अन्धविश्वास कि सत्य? भूत घर अरु नि छन् यहाँ

न्युरोडको एउटा घरमा भूतले मान्छे तानेर पिट्यो भन्ने हल्ला फैलिएपछि हिजो दिनभरमात्र हैन राति अबेरसम्म पनि न्युरोडमा ठूलै भीड जम्मा भएको थियो। सबै त्यो भूत घर हेर्न आएका थिए। हल्लैहल्लामा तानिएर आएका उनीहरुले देख्‍न त के देख्थे र त्यहाँ, तैपनि हेर्नेहरुको लर्को लागेको थियो। धेरैलाई थाहा नहोला, तर त्यो घर भूत घर भएको चर्चा चलेको दश वर्षभन्दा बढी भइसक्यो। सोमबार एभिन्युज टेलिभजनका पत्रकार र वास्तुशास्त्री वास्तुविज्ञान कार्यक्रमको सुटिङ गर्न गएपछि कुट्यो भनेर हावा हल्ला फैलिएको भए पनि त्यो ठाउँ वरपर त्यो घरको अनेकन् कुरा दन्त्यकथा सरह सुन्न पाइन्छ। रातको १२ बज्यो कि भूतले आक्रमण गर्छ, सुतेको मान्छेलाई बाहिर फ्याल्दियो रे, सामानहरु बिगारिदिन्छ रे..आदि इत्यादि। त्यही भएर त्यस्तो प्राइम लोकेसनमा लाखौँ भाडा आउने घर भएर पनि भूइँतल्लामा पसलबाहेक माथिको चारै तल्ला वर्षौँदेखि खाली छ।

अन्धविश्वास हो कि सत्य, अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउससम्म पनि भूतबाट अछुतो छैन। तर काठमाडौँमा त्यो मात्र हैन, अरु प्रशस्त भूतघरहरु छन्। कहाँ कहाँ छन् ? आउनुस् पढौँ।

bhootfAKE
रात पर्दापर्दै हल्लाले न्युरोड क्षेत्रमात्र हैन, फेसबुक पनि संक‌्रमित भयो। फेसबुकमा भूतघरको बरन्डामा फोटोसप ट्रिकबाट भूत उभ्याएर भूत देखियो भन्ने हल्ला फैलियो। न्युरोडमा उभिएर हेर्नेहरुले केही नदेखे पनि झुटै सही, फेसबुकमा भने त्यो घरमा भूत देखियो ! तर त्यो कृत्रिम भूत हो।
वर्षौँदेखि यो घर खाली रहे पनि केही अघि मात्रै पारानर्मल एक्टिभिटी रिसर्च टिमले त्यो घरमा गई खोजबिन गर्दा केही पनि त्यस्तो अनौठो गतिविधि भएको नदेखेको बताएको थियो। सो टिमले तयार पारेको घरभित्रको दृश्यसहितको भिडियो हेर्नुस्-

भूत घरहरु


प्रेतात्माको त्रासका कारण वर्षौवर्षदेखि खाली छ पनौतीको चोकमा रहेको एउटा घर। त्यो घर अर्थात ‘मटां छेँ’मा ७०/८० वर्षअगाडि एउटी नेवार युवतीको निधन भएको रहेछ, त्यो पनि गुफा बसेको बेलामा। त्यस्तो अवस्थामा निधन हुँदा जहाँ श्वास गएको हो त्यहींबाट तल खनेर गाड्नुपर्ने नियम रहेछ। त्यही प्रचलनपछि युवतीलाई गाडिएपछि घरमा ख्याः आउन थालेको हल्ला रहेछ। हल्लासँगै त्यो घरमा बस्न आउने थुप्रै बासिन्दा कोही कुटपिटमा परेका रहेछन् कोही घिसाराइमा। रित्तो भूतघर ५ वर्षअघि भक्तपुरे संस्कृतिविद् रविन्द्र पुरीले जिर्णोद्वार गरेपछि केही पत्रकार त्यो घरमा सुत्‍न गएका थिए। उनीहरुले कस्तो अनुभव गरे ? घोस्टहन्टिङको यो रोमाञ्चक ब्लग दुई वर्षअघि माइसंसारमा छापिएको थियो। पढ्नलाई यहाँ क्लिक गर्नुस्- रातभर भूत पर्खिरह्यौँ।

बागबजारको पहेँलो घर

काठमाडौँमा भूत घरका रुपमा चर्चित यो एउटा अर्को घर हो। १५/२० वर्षअघि त्यो तीन तले पहेँलो घरमा होटल स्नोलायन बस्थ्यो। त्यो होटल त्यहाँबाट सरेदेखि नै भूतले तर्साउन थालेको भनिन्छ। होटल हुँदा नै त्यहाँ केही भएको हुनसक्ने अनुमान पनि गरिन्छ। तीन रोपनी क्षेत्रफलमा फैलिएको घरमा भाडा लाखौँ उठ्न सक्थ्यो, तर के गर्नु भूतले तर्साएर सुत्‍नै दिन्न रे। एक्काइसौँ शताब्दीमा पनि भूत हुन्छ र भन्नेहरुले यो घर किनेर त्यहाँ बस्ने आँट गरे हुन्छ। निकै सस्तोमा किन्न पाइन्छ होला त्यो। भूतले तर्साउने भएरै त्यहाँ राति कोही बस्दैनन्, दिउँसो सामान राख्‍ने गोदाम बनेको छ। यो घरमा राति सेतो कपडा लगाउने, घोडा चढेको आवाज आउने गर्छ भनिन्छ।

वाफलको रातो घर

बाफलको सलफाँटमा रहेको चारतले रातो घर किनबेच गर्न खोजे पनि भूतको डरले भइरहेको छैन। यो घरमा एउटी केटीलाई बलात्कार गरेर हत्या गरिएको भन्ने गाइँगुँइ सुनिन्छ। ती वर्ष जति भयो होला यो घर खाली छ। यहाँ घडीमा रातिको १२ बज्यो कि एउटी केटी देखापर्छे रे अनि तर्साउँछिन् रे। घरभित्र रहेको इनारमा मान्छे हाम फालेको आवाज आउँछ रे, बाथरुममा मानिस नुहाइरहेको जस्तो हुन्छ रे तर बाथरुमा खोलेर हेर्दा खाली। भूतमा विश्वास नहुनेहरुले यो घरमा भाडामा बस्ने आँट गरे हुन्छ। अहिले खाली रहेको यो आलिशान घर निकै सस्तोमा भाडामा पाउन सकिन्छ।

स्यूचाटारको सेतो घर

स्यूचाटारको विद्युत् प्राधिकरणसँगै रहेको सेतो घरमा पनि तर्साउँछ भनी छिमेकीहरु भन्छन्। भूत भएको भनेरै यो घरमा कोही बस्दैन, भाडामा पनि लाग्दैन। जापानी शैलीको दुईतले घर १० वर्ष हुन लाग्यो खाली छ। घर किनबेच हुन्छ, तर बस्ने आँट कसैले गर्न सकेका छैनन्। भूतप्रेतमा विश्वास नगर्नेले सस्तोमा भाडामा बस्न वा किन्न सक्ने घरमध्ये यो पनि एउटा हो।

नख्खुको भूत

नख्खुको चिहान वरपर पनि मध्यरातमा भूत आउँछ भनिन्छ। तर यहाँको भूत भने अचम्मको रहेछ, बत्ती बाल्यो भने भूत आउँदैन रे। लोडसेडिङमा बिजोगै पार्दो हो नि !

