संविधान, सरकार र सम्पति

– ब्यास, अमेरिकाबाट-

देशमा यत्रो ठूलो संविधानसभाको चुनाव सफलतापूर्वक सम्पन्न भयो । देश अब नव निर्माण तिर लाग्नेछ र नौलो नेपालको उदय हुनेछ भन्ने नेपाली जनताले आस गरेको बेला यो अबको सरकार कसले नेतृत्व गर्ने र सरकारमा को जाने भन्ने विवाद चर्केको देखेर म रनभुल्ल परेकोछु । म लाटाले नबुझेको चाहिँ के भने २००७ साल देखि राजनीति र प्रजातन्त्रको अभ्यास गरेका यी नेताहरुले किन जनतालाई भझपनि मूर्ख बनाउन खोज्दैछन् ? के जनताले राणा, पंचायत र अहिले आएर राजालाई फ्याकेको हैन र ? के जनताले एकदिन हामीलाई यस्तै फ्याक्न सक्छ भन्ने डर छैन यिनीहरुलाई ? राणा शासन हटाउन १०४ वर्ष लाग्यो, पंचायत हटाउन ३० वर्ष, राजाले १२ वर्षमै भाँडतन्त्र हटाए (जनताको पनि अप्रतक्ष समर्थन थियो), र राजा आफै तीन वर्ष भित्र दरवारबाट बढारिए । के यत्ति उदाहरण काफि छैन यी राजनैतिक नेताहरुलाई ? राजनीति गर्नेसंग शेषमात्र भएपनि नैतिकता हुनुपर्ने हैन र ? मेरो लाटो बुद्दीले त यहि भन्छ । अब पनि राजनीतिमा लाग्नुको अर्थ सरकार र सम्पति हो र ? के यिनीहरु सात पुस्तालाई पुग्ने सम्पति हसुरेर अझ पनि अघाएनन् ? अब यो गरिब देश र गरिब जनताको के मात्र चुस्न बाँकी छ र ?

यो त संविधान सभाको चुनाव हो, स‌विधानको कुरा गरौ, संविधानबारे बाद विवाद गरौ । देशलाई कस्तो खालको संविधानको खाँचो छ ? भूराजनैतिक हिसाबले हाम्रो स‌विधान कस्तो हुन जरुरी छ ? आजको वैज्ञानिक र अन्तरराष्ट्रियकरणको युगमा कस्तो संविधान भएमा बेश हुन्छ ? त्यस्तै हाम्रो जस्तो विविध भाषा, संस्कृति र भूबनोट भएको देशमा कस्तो संविधान बनाउँदा देशले नयाँ दिशा लिन्छ भन्ने सोच्नुको बदला अहिले सरकार र सम्पति तिर ध्यान दिएर यी राजनीतिक पार्टी र नेताहरुले आफ्नो विपत्ति आफै निम्त्याउँदै छन् ।

अनि, एउटा कुरा मलाई मनमा धेरै दिनदेखि लागेकोछ । त्यो के हो भने – देशमा धेरैवर्ष पछि शान्ति छाएकोछ । यसमा न त जनताको न त आफूलाई नीक्कै बुद्दीवान र प्रगतिशील ठान्ने ‘नागरिक समाज’ को ध्यान गएकोछ । देशको १२ वर्षे अशान्ति र विद्रोही पार्टीलाई यत्रो समय, मेहनत र लगनकासाथ देशको मूख्य राजनीतिक वहावमा जंगलदेखि संसदसम्म पुर्याई देशमात्र हैन विश्वमा नै उदाहरणीय बनेका गिरिजाबाबूको न त कसैले ठूलो सम्मान गरे, न त नागरिक समाजलाई यतातिर ध्यान दिने फूर्सद भयो । त्यतिमात्र कहाँ हो र र ? उनकै नेतृत्वको सरकारले ‘नहोला’ जस्तो भैसकेको संविधानसभाको चुनाव सम्पन्न गराएरै छोडेको हैन र ? देशमा ठूलो मान, पदक, र सम्मान छैन भने नयाँ सृजना गरेर भएपनि त्यस्तो सम्मान गिरिजाबाबुलाई दिनुपर्यो । यो विचारमा मेरो अलिकति भित्री स्वार्थ पनि छ । अनि साधारण नेपाली जनताको पनि यहि ईच्छा छ होला भन्ने म ठान्दछु, त्यो के हो भने – यदि हामीले गिरिजाबाबुलाई ठूलो सम्मानकासाथ राजनीतिक विदाई गर्यौ भने उनले प्रत्यक्ष राजनीति छाड्नेछन् । यो समयको पनि माँग हो ।

