जागिर- नेपालदेखि अमेरिकासम्म

मेरो बाजे जागिरे थिए रे । बाले पनि जागिर नै रोजे जिविकाका लागि । त्यसैले म परेँ खानदानी जागिरे । जागिरमा मेरो लामो अनुभव छ । नेपालमा मैले सरकारी, अर्ध सरकारी, नीजि र गैर सरकारी सबै क्षेत्रमा काम गरेकोछुँ । युरोप र अमेरिकामा पनि सरकारी, गैर सरकारी र नीजि क्षेत्रमा कामको अनुभव बटुलेकोछुँ । यहाँ त्यसैको एक झलक प्रस्तुत गर्ने जमर्को गर्दैछुँ । जागिरका बारेमा बहस र विश्लेषण यहाँको जिम्मा ।

ब्यास, अमेरिकाबाट

मेरो बाजे जागिरे थिए रे । बाले पनि जागिर नै रोजे जिविकाका लागि । त्यसैले म परेँ खानदानी जागिरे । जागिरमा मेरो लामो अनुभव छ । नेपालमा मैले सरकारी, अर्ध सरकारी, नीजि र गैर सरकारी सबै क्षेत्रमा काम गरेकोछुँ । युरोप र अमेरिकामा पनि सरकारी, गैर सरकारी र निजी क्षेत्रमा कामको अनुभव बटुलेको छु । यहाँ त्यसैको एक झलक प्रस्तुत गर्ने जमर्को गर्दैछु । जागिरका बारेमा बहस र विश्लेषण यहाँको जिम्मा ।

यक्ष प्रश्न
पोहरसाल नेपाल फर्केको थिएँ । तीन हप्ताको संचित छुट्टी राम्रै सदुपयोग भयो । धेरै आफन्तहरु र साथीहरु भेट्ने मौका मिल्यो । तीन हप्ता कसरी बित्यो पत्तै भएन । साथीहरु र आफन्तहरुले दुई थरिको प्रश्न गर्थे- कति तलब पाइन्छ अमेरिकामा ? दस बाह्र हजार डलर त महिनामा हुन्छ नै होला ? र यस्तै प्रश्नहरु । यी साथीहरु नेपाल मै महिनाको दुई तीन हजार अमेरिकी डलर कमाउँथे, विकासे आयोजनाहरुमा । हुन त मैने छोटो समयमा नै एउटा अन्तरराष्ट्रिय गैर सरकारि संस्थामा काम पाईसकेको थिएँ । तर त्यति तलब भने थिएन जति उनीहरुले भनेका थिए । केही महिना त सानो स्टोरमा समेत काम गरेको थिएँ । त्यो बताउने हिम्मत भने भएन । यतिकै टार्ने जवाफ दिन्थेँ- खान लगाउन पुगेकै छ । बच्चाहरु पढाएकै छुँ- यस्तै यस्तै । उनीहरुले के बुझे कुन्नी ?

अर्को थरिको प्रश्न भने अविश्वनीय थियो । यस्तो प्रश्न गर्लान् भन्ने मलाई कहिल्यै लागेको थिएन । अलिकति चित्त पनि दुख्यो मेरो अवमुल्यांकन गरेकोमा । अलि नकरात्मक खालकै प्रश्न थियो त्यो । शायदै म यसलाई विर्सौँला । तर एकजनाले मात्र हैन केहीले यस्तै प्रश्न सोधे पछिभने अमेरिकामा बस्ने नेपालीहरु प्रति उनीहरुको धारणा कस्तो रहेछ भन्ने राम्ररी बुझियो । त्यो प्रश्न थियो- अमेरिकामा तिमीहरुलाई खान त पुग्छ ? उनीहरुले सोचेका रहेछन् यहाँ त नेपालीहरु भाँडा माझेर खाँदारहेछन् । खै कसको दोष ? उनीहरुको कि यहाँ रहेका नेपालीहरुको जसले यस्तो सोच जन्मायो । तपाईँ नै निर्णय गर्नुस् ।