काठमाडौँका भूत घरहरुबारे यो भिडियो रिपोर्ट हेर्नुस्-

[तपाईँलाई पनि भूत घरका रुपमा हल्ला चलेको कुनै घरको बारेमा थाहा छ ? भूतको कुनै अनुभूति गर्नुभएको छ कि, त्यसो भए तल कमेन्टमा आफ्नो अनुभव बाँड्नुस्। लामै लेख्‍न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा।]

53 Comments

  1. कमल पोखरी, कृष्ण पाउरोटी निरको हालैको मार्कोपोलो होटेलमा आज भन्दा ५० / ५५ वर्षा जति अघि एउटा घर थियो/ त्यस ताका त्यो घर मा जैले पति भुत आयेको हल्ला थियो/ त्यहाँ एक मन्त्रीको निवास पनि गरेको थियो/ राति चौकीदार अथवा पार्ले भित्र सुतेको हुन्थ्यो, बिहान उठ्दा त्यो मानिस खात सहित बाहिर हुन्थो रे/ त्यो घर भुत बंगालको नामले धेरै बर्ष सम्म भनिन्थ्यो/ मन्त्रि त्यो घर मा टिक्नै सकेन/ पछी अरु भाँडामा बस्न आउने कोहि परि टिक्न सकेन, भुतले तर्साउन आएको कारणले/ कयौं बर्ष सम्म त्यो घर खाली नै रह्यो/ पछी अहिले आएर Marcopolo Hotel भवन बनाएर चलीराखेको छ/ त्यहाको पाहुनाहरुलाई आजकल तर्सौन्छाकी थाहा छैन/

  2. मेरो विचारमा संसारमा कुनै न कुनै रुपमा अदृश्य शक्ति छ/ जुन अदृश्य शक्तिले राम्रो गर्छ त्यो भगवान हो , जसले नराम्रो गर्छ त्यो भूत/ तर एउटा धार्मिक परिवारबाट आएको ले होला अस्ट्रेलियामा बसेर पनि मलाई तेस्ता शक्ति को बिश्वास लाग्छ र तेस्तो शक्ति देखेको पनि छु/

  3. २१ औ सताब्दी र अविकसित मानसिकता को उपज हो भूत भन्नु सायद हल्का न सुहाउला कि ? डेनमार्क जस्तो अति बिकसित देश, जहाँ दिन न रात, २४ घन्टी मान्छे जाग्छन, जहाँ चिहानघारी मा मोर्निंग वाल्क, इवेनिंग वाल्क र रमाइलो को लागि जान्छन, तेस्तो देश मा त भूत ले सार्है दुख दियो भनेर tv मा एउटा प्रोग्रामम नै बनाएको छ, के वन्ने हो तेस्लाई???? तपाईहरु पनि हेर्न सक्नु hunchha youtube मा ånderne vender tilbage type गर्नु होला search engine मा.

  4. भूतसँग जम्काभेटका सम्झना >> दरबार स्कृलमा हराएको बल, मसंगै टांसिएको र भयाङमा उभिएको एउटा शरीर अनि राजमार्गमा मेरो अधिल्तिर दु्त गतिमा पाईला चाल्ने आईमाईनै मेरो सम्झनामा बांधिरहेका छन् । ‘भूत हुन्छ’ भनेर विश्वास नगर्ने यो मनले प्रत्यक्ष भोगेका अद्भुत परिस्थितीको कुनै जवाफ पाउन सकेको छैन । यो मेरो भ्रम भनेर भन्ने मित्रहरूले यो साक्षात्कारलाई ‘जोक्स’ वा कुनै ‘काल्पनिक कथा’ किन नमानोस् । यी भूतसंग जम्काभेटको सम्झनामा शब्दहरू कोरिरहंदा ती पात्रहरू मसंगै छन् भन्ने लागिरहेको छ…मैले सोधे, ‘तिमीहरू केही लेख्छौ ?’ [email protected]

  5. एउटा कुरा: जसले भूत छ भन्छ उसैले मात्रै किन भूत dekhchh? भूत छैन, मलाइ हेर्नु मन लागेको छ भन्ने हरु ले चाहि कहिले देख्दैन . मेरो बिचार मा बूट भनेको मानीस को मस्तिष्क ले निर्माण गर्ने आकृती हो . जब मानीस अत्तालिएको अनि डराएको अवस्था मा हुन्छ उसले भूत देख्छ . मेरो साथि ले पहिलो रात घर फर्किदै गर्दा भूत देख्यो भनेर खुप डरायो…बिरामी नै भयो…धामी लगाए पछी निको भयो . केहि समय पछी हामि धेरै केटा हरु त्यहि बाटो फर्किदा पो थाहा भो उसले देखेको भूत त सुकेको रुख को ठुटो पो रहेछ अनि त्यो हल्लिएको चिज चाही एउटा थोत्रे कपडा अल्झिएको रहेछ .