अब पनि सहमतिको राजनीति, देश निर्माण र संविधान निर्माण तर्फ नलागि सरकार र संपतिको लोभ गरे भने यी नेताहरुलाई के गर्नुपर्ला तपाईनै भन्नोस् । अस्तु ॥

28 Comments

  1. I am not a supporter of Girija Koirala and his political line, but any way he deserves a meaningful appreciation or some sorts of NAGARIK ABHINANDAN for the work he has done in accomplishing of CA election and completing his mission in peace process. Major political party should initiate for this and set an example for the future generation. Despite his poor health and age factor, he fulfills his duty.Look at K P Bhatarai- He has abandoned all his duty and periodically giving senseless speeches against the changes going on Nepal.

    Sasang Lama
    New York

  2. Just look political culture and trend..of Nepal. First of all, we have to rethink and make consensus abt this matter

  3. We can get the press statment from Prachand and MB leader and GOHI ko ANSHU.But serious matter is after 15 jestha, what they took the responsibility. That is still questionable when u c the serious of their actions, views and reactions…Wait and c

  4. पुरै पढी सके पछि म लाइ त ”लाटी को म्वाई खानुपर्ने ” अनुभब भई रहेछ |अब गिरिजा बाबू ले जत्ती गुन गरे देस्लाई तेत्ति बैगुन गरेका पनी छन अब ब्यास जी आज्ञा गर्नुहुन्छ गिरिजा लाइ पुरस्कार ,त पुरस्कार पनी दिनु पर्ने नै भयो !!
    गोलेदाई ले म लाइ पुरस्कार को नाम राख्ने जिम्मा दियेका छन ,”डी लास्ट गोरखा दक्षिण बाहू ;;र दिनेपनी ज्ञानेन्द्र ले नै ,किनकी लोकतंत्र आयेपछि पनी उनले सपथ ग्रहण पनी ज्ञानेन्द्र संगै गरेका हुन !!

  5. I am agree with the part of article except”देशको १२ वर्षे अशान्ति र विद्रोही पार्टीलाई यत्रो समय, मेहनत र लगनकासाथ देशको मूख्य राजनीतिक वहावमा जंगलदेखि संसदसम्म पुर्याई देशमात्र हैन विश्वमा नै उदाहरणीय बनेका गिरिजाबाबूको न त कसैले ठूलो सम्मान गरे, न त नागरिक समाजलाई यतातिर ध्यान दिने फूर्सद भयो । त्यतिमात्र कहाँ हो र र ? उनकै नेतृत्वको सरकारले ‘नहोला’ जस्तो भैसकेको संविधानसभाको चुनाव सम्पन्न गराएरै छोडेको हैन र ? देशमा ठूलो मान, पदक, र सम्मान छैन भने नयाँ सृजना गरेर भएपनि त्यस्तो सम्मान गिरिजाबाबुलाई दिनुपर्यो । यो विचारमा मेरो अलिकति भित्री स्वार्थ पनि छ । अनि साधारण नेपाली जनताको पनि यहि ईच्छा छ होला भन्ने म ठान्दछु, त्यो के हो भने – यदि हामीले गिरिजाबाबुलाई ठूलो सम्मानकासाथ राजनीतिक विदाई गर्यौ भने उनले प्रत्यक्ष राजनीति छाड्नेछन् ।”

    G.P. Koirala is the one who made this state like this. Reality can’t be erased and ignored. All YCL, Maoists and PLA are the product of GP. Corruptions, murdered, rapes, violence, false charge are grand designed by GP.

    GP is the person who handed over the sovereignty of Nepal to Maoist to rule over.

    GP is the one who approved royal massacre.

    Gp is the person who abolishes the monarch and replace the Maoist.
    Gp is the one who didn’t and don’t follow the Constitution of Nepal 2046 and charged against CIAA and Supreme court of Nepal.

