भटटट…काण्डलाई सम्झँदा

आज जेठ १९ गते। आजैका दिन नारायणहिटी दरबारमा गोली चलेको थियो र तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो। जेठ १५ गते शाहवंशीय शासनको पतन हुनुका पछाडि यो दिनको पनि महत्त्वपूर्ण योगदान रहेको छ। आज हामी त्यो हत्याकान्ड कसरी भयो, कसको दोष थियो भन्ने कुरा खोतल्न गइरहेका छैनौँ। यस विषयमा गत वर्ष माइसंसारले साताव्यापी विशेष ब्लग गरेको थियो। त्यसलाई तपाईँ यहाँ क्लिक गरी हेर्नसक्नुहुन्छ। आज हामी त्यो काण्डलाई सम्झँदा किन भटट वा र्‍याटाटा काण्ड भनेर सम्झन्छौँ, त्यस विषयमा केही बताउन गइरहेका छौँ।

सुरुमा दरबारभित्र स्वचालित हतियार पडकिएर त्यो घटना भएको भनिए पनि पछि त्यस घटनाको छानबिन गर्न ज्ञानेन्द्रले एउटा समिति बनाएका थिए। समितिमा तत्कालीन प्रधानन्यायाधीश र तत्कालीन सभामुख थिए। त्यो उच्चस्तरिय समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने क्रममा समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाट निकै हल्का रुपमा प्रस्तुत भएका थिए। उनले दीपेन्द्रले चलाएको भनिएको हतियार देखाउँदै त्यसलाई आफ्नै हातमा लिएर पत्रकारहरुतर्फ सोझ्याउँदै भनेका थिए- हान्दिम् ?

बढी कुरा के बताइराख्‍नु र, तपाईँ आफै हेर्नुस्-

51 Comments

  1. यो घटना सम्झने हो भने मन नै खिन्न हुन्छ। मलाई लाग्छ यो घटना नै राजतन्त्र अन्त्य को पहिलो खुद्किलो हो।
    बिगतलाई सम्झेर दु:ख मन्नुपर्ने केही त छैन, तर तेही घटना पछी ज्ञानेन्द्र जस्तो महा मुर्खको प्रहसन सुरु भयो।
    तेही पनि अझै ढिलो भएको छैन। देशलाई बाचाउने मौका अझै छ। संबिधान बनाउन ढिला गर्नु हुन्न। पार्टी हरु आफ्नो
    स्वार्थ भन्दा देश को बारेमा अली चिन्तित हुने हो भन्ने यो कुर सम्भव छ। तर फेरी सत्ता को हन्थाप मै समय खेर फले भने
    नेपाल साचैनै गृहयुध तिर धकेलिन्छ। यो कुरमा सबै दल हरु लगयत हामी सारा नेपाली हरु पनि चिन्तित हुनुपर्ने देखिन्छ।
    कि कसो सम्पादकज्यु?

  2. Aaba yo rana bhatko bha ta ta ta lai hamra baristha neta Dr. baburam ji lai dinu parcha jasto lagchha malai ta. uhale teti belako kantipur daily ma sabai darbar ko nalibeli lekhnubheyako theyo ni

  3. **** Let The Truth Reveal ****

    The feudal monarchy institution has been wiped out. Now the truth has come out. Who can reveal it?

  4. उमेश जी, धेरै धेरै धन्यवाद यो भिडियो को लागि।

    भाई जि – हामी बुझ्छौं त्यो बेला को परिस्थिती। त्यो प्रतिबेदन पढ्दा अल्झेको त ठिकै छ। उस्ले लेखेको हैन, त्यै भएर उस्लाई गार्हो भयो बुझ्न र पढ्न। तर त्यो बन्दुक उचालेर पत्रकारहरु तिर तेर्स्याएर हासखेल गरेको चाँही के गरेको? के तेस्मा पनि परिस्थिती कै गल्ती छ? यदी हो भने त्यो परिस्थिती भनेको तारानाथ राणाभाट बौलाएको हो। देश त्यस्तो शोक मा डुबिरहेको बेला, संसार कै ध्यान हाम्रो देश मा केन्द्रित भएको बेला एउटा सरकारी दायित्व बोकेको मान्छे ले पुरै विश्व सामु त्यस्तो गर्न सुहाउछ? त्यो पनि हाम्रो देश को सरकार चलाइरहेको पार्टी को नेता। हामीले कुनै पनि नेता लाई दोशी र निर्दोश भनेका छैनौं। कुरा राणाभाट को व्यबहार को भैरहेको छ। कस्तो हलुका पारा ले भ ट ट ट… !!

