हो, मैले गोली चलाएँ: पारस

पारस शाहले गोली चलाएको खबरले हिजोको दिन तात्तिएपछि राति अबेर निर्मल निवासबाट उनको नाममा एउटा विज्ञप्ति निकालियो। तर त्यो विज्ञप्तिले उनी बच्ने भन्दा पनि फँस्ने काम गरेका छन्। अप्ठेरो पर्दा राष्ट्रियताको चर्का कुरा गर्ने माओवादी कै शैलिमा उनले आरोप जति सबै अरुमाथि थोपरेका छन् र पनि आफूले गोली चलाएकै स्वीकार गरेका छन्। यो वक्तव्य दरबार हत्याकान्डपछि ज्ञानेन्द्रले ‘स्वचालित हतियार पडकेर भएको घटना’ भनेर निकालेको वक्तव्य जस्तो पनि छैन।

जतिसुकै रिस उठे पनि जतिसुकै राष्ट्रियताको कुरा गरे पनि नेपालको कुनै पनि कानुनले गोली चलाउन अधिकार दिँदैन। उनले खुल्लमखुल्ला वक्तव्यमार्फत् गोली चलाएको स्वीकार गरेका छन्। सामान्य नागरिक भए उनीमाथि कारबाही पक्कै हुन्थ्यो। अस्ति भर्खर एक व्यक्तिले श्रीमतीसँग विवाद हुँदा छतमा हवाई फायर गरेपछि प्रहरीले उसलाई पक्रेको थियो। यिनले त झन् सार्वजनिक स्थानमा गोली हानेका छन्। राष्ट्रियताको लेप लगाएर उनले गोली हान्नुको औचित्य पुष्टि गर्न खोजेका छन्। के त्यसो भए राष्ट्रियताको कुरा गर्दै रिस उठेकोहरुमाथि गोली हान्न पाइयो ? फलानोले नेपालको बारेमा नराम्रो कुरा गर्‍यो भन्दै रत्‍नपार्कमा हावामा गोली हान्न पाइयो ? फेरि हतियार राख्‍न उनलाई अनुमति छ कि छैन ? सरकारले यो घटनालाई कसरी लिन्छ ? हेर्नुपर्ने विषय भएको छ।


राजतन्त्रप्रति सर्वसाधारणको घृणा उब्जनुमा एक प्रमुख कारण यिनै पारस थिए। यिनकै उपद्रोले घृणा थपिएको थियो। पछिल्लो समयमा दलहरुको खराब कामले चुप बसिरहेका राजामाथि सहानुभूति बढेको थियो। मन्दिर यात्रादेखि समाजसेवासम्मका काम भए पूर्वराजपरिवारबाट। अब फेरि पारसले यस्तै काम गरे सहानुभूति भड्काउने काम अरुले हैन उनैले गर्नेछन्।

पारसको वक्तव्य हेर्नुस्

म मेरो परिवारका सदस्यहरुसँग आफ्ना धादिङ एवं सर्लाहीको कार्यक्रम सकी चितवनस्थित टाइगर टप्समा रात विताउने क्रममा सो रिसोर्टको रेष्टुरेन्टमा रात्री खाना खाइरहेको समयमा केही अन्य आगन्तुक पनि सोही स्थानमा बसिरहेको बखत एक जना बंगलादेशी नागरिक र अन्य एक भारतीय नागरिक मसँग आई कुराकानी गर्न थाले । र, मैले निभाएको पुरानो भूमिका र मैले प्रतिनिधित्व गरेको संस्थाको बारेमा अनर्गल एवं उत्तेजनात्मक टिप्पणी सुरु गरे ।

सो भलाकुसारीलाई आफ्नो क्षमताले भ्याएसम्म मैले शान्त गर्ने प्रयास गर्दागर्दै पनि उनीहरुको उत्तेजना रोकिएन । यही क्रममा उनीहरुसँग आएका अन्यहरुले समेत सो बंगलादेशी र भारतीय नागरिकलाई शान्त गर्ने प्रयास गरे पनि उनीहरु अझ उत्तेजित भई म र मेरो परिवार एवं नेपालप्रति अति नै घृणित शब्दहरु प्रयोग गरी पेश आएपछि म सो रेष्टुरेन्टबाट बाहिर निस्की धेरैबेर एक्लै बसिरहे । सो कुराकानीबाट म बाहिर निस्किएको करिव आधा घन्टापछि मेरो परिवारलगायत रेष्टुरेन्टमा रहेका अन्य सम्पूर्ण आगन्तुकहरु गइसकेको अवस्थामा आफ्नो र देशको अपमान सहन नसकी क्रोधमा आफूसँग रहेको पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हुँ तर सो हवाई फायर कुनै पनि व्यक्ति र टाइगर टप्सको भौतिक संरचनाप्रति लक्षित नभएको यथार्थ सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जानकारी गराउन चाहन्छु ।