    Gp is the person who did care only his family members in the politics.

    GP is the person who made treaty with Foreign Country to make Nepal worst.

    GP is the one who never cared about others (people, party members and opponents)and made decision himself.

    GP is the Person who kicked out KP Bhattarai and made false promise in election.

    I have lot of things to say but no more space and may be enough to know about him.
    Preeti ji is correct, Prachanda and Bhattarai have promised and it was published in Kantipur Daily during interview.

    That’s all.

  6. Dear Vyas,

    I was impressed when I started reading your article but that impression din’t last long. In my opinion, one of the main culprits of weak condition of Nepal is None other than Girija. He doesn’t deserve any honour and neither does he deserve a respectful farewell.
    Now coming to his success of conducting CA polls , then for your kind information, Nepalese people were so fed up with the violence and instability that,CA poll was most warranted event to happen and it happened, it would have happened at any cost irrespective of which idiot is the prime minister.

  7. गणतंत्रवादिलाई सम्मान गरौ |

    वास्तवमा गिरिजाबाबु गनतन्त्रवादी नै हुन् । त्यसैले पहिलो सम्मान उनैलाई गरौ है त |

    उनि गणतन्त्रबादी नै हुन् भन्ने केही बिशिष्ठ तर्क तल प्रश्तुत गरिएको छः

    (क)? GUN गन, गनमाने बन्दुक, हो गिरिजा बन्दुकमा बिश्वास गर्ने भएकाले गनतन्त्रवादी नै हुन् ।
    (ख) नेवारीमा गन ? भन्नाले कता ? भन्ने प्रश्न हुन्छ । उनि कताजाने भन्ने बिषयमा जहिल्यै पनि कन्फ्यूज हुने भएकाले उन गनतन्त्रवादी नै रहेको पुष्टी हुन्छ ।
    (ग) कसैले केही गन्न अह्राउँदा हामी गन भन्नदौँ । गिरिजाबाबु, आफ्नो पार्टीमा आफुसँग असहमत
    ??? हुनेलाई? गनी गनी किनारा लागउँछन्, यसैकारण उनि गणतन्त्रवादी हैनन् भन्न कुनै तर्क छैन ।
    (घ) पद र शक्तिका लागी गिरिजाको गनगन त सबैलाई थाहा छ, हरेक क्षण गनगन गर्ने मान्छे एकपटकमात्र हैन, डबल गणतन्त्रवादी हुन्छ भन्ने त साधारणलाई पनि थाहा हुन्छ नि ।

    बाँकी अरु कुनै कारण छन् भनेँ पाउँ न है ।

    मनोज गजुरेल वाट सापटी लिएको |

  8. When political parties get power hardly they think about public affairs., it is our Nepali political culture.
    One thing is interesting Prithivi Narayan Shah unification this modern Nepal. but this present government did not celeberate independent day because of political parties did not behalf of present King.As well, civil society and human right wings in Nepal also following the demarcation of present poltical parties and government.It is very sad thing. For example, Babu Ram Bhattrai was elected from Gorkha region for CAE.I mean he has full debt to pay (different ways) to great king Prithvi Narayan Shah. Same thing goes to Prachand. I appeal to them they should think about history foundation of Nepal and to any form of monarchical system should be continue. I mean people have no right to say 240 years old monarchical system was not behalf of country.
    but Kathmandu valley people especially Newar communities are very calm in comparison present poltical development in Nepal.
    Still Maoists are claiming if situation will not behalf of them they could capture the 75 districts headquaters within 5 minutes. Why they are feared (danger) with king. People cannot understand about this subject matters. In our country people are following the according to wish of political parties. For example, JASO JASO BAHUNBAJE USAI USAI SWAHA.
    Come what may we appeal to Maoists’ high commanders do not take other conflict as to abolishing the monarchical system in Nepal. In thinse elcetion we have got enough space, if you like you could build this country without any obstacles. Monarchy will not any obstackles, it might be one of the parts of development of nation (key element). We need maoists government to create the peace and security thenafter development of nation. We would like to see very soon taking executive power by Prachana. We hope He will be light of justice.