  6. यो संसार, यति ठुलो ब्रम्हाण्ड सन्तुलित रुपमा क्रियाशील छ यसको मतलब कुनै न कुनै अलौकिक शक्ति त पक्कै छ । चाहे त्यो दैबी शक्ति होस् या त कुनै चुम्बकीय गुरुत्व शक्ति होस् त्यसको असर हाम्रो पृथ्बी र हाम्रो जीबनमा प्रतक्ष्य परिरहेको छ । हामी सानै देखि आफ्ना बुजुर्ग र छर छिमेक बाट अनौठा कथाहरु सुन्दै आएका हुन्छौ । हाम्रो मस्तिष्क विकासक्रम मा नै हामीले यस्ता कुराहरु सुन्दै आउदा हाम्रो मस्तिष्क मा यो भुत प्रेत सम्बन्धि यौटा काल्पनिक तस्बिर र यो बारे अनौठा उत्सुकता अमिट रुपले छापिएको हुन्छ । विज्ञानले यो कुरा मान्दैन । भुत भन्ने बित्तिकै प्रश्न यो उठ्छ कि भुत भनेको के त ? आत्मा…? अनि आत्मा भनेको के त…? के आत्माको भौतिक अस्तित्व छ त ? मानव शरीर भौतिक तत्व हरुले बनेको हुन्छ । भिन्न भिन्न तत्वको समिश्रण यौगिक बन्छ, यौगिक यौगिक हरुले मानव कोष बन्छ । कोष हरुको समुह ले तन्तु निर्माण हुन्छ र तन्तुहरु मिलेर शरीर बन्छ । मानव मष्तिस्क पनि तन्तु हो जुन तन्तुमा एक किसिमको तरंग पैदा हुन्छ जसलाई हामि चेतना भन्दछौ । जुन तरंगले शरीरको अरु तन्तु र अंग हरुलाई निरन्तर क्रियाशील बनाई रहेको हुन्छ जस्तै मुटु लाइ रगत पम्प गर्न, फोक्सोलाई अक्सिजन सोस्न, करंग बिचको मांसपेसी लाइ खुम्चिन र फुक्न त कि नाक को माध्यम बाट हावा फोक्सो भित्र जावोस र बाहिर आवोस । सबै अंग सक्रिय भूमिका निभाउछन ता कि मस्तिष्क लाइ उर्जा ( ग्लुकोज, अक्सिजन ई.) मिलिरहोस र चेतना जीवित रहोस । यो बैज्ञानिक विश्लेषण हो अब हामी सोचौ यहाँ आत्मा कहाँ छ ? मस्तिष्क र यसको तरंग ले नै हरेक कुरा सोचिरहेको छ, म भन्छ, मेरो भन्छ अभ्यास गर्छ, तीक्ष्ण हुन्छ, प्रगति गर्छ । आत्मा र परमात्माको कल्पना पनि यहि मस्तिष्क ले गर्दछ । बिश्वास र अविश्वास, माया प्रेम, घृणा तिरस्कार जस्ता भावना पनि यहि पैदा हुन्छ । शरीर भनेको ता केवल यहि मस्तिष्क लाइ बचाउने र एक ठाउँ बाट अर्को ठाउमा घिसार्ने माध्यम अथवा भनौ प्राकृतिक इन्धन प्रयोग गर्ने प्राकृतिक मसिन ता हो । शरीर मर्नु भनेको सबै भन्दा पहिले मस्तिष्क मर्नु हो । जुन चेतना को मूल श्रोत नै मरेपछि आत्मा कता बाकी रह्यो त नि भुत बन्न लाइ…? अनि संसारमा मानिस भन्दा बढी कुखुरा र खसी बोका मर्छन त्यो पनि हत्या गरेर अकालमा । खोइ त नि तिनीहरुको भुत ले कसैलाई तर्साउदैन ? संसारमा अनौठो प्रतिक्रिया ‘ परानार्मल अक्टीभिटी ‘ को बारेमा पनि निक्कै सुनिन्छ । यसको बारेमा धेरै अनुसन्धान र प्रयोग भएका छन् र हुदै छन् । आज आएर यी कुराको खोज भएको होइन सदियौ देखि खोज हुदै छ तर खोइ कुनै ठोस प्रमाण र आधार भेटिएको खबर सुनिएकै छैन । भए पो सुनिन्छ । मानिसले गुड्ने देखि उड्ने मसिन बनायो, आइफिल टावर देखि आइफोन बनायो, मंगल ग्रह को हाल पत्ता लगायो, तर यहि पृथ्वी को भुत पत्ता लगाउन सकेन । अस्तित्वमा भएको कुरा भए पो पत्ता लाग्छ त । यो त भ्रम हो । भ्रमको कुनै उपचार पनि हुदैन र अन्त्य पनि हुदैन । हाम्रो वरपर कहिले काही अनौठो कुरा घट्न सक्छ र हरेक यस्ता घटना को कुनै न कुनै कारण हुन्छ । हामी करणको खोजि गर्दैनौ सिधै भुत प्रेत संग जोड्न थाल्छौ । हामी भुत संग होइन मर्न देखि डराई रहेका हुन्छौ । हाम्रो मन मा भुत ले यस्तो नराम्रो संग जरो गाडेको छ कि हामी चाहेर पनि यो अन्धविश्वास लाइ नजरअन्दाज गर्न सक्दैनौ ।

  7. २,४ वटा सी सी टी भी जडान गरेर हेरे त भैहाल्यो नि यार किन एती धेरै हल्ला खल्ला

    • २१ सौं सताब्दिमा आएर नेपालीहरुले बिज्ञान र चेतनाको बिकास गरेको भनेकै यही होला नि भन्नु पर्यो भन्ने मलाई लाग्दछ |यदि होईन भने, किन गन गन गरी राख्नु बहुला झैँ मित्रहरु | बुढा पाकाहरुले भने जस्तै कित गरेर/देखाएर खानु,कित मरेर जानु भने जस्तै सम्पूर्ण नेपालीहरुले कि अरुका कुरालाई बिस्वास गर्नु कित आफुले गरेर देखाउनु |
      मित्रहरु, हामी नेपालीहरु यस्तै लहै-लहैमा लाग्ने भएको कारणले गर्दा देशको हालत पनि यस्तो भएको हो र नेताहरुले पनि यही मौका छोपी झन्-झन् अन्धकार तिर धकेलिदै गएको परिस्थिती हो | मलाई लाग्दछ अरुलाई दोस लगाउनु भन्दा पहिले आफु ठिक हुनु पर्दछ र त्यस पश्चात समाज र कुनिती बोकेका राजनितिज्ञहरुलाई दबाब दिन सकिने छ |
      तसर्थ अहिले हामी नेपालीहरु सुत्ने आराम गर्ने बेला होईन यो बेला भनेको श्रावन,भदौ महिना जस्तै मिहीनेत (बालिनाली लगाउने ) गर्ने अर्थात बहुसंख्याक नेपालमा रहेका मूलवासी जनजाती,दलित,पिडीत,सोसीत, वर्ग, समुदाय/लिंग,मुस्लिम/ मधेसीहरुका पक्क्ष्मा नयाँ संघीय जन गणतन्त्र नेपालको संबिधान सहित धर्म निरपेक्ष् लागु गराउनु पर्ने छ | तर यहाँ संकाहरु पनि त्यति नै उब्जि रहेको परिस्थिती छ | त्यसैले समयमा नै सबैलाई चेतना भया ……………|

    • लिम्बु जी एस्तो रात भरिको लोड सेडिंग हुने देशमा पनि सी सी टीभी को कुरा गर्न सुहाएन है .

  8. तेस्तो प्रकारको भुत घर काठमांडूको टोखामा पनी छ जून घरमा बिगत १० बर्ष देखि कोही पनी मानिस बसोबास गरेका छैनन तो घरमा त झन कोठा मा सुतेको मानिस लाई बहिर बाटो मा ल्यायर फलिदिन्छा रे

  9. न्युरोद को त्यो घरमा केभो त्यो त मलाई थाहा भयन तर म विश्वास गर्छु किनकि मैले यो कुरा भोगेको छु जब १०,११ को बर्ष थिय, हुनत सबैले विश्वास गर्ने कुरा हुदैन विश्वास त्यो बेक्तिले गर्छ जसले यो कुरा भोगेको छ |

  10. भुत को कथा धेरै सुनेको छु तर अहिले सम्म सछात्कर गर्ने मौका पाएको छैन र पाइन्न होला जस्तो लाग्छ. भुत छ कि छैन मलाई थाहा भएन तर अहिले सम्म नभेटेको र सुनेका कथाहरुको भुत मान्छेको मन भित्रको भुत होला जस्तो लाग्छ. मेरो बुवा भर्खर डेड दुइ वर्ष मात्रै भो स्वर्गीय हुनु भाको. उहाले हामी सानो हुँदा बेला बेलामा सुनाई राख्नु हुने एउटा उहाको घटना सुनौना चाहन्छु. तेती बेला उहा तेस्तै १३-१४ उमेरको हुनुहुन्थ्यो रे भनेको आज भन्दा घटीमा ६० वर्ष अगाडी होला. तेती बेला त्यो पहाडी गाउ घरमा कसै संग घडी थिएन. र बेलुका चाडै अँधेरो हुनाले चाडै सुत्ने चलन पनि थियो. एक रात सायद पुर्णिमाको रात होला तेसैले जुनको उज्यालोले बिहान हुन लग्यो भनेर उहा झुक्किनु भएछ र जंगलमा काटेको दाउरा लिन हिड्नु भएछ एक्लै हिड्नु भएछ( पहाड तिर अहिले पानी दाउरा मार्ने अनि घर ल्याई तेस्लाई इन्धन को रुपमा प्रयोग गर्ने चलन छ). पहिलो दोस्रो तेस्रो र चौथो खेप गरेर गाउ आइपुग्दा बल्ल गाउले हरु भर्खर उठ्न थालेका रहेछन रे. बल्ल उहालाई थाह भो कि आफु त आधा रात मै हिडेको रहेछु भनेर. जंगल जाँदा आउदा बिचमा खोला जंगल कन्दरा सबै पार गर्नु पर्छ. तेसैले उहा सधै भन्नु हुन्थ्यो डर अनि भुत भनेको मान्छेको मन मा हुन्छ एदी कोहि डराएको छ भने सबै कुरा ले तर्सौना थाल्छ. तेसैले भुत होस् या नहोस पुरानो मान्छे भए पनि बैज्ञानिक कुरा गर्ने मेरो बुवा को ति कुरा हरु मा सधै सम्झिरहन्छु.

