नेपाल चीनको प्रान्त जस्तै रे


दुई ढुंगाबीचको तरुल भनिएको हाम्रो देश त भकुन्डो जस्तै भएछ नि बाब्बै। कहिले एउटाले हिर्काएर भारतको भन्या छ, कहिले अर्कोले हिर्काएर चीनको भन्या छ।

ल हेर्नुस् त- एक जनाले त हाकाहाकी नेपाललाई चीनको एउटा प्रान्त झैँ भइसक्यो भनेर भनेका छन्। यस्तो आपत्तिजनक कुरा बोल्ने चाहिँ ताइवानमा तिब्बती नेता दलाई लामाको प्रतिनिधि दावा छिरिङ रहेछन्। उनले भनेका रहेछन्- नेपालमा चीनको प्रभाव यति बढिसक्यो कि नेपाल झण्डै चीन कै एक प्रान्त झैँ भइसक्यो।

प्रसंग विकिलिक्सले खुलासा गरेको तिब्बती शरणार्थीलाई पक्रेर बुझाउन नेपाली सुरक्षाकर्मीलाई चीनले घुस खुवाउँछ भन्ने तथ्यको विषयमा रहेछ। दलाई लामाका अर्का प्रतिनिधिले यसबारे भनेछन्- यो कुनै नयाँ समाचार हैन। यो त हामीलाई थाहा भएकै कुरा हो।

दावाले यस्तो क्रम पहिलेदेखि नै जारी रहे पनि माओवादी सरकारमा आएपछि भने नाटकीय रुपमा बढेको आरोप लगाएका रहेछन्। उनका अनुसार तिब्बती शरणार्थीहरुले आफूलाई पक्रँदा चिनियाँ दूतावासका अधिकारीहरु पनि साथै रहने गरेको बताएका छन् रे।

यस्तै आरोपहरुका बीच उनले नेपाललाई चीन कै एउटा प्रान्त झैँ भइसक्यो भनेर भनेको खबर ताइपेइ टाइम्सले छापेको छ। हेर्नलाई यहाँ क्लिक गर्नुहोला।

71 Comments

  1. यो भारतको चाल हुन सक्छ ,नेपाल र चीनको सम्बन्ध बिगार्न हामी कदापि दिने छैनम

  2. कोइ कसैले पनि कोइ कसै को हाट मुख बन्दगरना सक्नेशक्ति छैन कोइ कसै को पनि गोठालो लागेर हिड्न सक्तैनौ आफ्नो संस्कार संस्कृति परम्परा आस्तिवा आफैले जोगाउनु राम्रो हुन्छा.आरुको कुरा मात्र काटेर समय बर्बाद नगरु नगरौ सबैले सुखामात्र खोजेकाहुन दुखलाई रुचाउने यू दुनिया मा कोइ पनि हुँदैन.दुख र सुख मनिष को साथी नै हू पराक्रमी पुरुसार्थी मर्दा बनु नामर्दहरुको कुरा नै ज्यादा हुन्छा.saabhadan

  3. दलाइ लामा तथा उसका पिछलग्गुहरु भारतमा शरण लिएर बसेकाले चीन र नेपालको सम्बन्ध बिगार्न खोजेका त होइनन??????

  4. खाजा मिठो समोषा,चाट, जिब्रो पड्काउदै चटपटे र पानीपुरी खाना क्या स्वाद,
    गाना बजाना हिन्दी नै, मल्तिप्लेक्ष् र सिनेमाघर मा हाउस्फुल चल्ने हिन्दी फिल्म नै.. हुदा हुदा मन्दिर मा नेपालि भजन गएमा देउता रिसाउने डरले हिन्दी भजन नै बजाउने …तेसैले नेपाल चीनको भन्दा भारत् को उपनिवेश जस्तो छ र सायद नेपालीहरुले एक प्रकार ले सांकेतिक रुप मा उपनिवेश स्वीकारेको को जस्तो पनि छ,,

  5. हाम्रो जस्तो चोर नेता अनि सरकारी मान्छे हरु को कारण ले जो कम गरी खाने हरु लाइ सास्ती अनि जो देस को ढुकुटी बाट देस बिदेस घुम्न अनि आफु मोज गर्न पल्काका हरु को देस को नाम ………. अनि गरीब को पसिना चुस्न पल्क्का हरु को देस …..काम चै केहि नगरी नेपाल को नाम परिबर्तन “नया नेपाल”……..झन्डा परिबर्तन गर्न खोज्ने ……कानुन को सासन लाइ लुट तन्त्र ..खाली आफ्नो पार्टी अनि आफु कसरि पैसा लुट्न खोज्ने ……
    यस्तो देस को नागरिक भै खाली “अन्याय सहनु भन्दा चीन ले सासन गरे सबै नेपाली हरु खुसि हुने …
    यहाँ नेपाल को नेता अनि देस लाइ यस्तो हालत मा पुरौना हरु को फमिली अनि रेलातिवेस हरु लाइ देस को यो समय मा सत्ता अनि पार्टी वन्द कसरि आग्रिकुल्त्रिअल् रेवोलुशन गर्न सकिन्छ भन्न सोच्न अनि गरीब को सेवा गर धर्म हुन्छ भनि सीकौना चाहन्छु .

  6. *** “A Cultural Genocide” – A last cry for Freedom ***

    Tibet, the country where the Chinese red army marched into its capital Lhasa, occupied and annexed in 1950-51 is overdue for freedom.

