फेरि घुँडा टेक्यो इटालीले

पछिल्लो पटक विश्वकप जितेर यसपालि फेरि उपाधि रक्षा गर्ने भन्दै आएको इटालीले अहिलेसम्म एउटै खेल जित्‍न सकेको छैन। पहिलो खेल उसले पाराग्वेसित १-१ को बराबरी खेलेको थियो। आज झन् वरियता क्रममा ७८ औँ स्थानमा रहेको फुटबलमा खासै पहिचान नभएको न्युजिल्यान्डले उसलाई बराबरीमा रोक्यो। खेल बराबरीमा रोकिए पनि न्युजिल्यान्डका लागि यो ठूलो सफलता हो र यो परिणामलाई अप्रत्याशित नतिजा कै रुपमा लिइएको छ। अझ न्युजिल्यान्डले सातौँ मिनेटमा गोल गरी अग्रता पनि कायम गरेको थियो।

नीलो कालो भो इटाली न्युजिल्यान्डसित हार चाखेर।



कर्नर किक हान्दा ड्यानियल डे रोस्सीलाई न्युजिल्यान्डका टोम्मी स्मिथले नलडाएको भए इटालीले पेनाल्टीमा बराबरी गर्ने अवसर पनि पाउँदैन थियो होला। २९ औँ मिनेटमा भिन्सेन्जो इयाक्विन्टाले पेनाल्टीबाट गोल गरी खेल बराबरीमा पुर्‍याएका थिए। अन्ततः त्यही परिणाम अन्तिम हुन पुग्यो।

न्युजिल्यान्डले विश्वकपमा इतिहास मै दोस्रो पटक अंक जोडेको छ। न्युजिल्यान्डमा रहेका माइसंसारका पाठकहरुले लेख्‍नु होला त्यहाँको वातावरण यो जितपछि कस्तो छ भनेर।

यो बराबरीसँगै ग्रुप एफमा इटाली र न्युजिल्यान्ड समान २ अंकमा रहेको छ। उनीहरुको गोल अन्तर पनि समान छ। पाराग्वे ४ अंकका साथ अग्रस्थानमा छ। यो समूहबाट कुन दुई टोली दोस्रो चरणमा जाने हो त्यसको अन्तिम टुंगो शुक्रबार मध्यरातमा हुने खेलले लगाउने छ। शुक्रबार एकै समयमा पाराग्वे र न्युजिल्यान्ड अनि इटाली र स्लोभाकियाबीच खेल हुनेछ। इटालीलाई स्लोभाकियासित स्पष्ट जित आवश्यक छ यदि अघि बढ्ने हो भने। न्युजिल्यान्ड सपनाको यात्रा गर्दैछ। उसलाई अब कुनै दबाब छैन, उसले सोचे भन्दा बढी उपलब्धि पाइसकेको छ। के थाहा, बिना दबाब खेल्ने न्युजिल्यान्डले न पाराग्वेलाई हराइदिने पो हो कि। फोटो सौजन्यः रोयटर्स

फ्रान्सका खेलाडी हड्तालमा

कति हाम्रो देशको मात्र हड्तालका दिक्कलाग्दो खबर सुन्ने! विश्वकप खेल्न गएको फ्रान्सको टोलीका सदस्यहरुले गरेको हड्तालको खबर पनि सुनौँ न।

समूह एमा रहेको फ्रान्स खराब अवस्थामा छ। दुई खेलमा एउटा पनि गोल गर्न सकेको छैन। एउटा खेल हारेको छ भने अर्को खेल बराबरीमा सकिएको छ। मंगलबार दक्षिण अफ्रिकासँगको खेल जितेर पनि मेक्सिको उरुग्वेबाट पराजित नभए फ्रान्स अर्को चरणमा पुग्न सक्दैन। तर फ्रान्सेली टोली आन्तरिक समस्याले समेत सताइएको छ।

कोच Raymond Domenech सँग मुखमुखै लाग्यो भनेर कोचले Nicolas Anelka लाई टोलीबाट हटाए। अनि त्यसको विरोधमा फ्रान्सेली खेलाडीहरुले आइतबारको प्रशिक्षणै बहिस्कार गरिदिए। प्रशिक्षणका लागि नियमित स्थानमा गए पनि उनीहरुले खेल्न अस्वीकार गरी हड्तालमा उत्रे।

अन्तिम खेलमा प्रभावशाली प्रदर्शन नगर्ने हो भने यस्तै नक्कली कप बोकेर घर फर्कनु पर्ने हुन्छ इटालीले