कामको खडेरी
के अमेरिकामा साँच्चैकै कामको दुख छ त ? छ महिना अघिसम्मको कुरो गर्ने हो भने शहरहरुमा कामको खासै खडेरी परेको छैन, सानो काम त जत्ति गर्छु भनेपनि छ । मैले चिनेका कत्तिले त तीनवटा कामसम्म भ्याउँथे । धेरैले दुईवटा काम गरिराखेका छन् – कसैले करले कसैले लोभले । एउटै कामले पुग्ने भाग्यमानीहरु पनि कम छैनन् तर उनीहरु नेपाली जमघटहरुमा कमै देखापर्दछन् ।

सानो काम ठूलो काम
अमेरिकामा काम ठूलो पद हैन भन्ने उक्ति छ । यसो हेर्दा सारै राम्रो जस्तो लागे पनि मलाई भने गोरेले प्रवासि (Immigrant)ले सानो काम नगर्देला भनेर यस्तो उक्ति निकालेका हुन कि जस्तो लाग्छ । जे होस् । मेरा एकजना मित्र भने काम भनेको ठूलो सानो हुँदैन भन्दै सानो काममा झुण्डिराखेका छन् । अब यी मित्रलाई कसले सम्झाओस्- सोच त ठूलै बनाउ मित्र ! Think Big! ठूलो सोच नै नराखे ठूलो काम कहिले पाइन्छ मित्र !

लिखित कि मौखिक
जागिरका बारेमा एउटा कुरामा सबैको एकमत होला- जागिरमा पस्न गाह्रो छ न कि टिक्न । जागिरमा पस्ने कुरामा म चाहिँ अलि भाग्यमानी । नेपालको पहिलो अस्थायी जागिर त नियुक्तिपत्र हुलाकबाट घरमा आएपछि हाजिर हुनगएको थिएँ करिब तीस वर्ष पहिले । यो त अब एकादेसको कथा जस्तै भैसक्यो । स्थायी जागिर भने लोकसेवाको लिखित जाँचमा दरो धसकाय पछि प्राप्त भयो । अन्तरवार्तामा चाहिँ अलिअलि दौडधुप गर्नुपर्यो । लिखित कै कारणले म अब्बल तीन मध्येमा पर्न गएछु । लिखितले मलाई अहिलेसम्मसाथ दिएकैछ। अमेरिका आएपछि पनि लिखित जाँचले बचाएकै छ । गोरे बोल्नमा सिपालु हामी ज्ञान र प्रविधीमा । हैन र ?

शिफारिस र पुरस्कार
कस‍लाई जागिरको लागि शिफारिस गर्नुस् र नगद पुरस्कार पाउनुस् । आहा क्या मज्जा । आफ्नो मान्छे राख्न नि पाइने पुरस्कार पनि पाइने । हो यस्तै नीति छ मैले काम गर्ने संस्थामा । कर्मचारिले योग्य ब्यक्तिलाई शिफारिस गर्न पाइने जागिरका लागि । कति सम्म भने आफ्नो श्रीमती, छोरा छोरीहरु समेत शिफारिस गर्न मिल्ने । अनि आफूले शिफारिस गरेको ब्यक्ति नियुक्ति लिन सफल भयो भने आफूले नगद पुरस्कार पाइने । एक अध्ययनबाट के सिध्द भएछ भने यस्ता शिफारिसबाट आएका ब्यक्तिहरु काममा बढी टिक्दारहेछन् । यहाँ राम्रै ब्यक्तिलाई मात्र शिफारिस गर्ने चलन भएकोले यो प्रथाले राम्रै काम गरेकोछ । यहि नीति नेपालमा चलाउने हो भने मंत्रीहरुले कमाउने र उनका मान्छेहरुले मात्र जागिर पाउँथे होला । कि कसो ?