पारश शाह
निर्मल निवास, महाराजगञ्ज
काठमाडौं, नेपाल

65 Comments

  1. पूर्व युवराज पारसले जे गर्नु भयो आफ्नो देसको लागि गर्नु भयो. यसलाई हामी सबैले ठिक मान्नु पर्छ…

  2. पारशले एस्तो काम त नगर्नु पर्ने हो बिचार डाका नेतार र नेत्री हरुको बिदेशी पाहुना लाइ गरि हाले कानुन बोमोजिम कारबाही गर्नु त कसको तागत होला र पारश लाई ,तर यी हाम्रा नेता हरु पनि कुन गतिल्लो हुन् र आफ्नो देशको जनता को पसिना बाट उठेको कर ले बिदेशी ज्वाई लाई नामी होटेल र स्नादर गाडी मा हिडाई राछन कहाँ हिडेका हुन् खासै वन्ने हो वने सुजाता पनि नेपाली नागरिक होइनन यी पनि बिदेशी नै हुन् कसरि उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री बनाइयो र यी बंगाली र सुजाता को छोरी त ससुराली त नेपाल त होइन जर्मन जानु पर्ने हो ससुराली गएको भए ,कहाँ नेपाल मा आएर निहु खोजि रा त् जे होश पार्ष यो काम चाई ठिकै गरे जस्तो लग्यो अब यी दलाली नेता हरुको नातेदार बाट नै सुरु गर्नु पर्छ मर्न लाइ जनता लाइ छकाएर मोज मस्ती शाशु जनता को पसिना को कमै मस्ती गर्दै विदेश नै छोरी ज्वाई पनि तेही गरिब जनता को पसिना मा नामी नामी होटेलमा मस्ती के येही हो देशको बिकाश गरेको चोर फटाहा नेता हो !!!

  3. पारस ले जे गर्यो यक्दम ठिक गर्यो कोइराला सन्तान ले
    हाम्रो देश खत्तम पारी सक्यो चोर धोति लाई निधार मा गोलि हानेको भय राम्रो हुने थियो नेपाल आमा जिन्दा बाद

  4. यो अरु केहि नभएर बंलादेश पनि नेपाल को राजनीति मा active हुन खोजेको हो. अब १-२ बर्ष मा बंगाली प्रधानमन्त्री भएमा कुनै आश्चर्य नमाने हुन्छ.

  5. साले गुन्डा पारस त जति सुकै देस प्रेम को दुहाई दिए पनि चोखिन सक्दैनस… त्यो सुजाता भन्ने लुटेरा को छोरि को कुरा होइन तेरो बेबहार्को हो / गधा जति नुहायेपानी गाई हुदैन बुजिस /

  6. बिना रोमानिया बुकुरेस्ट
    ठिक ६ ब्रो तर लागेन र मात्र हो ,टाउको कि आखा ताकेको नि ?

  7. पारश ब्रो बंगलिको आखा ताके को थियो कि टाउको ?जे गर्नु भयो ठिक गर्नु भयो
    रोमानिया

  8. बिदेशी धोति ले मनलाग्दी बोल्दा सिधा गोलि हान्नु पर्ने थियो गल्ति भयो

  9. केहि वर्ष पहिलेको कुरा हो! भारतीय नायक हृतिक रोशनले नेपाल मन पर्दैन भन्दा देशभर नाराबाजी गरि, उसको पुत्ला समेत जलाएका थियेउ,,
    तर आज आफ्नै देशमा आएर, आफ्नै देश र आफुलाई गाली गर्दा चै सरकारले समेत धोतिहरुकै साथ दिने….
    युबराज पारसले जे गरिबक्स्यो, त्यो एकदम ठिक हो!!!!!!!
    मन्त्रि र नेताको आडमा आएर देश को कुभलो चिताउने र देश र देश बासीलाई गाली गर्ने कुकुर हरुलाई साथ दिने जो कोहीलाई पनि नेपाल आमाको आशु लाग्ने छ!!!!