  11. हिडदा अलि राति राति हुनलागेको थियो केटाहरुको एक हुल ABC trekking मार्ग को देउराली बाट उकालो लाग्यो बाटोमा एउटा ठिङ्ग नाङ्गो मान्छे उभीएको जस्तो रुख रहेछ. सबैभन्दा अघाडी हरि थियो भागेर सबै भन्दा पछी पुग्यो . हामीले बाग/ भालु देक्यो कि भनेको भुत भूत भनेर थचक्क बस्यो. नियालेर हेरेको सच्चिकै भुत जस्तो सबै दंग अनि हतार हतार झोलामा भएको लाइट निकाल्न लागे कोहि कोहि ढुंगा हान्न . आगाडी बढ्ने हिम्मत ८ जनामा कसैको भएंन टर्च लाइट बालेर हेरेपछि सत्यखुल्यो . भुत भनेको तेहीहो एक्लै भएको भए त्यो साचीकै भुत हुन्थ्यो ८ – ८ जनाको हुल भएकोले रुख भन्ने पत्ता लग्यो .

  12. भुत त मैले पनि देखेको छैन तर एउटा अनुभव के छ भने मेरो एक जना नातेदार बिरामी भएको धेरै भएको थियो. अस्पताल को उपचार बाट केहि नलागे पछी धामी कहा जान बाध्य भैयो. धामी ले आफु आउने दिन तोक्यो. धामी ले केहि बेर प्रक्रिया (बिरामी लाई सुताएर उसकै नांगो पेट मा आगो दंकायेर हवन) पुरा गरे पछी बोक्सी लागेको र चाहेमा उपस्थित गराउन सक्ने आस्वासन दियो. हाम्रो इक्षा अनुसार धामी ले त्यहि बसेर मन्त्रोच्चारण गर्यो र त्यसको केहि बेर पछी एक जना रुदै कराउदै आफु ले गल्ति गरेको स्वीकार गर्दै त्यहा आइ पुग्यो र आफ्नो बारेमा कसैलाई नभन्न निबेदन गर्यो. तेसै दिन देखि अचेत बिरामी मा सुधार आउन थाल्यो र अहिले पूर्ण स्वोस्थ छ. यो आफु लाई थाहा भएको अदृश्य शक्ति लाइ के भनेर व्याख्या गरौ मैले? खै के -खै के …………

  13. म पनि एउटा भुत को कथा भन्छु है? तर हास्न चै पाउनु हुन्न नि.लौ सुन्नुस तेसो भए ………….एउटा जडिया सधै जाड खाएर राति मात्तिएर आउदो रहेछ ,तेस्को बुढी लाइ सारै रीश उठेछ.अनि भुत बनेर राति तर्साउने विचार गरिछे.जडिया झ्याप भएर हल्लिदै घरमा आएछ. तेती बेलै बुढी चाही बोरा ओढेर मुखमा कालो धसेर सिंग लगाएर बूढाको अगाडी गएर उभिन्छे .जडिया बुढाले भनेछ “धत् बुढी होलि भनेर सात्तो गको, जाबो भुत पो रहेछ!

    अब भो त?

  14. भूत छ, तर सबै मान्छेको दिमागमा..आफ्नो दिमागलाई जस्तो बनायो तेस्तै हो!!

  15. एउटा राम्रो भुताहा घर हेर्नु पर्यो | भुताहा घरहरु त थुप्रै रै’छन् … के थाह ,८ -१० लाखमै मिलीहाल्छ कि ! नत्र त काठमाडौँमा घर किनेर बस्ने सपना यो जुनीमा पुरा हुने छाँट देखीन |

  16. हत्तेरी राति सुत्ने बेलामा ब्लग पढियो, भरे सपनामा पनि भुत देख्ला भन्ने पिर पो भो त !

  17. भुत को कुरा भन्दा पृथक कुरा सुनाउन मन लाग्यो । मेरो आमा बुवा दुबै जना teacher हो । बुवा कलेज पढाउनु हुन्छ भने आमा स्कुल पढाउनु हुन्छ । एक पटक मेरो बुवा लाई जनै खटेरो भन्ने घाउ आयो । सारो दुक्ख दिदो रहेछ त्यो घाउ ले ।

    बुवा को बरबर आसु झर्ने गरी भएको घाउ को पिडा आमा ले दिन प्रतिदिन देख्नु हुन्थियो ।
    एक दिन मेरो आमा मध्य रात मा एउटा सपना देखेर निन्द्रा बाट बिउँझिनु भयो रे।जस्मा हामी ले तस्वीर मा देखिने बिष्णु को उभिएको रुप, जस्तो दाइने हात तथास्तु गरेको अवस्था र त्यहाँ बाट एक किसिम को प्रकाश निस्किएर मेरो बुवा को घाउ मा परेको । मेरो आमा ले सपना मा देखेको त्यो अवस्था , बिउझे पछि पनि continuous देखि राख्नु भयो रे । मेरो आमा उठेर नमस्कार नै गर्नु भयो रे । झुकेर नमस्कार गरेर सिधा हुँदा त्यहाँ त्यो प्रतिक केही थिएन रे । तेस्को भोली देखि मेरो बुवा को घाउ क्रमिक सुधार हुँदै गयो रे ।

    ममि ले मलाई सुनए पछि म बेस्सारी हासे । अनि भन्नु भयो ” हेर नानी कसैलाई सुनाउ
    भने teacher जस्तो भएर यस्तो कुरा गर्ने भन्लान । नसुनाउ, मैले त्यस्तो कुरा देखे । हुँदा हुँदा त पनि हासीस ” – California USA

  18. देख्नेले देख्यो, सुन्नेले सुन्यो, भन्नेले भन्यो, चल्नेले चलायो,
    त्यो साचो हो कि झुतो हो दैब जानुन् ।।।
    लो !।।
    यदि यो संसारमा भगवान छ भने भूत चै किन नहुने हँ ?।। कुनै सनका ।।। नत्र किन भूतको फिलिम बानएको त हँ ?।। मैले सुनेको धर्मश्थलीमा बि.स् १९९७ को घर छ रे त्यो घरमा राती-राती तर्सौन्छ रे अहिले कोही बस्दैन रे ?।।
    जय शम्बो ।।।

  19. भुत को कुरा धेरै सुने पनि कैले देखेको छैन केरे ..भुत घर मा गएर रात बस्न मन छ , कतै देखि पो हालिन्छ कि ,पहिला पहिला का बुडा बुडी ले भने को सुन्दा भुत हुन्छ रे , तर मैले जब सम्म देख्दिन तब सम्म भुत छैन !!

    • उत्तम के सी जी ,

      नदेखेका कुरा हरु पनि रियल लाइफ मा हुन्छन. पत्याउने गर्नुस भूत हुन्छ.