  5. NONSENSE RANA BHAT, AT LEAST YOU MUST THINK WHAT POSITION YOU HOLD AT THAT TIME , REALLY YOU ARE BHAT INSTEAD OF SPEAKER.I THINK DOG CAN NOT DIGEST GHEE( A NEPALESE PROVERB) IS COME TRUE IN YOUR LIFE.

  6. its a good work of mysanar …i appreciate it and pray fo rthe welfare of mysanar unit

  7. तारा नाथ राना भाट लाइ मात्र किन दोस दिने साथी हरु? खूबी भएको भए गिरिजा ले त्यों बेला ज्ञानेन्द्र शाह लाइ राजा हुन बाट बंचित गर्न सक्थ्यो!भारत वा अन्त्रास्त्रिय समुदाए संग गिरिजा ले” यो राजा बीरेन्द्र मार्ने हत्यारा को हो ? पत्ता नलगाई अर्को राजा को नियुक्ति हुन सक्दैन” दीपेंद्र हत्यारा हो भने यो सरकार अब दीपेंद्र लाइ पनी राजा स्वीकार गर्दैन, यो घटना को छान बिन पछि मात्र नया राजा को ब्यबस्था हुने छ” भन्न नसकने नालायेक गिरिजा हो! आफ्नो पार्टी को नेता , सभामुख जस्तो ब्यक्ति लाइ किन त्यों नाटकी जांच्बुझ मा शहभागी गरायो? किन फसायो रानाभाट लाइ? सरकार प्रमुख नालायेक भएको ले त्यों दरबार हत्या काण्ड इतिहास को कालो , बर्बर, आताताही घटना यो २१ औ शाब्दी को युग मा पनी ढिसमिस गराइयो! हुन सक्यो! अस्पस्त रह्यो! आज ज्ञानेन्द्र सह को सप्पाई अस्तिपंजर कमजोर हुदापनी त्यों घटना को बारे मा किन कोही केही बोल्न सकेको छैन! सबैलाई आफ्नो गलाभारी माला पाए पुग्यो! देस को इतिहास सु स्पस्ट लेखने तीर चासो छैन! खोई त कसैले बोलेको?