ठूला हाकिम
नेपालमा हुँदा ठूलो हाकिम भेटिएला भन्ने पीर । यी हाकिमहरु कसले कसरी आफूलाई नमस्कार गर्छन् भन्ने खूब नियालेर हेर्दछन् । मदन कृष्ण श्रेष्ठले भने जस्तै यी हाकिमहरु धनुषटँकार नमस्कार गरेमात्र रमाउँछन् । बक्सियोस् र हजूर भन्दा तलको भाषै बुझ्दैनन् यीनीहरु । गणतन्त्र नेपालमा चाहिँ कस्तो छ कुन्नी यी हाकिमहरुको ताल ? हाकिमहरुको ताल भने गजबको छ यहाँ । हाम्रो संस्थाको प्रमुख कार्यकारी अधिकारि (CEO) बरोबर भेट हुन्छ लिफ्ट चढ्ने बेलामा । सधै यो बुढो एक पाइला अगाडि सरेर Good Morning , How are you doing ? भन्छ । मजा चाहि यिनलाई Good Morning, Jim भन्न पाइन्छ । न हजूर भन्नु पर्छ न ज्यू मर्जिहोस् नै । न त खुसामद, न त चम्चागिरि नै गर्नपर्छ । आफ्नो काममा लागे पुग्छ ।

उत्तम सर्वोत्तम
Excellent! Great!! यी शब्दहरु धेरै सुन्न पाइन्छ अमेरिकाको जागिरमा । केही गर्यो गोरेले Excellent! Great!! भनीहाल्छ । सानो काम गर्दियो फेरि Excellent! Great!! यो भन्दा तलको शब्द नै प्रयोग गर्दैनन् यहाँका हाकिमहरु । अनि के चाहिँ Good / Very Good त ?
के सबै काम जहिले पनि Excellent! Great!! हुन्छ ? के हामीले सधैँ Excellent! Great!! काम मात्र गरिराखेकाछौ त ? यी शब्दहरुको शाब्दिक अर्थतिर मात्र लाग्नु भएको छ भने होस् पु-याउनुस् । नत्र फेरि Excellent! Great!! बाट चिप्लिन पुग्नु भयो भने कहाँ पुगेर पछारिनु हुन्छ थाहाछैन ।

मैले यहाँ आफ्ना अनुभुतिहरु मात्र राख्न खोजेको हो । कुनै कुरा ठीक बेठीक, राम्रो नराम्रो, असल खराब वा कसैलाई ज्ञानगुन दिन खोजेको चाहिँ हैन । तपाईँलाई मेरा यी अनुभुतिहरु कस्तो लाग्यो Excellent! कि Great!! अस्तु ।।

67 Comments

  1. त्यति राम्रो लेख चाहि हैन तर गाली गर्नु पर्दैन

  2. हाइ सम्पूर्ण साथीहरु कृपया मलाई आइ पि पत्ता लगाउने तरिका सिकाइ दिनु भएमा आभारी हुने थिए। रमेश

  3. ए साथीहरु हो, जस्ले जे जान्यो तेही लेख्यो। अर्कालाई नराम्रो भन्नेले राम्रो लेखेर देखाये भयी हाल्योनी। किन आफुमात्रै विद्द्वान ठान्नु नि? लेख राम्रो छ। तपाईं ले ठानेजस्तो सर्बोत्तम न होला, तर किन गालीगर्नुहुन्छ?
    Arjun

  4. Lekh lai naramro bhanna mildaina tara k garne lekh matri descriptive matri bho. Kunai critical kura dina sakeko chhaina. Tara prayas ramro chha.

  5. Dear Writer,

    Where do you work? Can you rever me “SIFARISH”? i will get job you will “Puraskar”. Win win.

  6. Dear all,

    If you are not agree with author or unsatisfied with his/her article you might go ahead and put your decent opinions, comments. Whatever, Use of loose foreign languages such as BULL SHIT, CRAPS, WTH, WTF and bla..bla.. are the sign of your nil civilization and well-built inexpert. I didn’t get how your parents would be proud with you as you learned only some of these awful words so far. It is not important where you live and what is your business but you should learn first how to be a civilized person.