21 Comments

  1. फ्रांसमा खेल्ने सबै खेलाडीहरु बिदेशी नै हो l सेता भयेपनि इटली, स्पेन ,पोर्तुगलबाट आएका होला l तिनीहरुलाइ फ्रांस प्रति कुनै माया छैन l
    फ्रांसको खेलाडीलाइ फ्रांस भन्दा उनीहरु आएको देश नै मन पर्छ l त्यों उदहारण जिदान अल्जेरियाको खेल हेर्न आएको बाट प्रस्ट छन l फ्रेंच नागरिक लिएकोले जबरजस्ती खेल्न बाध्य होला l पैसाको लागि क्लबबाट नै मिल्लिओन्स यूरो कमाउन्छ l पैसा टन्न पूगी सकेको के मतलब l गरीब देश ब्राज़ील, अरजेंतिनाका; खेलाडी वर्ल्ड कप राम्म्री खेलेर यूरोपको क्लबमा जागीर पावूला की भनेर नै ताछाद मछाद गरी हिदेको हो l फ्रांसले उपनीबेश गर्दा थुप्रै गल्ती अन्याय कम्बोडिया, भिएत्नाम, अल्जेरिया, अफ्रीकामा गरेका थिए l

  2. There r more than 3000 professional soccorers in italy while in newzeland only 25. So if Newzeland draws with Italy then it must some kinda mystery. Great play by kiwis.

  3. इटाली संग को खेल मा goal बराबरी टुंगिनु नै Newzealand को लागि ठुलो उपलब्धि हो किनकि NZ फिफा ranking मा ७८ स्थान छ भने इटाली २००६ को फिफा game को winner नै हो. फूट बल को इतिहास मा खासै नाम नभएको राष्ट्र ले जे जति हासिल गरेको छ त्यो गर्ब गर्न लाएक छ. kiwis are proud of All Whites whatever thay have done so far

  4. tyo ta aru लै क ठ छ ra फ्रान्स त हातले पास नदिएसम्म गोल गर्न सक्दैन .
    नत्र फ्रान्स ठाउँ मा आएर्लंद ले राम्रो खेल गर्थ्यो .
    १९९८ मा कागे लागेको हो फ्रान्स लाइ

    • कागे हैन साथी , तेती बेला Zedane थियो french team मा

  5. थुक्क !!!!!! Italy,
    Defending Champion भन्नु पनि लाजमर्दो /

    बेकारमा ५०० रुपैया दुबाई दियो मोरोहरुले भन्या / हुन् पनि यिनीहरुको सैली नै अलिक झारे झारे छ भन्या, खाली अरुलाई गल्ति गर्नु लगाउने अनि free kick , penalty kick hanera गोल गर्ने सारै नै क्षुद्र नीति भन्या, तपाईहरु विचार गर्नुस त इटालियनले जहिले पनि अरुको गोल पोस्टमा पुग्यो कि भिड-भाड भएको र ball नै receive गर्नु नसक्ने स्थिति भएको ठाउमा मात्र pass दिन्छ अनि धक्का-मुक्की हुनु भन्दा अगाडी नै भए भरको खेलाडीहरुले दुबै हात उठाएर fowl -fowl भनेर चिच्याउनु सुरु गर्छन , छि छि छि /

    खुच्चिंग खुच्चिंग

  6. This FIFA world चुप 2010 is bringing very un-predicted and dramatic results… Many football powerhouse(from Europe) such as Germany, Italy, England, France, Portugal, Spain etc are not able to perform to their potential…

    एस्तो पनि हुन सक्छ कि अरु देशहरुको फूटबल इस्टरमा निकै सुधार हुदै छ र ठुला टिममा भएका ठुला ठुला नाम बीच समन्वयको कमि छ … वा हुन सक्छ बडी आत्माबिस्वास को प्रतिफल …. जे होश कडा प्रतिस्पर्ध हुनु राम्रै कुरा हो नि .. कि कसो साथीहरु …

  7. न्युजील्याण्ड लाई यसरि नहेप नपत्याउने खोला ले बगाउला / धन्यवाद

  8. फ्रान्स त हातले पास नदिएसम्म गोल गर्न सक्दैन .
    नत्र फ्रान्स ठाउँ मा आएर्लंद ले राम्रो खेल गर्थ्यो .
    १९९८ मा कागे लागेको हो फ्रान्स लाइ .