    • खै साथीहरुले विभिन्न मुद्दाहरूलाई एकै ठाँममा मुछेर कमजोर तर्क दिए जस्तो लाग्यो। राष्ट्रियता, राज्य र रेसिजम मा भिन्नता छ। पा
      रस युवराज होईन – कुनै जमनामा युवराज थिए। तपाईजस्तो मित्रहरूको साथ भयो भने भविष्य युवराजमात्र किन र राजानै हुनेछन् उनी। तर पनि उनी आपराधिक मानसिकताले ग्रस्त व्यक्ति थिए र सत्ता परिवर्तन भइसकेतापनि उनमा “युवराजपन” को दम्भ गएको छैन।
      अनि राष्ट्रियताको नामको रेसिस्ट हुनुले “नेपाल आमा” ले चाँहि खुशि हुन्छत?

  10. हामी नेपाली र हाम्रो सर्वोबम्सत्ता को बिरुधामा बोलने जो कोही लाई पनि ठीक गर्नु पर्छ मेरो बिचार माँ परस ठीक छ जय राजतन्त्र !!!

  11. स्वदेसी हुन् वा बिदेसी, नेपाल र नेपालीको सिर झुकाउने कार्यमा सहभागीहुने सबैलाई तातो तेलमा किस्ता बन्दीमा दुबाउडा कसो पर्ला.

  12. पारस ले जे गररे त्यो १००%गलत हो /आफ्नो खुट्टामा आफै बन्चरो हान्नु जस्तै हो/अब एस्तो व्यक्ति लै कोइ नेपालीको सहानुभूति रहनेछैन /उसलाई तुरुन्त कार्यबाही hunuparchha

  13. यो कुरा साचो हो भने पारस ले जे गरे ठिक गरे !!!!! हाम्रो देश नेपाल बिरोधि घृणित सब्द प्रयोग गर्ने इन्डियन र बंगलादेशी हरु को कुनै अधिकार छैन!!! सुजाता को छोरि ज्वाई हो भन्दै मा ति बिदेसी हरुलाई जे मन लाग्छा तेही भूक-भूक गर्ने अधिकार छैन !!!!!तिनीहरु को एस्तो कुरा सुनेर गोर्खाली रगत भएको स्वाभिमानी नेपाली कोहि पनि चुप लाग्न सक्दैन !! पारस ले गर्नुपर्ने कुरा नै गरेछन, तिनीहरुको सातो लिएर !!!!

    • tapaile yahi mysansar ma india wa america prati pokheka ghrinit sabda haru khoji garo bhane bhetiyela. tesaile kasle kaslai gali garo wa kaslai gali garne adhikar chhaina bhanne kura sabdik santusti matra ho. so paras le goli hanne kura chi thik ra bethik ko kura ho….. paraslai lai ris utho bhanera goli hanne chhut diyo bhane bholi tapai pani tyahi goliko nisana banna saknu hunchha. bichar garnuhos…………..

  14. पारस लाईमात्र होइन तिनै जना लाई कारबाही को सिलसिलामा राख्नु पर्छा

  15. मेरो नाम ,ठेगाना अनि चाहियो भने इमेल ठेगाना लेखेर राख्नु ,यो काइते सरकार ले पारस को ५ वर्ग किलोमिटर वरिपरी को रौ हल्लाउन सक्दैन ,पारस लाई कारबाही त् टाढा को कुरा हो

  16. पारस र ज्ञाने को बुद्धि त कुहेयाकै कै हो, नत्र राजतन्त्र किन ढल्थ्यो ?
    रास्त्रियता को कुरा गरेर अपराध माथि पर्दा हाल्न कदापी सकिदैन
    पारस इतिहास को युवराज थिय होलान,उनका बाबु राजा पनि भए होल
    तर एसको मतलब जे पायो त्यो गर्न उनलाई छुट छैन
    नेपाल को कानून अनुसार कारबाही गर्ने हिम्मत छ कसैको?

  17. आ यि पारस को बारेमा सक्छौ भने कपाल कात भनेर अस्ति मात्र कमेन्ट लेख्याथे फेरी के भन्ने / भनेको मान्ने भा पो यिनले / चाहे कुजता को जोयाएँ (बंगाली) होस् या इन्डियन पाकी सबैले नेपाली भने पछि असाध्य हेप्छन / येदि पारस लाइ पनि बंगाली लुंगी ले हेपेर बोलेको हो भने हवाई फायर होइन सिधा हान्नु पर्छ / येस्मा पारस पर्ति मेरो सहानुभूति छ /