    “Give respect first to be respected”

    Besides, the article has explored author’s personal territory but at the same time it is pretty much informative for the ones who has never been to US.

    Som Basnet
    Victory, Liberty

  7. byas ji, hajur ko future ramro rahicha, badhai cha, ani hajur le bhannu bhyo, ki hajur le kehi samay sano store ma sano kaam gare bhanera, then again u told tht u didnt find any jobs or any post aren’t different in name of respect, this maks me feel tht not american instead you have tht diversity. coz you feel the difference,
    its not the way you describe about all nepalease afterall being in america or having good job several places, still i didnt find y’re an experienced staff. you should be probably nepal ko hakim style same thing , money underneath table and just sign for a day then take salary and expect coffee from your juniors..
    its all crap i think, next time when u write something pls remember that there’re lots of nepalese in USA or anywhere else doing much better then you are and lot less then u are.. so please think macro not only urself..
    all the best.

  8. Although I like the flow and content of this article, it is disappointing to see that the author has thinly veiled his “superiority complex”. To mention things like “sathiharu 2-3 hajar dollar Nepal mai kamaunchhan”, “chhoto samayama nai antarastriya gair sarkari sansthama jagir payeko”, “lok sebha likhit ma top 3 ma parna gayechhu” etc. Those personal information were not needed at all. The article would have been more objective otherwise. Also, the use of the word “Gora” shows the writer has not been able to overcome his prejudice just yet.

    Nevertheless, nice try but please next time try a more objective line.

    Best Wishes.

  9. good job….people who disagree with this should realize that this article is not for people in US. This is for people out of US who needs to know this, especially so called big boss (haakim) in nepal…..

  10. लागेको कुरा लेख्नु भयो धन्यवाद छ खान्दानिको मान्छे हुनुहुदो रहेछ भुँडी पनि निकै ठुलो होला । लेख अती सामन्ती बादी केन्द्रित भएको जस्तो लाग्यो । ९९ पर्सेन्ट नेपालीको प्रतिनिधित्व गरेको छैन लेख्ले यहाँत एक पर्सेन्टमा पनि नपर्ने मान्छेको हाँक देख्न पाइयो ।ती मान्छेहरु जो नेपालमै दुई हजार को हाराहारी doller कमाउछन ति मान्छे त राम्रै हुन भन्नु पर्छ किन भने कमाएकै छन नि होइनर ? तर एउटा गरीबको कुरा गरौ गाउमा doller होइन नेपाली पैसा तीन हजार कमाउने कती होलान कल्पना गर्नु भएको छ व्यासजी ? अतियन्तै न्युन छन ति बाबुराहरु अब भन्नुस् ति मान्छे अमेरिका आएर दुई हजार दोल्लेर कमाए भने राम्रै मान्नु पर्दैनत ? हो अमेरिकामा त त्यो दुई हजार धेरै न्युन हो तर कसरी नेपालीले चै बार हजर्को हाराहारी मा कमाउनेत जबकी यहाँको सरकारको न्युनतम wage नै सात डल्लर पर्न आउछ य यहाँका अरबौ immigrant ले कमाउने रकम यहिहो । जबकी यहाँका गोरा र काला जातिहरु पनि यही रकममा काम गरिरहेका हुन्छन ,गरिबी भन्ने त संसारमै ब्याप्त छनी होइनर व्यासजी ? तर पनि आफुले खुबिले भ्याए सम्म त गर्नुनै पर्छ राम्रो जागिर कसरी पाईन्छ ? कहाँ पाईन्छ ? के सब्जेट पड्दा दिमान्द छ ? यो बिचार गर्नै पर्छ । जहाँ गए पनि परिस्रम गर्नै पर्छ तर जस्ले जे भने पनि अमेरिकामा नेपालीको भबिस्य भने राम्रै छ खाडीमुलुक्को र स्वोदेश्को तुलनामा अरुले जे भनेपनी म भने यहाँका नेपाली धेरै खुशी देख्छु । व्यासको खान्दानी भुँडी र उन्का साथीहरुको उन्लाई गर्ने व्यबहारमा राम्रै हाँसो पाएँ मैले , ठुलो भुँडी र माझौला भुँडी गफ गरेको रोचक छ ।यो संसार मै यो चलन छ के गर्ने ?