  20. यदि भगवानमा विस्वास गर्नुहुन्छ भने भूतमा पनि विस्वास गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई/ यदि संसारमा तपाइको विचार भन्दा अर्को कुनै शक्ति छैन जस्तो तपाइलाई लाग्छ भने त्यो पनि तपाइको आफ्नो रोजाई हो/ तर फरक यति मात्र हो कि जसले इश्वरमा र इश्वरीय शक्तिमा विस्वास गर्छ, त्यो मान्छे औसत नास्तिक मान्छे भन्दा खुशी र सुखी हुन्छ भन्ने अध्ययनले देखाएको छ/

  21. कुरा २० बर्ष अगाडीको हो । म कलेजको बिदा भएपछि गाऊको घरमा गए । एकदिन मलाई मितबालाई भेट्न मन लाग्यो । मितबाको घर पुग्न करिब २ घण्टा दछिनतिर मच्च्येर हिड्नुपर्थ्यो । मितबालाई भेटेर फर्कदा अबेर भइसकेको थियो । मितबा र मितआमाले येही बस भन्दा मैले मानिन । बाटो अधेरो हुदै गयो । खोलाको तिरैतिर र बगरबाट हिड्दै थिए । बीच बाटोमा त्रिबेणी अर्थात् ३ ओटा नदीको संगम थियो । तहा मरेको शब् लाई जलाईन्थियो । झमक्कै रात परेकोले गोरेटो बाटो पहिलाउन कठिन हुँदै गयो । हातमा टर्चलाइट थिएन । परबाट एउटा कालो आकृति आफूतिर आइरहेको देखियो । मेरो मुटु ढक्क फुलेर आयो किनकि त्यो १०० प्रतिशत भुत नै हो भन्ने मलाई लाग्यो । त्यो आकृति झन् झन् नगिचै आउदै थियो । भागेर जाने अर्को विकल्पको बाटो नै थिएन । मरता तो क्या नही करता भनेझैँ जे त पर्ला पर्ला भनि म पनि आगाडी बढ्दै गए । आकृति सामुन्ने आयो, तर त्यो भुत… घाँस बोकेको गाउले मानिस पो रहेछा ।

  22. याे हल्ला तर्साउने पुरानाे हाम्राे चेतनामा खाँदिदिएकाे त्राशकाे उपज हाे । भूत अहिले संम्म कहि कतै जस्ताे सुक्कै सुबिधा सम्पन्न ठाउमा समेत पाएकाे प्रमाण वा फाेटाे देखिएकाे छैन । खालि मान्छेले कल्पना गरेकाे काल्पनिक भूत र हाम्राे समाजले हाम्राे दिमागमा भरेकाे काल्पनिक भूतले हामी सताईएका छाैं । 
          अर्काे कुरा तर्साउने आवाज र हल्ला चै गाउघर तिर बाेटाेमा राति हिड्दा र घरमै पनि छेउछाउमा निस्पट अन्धकारमा कहिले बड्ररेकाे, कहिले बाँस चिरेकाे पातालाई घरवरिपरि घिस्याएकाे डरलाग्दाे आवाज चै पर्याप्त सुनिएकाे छ । तर कै नदेखिने ! पिछा गरियाे बिस्तारै बिल्कुल हल्ला चै भाग्ने यस्ताे संम्म कैयाैं पल्ट भेटियाे ! भाेगियाे । तर भूत चै हावा मात्रै हाे । तर्साउने बारेमा के हाे बुझ्नै पर्ने भयाे । ठूलाे समूहमै पनि आवाजले चै तंङ गरेकाे छ । तर नियाल्दा कै फेला नपरेकाे तथ्यहरू धेरै ठाउमा पाईन्छ । याे अनुसन्धान गरेर बास्तबिक्ता पत्तालगाउनु पर्ने चै हाे । र बैज्ञानिक तरिकाले संम्बन्धित ठाउबाट खाेज गर्नु लाग्नु पर्ने चै हाे ।
    धन्यबाद ! 

  23. यी कुराहरु को आफ्नै अस्तित्वो छ तेसैले यो सत्य हो!
    जसले जे सुकै भनेपनि हालको जतिनै बिकाश र बिज्ञान ले पनि यसलाई असत्य प्रमाणित गर्ने जमर्को गर्न सकेकको छैन!
    हुन त मा पनि कतिपय अबस्थामा आफुलाई एडभान्स वा आधुनिक देखाउन यस्तो कुरा आयो भने यो र उ हा र हुइ गरिन्छ वा अन्धविश्वास भनिन्छ! तर अन्तस्करण को गहन अध्यायन गरि भन्नु पर्दा यसलाई म बिश्वास गर्दछु, यसमा बिस्वास गर्नुको मेरो आफ्नै तर्क र कारण अनि अध्यायन छ भन्नुपर्ला!
    बास्तबमा यो अदृस्य र लुप्त अनि लुकेको वा हाम्रो भौतिक जीवनको पहुँच नपुग्ने हामीभन्दा बाहिरको अर्कै जीवन हो यो भन्ने लाग्छ कहिले काही कुनै कारण र संयोग बस हामीले भेटाउदछौ भन्ने लाग्छ मलाइ!
    यसको एकाध अनुभब सत्य असत्य अनुभब हरु छन् मसंग पनि!
    तर आज यो कुरालाई हामि सबैले जानेर नजानेर अनि आफ्नो आफ्नो स्वार्थ फाइदा आदि कुराको लागि भ्रमात्मक तरिकाले अतिरन्जित गरियको छ यो सत्यको दुरुपयोग गरियको छ यसले गर्दा यो अन्धविश्वासमा दहराइयको छ!

  24. भुत भनेको मन को त्रास हो जस्तो लाग्छ . तर कतै न कतै तरङ्ग को रुप मा नै होस् जीव को अस्तित्व भौतिक शरीर मृत भय पछी पनि स्वरूप हुन्छ होला .

  25. आज भन्दा लगभग २०-२२ वर्ष अघि को कुरा हो, भरतपुर १० चितवनमा एउटा आलिशान घर बन्यो | क्याम्पस पढ्ने बिद्यार्थी हरु लाई भाडा मा दिने उदेश्यले बनाइएको उक्त घर त्यो समय मा बनेका वरपर अन्य घर हरु भन्दा निकै ठुलो थियो जसमा भित्रि कोठा हरु र गल्लि मा दिउसै बत्ति बाल्नु पर्ने अवस्था थियो | त्यो घर मा धेरै कोठा हरु भएकाले अन्य ठाउँ भन्दा सहजै कोठा पाइने सम्भावना रहन्थ्यो | शैक्षिक सत्र को शुरुवात र अन्त्य संगै डेरावाल परिवर्तन हुने क्रम जारि रहन्थ्यो |
    एकदिन कुनै एकजना नया डेरावाल अध्यारो गल्लि मा हिड्दा कुनै बस्तु मा ठोक्किए , त्यो मान्छे जस्तो लगेर बोल्न खोजे तर कुनै आवाज आएन | अध्यारो मा केहि नबोली ठिङ्ग उभिने त्यो बस्तु भुत जस्तो लागेर त्यो डेरावाल भुत भुत भन्दै बाहिर निस्कियो | केहि बेर मै धेरै मान्छे त्यहाँ जम्मा भय र बत्ति को व्यवस्था गरेर त्यो ठाउ हेर्न गए तर तेहा न कुनै भुत थियो न अरु चिज नै | एक छिन को रमाइलो मात्रै भयो तर तेस पछी त्यो घर को नामाकरण नै ‘भुत बंगला’ भयो |
    समय को परिबर्तन संगै त्यस वरी परि त्यो भन्दा ठुल-ठुला घर हरु बने तर तेस्को नाम ‘भुत बंगला’ नै कायम भयो | घर धनि ले अनेक उपाए लगाएर घर को नाम परिवर्तन गर्न खोजे तर तेस्को त्यो घर अहिले सम्म पनि तेही नाम ले परिचित छ | माइसंसार का पाठक हरुमध्ये कोहि चितवन को भरतपुर एरिया मा बसेर पढ्नु भएको भए , शायद यो कुरा थाहा पनि होला |