  18. हाम्रो नेपालमा यस्तो कुराहरु सामन्ने हुन थालिसक्यो गोलि चलाउनु , मान्छे मार्नु , अपह्रद गर्न्नु यो त आज भोलि नेपालीको लागि समान्ने हुन थालिसक्यो ! तर कुरो के भने नेपालमा विधिको सासन छैन तेसैले यस्तो भाको हो तेसैले नेपालमा छाडा परविर्ति मौलायको हो पारसलाई कारबाई गरेर यसको अन्तेको सुरुवात गर्न् सक्न्नु पर्छ

  19. गोलि ठोक्नु पर्ने त सुजाता कोइराला लाई नै थिओ!
    अरु ले नै फिरिंग गरेको भए त ठिकै लग्थियो तर पारस ले गरेको हुदा चै
    तेती ठिक लागेन,
    गोलि चलाउने र ठोक्ने त पारस को नानी देखि को बानि हो नि, तसैले मलाई त यो चोर चोर बीच को आपसी झगड जस्तो पो लगिओ.

  20. गणतन्त्रे राजा रजौटा हरु लाई सफाया गर्न जरुरि छ / गण तन्त्रे राजपरिवार को बिरोध मा अब एउटा नौलो आन्दोलन गर्ने बेला आएको छ /

    • पहिले देश लै कसरि राम्रो हुनक त्यू सोच्नु !! राजा र नेता होइन!! कस्ले राम्रो गर्छ तेश्लाई चलाउन दिनु पर्छ

  21. छट्टु कोइरालाको परिवार नेपाल र नेपाली प्रति साह्रै घ्रिणा गर्छन् । किन भने मनिषा कोइराला ले आफ्नो लागि योग्य केटा नेपालमै पाउछिन भने यो सुजता कोइराला र एस्को छोरा छोरी लाई लाई किन बिदेशी सँग बीहे गर्नु परो ? नेपाल र नेपाली जनता हरु त यिनीहरु को लागि तुच्छ छन् । जे होस् पारस शाह ले गरेको कुरा गलत भए पनि उनी प्रति मेरो साहनुभुती छ ।

  22. नेपाल मा बेदेशी को बहुत छल खेल बढी राको ६ …आन्तरिक कुरा त था भएन…तेसै पारस ले गोलि न चलाउनु पर्ने हो….केहि त बोलेको हुनु पर६ त्यो बंगाली धोति हरु ले….आखिर पारस पनि नेपाली आमा को छोरा हो….तेस्तो नराम्रो सचि नै बोलेको भए सिधै गोलि हान्नु पर्ने हो कसो हबाए फाएर मात्र गरे६…जे गर्यो राम्रो गर्यो…….

  23. ..पारस bro ले ठिकै गरो ..कहाँ को त्यो बंगालीले नाना थरि को कुरा गरो होला अनि त फेरी पारस को रीश तै माथि नानी देखिको लागेको बनि ..अनि कहाँ छोडथियो होला र ..|
    ..स्मरणरहोश नेपालीलाइ अब श्री लंका र बंगदेश ले पनि एकदमै हेप्दै आइरहेको छ..जस्तै राष्ट्रिय पति को कुरा र बंगालदेश को राजदुत को कुरा .issue ..अझै पनि ताजा छ. ..
    पारस ले ठिकै गारोको होला जस्तो लग्यो तै पनि यथार्थ कुरा बुज्न अझै पर्छ |

  24. २००७ साल देखीनै कोइराला परिवारले नै राज गरेको छ ! कोइराला परिवारलाइ देश निकाला गर्नु पर्थियो तर तियो हुन् सकेन पारस ले गोलि हानेको ठिक हो ! यो त सुरु हात मात्र हो !अब नेता हरुको पालो

  25. पारस तिम्लाई धेरै धेरै धन्यबत अब यस्तै मन्त्रि र इनकानातेदार अनि सक्छौ भने देसका नेता भनौदा फटाहरुलाई नि चलाउगोलि /

    • देश मा हिटलर चाहिएको बेला मा कतै पारस ले नै पालो दिने हो कि त!! आ अब नेता हरु लै पनि तेसै गर्दै कन्ट्रोल गर सक्छौ भने… आखिर यसै भएन उसै भएन…..