  11. its a notice to every viewers of my sansar>>

    hamila sadhai comment dinu ma matra time waste nagarau.. every month ek patak donation tira pani harau>>>>>> blog ta continue garnu paryo ni>
    shuvachintak of mysansar>>>

    great blogsite i like it very much>>>>>>

  12. ब्यास जि, आफ्नो अनुभब लेख्नु भएको रहेछ तर प्रस्तुति चाहि पटकै भएन है। जानि जानि यस्तो लेख्नु भको हो कि लेख्न नआएर यस्तो भको, त्यो त थाहा भएन। तर सरै धमन्ड देखिएको छ लेखमा। यसो लेख पढ्दा त राम्रो बौद्धक तहमा हुनु हुन्छ जस्तो छ त्यसैले तपाईको लेख तपाईकै ब्यक्तित्बलाई सुहाएन जस्तो लाग्यो।

    [ सुझावको लागि धन्यवाद आगामि ब्लगमा तपाईँको सुझावलाई मनन गर्नेछुँ । त्यसतो आशयले लेखेको चाहि हैन । कसैलाई यस्तो लाग्न गएको भए क्षमाप्रार्थि छुँ ]

  13. पियन्देखी हाकिम सम्म घुस्को पछी पछी काम गर्नु नै छैन बिना घुस अनी कस्ले के का लागि great job ! excellent job!! bhanne?

  14. लेख अलि आत्मरत्तिमा रमे जस्तो लाग्यो । हो कामको सम्मान गर्नु पर्छ। कुनै पनि काम सानो र ठुलो हुंदैन तर यसो भनेर डाक्टर इन्जियरले रेष्टुरेन्टको कुक, वेटर र मसाल्चिको काम गर्छन भने त्यसलाइ सामान्य मान्न सकिंदैन।

  15. i think mysansar is being crap these days publishing useless articles desh ma aatro bhai rachha desh ko bare chapnu kaha cha kaha useless article matrai chapirachh……………….. i am sorry but thats what i feel………

    [ Mero Sansar: It’s not a News site, It’s Blog… I hope you have seen this at the begining of the Mysansar.com page]

  16. म त कमेन्ट लेख्दिन,लेख पढ्छु मात्रै। किनकी यन्हा फरक बिचार राख्नेलाई तथानाम गाली गर्ने चलन पनि छ,सुदीपजीले गरे जस्तै।

  17. Yeah Mr. Byaas i have been hearing a lot about the most of nepalese what they really do. We feel a shame doing the same in Nepal, right ? Come on we have already started saying ” Excellent & Great ” long time ago. Isn’t great ?

  18. yak damai bekar ko ,yas tapai ko yatama ratee bhayak kahee panee 6ena.nepal ra nepalee lai jalee garnu tapai afnu bdap pan chunu hunuhudo rahe6 .tapai afai hanu bahyo ki tapai lee nepal ma sarkaree garer khanu bhayao ree ,tasai lee yo prasta 6 ki tapai panee paila haju ra hajureya ruchunee manchee hoo thayee chakdee ko bhar ma aheelee america sam ma kaha pugnu bho,to sabai bhulnu bho,

  19. नेपालमा पनि YCL ले :-१)जनता हत्तया गरेपनी २) चन्दा असुलेपनी ३) tender मा धन्जली गरेनी जे जे गरेपनी पार्टी ले Excelient,goodjob पाएकैछन। होइनर?