    Tibet has its own thousand years of unique Buddhist cultural history and heritage. It was a powerful kingdom during the reign of king Songtsan Gampo (Seventh Century) who married a Chinese princess, Wencheng and a Nepalese Buddhist princess, Bhrikuti. The Tibetan writing script was believed to be developed during this time in Nepal and presented to the king of Tibet. The writing script is a part of Indo Aryan script family (Sanskrit). For a long time Tibetan coins used to be minted in Nepal and supplied to Tibetan government. Once in 1789 AD war broke out between Tibet and Nepal when impurities were mixed in silver coins. Whenever war broke out between these two neighbours the Chinese imperial force used to come to assist and drive out Nepalese force from Tibet. When the British military invasion (the Younghusband expedition) took place in 1904-5, there was no assistance from the Chinese imperial force to Tibet. With modern weapons, the British force massacred the Tibet’s defensive force. Later the British found difficult to access Tibet through Himalayan passages and so it abandoned the colony and the thirteen Dalai Lama declared it as an independent country in 1912.

  7. खै के खै के भनेको जस्तो, जसले जे भन्यो तेही हुन्छ?
    हामी अरुको पछि लाग्ने किन गर्छौ भनेको!!!
    कहिले भारतले नेपाललाई आफ्नो प्रदेश भन्यो भनेर बबाल कहिले चीनले नेपाललाई आफ्नो प्रदेश भन्यो भनेर बबाल…………
    भन्दैमा हुने भए, ठिकै छ नि त हामी पनि भनि दिउन चीन र भारत भनेको नेपालको प्रदेश हो, दुवै बीच झगडा होला भनेर हामीले दुवै देशलाई छुट्याई हामी चै बिचमा रेफ्री बनेर बसेको भनेर!!!!

  8. सर्पलाई जति माया गरेर दुध खान दिए पनि बिख निकाल छ भनेको येही त हो नि .

  9. हाम्रो देश नेपाल प्राण भन्दा प्यारो छ…….. नेपाल चीनको यक प्रान्त भन्ने वैयत मान्छे हो …… पससिम बाट सुर्य उदाउनु भनेझै हो सिर बाट बगेको खोला पुन सिरमा जानु भनेझै हो ………….

  10. कुरा यसोहो ,, इंडिया नेपालको प्रान्तहो र चीन छिमेकी. यदि नेपाल चीनको हुनेहो भने इंडिया को हाम्रो सबै जस्तै दार्जीलिंग,गोरखपुर हामीले फिर्ता लिन्थ्यो /
    जब हाम्रो यति ठुलो भुमि लग्यो भने हाम्रो प्रन्तनैहो /
    चीन जस्तो छिमेकी पाउनु हम्रोलागी भाग्यको कुराहो/ इंडिया ले कतिसम्म यातना दिएको छ हाम्रो सिमानाका दाजु भाई दिदि बहीनी हरुलाई सोध्नुस र हाम्रो फटाहा नेताहरुलाई हेर्नुस /

  11. दावा जी तपाई को घुर्की लाई म खण्डन गर्न योग्य पनि देख दिन !

  12. यो सबै सुजाता ले गर्न लगाएको हो . उ चिन जना लाग्दा केहि न केहि बखडा त उठाउन पर्यो नि

  13. यो इन्डियन दलाल हरुको नै कुरा हो/ दलाइ लामा भन्ने मानिस पनि तिबत को इन्डियन दलाल नै हो/

  14. आफु आफु मा झगडा गर्दै मा व्यस्त छन् हाम्रा नेता हरु, जनता लाई आफ्नो पिडा आफै मा छ,अनि छिमेकि हरु त रमाई हाल्छन, अनि रयाल चुहाएर बसिरहेका छन्, कैले झय्प पारौ भनेर, भासन दिने बेला मा चेइ यो बनाउछु र त्यो बनाउछु , यो गर्छु र त्यो गर्छु भन्यो,गर्ने बेला मा चेइ केहि न केहि हत्मलाग्यो सुन्य, भुक्ने कुकुर ले कैले नि तोक्दैना भनेजस्तै , एदी सबेई नेता हरु ले मिलेर काम गर्ने हो भने त देश बन्न धेरै समय लाग्दैन, आफ्नो दुनो आफ्नो खल्ती तिर मात्र ध्यान दिएको हुना ले यो गति भएको हो, जनता लै झुठो सपना देखायो अनि जनता लाई लुट्यो अरु त खेइ केहि देखिएन , विस्वास गर्ने लायक कोहि पनि भएनन् जनता ले , नियम को पालना सबेई ले गर्ने हो र आफ्नो अधिकार को साथ आफ्नो कर्तव्य को पनि खोजि गर्ने हो भने त हाम्रो देश पनि बिकाश हुन्छ, कि कसो?

  15. दावा को कुरा हावा ! पुलिसले पैशा लिए कै भर मा चाइना को प्रान्त भन्ने हो भने नेपाली पुलिश ले कसको बाट पैसा लिए को चाइना ? तेशो भय संसारकै प्रान्त भने हुन्छ तिब्बेत सहित , तिब्बेतियन हरुले पनि कुश्तई पैसा खुहाऊ छ , थुप्रै बहानामा , कशो ? दावा को कुरा हावा मात्रै हो, यो तिब्बेतियन हरुको ग्रान्ड डी जा इन मात्रै हो , किन कि नेपालीले तिब्बेतियन सरनार्थी माथि धावा बोलोश अनि उनि हरुले अन्तर रास्त्रिकन गरि चन्दा बटुल्न पावाश, एती ध्यान ले प्रचार गरे को मात्रै हो. दावाको पछिमेली लाई ठगि खाने भाडो को उपयोग हो .

  16. यस्ता कुराहरुमा संयमता अपनाउनु पर्छ जस्तो मलाई लाग्छ !
    यो भारत र तिबत्ती दलालहरुले संगठित रुपमा फालेको पासा हुनसक्छ !!

    होशियार !! नेपाल त सधैं नेपालीमै सिमित रहन्छ !