  26. खै के भन्ने ? अहिले भन्दा १७ वर्ष अघि सम्म नि न:टोलमा खेत नै खेत थियो | खेत को बिचमा एउटा ठुलो खाडल थियो | पहिले पहिले त्यहाबाट दिउसैको १२ बजे किचकन्या आउथ्यो र बाटोमा भेतेकोजतिलाई त्यहि खाडलमा तानेर लग्थ्यो रे भनेर सुनिन्थ्यो| खै एक जना गुरुबाजेलाई के सोख चलेछ, त्यहि खाडल भएको जग्गा किनेर, त्यहि खाडललाई घरको जमिन ट्यांकी बनाउनु भएछ | किचकन्याको के भयो चाही थाहा भएन, तर बुढाले चाही खाल्डो खन्ने करिब पचासहजार जति रुपिया बचाए है | अनि त तेस्को अर्को साल सम्म त न:टोलमा खेत नै बाँकि रहेन, झ्यापपई घना बस्ति! जग्गा को भाउ कहा को कहा उड्यो, किचकन्यामा विश्वास गर्नेहरु चाही थाप्लोमा हात हाल्दै भट्टी तिर देखिन्छन आजभोली | लोल!

  27. महाराजगंजको भुत बंगला के भयो? घरको भ्यालु र रेन्ट कम गराउनु हो भने भूतको अफ्वाफ फैलाएर जनतालाई बेवकुफ बनाउने योजना हुनसक्छ| त्यस्तै हो भने सिंहदरवार र कतिपय राणाकालीन दरवारहरु सबै भुत्याहा हुनपर्ने हो| त्यँहा कतिजना अबला नारीहरुको अस्मिता लुटिए, कति चित्कार र वेदनाहरु पर्खालले देखेका छन् र षड्यन्त्रमा कतिले अकाल प्राण गुमाए तिनीहरु सबैका भुत जाग्नु पर्ने हो|
    भुत संग हैन, वर्तमान र भविष्य बारे सोच्न पर्छ| संबिधानसभाको र मन्त्रीमंडलको
    भुतप्रेत देखि बरु डराए हुन्छ|

  28. धन्यबाद सालोक्यजी थुप्रै घरहरुको बारेमा जानकारी दिनुभयो | अब नेपाल फर्केपछि यीनै घर खोज्दै जानुपर्ला जस्तो छ | काठमाडौँको महंगीले भन्दा त भूतले अलि कम नै तर्साउला कि ! 🙂 🙂

    भूत त आजसम्म देखिएको छैन | कसैले हुन्छ भनेर प्रमाणित नै नगरेसम्म मलाई चाहि आफ्नै मनोबैज्ञानिक त्रास मात्रै हो जस्तो लाग्छ | म अहिले यहा बस्ने घरमा पनि माथिका भूत घरमा भनिएजस्तै राति (दिउसो पनि हुदो हो) ढोका, झ्याल बाट अनौठो सुसेली हालेको जस्तो आवाज आउछ, ढोका धक्धकाएको जस्तो आवाज पनि आउछ बेलाबेला | तर त्यहा कोहि हुदैन | मैले भने त्यसलाई हावाले धकेलेर भएको हो भन्ने बुझेको छु | राति हुदो भान्छा कोठाबाट कुलोमा पानि बगेजस्तो आवाज पनि बेलाबेला अकस्मात आउछ | खोजबिन गर्दा रेफ्रिजेरेटरबाट त्यस्तो आवाज आउने पत्ता लाग्यो | अरुपनि थरीथरीका अनौठा आवाजहरु कहिलेकाही कुनै कोठा, चोटाबाट आउछ | कतिको कारण पत्ता लागेको छ कति अझै अनुत्तरित नै छन् | यदि सुरुमै कसैले यी र अरु पनि अनौठा कुराहरुलाई भूतसित जोडेर सुनाएको हुन्थ्यो भने पक्कै पनि मैले यो घरमा बस्न एकपटक सोच्थेहोला | अझै पनि मैले यी कुराहरुलाई भूतसित जोडेर, थपघट गरेर अरुलाई सुनाए भने त्यो सुन्ने मान्छेको दिमागमा भूत सवार हुन्छ र त्यसै तर्सिन्छ | अनि यो घरपनि भूत घर कहलिन्छ |

    स्कुल पढ्दाताका मलाइ भूत भेट्ने खुब जोश चल्थ्यो | मेरा अरु साथीहरु भूत, प्रेत, बोक्सी, आदिका नानाभाती कथाहरु सुनाउथे | कुनै बिशेष खोला या एकान्त स्थानहरु त्यस्ता कहानिसित जोडिएका हुन्थे | धेरैपटक स्कुलबाट फर्किदा रात पर्दा भूतसित भेट हुन्छ कि भन्ने लाग्थ्यो तर कहिल्यै भएन | एक्लै हिड्दा केहि नसोची हिड्यो भने डर लाग्दैनथ्यो जब साथीहरुको कुरा सम्झ्यो कि जिउ सिरिंग हुन्थ्यो |

    हेरौ हिजोसम्म अर्ध-बिस्वास गरिएको मंगल ग्रहमा पानी भएको प्रमाण पत्ता लागेजस्तै कुनै दिन भूत भएको पनि पत्ता लाग्छ कि | 🙂

  29. मैले बुझे अनुसार जहाँ जहाँ भुत घर छन् तेस्को छेउ छाऊ मा ‘हाईटेन्सन’ लईन का तार हरु छन घर मा प्रयोग भएका बस्तु हरु मा त्यो विद्युतीय प्रभाव ले मानिस मा केहि असर गरेर पो होकी भुत को कल्पना गरेका???यो नितान्त मेरो निजि विचार हो है….

  30. मेरो गाउ मनमैजु हो अहिले त शहर नै भैसकेछ . आज भन्दा १५ बर्ष अगाडितिर मा सानो सानै हुदा त्यहाँ पनि निकै भूतको चर्चा हुन्थ्यो . बस्ति निकै पातलो थियो निकै बासका झ्यांग हरु थिए . मनमैजु बाट बालाजु जाने बाटो निकै सुनसान हुने गर्थ्यो , यस्तैमा एकदिन मेरो एउटा साथीले क्लासमा उक्त बाटो हिड्दा बाँसको झ्यांग बाट कुचोले हिर्काएको र यस्तो निकै पटक भएको र उसलाई मात्र होइन अरु गाउले रे उसका परिवारका सदस्यहरुलाई पनि भएको सुनायो . मलाई तेस कुराले निकै डर लग्यो किनकि मेरो घरको वारी परि पनि निकै बाँसको झ्यंग थिए . धेरै पछी एकदिन बुबाले मलाई बिहानै उठाएर चुरोट किन्न पठाउनु भयो नजिकको पसल खुलेको थिएन मा रिसाउदै साइकल चढेर बालाजु जाने बाटो हुदै लगभग नेपालटार सम्म पुगे तर बीच बाटोमा मलाई पनि केहि कुराले हिर्काए जस्तो लाग्यो यसो फर्केर हेरेको त कुचो जस्तै, मेरो त साटो पुत्लो उड्यो साथीको कुरा सम्झिए , तेस्पछी त दाँया बाँया नहेरी सिधै बालाजु तिरै पुगे , तेती बेला बिहानको पौने पांच बजेको थियो जाडो महिनामा हो राती नै थियो. छ बजे मान्छे हरुको चहल पहल हुन थाले पछी मात्र फर्के . फर्केर तेही ठाउमा आउदा फेरी डर लाग्यो , हेर्दै आए तेही ठाउमा मा त बाँसको झ्यांग मा फुल्ने झिन्गति तेस्लाई बाँसको फुल पनि भन्छ जुन हेर्दा बाबियोको कुचो जस्तै देखिने रहेछ अध्यारोमा. बिहानको सिरेटो ले त्यो झरेको रहेछ. मलाई हासो लाग्यो र एउटा निकै ठुलो कुराको समाधान निकाले जस्तो लाग्यो. स्कुलमा गएर साथीहरुलाई बयान गरे तर मेरो भुग्त भोगी साथि मान्न तयार भएन.