  20. malai americako barema phurti garne haru dhekhi hate lagcha,aafno desh ma kehi garna nasakera bahira jane haru dhekhera pni hate lagcha.kaha kaha bata indain haru aayera nepal ma croedau paisa kamayera bharat laijhanchan tara nepali haru msc garna bahira nai jhanchan kina?atlast
    timile desh lai k deyeko theyo ra timi desh sanga k aasha rakhchau.pahila deshlai kehi dinu ani matra desh bata kehi aasha rakhnu?natra

  21. It could be excellent if someone doesn’t know about USA and its environment. For me, it is a piece of shit.
    Thanks.

  22. तितो सत्य, तेसैले धेरैलाई मन परेन यो लेख।

    तर नेपालमा धन्यवाद भन्ने चलन छैन, धन्यवाद सर भन्यो भने ,हाकिम साब रिसाये जस्तो गर्छन्, तिनलाई लाग्छ कि त मुला लैरेले मलाई धन्यवाद भन्न्ने।
    अनी EXCELLENT भन्ने त (वा क्या राम्रो काम ) चान्स नै छैन।

  23. पढ्न मज्जा लाग्यो तपाईंको ‘लेख’। वास्तवमा कुनै पनि कामलाई सानो वा ठुलो भनेर तुलना गर्नु उचित् हुदैन। चाहे भाँडा माझ्ने काम् होस् या इन्जिनियर होस्। परिश्रम जस्ले गर्छ उस्को ईज्जत-सम्मान हुनु पर्दछ ।यहाँ यूरोपमा पनि काम गर्नेलाई इज्जत साथ हेरिन्छ तर काम नगर्ने जो सरकारबाट भत्ता खाएर दिन बिताउछन उस्लाई घृणाको भाबले हेरिने गर्छ । तर दुखको कुरा हाम्रो नेपालमा भने त्यस्तो हुँदैन । आर्काको काम गर्ने या तल्लो स्तरको काम गर्नेलाई होचुवा व्यबहार गरिन्छ त्यो एक्दमै नराम्रो पक्ष हो । अन्तमा लेखकको एउटा कुरा उल्टो पर्यो कि जस्तो लागेको छ। जस्तो ‘गोरेहरु बोल्नमा सिपालु हामी ज्ञान र प्रबिधि सिपालु’ -सायद तपाइले भने जस्तो हामी गोरेहरु भन्दा ज्ञान र प्रबिधिमा सिपालु भएको भए हामी उनिहरु भन्दा पहिला चन्द्रामा पुगेको हुन्थ्यौ होइन र? वास्तवमा नेपालीहरु बोल्नमा सिपालु छन ज्ञान,सिप र प्रबिधिमा चाँही गोरेहरु सिपालु छन त्यसैलेत उनिहरु हामी भन्दा सय बर्ष अगाडि पुगेका छन् नि।

  24. Byas ji tapaiko aba na bhuto na bhawishya hunchha hai yasto patyar lagdo ra mapaitto jhalkane lekh lekhnu bhayo bhane. Be aware of that dude.

  25. Mr Sudeep, You are an arrogant piece of crap. Remember you can positively say the thing you are not agreed to. You don’t have to be a moron.

    Writer is not tried to educate you or any Nepali, he is simply putting the facts for the readers. If you don’t like it or not agree with writer, say so, but don’t be so rude.

  26. malai chahi yo article thick lagyo hai,, USA ko bhaneko kura haru ta sabai thickai nai lekhiyeko cha jasto lagyo.. tara sabailai kaam pauna chahi teti sarho sajilo chaina jasto lagyo hai,, student harulai yeta tira garho nai cha kaam pauna,, aru ta think BIG bhanne kura chahi ekdum thick lagyo hai,, “that is true hai”.. la aru ni lhekdai garnu ,,

  27. म तपाई संग सहमत छू. मेरो एक घटना, म भर्खरै university of westminister भर्ना भएको थिए आज भन्दा ६ बर्ष पहिला, मेरो पहिलो assignment(project work) माँ धेरै नै त्रुटी भएछ.prof ले excellent but भनेर १ दर्जन त्रुटी निकालीदियो. यो उत्साहित गर्ने तरिका मलाई टी अति मन पर्यो. हामी नेपाल माँ जानेन भने बिधार्थी लाइ गाली गर्छौ , तर यहाँ प्रोत्साहन गरिन्छ. यो कुरा नेपाल का तमाम शिक्षक ले सिक्नु पर्ने कुरा हो.