  9. कहाँ तुरुन्तै उपस्थित गराउने भन्या ? घोक्रेठ्याक लगाएर निकाल्नु पर्ने ज्ञान बहादुरलाई त यत्रो मुलाकाज हेरियो । उनि त पर्तापि पर्चन्न सिरी ७ महाराज पो त । उपयुक्त साईत जुराउनु पर्यो नि , हतारमा गर्दा सम्मान नपुग्ला भनेर क्य युबा भाई ।

  10. यि पहिलेका नेता या शासन चलाई रहेका पार्टी हरु
    पनि त धेरै साल भै सकियो । सत्ता चलाएर किन
    तेतिखेर नै देश बिकास तिर लागेन। तिनिहरुका
    पालामा पनि दु:ख पायिन्थ्यो । जहाँ या जुनाइ
    कार्यलएमा गये पनि हामी जस्ता सर्बसाधारण ले त
    दु:ख नै पाइन्त्यो। एक दिन मा हुने काम लाई
    लम्ब्यै दिन्थ्यो। तेतिखेर पनि भाईबन्धी,नाताबाद ,
    गाउँलेबाद को बिग्बिगी थियो। हामीले त धेरै साल
    भोगी सकियो। तिनिहरुका पालामा पनि तेस्ताइ नियता
    भएका थिए। जहाँ या कुनै पनि कार्यलएमा गये पनि घुस
    या ज्यु ज्यु नगरे सम्मा केही काम बन्ने
    थिएन। तेसैले वाइ सि एल त तेती खेरै जन्मनु पर्ने ,
    खै हामी जस्ता सर्बसाधारण लाई केही गरेको छैन।
    तेसैले तेत्तिकै जग्गा कब्जा गरेको छैन । लाल सलाम

  11. गोले दाई , सुरक्षको सम्पुर्ण तयारी पुरा भैसक्यो | अब श्री ७ महाराज गिर्जा प्रसाद कोइराला लाइ मंचमा उपस्थित गराए हुन्छ |

  12. राष्ट्रद्वारा त केहि होला जस्तो छाँट छैन है व्यास बंधु । एक त उनले राष्ट्र प्रमुख नै छाड्न नमानेको अवस्था छ अर्को उनलाई सुहाउने सम्मान / पुरस्कार राष्ट्रसंग छँदैछैन त्यसैले गिरिजालाई विभुशित गर्ने सम्मान / पुरस्कार त नयाँ नै स्थापना गर्नुपर्ला । पुरस्कारको के नाम राख्ने ? पुरस्कारमा कति राशी राख्ने ? उनलाई कस्ले प्रदान गर्ने ? कस्तो समारोहको आयोजना गरेर उनलाई विभुशित गर्ने इत्यादी ईत्यादी धेरै काम छ त्यसको लागी पनि । माई संसारमा यौटा टोली गठन गर्नुपर्यो यो शुभकार्यको लागी । उक्त टोली कहिले गठन गर्ने ? कसरी गर्ने ? माई संसारका कस्ता कस्ता पाठक / कमेण्टरहरु सामेल हुने ? टोलीको संयोजक कस्लाई बनाउने ? व्यास बंधु पनि कमेण्टमा आउनु पर्यो छलफल गर्न र ब्यापक वहस गर्नुपर्यो । राम्रो विचार लिएर आउनुभएको छ तपाईंलाई माई संसार मार्फत बनिने उक्त पुरस्कार स्थापना टोलीको संयोजकको रुपमा प्रस्ताव गर्छु म । अरुको चित्त नबुझे सानो सानो निर्वाचन नै गरुंला । मदनलाई पुरस्कारको नाम जुराउने जिम्मा दिउंला । समारोहको सुरक्षा जिम्मा युवाले लिनुपर्छ । म आफैंले चैं के गर्नु खै ? अँ कस्तो समारोह आयोजना गर्ने भन्ने खाका म बनाउंला । टोलीको सक्रिय सदस्यहरुको नामावली टिपोट गर्ने काम लुना बैनिलाई दिउं होला । अरु के के गर्नु पर्छ ल है दिमाग लगाउँ । यो त साँच्चै नै नगरी नहुने काम हो ।