    बिचरो राना भाट ले चाहेर पनी अर्कै किसिम को रिपोर्ट तयार गर्न सक्दैन्थ्यो, के त्यों सम्भब थियो?, हे साथी हरु तपाई हरु आफुलाई निकै सचेत ठान्नु हुन्छ, तर आफैले त्यों बेला को परिस्थिति बुझ्न नसकेर रानाभाट निरीह प्राणी को बिरोध मा मक्ख पर्दे हुनुहुन्छ!
    नेपाली जनता को स्वोत फुर्त ज्ञानेन्द्र बिरोधी भीड़ सड़क भरी थियो, घर घर बस्ती बस्ती खाली थियो , सड़क र खुल्ला चौर मा ज्ञानेन्द्र बिरोधी नारा घंकिदा किन कांग्रेस र एमाले ले नित्रित्व दिन सकेंन? त्यों मौका, र उठेका आबाज अनी पाइला हरु लाइ नेतृत्व दिन नसकने त्यती बेला को कांग्रेसी , एमाले, राप्रपा का नालायेक नेतृत्व हरु कोबिरोध गर्नुस, नेपाली जाता ले राजतंत्र को उन्मूलन त्यती बेलानै चाहेको हो! जनता को भाबना बिपरीत जाने , त्यों बेला का नेतृत्व को अकर्मण्य चरित्र को बिरोध गर्नुस न की बबुरो राना भाट को! तारा नाथ को “रया ट ट” शब्द भित्र अल्झेर आफुलाई माकुरो को जाल भित्र उफ्रिदै गरेको बाठो झींगा जस्तै नबनाउनुस!
    बिचारो आफुले लेखेको भए “रया ट ट” शब्द त्यती कठिन गरी पढ़न सुरु गर्थ्यो होला त?
    अहिले तारानाथ लाइ औला थादाउनु त्यों बिशाल कुरूप इतिहास का एनी खाल पात्र हरु लाइ चोखो बनाने प्रयास बाहेक के हुन सक्छ? हमिले बनायोऊ रानाब्हत लाइ राजा बादी! उनको त्यों बाध्यता लाइ नेपाली जनता ले बुझे अंतत उनी राजा बादी नै बनी रहे जसको कारण कुहेको लास बोकने पनी गनाउछ भने जस्तै उनी पनी गन्हाए!
    उमेश जी तपाई पनी धेरै पुर्बग्रही नबंनुस,खै तपाई ले ज्ञानेन्द्र लाइ दाम चडाउदै गरेका महान क्रांतिकारी गिरिजा र अन्य नेता जी हरु को तसबीर राखेको? इतिहास का केही ग़लत पक्ष्य लुकाउन चेष्टा हामी कसैले पनी नगरम! त्यों बेला को गिरिज बाबुको नौटंकी अझ बिसेष हेर्न लायेक हुन्थ्यो!
    त्यों बेला कसैले पनी बाहिरल्याउने रिपोर्ट राना भाट ले जो ल्याए त्यों भन्दा फरक हुन सक्दैनथ्यो, त्यसैले त बुद्दी मन महासचिब माधब नेपाल ले अस्वीकार गरिदिनु भयो! तर गिरिजा बाबू आफ्नो नित्तांत ब्याक्तिगत प्रतिष्ठा भन्दा पर मतलब नगर्ने ब्यक्ति हुनाले रानाभाट लाइ फसाउनु भयो!
    खै साथी भाई ले बूझेको ?
    त्यों जेस्ठ १९ पछि धेरै राजा बादी राजा ज्ञानेन्द्र को बिरोधी नै बनी रह्योऊ!
    दरबार हत्या काण्ड पछि धेरै राजा बादी हरु राजा बिरोधी भए, ती मध्य कोही अहिले माओबादी का बिधाएक पनी भैसकेका छन! तर पनी आफू कम्निस्ट बनिएँन, न त कांग्रेस नै बनियो!
    आफुलाई दरबार संग राजनितिक नेतृत्व को ग़लत बफादारी थाहा पाएको ले अस्ति सम्म पनी गणतंत्र स्थापना हुने माँ शाका नै थियो! तर अंत मा गणतंत्र स्थापना भैछाड्यो!२०५८ जेस्ठ १९ मा नै स्थापित भैसकेको दिन आज २०६५ जेस्ठ १५ मा अनुमोदित भयो!

    भाई

  8. first of all thanks for videos , in my thinking before we get rid of king we should hang the 2.5 ft baat in a ratna park , i think the murder of royal family is a 2.5 ft , otherwise except a murderer noone is going to enjoy in tht critical condtion.

  9. किशोरजी को तर्कमा दमछ, गणतन्त्र, लोकतन्त्र आदि कागजमा मात्र आएर के गर्नु विचारमा त हामी अझै धेरै पछाडीछौं जस्तो छ। ल अब हामी सबै नेपालीले विचार र व्यवहारमा पनि लोकतन्त्र र गणतन्त्रको अभ्यास गरौं जहाँ जातीभेद,लिङ्गभेद र अन्यकुनै विभेदले कुनै स्थान नपाओस् ।
    दरवार काण्डको विषयमा, मलाइत ज्ञानेन्द्रको संलग्नता छ जस्तो कहिल्यै लागेन सायद यस्तो मान्नेमा गिनेचुनेका नेपालीमात्र होलान् । मेरो घर परिवार देखि छरछिमेकी साथैभाइ कोहीभेटेको छैन ज्ञानेन्द्र यसमा दोषीछैनन् भन्ने जे होस जनताको यस विस्वासले राष्ट्रलाइ त फाइदानै भयो ।

  10. कता हुनुहुन्छ तारानाथ भाट ? के उहा अझै नेपाली काङ्रग्रेशका नेता हुनुन्छ?