  31. नारायणहिटी दरबारमा पनि धेरै लासका चिहानहरु छन् भन्ने सुनेको थिएँ ! होइन त्यहाँचाहिं भूतले तर्साउँदैन? त्यहाँपनि भूतले तर्साउँछ भनेर सस्तोमा किनबेचको कुरा चलेको हो भने म पनि विचार गर्छु है.

  32. कुरा ४-५ वर्ष अगाडी को हो मेरो औता साथी डेरा गरि एक्लै बस्थे पढ्न चिन जान भएको २-३ महिना सम्म त की भनेन त्यस पछि चै गारै भएछ र सुनायो भएको के रछा भने उ बेलुला पुरा लुगा लगाएर सुत्ने बिहान उठ्दा नांगै .. सधै यस्तो भए पछि त्यो कोठा मा बस्ने न सक्ने भनेर उ म सग बस्छु भन्न आएको थियो त्यस पछि म पनि उ संगै गएर सुत्छु क हुदो रछा हेर्छु भनेर गए . सुतिउ दुइजनै संगै जब राति हुदै गयो गर्मि पनि थियो पंखा थिएन रूम मा साथी त गर्मि ले आफै औटा औटा गएर आफै लुगा खोल्दै फाल्दै गर्दो रिचा अनि बिहान उठ्यो ला तेरीमा मलाई त सकेछा भुत ले राति भनेर आतिदो रछा येत्रो को हुनु भुत !!!!!!

  33. भूत हुदैन भनेर बनाएको माथिको भिडियोको sound चै किन भूतको फिल्म को जस्तो हो कुन्नि??!!

  34. भूत हुँदै हुँदैन भन्ने कुरा सत्य हो किनभने मेरो जिन्दगीका हजारौ रातहरु यस्ता ठाउंहरुमा बितेको छ जहाँ प्राय यस्ता हल्लाहरु सुनिन्थे तर मैले केहि पनि त्यस्तो अनुभव गरिन | त्यसैले कसैलाई भुतको स्तित्व छ भन्ने लागेको छ भन्ने त्यो केवल भ्रम मात्र हो |

  35. मेरा पनि केहि अनुभव छन् तर आफैले विश्वास गर्ने कुनै आधार पनि छैन तेसैले मेरो बिचारमा यी कुरा भनेर्को केवल हाम्रो मनासपटलमा हजारौ बर्ष देखि गढेको भ्रम हो जुन हामी कुनै पनि बेला कहीं पनि एक्लै भयको बेलामा अचानक हाम्रो दृष्ठी भ्रम र मानशिक भ्रम ले तेसो अनुभव हुन् जान्छ जस्तो लाग्छ.

    तर केहि अदृश्य शक्ति त अवस्य छ जसले गर्दा यो सर ब्रम्हाण्ड चलेको छ.
    जुन केहि नकारात्मक र केहि सकारात्मक शक्ति होलान ..

  36. भूत हुन्छ कि हुँदैन भन्ने बहस धेरै सान्दर्भिक छ हाम्रो समाजमा । मैले धेरै यस्ता प्रसङ्गहरू सुनेको छु । भूतले लखेटेका, पिटेका, बोलएका घटनाहरू धेरै जनाले भन्ने गरेका छन् तर फेरि आफुले नभोगेसम्म विश्वास गर्न गार्‍हो हुने रहेछ । मेरै एक आफन्त भन्नुहुन्थ्यो, उहाँ सानै छँदा राति नै पानी लिन पँधेरा जानुपर्थ्यो रे बुहारीले ।त्यो बेला घडी हुने कुरा भएन । उहाँ उज्यालो नभै नै करिब बिहानीको ३ बजे घरदेखि अलि परको पँधेरो पुग्नुभएछ । त्यहाँ उहाँले एउटी अर्कै महिला पानी थाप्दै गरेको देखेर अर्को घरकी दिदी ठानेर बोलाउनुभएछ, त्यसले पनि परैबाट बोलिछ । तर नजिक पुग्दा त कोही पनि रहेनछ । त्यो घटना भएको एक हप्तासम्म उहाँ बिरामी पर्नु भो रे …

  37. भगवान छ भने भुत पनि छ । उज्यालो छ भने अध्यारो पनि छ । सत्य छ भने असत्य पनि छ ।

  38. मलाई त भूत संग होइन मान्छे संग डर लाग्छ. बिद्या कसम 🙂

  39. महेन्द्रनगर, कंचनपुरमा पुरानो मालपोत अफिस भएको घर भुत्याहा हो भन्ने खुब हल्ला थ्यो..ऐठपुर -३ स्थित पहिले मालपोत रहेको घर भएको ठाउँमा पहिले चिहान थियो भन्ने छ..त्यो ठाउँमा साझ-राती तर्साउने ..अनि त्यो घरमा नि किन किन जो बस्यो केहि दुर्घटना हुने..nursing का केटि हरु बस्दा एकले झुन्दियेरा ज्यान दियिन, फेरी एयूता मान्छे टायर पड्केर मर्यो..थुप्रै वर्ष घर खाली नै थ्यो..कहिले त्यो घर भित्र जना पनि गयिएना ..अहिले खोइ कुन्नि के भो ..? कोहि त्यताका साथी छन भने लेख्नुस न ..??

    • सत्य कुरा के हो मलाइ पनि थाहा अनुभव छैन तर बिगत ८-९ बर्ष पहिले कन्चनपुरको दोधारा चाँदनी तर्फको महाकाली नदीको किनारा बचाउ कार्यक्रम हुँदा त्यहाँ महाकाली सिचाई, जल-उत्तपन्न प्रकोप अनि ठेकेदार समेतका टिप्पर,एक्साभेटर आदि निक्कै हुन्थे ! त्यो नदि किनारामा दिनभरी काम गरेपछि मानिसहरु त आ-आफ्नो बास तर्फ लाग्थे तर ति हेभी मेशिनहरु त्यहि नदि किनारामा राक्थे ( जसको साइडमा सिसौका रुखहरु छन् र त्यहाँ प्राय जसो मृतक हरुलाई गाड्नु पर्ने भएमा जता पनि गाडेको र जलाएको देखिन्थ्यो (दोधारा साइडमा ) ) त्यहाँ त्यसरी राखिएका मेशिन हरुलाई रातमा कुर्नको लागि राखिएका चौकिदारहरु कहिले काहीं आधा रातमा आएर बस्नै सकिएन मेशिन हल्लाएर पलट्यौला जस्तो गर्यो भन्थे ! त्यो १ दिन र १ व्यक्तिको भनाइ थिएन ….तर पनि सत्य तथ्य मलाइ भने थाहा छैन ! जे होस् म यति बिश्वास गर्छु कि यस श्रीष्टिमा कुनै एउटा अदृश्य शक्ति भने पक्कै छ जो हाम्रो सोंचमा कब्जा हुन् सकेको छैन सायद हुँदैन पनि होला !