  28. I think sometimes there is a huge conspirancy and a large hidden interest behind the sweet words ‘excelant and great job’. No doubt that these words have immense values to keep the people always motive and make a healthy environment in the team work. .

  29. Not bad , यो कमेन्टमा केही सत्यताहरु लुकाइएको छ । शायद लेखकको {चिनेको छैन्} नहोला तापनि अरु साथिभाइहरुको मर्का बुझ्नु भएको रहेछ।
    आउनुहोस् साथीहरु अनुभव संगाल्नुस ।

  30. Dear Sudeep,

    Nepal is one of the corrupted country and uncivilised as people like you are NEGETIVE minded.Not Not only American but all Europian countries including developed countries have positive attitude with WELL DONE, Thank You, and no CHAKADI to HAKIM and all people are respected.

    Are you in Nepal or some where else what treatment would you get in Nepal if you go to Police,Tax,NAGARPALIKA bill sheet.But you will be respected if you go to US offices with dignity.

    LETS learn good thing from them.

    ALLOO

  31. people saying crap—-who has never seen USA(out from the door of Patel’s motel or Indian Restaurant.). The only thing they know is to attend ANA once a year(that is the only day they get off, unpaid) and drink. You can look past stories, every year, in the party, the hotel sells more whiskey than the whole year they sell.

    The people say this article good—is those who fall in that category and feel the same as the writer, when they roam back home on their vacation.

    The people they may say–excellent!! we have to look for John Doe from Nepal.

    Eeti.

  32. kohi ke kohi ke afuta pariyo anpad kaha amerokako sapana deknu padne belama gucha keliyo aba ke garnu keliyena bhannu chahi namilne kyaaaaaaaaaaa
    hahahahaha
    la la thik cha pargati gara keta hooooooooooo

  33. हेल्लो बी. बी. जी ,
    तपाईं कहाँ हुनुहुन्छ? यो roman मा नेपाली नलेख , नेपाली अक्षर मा कमेन्ट लेख , पढ्न सजिलो हुन्छ भनेर जती भने नि नमान्ने ( अबुझ भन्ने कि के भन्ने खै? ) कमेन्टर हरु को कमेन्ट चाँही तपाईंले नै उल्था गरी दिनु पर्‍यो।

    ए जती भने नि नभुझ्ने कमेन्टर हरु ( पहिले को ब्लग को पनि) बी बी जि ले तपाईं हरु को कमेन्ट उल्था गरिदिनु भये बापत एक पटक धन्यवाद चाँही दिनु होला है।

    महेश
    USA

  34. मलाई त पढ्न रमाइलो लाग्यो। मैले पनि अनुभव गरेका कुरा लेखमा परेका रहेछन। Great article!! लेखकले भनेजस्तो औपचारिकतामा मात्रै होइन, पढ्न रमाइलो लागेकोली साँच्चै भनेको।

  35. तपाईँ ko अनुभुतिहरु Bull Shit lagyo….piece of crap! sunnu bhha chha yesto phrase america ma? Bastai janus sunnu hunchha. Hopefully, you will then write something sensible rather than trying to educate nepali back home. May be people in your village, wherever you come from have not heard these phrases. People that went or go to good schools in Nepal and have access to cable TV and internet already know more than what you have described in your piece of crap!

    ( Even though you did not respect my feelings, I do respect your feeling not words you have used. I am not trying to educate people. I do not have that capacity. I am not trying to say what is right or wrong and what is good or bad. It is just my feelings. You have right to disagree with what I have written. )

Comments are closed.