  9. NZ को आफ्नो लिग फुटबल छैन त्यसैले यहाका २०/२५ जना खेलाडी यूरोप र अमेरिकामा खेल्छन र त्यतिनै हो यहाका professional खेलाडीको संख्या| त्यसको तुलनामा इटालीको आफ्नै लिगका साथै इटालीमा अन्दाजी ४ हजार professional फुटबल खेलाडी भएको कुरा पत्रपत्रिका मा लेखिएको छ| यसरि यी दुइ देश को स्तरको कुनै तुलना नै छैन फुटबलमा| त्यसैले NZ को यो बराबरीले ठुलो हौसला मिलेको छ यहाका खेलाडीहरुलाई| एक रेडियो channel का अनुसार खेलको अगिल्लो दिनमा इटालीका कप्तानले एक प्रस्नको जबाफमा NZ ले Italy लाई फुटबलमा जित्नु वा बराबरी को आशा गर्नु इटालीले All Blacks लाई rugby मा हराउनु जस्तै हो भनेका थिए रे| तर खेल अखिरमा खेल नै हो नतिजा अप्रत्याशित पनि हुन् सक्दो रहेछ|
    गत हप्ता स्लोभाकिया सित भएको NZ को बराबरी लाई अस्ट्रेलिया ले सिड्नी हेराल्ड मा Australasia 1 Slovakia 1 भनेर प्रस्तुत गरे पछी Italy सित भएको यो बराबरी लाई अस्ट्रेलियाले फेरी के भनेर लेख्ने हो भन्ने पनि यहाका मानिसहरुमा जिज्ञासा छ| Italy का कोचले पाउने तलब/भत्ताको एक प्रतिशत(२५ हजार पौण्ड) मात्र NZ का कोचले पाउन्छन रे त्यसैले उनको पनि तलब बढाई दिने हो कि भनेर पनि एक जना commentator ले जोक पनि गरेका थिए|
    NZ को यो उत्क्रीस्थ प्रदर्शनका बाबजुद यहाका पत्रपत्रिका र TV मा बाहेक अन्य कुनै चहल पहल छैन यहाँ| यहाका खेल मैदानहरुमा फुटबल खेल्ने केटाकेटीको संख्यामा भने पक्कै ठुलो वृद्धि भएको देखिन्छ| Good luck to All Whites for their next game with Paraguay .

    • new zealand का २० २५ खेलाडी european club मा अनुबन्धित छन् भन्ने कुरा गलत हो team captain मात्र english league का खेलाडी हुन्. पहिलो खेल मा goal गर्ने खेलाडी हाल डेनमार्क बासिन्दा बनेका छन् र उनि आफ्नो देश बाट खेल्न येहा आयका हुन् जो डेनमार्क को A club अन्तर्गत खेल छन् . धेरै जस्तो खेलाडी Australia का club मा खेल्ने गरेका छन् .

      • krishna nz जी,

        Nz का २०/२५ खेलाडी युरोप/अमेरिका/अस्ट्रेलियाका क्लब बाट खेल्छन भन्ने कुरा गल्ति होइन| तपाईलाई केहि उदाहरण तल प्रतुत गरेको छु|

        Chris Killen Middlesborough Club England
        Rory Fallon Plymouth Argyle England
        Chris Wood West Bromwich Albion England
        Andy Boyens New York Red Bulls USA
        Jeremy Christie Tampa Bay USA
        Shane Smeltz Gold Coast United अस्ट्रेलिया

        धन्यवाद

  10. new zealand ko game rati ko 2am ma bhayako le kehi cafe n pub haru ma jamghat ka sath game herne ko bhid rahyo tara dherai jaso nidra mai bhaya ko le bihana matra ramailo maneko paiyo.

  11. यो फ्रान्स तेसै पनि झुर खेलिरहेको तेस्मा पनि झगडा र कचिंगल तिर लागेछ |
    येस्पाली फ्रान्स ,बेलायत ,इटाली र तेस्तै परे जर्मन पनि मामा घर जाने हो कि जस्तो देखियो |

    मेसि बाहे रोनाल्डो ले पनि तेती राम्रो खेलेनन| अब ब्राजिल र आइवोरी कोस्ट खेल्दै छन् ,त्यहा पनि अप्रत्यासित नतिजा आउने हो कि ?

    यो नेपाल ,इन्डिया ,बंगलादेस ,पाकिस्थान , श्रीलंका ,भुटान ले कहिले बिस्व कप खेल्ने होला |

    • राजनीतिमा कुनै बिस्वकप भयो भने त कुन्नि नत्र तपाइले नाम लिनु भएका देशहरु त बिस्वकप फुटबल होइन एशिया कप सम्ममा पनि मुस्किलै छ| राजनीतिमा अलि कमै सुनिएको तर तपाइले नाम लिन भुल्नु भएको सानो देश Maldives ले चमत्कार गरिहाल्यो भने कुन्नि!!