  11. इण्डियाको सफलता हो साथी यो । मुला नेपालमा अलि राम्रो मान्छे जन्मेको र माथि पुगेर राम्रो गर्न लागेको त त्यसलाई सही नसक्नु हुन्छ । मदन भण्डारीलाई पनि त्यसैको इशारामा मारिएको हो । नेपाल साँच्चिनै सतीले सरापेको मुलुक हो रहेछ अलिकती राम्रो नेपाली जनताको पक्षमा हुन लाग्यो कि भारतले त्यसलाई सहन सक्दैन र राम्रा मान्छेलाई मारि हाल्छ । अहिले सम्मको राजनीतिक विकास पनि भारतकै योजना हो ………

    नेपाल शान्तिक्षेत्र घोषणा भए नेपालको विकास हुन्छ र यो अर्न्तराष्ट्रिय महत्वको क्षेत्र हुन्छ भनेर भारतले श्री ५ वीरेन्द्रको वंश भारतले मासेको हो । त्यसमा कुनै शंका छैन । राजा वीरेन्द्रको हत्या पछि यो देशमा कसैलाई बढि फाइदा भएको छ भने त्यो भारतलाई नै भएको छ ।

    अहिले राजा ज्ञानेन्द्रको कारण राजसंस्था नै शक्तिबाट हटेको समयमा कुनै बेलाका सही राष्ट्रवादी, शान्तिप्रेमी अनि जनमनका राजा वीरेन्द्रको सम्झना गर्नुभएकोमा यहाँहरुलाई धन्यवाद ! अहिले त तीस पचास वर्षराजसंस्थाको सेवा गरेर मेवा हसुरेका हरु पनि राजाहरुका राम्रा कामलाई नराम्रो देखाउन लागेको समयमा तपाइँको यो पोस्टले धेरैलाई राजा वीरेन्द्रको याद दिलाएको छ ।

    यस्ता राजाको सबै सम्पत्ती र्सार्वजनिक काममा लगाउनुपर्छ सरकारले त्यस तर्फकाम गरेको छ । त्यसमा सरकारले गठन गरेको नेपाल ट्रष्ट भन्ने संस्थाको नाम वीरेन्द्र ऐर्श्वर्य ट्रष्ट राखिओस् भन्ने मेरो चाहना छ । जनताको सम्पत्ति कुनै पार्टी विशेषका नेताको नाममा विभिन्न योजनामा खर्च गर्न हुँदा जनप्रेमी राजाका नाममा उनकै सम्पत्ती खर्च गर्नुपर्छ । दलका नेताहरु किन वीरेन्द्रको सम्पत्तिबाट गर्न लागिएको समाजसेवी काममा वीरेन्द्रको नाम जोड्न चाहन्नन् । यो त साह्रै कृतघ्न काम गरिरहेका छन् दलहरुले

  12. I agree with some of the comments above. I think the new Government should restart the case and let the truth come out to the public. By the way, can anyone please tell me why all these so called political leaders and others related to previous regime, are so eager to destroy the documents from Narayanhiti Royal Palace??We want to know their truth as well……..

  13. Ranabhat le yedi testo nai report dinu thiyo bhane baru tyo jimma nai naliyeko bhaye hune hoinara? Unlai pani k bhut chadhechha kunni? Unko childish behaviour dekhda ta malai pani ris uthyo. He is foolish ……….

    RP Poudel
    Wasington DC

  14. I feel so bad to hear this once again . my heart goes boiling . u can see that man …taranath..just like making fun of the incidence . i feel like holding his neck and give him a slap .