  17. हेर्नुस साथी हरु त्यो दावा भन्ने जन्तु हो.मान्छे भए तेस्को बिबेक ले बोल्थ्यो.अब जन्तु हरुले बोलेको कुरा मा नि हामी टाउको दुखाउने..?..भन्दै मा केहि हुन्ना… र कसै को बाउले नि नेपाल लाइ केहि गर्न सक्दैन..तेस्ता मुर्ख हरुले बोलेको मा हामी टाउको नदुखाउ साथी हो…खस् भन्ने हो भने सब हाम्रै गल्ति हो जसले नि हेपेको छ. आफु कम्जोर भए पछि के गर्ने. हाम्रो देस बलियो बनाउने हाम्रा भरौटे नेता हरुको कम हो अब तिनीहरुको मति नै खत्तम भएपछि हाम्रो देस आफ्नो ठाउमा अडीक भएर कसरि बस्न सक्ने. हेरौ आज कति सम्म तल गिराउछा नेपाल लाई हाम्रा भरौटे हरुले..हैना भने आफै उत्रिनु पर्चाह मैदान मा र एक एक लाई ठिक गर्नु पर्छ……

  18. यो अरु होईन भारत को चाल हो आम नेपाली को भावना थाहा पाउने ,, नेपाल भारत को राज्य भन्दा आन्दोलन गर्ने नेपालीहरु चीन को भन्दा के गर्छन भनेर ,, नेपाललाई एदी साचै भारत चीन ले मात्र होएना सारा बिस्वो मिलेर उपनिबेस garauna खोजे पनि नेपाली हरु झुक्ने छैन तर अब येस्ता हावा कुरामा लगेर आन्दोलन गरेर देशलाई घाटा लागउने पनि छैनौ

  19. दावा छिरिंग ले हाम्रो सानो गरिब देश मा लाखौ तिब्बती हरुलाई सरण दिएको भुले जस्तो छ / गल्ति अब हाम्रो पछे बाट भयो होला तर यो दावा हावा ले नेपाल चाइना को स्टेट भयो भन्ने अधिकार कसरी पायो / नेपालमा सरण लिएका तिब्बती हरु सरणार्थी को रुपमा चुप लगेर बस्दा राम्रो होला / नेपालमा नै बसेर नेपालीहरु लै मन नपर्ने यिनी हरुको बानी छ / तेती मात्र कहाँ हो र साथीहरु भाषा पनि हिन्दीमा बोल्नु पर्ने / काठमाडौँ र पोखरा मा तिब्बती सरणार्थी केटा हरु बाहिर निस्केर हुलदंगा गर्दै हिदछान / गुण लगाउने जात होइन यिनीहरु / बेलैमा सोचौ /

  20. भएकै कुरा त भनेछ डावाले। चीन र भारतले भने भनेको ब्यालेन्सन गर्नु मात्र त नेपाली राजतीनि हो। ‘भाड मे जाए देश – छु मतलब’ मेन्टालिटीबाट गुज्रिनु मात्र त नेपालको पुर्पुरोमा छ।

  21. यो केहि न भएर Frustated Mind को out come हो , अवाश्वक नभै यो दलाइ लामा तिब्बतलाई स्वतन्त्र मुलुक को रुपमा स्थापन गर्न चाहनछन् | र धर्म को नाम मा राजनीति गर्दै छ | तेत्रो सानो तिब्बेत लाई छुट्टै मुलू बनाउने भन्छ यो का सम्म को लायक कुरा हो | अहिले केहि गर्न सकेन नेपाल लाई गाली गर्दै छ हरुवा हरु

  22. छिमेकीहरु तारा-ग्रहहरुमा पर्भुत्व जामाउन थाली सके बिचरा म देश हरायर प्रदेश बन्न लागेको हेरेर बिदेशीलाई सराप्दै बसी रहेछु…!! लेडुपे दोर्जे नेताहरुको जय जयकार गर्दै हिड्ने मैले भोलि सिक्किम, गोवा वा तिब्बतको नागरिक को जस्तै दसा भोग्न आज यी बेइमान, रास्टघाती नेताको कामलाई यो वा त्यो पार्टीको कार्यकर्ताको नाममा समर्थन गर्दै सडकमा इट्टा खुराउदै छु, पुर्खाले ज्यानको बाजी लगायर बचायको यो देशमा आज त म बुख्याँचा जस्तै भए नि नेपाली हुँ भनि रहेछु, तर भोलि हाम्रा सन्ततिले आज हामी बाची रहेको यो समयको इतिहास पड्दा कति धिक्कारलान मलाई….???

    • बिमल जी को लेख अत्ति घतलाग्दो र मार्मिक छ..मलाइ सार्है मन पर्यो.

  23. देश लाइ नै दशा लागे पछि के गर्नु हो नेपाली दाजु भाइ तथा दिदि बहिनि हरु !!!!

  24. यो समाचारले पक्कै पनि राकेश सुदलाइ निन्द्रा नलाग्ला अनि माकुनेले स्पस्टिकरण दिनु पर्ला “होइन मालिक, हामी त हजुर कै दास हौ भनेर”
    राष्ट्रबादी जनतालाइ कति मन पोलेको छ, दलाल नेताहरुको कारणले,
    जनता खण्डन गर्न सक्दैनन्, संगठित पनि छैनन्
    कहिले नब युवराज रुबेलको काण्ड, कहिले सरकार बनाउने सहमतीय गणित, संबिधानसभा आर्यघाट पुग्न लागि सक्यो
    धिक्कार छ !!

  25. कसैले भन्दैमा नेपाल चीनको या भारतको हुनेवाला छैन, नेपाल नेपालीकै हो र रहन्छ, कुनै कपुतले भन्दैमा नेपाल कसैको हुन्न.