  26. धेरै राम्रो कम गर्नु वायो पारस दै देस को बेरुदा बोल्ने लै यस्तै गर्नु पर६ सुजाता को परिवार मात्र होएना सम्पूर्ण कोएराला परिवार lai यसरि नै ठिक पर्नु पर६ हामी पनि साथ मा ६औ है

  27. नेताहरु कु कुर सरह भुक्दै हिड्छन, खै यो देसमा कानुन छैन कि क्या हो

  28. यो बंगाली लाइ कसले गएर पारस संग निउ खोज्नु भनेको थियो. साले बंगाली सासु को शक्ति को आड मा नेपाल बसेको छ . साले लाइ तुरुन्त देश निकाला गर्नु पर्छ . साले नेपाल लूट्न आको त हो नि. जे भए नि पुर्व राजपरिवार सदस्य संग निउ खोज्न जाने त्यो बंगाली कै गल्ति हो. यो कुजता ले सबै धोति बंगाली लाइ सरन दिएर नेपाल मा राखेकी छ. आफु पनि बिदेशी कि स्वास्नी आफ्नो बुडा संग मिलेर RNAC मा धमिजा र लाउडा काण्ड मचाएर बुडा लाइ धनि बनाइ देश डुबाई अब यो बंगाली लाइ पनि कुन कुन काण्ड गराएर देश को सम्पति बंगलादेश पुर्येउने हो कुन्नि.
    मेरो विचार मा पारस संग निउ खोजेर यो बंगाली light मा आउन खोजेको हो अरु केहि होइन.
    हामी नेपाली पनि सकेसम्म येस्ता लुटेरा कै साथि दिन मन पराउछौ.बुज्नु पर्ने कुरा के हो भने अब बंगलादेश ले पनि role प्ले गर्न खोज्दै छ अब यो काण्ड लाइ बंगलादेश ले राम्रो संग हावा दिएर नेपाल लाइ हेप्ने space खोज्दै छ. २-४ दिन अघि मात्र सुशील कोइराला लाइ बंगलादेशी राजदूत ले उपसभापति बनाउन pressure देको थियो रे . अब आफै बुजौ के हुन लाग्दै छ नेपाल मा.अब हुदा हुदा बंगलादेश ले नि हेप्ने भयो.

  29. गोलि ठोक्नु पर्ने त सुजाता कोइराला लाई नै थिओ!
    अरु ले नै फिरिंग गरेको भए त ठिकै लग्थियो तर पारस ले गरेको हुदा चै
    तेती ठिक लागेन,
    गोलि चलाउने र ठोक्ने त पारस को नानी देखि को बानि हो नि, तसैले मलाई त यो चोर चोर बीच को आपसी झगड जस्तो पो लगिओ.

    तेही पनि किन हो मलाई त सुजता र त्सका सन्तान भन्दा ज्ञानेन्द्र र त्सका सन्तान नै पो ठिक लाग्छ, क भाको हो,

    • पारस सरकारले
      ठिक गर्नु भो.इ बिदेशी चोरहरुलाई
      ठोक्ने पर्छ

  30. बेलाबेला मा त हुनै परोनी त नत्र हाम्रो देस नेपाल करारी चिनौनेता …? हत्या , हिम्सा , लुट पट्ट त नेपाली को पेसै ( भंम्की ) नेताहरुले सिकायको पाठ हो किन हजुर हरुलाई ठीक लग६अ हजुर हरु आफै शोचानु होस् ल

  31. कोइराला परिवार त सबै सखाब पार्नु पर्छ नेपाल बिगारने कोइराला परिवार नै हो … कोही नेपाली जनताले दिएको कर बाट बिदेशमाँ मस्ती गर्छन यो.. बंगाली नेपाल को बारेमा नाना थारी बोल्छ …नेपाल माँ बंगाली लाई कश्ले बोल्नु भनेको थियो परस BRO . ले जे गर्नु भयो एक दम ठीक गर्नु भयो चितवन मै पोस्टर गरदिनु पर्ने थियो MISTAKE भयो …………………

  32. एक बंगलादेसी भन्ध त पारस माथि नै भरोसा छ / अनि नेपाल मा बिदेसी कति समय भन्दा बढी सम बस्न पौदैना यो त नेपाली नै हु जसरि नेपाल भ्रमण गर्दो रहीछ / कास तेस माथि चोली लागेको भए पूर्व युवराज को नेपाल को corruption control मा ठुलो योगदान हुन्थ्यो/

  33. PARASH जी ले अहिले भनि सहि गर्नु भए को जस्तो लग्यो !! देशभक्ति जागे को रहेछ ! निधार मा गोलि ठोक्नु पर्ने नेपाल लै न राम्रो भन्ने लाई त…. PARASH जी हामि तपाई को साथ दिन्छौ यदि तपैले देश को लागि राम्रो सोच्नु हुन्छ भने!!!

  34. PARASH जी ले अहिले भनि सहि गर्नु भए को जस्तो लग्यो !! देशभक्ति जागे को रिचा. निधार मा गोलि ठोक्नु पर्ने नेपाल लै न राम्रो भन्ने लाई त…. PARASH जी हामि तपाई को साथ दिन्छौ यदि तपैले देश को लागि राम्रो सोच्नु हुन्छ भने!!!