    • ‘रित्तो भूतघर ५ वर्षअघि भक्तपुरे संस्कृतिविद् रविन्द्र पुरीले जिर्णोद्वार गरेका’ थिए/छन्/रहेछन( जे भए पनि) ! उमेश जी यो त सिधै कपि पेष्ट भएछ त्यो ५ बर्ष त २००९ मा पो त… अब त सायद ८ पो हो कि ???? कि कसो ??

  40. २१‌‌‌औं शताब्दि भनेर ध्वाँस दिएपनि राति एक्लै त्यो घरको वरिपरिसमेत हिँड्ने आँट हुँदैन होला । त्यो घरमा ‘भूत’ होला नहोला अर्कै कुरा, तर यस्ता कुरालाई अन्धविश्वास भन्नु उचित हुँदैन । यस्ता धेरै शक्तिहरू छन् जसलाई हामीले देख्न र महशूस गर्न नसकेपनि विश्वास गर्न करै लाग्छ ।

  41. एउटा घटना :- करिब ८-९ वर्ष अघिको घटना हो; म रतन भन्ने साथीलाई भेट्न सान्ग्ला गाउँ गएको थिए / जाडोको समय गफ गर्दा-गर्दै ढिला भएकोले मलाइ घर फर्कन दिइएन / राति सुत्ने बेला रतन त उसकै कोठामा सानो छोरो र निशा भाउजु सहित पसिहाल्यो / मलाई उसको भाइ प्रविन संग सुत है भनेकोले सानो घरमा (घर भन्दा अलि पर) प्रविनसंग गए /
    गाउँ-घर मै बनाएको चार खुट्टे एकल पलंग २ ओटा रहेछ / म छेउ पट्टिकोमा सुतें / भाई त निदाइहालेछ, मलाई भने निदाउन खोजे कि मेरो खुट्टा कसैले च्याप्प समात्ने गर्यो / झ्वाट्ट तानेर हेर्यो कोहि देखिदैन / २-३ पटक त्यस्तै गरेपछि भाईलाइ उठाएर मलाई त भूतले खुट्टा तानेर सुत्ने दिएन भनें /
    प्रविनले कसरि तान्यो भनेर सोध्यो, मैले जसरि सुतेको थिए, त्यसरी नै सुतेर हुबहु देखाउन खोजे / त्यसपछि त तुरुन्तै काठे भूत पत्ता लागि हाल्यो !!
    भएको के रहेछ भने; जब म निदाउन खोज्छु सिरक सहितको मेरो खुट्टा तन्काउदा पलंगको मुनि पट्टिको प्वालमा अट्किदो रहेछ, अनि मैले अर्ध-निन्द्रामा नै झस्केर तान्दो रहेछु / जसलाई मैले भूतले तानेको ठानेछु !! (खाट परिवर्तन गर्यौ, भूत आउदै आएन)

  42. सताप्दी २१ औ भए पनि, मान्छेमा रात को त्रास जहाँ पनि छ | त्यहि रात हो भुत | मन भित्र को हाउगुजीले बाटो को किनार मा लडेको काठ को टुक्रा पनि रातमा कुनै आकृति जस्तो लाग्छ, अनि हल्का हावा लगेर केहि हल्लिए , कोहि छ कि जस्तो लाग्छ | त्यहि विचार र डर को ज्वार भाटा हो भुत |

  43. लुभु मा पनि २ टा घर छ, जुन घर अहिले खाली छ.

  44. यो सब्बई मन मा लुकेको भए हो I भोलि फेरी येस्तई कोइ घर धनि हरु ब्यक्क्तिगत रिस को सिकार हुन सक्छन i

    तपाई कुंनै ठाउँ मा दिमाग लाई १००% एक्कग्रता गराई कुंनै पनि ठाउँ मा भूत को कल्पना गर्न्नु होस तेह तपाई पनि भूत देख्न्नु हुन्छ i

    भूत छैन भनेर video बनाउने पारानर्मल एक्टिभिटी रिसर्च टिमले बनायको video मा तेह प्रयोग भयको धोनि पनि तारसौना को लागि नै बनायको जस्तोऊ लाग्यियो!

  45. स्त्री भुत भएको घर मा सुत्न मन लागेको छ तेस्तो घर छ कि छैन कतै ? भए जानकारी पाऊ>>>

  46. मेरो घर काठमाडौँ को कुलेस्वोर को आवश छेत्र म़ा पर्छ/करिब २४ वर्ष अगाडी कुलेस्वोर निकै शान्त र नर्कट घारी थ्यो/घर हरु भर्खर फाट्ट फुट्ट बन्दै थ्यो/हामी कलंकी हुदै बगेर बागमतिमा मिसिन जाने खोला जसको खस नाम बल्खु खोला हो तर भन्ने हरु तेस्लाई बोक्सी खोला बोक्सी दह भन्ने गर्दछन/तेतिखेर त्यो खोला अहिले नेपाल को प्रधान मन्त्रीले पिउने पानी जस्तै संग्लो बग्दथ्यो हामी खान को लागि नभए पानी लुगा धुन नुहौना तेही जाने गर्दथ्येउ हरेक हप्ता/तर तेही खोला म़ा बर्सेनि मान्छे डुबेर मर्ने गर्दथ्यो/हाम्रै आखा अगाडी फेरी तेत्ति ठुलो दह पानी हैन सारै सानो दह तेस्मा १० वर्ष देखि का केटा केटि हरु देखि अद्बैसे पनी खेल्ने गर्दथ्ये/अलिक निलो जस्तो पानी देखिने ठाउमा पुग्दा उतै बिलौचा मान्छे भन्ने गर्दथ्ये मान्छेहरु/हुन पानी हरेक वर्ष मात्त्र १ जना मर्ने गर्दथ्यो त्यो सानो दहमा डुबेर/करिब १० वर्ष अगाडी होला ज्योतिस हरुले तेह बासुकी नाग छ भनेर त्यो दहको चौर मा ठुलै पुजा आज गरि तेस दहको नाउ बासुकी दह नामकरण गरियो तेस वर्ष देखि तेह मान्छे डुबेर मरेको थाहा छैन/ अनि तेसै दहको नजिक पहिला तेहा मान्छे पोल्ने चिहान मा ३ तले घर छ/ दलाल ले त्यो जग्गा कुइरेलाई बेचेको रैछ/हामीले देख्दा देख्दै घर बनाएर मज्जाले बसिरहेको छ अहिले सम्म आरामले/ खोइ के खोइ के भन्या जस्तो देउता र भुत म़ा विश्वास गर्ने कि नगर्ने????

  47. हल्लै हल्लाको देश …..मानबको भिड बढी भएपछी राक्छ्यस को उत्पति हुन्छ …राक्छ्यस ..नेपालमा त राक्छ्यसको भिड पनि बढी भएर भूत आएको होला !!!!!!!!

Comments are closed.