  26. साथीहरुले आ-आफ्नो विचार राख्न स्वन्तन्त्र रुपमा सकिन्छ यधपी सव्ह्या तरिकाले राखेमा आफु कुन स्तीरको मान्छे भन्ने कुरा पाठकले चाल पाउन सकिन्छ र आफ्नो लेखले पाठक बर्गको मन जित्न सकिन्छ अनि एउटा लेखकको लेखको अभिप्राय पनि त्येसैमा निहित हुन्छ, तर कुनै धर्म वा जात वा बर्ग विशेषलाई गालि गलौज गरेर आफु ठुलो हुन सक्दैन र मान्दैन कसैले पनि,
    त्येसमा नि आफ्नो लेख वा विचार सार्वजनिक रुपमा मेडिया मा जादै छ भन्ने थाहा हुदा हुदै एस्तो आपति जनक कुरा ब्यक्त गर्दा एसले आफुलाई पाठक बर्गले कसरि मुल्यांकन गर्छ त छदै छ त्येस किसिमको अभिव्यक्तिले कुनै दुर्गति ल्यायो भने त्येस बिषयमा आगो लगाउने जिम्मेवारी चाही अरुलाई होचायेरा लेख्ने साथीहरुले नै लिनु पर्ला नि, कि कसो मित्र हो?

  27. हाहा नेपाल चीन को प्रान्त हुन्छ भने म “बाघ को छाला स्याल ले ओडेर” हिडे जस्तो गरि धोति लाई झम्टिन जाने थिए !! हाम्रो इतिहास अहिले सम्म कुनै पनि देश बाट पराजय र उपनिवेश भएको छैन …तर जे होश “i hate india “

  28. आफ्नो थैलो राम्रो कस्नु अर्कालाई चोर नलाउनु भन्छन नि हो त्यस्तै हो हामि नै बिदेशीको सामु घुडा टेकेपछि अर्काले हेप्दैन देशको विदेश मन्त्रि नै बिदेशी छ . पहिला त हाम्रा नेताहरु राष्ट्रिय सवालमा एक ढिका हुनु पर्यो नि होइन र हत न पता देशमा सानो समस्या आयो कि बिदेशी गुहार्ने चलन छ तलानात्मक रुपमा त धोति भन्दा त चिनो नै ठिक कारण उसले सानो भन्दा सानो कुरामा त हस्तक्षेप गरेको चाहि थाहा छैन है . भारतले एउटा सचिवको लागि त सिफारिस ल्याएर आउछन . सिमा उस्तै मिच्छ्न . बाहिरी हस्तक्षेप रोक्न हामि एक हुने

    • साथीहरु हो जब सम्म हाम्रो देस मा अहिले का कपूत नेताहरुले डेरा जमाएर जनताको tauko मा बसेर राज गरि रहन्छा तब सम्म येस्ता गनाउने खेल सबै बाट खेली रहन्छा नै. तेसैले pahila आफ्नो घरको फोहर फाल्ने तिर सबै जनता लागे कसो होला?

    • chin bhandaa ta bhaarat kataa ho kataa sachchaa mitra ho dawa sherpa g,,, chin le nepal lai क दिएको छ? भारत् मा हेर्नुहोस, ५० लाख नेपाली हरु छन्, रोजगारी पनि राम्रै दिएका छन्, तेती गर्दा पनि अझ सत्रु नै देख्ने तपाइको आखा लाइ चस्मा लगाउनु पर्ने बेला पो भयो कि?
      अब रह्यो हस्तछेप को कुरो, भारत् ले नेपाल मा प्रतक्ष्य हस्तछेप गर्छा, तर छिन् ले टाउको मा चढाएर राखेको पनि त छैन नि

  29. मानवताको नाताले हामी सबै तिबेतियनहरुलाई देश निकला त गर्न भन्न हुँदैन होला त्यसै नि चीनबाट पेलेर यहाँ आएकाछन त्यहि माथी दुःख दिनलाग्यो भने त तितो अनुभव हुन्छ, त्यो एक जानले भन्दैमा सारालाई दोष नदिऊँ l दावाको कुरा सही हो घूसखोरीहरु माथि आक्रोस पोखेको हो जस्तो लाग्छ l

  30. hmm think i read somebody say china isn’t a threat.
    yes, they are a big threat, not only them, any country will be as long as we have our corrupt leaders, and people driven by greed.
    that’s all i see when i look around. people have been in misery for too long, that they don’t wanna continue in living an honourable life that doesn’t pay the bills.
    that’s one of the reason i think no matter where you go in nepal, there are people who want to either cheat you/ or just ask you extra charge just to do their jobs, and this is everywhere.
    you want to make driving lisence- better pay the peon, or be prepared to be standing there the whole day;
    umm citizenship certificate- as long as the money is in order, the paperwork is just piece of cake;
    police station… ah go to file a report, you’ll see how they treat you. i tell you its not like in the movies, they just don’t give a damn,(maybe i watched a lot of movies…);
    traffic cop- we all know….
    airport- needless to say
    and the list goes on and on… hope you got the point.

    so how is this related to our neighbouring countries? (indian bullying)
    why is it that every politician seem to be too good to be true?
    why is it that ppl get away with serious crimes?

    see any connection?

    but wait a minute, i’m not saying that they are all corrupt…. sounds so distant-“they”. its us, each and every one of us.
    and the biggest problem we as nepalese have is that we are trigger friendly when it comes to pointing fingers at others.

    and yes, as long as we carry on like this we will get effed over by others no matter indian/chinese.

    hmm, now back to the discussion.
    i don;t think mr.dawa meant any harm by saying that nepal is like a provience of china….