  35. नेपालमा धेरैले गोलि चलाएर हजारौ को हत्या गरेका छन्! सबैको कुरा आउन पर्यो. हिजोका हत्याका खोजि गर्ने साहस छ भने कुरा गरम नत्र सबैलाई माफ. सक्नेले ठोक यार, अरुले नि ठोकेका हुन्, र ति आज राजी गरेर बसेका छन्, हाम्रो नमस्ते चाकरी खाएका छन्. नेपाल हो.

  36. *** Height of Stupidity ***

    No one will accept his version of the incident. He has got his own body guard and As a Nepali citizen, he does not have a right carry and use any sort of weapons.

  37. मलैता खास नौलोकुरा लागेन है पारस भाइले ठिकै गरेको जस्तो लाग्यो तो मोरो बंगाली हराम र जर्मनी कि सडक बालिका किन तेहा निउ खोज्न मोरेका होलान तिनीहरुको सुद्धि बिग्रेको जस्तो लाग्यो किन न बुजेका जे भएनी पारस तेहा छ भनि
    तर पारसत डमरु नै हो जे भएनी बाघको छोरो हो दरबार नामक जंग्लेमा जन्मेर हुर्केको
    कि तिनीहरुले सोचे सुजाताले जर्मनी लै गुतुमुतु पारेको जस्तो सारा नेपालीलाई पनि पारीसकिन भनेर . मलाई पनि लाग्छ भारतीय धोति बंगाली माछीमरन पाकिस्तानी पाकीहरामी सालाहरु अलि नाटकी र चटकी नै हुन्छन तेस्मा पनि सिन्गपुरिया मछिमराना सुजु जर्मनी थुनो अनि के चाहियोर पारस बाबुको फेला पर्यो तर मलाई था छैन तो मुस्लिम होकी हिन्दु हो ??????????????????????

  38. एकदमै सहि गरेको हो, सिधै गोलि ठोक्नु पर्ने मात्रै हवाई फयेरिन गरेछ, नेपाल र नेपाली विरुद्ध बोल्ने अधिकार कसैलाई छैन

  39. रुबेन ससुराली आउने भयपछी उनीकी आमाले सम्झाउदै भनिछन बेटा ससुरालीमा गयर धेरै बोल्नु हुदैन जसले जे भने पनी भालुआछे ( राम्रो) भन्नु रुबेन नेपाल आयपछी ससुरालीमा धेरै कुरा गर्नु पारेन उनीकी सासु बिदेसमा गयाकिले आनी यसो चितान्वन घुमन गया छन / त्यहिँ बेलामा पारस पनि त्यहिँ भौतारिदै रहेछन . पारस ले जे भनेपनि ज्वई सब ले र…ाम्रो राम्रो भन्दै गयछन / जब हिमानीको पर्सङ्ग पारसले जिके छन ज्वई साब लाई पनि उनको बारेमा कुरा गर्न मन लागेको रहेछा रुप गुण सिल स्वभाब कि धनि भख्खरै समाज सेवावामा तन मनले लागेकी (रुबेन लाई पनि नेपालमा मा समाज सेवा गर्न मन लागेको रहेछ ) पारस ले सोधेछन हजुरलाई मेरी बुढी हिमानी कस्तो लाग्छ ? भालुआछे ज्वाई साबले पारसको बोकी खस्न नपाउदै बंगालको सबैभन्दा मिठो सब्दमा उतार दिय छन / अनि त् के छर पारसले ज्वोई न स्वै आगुल्ताले च्वाइ गर्न खोजेका अगुल्टो पान छन् / पारसलाई झट्ट सम्झना आयछ पिस्तोल बाट पनि आगो निस्कन्छ अनीत स्वोचालित हटियार भात्त्तत्त गरेर पडकिय छ त्यहिँ आगोले च्वाइ गरेछन खासमा भयको त्यहिँ हो / ज्वाई साब ले पनि बोल्दा अल्ली विचार गर्नु परने थियो नि

