मन्त्रीको मस्ती

मलाई थाहा छ तपाईँहरु मन्त्रीहरुको बारेमा कुरा सुन्न चाहनु हुन्न। दिक्क लाग्छ तपाईँलाई यिनीहरुको कुरा सुन्दा। तर पर्खनुस्, म तपाईँलाई विश्वास दिलाउँछु, यी गज्जबका मन्त्रीको कर्तुत सुनेर तपाईँलाई दिक्कमात्र लाग्ने छैन, हरे यस्ता पनि मन्त्री रहेछन् हाम…

हुँदाहुँदा बंगलादेशले नि हेप्न थाल्यो गाँठे

नेपालमा विदेशी राजदूतहरुको चलखेलका बारेमा समाचार निकै सुनिन्छ। विशेषगरी भारतीय र अमेरिकी राजदूतहरु यहाँ बढी सक्रिय हुन्छन्। प्रधानमन्त्रीको ओछ्यानसम्मै पहुँच हुन्छ यिनीहरुको। त्यसपछि सक्रिय हुनेहरुमा पर्छन् युरोपेली देशका राजदूतहरु। अब हुँदाहुँदा बं…

नेपालबारे एउटा गोप्य कागजात सार्वजनिक

विकिलिक्सले नेपालसम्बन्धी सार्वजनिक गर्ने कागजातको व्यग्र प्रतीक्षा हुँदै गर्दा ‘नेपाल’ उल्लेख भएको एउटा कागजात फेला परेको छ। तर यो काठमाडौँ दूतावासले पठाएको मेमो भने हैन। विकिलिक्सले हात पारेको साढे दुई लाखभन्दा बढी अमेरिकी गोप्य कूटनीत…

कामचलाउले काम चलाइदिए

एक वर्षका लागि भनेर थपेको संविधान सभाको ६ महिना समय खेर गइसक्यो, देशमा सरकार छैन, संसद अधिवेशन बस्न सकेको छैन। यस्तो बेलामा समस्या समाधानका लागि पहल गर्नु त कता हो कता, पाँच महिनाअघि नै राजीनामा स्वीकृत भइसकेका हाम्रा कामचलाउ प्रधानमन्त्रीलाई चाहिँ …

मासिक बन्दको पहिलो किस्ता सकियो

आज काठमाडौँमा ट्याक्सी चालकहरुले ‘मिटर नचलाई जति भाडा लिएर पनि यात्रु ओसार्न पाउनु पर्छ’ भन्दै कतै नहुने माग राखेर बाटोबाटोमा ट्याक्सी तेर्स्याएर तीन घण्टा चक्काजाम गरे। गज्जब कै दिन आयो बा, ठगी गर्न पाउनु पर्छ भनेर पनि आन्दोलन गर्न थाले…

विकिलिक्सलाई ‘विकास थापा बनाउने’ धम्की

विकिलिक्सले नेपालस्थित अमेरिकी दूतावासले आफ्नो मालिक अमेरिकी विदेश मन्त्रालयलाई पठाएका गोप्य कागजातहरु सार्वजनिक गर्ने भनेपछि नेपालका केही व्यक्तिहरुलाई ठूलै टाउको दुखाइ भएको जस्तो छ। हिजोमात्र वक्तव्य निकालेका अमेरिकी राजदूत स्कट एच डिलिसी आज हतारि…

सयथरी बाजा सयथरी ताल

यो आज बिहानको एउटा दैनिक अखबारले छापेको समाचार हो। राजधानी दैनिकको सबै समाचार पढ्दै पर्दैन, शीर्षकले नै सबैथोक बताउँछ- छ महिनामा संविधानसभाको एउटा मात्रै बैठक। थपिएको आधा अवधि पनि व्यर्थै। आज मंसिर १४ गते, छ महिनाअघि आजैको मध्यरात एउटा नाटक गरेर संव…

डरायो अमेरिका, डराए डिलिसी पनि

(अपडेट डिसेम्बर १): हिजो वक्तव्य निकालेका राजदूत डिलिसी आज भने परराष्ट्र मन्त्री सुजाता कोइरालालाई भेट्न गएछन्- त्यो कागजातले हाम्रो सम्बन्धमा असर नपरोस् है भनेर। भनेपछि पक्कै सम्बन्ध बिगार्ने खालका टिप्पणी गरेका रहेछन् अमेरिकी कूटनीतिज्ञहरुले त्यो …

नेपालको बारेमा के के पोल खुल्दैछ?

विकिलिक्स साइटले अहिले तहल्का मच्चाइरहेको छ विश्वभर। विश्वभर रहेका २७४ वटा अमेरिकी दूतावासले सन् १९६६ देखि सन् २०१० सम्म वासिङटनमा रहेको विदेश मन्त्रालयमामा पठाएका गोप्य मेमोहरु विकिलिक्सले हात पारेको हो। सोमबार राति यो ब्लग लेख्दासम्म उसले हात पारे…