    now before any more hot headed comments, read it out loud.. “…. like a provience of china” he didn’t say “is a provience of china”
    1st – comparison, 2nd – statement
    ppl need to read before making comments.i think he was “COMPARING” nepal to one of the proviences of china because of the strong influence that china has been having here in the recent years. so i think “nepal as a provience of china” means that the speaker is having concern over increasing the chinese influence in nepal.
    -2008 olympics, nepal, peaceful riots, police brutality
    -thamel, more than 50% of hotels belong to chinese. (its like chinatown now.)
    -market filled with cheap chinese knock-offs.
    -nepal calling tibet and taiwan as belonging to mainland china (when did we start taking sides; always thought we were a neutral country)

    so no wonder these chinese refuges from tibet feel the presence of their government in nepal and feel as if they are in one of chinese proviences.

    i rest my case.

    oh and stop those racist comments hari and pals…

  31. नया तरिकाले सोंचौ साथी हो !!! इंडिया र china दुवै लाई नेपाल मा गाभ्नु पर्छ. ग्रेअटर नेपाल बनाउनु पर्छ. ति मुला ले मात्र नेपाल लाई तिन को province भन्ने, हामी india र chaina लाई हाम्रो province बनाउनु पर्छ.

    Imagine the time when we have the capital in kathmandu and province leaders from delhi and beijing visiting kathmanmdu nepal to see greater country’s prime minister. aahhaaa

  32. दावाको कुरा हावा चाहिँ होइन/ तिब्बती शरणार्थीहरुलाई नेपाल प्रहरीले समाउदा चिनियाँ अधिकारीले ‘चकलेट’ दिने गरेको कुरो विकिलिक्समा पनि चुहिएको थियो/ हेर्दा नेपालमा भारतीय हस्तक्षेप नांगो देखिन्छ किनभने स्वभावतः भारतीयहरु ‘बडे मुह’ (big mouth) हुन्छन् तर चीन धेरै बोल्दैन तर थर्काएर अफ्नो काम गराउन माहिर छ/
    दावा तथा अन्य तिब्बेती अधिकारीहरुले नेपाल जस्तो सानो मुलुकको वाध्यता पनि बुझ्नु पर्ने हो/ सानै देश भएनि हामीले वर्षौंदेखि तिब्बती शरणार्थीहरुलाई शरण दिई राख्या छौं/ भारतले त चीनसितको आफ्नो सिमा विवादको कारण राजनीतिक कार्डको रुपमा प्रयोग गर्न दलाइ लामालाई शरण देको हो, नेपालले कुनै स्वार्थ राखेर तिब्बती शरणार्थीलाई स्विकारेको होइन/ यो कुरो पनि दावा जस्ताले बुझ्नु पर्नेहो/ अब दावाले त्यसो भन्यो भन्दैमा अन्य तिब्बतीहरुलाई वा ताइवानीलाई गाली गर्ने मूर्खता नगरौं/

  33. जब सम्म हामी आर्थिक रुप्मा सम्पन्न र स्वाबलम्बी हुँदैनौन तब सम्म एस्ता लान्छनाहरु लगिनै रहन्छ्न। यो त दलैलामाका चेलाले नेपालमा चाइनाको बध्दो हस्तचेपको प्रभाव देखेरनै एस्तो अभिबेक्ती दिएका हुन। नेपालमा हामीले बाटो बनैदिएका छौं, हस्पिटल बनैदिएका छौं एती गरेका छौं उती गरेका छौं भन्दै चाइनाले आफ्नो गुनको नुन खोज्दै छ। हो यो मामिलामा ईन्डिया भन्दा केही कम होला तर ऊ पनि तेतिकै बसेको त छैन। सन १८१४ मा नेपालले ब्रिटिश एम्पाएर सित एक्लै युध्ह गर्‍यो र तेस्युध्हमा हाम्रा कती अंुल्ये भागहरु गुमानु पर्‍यो यो त स्बै लाई थाहानै छ, तेती बेला नेपालका तर्फ बाट चाइनालाई हाम्रा पक्छमा युध्ह गर भन्दा उस्ले अस्विकार गर्‍यो। के था चाइना ले सहयोग गरेको भये त्यो युध्ह हामीले जित्न पनि सक्थौ कि? तेही बेलामा देखैदी सक्यो नि चाइना हाम्रा कतीको राम्रो छिमेकी हो भनेर।
    पछील्लो समयमा माओवादी काम्रेडहरु चाइनासँग नजिकिएका छ्न तर उनिहरुले भुले कि सशस्त्र युध्ह को बेलामा अमेरिका, बेलायता र ईन्डिया ले सम्म ज्ञानेन्द्र लाई हतियार नदिएकोमा चाइनाले सप्लाई गर्‍यो उनिहरुकै बिरुध्ह प्रयोग गर्न। नेपालमा चाइना सेकेन्ड लार्जेस्ट एक्स्पोर्टर हो तर उस्को ईम्पोर्ट जेरो % छ।

  34. भारत् चिन कसैले लिनु हुन्धैन /आफ्नो आफनै हुन्छ /नेपाल नेपालीको हो, हुन्छ , हुनु पर्छ, हार खानु हुन् /रात पछि दिन पक्का हुन्च /रगतको क्यान्सर भयमा रगत सबै फेरिनु पर्छ /त्यसरी नै पुराना नेताहरु सबै नर पिस्चास र देस द्रोही हुन्/देस र जनता मारा हुन् ,यो नेताहरुले जस्तो मोजमस्ती कुनै पेसामा नाफा कहिँ नभयको ले पनि नेता पार्टी धेरी भयको जस्तो लाग्यो/अनगिन्ती पार्टी के काम? सचा देसभक्त एक मात्र भय पुग्छ /अमेरिकामा दुइवटा मात्र पार्टी छ / पुलिस ,कार्यालय ,बाटो ,ट्राफिक,नियम ,कानुन ,अनुसासन सभ्यता ,बा बा के के भानु / मेरो बिचारमा नेपालका नेताहरुमा हुनु पर्ने ,जुन त्याग तपस्य इमंधारी गुण नै हुनुपर्यो / त्, राजा कचा मन्त्रि लउचा प्रजा छुचा भयछ/जय नेपाल ////////////////////////

  35. जो जस्ले जे -जे भने पनि नेपाल हामी नेपालीको हो हामी जनताले नेपालको रछ्या गर्नु पर्छ . नेतालाई होइन !!