  15. हो म पनि किश्वोर जि र सरु जि को कुरमा एकदम नै सहमत
    जनछु अनी यो तारनथ राणाभात लाई त झुन्दएर मार्नु पर्ने सार ले हेरिरहेको टि.भी म उसले झुतो बोल्न सक्ने तेस्लाई सम्झेत अहिले पनि शरीर को रगत तातेर बसी नसक्नु हुन्छ । सार जनता रोइराखेको बेला म त्यो चोर हासी हासी झुतो बयान दिदई थियो त्यो सिन सम्झयो भने उमेश जि मलाई त बसी नसकनु हुन्छ । तेस्को बयान उमेश जि एकदम सचएर रखानुस् र हरेक जेष्ठ १९ को दिन एक चोटि प्रकाशन गर्नुस कि जसले गर्द सबई जना ले त्यो भाते लाई नबिर्सियोस ।

  16. त्यो काल रात्री अहिले संझादा पनी मुटु चिरियेर आउछ.रानाभात्त साची नै सोहमत नभएको कुकुर हो.

  17. Yo pagal Ranabhat kata cha ahile sanchai?
    Namo nishan chain ba.
    yo vdo herer ta ranabhat pakkai pani pagal ho jasto lagyo.

  18. त्यो हत्याकण्ड पनि सत्ताको खिचातानिको पारीणाम थियो जो यस् भन्दा अगाडि पनि बिभिन्न बेलामा नभाको होइन, दरबार भित्र हत्याकाण्ड्को ईतिहास त्यो पहिलो होइन उनिहरु अपासमा एक ले अर्कालाई खतम गरेर शासनमा आफ्नो बर्चस्व देखाउन खोज्ने प्रभितिको सिकार भएका हुन,

    तमु मेक

  19. जेष्ठ १९ को त्यो कालो रातलाई कुनचाँहि नेपालीले भुल्न सक्ला र खै!?सायद त्यसैको प्रतिफल नै होला आज नेपाली जनताले राजसंस्थाको अन्त्य नै गरी दिए, त्यो नै जनताको सम्पूर्ण जित भनेर म जस्ता कैयौँ नेपाली आस्वस्त हुन सक्दैनन् यदि हामी नेपालमा साँचो गणतन्त्रका लागि लडि रहेका छौँ र हाम्रो लडाईं वास्तबमा अन्याय र अत्याचारका बिरुद्द हो भने नेपाली जनाता एक पटक अब राजा बिरेन्द्रको वंश नाश गर्ने हरुलाइ वस्तबिक सजायका निम्ति सडकमा उत्रिनु पर्दछ। किनकि संसारमा न त मान्छे न राम्रो हुन्छ न त संस्था नै तर यदि नराम्रो हुन्छ भने त त्यो हो उस्को ब्यबहार हरू नेपालीहरूले यो बिर्सनु हुन्न कि राजा बिरेन्द्र नेपाली जनताको बिरुद्द थिए र उनि पनि राज्संस्थाका अन्य काला सोचका मध्य थिए भनेर सोच्नु हामी नेपाली हरूकोनैतिकता हैन किन कि २०४६ मा प्रजातन्त्रका लागि लड्ने नेता जि हरूको तुलनामा त राजा बिरेन्द्र उदार हुन् बहुदलिय प्रजातान्त्रिक व्यबस्था उनले नै दिएका हुन् खोसेका उनिले हैनन्, जसले खोस्ने काम गर्यो त्यसको मेसोमा राजा बिरेन्द्रलाइपनि जोडेर केवल रसंजसंस्थाको नामभित्र बाट सोक्नु अन्याय हुनेछ किनकि नेपाली जनता पराक्रमी छन् जसले जे दियो त्यसको मुल्यांकन गर्न सिपालु छन्। त्यसैको त प्रतिफल हो जुन आज हामि संधिय लोकतान्त्रिक गणतन्त्र नेपालका जनता हुने सौभाग्य प्राप्त गर्न सफल भएका छौँ!!

  20. Stupid man! No sense of humor or had something spoiled his demag. He was taking such a sensitive report like a joke. Something must be behind this scene though.

    I’ll better ask for reinvestigation of this case.

    Taranath might have got millions of rupees doing this bullshit acting but he himself spoiled his political career and tarnished the Nepali history.

    May God help us to find out the mystery!

  21. rat tat rat…. rat tat rat…. rat tat rat…. english dictionary ko proverb haru ma rakhna paryo…. naya phrase ho…. tara nath ranabhat ko invension.