  40. जे भय पनि पारस पनि नेपाली नगरिकनै हो, एक जना बिदेशी ले नेपालीलाई र नेपालको बारेमा नराम्रो भन्दा कसलाई रिस उठदैन र? हामीमा राज सस्था प्रति नराम्रो सोच भयकोले र पहिले उनीहरुले नराम्रो गरेकोले पारस भन्दा बिदेसी राम्रो लागेको हो, त्यो बंगलादेसी ले पक्कै पनि सुजाता को धाक लगायर केहि भनेको हुनु पर्छ. समाचार मा पनि नेपाली को पछे भन्दा बिदेसी को पछे लियर बधाई चढी गरेर समाचार सम्प्रेसड गरेजस्तो देखियो. मैले राज सस्था र पारसको वोकालत गर्न खोजेको हैन मलाई पनि राज सस्था पार्टी घिर्नानै छ तर एकजना सच्चा नागरिक भयर सोच्दा र पारसको बक्ताब्ये अनि समाचार हरु पढदा एस्तो लाग्छा मन नपरे रातो मा थिचे पनि मलाई केहि मतलब छैन आफ्नो मनमा लागेको कुरा भनेको हो….

  41. अब भ्रस्ट नेता , भ्रस्ट नव राजकुमार राजकुमारी हरु को करतूत नेपालि जनता हरु ले टुलुटुलु हेर्ने बाहेक केहि गर्न नसक्ने भो. हदै गरे चौबाटो मा चिया खाना बस्दा गालि सम्म गर्ने हो. अब यो भ्रस्ट हरु लै तह लगाउन येही उदण्ड पारस ले केहि गर्ला जस्तो छ. तेसैले पारस ले आफ्नो बन्दुक को नाल ठिक दिशा मा फर्काए नेपाली जनता ले उनको पुरानो करतूत बिर्सी अझै पनि तालि बजाउने छन्.

    USA

  42. It is very glad to know that our Crown prince Paras shah tried to kill enmies of our country. I know that Chaudhary from Bangaladesh very well and his manners, He is a crazy and greddy person. They are making our country empty by taking all our money from Nepal, Even his mother in law Sujata is a member of mafia. My all dear brothers and sisters we should not blame our own people, Whatever Paras sarkar did it was his complusion. Just think that how a crown price can endure his own country insulte from other countries people? I heartly wel come his this process against our enemies. We have to shot out all our enemies at any cost, then we can say it`s freedom Nepal. Jai desh, Jai Naresh, Love my motherland
    Thanks Paras sarkar,

  43. पारस कुत्ते कि डुम जस्तो भाको छ ….. हो ठिक छ तेस्ले पारस माथि नानाभाती आरोप् लगायो होला, मनपरी बोल्यो होला, गाली गर्यो होला तर पारस आफैले गोलि चलाउनु पर्ने कुनै कारण थिएन..उसको आन्गरक्छक हरुले कारबाई गर्न सक्थे… आफुलाई धर्मरक्छ्यक को पक्छ्यापाती बताउने… सुध्रिसके भनेर समाज लै देखौना खोज्ने मान्छे को चाला येही हो … कारबाई दुबैलाई गर्नु पर्छ त्यो सुजाता को ज्वाई भन्ने को हो ? राजा हो ? महाराजा हो ? को हो त्यो? साला हामी ले तिरेको कर को पैसा खाएर मस्ती गर्दै हिड्ने नातिक आधिकार छ तेस्लाई …. किन कि नपादी कन गनाउदैन….. हावा नचली कन पात हल्लिदैन तेसैले गल्ति दुबैले गरेका छन् तेसैले दुबैलाई कारबाई हुनु पर्छ …. पुर्बग्राही ढङ्गले कसैलाई हेर्नु हुँदैन….

  44. माओवादीले दिन दिनै गाउ घर मा गोलि चलाएकै छन् ..बन्दुक बोकेरै हिद्च्न्न..टेन्डर र ठेक्काको कुरामा कति YCL ले बन्दुक चलाएको कुरा दिन दिनै आउछ..पारसले नि चलायेछ्न..त्यहिँ हो कसैलाई राजतन्त्रको hangover उत्र्या छैन कसैलाई “तथाकथित् जनयुद्ध” को..

  45. हो मैले गल्ति गरेको छु भन्दा पनि येहा कारबाही हुदैन यो देश को कानुन के हो यो? पारस त युबराज नै भए पनि कारबाही हुनु पर्छा तर अहिले त उ तपाई हामी जस्तै सर्बसाधारण मान्छे / एदी उसले होइन भने त छानबिन को लागि गिरफ्तार गर्न सकिन्छ अहिले त झन उ आफै ले स्विकारी सकेको स्थिति छ /

  46. “हो भन्या, दाजु भाइ, दिदि बहिनि हरु…..कस्तो नपत्यानुभाको….
    बिद्या कस्सम हो”

  47. तिम्रो बाउ को राज थियो पहिले र बन्दुक हान्दा पनि केहि भएन अहिले तिम्रा बाउ गए तेही पनि आझै उपद्रो गर्दै हिन्दा उमेर मै बुडी बिधुवा होलिन पारस बाबु बाल बच्चा घर परिवार को नि सोच बज्जे .