  36. हो येस्तई येस्तई कारणले गर्दा हामी हरेक नेपालीमा रास्त्रियेताको भुत सवार हुनु जरुरि छ, र येस्ता कुरा प्रकाश ढकाल (“यो कस्तो राष्ट्रियता हाम्रो?” भन्ने article लेख्ने) बेक्ती हरुले बुज्नु अति जरुरि छ. झन्डा भनेको रास्ट्रको पहिचान, तेहा बस्ने नगरीको पहिचानहो, झन्डा को अपमान राष्ट्र र रस्त्रियेताको अपमान हो. दुइ ठुला सक्ति रास्ट्रको बिचमा रहनु हाम्रा लागि गौरब को कुरा हो हाम्रो बिरताको परिचय हो, तर हालैका बर्षहरुमा आएर हाम्रो बिग्रदो राजनैतिक अवस्था को फाइदा उठाउदै इ दुइ राष्ट्रले नेपाल र नेपालीको पहिचान मेटाउने क्रियाकलाप गरिरहेका छन् कसैले psychologically त कसैले physically , south तिर बाट. अब धेरै नसोचौ एक भै मिलेर येस्ता आक्रमण हरुको पर्तिकार गरौ …

    • प्रकाश जी ले तेती सार्हो देश मारा काम गर्या पनि छैन ,तपाई सिनो को पछाडी गिद्द झामते झैँ झाम्तानु उचित हुन्न. आफ्नो गोरु को बार्है टक्का जस्तो नगरौ मित्र. सब्द जाल बुनेर प्रहार गर्न खप्पिस सिपालु हुनुहुदो रहेछा, सहि ठाउमा प्रहार गर्नुस काम लाग्ला , एउटा आम नागरिक ले गरेको गल्ति लाइ पाहाड बनाएर मुषा जस्तो नकोत्यौनुहोस .

  37. चीनको प्रान्त भए त् मैहू भन्ने नेताहरु चै दुलो तिर पस्ने थियो, हाम्रो नेताहरुको बिहारी copy राजनितिक भन्दा त् चीन तिरको कापी राजनितिक नै राम्रो हुनेथियोकी ?

  38. नेपाललाई नहेपेर अमेरिकालाई हेप्नु त ? कमजोर लाई सबै ले हेप्छन ! पहिला आफु चै strong हुनु पर्योनी सर !

  39. भोटे हरुलाई नेपालको एकचीन नीतिलाई गरेको समर्थन मन परेको छैन त्यसैले यो पृथकतावादी तिब्बतीले प्रतिशोद्को भावनाले फैलाएको हल्ला हो | ताइवानमा भोटेले के लेख्यो भन्दा पनि यथार्थ त हामी नेपालमा बस्ने लाइ थाह छ नि चीनको नेपालमा हस्तक्षेप हालसम्म देखिएको छैन बरु भारतको चाहीं व्यापक छ |

  40. साथी हो आस्ति नेपाल को रास्त्रियता सम्भंधि चर्को बाद विवाद मैले पढेको थिय , झन्डा को बिसयमा , अब हामी यो बिसयमा पनि अलि अलि चर्को बिरोध गर्ने हो कि एकै ठाउमा बसेर ??

  41. पहिला आफ्नो देस बनौ अनि अरुको बारेमा सोच्दै गरौ साथीहो. बिदेसी प्रभुका बुख्चाया हरुलाई देस निकाला गरौ अनि नया नेता नया विचार अनि नया नेपाल बनाउ.

    • !!!!!!!!!!!!!!!!!

      दावा छिरिंग ले आफ्नो भुतपुर्ब न्यास्नल intarest को कुरा गर्यो र हामि नेपालि आफ्नो national interest को काम गरम. एदी तिबती हरु chinese बाट freedom चाहन्छ भने उनि हरु ले चाइना विरुद्ध जे गर्नु छ गरे हुन्छ तर हाम्रो भुमि र हामि लाइ उपयोग गरेर हैन. एदी कुनै तिबतिले तेसो गर्छ भने हामीलाई सह्य हुँदैन. हामि यो कद्दापी चाहदैनौ कि कुनै पनि तिबती इस्सु ले गरेर हाम्रो चीन संग को सम्बन्ध बिग्रियोस. दावा छिरिंग को कमेन्ट को लागि उसलाई नेपाल छिर्न सदा को लागि बन्देज लागाउनै पर्छ नेपाल सरकार ले.

      अब हामि आफ्नो न्यास्नल interest को कुरा गरौं अलिकति. कुनै पनि बेला तिब्बत फ्री भै हाले को खण्ड मा नेपाल तेस दिन देखि भारत् को providence हुन् पुग्छ. यो कुरा धुर्ब सत्य हो. अहिले तिन तिर बाट भारत् ले घेरेको छ हाम्रो भौगोलिक. भोलि तिब्बत फ्री भए को खण्ड मा चार तिर बात घेर्ने छ र अरु केहि उपाए बाकि रहन्न सिबाये घुडा टेक्ने. तेसै कारण ले हाम्रो तिबेती साथि हरु हो यो कुरा एकदम सत्य हो कि हामि नेपालि ले चाहेर पनि पचाउन गार्हो छ कि tibet फ्री होस् भनेर. नेपाल को national interest को कारण ले गर्दा हामि नेपालि ले यो चाहदैन कि फ्री तिब्बत ! यो हामि ले धेरै दुख को साथ् भन्नु परि रहेको छ eutai कारण ले गर्दा त्यो कारण को हाम्रो जानी दुश्मन भारत जसले हाम्रो हिमाल पहाड तराई माथि गिद्द दृस्टी राखेको छ. माफ पाउ.