  22. bhat को खसी किन्दै नकिन्नु , किन्यए पछी कत्एर खै हल्नु भन्नए उखान छ नि .
    त्यो भात् गतिलो मान्छे हो र, तेस्लाई लाई……………………

  23. यिनीले यती पनि बिचार पुर्‍याएनन कि सारा नेपालीले ज्ञानेन्द्र शाहलाई नै मुख्य हत्यारा मान्दै छन|बलेको आगो ताप्ने नेपाली परम्परालाई यिनिले पनि निभाए र आफ्नो राजनीतिक जिबनलाई सधाका लागि तीलान्जली दिए|
    समय र परिस्तिथीलाई यिनिले बुझ्न नसक्नु ठुलो भूल थियो |

  24. u knows guys, i just don’t want to see the face of that crap.
    btw, as kishor said, we should have gone with Shruti’s daughter to save monarchy before.
    kishor bro, u should have come up with this idea before man.

  25. वास्तवमा रानाभाट यहि भएर सकियाे ।

  26. to tara lai aaja bholi khya bhatincha ho maro ki yo sansar ma cha kasto ris uthudo ho kati khushi bha ko yo darbar hatya kanda sabada ma to pajal taranath lai ramero saga tha cha tai bhyara ycl ra aru sabai le tashlai samaunu parcha hai sathi ho to sale tara nath bhatatatat lai aba janta le bhatatatata parnu parcha kina ki des 10hajer manche marne khal yo sale haru le gagare ko chan brindra sarkar bha ko bha sayad yasto hudai na tho

  27. यो तारा नाथ रानाभाट लाई कूहेको मनिस भन्दा कस्तो होला? वास्तबमा त्यो मनिसको Acting हेर्न लायक छ, यसलाई नेपाली जनताले पछी पछी सम्म सम्जने छन।

  28. My god, I can’t believe that Nepal had a Parliament Speaker who did not recognize the sensitiveness of the moment and conducted a press conference as if he was acting the role of a stupid comedian in a third-grade movie. Look at the way he read the English communique and dwelled on “Rat Tatatat, Rat Tatatat..” ad infinitum. Geez, if this is the kind of politicians Nepal will continue to have, I have little hope for our future. God bless Nepal.

    Needless to say, Ranabhat looked like a stupid joker. What a shame for Nepal.

  29. ऐ भाट तैले कतिमा बेचिस ऐ त्‍यो माईलालाई आफ्‍नो राजनिती ?

  30. त्यो bhat,
    तेस्लाई मर्मा भन्ने नै थ रहेनछ, देश रोएको बेला तेस्को रत रत रत सुन्द त कन्चेत को रौ ततेको थियो, तर क् गर्ने, पगल ले भनी रह्यो, हामीले सुनी रहेउ,

  31. एउटा कुरा नेताहरुले गल्ती गरेका छन। यो गणतन्त्र पनि जेष्ठ १९ गते घोषणा गर्नुपर्ने हो।किन भने राजतन्त्र जेष्ठ १९ मा खतम भएको थियो। जुन दिन बिरेन्द्र को मृत्‍यु भएको थियो।

  32. ज्ञाने लाई अब निन्द्रा लाग्ने ओखती बिना रात काट्नै नसक्ने कुरा लगभग पक्क छ बिचर तर खोइ के बिचरा भन्ने ज्यानमरलाई
    bb

  33. All but lies, the truth must come out one day and its about time we start seeking, nothing will be more favourable than the present politcal context………..

  34. यस्तो दुःखको घदिमा पनि तारानाथ रानाभाते खुशी भएको देख्दा त अचम्म नै लाग्यो उसले पनि त्यो भटट ले गर्दा राजनितिक मृत्यु भोग्नु परेको हो

  35. भिडियो को लागि मुरी मुरी धन्यवाद माइसन्सार टिमलाइ

  36. किशोर जि को कुरमा म पनि सहमत छु |बिरेन्द्र को २ नातिनिहरु छन तेसैले बंस नाश भयो भन्न मिल्दैन |अहिले को युग्मा माइसन्सार जस्तो लोकप्रिय ब्लगले एस्तो कुरा लेखे पछी | सर्बसाधारण जनताले बंसको लागि सधैं छोरा कुरेर सन्तान बढाउने छन |तेसैले लेख्दा एस्तो कुरा पनी बिचार पुर्याउनेकि ?