  13. व्यास जि !
    तपाईंले आफु लाई मात्रा “लाटो” भनेर किन यक्लो पार्नु भयो ? म पनि छु नि ” लाटी ” तपाईंलाई साथ दिने । अनी सबै जना तपाईं र म जस्ताइ लाटा – लाटी छन क्या ! जसरी तपाईंले सोच्नु भयो नि ,हो तेसतै गरी सबैले (धेरैले -तपाइ र म जस्ताइ लाटा लाटिले ) सो चे का छन जस्तो लाग्छ । खै म पनि लाटी नै भयर यस्तो सोच्न पुगे कि ! ह्या सोच्दा सोच्दै टाउको नै भारी भाईसक्यो भन्या ! खै कहाँ कती खेर बिसाउने हो ? आ! बरु तपाईंले मेरो भारी बोक्नुस् म तपाईंको भारी बोक्छु हुन्न ?
    नागरिक समाज तपाईंको ससुराली हो क्या ! अब दोस नदिनुस् है !

  14. saru ji girija nai desh ko thulo samanta ho jasle nepali jantako ragat piyako chha aja nepallai yo bijog halat ma puraune girija nai ho ajai laj chhaina kursi ma hehehehe rajnitik beman girija

  15. Good news,we are looking that day that make our Nepal as a country of the world , where developemental activities will start as soon as possible and people feel freedom by parasit(Monarchy).we requist to political leader and parties to work cooperatively as people,s mandate.

  16. यहाँ खाट्टी कुरा चै व्यास जी बाट आयो है। हुन त अब तल का कमेन्ट हरुमा गिरजा र व्यास ले नीकै गाली पाउलान। अब आउने यस्ता कमेन्ट हरु भनेका केबल कट्टर गणतन्त्रबादी भाईन्छ भनेर माओवादी भयका हरु बाट नै आउने छन हेरौ है त यस्ता मान्छे हरु कती रहेछन ?

  17. Girjalai ajhasamma nchinne Byasjeelai muri muri badhai!Sabko bakheda girija nai ho bhanne ta ketaketile pani bujgeko chha byas mahasaya.

  18. हामिले सधै नकारात्मक दृष्टिले मात्र हेर्नु हुदैना | नेपाल को शान्ति प्रक्रिया को लागी गिरिजाको ठुलो हात छ | उनले परिवार को लागी केहिफाइदा हुने काम गरे होलान तर आफ्नो लागी सम्पति थुपारे जस्तो लग्दैन मलाई| तेसैले उन्लाई काम को इनाम दिएर सम्मान जनक बिदाई गर्यो भने नेपाल आमा खुसी हुन्छिन होला!
    स्वतन्त्र नागरिकको स्वतन्त्र बिचार हो यो!

  19. Dear Byas,
    Very Excellent writting you have written I liked so much your writting this also and I know you always do nice writtings. thanks for exellent writting I hope that craziest leaders will know something from your great writtings otherwise no meanings at all, they are aliving and doing poltical in our great land the Nepal since so many decades they broken everythings never didn’t want build the nice syestems and anything ealse we will see what they will do after first day of Baithak.( jestha 15,2065)
    Thanks again! I will waiting your writting again!
    Megh Singh Adhikari!
    America!

  20. hello Bas brow it is nice article i really like it .
    prakash bhatta dai,
    scotland UK

  21. मलाई थाहा छ अब के हुन्छ। Yuba, satellite, samarthya, धोती उचालेर उफ्रिने छन अनी गिरिजा यो, गिरिजा त्यो भनेर comment को बाडी बगाउने छन। टेस्मा कुनै आस्चर्य हुनेछैन किनकी यी अन्दभक्त लङुरहरु प्रचन्ड, बाबुराम को हो मा हो मिलाउने गाइनेहरु हुन। यिनीहरु सँग मुख लाग्नुको कुनै अर्थ छैन। तर पनि मन थाम्न सकिन र २-४ प्रश्न सोध्न मन लाग्यो।
    १। मङ्स्रिर मा सहमती बाहिर गएर भाडभैलो गर्ने को हो?
    २। चन्दा नउठा भन्दा पनि सहमती बाहिर गएर जबर्जस्ती चन्दा उठाउने को हो?
    ३। सहमती बाहिर गएर जनसरकारलाइ निरनतरता दिने को हो?
    ४। सहमती बाहिर गएर कब्जा गरेय्को घरजमिन फिर्ता नगरने को हो?
    ५। सहमती बाहिर गएर बिपक्ष्ये नेता तथा कार्यकरता कुत्दै हिंड्ने को हो?
    ६ – सहमती बाहिर गएर हतियार लीएर सम्सद भित्र जाने को हो?
    ७ – अब भन सहमती बाहिर गएर छ्हडा रागो भएर बौलौदापनी चुप लागेर बस्ने को? आफ्नो कार्यकर्ता पीटीदापनी चुनावमा बादा पर्ला भनेर चुप लागेर बस्ने को?

