र बचाउनुपर्छ भन्ने सैलजा जस्ता मन्छेहरु राज्दूत् बन्छन् | जस जसको आफ्नो मान्छेहरु छन्, उनिहरुकैलागि त रहेछ हाम्रो देश | पुराना सोचाइ भयेका र बूढाखाडा नेताहरुलाइ नधपाये सम्म कहिले पनि हाम्रो देश बन्नेवाला छैन | युवा पुस्ताको सेन्टिमेन्टलाइ यिनिहरुले कहिले पनि बुझेनन् र बुझ्ने कोशिस् पनि गरेनन्| सार्है दिक्क लाग्छ |

  65. एडी भारत मा चंद्र सेखर अझैं सक्ती मा छ भनेत पर्दैन, तर एडी अरु नेता हरुलाई पनि येसरिनै रोएर पगाल्ने क्षमता राख छ भने राजदूत दियेपनी हुन्छा.

  66. All lies. This will be a blunder to reward her. She deserves penalty for seeing over 4 million people who participated in the Janandolan II wrong. This should not let to happen or we are taking mockery of the system. If she becomes an ambassdor, this will send a wrong message that democracy is for abuse, and, further, she will do her utmost as an ambassdor to India to pursue her goal of saving the king.

  67. गल्ती नै नभएको मान्छे खोज्ने हो भने अझै धेरै दिन सम्म राजदुत खाली होला । अहिले को परिस्थिती मा शैलजा आचार्य बिरोध गरी हाल्नु पर्ने नाम हो जस्तो लाग्दैन

  68. hoina sailaja ko yo drama ho jasto malai lagchha. huna ta uni politics ma sakirya mahila hun tara pani unle gare ka bigat ka kati paya kaam le garda malai ta yes kura ma sanka lagchha. ma unlai rajdoot bhayeko herna chhannna.

Comments are closed.