      भारत र अमेरिका यो चाहन्छ कि जसरि हुन्छ चाइना लाइ टुक्रयाउ र उसको पावरफुल economy break कसरि गरौं ..येस्मा तिबेती साथि हरु हो तिमि हरु लाइ राम्रै use गरि रहेको छ उनीहरु ले. खबरदार !!!

  42. हो, नेपाल लाई बरु चिनको प्रान्त भनोस तर भारतको चाही नभनोस .

    • What are you trying to say?? or even any idea what you are saying? Are you saying that you do not mind to be a slave of Reds than slave of tricolors ? Either way you are a F@#$^&% slave. Get it!

  43. अब दलाइ लामालाइ नेपाल मा पनि प्रवेश निषेध गर्नु पर्यो.

  44. दावा छिरिङ ले भनेको कुरा सत्य भएको भए ठिकै हुने थियो बरु ….देश क भ्रस्ट नेता हरु को कुरा गरि सक्नु छैन….अब कसैको भर नि देखिदैन देश मा……
    धोति र लुंगी को भर गर्न भन्दा त चिन कै भर गर्न ठिक हो जस्तो लाग्छ…इतिहास साक्षी छ …..धोति ले जस्तो नेपाल लाई हेप्ने काम चिन ले कहिले गरेको छैन……
    जे भए नि नेपाल चीन को एउटा प्रान्त भएको भए धोति र लुंगी हरु चाही कहाँ हुने थिए नि ????

  45. We should reject such stupid comment made by the Tibetan. The bad parts from our side are the corrupted officials who return the refugee back to the Chinese officials. We shouldn’t make an issue of this. Don’t we remember the issues n incident after Hritik @$$’ comment and the more silly response / politicization by so called union/political parties. Still feel sorry for the loss of two known lives from Chabahil.

  46. यो सबै हामी नेपालीहरुले लगाएको गुनको तिब्बतीहरुले कृतघ्न भएर ऋण तिरेको हो अरु केहि होइन. नेपाल जस्तो सानो र गरिब मुलुकले संसारको सबै भन्दा बढी संख्या मा तिब्बती हरुलाई सरण दियो (मेरो भन्नु को मतलब ३ करोड जन्संशय भएको नेपाल ले ५०,००० तिब्बतीहरुलाई सरण दियो जबकी १ अरब जनसंख्या भएको भारतले मात्र १ लाख लाई दिएको छ). र तीनै बैगुनी भोटेहरुले यस्तो नराम्रो किसिमको बदनाम हामी लाई नै गर्छन, भने यिनीहरुलाई खेद्ने आन्दोलन तिर लाग्नु पर्ने देखिन्छ.

    जय देश!
    तिब्बती भोटेहरु मूर्दाबाद!!

  47. होइन यो सबै तेही TAIWAN को काम हो. जो नेपाल र चीन बीच लामो पुरानो दौते सम्बन्ध देखि चाहदैन. चीन जो नेपाललाई सोतंत्र राष्ट्र को रुपमा हेर्छ, जो नेपाल को दिगो प्रगति उन्नति देख्न चाहन्छ. एक असल छिमिकी रास्ट्रको भूमिका निभाको छ. तर तेस्को ठिक बिपरित छ हाम्रो दक्षिण तिर को छिमेकि राष्ट्र.

  48. भाई फुटे गवार लुटे. यो सबै कमजोरी हामीहरुकै हो . देसको यस्तै हालत हुने हो भने चीन हैन भुटानले पनि भन्छ .

  49. सरणार्थी भने को त राजनैतिक मानसिक र आर्थिक रुप ले राज्य बाट सोषित वर्ग हुन् जसले त्यस बाट छुटकारा पाउन आर्को देश मा सरण लिन जान्छ त्यस्तो लाई पनि नेपाल क घुसाहा फटाहा चोर नेता र पुलिस हरु ले बदमाशी गरेको हो /यी घुसखोरी हरु लाई कति पनि दया माया हुदैन पैसा को अगाडी/ यदि कुनै तिबेती पुलिस ले समाते नेपाली जनता हरु मिलेर त्यसलाई पुलिस को चंगुल बाट फुत्काएर चिनिया हरुको कठोर यातना बाट मुक्ति दिलाउने प्रयत्न गर्नु पर्छ /हुन त युगौ युगौ देखि भारत संग नेपाल को सास्कृतिक रुपमा सम्बन्ध रही आएको ले हामी लाई भारतीय हस्त्क्षेप् को महसुस हुन्छा जो धेरै पिडा दायक छ तर हामी ले प्रत्क्ष्य रुपमा चिनिया हस्तक्षेप् देखेको छैन यो अ दृश्य भएको ले यो त्यति पिडादायी महसुस भई रा छैन /विकिलिक्स ले विस्तार विस्तार नेपाल सम्बन्धि कुरा हरु बाहिर लेरौछ अनि नेपाली हरु ले थाहा पाउछन् चिनिया हरुको नेपाल मा कतिसम्म को हस्त्क्षेप् हुन्छ भनेर/

  50. कुनै दिन कुखुरो ले पनि लात्ती पड्काउने भयो नेपालमा / यी गति छाडा नेता हरु ले गर्दा / जय nepal