    हो म मान्छु माओवादीलाइ सरकारको नेत्रित्यो दिनु पर्छ तर के गर्ने भोली माओवादीले कब्जा गरेय्को घरजमिन फिर्ता नगरेमा? भोली माओवादीको बिरोध गर्‍यो भन्दै YCL पत्रकार, शिक्षक, जनसाधारण पिट्दै हिड्यो अनी माओवादी सरकार चुप लागेर बस्यो भने? क् गर्ने जनसेनाले प्रधानसेनपथीको कुरा नसुनी पार्टीमुखी भयो भने?

    तेसकारन नेरा माओवादी साथीहरु सोची बिचार पुराएर मात्र कमेन्ट लेख्नु होला। You are first literated nepali and only mao-supporter. Dont try to present yourself as driver Khalasi.

  22. हो ८४ को पूजा गरे पछि गिरिजा प्रसाद कोइराला निकै ज्ञानी हुनु भएको छ / कैले काही त सानै देखि लागेको बानी यसो दोहोरिन्छ / तैपनी “YCL भनेको योंग क्रिमिनल लीग हो” भन्ने जस्ता उहाँका उक्ति अब ओली पुराणले (सन्दर्भ: युवा; माईसंसार.कम) छायाँमा पारिसके / मदन पुरस्कार जस्तै “मरुस्थलीय बचन” पुरस्कार स्थापना गर्नेहो भने पुरस्कारको रोल क्रम चाडै नै माईसंसारका प्रतिक्रिया मार्फ़त बेलाबेला बचनका कुम्लाहरू छरपस्ट पार्ने बिद्वानहरू सम्म पनी आइपुगने थियो /

  23. के गर्ने नेताहरु छेपारो ले जस्तो रङ फेरिरहन्छन। राष्ट्रियता र पद को सवाल मा। केही बर्ष अगाडि भूमिगत काल मै प्रचन्ड र बाबुराम सरकारको नेत्रित्तो गर्ने गरी कुनै पनि पदमा नजाने भनेका थिय, (शायद कान्तिपुर मा हो कि जस्तो लाग्छ)। आहिले उनिहरु बिच नै अन्तर् सङ्रस छ। प्रचन्ड र बाबुराम को यो प्रब्रिती ले मलए गिरिजा अब नेपाली कांग्रेस को सभापति नहुने भनेको पोखरा महाधीबेशन को नाटक याद दिलायो। यस्ता नौतन्की अझै कती हेर्न पाएन्छ।

    प्रीती

  24. desh ko kuro desh kai padhe lekheka manchhe lai involv garayera garnu parne ma bideshi sanga lampasar parne yi neta harubata k kuro ko asha garne aba?

  25. गिरिजालाई राजदूतहरुले त अपमान गर्न थालिसके
    यी याँ गएर हेर्नुस् त…राजालाई भए यस्तो गर्न सक्थे उनीहरु ?
    http://www.yosansar.com/?p=380

  26. k bhana khojako sathi aba pani giraja lai nai prime or head of state dine bhanako ho timro bhasa le ta yai abash dincha. ho pakaa pani giraja ko yo sambidhan sawaa chunaba sambamaa thulo bhumika chha tara hey no way this old body should be retire now he should have to give other party who came biggest or he hand over to new genaration to his own party not his koirala faimily. now congress and giraja are not running what theire party say they are running what india and usa said they are just us and indian speaker that why trying to say this and that to moist other wise hey try to respect what all nepalises people give them so this time giraja should not take any position he should have to stay one mahan big leader of ca making advisior that it sathi

Comments are closed.