    • खोई कहिले खेल्ने होला आउछन होला अर्को मिलेनियम पछी नेपाल भुटान इंडिया रही रहे भने देखि / dhanyabad

  12. खेलाडि निकोला आनेल्कोलाई हटाएको फ्रान्सको फुटबल फेडरेशनले हो न कि कोच रेमन्ड दोमिनेसले । खेलाडी आनेल्कोले ‘बेश्याको फोहरी छोरो’ भनेर साथीभाइ बिच उनको कोचको कुरा काटेका थिए । फ्रान्समा यस्तो गाली आमचकारी गाली भन्दा पनि ठूलो र अत्यन्त असोभनिय मानिन्छ । उनको भनाइ थाह पाएपछि यहाँको टेलिभिजन एकले यो कुरा प्रसारण गरिदियो । यसले गर्दा कोचलाई उनिमाथि कारबाही गर्न एकदम ठूलो दबाब आयो । कोचले उनलाई कारबाही स्वरुप माफी माग्न भनेका थिए तर खेलाडी आनेल्काले इन्कार गरेपछि झन् समस्या चर्केर गयो र यसैको झोकमा फ्रान्सको फुटबल फेडरेशनले उनलाई मेक्सिको र फ्रान्स बिचको मध्यान्तर पछिको खेल खेल्न रोक लगायो । यसका साथै फ्रान्सको लागि अन्तिम र ज्यादै महत्पूर्ण रहेको दक्षीण अफ्रिकासँगपनि खेल्न खेल्न नदिने निर्णय गर्यो । तँपाइहरुलाई थाहै होला खेलाडी आनेल्काले मेक्सिको र फ्ारन्सको मध्यान्तर समयमा उक्त कुरा भनेका थिए ।
    अहिले फ्रान्समा यो कान्डले ठूलो हँगामा मच्चाएको छ । फ्रान्सको राष्ट्रिय टीमका सदस्यहरु र कोचबिच सम्बन्ध राम्रो नभएको कुरा निकै पहिलेदेखिनै मिडीयाहरुले लेख्दै आएका छन् । जे होस यो स्क्यान्डल पछि फ्रान्सका फुटबल फेडरेशनका अध्यक्षले आइतबारै राजीनामा दिएका छन् भने उता आनेल्का उतै दक्षीण अफ्रिकामै छन् र उनी स सम्मान टीममा फर्कने प्रतिक्षामा छन् ।
    फ्रान्सका खेलाडीहरुले आनेल्कालाई स सम्मान टीममा फर्काउनु पर्ने माग गर्दै आजको प्रशिक्षण खेल बहिष्कार गरेका हुन् । प्रशिक्षण खेलको सुरुवातमा पनि त्यहाँ ठूलो बिबाद भैरहेको क्यानल प्लस च्यानलले देखाएको थियो । सँभवत आनेल्कालाई फेरी टीममै फर्काइने छ । सबैको भनाइ के छ भने आउँदो खेल राम्ररी खेल र क्वालीफाइड हुन अझै प्रयत्न गर । बिबादहरु पछि मिलाउँला । कुनैपनि खेलाडीलाई खेल खेल्नबाट बन्चित नगर किनभने उनी राम्रा खेलाडी हुन् ।
    यहाँका मिडीयाहरुले आनेल्कामाथि एकोहोरो आक्रमण जारी राखेका छन् । उनी गाउँमा हुर्केका, ठूला बडालाई कहिल्यै आदर गर्न नजानेका, पैसाका लागि कहिले अँग्रेज क्लब त कहिले ग्रिसका कल्बहरुमा खेल्ने गरेका, अतत्यन्त ब्यक्तिबादी र तुच्छ ब्यवहार भएका ब्यक्ति भन्दै सरापिरहेका छन् । जसले गर्दा यो स्क्यान्डलभित्र कतै रँगभेद, इर्श्या र राजनीति त छैन भन्ने प्रश्न पनि उठीरहेको छ ।
    एउटा राम्रो कुरा के छ भने यति भैकन पनि यहाँका प्रशिक्षक उनै खेलाडी आनेल्कालाई र टीमको बचाउमा बोल्दै आइरहेका छन् । मुख्य कुरो खेल जित्नु हो तँपाइहरुले हारेको बेला मिडीयामा नराम्रा कुरा ल्याउनुभो भन्दै टेलिभिजन च्यानलको चर्को आलोचना गरेका छन् ।

Comments are closed.