Byas

Byas

जागिर- नेपालदेखि अमेरिकासम्म

मेरो बाजे जागिरे थिए रे । बाले पनि जागिर नै रोजे जिविकाका लागि । त्यसैले म परेँ खानदानी जागिरे । जागिरमा मेरो लामो अनुभव छ । नेपालमा मैले सरकारी, अर्ध सरकारी, नीजि र गैर सरकारी सबै क्षेत्रमा काम गरेकोछुँ । युरोप र अमेरिकामा पनि सरकारी, गैर सरकारी र नीजि क्षेत्रमा कामको अनुभव बटुलेकोछुँ । यहाँ त्यसैको एक झलक प्रस्तुत गर्ने जमर्को गर्दैछुँ । जागिरका बारेमा बहस र विश्लेषण यहाँको जिम्मा ।