  37. I do not think that prince Deependra murdered all royal family. It is only a rumor. Dal ma kuchh kala hai. I am hundred percent sure that ex king Gyane is liable to master design this unexpected royal masscare. i suggest first to hang Tara Nath Ranabhat at Tudikhel who supported king and gave misinformation to nepali people.

  38. A mysterious history. I think the most important question is now not who killed but why it happened? I really want to know why? I don’t believe it is just to overcome on power. It might have something very very strong influence or desire. The desire like one have no way of life, the desire like you are captured and you have only one way either surrender or kill. It is violent and with very strong desire. If just for power, then it could be many years ago. The time period of incident seems to be very challengeable.

  39. hahahhahahahahaha omg so funny ratatat ratatat ratatat gr8! wht the freak its like a joke to them.

  40. umesh jee, yo tara natha pagallai ramrari kinyo hobe le.jasta lai tasti. commend dine kura nai chhaina.

  41. मलाई अझै पनी तारा नाथ ले गरेको त्यों एक्टिंग सम्झिन्दा अझै पत्यार लाग्दैना
    तेती दिमाग त उसंग पनी छ की येस्तो गर्नु बेवकूफी हो तै पनी उसले गर्यो किन ???
    मेरो बिचार दरबार ले जुन्किसिम ले बाध्य बनाएको थियो होला तेस्लाई पागल झै गरेर हावा म उडाको हो की
    जस्तो लाग्छ तेती बेला घम्भिर भयेरा उत्तर दिनु भन्दा तेसरी प्रस्तुत भएर सांकेतिक रूप म अफ्नो मज़बूरी ब्यक्त गरे जस्तो लाग्छ
    तेस बेला को दरबार लाई कल्पना गरुण न जे पनी हुना सक्थ्यो प्राण त उसले पनी बचौनै पर्यो
    सायद डॉक्टर देवकोटा ले पनी घ्यार घ्यार गर्दै च भनेर

  42. तारानाथ राणा भाट वा भात ? ? जस्तो नाम उस्तै काम ….मान्छे हेर्दै दंगा प्रहरी जस्तो छ कसरी सभामुख हुन पुगेछ कस्तो बिडम्बना ? यस्ते ले त हो देश बिगार्ने ….कुन कुरो कहिले , कसरी कहा बोलने था छैन ?

  43. marne ,katne and khane nepal ma simple ho. Maobadi and king manchey marna sipalu chhan, congress and communist khane kura ma sipalu chhan. MALAI TA BELIEVE NAI CHAINA ABA NEPAL MA YEKDAMAI BIKAS HOLA BHANERA.

  44. यो बन्श नाश वने शब्द सँग मेरो दिमाग जहिले पनि चक्रौन्छ । हाम्रा नेता हरु अनी महिल अधिकारबदी हरु कहाँ अन्मरिन्चन जब बिरेन्द्र को छोरी पत्ती को छोरी हरु सग्लो हुँदा हुँदै । के बन्स हुन छोरा नै चाहिन्छ? मेरो सानो दिमाग ले त छोरा छोरी समान देक्छ बाँकी हाम्रो माइ संसार को बुज्जक्कद पाठक र कमेन्ततोर हरु कै जिम्मा। हुनु नपर्ने घटना घतएर ज्ञाने ले अहेले चेतेको छ तर बिरेन्द्र को बन्सनश भन्ने हरु लाई फेरी पछी छोरा नपाएर आफ्नो पनि बन्सनश वन्नु पर्ने होल है मित्र हरु ।

  45. i dont like to write more comment on this such a historic manial decision made by the committe, headed by Tara nath Ranabhat.It mislead the upcoming generation thorugh the imaginary and vanial(waiyat) proposal prepared.
    Ranavat lai kalo moso dalnu par6……..ani ghumaunu par6 kathmandu city………………

Comments are closed.