  48. पारशको कुरो सुन्दा त अलिक कुरो अर्कै भएको जस्तो लाग्यो नि ,

    हो उनले गोलि चलाएर गल्ति भने गरेकै हुन् र बिना इजाजत बन्दुक बोकेर हिडेको रहेछन भने खरखजाना ऐन अन्तर्गत कारबाही पनि हुनु पर्छ
    तर
    त्येसको निम्ति के कस्तो कुरोले provoke गर्यो ? त्यो पनि मननीय हुन्छ अनि पारस कै अनुसार २ धोतिहरुले दिएको बयान र पारसले दिएको बयान त् निक्कै नै फरक छ नि र मेरो विचारमा कुरो को चुरो यहि निर लुकेको छ, खडयन्त्रको अमिलो गन्ध यहि निर आइरहेको छ /

    हिमाली

  49. यदि साचै नेपाल को बारेमा अपमानित शब्द सुनेर पारस ले गोलि चलाएको भए
    उनीलाई देश भक्त मान्नु पर्छ | तर अहिले देश को लागि गोलि चलाए ,पहिले पहिले
    पनि त् गोलि चलाइरहेकै हुन् त्यो बेला पनि देशकै लागि चलाएको थिएकी ??
    यी सुजाता ,माकुने आदि जनता को कर मा सन्सार सयर गरिरहेका हरु पनि कम अपराधि चै हैन | तर उनीहरु बाठो खालका अपराधी परे , पारस चै आफ्नो हात मा शक्ति न भएको जान्दा जान्दै तेस्तो काम गर्ने दुस्सहासी परे भन्नु पर्छ |
    तर छोरो ले चै तेसै छोड्ला जस्तो देखिन्न है |

    • दोर्ण जी !
      जो बात तपाईँले गरिलिनु भएको छ बहुत वजनदार छ । बस एक बात यो छ कि पारसको हिम्मतवाला भनिलिनु ठिक छैन किन कि उसको सब मालुम छ यो सब नेताहरु जमानामा उसको कुत्ता जस्तै थियो,उसैको चाटदै दुम हिलाउँथ्यो।उसको मालुम छ कि आफुले खिलाएको कुत्ताले कभि काट्दैन। बाँकि हिम्मत त उसको दारुको पनि छ । मोरो चलाक छ ।

  50. त्यो कुपुत्र हो जस्तो धुरुयोधन बिचार राजा हाती छाप चापल जस्तो व्हायो

  51. के तपाईहरु यो फटाहाको कुरामा बिश्वास गर्नुहुन्छ त. यिनीहरु यस्तै हुन् कहिले पनि सुध्रिनन, त्यहिँ भयर यस्ता लाई कानुन को मातहत मा ल्यायर कारबाही गर्नुपर्छ तर नेपाल मा त्यस्ता मायकालाल को होला र. त्यत्रो आट को संग होला पारस लाई कानुन को मातहत मा ल्याउन सक्ने .

  52. नानी देखीको बानी त्यति सजिलै कहाँ जान्छा र |

  53. यो कुरा साचो हो भने पारस ले जे गरे ठिक गरे !!!!! हाम्रो देश नेपाल बिरोधि घृणित सब्द प्रयोग गर्ने इन्डियन र बंगलादेशी हरु को कुनै अधिकार छैन!!! सुजाता को छोरि ज्वाई हो भन्दै मा ति बिदेसी हरुलाई जे मन लाग्छा तेही भूक-भूक गर्ने अधिकार छैन !!!!!तिनीहरु को एस्तो कुरा सुनेर गोर्खाली रगत भएको स्वाभिमानी नेपाली कोहि पनि चुप लाग्न सक्दैन !! पारस ले गर्नुपर्ने कुरा नै गरेछन, तिनीहरुको सातो लिएर !!!!

    • त्यो बंगाली ले नेपाल डुबाएको छ . भोइप (voice over ip) call bypass गर्ने को नाइके हो. अनुसन्धान गरेर जेल मा कोच्नु पर्छ .

  54. रिस उठ्यो भने गोलि चलाउने कि समस्याको समधान तिर लाग्ने ?
    मलाई पनि पारस र ज्ञानेन्द्र संग रिस उठेको छ | अब म के गरौ रिस सान्त पार्न ? पारसको उत्तर के हुन् सक्छ ?

Comments are closed.