  51. यस्तै हो, आफ्नो केहि गर्ने खुबी नभए पछी जसले पनि हेप्छ/ आफ्नै किसिमको clear refugee policy नअपनाएर कहिले अमेरिकाको त कहिले चीनको निर्देशन अनुसार तिब्बतियन सरनार्थी हरुलाई व्यवहार गर्दा ककसले केके भन्ने हुन् ठेगान हुँदैन/

  52. बिचार दलाइ लामाका आनुयाई चीनले लखेटी दियो भारतले पाल्दैछ नेपालमा निकै भुकीरछा यस्तै चालहो भने नेपालका बुद्धमार्गी फेरी आरुकुनै देश जानु पर्नी निचितछ

  53. यस्तैहो देश गरिब भएपछी, जबसम्म देश आर्थिकरुपले समृद्ध हुदैन तबसम्म हामि बिगतका बिर गोर्खालीहरुले यसरीनै हेपिदै जानु पर्छ .

  54. अब अघ्घोर राष्ट्रवादीहरुले नेपालमा भएका तिब्बती शरणार्थीहरुका घरमा आगो लगाउने हुन कि ? फेरी अर्को ऋतिक रोशन काण्ड घटाउने हुन कि ? श्री लंके र रुबेलको किचलो सेलाउन पाएको छैन, फेरी कुन चाहिं दावा छिरिंग आगोमा घिउ थप्न आइ पुग्यो| अब यस्तै हो भने भुटानतिरका कुनै फिन्जोले अर्को बखेडा झिक्ला, अनि हामी चाहिं सडकमा टायर दनादन बालेर बस्ने ? मेरुदण्डहीन भएपछि सबैले हेप्छ, पेल्छ र हिंग हाल्छ | संबिधान बनाउनु कहाँ हो कहाँ, यस्तै चिजको खण्डन मण्डन गर्यो, बस्यो|

  55. के गर्ने! जब हामी कमजोर बन्छौं;चारैतिरबाट हेपिन्छौं-कुपोषण लागेको बच्चालाई रोगले हेपे जस्तै!

  56. भारत बाट पनि चाइना तिब्बेत छुन्छ्नी तेही बाट आन्दोलन सन्दोलन गरे हुन्छनी नेपाललाई किन बिच मा पार्ने ? ईन्डिया अमेरिका र भोटे चोर हरु ???? Yesma ke bichar chha? Sunil ji ko?

    • इंडिया ले tibten लाई उसको देशमा फर्काए को record छ?
      India को बारे सलोक्जी ले news लेखेको छ रे एस news को बारे?किने अरु देश लाई जोड्ने?पहिला आफुनो देश को situation hera ne

    • हरि जी
      कुनै जाति बिशेषलाई सम्बोधन गर्दा Derogatory terms प्रयोग गर्न बाट टाढै बस्नु राम्रो होला | बिचारमा असहमत भईए असहमति जनाउने सभ्य शब्दहरुको गरिबी छैन हाम्रो नेपाली शब्दकोश | अरुलाई असभ्य humiliation गर्ने गर्दा आफ्नै सभ्यताको स्तरको बिज्ञापन गरि राखेको भईन्छ |

  57. हाम्रो देश अहिले सम्म शोतंत्र छ. कुनै देस को अधिन मा छैन. र अब कसैको हुने पनि छैन.तर हाम्रो घनिष्ट मित्र राष्ट्र भारत हो. तर भारत ले मित्र राष्ट्र को नाम मा नेपाल लाई ठुलो मित्र घात गरिरहेको सबै लाई थाहा भएको कुरा नै हो.हरेक ठाउँ मा हरेक पाइला पाइला मा घात गरिरहे को छ. तर चीन ले नेपाल माथि तेस्तो नराम्रो गरेको भनेको तेस्तो थाहा पैदैना. तर विकिलिक्स ले खुलासा गरेको प्रसंग मा ताइवान मा तिबेतियन ले भनेको भन्दा तेस्लाई ठुलो रुप मा नलिनु नै बेस होला मरो विचार मा. अरु साथी हरु को विचार मा नि???…..

  58. भोलि आर्को ले भन्ला रे ,ये नेपाल मा त् अमेरिका को प्रभाब यत्ति बढे छ कि नेपाल त् अमेरिका को स्टेट जस्तै भै सक्यो ??
    पत्याउने ? मान्छे को सरिर को दुइ प्वाल टाल्न सकिन्न भन्ने त् उखानै छ नि |
    सबैले भोगी आएको र देखिआएको चै नेपाल इन्डिया को स्टेट जस्तै हुन् आटेको चै हो | अब खाने पिउने रामे ,दोष पाउने श्यामे ?

  59. यो भोटे हरु लाई अब नेपालका शरण पनि दिनु हुँदैन ! काठमाडौंमा हल्ला गरेर नेपाललाई नाना थरी गाली गर्ने तिनिहरुलाई अधिकार छैन ! जाउन न तिनिहरुकै मामा ईन्डिया कहा हामीलाई किन सताउने ?

  60. नेपालीनेता सरकारले एस्तो गर्ने नहुने काम गर्यो भनेत् जसले पनि भन्छ
    तिब्बतन हरु नेपालमा सरनार्थी आउछ र उनीहरु लाई उसकै देशमा फर्काउछ/बिचार हरुको त्यो देसमा ले के हालत गर्छ के तपैले कल्पना गर्न सक्नु हुन्छ?
    पौहुना लाई त् god मन्ने देस हाम्रो ,सरण लिने लाई मर्न दिने?

    chinese government लाई तिबेंतन फर्काएको घटना हरु थुप रै छ/

    के नेपालको पुलिस,नेता कर्मचारी इमान्दार छ? हामीले दावा छिरिङ लाई खण्डन गर्न ?

Comments are closed.